Sunday, 18 December 2016

सिकेआरबारे सुवास देवकोटाको आलेख

त असारको एक साँझ लाहानको एउटा थारु गाउँमा सिके राउतको भेलामा सहभागी थिए, पंकज चौधरी । पूरानो चिनजानका ती भाइले सिकेका बारेमा सुनाएको रोचक घटना यस्तो छ, ‘निकै नाम सुनेकोले के भन्दो रहेछ भनेर भेलामा गएको थिएँ । एक घण्टा जति बोल्दा उसले झण्डै रुँदै छुट्टै मधेस बनाउन हामी थारुहरुसँग गुहार माग्यो । थारुहरुले सहयोग नगरे आफ्नो केही नलाग्ने उसको भनाई थियो ।’ त्यो कार्यक्रमले त्यहाँ कस्तो प्रभाव पार्यो त भन्ने प्रश्नमा पंकजको उत्तर छ, ‘उसको कुरा सुनियो अनि आआफ्नो बाटो लागियो । देश टुक्र्याउन कसले मान्छ ? कसैले मान्दैन ।’
ती सिकेले आफू अमेरिकामा ‘वैज्ञानिक’ रहेको दावी गर्ने गरेका छन् तर त्यसको स्वतन्त्र रुपमा पुष्टि भएको छैन । सन् २०११ मा अमेरिकाको ‘बैज्ञानिक’ जागिर छाडेर नेपाल फर्केदेखि मधेसलाई छुट्टै देश बनाउन ठाउँ र जाति अनुसार तराईका बिभिन्न ठाउँ पुगेर उनले उत्तेजक विचार प्रचार गर्दैछन् र त्यही क्रममा उनी लाहान पुगेका थिए । पछिल्लो समय उनको नारा बनेको छ ‘अबकी बार एक ही माग जनमत संग्रहका ऐलान, स्वतन्त्र मधेस अपना देश ।’
सप्तरीमा जन्मिएको भनिएका उनी बेलाबेला काठमाडौ पनि आइरहन्छन् । सुरक्षा श्रोतका अनुसार, काठमाडौं आउँदा उनी प्राय भक्तपुरको बालकोट र ललितपुरको चापागाउँमा रहेका समर्थकको डेरामा बस्छन् । तर, हवाई जाहाजबाट काठमाडौं उत्रेपछि उनले देखाउने नाटक चर्चा गर्न लायक छ । समर्थकको मोटरसाईकल वा ट्याक्सीमा बिमानस्थलबाट हिडेपछि सुरक्षाकर्मीलाई छक्याउन उनी कहिले सिनामङ्गल त कहिले कोटेश्वर पुगेपछि मोटरसाईकल वा ट्याक्सी फेर्छन् । जबकि, त्यसो गर्दा सुरक्षाकर्मीले बेहार्ने झञ्झट भनेको उनको आश्रय छेउमा उनीभन्दा १५ मिनेट ढिलो पुग्नु बाहेक केही होइन । तर, आफूलाई बिशेष देखाउन उनले सधैं यही तरिका दोहोर्याइरहेका हुन्छन् ।
देशद्रोहको घोषणा गरेका सिके राउतको अहिलेको हैसियत भनेको सैन्य भाषामा भन्दा हत्केलामा दौडिरहेको जुम्राभन्दा बढि होइन । जसलाई मान्छेले चाहँदा त्यही हातले वा अर्काे हातले जुनसुकै बेला किचिमिची पार्न सक्छ । तर, नेपाललाई तर्साउन वा तल पार्न उनैलाई हौवा देखाउने बुद्धिजिवी—राजनीतिज्ञ यहाँ प्रशस्त छन् ।
छद्म युद्ध
अहिले दक्षिणले आफ्ना कुरा नमाने सिके राउत बलियो हुन्छ भनेर नेपाललाई तर्साउने गरेको छ । यसले नेपालसँग वार्गेनिङ गर्ने हतियार सिकेलाई बनाइएको स्पष्ट हुन्छ । बहादुर शाह, रणबहादुर शाह हुँदै नेपालको सत्तासँग विवाद भएर असन्तुष्ट बनेका राणाहरुलाई पनि आश्रय दिएर दक्षिणले यस्ता अनेकलाई वार्गेनिङ चिप्स बनाएको इतिहास छ । जयकृष्ण गोइत र ज्वाला सिंहलाई अहिले पनि आफ्ना सिमावर्ती गाउँहरुमा आश्रय दिएर राख्नुको कारण आवश्यक परेको बेला उनीहरुलाई मैदानमा उतारेर वार्गेनिङ गर्न नै हो । उतैको आदेशमा अहिले शान्त देखिएका उनीहरु आदेश आउनासाथ पुनः चल्न—चटपटाउन थाल्ने निश्चित छ । हतियार चलाएर आतङ्क मच्चाउनेभन्दा थप खुबी नभएकाले उनीहरुलाई चुप राखेर तुलनात्मक रुपमा बौद्धिक छवी भएका सिकेलाई अहिले प्रयोग गरिएको हुनसक्छ ।
