Saturday, 30 April 2016

संघिय गठबन्धनको विरोधबारे यस्तो आयो समाचार

मधेस र पहाडका राजनीतिक अगुवा मिलेर बनेको ‘संघिय गठबन्धन’को विरोधमा एक पछि अर्को समाचार र टिक्काटिप्पणी एकैखाले मानसिकता भएका स्रोत र व्यक्तिबाट सम्प्रेषण हुन थालेका छन् । राष्ट्रिय पार्टी बनाउन हिडेका क्षेत्रिय दलहरुलाई जातिय पार्टीमा सीमित गर्न खोज्नेहरु एकाएक सल्बलाउन थालेका छन् । यसको अर्थ यो स्तम्भकार संघिय गठबन्धनको पक्षमा रहेको किमार्थ होइन । तर जुन मानसिकताहरु देखिन थालेको छ, त्यसले जटिल समस्याहरु निम्त्याउने स्पष्ट छ । अघिल्लो दिन पहाडको भीरमा लेउलाई हरियो घाँस देख्ने पूर्ववामपन्थीको कुरो एकै मानसिकता भएका बाट आएको थियो , आज त्यसको परिपूरकका रुपमा अर्को समाचार आएको छ । अमुक व्यक्तिको पहलमा बनेको गठबन्धनलाई तत्कालका लागि एउटा प्रयोगका रुपमा मात्रै हेर्न सकिन्छ । अगामी दिनहरुमा त्यसको गतिविधिले संघिय गठबन्धन जायज कि नजायज स्पष्ट हुँदै जाने नै छ । News From Dalannepal.com:-


तमलोपा बैठकमा संघिय गठवन्धनको आलोचना 



आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको एक प्रमुख घटक तराई मधेश लोकतान्त्रिक पार्टीको आज देखि जनकपुरमा सुरु भएको केन्द्रिय कार्यसमितीको बैठकमा सघिय गठवन्धनको आलोचना गरिएको छ । हालै मधेशी मोर्चा र केहि आदीवासी जनजातीहरुको पार्टीहरु र संगठन मिलाएर संघिय गठवन्धनको निर्माण गरिएको छ । पछिल्लो समयमा यही संघिय गठवन्धनको व्यानरमा आन्दोलनको घोषणा गरिएको छ । तमलोपाको शनिवार देखि दुई सुरु भएको बैठकमा दुई ओटा प्रतिवेदन गरिएको छ । महामन्त्री सवेन्द्रनाथ सुक्लाले राजनितीक प्रतिवेदन पेश गरेका छन भने अर्का महामन्त्रीद्धय जितेन्द्र सोनल र गोविन्द चौधरीले महाधिवेशन तयारी सम्बन्धी प्रतिवेदन पेश गरेका छन । बैठकमा पेश गरिएको राजनितीक प्रतिवेदन माथी वोल्दै तमलोपाका धेरै जसो केन्द्रिय सदस्यहरुले संयुक्त लोकतान्त्रिम मधेशी मोर्चाको भुमिकालाई गौण बनाउदै लगेको भन्दै संघिय गठवन्धनको अवधारणा प्रति तिखो आलोचना गरेको महामन्त्री गोविन्द चोधरीले बताए ।
मुख्यगरी असारको पहिलो हप्ता पहिलो महाधिवेशनको तयारीको लागी वोलाइएको तमलोपाको बैठकमा यो आवाज जोडतोडका साथ उठेको नेताहरु बताउछन । पार्टी संस्थापनको ६ बर्ष पछि तमलोपा आउदो असार ६ देखि ८ गते सम्म आफनो पहिलो महाधिवेशन गर्न लागेको छ । आज देखि सुरु भएको बैठकमा महामन्त्री सुक्लाले प्रस्तुत गरेको राजनिती प्रतिवेदनमा समेत मधेशी मोर्चाको भमिका कमजोर भएको स्विकार गरिएको चौधरीको भनाइ छ । मधेशी मोर्चाले आदीवासी जानजातीहरु संग मिलेर संघिय गठवन्धन वनाए देखि नै मधेशी मोर्चाको एउटा वृतमा त्यस प्रति असन्तुष्टि देखिदै आएको थियो । 
 नयां संविद्यानको निर्माण प्रक्रिया प्रति असन्तुष्टि राख्दै आन्दोलनमा होमिएको मधेशी मोर्चाको एक प्रमुख घटक तमलोपा  पार्टी हुन । गएको ९ महिना देखि आन्दोलनरत तराई मधेशमा पुन आन्द्योलनका लागी समेत तमलोपाको बैठकमा विभिन्न कुराहरु उठेको नेताहरुले बताएका छन । बैठक स्रोतका अनुसार सहभागी प्रतिनिधिहरुले मधेशी मोर्चाको भुमिका कमजोर बन्दै गएको प्रति नेताहरुले अध्यक्ष महन्थ ठाकुर प्रति पनि आलोचनाहरु गरेका छन । 
 केहि दिन अघि तमलोपाका महामन्त्री जितेन्द्र सोनलले एउटा सार्वजनिक कार्यक्रममै संघिय गठवन्धनको आलोचना गर्दै आन्दोलन मधेशी मोर्चाकै व्यानरमा हुनुु पर्ने बताएका छन । गएको १५ बैशाख देखि मधेशी मोर्चा सहितको सघिय गठवन्धन पुन आन्दोलन गर्दै आइरहेका छन । आउदो १ जेठ देखि यो गठवन्धनले काठमाडौ केन्द्रित आन्दोलन गर्ने आफनो कार्यक्रम सार्वजनिक गरिसकेको छ । 
 
