Friday, 30 September 2016

मधेसीको राष्ट्रियताको सबाल र बहस



Dinesh Yadav
'नेपालको कल्पना हिमाल, पहाड र मधेस बिना गर्न सकिन्न । त्यसैले मधेसीहरुलाई अधिकार सम्पन्न बनाउ“दा यो देश कमजोर हु“दैन, झनै बलियो हुन्छ । '



दिनेश यादव (Dinesh Yadav)
राष्ट्रियताको भावना बजारमा बिक्री वा खरिद गर्ने सामग्री होइन । भाडामा पाइने कुरो पनि यो होइन । यो त जन–जनको ह्रदयमा पैदा गर्नु पर्छ  । राष्ट्रियताको भावना नागरिकहरुलाई राष्ट्रप्रति समर्पण र समाजको उत्थानका लागि निरन्तर प्रयासरत रहन प्रेरित गर्छ । त्यसैले राष्ट्रियताको भावना का लागि कुनैपनि राष्ट्रका नागरिकहरुको स्थिति महत्वपूर्ण हुन्छ । जबसम्म कुनैपनि समाजमा व्यक्ति आर्थिक, सामाजिक र शैक्षणिक दृष्टिले असहाय र असुरक्षित महशुश गर्छन, आत्मविश्वाको अभाव मात्रै उनीहरुमा ह“ुदैन, उसको प्राथमिकताको सूचीमा व्यक्तिगत सम्पन्नता राष्ट्रियताको भावना भन्दा बढी महत्वपूर्ण बन्ने गर्छ । त्यसैले कुनैपनि समाजमा व्यक्तिलाई व्यवस्थाको माध्यमबाट उसको भविष्यप्रति सुरक्षित र आश्वस्त पार्न सक्नु पर्छ तब मात्रै उनका लागि राष्ट्रको महत्व व्यक्ति र परिवार भन्दा माथि हुन्छ । तर हामी कहा“ त्यसको अभाव छ । खासगरि तराई–मधेस क्षेत्रका बासिन्दाको अवस्था वर्षौदेखि जर्जर छ । न राज्यले न त राज्य संचालकले उनीहरुलाई माथि उठाउने प्रयास गरेको छ । उनीहरुको भविष्य त झनै अनौलग्रस्त छ । अझ राष्ट्रियताको सवालमा स“धै तराई–मधेसका बासिन्दालाई शंकाको घेरामा यहा“ राख्ने गरेको पाइन्छ । नेपाल भूगोलमा बर्सौदेखि बसोबास गर्दै आएका मधेसीलाई दोयम दर्जाको नागरिक सरह व्यवहार गरिन्छ । अझ तेयम दर्जाको नागरिक भन्दा तल्लो स्तरको व्यवहार गर्ने गरेको त्यस क्षेत्रका भुक्तभोगीहरु आफ्नो अनुभव सुनाउ“छन् । त्यसैले अब राष्ट्रियताको परिभाषा नेपालको सन्दर्भमा परिवर्तन गरिनुपर्छ भन्ने आबाज उठ्न थालेको छ । अब पनि राष्ट्रियतालाई जातियता, सामाजिक बन्धन र धार्मिक सिद्धान्तहरुको घेराभित्र संकुचित गर्ने हो भने राष्ट्रले समग्र विकास गर्न असम्भव छ, हुन्छ । भनिन्छ, राष्ट्रियताको जन्म मुलुकको स्वरुपबाटै हुन्छ । सा“च्चिकै नेपाल राष्ट्र बनाउने हो भने यहा“ बसोबास गर्ने सय भन्दा बढी जाति र प्रचलनमा रहेका त्यतिनै भाषा, संस्कृतिलगायतलाई प्राथमिकतामा राख्न कुनैपनि बहानामा अनाकानी गरिनु हुन्न । 