दक्षिणले सुरु गरेको छद्मयुद्धको अनेकौं मोर्चामध्ये एउटामा खटिएका पात्र मात्र हुन् सिके राउत । मधेसवादी दलहरु अर्काे मोर्चामा छँदैछन् । त्यसैगरी डा. भट्टराई अर्काे मोर्चाका दक्षिणी योद्धा भएको स्पष्टै छ ।
सिके राउत जस्ता अनेक पात्र तराईमा क्रियाशील छन् तर सिकेलाई चर्चामा ल्याउने र मान्यता दिने काम भने अनौठो तरिकाले भएको थियो । संविधानसभाको संवाद समितिमा घुस्न पाउनु सिकेको ‘टर्निङ प्वाइन्ट’ मानिन्छ । समितिका सभापति थिए डा. बाबुराम भट्टराई । उनले विज्ञका रुपमा सिकेलाई समितिमा आमन्त्रण गरे । कुनै हैसियत र चर्चा नभएका सिकेले विज्ञको हैसियतमा नेपाल टुक्राउनुपर्छ भनेर समितिमा धाराप्रवाह भाषण दिए । सुझाव दिइसकेपछि उनलाई ज्वाईंसम्मान दिँदै डा भट्टराई बाहिरसम्म पुरयाउन गएका थिए । समितिमा पनि सिकेसँग विशेष व्यवहार गरेका थिए । अरु विज्ञलाई निम्त्याइँदा ढोकसम्म लिन र पुराउन नजाने बाबुरामले सिकेलाई भने विशिष्ट व्यवहार र सत्कार गरे । त्यसपछि सिके रातारात चर्चामा आए ।
दक्षिणले सुरु गरेको छद्मयुद्धको अनेकौं मोर्चामध्ये एउटामा खटिएका पात्र मात्र हुन् सिके राउत । मधेसवादी दलहरु अर्काे मोर्चामा छँदैछन् । त्यसैगरी डा. भट्टराई अर्काे मोर्चाका दक्षिणी योद्धा भएको स्पष्टै छ । यस्ता अनेक मोर्चामा उसले अनेकौं पात्रहरु खटाएको छ । यस्ता पात्रहरु दलको नेता, गिरोहको नेता या बुद्धिजिवी अथवा पत्रकार पनि हुनसक्छन् । दमननाथ ढुंगाना, खगेन्द्र संग्रौला, डा. सुन्दरमणी दिक्षित जस्ता पात्रहरुले खास किसिमको दक्षिणी मोर्चा सम्हालेका छन् भने मिडियाको मोर्चामा पनि अनेक स्वनामधन्यहरु क्रियाशील छन् । यस्ता प्रायोजित पात्रहरु दक्षिणी आदेश आउनासाथ आफ्नो वर्कतले भ्याएसम्म प्रयोग हुने गरेका छन् ।
मधेसवादी दलहरु र सिकेहरुलाई बलियो आधारभूमि दिलाउन दक्षिणले लामो समय लगाएर तराईमा अंगिकृतहरुको ठुलो जमात खडा गरिसकेको छ । तर पनि, इतिहासदेखिका उसको क्रियाकलाप हेर्ने र विश्लेषण गर्ने हो भने तराईलाई फुटाएर छुट्टै देश बनाउने वा आफूमा मिलाउने उसको उदेश्य देखिदैन । त्यसो गर्दा, मेचीदेखि महाकालीसम्म केही किलोमिटर चौडा समथर भूमि पश्चिम बंगाल, बिहार र उत्तरप्रदेशमा थपिने मात्र हो । त्यसो भयो भने चुरे उत्तरको नेपाल उसका लागि झन प्रतिकूल बन्ने खतरा रहन्छ । तराईमै हुने बिष्फोट पनि उसका लागि सधै काउछो बनिरहनेछ । त्यसैले उसको उदेश्य भनेको समग्र नेपाललाई आफ्नो नियन्त्रणमा राख्ने हो । तराई फुटाउने त्राश देखाएर समग्र नेपाललाई नियन्त्रणमा राख्ने दक्षिणी रणनीति अहिले चरममा छ । अहिलेका उसका समग्र क्रियाकलाप त्यही उदेश्यमा केन्द्रित देखिन्छन् ।
विश्व इतिहास हेर्दा के देखिन्छ भने सिकेजस्ता पात्रको त के कुरा उनीभन्दा कैयन गुणा वलिष्ठ र जनसमर्थन समेत प्राप्त पात्रले पनि देश विभाजन गर्न सकेका छैनन् । देश विभाजनका लागि बलियो अन्तराष्ट्रिय शक्ति चाहिन्छ । सिके राउत त्यस्तो शक्तिका एउटा भुसुना गोटि मात्र हुन्, जसलाई बेलाबखत हात्ती आकारमा प्रस्तुत गरिन्छ ।
अहिले नेपाल बिरुद्धको छद्म युद्धमा उसले तराईलाई आधार इलाका बनाउन खोजेको देखिन्छ । आधार इलाकामा अझ बलियो हुँदै राजधानीमा प्रहार गर्ने । उसको यो छापामार लडाईमा आधार इलाका र छापामार इलाकामा खटिनेहरुको उत्तिकै महत्व छ ।
