नेपाली भाषा
नेपालको हरेक क्षेत्रमा मधेसी, जनजाति, आदिवासी, मुस्लिम, दलित, पिछडावर्ग लगायतसंग पटक–पटक वर्षौयता जारी विभेदीकरण सत्ताजाति र पहुँच भएका समुदायका पूर्वाग्रह मानसिकताकै ऊपज हो । वर्षौ पहिले विभेद जसरी थियो, अहिले पनि फरक शैलीमा झनै झाङ्गीएको महशुस शोषित, उपेक्षित र दमितहरुले गरिरहेका छन् । जनआन्दोलनपछि मधेस जनविद्रोह र त्यसयताका पटक–पटकका मधेसी र जनजातिका असंतुष्टि अझैसम्म पनि संवोधन हुन नसक्नु पूर्वाग्रह मानसिकताकै उपज मान्न सकिन्छ । भाषा, संस्कृति र कलाका नाममा अझैपनि यहाँ एकल जातीय वर्चस्पवादीहरुको दबदबा छ । देशका सबै नागरिकले सम्मान र समान अवसर पाईरहेका छैनन् । मातृभाषामा शिक्षा भनिएको छ, तर त्यो नाम मात्रैको कार्यान्वयनमा आएको छ । आरक्षणको व्यवस्थता जुन मर्म अनुरुप परिकल्पना गरिएको थियो , त्यसमा ग्रहण लागिसकेको अवस्था छ । नेपालको अति पिछडिएको क्षेत्र कर्णालीलाई बढी आरक्षण चाहिएको थियो तर त्यसका नाममा ‘खस आर्य समुदाय’ नयाँ शब्दाबलीको अविष्कार गरिएको छ । यो पनि एउटा पूर्वाग्रह हुन सक्छ । पछिल्लो समय हालसम्मकै सबैभन्दा बढी पदका लागि लोकसेवा आयोगले आवेदन मागेको छ तर मधेसीहरु यसबाट सन्तुष्ट हुन सकेका छैनन् । मधेसीलाई अधिकारबाट बञ्चित गराउने मनसायका साथ लोकसेवा आयोगले पछिल्लो विज्ञापन गरेको भन्दै विरोध भईरहेको छ । पूर्वाग्रहले कसैको हित गर्दैन, वरु देश र समाजमा विग्रह अनि द्वन्द्व निम्त्याउन सक्छ । त्यसका लागि बोधक र दारुण दृष्टान्त यो आलेख हुन सक्छ । पूर्वाग्रहबारे स्पेनी चिन्तक फादर वालेसका यो आलेख पाठकहरुलाई रोचक र जानकारीमूलक हुनसक्छ भनेर यहाँ पस्कने जमर्को गरेको छु ।
फादर वालेस लेख्छन :सानै उमेरमा बालबालिकालाई अमुक जाति तल्लो र अमुक उच्च, अमुक भूभाग/प्रदेशका मानिस अपराधी/अल्छी र अमुक ठाउँका मानिस लोभी, अमुक देशका मानिस हाम्रा शत्रु, अमुक मित्र, अमुकको धर्म निकृष्ट र अमुकको उत्कृष्ट, अमुक भाषा खराब र अमुक ठीक, अमुक समुदाय अराष्ट्रिय र अमुक राष्ट्रवादी... भनेर सुनाइने गरिन्छ । भेदभावका यति धेरै कुराहरु मन बाँधेर बालबालिका समाजमा प्रवेश गर्छन््् । फेरी, जब उनीहरु क्षेत्र/प्रदेश, देश, धर्म वा जातिका मानिसहरुसंग सम्पर्कमा आउँछन्, तब पहिले देखि भरिएका नकारात्मक सोच अनुसार उनीहरुले व्यक्ति–व्यक्तिलाई वर्गिकरण गर्न थाल्छन् । र, त्यही अनुरुप व्यवहार गर्न पनि शुरु गर्छन् । यसरी सिंगो मानव जाति विभिन्न भागमा बाँडिन पुग्छन् । धूँजा–धूँजाका बीच संघर्ष पैदा हुन्छ, साम्प्रदायिक दंगा, अन्तर–द्वन्द्व, अन्तर–विग्रह, झै–झगडा, वैमस्यता तथा विश्व–युद्धबाट मानिसका दुःखहरुको विषपात्र छछल्किन थाल्छ, पोखिन शुरु हुन्छ ।
