Monday, 13 March 2017

देशलाई एकरंगी बनाउने कु–चेष्ठा नगर

‘राष्ट्रवाद भर्सेज राष्ट्रद्रोह’ एउटा चमत्कारिक पोको हो । यसले तत्कालै काम गर्छ । धेरैलाई एकै पटक आफ्नो अंगालोमा हाल्छ । असर पनि बेजोड हुन्छ । दिमाग बन्द र बोली, हात, खुट्टा खुबै चल्छ । सिंके/ख्याउटेहरूमा पनि ताकत ल्याउछ । यो पुरुषत्व/मर्दानगी फर्काउने बेजोड औषधी पनि हो । ‘विषालु पुरुषत्व’ (ब्ढ्यौलीमा शक्तिशाली बन्नु) बाट ‘प्रखर राष्ट्रवादी’ बनेपछि उसले पहिले जे भन्न र गर्न सक्तैन्थ्यो त्यो सबै भन्छन र गर्छन । ‘राष्ट्रवाद’ को चमत्कारिक ‘पुरिया’ अन्यमा बाड्न पनि थाल्छन् ।  
शान्ति र अमनचैनको पैरवी गर्नेहरु फाल्तु कुरा गर्दैनन् । अमुक क्षेत्र/जाति विशेषलाई होच्याउदैनन । कसैलाई ललकार्दैनन । तर, जब उ आफूलाई ‘प्रखर राष्ट्रवादी’ ठान्न थाल्छ, त्यसपछि अरुलाई गन्नै छाड्छन । खासगरि आफ्नो अधिकारका लागि लडनेहरुलाई अनापसनाफ भन्दै भड्काउनमा तल्लिन हुन्छन् ।  ‘उनीहरु अरुबाट संचालित छन, उनीहरुको दिमाग हुदैन, सोच्न र बोल्न सक्दैनन, बोले अरुको भाषा बोल्छन’ जस्ता आरोप लगाउन थाल्छन् । यसरी भन्न थाल्नु चाही ‘प्रखर राष्ट्रवादीहरु’ मा ‘विषालु पुरुषत्व’ को साइड इभेक्ट हो । त्यसपछि उसलाई लाग्दछ कि उसैको विचार सबै भन्दा सुन्दर र समय सान्दर्भीक छ । आफ्नो विचार भन्दा फरकलाई सम्मान गर्नु पर्छ भन्ने कुरो उसमा हराउ“छ । यस्तो शक्तिले हिंसा, जर्बजस्ती र घृणालाई मात्रै बढावा दिदैन असमानतालाई मलजल गर्छ । अनि उसलाई अमन मन पर्दैन । सप्तरीको घटना यस्तै–यस्तै मानसिक सोचको उपच हो । निहत्था मधेसीजनमाथि बर्बर शैलीमा गरिएको हत्याको जति भत्र्सना गरेपनि कम हुन्छ । 
जहा सम्म राष्ट्रियता र देशभक्तिको कुरो छ, जो सत्तामा या राज्यसत्ताको पकडमा संधै छ, उसले निर्धारण गर्न सक्दैन, देशभक्ति के हो ? राष्ट्रवाद यस्तो भावना हो जुन ह््रदयभित्रैबाट आउ“छ । देशसंगको प्रेम हो यो । देशका जनतासंगको माया र स्नेह हो, यो । त्यसैले सहोदरबाट मारिएकाको पक्षमा रतिभर सहानुभूति राख्न नसक्नेले ‘देशभक्ति’ को ठुल्ठूला कुरो अरुलाई नसिकाए बेस । कञ्चनपुरको घटनाबाट मधेसीजन मर्माहत छ, तर ‘प्रखर राष्ट्रवादीहरु’ को प्रचारशैलीको जस्तो प्रस्तुत हुन् उनीहरु सक्तैनन् ।   
राष्ट्रिय चरित्र निर्माणको दाबी गर्ने ‘प्रखर राष्ट्रवादीहरु’ले यसैलाई आधार बनाएर मधेसीजनको चरित्र हत्या गर्न छाड्नु पर्छ । गाली/गलौजको शैली त्याग्नु पर्छ । नेपाल बहुरंगी मुलुक हो , यहा रंगविरंगी फुलहरु फुलेका छन् , त्यसैले सुन्दर छ । मेरो देशलाई एकरंगी बनाउने कु–चेष्ठा नगर । किनभने एकरंगी देश घृणा, हिंसा, हत्या, शक्ति प्रदर्शन, लडाई, असमानताले भरिएको हुन्छ । 

No comments:

Post a Comment