तमलोपाको आज देखि जनकपुरमा सुरु भएको बैठक भोली महाधिवेशनको प्रस्तावित मिती देखि स्थान सहित त्यसका लागी विभिन्न समितीहरु बनाउदै सकिने छन । महामन्त्री द्धय सोनल र चौधरीले महाधिवेशन सम्बन्धी प्रस्तुत गरिएको प्रतिवेदनमा यस अघि नै सार्वजनिक भएको आउदो ६ असार देखि ८ सम्म नवरपरासीमा पर्ने प्रस्ताव गरिएको छ । उक्त प्रतिवेदनमा यसका लागी विभिन्न समितीहरु समेत प्रस्तुत गरिएको नेताहरुले बताएका छन । महामन्त्री सोनलका अनुसार बैठकले भोली आइतवार त्यसलाई पारित गर्ने छ । 

     यो सामग्री पत्रकार नविन झाको ब्लग ‘डलाननेपाल डट कमबाट सभार गरिएको हो । झाले आफ्नो ब्लगमा ८:१६ मा यो सामग्री पोस्ट गरेका रहेछन् ।  

कम्प्युटरको साटो डायरी बोक्छन्

वैशाख १८, २०७३- विश्वका एक जना अर्बपति, जसले मोबाइल, ल्यापटप वा कम्प्युटरको प्रयोग गर्दैनन् । यी सामग्री नभएपछि इमेल वा च्याट गर्ने कुरै भएन । यो २१ औं शताब्दीमा धेरैको दैनिकीको अभिन्न अंग बनिसकेको यी सामग्रीको प्रयोग नगर्नेलाई धेरैले ‘कन्जुस’ भन्नलान् ।
तर, यी अर्बपति कञ्जुस भने पक्कै छैनन् । सम्पत्तिकै कुरा गर्ने हो भने उनीसँग ३ अर्ब अमेरिकी डलरभन्दा बढी सम्पत्ति छ । उनी अनावश्यक सामग्रीमा समय र रकम खर्च गर्न चाहँदैनन् ।
त्यसैले विज्ञानका ती आधुनिक अविष्कारबाट टाढा छन् । उनी हुन्, अमेरिकी उद्यमी जोन पउल डिजोरिया ।
कुनै बेला घरबारविहीन थिए, उनी । अधिकांश समय उनी कारमै बिताउँथे । त्यो पनि सेकेन्ड ह्यान्ड । यसो त डिजोरियाको बाल्यकाल कम संषर्घपूर्ण थिएन ।
उनी आफ्नो घर नजिकैको एक पालुंगो हेरचार केन्द्रमा बालश्रम गरे । त्यहीँ हुर्किए पनि उनी । संघर्षबाटै सफल हुन सकिन्छ भन्ने मान्यता सधैं रह्यो उनको ।
त्यसैले त उनी आफ्नो जीवनमा कुनै पनि कामलाई सानो ठानेनन् । घरको पाले बस्नुदेखि दैलोदैलो चहार्दै उनले इन्साइक्लोपिडिया बिक्री सम्मको काम गरे ।
यी कामहरू गर्दा धेरैपटक उनी हाँसोको पात्र पनि बनेका थिए । दुई वर्षजति उनले तल्लो कर्मचारीका रूपमा अमेरिकी नौसेनामा समेत काम गर्न भ्याए । सैलुनहरूमा ‘हेयर प्रडक्ट’ हरू बेच्ने रेडकेन प्रयोगशालामा नोकरी पाउनुअघि उनले धेरै संघर्ष गरेका हुन् ।
प्रयोगशालामा काम गर्दा केही अनुभव सँगाल्न पाए, उनले । त्यही अनुभव साट्न उनले ७५० अमेरिकी डलर ऋण लिएर पउल मिचेलसँगको सहकार्यमा सन् १९८० मा ‘जोन पउल मिचेल प्रणाली’ को सहसंस्थापक भई काम थाले ।
पउल मिचेलचाहिँ उक्त कम्पनीका संस्थापक थिए । दुवैजना लस एन्जेलसका सैलुनहरूमा आफ्ना उत्पादनहरू स्याम्फु र कन्डिसनर्सहरू बेच्ने अभियान थाले । तर, तत्कालै सोचेजस्तो सफलता यसबाट प्राप्त गर्न सकेनन् ।
पहिलो वर्षमै ५० पटकसम्म आर्थिक संकटको सामना गर्नुपर्‍यो । तर, यो लामो समयसम्म रहेन । केही सालको अन्तरमा एकै वर्षमा १ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति आफ्नो व्यापारबाट जम्मा गर्न सफल भए । डिजोरिया प्याट्रोन स्प्रिटका सहसंस्थापक पनि हुन् ।
कम्पनीका संस्थापक मिचेलको सन् १९८९ मा निधनपछि डिजोरियाको जिम्मेबारी थप बढेर गयो । उनको अथक परिश्रम र प्रयासबाट कम्पनीको विस्तारमा लागे । फलस्वरूप हाल उनको कम्पनीका सय वटा उत्पादनहरू ८७ मुलुकका सैलुनहररूमा बिक्रीवितरण हुँदै आएको छ ।
डिजोरियाले सन् १९८९ मै मार्टिन क्राउवलीसँग मिलेर ‘प्याट्रोन स्प्रिट’ को स्थापना गरे । यो कम्पनीले टकिला ब्रान्डको रक्सी उत्पादन गर्छ । एक वर्षमै टाकिलाको राम्रो व्यापार गर्‍यो । हाल डिजोरिया कयौं कम्पनीका मालिक हुन् । उनका प्रमुख कम्पनीहरूमा ‘पेट केयर लाइन जोन पउल पेट’ र ‘ज्वेलर डिजोरिया डाइमन्ड’ हुन् ।
डिजोरिया अर्बपति र अमेरिकी धनाढ्यहरूमा सम्राट बनिसके पनि उनी आफ्ना उत्पादनहरू घरदैलोमा लगेर बेच्न भने अझै छाडेका छैनन् । आफ्नो धेरै समय सैलुनका मालिकसँगकै भेटघाटमा बिताउँछन् । समानहरू वितरण गर्छन् ।
हाल उनी अलिक व्यस्त भएपछि आफ्नो व्यापार प्रवर्द्धन गर्न निजी जेटको प्रयोग गर्छन् । उनले एक वर्षमा कम्तीमा २० वटा राज्यको भ्रमण निजी जेटबाट गर्ने गरेका छन् । कहिलेकाहीँ बिहानै निस्कन्छन् र राति फर्कने गर्छन् । बिहान ७ देखि ८ बजेभित्रै ओछ्यान छाडिसक्ने डिजोरियाले इमेल वा कम्प्युटरको प्रयोग पटक्कै गर्दैनन् ।
तर, सम्बन्धित हरेक व्यक्तिसँग प्रत्यक्ष सम्पर्क या टेलिफोनमा संवाद गर्न भने छुट्टाउँदैनन् । उनीसँग अझै पनि १५ वर्ष पुरानो फोन डायरी छ । त्यसैमा पुनर्लेखन गर्छन् र जहाँ जान्छन् डायरी उनको सँगै हुन्छ ।
उनी हरेक दिन दिउँसो ओछ्यानमा पाँच मिनेटका लागि विश्राम लिने गरेका छन् । रातिको हलुका नास्तापछि पनि उनी आफ्नो गृह कार्यालयमा जान्छ, जुन घरबाट केही टाढा छ ।
त्यहाँ उनको डेक्ससँगै रहेको एउटा एक्सरसाइज बल जसलाई उनी कुर्चीका रूपमा प्रयोग गर्छन् । त्यहाँ सञ्चारका लागि राखिएको फोन र फ्याक्स मेसिनबाहेक अरू केही छैन ।
शान्तिपूर्ण वातावरणमा बस्न रुचाउने उनी आफ्ना लागि तीन जना सहयोगी राखेका छन् । उनका प्रमुख सहयोगीमा केल्ली सेलर्स हुन् । तिनले उनको घरका लागि कामहरूको वर्क आउट गर्छिन् ।
डिजोरिया भन्छन्, ‘मैले फोन गर्नैपर्ने व्यक्तिहरूको सूची हरेक दिन केल्लीले दिन्छिन्, खासगरी १० वटा कम्पनी जसका लागि मैले समय दिनैपर्ने हुन्छ, हरेक दिन कम्तीमा एक पटक केहीसँग कुरा गर्छु ।’
उनी ‘महत्त्वपूर्ण केही व्यक्तिमाथि ध्यान देऊ र तुच्छ कयौंलाई उपेक्षा गर’ भन्ने व्यवस्थापन दर्शनलाई मन पराउँछन् । कम्पनी र उनको सफलताको रहस्य हरेक कर्मचारीसँग ‘फ्री लन्च गर्नु’ लाई रहेको डिजोरिया बताउँछन् ।
फोर्ब्सका अनुसार उनको कुल सम्पत्ति ३ दशमलव १ अर्ब अमेरिकी डलर (रियल टाइम २९ अप्रिल २०१६) छ । सम्पत्तिको स्रोत आफैंले उत्पादन गर्ने हेयर प्रडक्ट र टाकिला हो ।
डिजोरिया यो वर्षको अर्बपति सूचीमा ५९५ औं स्थानमा छन् । हाईस्कुल डिप्लोमासम्म मात्र शिक्षा ग्रहण गरेको उनी यो वर्ष अमेरिकी धनाढ्यको सूचीमा २२२ औं स्थानमा छन् । अघिल्लो वर्ष फोर्ब्सको ४ सयको सूचीमा २३४ स्थानमा थिए ।
(एजेन्सीको सहयोगमा)
प्रकाशित: वैशाख १८, २०७३