हो, अहिले नेपाल बिरुद्धको छद्म युद्धमा उसले तराईलाई आधार इलाका बनाउन खोजेको देखिन्छ । आधार इलाकामा अझ बलियो हुँदै राजधानीमा प्रहार गर्ने । उसको यो छापामार लडाईमा आधार इलाका र छापामार इलाकामा खटिनेहरुको उत्तिकै महत्व छ । माओवादी ‘जनयुद्ध’ को रणनीतिक पक्ष सम्झँदा काफी हुन्छ, राजधानी वा छापामार इलाकामा खटिने योद्धाहरुको छापामार युद्धमा झन ठूलो महत्व हुन्छ । किनभने शत्रुलाई कमजोर पार्ने उनीहरुले नै हो । नेपाललाई अहिले त्यसैगरी हायलकायल पार्न राजधानीसहित पहाडमा जात, भाषा, धर्म, इलाकाका नाममा भाँडभैलो मच्चाउँदै ‘छापामार युद्ध’ गरिएको छ । र, दक्षिणले सिकेसहित मधेसी दलहरुमा जत्ति नै यो क्षेत्रका योद्धाहरुमा पनि लगानी गरेको छ ।
तर, सजिलो छैन
तर, यत्रो लगानी गर्दा पनि दक्षिणले त्यस अनुसार प्रतिफल पाउन सकेको छैन । यसको प्रमुख कारण भनेको उसले खोलेका मोर्चा र छापामारहरु खुल्नु नै हो । लड्न खोजिएको मोर्चा र छापामारहरुको गोप्यता नरहँदा लडाईं कमजोर हुने नै भयो । ढंग पुर्याउन नसकेका कारण अहिले उसका प्रायः सबै प्रमुख योद्धाहरुको पोल खुलिसकेको छ, खुल्दैछ । नेपालमा दर्जनौं यस्ता पात्र छन् जसको नाम लिनासाथ जो कसैले भन्छ– ‘उनी प्रो इण्डियन हुन् !’ जात, भाषा, धर्मका नाममा उसले लड्न खोजेका मोर्चाहरु पनि ‘एक्सपोज’ भइसकेका छन् ।
उता, तराई पनि उसले चाहे जसरी आधार इलाका बनिरहेको छैन । मधेसवादीहरुको राजनीतिक साख पूरै खस्किएको छ । गत वर्ष कैलाली घटना गराउन र थारु समुदायका केही पात्रहरुलाई गत नाकाबन्दीमा रक्सौलमा धर्ना बसाउन सफल भएपनि दक्षिणको एजेण्डा र उदेश्यमा थारु समुदाय असहमत देखिइसकेको छ । सामाजिक बिभेद अत्याधिक रहेकाले उच्च जातिको वर्चश्व रहेको मधेसवादी दलहरुसँग ठूलो संख्यामा रहेको दलित समुदाय पनि असन्तुष्ट छ ।
तराई पनि उसले चाहे जसरी आधार इलाका बनिरहेको छैन । मधेसवादीहरुको राजनीतिक साख पूरै खस्किएको छ । गत वर्ष कैलाली घटना गराउन र थारु समुदायका केही पात्रहरुलाई गत नाकाबन्दीमा रक्सौलमा धर्ना बसाउन सफल भएपनि दक्षिणको एजेण्डा र उदेश्यमा थारु समुदाय असहमत देखिइसकेको छ ।
अंगिकृतहरुको ठाँटबाँठ र रवाफ बढेकोमो रैथाने मधेसीहरु असन्तुष्ट र आक्रोशित छन् । त्यसैले, अंगिकृतको मुद्धालाई महत्व दिएका मधेसवादीहरुसँग रैथाने मधेसीहरु टाढा बन्दै गइरहेका छन् । रैथाने मधेसीहरु मधेसवादीसँग टाढा हुनु भनेको तराईलाई आधार क्षेत्र बनाउएर ‘नेपाल हान्ने’ दक्षिणको योजना कमजोर बन्नु हो ।
यत्तिकै महत्वपूर्ण बिषय पहाडे समुदायसँग दुरी बढाउनु आर्थिक—सामाजिक कुनै पनि हिसाबले आफ्नो र आफ्नो ठाउँका लागि फाइदाजनक नभएको निष्कर्ष आम मधेसीले निकाल्न थालेका छन् । मधेसवादी दलले आफ्नो कारण साम्प्रदायिक द्वन्द्व घटेको जति दावी गरेपनि पहिलो मधेस आन्दोलन जति दोश्रो मधेस आन्दोलन साम्प्रदायिक नभएको कारण यही हो । त्यही कारण मधेसी नेताहरुले जति भड्काउपूर्ण अभिव्यक्ति दिएर उकासे पनि मधेसी जनता साम्प्रदायिकताको विरुद्धमा उभिएका हुन् । साम्प्रदायिक एकता बढ्नु भनेको सिके, मधेसवादी र दक्षिण सबैको योजना र उदेश्य असफल हुनु नै हो ।