जहा“सम्म मधेसीहरुको राष्ट्रियतामाथिको बहसको कुरो छ , त्यो शुरु भएको धेरै भइसक्यो । तर अवस्थामा अझै पनि खासै परिवर्तन नुहुनु दुखद हो । जनआन्दोलन २ सफल हुनुअघि २०६३ तिर त्रिभुवन विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा मधेसी नेता ह्रदयेश त्रिपाठीले भनेका थिए, ‘मधेस एउटा राष्ट्र हो । किनभने मधेससंग राष्ट्र हुन आवश्यक पर्ने मौलिक अवयवहरु भाषा, भेष, संस्कृति र रहनसहन आफ्नै छ । तर हामी नेपालकै भुगोलभित्र आफ्नो पहिचान र अधिकार चाहेका छौ । ’ त्रिपाठीकै भनाईलाई पुष्टि हुनेगरि हालै तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले भनेका छन्,‘ राष्ट्र बन्नका लागि केही क्राइटेरिया हुन्छन्–भूमि र संस्कृति । मधेस आज राष्ट्र भएको होइन, यसको हजार वर्षको इतिहास छ ।...भाषा, सभ्यता सबै हिसाबले मधेस एउटा राष्ट्र हो ।’ उनले केही मानिसहरु नेपाली राष्ट्रियता, जो अहिले एक भाषा, संस्कृति र भेषमा आधारित छ, त्यो सम्पूर्ण नेपालको परिचय हो भन्ने ठान्ने गरेकोमा कडा प्रतिक्रिया दिए । ‘दुनियामा कुनै एकल नेसन स्टेट(राष्ट्रिय राज्य) छैन । मधेसीलाई अझै दोस्रो दर्जाको नागरिकको व्यवहार जारी रहेको , भूमिपुत्रलाई बाहिरबाट आएको नागरिक भन्नु दुर्भाग्य हो ’ उनले भनेका छन्, ‘मधेसीलाई आफ्नो पूर्खाको भूमि चाहियो, अब चार आना, आठ आनामा सम्झौता हुन्न । राष्ट्रियता एउटै मात्र समूदायको हुन सक्तैन । नेपालमा पछिल्लो समय भुइफुट्टा वर्ग तयार भएका छन्, तिनीहरुले राष्ट्रियताको एकपक्षीय र गलत व्याख्या गरिरहेका छन् ’(६ असार०७३, कान्तिपुर) । तमलोपा अध्यक्ष ठाकुरको यो आक्रोश मधेसमा छ महिनायता जारी आन्दोलनको सत्ताधारी दलले टेरपुच्छर नलगाएपछि आएको हुनुपर्छ । मधेसीहरुको राष्ट्रियता र पहिचानका लागि जारी आन्दोलन कुनै छुट्दै देशका लागि होइन । तर केहीले यसलाई त्यही रुपमा हेर्नु अर्को दुर्भाग्य हो । डा.प्रकाशचन्द्र लोहनी लेख्छन्, ‘मधेसमा ५० जनाभन्दा बढी नेपालीले सहादत प्राप्त गरेका छन् । मधेसका नेपालीले राज्यव्यवस्थामा नेपालको अधिकारसम्पन्न नागरिकको तह सुनिश्चित गर्न ठूलो बलिदान गरेका छन् । मधेसी आन्दोलनलाई नया“ नेपाली राष्ट्रियताको आधारस्तम्भका रुपमा सकारात्मक किसिमले हेर्न सक्नुपर्छ ’(४ फागुण०७२, कान्तिपुर) । आफ्नै मुलुकका नागरिक जो शान्तिपूर्ण आन्दोलनमा थिए, उनीहरुलाई अराष्ट्र तत्व भन्दै तस्करी गरेर आपूर्ति व्यवस्थापन गर्नुलाई राष्ट्रियता र देशभक्तिसंग जोड्दै भड्काउलो अभिव्यक्ति आउनु उचित थिएन, छैन ।  त्यसैले तराईका बासिन्दालाई राज्यको मूलधारबाट वर्षौदेखि अलग र एउटा प्रशासकीय एकाईका रुपमा हेर्ने दृष्टिकोणमा परिवर्तन नभएसम्म मधेसीको राष्ट्रियतालाई नेपालमा सम्मान गरेको ठहरिन्न । 