उदाहरणका लागि जर्मनीमा यहूदीहरुलाई सताउने कुरालाई लिन सकिन्छ । पूर्वाग्रह र भेदभावको दुष्ट परिणामलाई बुझ्नका लागि यसले वोधक र दारुण दृष्टान्त प्रस्तुत गर्छ । हिटलरले यहूदीहरुविरुद्ध आन्दोलन शुरु गरे । तिनीहरु घटिया रक्तबीजका हुन भनेर चारैतिर प्रचार गरे, फैलाए । तिनीहरुको पूर्ण वहिष्कार गर्ने निश्चित गरियो । तिनीहरु हातमा पहेलो पट्टी बाँधेर मात्रै सार्वजनिक स्थानहरुमा घूमघाम गर्न सक्छन्, यस्तो हुकूम जारी गरियो र पागलपनले जब मर्यादा नाघ्यो , तब उसको सर्वनाश गर्नका लागि फरमान जारी गरियो । आफ्नो राक्षस प्रहरीको कब्जामा जति यहूदी–पुरुष, महिला, बालबालिका परे, सबैलाई औश्वित्सव गाउँ नजिकै खडा गरिएको ठूलो जेल–शिविरमा कोचें । नरकको त्यो विशालकाय भट्टिहरु र विषालु हावा भरिएका कालकोठरीमा प्रत्येक दिन करीब दश हजार निर्दोष जीव होमिन्थे । दोस्रो विश्व–युद्धको बीच, औश्वित्समा कूल २५ लाख यहूदीहरुको विधिवत् हत्या गरियो ।
र, आश्चर्यको कुरो त के छ भने यो शिविरका प्रमुख अधिकारी जनरल ह्यासलाई जब अन्तर्राष्ट्रिय अदालतमा उपस्थिति गराईयो तब उक्त हत्याकाण्डको कुनै औचित्य प्रमाणित गर्न उनले सकेनन् । उनले भनेका थिए, ‘हामीले सुन्दै र पढ्दै आएका थियौं कि यहूदीहरु खराब हुन्छन्, र तिनीहरु जर्मनीका मूल शत्रु हुन , तिनीहरुलाई नाश गर्नु नै देश सेवा हो । त्यसैले हिटलरको आदेशको हामीले उत्साहका साथ शिरोधार्य गयौं, र त्यसलाई कार्यान्वयन गर्नका लागि पुरजोर प्रयास पनि गर्यो ।’
आज औश्वित्सको जनसंहार भट्टी रहेको स्थानमा एउटा मन्दिर खडा गरिएको अवश्य छ , तर भेद्भावको विषचत्र विश्वभरि अझैपनि घुमिनै रहेको छ । पूर्वाग्रह, निन्दनीय प्रचार, हिंसा, यी सबै त्यसैको अशुभ–गति अन्तर्गतका पाइला हुन । देश र ठाउँहरुको नाम परिवर्तन भईरहन्छ । तर, जहाँ विरोधी समुदायका बारेमा गलत मान्यता र गलत कुराहरुको प्रचार र सामाजिक व्यवहारमा भेदनीति हुनेछ, त्यहाँ हिंसाका भट्टिहरु जुनसुकै वेला सल्किन सक्नेछन् । हिंसा नियन्त्रणका उपाय प्रहरी तैनाथ गर्नु होइन, हिंसाको कारणलाई जरोदेखि नै उखेल्नु हो । र, हिंसाको जड पूर्वागूहलाई समाप्त पार्नु पनि हो । निंदाबाट हिंसा, अफवाहबाट झगडा र पूर्वाहग्रबाट रक्तपात मचिन्छ । हिंसाको प्रमुख अपराधी हल्लाकै भरमा ज्यान लिने र गोली चलाउने मात्र होइन, त्यस्तो वातावरण बनाउने निन्दा र भेदभाव–प्रधान, अफवाह–प्रेमी समाज पनि हो ।
औश्वित्समा जनरल हेसको अपराध कम थिएन , तर साँचो त यो थियो कि यहूदी जनताबारे जर्मनीमा गलत भावना पैदा गर्ने र फैलाउने हिटलरका प्रचार प्रभावी रोजेन–वर्ग पहिलो अपराधी थिए । भट्टी सल्काउनेलाई माफ गर्न सकिएला तर मानिसका मन र ह्रदयमा वैरभाव र वैरविरोधको ज्वाला प्रज्वलित गर्नेहरुको पाप अक्षम्य छ ।
पूर्वाग्रहको अर्को उदाहरण ः अमेरीकाको स्कूलमा विद्यार्थीहरुमा पाइने जातीय पूर्वाग्रहका परिणामहरुको मापन गरिएको थियो । त्यसपछि विद्यार्थीहरुका आमाहरुमा रंगभेदको मात्रा मापन गरियो । केही अपवादलाई छाडेर आमा–सन्तानहरुको मापन परिणाम समान नै आयो । अध्ययनका क्रममा बालमन्दिरका बालबालिकालाई खेल्नका लागि अश्वेत–श्वेत खेलौना र तिनीहरुका लागि थरि–थरिका घर र कपडाहरु दिइएका थियो । रंगभेदलाई मान्यता दिने आमाहरुले बालकालिकालाई सेता खेलौनालाई सुन्दर भेषमा सजाएर सुन्दर घरमा राखेका थिए, कालो खेलौनाहरुलाई च्यातिएको कपडा लगाएर भत्किएका घरमा राखेका थिए । यस्तो प्रकारको जन्मजात संस्कार अथवा कुसंस्कार कसरी हट्न सक्छ र ?
