- दिनेश यादव (Dinesh Yadav)
‘सम्पति धेरै भएर पनि मानिस चिन्ता मुक्त हुन सक्दा रहेनछन्’ यो भनाई एक जना बेलायती अर्बपतिको हो । उनी आफू धेरै धनि भएकैका कारण सबैभन्दा ठूलो चिन्तामा परेको हालै सार्वजनिक गरेका छन् । यसलाई उनी आफ्नो तितो भोगाई भनि प्रतिक्रिया दिएका छन् । समाजसेवामा समेत सक्रिय रहेका र धनार्जनको दौडमा लाग्दा चिन्ता पनि थपिन्छ भन्ने धारणा राख्ने ती अर्बपति हुन, डेबिड हार्डिङ । लगानी व्यवस्थापनमा क्रियाशिल बेलायती संस्था ‘विन्टोन क्यापिटल म्यानेजमेन्ट’ का प्रमुख कार्यकारी अधिकृत हुन उनी । उनको कुल सम्पति १.५ अर्ब अमेरिकी डलर रहेको फोब्र्सले जनाएको छ ।
![]() |
| David Haardings . Photo : Insider Money |
जहाँसम्म डेबिड हार्डिङको कुरो छ , उनी युरोपेली युनियन(इयु) को जनमतसंगपछि ८ सय २८ पउण्ड कमाएका थिए, अझैपनि उनी सबैभन्दा ठूलो दाताका रुपमा आफूलाई स्थापित गर्न सफल भएका छन् । हार्डिङले उक्त अभियानका लागि ३ दशमलव ५ मिलियन पउण्ड सहयोग गरेका थिए । बेलायलले ईयुबाट बाहिरिने ऐतिहासिक निर्णय गर्नुले उनी धेरै लाभान्वित भए । ब्रेसिट भोटका क्रममा लाखौ पउण्ड सहयोग गरेर उनले १ दशमलव १ अर्ब अमेरिकी डलर (८२८ पउण्ड) हासिल गरेका थिए । उनको कम्पनी विन्टन क्यापिटलसंग विदेशमा ३४ अर्ब अमेरिकी डलर बराबरको सम्पति छ । त्यो सम्पति उनले स्वचालित कम्प्युटर प्रोग्राम देखि उद्योगमा लगानी गर्दै आएका छन ।
फोब्र्स अखबारका अनुसार हार्डिङ यो वर्षको अर्बपतिको सूचीमा ११२१ औ स्थानमा छन् । सन् २०१६ मा बेलायतका ३४ औ अर्बपति पनि हुन । सबै भन्दा ठूलो दातामध्येका एक रहेका उनको कम्पनीमा हाल ४ सय भन्दा बढीले काम पाएका छन् । आदम कम्पनीका सह–संस्थापक समेत रहेका उनी परिष्कृत मात्रात्मक मोडेलको धितोपत्र छनोटमा विश्वास गर्छन् । सन १९६१ को अगस्टमा जन्मेका बेलायतका अर्बपति/व्यापारी हार्डिङ मात्रात्मक लगानी रणनीतिका पक्षपाति मात्रै होइन व्यापारिक निर्णय गर्नुअघि बजारको बैज्ञानिक अनुशन्धान हुनु पर्नेमा जोड दिन्छन् । उनी विज्ञानका विद्यार्थी पनि हुन । तर, व्यापार गर्नमा उनको रणनीतिलाई पछ्याउने विरलै भेटिन्छन् । पाङबोर्न कलेजमा आफ्नो पढाई सिध्याएपछि उनी सेन्ट क्याटरिन कलेज, युनिभर्सिटी अफ केम्ब्रिडमा भौतिक शास्त्र अध्ययन गरेका थिए । सन १९८२ मा उनले फस्ट क्लास अर्नसको उपाधि पाए । त्यसलगतै वुड म्याकेन्जीमा एउटा धितोपत्र दलालीको काम थालेका थिए । त्यसको दुई वर्षपछि कमोडिटी फ्युचर्समा लगानीकर्ताका रुपमा व्यापार थाले । पछि आफ्नै कम्पनी खोलेर मनग्ये धनार्जन गर्दै आज विश्वकै चर्चित अर्बपति बनेका छन् । अपार धन कमाएपनि छोराले आफै केही गर्न नसकेको कारण उनी चिन्तामा छन् । (एजेन्सीहरु) Published on Kantipur dated 18 Bhadaun 2073


No comments:
Post a Comment