http://kantipur.ekantipur.com/news/2016-04-30/20160430103042.html

Friday, 29 April 2016

पूर्व वामपन्थीका मधेसी नेतृत्वबारे एक स्तम्भकारको अभिव्यक्ति



Kantipur ma 16 Baishakh 2073 ma prakashit ChandraKishor Jha ko Article ko Ansh
चन्द्रकिशोर झाले ‘डेटलाइन तराई’ स्तम्भ अन्तर्गत ‘संविधान रचनाकारहरुको जिम्मेवारी’ शिर्षकमा कान्तिपुरको पृष्ठ ६ मा मिति २०७३ वैशाख १६ गते प्रकाशित लेखको पुच्छरमा डरलाग्दो शैलीमा आफ्नो अभिव्यक्ति संचार गरेका रहेछन् । यो उनको व्यक्तिगत विचार हुनसक्छ । तर झाजीले लेखेको यी वाक्य ‘भीरमा लागेको लेउलाई हरियो घाँघ भन्ठानेर हामफाल्न तम्त्यारपूर्व वामपन्थी मधेसी नेतृत्वहरुलाई मधेसवादी कित्तामा रोकिराख्न कम्ती गार्‍हो थिएन । तर त्यसो गर्नु बाहेक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा जोगाउने अरु उपाय पनि छैन, यतिखेर.....’ जुन तरिकामा आएको छ, त्यो आम मधेसीलाई सोच्न बाध्य पार्ने खालका छन् । मधेसीकै नाममा कलम चलाउने तर आफूले सुझाएको या सल्लाहमा काम नभएपछि अभिव्यक्त भएको भावना/विचारले ठूलै प्रश्न उब्जाएको छ, मधेसी बृतमा । लेखमा जे सुकै लेखिएपनि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई जोगाउनकै लागि पूर्व वामपन्थीको कुरो मोर्चा नेतृत्वले मान्न तयार भएको भन्ने आशय यसमा स्पष्ट छ । लेखकको यो आशय किन र कसरी आयो ? यहाँ उल्लेख गर्न आवश्यक छैन । समयले त्यसलाई स्पष्ट पार्दै जानेछ । उनले संकेत गर्न खोजेको पूर्व वामपन्थी नेतृत्वलाई शक्तिका रुपमा झाले स्वीकारेका छन् । त्यसैले त मधेसी मोर्चाको वाध्यता उनले आफ्नो लेखमा प्रस्टैसंग लेखेका छन् । यस्तो वाध्यता किन आई पर्‍यो त्यो पनि उल्लेख गर्दा राम्रो हुनेथ्यो । बाँकी विश्लेषणको जिम्मा यहाहरुमाथि छाड्न चाहन्छु । 