तर, उ हार मान्ने छैन
सोचे जस्तो सफल नभएपनि दक्षिण थाक्ने छैन र हार मान्ने छैन भन्ने इतिहासले पटक पटक प्रमाणित गरिसकेको छ । नेपाललाई आफ्नो कब्जामा पार्ने नेहरुको सोच र योजनालाई उनकी छोरी इन्दिराले निरन्तता दिइरहिन् । उनीहरुको दललाई हराएर आएका मोदीले पनि त्यही सोच र योजनालाई निरन्तरता दिएका छन् । दृष्यहरुले मोदी योजनामा असफल हुने देखाइसकेको छ । तर, आर्थिकरुपमा नेपाल दक्षिणप्रति निर्भर रहेसम्म र राजनीतिक रुपले नेपालले बलियो नेतृत्व नपाएसम्म सायद मोदीपछिको नेतृत्व पनि नेहरु पथमै हिँड्ने छ । निश्चित छ, त्यसबेलासम्म सिके राउत र उनीजस्ता अनेक बुख्याचाहरु हामीले बेहोरिरहनु पर्नेछ ।
http://athaiprahar.com/2016/12/18/- (03 Paush2073)

Tuesday, 8 November 2016

नागरिकतामा संधै किन किचलो ?

नेपालमा नागरिकता प्रमाणपत्र दिने-लिने कानुनको सुरुवात नेपाल नागरिकता ऐन- २००९ र नेपाल नागरिकता नियमावली- २०१५ बाट भएको मान्नुपर्दछ । सम्भवतः २०२० पछि नेपाल लोकसेवा आयोगले उम्मेदवारको दर्खास्त फारमका साथमा नागरिकता राख्न भन्न थालेपछि (अनिवार्य नगरेको) जागिर खानेमध्ये कोही-कोहीले नागरिकता प्रमाण-पत्र प्राप्त गर्ने प्रचलन आएको हो । नेपालमा नागरिकता प्राप्तिका विभिन्न चरण र कानुनी व्यवस्था निम्नअनुसार छन्:
कानुनी व्यवस्था, प्रचलन तथा व्यवहार
१) नेपाल नागरिकता ऐन २००९, नेपाल नागरिकता नियमावली- २०१५, नेपाल नागरिकता ऐन- ०२० आइसकेपछि पनि बडाहाकिम र अञ्चलाधीशले नागरिकता प्रमाणित दिँदा एउटै व्यहोराको शव्दावली प्रयोग नगरी जसले जुन शब्द उचित ठान्यो, त्यही लेखेर दिएको देखिन्छ । तपाईं जन्मसिद्ध, स्वयंसिद्ध नेपाली नागरिक हो भन्नेजस्ता कुरा उल्लेख भएको पाइन्छ ।
तर, ०२४ सालदेखि प्रमुख जिल्ला अधिकारीले जिल्ला सभापतिको सिफारिसमा ००९ वा ०२० बमोजिम नियमित ढाँचामा नागरिकता प्रमाणपत्र दिन सुरु गरेका हुन् । प्रजिअद्वारा दिइने प्रमाणपत्रमा वंशज र जन्मसिद्धको आधारमा भनेर दुवै कुरा छापिएकाले कर्मचारीले स्वविवेकमा कुनै एक शब्द राख्ने र एक काट्ने गरे भने कसैले छापिएको र्फममा केरमेट नगरेकाले दुवै शब्द कायम रहन गएको देखिन्छ ।
२) नेपाल सरकारले नागरिकसँग नेपाली नागरिकता प्रमाणपत्र हुनुपर्नेे आवश्यकता ठानेर ०३२ सालदेखि नागरिकताको टोली तराईका जिल्लामा खटाउने क्रम सुरु भयो ।
टोलीले गाउँमा गएर वंशजको नागरिकलाई अस्थायी निस्सा दिने र जन्मसिद्धको नाम लगत बनाउने आदेश भयो । त्यस आधारमा प्रजिअले प्रमाणपत्र दिने व्यवस्था भयो । टोलीले अस्थायी निस्सा वितरणमा निम्नमध्ये कुनै एक प्रमाण खोज्यो-  क) २००३/२००४ साल को नापीको कागज भएको वा, ख) नेपाल सरकारको जागिरे भइरहेको वा भइसकेको प्रमाण भएको वा,  ग) जनजाति वा पहाडी समुदायको व्यक्ति ।
३) ०२० सालपछिको जग्गा-जमिनको प्रमाण हुने तराईवासीलाई जन्मसिद्धमा नाम दर्ता गर्न भनियो । तर, तराईमा जमिनदारी प्रथाले गर्दा पुराना जग्गाधनीको संख्या अति न्यून रहेको र जागिरेहरूको संख्या औँलामा गन्न सकिने भएकाले तथा २०२० तिर जग्गा-जमिन हुनेको संख्या पनि न्यून थियो ।यसले गर्दा अधिकांश तराईवासीहरु नागरिकताबाट वञ्चित रहन जाने अवस्था देखियो । त्यसपछि सरकारले नेपाल नागरिकता ऐन २०२० लाई २०३३ आश्विनमा संशोधन गर्‍यो । त्यो समय फिल्डमै रहेको नागरिकता टोलीले जन्मसिद्ध नागरिकता दिने निम्न आधार बनायो-