पूर्वाग्रह अन्धो हुन्छ , बृद्धिको प्रकास अगाडि यो टिक्नै सक्तैन । दोस्रो विश्वयुद्धमा रेडक्रसका सैनिक चिकित्सकहरुले रगतका शिशीहरु, रक्तदान गर्नेहरु श्वेत वा अश्वेत(हब्शी) अनुसार अलग–अलग गरी राख्थे । रगत यसैपनि रातो नै हुन्छ । अश्वेतको रगत कालो र श्वेतको रगत रातो भन्ने हुदैन । सुक्ष्मदर्शक यन्त्रद्वारा यसको सूक्ष्म परिक्षण गरिएमा अथवा रासायनिक प्रयोगशालामा पृथक्किरण गरिएमा पनि श्वेत र अश्वेत(निग्रो) दुवैको रगतमा कुनै प्रकारको फरकपन नहुने पुष्टि हुन्छ । तरपनि नीग्रोको रगत राखिएको शीशीमा ठूला–ठूला अक्षरमा कालो ‘एन’ अक्षर टाँसिने गरिएको थियो । हब्शीको रगत स्वीकार गर्नुको साटो मर्नु राम्रो, के यस्तो कसैले चाहन्थ्यो ? र जहाँ विज्ञानले पुरै एकता स्थापित गर्छ , त्यहाँ अन्धो भावना र मिथ्या पूर्वाग्रहका घातक पर्खाल खडा गरियो ।
समाजमा एउटा समुदाय बदनाम भएपछि, त्यो समुदायविरुद्ध कुनैपनि कलंक लगाउन सजिलो हुन्छ । कक्षामा हल्ला भयो कि शिक्षकले पहिले चकचके विद्यार्थीलाई नै हप्काउन पुग्छन् । चाहे त्यो बिचारा आफ्नो पढाईमा दत्तचित भई मनै किन न लगाए होस । पूर्वाग्रहबाट विशेष हानि पूर्वाग्रह राख्नेवलालाई नै हुन्छ । पूर्वाग्रहकै कारण उच्च पदका लागि योग्य व्यक्तिको साटो कम योग्यता भएकालाई मन पराउने चलन पुरानै हो । पूर्वाग्रहबाट दबिएका मानिस आफ्नो क्षमता अनुसार काम गर्न पाउदैनन, पूर्वाग्रहबाट समाजको तन्त्र बिग्रिन सक्छ । अमेरिकामा जुन प्रान्धमा बढी रंगभेद छ, त्यहा कम समृद्धी र विकास भएको पाइन्छ, यो वास्तविकता हो । मुटुमै यो विष छ भने त्यसको असर त पर्ने नभयो ।
अफ्रीकाको एउटा विद्यालयमा अंग्रेजी विषयको शिक्षा संतोषजनक थिएन । त्यसको कारण खोतल्ने प्रयास गर्दा दुःख र पूर्वाग्रहकै पुष्टि हुने तथ्य बाहिर आयो । केही उत्साही तर बृद्धिहिन शिक्षिकाहरु अंग्रेजी कक्षा शुरु गर्ने बेला यो विज्ञापनबाट गर्थिन ः‘ अब हामी आफ्नो शत्रु भाषा सिक्नेछौ ।’ दुश्मनको भाषा सिक्नका लागि बिचारा बालबालिकाले कसरी मन लगाउन सक्लान् ? (भारतमा लामो समय बिताएका स्पेनी चिन्तक फादर वालेसको पुस्तकबाट भावअनुवाद)

No comments:
Post a Comment