Thursday, 28 April 2016

नेपालमा आरक्षणको बहस

२०६२/६३ को आन्दोलन र त्यसको पुरकका रुपमा मधेसमा भएको ०६३/६४ आन्दोलनले दुईटा प्रमुख मागलाई सम्बोधन गरेकै हो । एउटा संघियता र अर्को समावेशिकता । संघियतामाथिको प्रहार यसको जन्म भएदेखि नै जारी छ । पछिल्लो समय समावेशिकतामाथि पनि आक्रमण शुरु भएको छ । सीमांकन विवाद त अझै ‘हट केक’ मुद्दा नेपालमा छँदैछ । डा.भिमदेव भट्टले २०२८ को स्नातक निर्वाचनको विषयलाई तीन जातिसंग जोडेर विवेचना गरेका छन् । तर, त्यसपछि भएका नियुक्तिहरुमा एकल जाति, भाषि र सम्प्रदायको हालिमुहाली रहेको कुरोलाई वेवास्ता गर्दै उनले आफ्नो लेखमा समावेशिकतालाई वहियात भनेका छन् । झण्डै ५० वर्षसम्म निजामतिमा एउटै वर्ग, समूह र समुदायको बर्चस्पबारे डाक्टर साहेवको लेख मौन छ । तर आठ वर्ष मै लेखकले निजामति कर्मचारी सेवामा कायापलट हेर्न चाहेका रहेछन् । शायद त्यसैले होला उनी सबैलाई एकै पटक समावेशिकताको सिद्धान्तमा अटाउनु पर्ने चाहना आफ्नो लेखमा व्यक्त गरेका छन् । यसले के देखाउँछ भने मुलुकमा अमूल परिवर्तन त भयो तर रुपान्तरण अझै हुन सकेको छैन । यो एउटा यथार्थ हो । रुपान्तरण त मानसिकतासंग सम्बन्धित विषय हो । जब सभ मानसिकतामा परिवर्तन हुँदै जन चाहना अनुरुप  रुपान्तरण असम्भव छ । लेखकले उठाएको विषय जायज भएपनि तत्कालै यसको समिक्षा गर्नुपर्ने बेला चाही भएको छैन । सीमान्तकृत, पछि पारिएका समूदाय, क्षेत्र, वर्ग, जातिलगायतलाई मुलधारमा ल्याउनु पर्ने दायित्व सबैको हो । खासगरि प्रमुख राजनीतिक दलको उपमा पाएकाहरुको बढी हो । तर त्यसको दोस सत्ता पहूँच र निर्णायक तह भन्दा अझैपनि टाढा र दलगत व्युरोक्रेट्सको चंगुलमा रहेको निजामति सेवामा वर्षौदेखि कब्जा जमाएर बसेकाहरुबाट परिवर्तन त सम्भव छ, रुपान्तरणमा अझै निक्कै समय लाग्छ ।
 त्यसैले तत्कालै अमूक विषयमा निस्कर्ष निकाल्न पुग्नु उपेक्षित, दमित , शोषित र अपहेलित समुदायको विपक्षमा जाने कुरा लेखकले बुझ्नै पर्ने हो । खयर जे होस, लेखकको मानसिकता पनि शासकिय मात्रै देखियो । सय भन्दा बढीको आहुतिपछि प्राप्त उपलब्धीलाई मटियामेट बनाउने गरि विचार पस्कनु अनुचित छ, गैरन्यायिक छ, सम्प्रदायिक छ, विभेदपूर्ण छ । त्यसैले वर्षौदेखि उपेक्षामा परेका छ समुह(महिला, आदिवासी/जनजाति, मधेसी, मुस्लिम, दलित/सीमान्तकृत र कर्णाली क्षेत्र) का आठ हजार जनताले आठ वर्षमा ८ मा समावेशिकताको नाममा अवसर पाउनु ठूलो उपलब्धि हो । यसलाई कसैले नजरअन्दाज गर्न मिल्दैन । हो , अझ ५० भन्दा बढी जातिहरु यसमा नपनुको कारण खोतल्दै, राज्यले तिनीहरुलाई मुलधारमा ल्याउने प्रयास गरोस्, यसैमा देशको हित हुनेछ । थप विश्लेषणको जिम्मा तपाई प्रमुद्ध र बौद्धिक पाठक वर्गको पनि हो । तपाईहरुको विश्लेषणलाई सजिलो बनाउन यहाँ भिमदेव भट्टको लेख यहाँ कपी पेस्ट गरि राखेको छु ।   

Monday, 25 April 2016

भूकम्पका किन आउँछ ?


  • दिनेश यादव (Dinesh Yadav)