क) २०२० पछिको जग्गा वा मोहीसम्बन्धी कुनै प्रमाण भएको वा,
ख) भन्सार, जर्ना, दाउरा पुर्जी, मलेरियाको औषधि छिटाएको, अस्पतालको पर्चा, स्कुल फी वा अड्डा अदालतको कुनै कागज भएको र,
ग) गाउँका मानिसले स्थायी बसोबास र जन्म प्रमाणित गरिदिएको सर्जमिन मुचुल्का ।
४) वंशज र जन्मसिद्धको प्रमाण नभएका तर नेपालका पुराना र स्थायी निवासी तराईवासीहरूले आवश्यक ठानेमा आफूलाई भारतीय घाषित गरी अंगीकृत नागरिकताको फारम भरी टोलीमा बुझाउनु भनिएपछि केहीले अंगीकृत फारम भरे र पछि ०३८ मा मन्त्रालयबाट अंगीकृत प्रमाण पाए, तर लिखितको प्रमाण नभए पनि आफूलाई आदिवासी भनेर कस्सिनेहरूको नागरिकता टोलीको लगतमा नाम आउन सकेन ।
५) यसरी ०३२ सालदेखि वंशज, जन्मसिद्ध, अंगीकृत गरी नागरिकताको तीन किसिम प्रचलनमा आए । तर, त्योभन्दा पहिलेका बडाहाकिमले तराईवासी, पहाडी र जनजाति सबैलाई प्रायः जन्मसिद्ध नै भनेर प्रमाण दिएकाले र नेपाल नागरिकता ऐन २०२० आइसकेपछि पनि ००९ को ऐनको कुरा समेत समातिराखेकाले र ०३२/३३ को टोलीले समेत नागरिकताको अस्थायी निस्सामा ‘२००९ र २०२० बमोजिम’ भनेर लेख्ने गरेको हुँदा सम्भवतः ०२०, ०४८, ०५४ यस्तै विभिन्न समयमा नागरिकको सुविधाका लागि जिल्लास्तरबाटै नागरिकता वितरणका लागि टोली खटिए ।
तिनले वंशज र जन्मसिद्ध नागरिकता प्राप्त व्यक्तिका सन्तानलाई घरदैलोमा नागरिकता वितरण गरे । यो प्रक्रिया आज पनि जारी नै छ ।
६) ०६३ सालमा तराईवासीको आन्दोलनको फलस्वरुप नेपाल नागरिकता ऐन- ०६३, नेपाल नागरिकता नियमावली- ०६३ तथा नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका- ०६३ आयो, नागरिकता टोलीहरू खटिए ।
७) ३ असोज ०७२ मा नेपालको संविधान जारी भएको छ, यसअन्तर्गत ऐन संशोधन हुन बाँकी नै छ । यो संविधानको व्यवस्था एकदमै अपुरो र विभेदग्रस्त रहेको छ, जसमा वंशज, बाबुको पहिचान हुन नसकेको नेपाली नागरिक आमाको सन्तान, अनाथ टुहुरा र नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएको विदेशी महिलालाई अंगीकृत नागरिकता दिने, बिदेसिएका नागरिकलाई राजनीतिक अधिकारबिनाको एउटा परिचयपत्र दिने भन्ने प्रावधान लेखिएका छन् ।
समस्या र प्रभाव
क) सरकारी स्तरबाट उब्जिएका समस्या
१) नागरिकता सम्बन्धमा सरकारीस्तरबाट सुरुदेखि नै आफ्नो वा अरु जुनसुकै देशको व्यक्तिलाई पहाडी अनुहार वा भाषा र पहिरनको आधारमा नेपाली मान्ने विभेदकारी सोचले गर्दा समस्या जन्मेको हो ।
सन् १८१५ देखि ब्रिटिस भारतले आफ्नो सेनामा नेपालका पहाडी मूलका मानिसको भर्ती सुरु गर्यो र बर्मा तथा हङकङमा तैनाथ गर्यो । तिनीहरूले ब्रिटिस नागरिकता लिए र त्यतै घरजम गरेर बसे । तिनको सहारामा अरु पनि त्यतै गए ।
द्वितीय विश्वयुद्धपछि स्वतन्त्र राज्य बर्मा (म्यानमार) को राजनीतिक समस्याका कारण नेपाल सरकारले ८, १० पुस्तापछिका सन्तान जसलाई नेपालबारे ज्ञान समेत थिएन, तिनीहरू खस (नेपाली) भाषी भएका कारण मात्र प्रवासी नेपाली भनिए । यस्तै, भारत आसाम राज्यका नागरिकलाई नेपाली भनेर भित्र्याउने काम भयो ।
सन् १९६२ देखि असामी र बर्मेली बस्तीहरू बसालिए, नेपालमा घर-जग्गासहितको सुविधा दिएर वंशजको नागरिकता दिइयो । त्यस्तै, ३० जुन १९७६ सम्म हङकङमा जन्मेका पहाडी मूलका बि्रटिस नागरिकको सन्तानलाई आदेश जारी गरेर नेपाली नागरिकता दिइयो, तर तिनीहरू इंग्ल्यान्डमा बसोबास गर्न हिँडेकाले आज पनि दोहोरो नागरिकताको उपभोग गरेका छन् र नेपाल सरकार जिल्ल परेको छ ।
त्यस्तै, भारतको आसाम, दार्जिलिङ र गढवाल कुमाउका साथै भुटानका व्यक्तिले खस भाषाभाषी भएकै आधारमा र कतिपय तिब्बतीले अनुहारकै आधारमा, कोहीले नीतिबमोजिम र कतिपयले झुक्याएर वा भ्रष्टाचारबाट वंशजको नागरिकता पाएका छन् ।
नागरिकता भन्ने चिज नोकरीवाला अथवा जग्गाधनीका लागि हो भन्ने धारणा र व्यवहार रहेकाले नागरिकता टोलीमा घरमूली जग्गाधनी र जागिरका इच्छुकबाहेक अरुले नागरिकता लिन आवश्यक ठानेनन्
२) ०३३ को संशोधन हुँदा नागरिकता टोली गाउँमा कार्यरत रहेकै अवस्था हुनाले टोलीले काम गर्न बाँकी रहेको क्षेत्रमा वंशज र जन्मसिद्धको समेत अस्थायी निस्सा बाँड्यो । पहिले काम भ्याइसकेको गाविसमा जो छुट्यो, छुट्यो ।
३) नागरिकता भन्ने चिज नोकरीवाला अथवा जग्गाधनीका लागि हो भन्ने धारणा र व्यवहार रहेकाले नागरिकता टोलीमा घरमूली जग्गाधनी र जागिरका इच्छुकबाहेक अरुले नागरिकता लिन आवश्यक ठानेनन् ।
४) २०२० को नागरिकता ऐनको संशोधनमा जन्मसिद्ध नागरिकता रोजी सक्ने म्याद २०३७ चैत मसान्त तोकिएको थियो । तर म्यादको कुरा प्रचारमा आएन । नागरिकता रोज्नुको तात्पर्य ‘मेरा आमाबाबु विदेशी भएकालेे वंशजको नाताले म विदेशी ठहरिने भए पनि जन्मको आधारले मैले नेपालको नागरिकता रोज्दछु’ भन्ने अर्थ हो ।
यसरी यहाँ आफ्नै प्राचीन निवासीलाई विदेशी मानियो र त्यही कुरा लेख्न लगाइयो । टोली समक्ष उपस्थित हुन नसकेका व्यक्तिको टोली फिर्तापछि काम सकियो भन्ने अर्थ लगाइयो । त्यसबेला समस्याको गम्भीरता बुझेर समाधान नगरिएकाले यी छुटेकासँग ०६३ को आन्दोलनमा अरुहरू पनि समावेश हुन सजिलो भयो ।
५) ०६३ मा बनेको ऐनको दफा ४ (१) मा २०४६ चैत मसान्तभित्र जन्मेकालाई जन्मको आधारमा नागरिकता दिन भनिएको र यो ऐनमा पनि दुई वर्षको म्याद अर्थात् २०६५ सम्म नागरिकता लिन सक्ने म्याद दिइएको थियो तर थप म्यादमा काम गरिएन, काम गर्ने वातावरण नै रहेन ।
टोलीहरूले छुटहरूको र नाबालकको नाम दर्ता नै नगरेकालेे एउटै आमाबाबुका सन्तान कोही नागरिक र कोही गैरनागरिक भएका छन् । समस्या बाँकी रह्यो, जसको आडमा पुनः थप भएकाहरू आन्दोलनका साथी बन्न सजिलो हुने भएको छ । नीति-निर्मातामा सुझबुझको कमी र कार्यान्वयन पक्षमा जिम्मेवारीको बोध नभएको र हतारमा काम सक्ने प्रवृत्तिले गर्दा यो देश निरन्तर आन्दोलनको चपेटामा परेको छ ।
६) २०७२ सालको संविधानको प्रारम्भिक मस्यौदामा तत्कालीन समस्याको सम्बोधन हुन सक्ने केही कुराको उल्लेख रहे पनि जारी भएको संविधानमा ती सबै कुरा परेका छैनन्, जसले समस्या समाधानमा अझ कठिनाई देखिएको छ ।
७) नेपाल सरकारले यस संवेदनशील समस्याको समाधान हुने गरी को नागरिक र को अनागरिक हुने ? भनेर एउटा ठोस नीति कार्यान्वयनमा ल्याउन सकेको छैन ।