यसैगरि, मधेसीको राष्ट्रियताबारे लेखक रामनारायण देवले वीपीको प्रसंग कोट्याउ“दै आफ्नो लेखनै प्रकाशित गरे छन् । उनी लेख्छन, ‘सात सालको जनक्रान्तिले पहिलो पटक तराईलाई नेपाली राष्ट्रियता र राष्ट्रिय एकतासित जोडिएको थियो ’(१५ असार०७३, नागरिकन्युज डट कम) । सात सालको नेपाली कांग्रेसको जनक्रान्तिको उर्बरभूमि तराई–मधेस नै थियो । सन् १८१६ मा नेपाल र भारत–ब्रिटिस सरकारबीच युद्धपछिको सुगौली सन्धिका कारण तराई–मधेसको ठूलो भूभाग गुम्यो । बांकी रहेको भूभागलाई तत्कालिन राज्य संचालकले विजित क्षेत्र ठान्ने मानसिकताको विकास भयो । त्यो मानसिकता अझै पनि फरक शैली र रुपमा तराई–मधेसका बासिन्दासंग जारी छ । नेपालमा प्रजातन्त्रका लागि भएका हरेक आन्दोलनमा तराई–मधेसका बासिन्दाको सक्रिय सहभागिता र उपस्थिति मात्रै होइन सहादत र बलिदानी पनि त्यतिकै रहयो । तर, त्यसको मूल्यांकन अझैसम्म हुन सकेको छैन । एक तन्त्रीय निरंकुश राणा शासन, राजा महेन्द्रको पंचायती शासन, राजा विरेन्द्रको शासनकाल, जनआन्दोलन एक र जनआन्दोलन दुई पछिका मधेस विद्रोह एक र मधेस विद्रोह २ पछि पनि तराई–मधेसका बासिन्दा राज्यको विभेदकारी नीतिको मारमा पर्दै आएका छन् । अझ उनीहरुको राष्ट्रियता माथि नै प्रश्न चिन्ह खडा गरिदै आएको छ । यो नै नेपालका लागि ठूलो दुर्भाग्य हो । मधेसीले नेपाल हाम्रो पनि हो भन्दै आएका छन् । तर केही दल विशेष र त्यसका नेताहरुले गैर नेपाली जस्तो व्यवहार गर्न कायमै राखेका छन् । 
अर्को कुरो माओवादीले मधेसी राष्ट्रियताको कुरोलाई अगाडि बढाएको यथार्थ हो । राजधानीका पर्खालहरुमा ‘गर्वले भनौ हामी मधेसी हौ, भगौडा होइन धर्तीपुत्र हौं ’ भन्ने नारा तत्कालिन माओवादीका नेता मातृका यादवको नेतृत्वमा जब घन्किए, त्यसपछि मधेसीहरुको आत्मबलमा बृद्धि भएको सत्य हो । तर अहिले माओवादी कहा“ छ ? यो कुरो भनिराख्नै पर्दैन । माओवादीका सुप्रिमो पुष्पकमल दाहाल राजधानीबाट हार्छन तर सिरहाबाट जितेकै हुन् । यसअघि कृष्णप्रसाद भट्टराईलाई दुई पटकसम्म राजधानीले पत्याएन, पर्साबाट जिते, संसद अनि प्रधानमन्त्री समेत बने । तिनै भट्टराईले एकताका बिबिसीको अन्तर्वार्तामा मधेसीलाई प्रहरी र सेनामा भर्ना नगर्नुका कारण सोध्दा उनले भनेका थिए, ‘मधेसीहरु डरपोक र कायर हुन्छन ।’ उनले यति भन्दा पनि मधेसीले उनलाई र उनी संस्थापक रहेको नेपाली कांग्रेसलाई आजसम्म पनि माया गर्न छाडेको छैन । तराई–मधेसकै क्षेत्रबाट सबैभन्दा बढी प्रतिनिधित्व नेपाली कांग्रेसको हु“दै आएको छ । नेपाली कांग्रेस भने भाषणमा मधेसी मैत्री बढी देखिने गरेपनि व्यवहारमा त्यसलाई उतार्न सकेको छैन । हुलाकी सडकको निर्माण शुरु भएको वर्षौ भइसक्यो, नेपाली कांग्रेस पटक–पटक सरकारमा सामिल हु“दै आएको छ, तर त्यो सडक अझैसम्म बन्न सकेको छैन । पहिले पूर्वबाट शुरु भएको हुलाकी राजमार्गको निर्माण पूर्वी नेपालमा झनै जर्जर छ । तर धेरै पछि पश्चिम नेपालमा शुरु भएको हुलाकी सडकको निर्माण लगभग पुरा भएको छ । यसको एउटै कारण त्यहा“ कोर मधेसीहरुको जनसंख्या भन्दा पहाड र अन्यत्रबाट बसाई सराई गरि आएका गैरमधेसीहरुको कारणले हो । यसले पनि मधेसीहरुको राष्ट्रियतामाथि गैरमधेसीहरु र तिनीहरुको नेतृत्वमा रहेको दलहरुले शंकाकै दृष्टिले हेर्ने गरेको पुष्टि गर्छ । राणा शासकले जसरी तराईलाई राजश्व असुलीको माध्यम बनाएको थियो , आज पनि त्यही अवस्थाबाट तराई मधेस गुज्रिरहेको छ । फरक यति मात्रै हो, प्रजातन्त्र या लोकतन्त्र आएपछि तराई–मधेसको करसंगै मतपनि शोषणका लागि जोडिएका छन् । राज्य संचालकलाई कर र मत भए पुग्ने, मधेस भूगोल मात्रै चाहिने तर मधेसी नचाहिने विभिन्न घटनाक्रमले पुष्टि गर्छ । 
नेपालमा प्रजातन्त्र संकटमा पर्दा मधेसी जनता कहिले चुप लागेर बसेको इतिहास छैन । यसको पुष्टि बिपीले २०३६ को जनमत संग्रहका बेला राजधानीको खुलामञ्चमा गरेको त्यस क्षेत्रका बासिन्दामा देखिएको उच्च राष्ट्रियताको भवनाको मुक्त कन्ठले प्रशांसा गरेकोबाट पनि पुष्टि हुन्छ । जनमत संग्रहमा बहुदलले नजिते पनि बीपीले २०३७ असार ७ मा दिएको बु“दाहरुमा ‘संविधानमा तराईबासीको भाषा, नागरिकता, सरकारी सेवा एवं राजनीतिमा उनीहरुको प्रश्नलाई ध्यानमा राखियोस, निर्वाचनको गठनको आधार जिल्ला नराखी जनसंख्यालाई आधार बनाउने हुनुपर्ने’ समेटेका थिए(नागरिक, १५ असार) ।
मधेसलाई हेला र आशंकाको दृष्टिले हेर्नेहरुले के हेक्का राख्नै पर्छ भने नेपालको राष्ट्रियताको वैभव यसभित्रको प्राकृतिक र सांस्कृतिक राष्ट्रियता नै भएपनि एकल जातिय संस्कृति, भाषा र भेषमा अब राष्ट्रियतालाई सीमित गर्नु भूल हुनेछ । यसो गर्नु भनेको मधेसी, जनजाति, आदिवासी, दलितलगायतको पहिचानलाई कुन्ठित र उपेक्षित गर्नु हो । यो सन्दर्भमा खगेन्द्र संगौलाको यो आलेख सान्र्दभिक हुन सक्छ । उनी लेख्छन्, ‘कुनै एउटा नेपाली टिभी च्यानलको विज्ञापनमा प्रशान्त तामाङ भन्छन्, ‘गर्व लाग्छ मलाई नेपाली हुनुमा ।’ संघियताको दावी गर्दै उठेको मधेस आन्दोलनकालमा मधेसदेखि काठमाडौंसम्मका भित्तामा एउटा नारा देखापरेको थियो, ‘गर्व से कहू“, हम मधेसी छी ।’ पहाड र मधेसका यी दुई आग्रह आपसमा ठाडै बाझ्छन् । पहिलोमा वर्चस्वशाली एकांकी राष्ट्रियता माथिबाट तल थोपर्ने जिद्दी छ, र दोस्रोमा राष्ट्रियताको परिभाषालाई विनिर्माण गरी रैथाने जगबाटै माथि उठाउने आकांक्षा छ । पहिलोले जातीय एवं क्षेत्रीय समुदाय विशेषको रैथाने पहिचानलाई निषेध गर्छ र दोस्रोले रैथाने पहिचानसहितको नेपालीत्वको दाबी गर्छ ’(१९ भाद्र ०७२, रेकर्ड नेपाल) । 
मधेसीहरुको नेपाली राष्ट्रियतामाथि प्रश्न चिन्ह खडा गर्नेहरुको कडा प्रतिबाद गर्ने एउटा युवा जमात नै तराई–मधेसमा तयार भइसकेको छ । त्यही मध्येका एक अनन्त अनुराग पनि हुन् । कलमका धनी उनी एक ठाउ“मा मधेसीको राष्ट्रियताबारे यसरी लेखेका छन् , ‘नेपालका भौगोलिक राष्ट्रवादको सन्दर्भमा मधेस अलग थलग र अपहेलित मात्रै हैन कि यसलाई भारतको स्थानीय प्रतिनिधिको रुपमा विपरीतको रुपमा अथ्र्याएको छ । यो मनोविज्ञानमा निर्माण भएको राष्ट्रवादमा राष्ट्रियताको सवालमा मधेसीमाथि आशंका गर्नु र मधेस आन्दोलनलाई नेपालको राष्ट्रियताको लागि खतराको रुपमा आंकलन गर्नु महेन्द्रवादी चिन्तन र विचार स्वाभाविक नै हो । नेपाल लोकतान्त्रिक मुलुक भएपनि राज्यका संरचना र राजनीतिक अभ्यास अहिले पनि भौगोलिक र सामाजिक हिसाबले श्रेणीबद्ध राष्ट्रवादको पूर्ण प्रभावमा रहेका छन्’ (न्युयोर्कसमाचार डट कम) । 
मधेसीहरुको राष्ट्रियताको सबालमा तमलोपा नेता ह्रदयेश त्रिपाठी अलिक कडै मिजाजमा प्रस्तुत हुने गर्छन । उनी आफ्नो लेख मार्फत् भन्छन्, ‘हामी राष्ट्रियताको खुबै चर्चा गर्छौ । तर हामी त्यससंग कुन–कुन अवयव जोडिएका छन् भन्ने खोजी गर्दैनौं । खस–आर्यको राष्ट्रियतालाई राष्ट्रियता भन्छौं । अन्य मधेसी, आदिवासी जनजाति, महिला, मुस्लिाम , थारु , दलित यो राष्ट्रियतामा अटाउन सकेका छैनन् । राणाकालीन अवस्थामा राणाहरुले आफूले राष्ट्रियता जोगाएको भ्रम फैलाउ“थे । त्यसपछि शाहवंशीय राजाहरुले आफूहरुले राष्ट्रियता जोगाएको बताए ।’ त्रिपाठी अगाडी लेख्छन्, ‘ अहिले वामपन्थी र कांग्रेसले राष्ट्रियता जोगाईरहेको भ्रम फैलाईरहेका छन् । यसलाई केलाउ“दा एकल नश्लीय राष्ट्रियता कायम गर्नेमा पूरै मिहिनेत र परिश्रम गरिरहेको देखिन्छ । नेपालमा राष्ट्रियताको चर्चा धेरै गरिए पनि देशभक्तिको चर्चा कहिलै हुुन सकेको छैन । देशभक्तिमा मुलुकभित्र बसोवास गर्ने सबैको भावना समेटिन्छ । बहुराष्ट्रिय देशमा परम्परागत राष्ट्रियताले नेपालको समग्र समाजलाई प्रतिनिधित्व गर्न सक्दैन । ‘पेट्रोटिजम’ र ‘नेश्नालिजम’ भन्ने दुई शब्द छन् । नेश्नालिजमले नेसन विशेषलाई मात्रै समेट्छ । पेट्रोटिजमले सम्पूर्ण देशवासीलाई जोड्छ । नेपालको दुर्भाग्य हामीले देशभक्तिलाई नारा बनाएनौं, राष्ट्रियतालाई मात्र नारा बनायौं ’(१८ मार्च०१६,इनया“पत्रिका डट कम) ।
