Saturday, 4 March 2017

‘मधेसी नटवरलालहरु’लाई खुला पत्र


  • मधेसीका नाममा एनजिओ/आइएनजीओ चलाएर आ–आफ्नो पसल गर्ने केही महाजन(?) हरू नेपालमा धर्म परिवर्तनको प्रावधान बलियो बनाउन लबिङ गरेर विवादमा मुछिएका बेलायती राजदूत एण्डी स्पार्कसको पक्षमा मुलुकको संविधान र अन्तर्राष्ट्रिय कानुनको हावाला दि“दै लेख मार्फत बचाउ गर्छन् तर एक जना पत्रकारले आफ्नो मौलिक हक ‘वाक स्वतन्त्रता र सुचना सम्प्रेषण गर्ने अधिकार’ को प्रयोग गर्दा त्यसको मानमर्दन हुने गरि फेसबुक फित्तामा आक्रोश पोख्छन् ।
  • अझ ती महाजन(?)मध्येका एकले आफूलाई मधेसी मुद्दामा निरन्तर वकालत, अनुशन्धान र अभियान चलाउने दाबी गर्दै एउटा पत्रकारलाई तुच्छ शब्द प्रयोग गरेर स्टेटस लेख्नु दुःखद,भत्र्सनायोग्य त हु“दै हो सिंगो पेशाकै अपमान पनि हो । 
  • मधेसका एनजीओ/आएनजीओधर्मी ती महाजन(?)हरु आफूले गरेको सबै काम ठीक भन्दै हिड्नु तर आलोचनात्मक अभिव्यक्तिहरुलाई स्वीकार नगर्नुले तिनीहरुको हैसियत, बौद्धिक क्षमता र तार्किकताबारे अब केही भन्नु पर्छ जस्तो लाग्दैन । यस्तो कार्य त सर्वसत्ताबादी, अहंकारवादी, लम्पसारवादी, आत्मकेन्द्रितवादीले मात्र गर्छन । यस्ता गतिविधिलाई ‘इथिकल करप्सन’ भनेर अन्तर्राष्ट्रिय कानुनले नै व्याख्या गरेको समेत थाहा नहुनु एक प्रकारको ‘करप्सन’ नै हो क्यारे ? 
  • हो, कसैलाई कसैले त्यसै ‘नटरवरलाल’को संज्ञा दिन्नन, दिन सक्तैनन, दिन पनि मिल्दैन । अमुक समुदायको ‘ठेकेदार’ कै रुपमा आफूलाई प्रस्तुत गर्ने तर विदेशीको रकम थुत्ने माध्यम आफ्नो संस्थालाई बनाउ“दा ‘स्टेकहोल्डर’ को चासो हुन्छ, रहन्छ । यसलाई कसैले अन्यथा मान्नु हुदैन । यदि कसैले त्यसलाई अन्यथाका रुपमा लिए सुचना पाउने आमजनताको नैसंर्गिक अधिकारलाई कुन्ठित गर्नु सरह हो । फेरी एक जना पत्रकारले नागरिकलाई सूचनाको हकबाट कसरी बञ्चित गर्न सक्छ ?
  • २१ औं शताब्दीमा एउटा पत्रकारले आफ्नै नाममा खोलेको सामाजिक संजालका फित्ताहरुलाई आमजनको सूचना पाउने हक/अधिकारलाई सुनिश्चित हुने गरि सामग्री पस्कन्छ भने कसरी अनुचित र कसैको अधिकार उलंघन भयो, मधेसका एनजीओधर्मी महाजनहरु (?) तर नागरिकका मौलिक अधिकार खासगरि मधेसीको अधिकार रक्षाका लागि ‘सक्रिय’ रहेको बताउने तपाईहरु एउटा मधेसी पत्रकारले आफ्नो वालमा प्रेस सामग्री सार्वजनिक गरेकै भरमा अपराधीको जस्तो व्यवहार गर्नु कुन नैतिकता र अधिकारले दियो, स्पष्ट पारि दिए धेरैको जिज्ञासा शान्त हुनेथ्यो । फेरी आफ्नो वालमा सामग्री सम्प्रेषण गरेकै आधारमा एक जना पत्रकारलाई काम गर्ने संस्थासंग जोडेर कारवाही गर्नुपर्ने, नगरे यो मुद्दा युरोपसम्म लग्ने जस्ता खालका धम्की दिनु, अझ आफ्नो संजालको भित्तामा नामै मेन्सन गरेर पत्रकारका संस्थाका प्रमुखहरुलाई सन्देश पठाउने कार्य तपाईहरु जस्तो मानवअधिकारका पक्षपातीहरुबाट गर्न मिल्छ ? मैले यसमा तपाईहरुको नैतिकतामाथि प्रश्न उठाएको छु,। यसको अर्थ तपाईहरुको गुनासो गर्ने अधिकारलाई कुन्ठिन गर्न पत्रकारले खोजेको नठानी दिन अनुरोध छ । किनभने यसमा तपाई स्वतन्त्र हुनुहुन्छ, तपाईहरुलाई एक जना पत्रकार र सजग नेपाली नागरिकमाथि प्रश्न उठाउने अधिकार छ, तर दण्डित गर्ने अधिकार छैन, यो हेक्का मधेसका तपाई महाजनहरुले राखे राम्रो, मेरो सुुझाब छ । फेरी पालना गर्ने÷नगर्ने अधिकार तपाईहरुमै अन्तर्निहित छ, हैं । 
  • एकजना पत्रकारले बुझेको पत्रकारितामा कसैको व्यक्तिगत चरित्र हत्या गर्न पाइन्न । तपाईको आक्रोश जुन पत्रकारसंग छ, उसले सम्प्रेषण गरेको सामग्रीमा तपाईहरुको मानमर्दन कसरी भयो ? ट्वीट सन्देशमा तपाईहरुको नाम छैन, फोटो आफै बोलिरहेको छ । अब भन्नुस, त्यो फोटो गलत हो ? फोटोको क्याप्सनसहित तपाई महाजनहरुको नाम मेन्सन गरेर सन्देश सम्प्रेषण भएको भए, त्यो पत्रकारिताको आचारसंहिता विपरित हुन्थ्यो, तर त्यस्तो छैन । तर, तपाई महाजनहरुले जसरी मेन्सन गरेर सन्देश प्रेषित गर्नु भएको छ, त्यसले तपाईहरुको हैन, एउटा पत्रकारले आफ्नो सेवा रोज्न पाउने अधिकारलाई बन्देज गर्ने खालका छन् । फोटो सम्प्रेषण गरेकै भरमा तपाई महाजनहरुले आफूलाई ‘नटवरलाल’ ठान्नु भएको हो भने यसमा मेरो भन्नु केही छैन । बुझाई पुर्वाग्रही र संकुचित भएकाहरुबाट हुने प्रमुख गल्ति नै यही हो । आजलाई यतिमै विश्राम लिए, बा“की प्रतिक्रिया र जबाफ आए लेखौला । आवश्यक परे ‘मधेसी नटवरलाल’को अर्थ चाही“ अर्को शृंखलामा जोडौला । अन्त्यमा, यी मेरो नितान्त व्यक्तिगत धारणा हुन,कसैलाई चोट पुगे त्यो संयोग मात्रै हुने छ । जय नेपाल ।

No comments:

Post a Comment