८) नागरिकता दिने काममा संलग्न हुने जनप्रतिनिधि, सिफारिसकर्ता र कर्मचारीलाई सरकारको नीति, समय समयका निर्णय र विभिन्न समयमा अपनाइएका नागरिकता वितरणको विधि प्रक्रिया, यहाँसम्म कि २०३२ सालदेखि लागू भएको नागरिकता नम्बर तथा नागरिकता प्रमाणपत्र नम्बर आदि विषयमा तालिमको नितान्त अभाव रहेकाले जथाभावी भएको छ ।
९) जिल्ला प्रशासनमा नागरिकता जस्तो संवेदनशील विषयका अभिलेख रजिष्टर र कागजपत्रहरूको आंकडा र तथ्यांक नराख्ने, रीतपूर्वक फाइलिङ नगर्ने, सालतमामी र सालबसालीका कागज फाइल नछुट्याउने, पञ्जिका नबनाउने र बरबुझारथ नै नगर्ने प्रवृत्ति छ ।
खोजेको कागज भेटिनु भनेको सौभाग्य मात्र हुन सक्दछ, जसले गर्दा जालसाज गरेर नागरिकता लिनेलाई लाभ र वास्तविक नागरिकको कागजपत्र हराएर दुःख पाइरहेका छन्, भ्रष्टाचार मौलाउने वातावरण बनेको छ ।
१०) नेपालका सत्तासीनहरू समेतका पढे-लेखेका मानिसले इतिहास पढे पनि सम्भवतः हृदयंगम गर्दैनन् । तिनले यो देशका गोपाल, महिषपाल, लिच्छवी, मल्ल, शाह, ब्राह्मण, क्षेत्री लगायत हिन्दू र मुसलमानहरू विभिन्न कालखण्डमा भारतबाटै आएको र मगर, गुरुङ, राई, लिम्बू आदि किराती तथा शेर्पा आदि मंगोलियातिरबाट आएको र नेपाल (काठमाडौं उपत्यका) आवाद गुलजार भएको तथा जुम्ला, दैलेख र गोरखाका राजवंश र मानिस भारतबाटै आएको तथा नेपालको तराई क्षेत्र जनकपुर, कपिलवस्तु, विराटनगर आदि तराईका राज्यहरू त झन् त्रेता- द्वापरका पौराणिक धरोहर हुन्, पृथ्वीनारायण शाहबाट एकीकरण गरेर विविधतामा एकता स्थापित भएको हो ।
साथै बाँके, बर्दिया, कैलाली र कञ्चनपुर सन १८६० मा ब्रिटिस सरकारले जंगबहादुरलाई उपहार दिएकाले तराईवासी यहाँकै प्राचीन निवासी हुन् भन्ने कुरा बिर्सेर विकृत मानसिकता र शोषक प्रवृत्तिले ‘तराईबासीहरू नेपालका मूल निवासी होइनन्, हिजो-अस्ति मात्र आएका हुन्’ भन्ने चिन्तनले नेपालको प्रायः धमिलिएको राजनीतिक वातावरणमा निर्बाध रुपमा थप हुँदै आएको जनसंख्यासँग आदिवासी समेतलाई मिसाई ०३३ सालमा ‘जन्मसिद्ध’ नागरिकताको अवधारणा ल्याएको स्पष्ट नै छ । जुन विषबिउ आज रुख भएर झाँगिन पुगेको छ ।
११) वर्तमान संविधानको धारा ११ को उपधारा २ को -क) मा संविधान जारी हुँदाका बखत, वंशजको नागरिकता पाएका वंशजको नागरिक ठहरिने भनेको छ ।
धारा ११ को उपधारा २ को (ख) मा कसैको जन्म हुँदाका बखत उसको बाबु वा आमा नेपालको नागरिक रहेछ भने ऊ पनि बालिग भएपछि वंशजको नागरिकता पाउने उल्लेख भएकाले २ असोज ०७२ सम्म जोसुकै व्यक्तिको आमा वा बाबुमध्ये एकजनाले जुनसुकै किसिमको नागरिकता प्रमाणपत्र प्राप्त गरेको रहेछ भने उसको सन्तान वंशजको नागरिक हुने भन्ने कुराले धेरै समस्याको समाधान गर्न सक्थ्यो ।
तर, त्यसैको तल धारा ११ को उपधारा (३) मा यो संविधान जारी हुनुपहिले ‘जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको’ नागरिकको सन्तानले बाबु र आमा दुवै नागरिक रहेछन् भने मात्र ऊ बालिग भएपछि वंशजको नागरिकता पाउने छ, भनिएको छ ।
यसबाट सर्वप्रथम त धारा ११ (२) मा लेखिएको ‘नागरिक’ शब्द नै विवादित हुन पुगेको छ र दोस्रो कुरा यो उपधारा ३ मा ‘यो संविधान प्रारम्भ हुनुअघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तान’ भन्ने शब्दावली प्रयोग भएकाले यो शब्दावलीको नागरिकता त ०६३ सालको ऐन नियमअनुसार वितरण भएको हुँदा यी नागरिक त जन्मसिद्ध पनि होइन रहेछन् भन्ने कुरा स्पष्ट गरेको छ ।