Dinesh Yadav
भाईबहिनी हो, पृथ्वीको बाहिरी तहमा अचानक हलचलबाट उत्पन्न ऊर्जाको परिणामलाई भूकम्प भनिन्छ । यो ऊर्जा पृथ्वीको सतहमा भूकम्पका तरंगहरु उत्पन्न गर्छ, जुन जमिनलाई हल्लाएर वा विस्तापित गरेर प्रकट हुने गर्छ । पृथ्वीको सतह १२ टेक्टोनिक प्लेटहरुमा अवस्थित छ । यसको तल तरल पदार्थ लाभा छ । प्लेटहरु यसै लाभामाथि तैरिरहेको हुन्छ । जब यो ठोकिन्छ, ऊर्जा उत्पन्न हुन्छ । यसले पृथ्वीको सतहमा कम्पन भई भूकम्प आउँछ । प्लेटहरु किन ठोकिन्छ त ? वैज्ञानिकहरुका अनुसार प्लेटहरु विस्तारै–विस्तारै घुमिरहका हुन्छन् । हरेक वर्ष यी प्लेटहरु ४ देखि ५ मिमि आफ्नो स्थानबाट पर सर्ने गर्छन । कुनै प्लेट अर्को प्लेटको नजिक आउँछ भने कुनै टाढा जान्छ । कहिलेकाली ठोकिने पनि गर्छ । यी प्लेटहरु झण्डै ३० देखि ५० किलोमिटर मुनि छ । तर युरोपको केही स्थानमा भने अपेक्षाकृत कम गहिराइमै प्लेटहरु पाइन्छन ।  
भूकम्पबारे अध्ययन गर्ने शास्त्रलाई भूकम्प विज्ञान (सिस्मोलोजी) भनिन्छ । यसको अध्ययन गर्ने बैज्ञानिकलाई भूकम्पवैज्ञानिक भनिन्छ । अंग्रेजी शब्द ‘सिस्मोलोजी’ मा ‘सिस्मो’ ग्रीक शब्द हो, जसको अर्थ भूकम्प हो । वैज्ञानिकले भूकम्पको परिमाणका आधारमा त्यसको व्यापकतालाई मापन गर्छन । भूकम्पको परिमाणलाई मापन गर्ने अनेक विधिहरु छन् । हाम्रो पृथ्वी इनर कोर, आउटर कोर, म्यान्टल र क्रस्ट गरि चार तहबाट बनेको हुन्छ । क्रस्ट र माथिल्लो म्यान्टललाई लिथोस्फेयर भनिन्छ । यो ५० किलोमिटर मोटो तह हो, जसलाई ‘टेक्टोनिक प्लेट्स’ भनिन्छ । यी प्लेट्स आफ्नो स्थानमा हलिरहेका हुन्छ, जब यो धेरै हलिन पुग्छ, भूकम्प आउँछ । यी प्लेट्स दायाँबायाँ  वा तलमाथि दुवै तरिकाले आफ्नो स्थानमा हल्लिन सक्छ । हल्लिएर सरेपछि पहिलेकै ठाउँमा आउन खोज्छ । यस्तो अवस्थामा एउटा प्लेट अर्कोको तल आउँछ । जुन बिन्दूबाट भूकम्प उत्पन्न हुन्छ, त्यसलाई ‘हाइपोसेन्टर’ र त्यसको ठीक माथिको बिन्दूलाई ‘इपीसेन्टर’ भनिन्छ । भूकम्कको समय एउटा हल्का झटका महशूस हुन्छ । त्यसको केही समयपछि एउटा ठूलो झटकायुक्त कम्पन महशूस हुन्छ, जुन पहिलेको भन्दा धेरै प्रबल हुने गर्छ । सानो भूकम्पका क्रममा जमिन केही सेकण्ड हलिन्छ । तर ठूलो भूकम्पमा यो एक मिनेटसम्म रहन सक्छ । सन् १९६४ मा अलस्कामा गएको भूकम्प तीन मिनेटको थियो । भूकम्पको तीब्रता मापन गर्न रेक्टर स्केलको प्रयोग गरिन्छ । यसलाई रेक्टर म्याग्निच्युड टेस्ट स्केल भनिन्छ । भूकम्पको तरङहरुको रेक्टर स्केल १ देखि ९ सम्मको आधारमा मापन गरिन्छ । सन् १९३५ मा क्यालिफोर्निया इन्टिच्युट अफ टेक्नोलजीमा कार्यरत वैज्ञानिक चाल्र्स रेक्टरले बेनो गुटेनबर्गको सहयोगमा रेक्टर स्केल पत्ता लगाएका थिए । भूकम्प मापन गर्न मरकेली स्केलको पनि प्रयोग गरिन्छ । भूकम्पले हुने क्षति घर/भवनहरुको खराब बनावट, कमजोर संरचना, भूमिको प्रकार, अव्यवस्थित बसोबासमा निर्भर हुन्छ ।  
भाईबहिनी हो, भूकम्प एउटा सामान्य घटना हो । एक अनुमान अनुसार विश्वमा लगभग प्रत्येक ८७ सेकेण्डमा कही न कही भूकम्प गएकै हुन्छ । भूकम्पका यी झट्कालाई महशूस त गर्न सकिन्छ तर यो धेरै शक्तिशाली नभएकाले कुनै क्षति भने हुँदैन । प्रति वर्ष पृथ्वीको सतहमा औसत आठ सय भूकम्प जाने गर्छ, जसबाट खासै क्षति हुँदैन । यसको अतिरिक्त प्रति वर्ष १८ वटा ठूला भूकम्प आउनुका साथै ती मध्ये एउटा चाहीँ बढी तीब्रताको हुने गरेको पाइएको छ । भूकम्प थोरै समयमा विभिन्न समूहमा आउने घटना विरलै हुने गर्छ । अमेरिकाको न्यू म्याड्रिडमा सात सप्ताह (१६ डिसेम्बर १८११, ७ फेब्रुअरी र २३ फेब्रुअरी १८१२) को क्रममा तीन वटा तीब्र भूकम्प गएको थियो । यसैगरि अस्ट्रेलियाको टेनेट क्रीकमा २२ जनवरी १९८८ मा १२ घन्टा अवधिमा तीन वटा ठूलो भूकम्प गएको उदाहरण छ । कुनै ठूलो भूकम्प भन्दा पहिले वा पछि विभिन्न तीब्रताको कम्पन्न उत्पन्न हुने गर्छ ।२०औं सताब्दीको अन्तिम दुई दशकमा पृथ्वीको विभिन्न स्थानमा २६ वटा ठूलो र शक्तिशाली भूकम्प गएको छ । ती भूकम्पहरुबाट करीब डेढ लाख मानिसको अकालमा मृत्यु भइसकेको छ । भूकम्पको परिणाम अत्यन्तै व्यापक भएपनि हालसम्म यसबारे सही भविष्यवाणी गर्न वैज्ञानिकहरू सफल हुन सकेका छैनन । (Kantipur, Kopila)

विद्युत झट्का (Electric Shocks)


  • दिनेश यादव (Dinesh Yadav)

Dinesh Yadav
भाईबहिनी हो, मानव भएर जन्मेपछि हामीले आफ्नो जीवनमा धेरै पटक धेरै खाले झट्काहरु खाएकै हुनुपर्छ । ती मध्येको एउटा, विद्युत झट्का पनि हुन सक्छ । हो, कुनै न कुनै बेला हामीले विद्युत झट्का खाएर तर्सेको पक्कै छौ, होला । त्यसैले हामी जब विद्युतको अवधारणहरू पढ्छौ, शरीरबाट  विद्युतको प्रवाह कसरी हुन्छ भन्नेबारे बुझ्ने जिज्ञासा उत्पन्न हुने गर्छ । विद्युतको झटकाबाट सचेत रहन तपाईहरु मध्ये अधिकांशले आफ्नो टोल वा गाउँमा राखिएका ट्रान्सफर्मर,जेनेरेटर वा विजुलीको हाइ–टेसन खम्भाहरूमा झुण्ड्याएको बोर्डहरु पक्कै हेरेकै हुनुपर्छ । जहाँ लेखिएका हुन्छन्, सावधान† , ४४० भोल्ट । खतरा† ११०० भोल्ट । यसबाट अधिकांश मानिसले विद्युतको झट्काको एक मात्र कारण विद्युत भोल्टेज भएको मान्ने गर्छन् । तर यसमा पूर्ण सत्यता छैन । तपाइलाई विद्युत झट्का दिनेमा भोल्टेज कारण भएपनि यो मात्रै तथ्य भने होइन । हामीलाई विद्युत झट्का तब मात्रै लाग्छ जब करेन्ट (विद्युत धारा) हाम्रो शरीरबाट प्रवाह हुन थाल्छ । विद्युत धारा हाम्रो शरीरबाट प्रवाह हुनुमा दुई अवस्था आवश्यक छ । एउटा हो, यसका लागि हाम्रो शरीरबाट विद्युत बहनका लागि एउटा पूर्ण विद्युत परिपथ बन्नु पर्छ । अर्को कारण, शरीरको जुन दुई बिन्दूहरुको बीचमा विद्युत बहने हो, त्यसको भोल्टेज (विद्युत चाप) मा फरक हुनुपर्छ । तपाईहरुले चराहरू मजाले विद्युत तारमा बसेको पक्कै देख्नु भएकै होला । किन तिनीहरूलाई विद्युत झट्का लाग्दैन ? वास्तवमा यसको श्रेय तारहरुलाई दिनुपर्छ । ती तारहरु जसको कुनैपनि दुई नजिकको बिन्दूहरुमा विद्युत चाप (भोल्टेज) लगभग समान हुन्छ । यही कारणले तारमा बसेको चराहरुको दुई खुट्टा (विद्युत प्रवाह हुन सक्ने माध्यम) को भोल्टेजमा कुनै फरक हुँदैन । फलस्वरुप चराहरुको शरीरमा विद्युत धारा प्रवाह हुन सक्तैन र झट्का लाग्दैन । यदि तपाई पनि हजार भोल्ट भएको तारलाई हातले समातेर झुन्डिनु भयो भने केही हँुदैन । हो, तर यो विर्सनु हुँदैन कि तपाईको शरीरको कुनै पनि अंग अर्को तार या पृथ्वीको सतह (जसको भोल्टेज पहिलो तार भन्दा धेरै भिन्न होसं) लाई छोएमा मृत्युको मुखमा पुग्न सक्छौ । त्यसैले यस्तो प्रयास कहिले पनि कही गर्नु हुँदैन । चमेरो या अन्य केही चराहरु यसप्रकारको दुर्घटनामा परेको कहिलेकाही हेर्न पाइन्छ । 
भाईबहिनी हो, धेरै पटक यो पनि सोच्छौ कि चराचुङ्गीहरु विद्युतको तारमा बिना झट्काको कसरी लामो समय बस्न सकेको होला । खासगरि विद्युतको खम्भामा लागेको तारमा काग, परेवा लगायतका चराहरू बसेको पाइन्छ । तर, यिनीहरुलाई करेन्ट वा विद्युत झटका (इलेक्ट्रिक शक) लाग्दैन । यसलाई जान्नका लागि विद्युत झट्का के हो त्यो बुझ्न जरुरी छ । उच्च भोल्टेज भएको लाइनको सम्पर्कमा आएपछि शरीरको माध्यमबाट विद्युत धारा प्रवाहित भएपछि ठूलो दुर्घटना हुन्छ , जसको कारण जल्ने र मुटुको कार्यप्रणाली प्रभावित हुन पुग्छ । यस्तो स्थितिमा मुत्यु हुनेगर्छ । अर्को कुरो, जीवहरुको शरीर विद्युतको सुचालक(गुड कन्डक्टर) हो । सुचालक भनेको विद्युत सजिलै प्रवाह हुने बस्तु हो । जब कुनै चरा विद्युतको लाइनमा बसेका हुन्छन, त्यो अवस्थामा एउटा मात्रै सुचालकको सम्पर्कमा हुन्छन् । यस्तो अवस्थामा त्यसको शरीरबाट विद्युतधारा प्रवाह हुँदैन । तर अर्को तारमा छोएमा विद्युत परिपथ पुरा भई चराको शरीरबाट उच्च भोल्ट प्रवाह हुन थाल्छ । यसबाट चरा जल्ने वा त्यसको मुटुको गति रोकिएर तत्कालै मुत्यु हुनसक्छ । 
भाईबहिनी हो, एक हजार भन्दा बढी बाज, चील, उल्लु लगायत अन्य ठूला चरा विद्युत लाईनमा बस्दा करेन्ट लागी हरेक वर्ष ‘इलेक्ट्रोक्युसन’बाट मर्ने गरेको एक रिपोर्टमा उल्लेख छ । विद्युत झट्काले घाइते वा मृत्यु हुनुलाई ‘इलेक्ट्रोक्युसन’ भनिन्छ ।  हालसम्म १७४ मिलियन चरा विद्युत तारमा बस्दा मरिसकेको अनुमान छ । साना चराहरु सामान्यतया सुरक्षित हुन्छन् । किनभने ती साना चराहरुको पँखेटा र खुट्टाहरु ‘इलेक्ट्रोक्युसन’ का लागि चाहिने पुर्ण विद्युत परिपथ पुरा हुने गरी एकैपटकमा दुई वटा तार छुन सक्तैनन् ।  
विजुलीको तारमा बसेको अवस्थामा चराहरुलाई झट्का नलाग्नुको अर्थ बिना कुनै क्षतिको चराहरुको शरिरबाट विद्युत पास हुनु हो । विज्ञानमा रुची राख्नेहरुलाई पक्कै थाहा हुनुपर्छ । सुचालकको माध्यमबाट इलेक्ट्रोनको प्रवाह भएपछि बल्ल विद्युतले काम गर्छ । विद्युत तारमा चराहरु बस्न सक्षम हुनुको अर्थ चराहरु विद्युतको राम्रो सुचालक होइन । चारको उपस्थितिलाई विद्युत धाराले वेवास्ता गर्छ । पानी जस्तै विद्युत पनि न्युन अवरोधमा प्रवाह हुन्छ । विद्युत पावर लाइनहरुमा तामा वा अल्मुनियमको तारबाट विद्युत प्रवाहित हुन्छ । तामा विद्युतको राम्रो सुचालक हो । यसबाट विद्युत सजिलै बहन्छ । अर्को तर्फ एउटा चरा कोष र तन्तुहरुबाट बनेका हुन्छन् । कोष र तन्तुहरुबाट तारमा विद्युत सजिलै बह्दैन । किनभने यी राम्रो सुचालक होइनन । यति हुँदाहुँदैपनि यदि चरा आफू बसेको भन्दा अर्को तार र अन्य कुनै बस्तुमा त्यही समय छुन पुगे त्यसमा ‘इलेक्ट्रोक्युसन’ हुन सक्छ । पृथ्वीको सतहमा छुएको दोस्रो वस्तु या दोस्रो तारले अर्को भोल्टेज बोकेको छ भने पोटेन्सिय फरकका कारण दुई तारहरुबाट विद्युत प्रवाह भई चरालाई करेन्ट लाग्न सक्छ । विद्युतको एउटा यो पनि गुण हुन्छ कि यो जहिले पनि उच्च भोल्टेजबाट निम्न भोल्टेजमा यात्रा गर्छ , जसरी पानी माथिबाट तलतिर बग्छ । एउटा चरा वा अन्य कुनै जीव जसले एउटा तार मात्रै छोएको हुन्छ (जहाँ विद्युत उच्च भोल्टेजबाट न्युन भोल्टेजमा बगेको हुन्छ) र जमिनमा भएको धातुको सम्पर्क (जहाँ कुनै भोल्टेज हुँदैन) विद्युत प्रवाह गर्ने एउटा पथको निर्माण हुन पुग्छ , त्यो शरीरबाटै प्रवाह भई निम्न भोल्टेजतर्फ बहन्छ । यस्तो अवस्थामा शरीरबाट विद्युत बग्दा ‘इलेक्ट्रोक्युसन’ हुन पुग्छ र चरा मर्न सक्छ । 
अब चराहरुको विशेष गुणहरुको बारेमा चर्चा गरौं । चराहरु नजिकै रहेको अग्ला रुखहरूमा नबसेर तारमै किन बस्छन त ? यसबारे भौतिकविद्हरु भन्छन्, ‘चराहरुका लागि विद्युत पोलहरुमा झुन्ड्याइएका तारहरु बढी आरामदायीक हुन्छ । खासगरि साना चराहरुका लागि यो ‘नाइस रेस्टिङ’ क्षेत्र हो । वैज्ञानिकहरुले तारमा बसेका चराहरुको अध्ययन गर्ने क्रममा एउटा रोचक तथ्य पनि फेला पारेका छन् । त्यो हो, चराहरु तारमा बस्दा एउटै दिशातर्फ फर्केर बसेका हुन्छन् । यसको कारण चाही चराहरु हावाको दिशातिर बस्नु नै हो । यसरी बस्दा तिनीहरुलाई सजिलो हुन्छ । तपाईहरुलाई थाहा छ ?  कुन समयमा बढी भन्दा बढी चराहरु विद्युत तारमा बसेका हुन्छन् ? यसबारे सही जानकारी पाउन तपाईहरुले चराहरुको अवलोकन गर्नैपर्छ । अनुशन्धाकर्ताहरुका अनुसार खराब मौसम भएको वेला धेरै चराहरु विद्युत तारमा बसेको पाइएका छन् । यसको कारणबारे उनीहरु भन्छन, ‘अधिकांश चराहरुमा एक विशेष प्रकारको मध्य–कान प्रापक (मिडल–इयर रिसेप्टर) हुन्छ, जसलाई ‘भाईटाली’ अंग भनिन्छ । उक्त अंगले अविश्वसनीय रुपमा ‘ब्यारोमेट्रिक’ चापमा हुने सानो भन्दा सानो परिवर्तनलाई पनि चराले सजिलै थाहा पाउन सक्छन् । यसले अगामी मौसमको संकेत तिनीहरुले सजिलै प्राप्त गर्छन । यस्तो अवस्थामा चराहरु पृथ्वीको धेरै माथि आफ्नो उडान भर्दैन वा तारहरुमा गएर बस्नु भनेको वायु चाप घटेको संकेत पनि हो । अन्त्यमा, बिद्युत धारा प्रवाहका लागि विद्युत परिपथ पुरा भएको, विद्युत चाप(उच्च भोल्टेजबाट न्युन भोल्टेजतर्फ विद्युत प्रवाह) र परिपथमा न्युन अवरोध हुनुपर्छ । चराहरु एउटै तारमा दुइटै खुट्टा राख्नु , विद्युत चाप(पोटेन्सिय डिफरेन्स) नहुनु र तारका लागि प्रयोग भएको तामा/अल्म्युनियमको तुलनामा चरामा रेसिस्टेन्स(अवरोध) बढी हुनुले तिनीहरुलाई करेन्ट नलागेको हो । 
#science, #Dinesh #Yadav , #Nepal, 

नेपाल:: राष्ट्रिय मानव अधिकार आयोगको अधिकृत पदमा सफल उम्मेदबारहरु


अर्बपति, विज्ञान प्रविधि र विज्ञानका रोचक जानकारीसम्बन्धि आलेखहरु















वैवाहिक अंगिकृत नागरिकताबारे कान्तिपुर दैनिकमा १३ बैशाख २०७३ मा प्रकाशित समाचार


Saturday, 23 April 2016

After the Big Temblor, Nepal’s Ethnic Problem

  • Sukhdev Shah


Over the past year, when Nepal has just been recovering from the effects of a devastating 7.8 magnitude earthquake that struck the country in April, the country faced another catastrophe which, however, was man-made: a major crisis in the country’s #Madhesh region that runs along its India border. According to official view, India incited the civil unrest by placing a trade blockade against Nepal which caused widespread shortages of essential materials while #Madhesi crowds fought running battles with police for five-month through December. Civil disturbance caused dozens of casualties, thousands wounded, and the economy came to a virtual halt.

However, the underlying reasons for this civil crisis are much different than the official view of calling it India-blockade. Deep down, the crisis represented situation of an ethnic war that still is simmering and ready to blow up any time, with the slightest of provocation from either side.    

For the background, Nepal is known for much of the world as a mountain country, abode of Great Mount Everest, inhabited by famous warier #Gurkha tribe. This perception of the country is only partly true, may be mostly untrue.

Nepal, of course, contains lots of mountains along the Great Himalayas, world’s largest mountain range. But a third of the country’s surface area is as flat as pancake, rivaling the American Midwest and Canadian prairies. This flat terrain comprising the county’s southern plains and known as Madhesh, stretches over 1,400 kilometers which marks the country’s borders with India.

Because of the open border with India, plains residents look much different from those in the mountain regions and are inseparable from the Indians, in terms of looks as well as culture, dress and language. The border line separating the two countries is invisible and so the people living on two sides of the border hardly can notice they live in different countries. Of the country’s 30 million people, about half live in the plains, the other half in the hills.

India and Nepal have existed peacefully for centuries, maintaining warm and good relations. The countries have had separate administrations but the people living in the plains have felt the presence of India much more than of Nepal, in term of cultural association; religious rituals, and sharing of similar economies.

#Discrimination: Differences in geography and ethnic features of plains people from the hill people have contributed massively to the plains people’s treatment by government, measured by their participation in government services and integration into the national mainstream. For most part, plains people are scantly represented in government administration and, more alarmingly, aren’t accepted for military or police service, although there is no formal prohibition of their entry into these services. More truthfully, the tradition and practices have kept Madhesis out of government participation.

In crucial government services, such as administrative and foreign, very few Madhesis are employed and, particularly in Foreign Service, no more than 1 or 2 percent are Madhesis but not in high positions like Secretaries or Ambassadors. In this way, the exclusion of Madhesis from a role in government is almost complete which makes the country’s government system belonging just to one ethnic group called pahades, the hill residents. Without much exaggeration, it can be said that Nepal government system now as well as historically has belonged to #pahade #ethnic group, for pahades, run by pahades.

Discontent: Of course, in Nepal as well as elsewhere, Government’s exclusionary practices of such magnitude provides sufficient grounds for agitation, revolt, and finally, disintegration which, exactly, what Nepal is experiencing now. As until now, Madhesis were not quite aware of their status because of underdevelopment, isolation, limited education and, most importantly, lack of access to information technology. All these have changed over the last two decades and now the use of new devices like cell phone and face book is common, even in Madhesh.

The growth in knowledge about exclusion and discrimination has led to the explosion of discontent about the status if Madhesh citizens in the country. To look for a similar level of exclusion, Indians under the British and Bengalis under Pakistan enjoyed much better status than Madhesis do under Nepal’s pahade regime. For a close comparison, we need to go back to South African apartheid.  

Risks: For quarter of a century, Madhesi leaders have campaigned for equal rights, opportunities, accommodation, and have fought elections to share power in the Government. Unfortunately, they have been utterly disunited and, because of their disunity, most of them haven’t prevailed in the elections which, from all accounts, have been fair and disciplined, open to all citizens, including to Madhesis.

Lack of success at the polls has given rise to extremism, including the demand for separation of Madhesh region from Nepal and declaring it an Independent country.

The separatist movement has received lots of attention from inside and outside of the region that has made the Government increasingly nervous as to how best to handle this menace. Despite a serious threat to the country’s democratic system over the years—including a near sweep by Maoist guerrillas a decade ago-- the country’s liberal system of open democracy has survived but the Maoist problem has been preceded by a far greater challenge to continued existence of Nepal as one country.

The separatist movement had seen its ups and downs but Madhesis are learning quite a bit about discrimination and exclusion, lack of rights and opportunities. Another conflagration and strengthened fight for rights and freedom seem imminent which the Government has chosen to downplay and suppress using force. The next phase of Madhesh movement then has the great potential of turning into a devastating civil war; very much like the Sudan faced recently. (,OUTLOOK.COM, April 23, 2016)        



Mr. Shah, economics faculty at Nova College, Virginia, is the author of recently book: Nepal’s Enduring Poverty: Non-Economic Barriers to Economic Growth...