| तराई–मधेसमा विकासको मेरुडण्डका रुपमा रहेको हुलाकी सडकको निर्माण शूरु भएको वर्षौ भइसक्दा पनि निर्माण पुरा हुन सकेको छैन । पुल नहुँदा धेरै ठाउँमा सर्वसाधारण सास्ती खेप्न बाध्य छन् । हुलाकी सडक खण्डमा पर्ने खोलाको जहाँ पनि उस्तै अवस्था छ । कही अधुरो त कही त कही अलपत्र अवस्थामा छन् । त्यस्तै अलपत्र अवस्थामा रहेको पुलमध्येको एक हो सुनसरी सोनापुर पूर्वस्थित बुढी खोलाको पुल । दुई बर्ष अघिनै निर्माण भैसक्नु पर्ने यो पुल ठेकेदारको लापरवाहीले पुरा हुन सकेको छैन । सुनसरी र मोरङका बासिन्दालाई आवतजावतमा समस्या छ । |
Monday, 5 September 2016
हुलाकी सडकको अलपत्र पुल
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment