Sunday, 1 September 2019

मैथिली अगुवामा पुरानै मानसिकता हावी


आङन (मैथिली पत्रिका) 
नेपालको सरकारी बजेटबाट निस्किने वार्षिक पत्रिकामा समावेशिताको सिद्धान्त लागु गरिएको छैन । मैथिली भाषामा एकल जातिय वर्चस्पलाई निरन्तरता वर्षौदेखि यो पत्रिकाले दिँदै आएको छ । त्यसैको पछिल्लो कडिका रुपमा आंगनको पछिल्लो अंक ८ बन्न पुगेको छ । यो अंकमा तल्ल उल्लेखित त्रुटीहरु फेला परेका छन् । यो त्रुटीबारे सम्बन्धीत सबैलाई प्रत्यक्ष रुपमा भेटेरै बताइ सक्दा पनि खासै चित्त बुझ्दो प्रतिक्रिया आएको छैन । कार्यकारी सम्पादकलाई त्रुटीबारे जानकारी दिँदा उहाँले भन्नुभयो, ‘यस्तो त भई रहन्छ ।’ एउटा जिम्मेवार पदमा बसिसकेको व्यक्तिबाट जुन रुपमा गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आएको छ, त्यसले मैथिलीलाई उकास्न सक्तैन ।


  

आङ्न पत्रिकामाथि टिप्पणी 

१. पत्रिका समग्र मैथिलीभाषीको बन्न सकेन :
क) कूल ३० वटा सामग्री प्रकाशित गरिएकामा २० वटा (६६.६७ प्रतिशत) मिथिलाका कथित ‘उच्च जाति/वर्ग’ को मात्रै परेका छन् । १० वटा (३३.३३ प्रतिशत)मात्रै अन्य जाति/वर्गका व्यक्तिको समावेश गरिएका छन् । 
ख) पत्रिकामा ‘७० प्रतिशत मैथिल समुदाय एक–भाषी (पृ.२६)’ दाबी गरिएको छ । केही  समयका लागि यही दाबीलाई पनि मान्ने हो भने पनि पत्रिका समावेशी नभएको पुष्टि हुन्छ ।
(नोट :यहाँ विवादास्पद शब्द ‘मैथिल’ प्रयोग गरिएको छ, जुन निश्चित जातिका लागि विगतमा संवोधन बोधक शब्द हो । 
ग) पत्रिकाले मिथिला क्षेत्रमा बसोबास गर्ने अन्य जाति(दलित, मुस्लिम, सोलकन, ओबिसीलगायत) को प्रतिनिधित्व गराउन सकेको छैन । पत्रिकामै ‘मैथिलीभाषी बहुसंख्यक निम्न जाति र अल्पसंख्यक उच्च जाति (पृ.३०)’ भनेर लेखिएको छ । तर बहुसंख्यक कथित निम्न जातिको प्रतिनिधित्वलाई खुम्च्याइएको छ, ३३.३३ प्रतिशतलाई मात्रै प्रतिनिधित्व गराइएको छ । 

२. मानव थोपरर्ने प्रयास :
क) मिथिलामा सीमित जातिको अल्पसंख्यक उच्च जातिको भाषा, बोली, लय , शब्द, शैलीलाई अन्यमाथि थोपर्ने प्रयास भएको छ । पत्रिकाको पृ. २९मा यादव, रामावतार : १९९८को साइटेसन नोट र पृ.२९ र ३० को अमरकान्त झाको आलेखले त्यसको पुष्टि गर्छ । मानकका रुपमा कथित उच्च जातिकै बोली, लय र शैलीलाई मान्नै पर्नेगरि विभिन्न देशका उदाहरण प्रस्तुत गरिएको छ । यसलाई लागु गर्ने केही उपायहरुमा शिक्षा, प्रशासन र सञ्चार क्षेत्रमा निरन्तर प्रयोगलाई बनाइएको छ । यी तिनैमा लेखकले भने जस्तै र यो पत्रिकाले अवलम्वन गरेको ‘गोप्य नीति (हिडेन पोलिसी) कै अंग हुन सक्छन् । लेखक झाले उपशीर्षक मानकीकरणको अन्त्यतिर बहसका लागि तीन वटा विकल्प बहसका रुपमा राख्दै भाषाविद्माथि निर्णयको जिम्मा दिने प्रयास गरेको देखिन्छ । 

ख) पत्रिकाको पृ.२२ को विषय–प्रवेश उपशीर्षकमा ‘ एक राष्ट्र–एक भाषा नीति’ को आलोचना गरिएको छ । तर ‘भाषा’ स्तम्भको यो आलेखका लेखकले ‘एउटै भाषा, शैली र लय’ अन्यमा थोपर्ने भग्मग्दुर प्रयास गरेको देखिन्छ । त्यसैले खुलेर बहुसंख्यक मैथिली भाषीको कुरा आउँदा अनुत्तरित भएर प्रस्तुत भएका छन् । अर्थात् बहुसंख्यकको प्रसंग आउने बित्तिकै ‘प्रश्नवाचक चिन्ह’ राख्नै पन्छिने गरेको पाइएको छ(पृ.२९को अन्तिम अनुच्छेद र पृ.३० को अन्तिम अनुच्छेद) । 