मधेसीको राष्ट्रियताका बारेमा युवा लेखक भरत साहले आफ्नो आक्रोश यसरी पोख्छन्, ‘नेपाली जातीय राष्ट्रवादमा अन्धो भएकाहरुका लागि मधेस र मधेसीहरु इन्डियन जस्तो भए । त्यसैले फ्रेडेरिक गेजले भनेजस्तै मधेस र मधेसीहरुको नेपालीकरण गर्नुपर्ने नीतिको खा“चो भयो , तिनीहरुलाई । जनजातिहरु ब्रिटिशकै पालामा नेपाली पहिचानमा सदृषीकृत भइसकेका हुनाले बांकी रहेका जनसंख्या र सामरिक रुपमा स्थायी सत्तालाई ठूलो चुनौती दिन सक्ने मधेसीहरुमाथि लक्षित गरियो’ (१० वैशाख०७२, अनलाइनखबर) । 
राष्ट्रियतामा ठगिए महशुश रंग र कुचीले क्याभासमा चित्रहरु उतार्ने हरिओम मेहताले पनि गरेका छन् । त्यसैले त २०७३ असारको दोस्रो सातातिर नेपाल आर्ट काउन्सिलमा ‘दि ब्ल्याक भ्वाइस’ शिर्षकमा आफ्नो एकल कला प्रदर्शनीमा यो भावनालाई पेन्टिङबाटै उजागर गर्न भ्याएका छन् । उक्त प्रदर्शनीमा मधेस आन्दोलनलाई प्रतिबिम्बित गर्ने प्रशस्तै चित्रहरु उनले झुन्ड्याएका थिए । एउटा चित्रले मधेसीको पहिचान र राष्ट्रियतालाई बडो मार्मिक तरिकामा प्रस्तुत गरेको थियो । उक्त पेन्टिङबारे मेहताले भनेका थिए, ‘ पहिचान शिर्षकले यही देशमा मेरो पहिचय खोजिरहेको छ । तिमी कहा“बाट आएको भनेर सोध्दैनन कसैले । तिमी इण्डियाबाट आएको हो भनेर पहिले नै जिज्ञासा धेरैले राख्ने गरेका छन् । त्यसैको उपज हो पहिचान शिर्षकमा टाउकोमा पगडी र छातिमा टा“सिएको नागरिकता । नेपालमा मधेसीको राष्ट्रियता खै ?’ 

    अन्त्यमा भारतीय जनता पार्टीका उपाध्यक्ष भगत सिंह कोसियारीले २०७३ असार पहिलो साता नवलपरासीको रामग्राममा तराई–मधेस लोकतान्त्रिक पार्टीको पहिलो महाधिवेशनमा दिएको अभिव्यक्ति नेपाल बनाउने सूत्र हो भन्दा अतियोक्ति नहोला । उनले भनेका थिए, ‘नेपाल भनेको पहाड , मधेस दुवै हो भन्ने भुल्न हु“दैन । मधेस छाडेर पहाड नेपाल हुन सक्दैन, त्यस्तै पहाड छोडेर मधेस नेपाल हुन सक्दैन । राजनीति गर्नेहरुले त्यो भावनाले काम गर्नुपर्छ । ’ हो, नेपालको कल्पना हिमाल, पहाड र मधेस बिना गर्न सकिन्न । त्यसैले मधेसीहरुलाई अधिकार सम्पन्न बनाउ“दा यो देश कमजोर हु“दैन, झनै बलियो हुन्छ । 

No comments:

Post a Comment