३. भाषिक नीतिबारे एउटै जातिको प्रतिनिधित्व:

मैथिलीको भाषिक नीतिलगायतका विषयमा पनि अन्य जातिमाथि विश्वास नभएर हो या अन्जानमा हो पत्रिकामा उल्लेख गरिएको शब्दाबली ‘अल्पसंख्यक उच्चजाति’ कै हालीमुहाली छ (उदाहरण : नेपालक भाषा नीति आ मैथिली(पृ.२२), शिक्षा–क्षेत्रमे मैथिली : नीति आ यथार्थ( पृ.४५) र मैथिली भाषा–साहित्यक अवस्था, दशा आ उन्नतिक उपाय(पृ.८०) ।

४.मैथिली अभियानीको प्रसंग :

पत्रिकामा परमेश्वर कापडिबाहेक पुनम ठाकुर, विनित ठाकुर, प्रविणनारायण चौधरी, धीरेन्द्र झा ‘प्रेमर्षी’, देवेन्द्र मिश्र, गणेशकुमार लाललाई मिथिला मैथिली अभियानीका रुपमा पस्किएको छ । कापडिबाहेक पत्रिकामै उल्लेखित शब्दाबली ‘अल्पसंख्यक उच्च जाति’ परेछन् । (नोट: यहाँ यो टिप्पणीलाई योगदानको अवमूल्यन गरेको रुपमा नलिन आग्रह छ । 

गम्भीर त्रुटी :

क)पत्रिकाको सम्पादकीयमा एउटा ब्लगको विज्ञापन गरिएको छ । अझ विवादास्पद मानक जस्तो सम्वेदनशिल विषयमा ब्लगलाई स्रोत/विचारकै रुपमा ल्याउनु गम्भीर त्रुटी हो । कुनैपनि ब्लगलाई स्रोतका रुपमा उदृत गर्नुलाई राम्रो मानिन्न । नेपालमै पनि ब्लगस्पटको मान्यता सरकारी स्तरमा छैन । पत्रिकाले त विज्ञापनकै शैली अप्नाएको जस्तो भान हुन । यो त्रुटी हो, सुधारिनु पर्छ । 
ख) पत्रिकाको ‘नेपालक प्रमुख मैथिली साहित्यिक पत्रपत्रिका’(पृ.५७–६३सम्म) आलेखमा लेखकले आफ्नै प्रशंसा स्वयंम गरेका छन् । बाईलाईन आइसकेपछि आलेखमा कसरी प्रस्तुत हुने भन्ने थाहा नपाएर हो वा लेखकको आफ्नो स्वभावले हो, थाहा भएन । तर यो एउटा स्व–स्तुती हो । यस्तो कुसंस्कारको अन्त्यका लागि प्रज्ञा प्रतिष्ठान जस्तो गरिमामय संस्थालाई विनम्रतापूर्वक आग्रह गर्छु । आफ्नो प्रशंसा आफैले गर्ने कुनै भाषा र त्यसका लेखक मैथिलीमा मात्रै भेटिएको छ । 
ग) पत्रिकाका ‘अन्तर्राष्ट्रिय परिधिमे मैथिली आ मिथिला’ शीर्षक आलेखमा तथ्यहीन र अप्रमाणिक विषयहरु समेटिएका छन् । सत्यनारायण भगवानको कथा, विद्यापति पर्व, मैट्रिमोनियल साइट, मैथिली मसाज थेरैपीलाई आधार बनाएर जसरी जबर्जस्ती आलेख बनाइएको छ र त्यो प्रज्ञा प्रतिष्ठान जस्तो सम्मानितसंस्थाको प्रकाशनमा प्रकाशित गरिएको छ । यो पनि गम्भिर त्रुटी हो । 


घ) पत्रिकाकै शब्दावली ‘अल्पसंख्यक उच्च जाति’ कै चाड/पर्व र ती जातिको महिमामण्डन हुने सामग्रीलाई स्थान दिनुले बहुसंख्यक निम्न जातिलाई मैथिलीले जोड्दैन , तोडछ (पृ.८६ र पृ.९३)। पृष्ठ ८३ मा मधुश्रावणीलाई मिथिलाकै पर्वका रुपमा र पृ. ९३ मा डिहबारलाई ‘ब्राह्मण राजा’ कै रुपमा प्रस्तुत गरिएका छन् । यसमा कति सत्यता छ, त्यो पछि छलफलको विषय बनाउन सकिएला, तर अहिले यति  चाही भनिदिऊँ, एकल जाति वर्चस्प हाबी भएको भन्दै मैथिलीप्रति सिंगो बहुसंख्यक मैथिली भाषीको वितृष्णा जागेकै बेला यसप्रकारको हर्कतले मैथिली भाषालाई हानी मात्र गर्छ । 
ङ)पत्रिकाको ‘पुस्तक समीक्षा’ स्तम्भमा समिक्षकले पुस्तकको समिक्षामा साधुवाद वा धन्यवाद दिएको पहिलो रेकर्ड बनेर गएको छ (पृ.११२को अन्तिम अनुच्छेद) ।

–दिनेश यादव






No comments:

Post a Comment