यसबाट नागरिक नागरिकबीच विभेद बनाइराख्ने र समस्याको स्थायी समाधानमा नजाने मनसायले २०६३ सालमै धुत्र्याइँ गरेर काइते शब्दावलीको प्रयोग गरेर कानुन निर्माण भए र २०७२ मा यसलाई निरन्तरता दिएको कुरा छर्लंग हुन आएको छ ।
जन्मसिद्ध भन्ने शब्द ०६३ मा किन राखिएन भन्ने हकमा हेर्दा, २००९ को कानुन र बडाहाकिम, मजिस्ट्रेटहरूले कुनै विभेद नगरेर सबैलाई जन्मसिद्ध भनेर प्रमाण दिएको र २०२० को संशोधित ऐनमा वंशज र जन्मसिद्ध दुई किसिमले नागरिकता दिए ।
२००९ को ऐनको व्यवस्था खारेज नभएको कारणबाट यी दुवै त एउटै कुरा हो भनेर २०) पितृ सत्तात्मक देश र समाजमा, अझ नेपालमा त हिन्दू र मुस्लिम तथा अधिकांश जनजाति पनि पितृ सत्ता र हिन्दू विधिबाट निर्देशित मान्यता बोकेकाले यो मान्यतामा बाबुको स्थान प्रमुख रहेको हुँदा सिद्धान्ततः बाबु वा पतिले पाएको नागरिकतामा सन्तान र पत्नीको नागरिकता निर्भर हुनैपर्दछ । तसर्थ, बाबु जुनसुकै किसिमको नागरिक भए पनि र आमाले पतिको देशको नागरिकता प्राप्त गर्न नसके पनि, सन्तानले नागरिकता पाउने हक हुन्छ । यसको विकल्प खोज्नु भनेको देश र जनतालाई धोका दिनु हो ।
१२) अन्यथा परेबाहेक सिद्धान्ततः स्त्री जातिको नागरिकतामा विवाद नआउनुपर्ने हो । यिनी कि त बाबु, कि त पतिको नागरिकताको आधारमा नागरिक ठहरिनुपर्दछ । किसिम वंशज होस् या अंगीकृत । बाँकी समस्या, व्याख्या र प्रमाणको कुनै अर्थ रहँदैन ।
१३) वैवाहिक अंगीकृत नागरिकतामा आजभोलि पतिको नागरिकता, विवाह दर्ता र सिफारिस आदिका साथै भारतीय बाबुको रासन-कार्ड मागिने गरेको देखिएको छ । यो कुन नियममा छ ? भारत संघ राज्य हो, उसको प्रत्येक राज्यमा रासन कार्ड बन्छ ?
रासनकार्ड, मतदाता नामावली आदि विशाल भारतका प्रत्येक नागरिकसँग हुन्छ ? नेपाली नागरिकसँग विवाह भएकी निजकी छोरीले कसको रासन-कार्ड दिने ? उसले आफूलाई भारतीय व्यक्तिकी छोरी भन्नु र पतिको नागरिकतासहितका कागज पेस गर्नु पर्याप्त छ/छैन ?
विदेशको प्रमाणलाई नेपाल कानुनले कुन हदसम्म मान्यता दिने ? रासनकार्ड पेस गर्न नसक्नेलाई वैवाहिक अंगीकृत नागरिकता दिन इन्कार गर्ने अधिकार छ ? यी सबै कुरा नेपाली अधिकारीलाई जानकारी गराइएको छ/छैन ? यस्ता धेरै प्रश्नहरु छन् ।
नागरिक समाजबाट उब्जाइएका समस्या
१) हाम्रो पुरानो, परम्परागत समाज सत्यमा अड्ने र अधर्मदेखि डराउने संस्कार भएकाले नेपालमा पहिलेदेखि रहे-बसेका भारतीयले पनि नागरिकता सम्बन्धी आफ्नो विवरण स्वेच्छाले बताउँदा कानुन र समाजको डर मान्ने र झुटो नबोल्ने गरेको कुरा भूमिसुधारमा प्रस्तुत मोही र पारिवारिक लगतले नै देखाउँछ ।
तर, ०६३ को ऐन कार्यान्वयनका लागि नागरिकता टोली खटिँदा समाजमा झुट जालझेल र फटाही सर्वाेपरी भयो । यो लेखक स्वयं छानबिनकर्ता र तमाम अनियमितताको प्रत्यक्षदर्शी असहाय साक्षी हो ।
अवगुणी जनसंख्या निरन्तर भित्र्याउँदै कलह र युद्धको सम्भावना बढाइरहनुभन्दा एकपटक अप्रिय भए पनि कठोर निर्णय लिन आवश्यक देखिन्छ
२) नक्कली नागरिक बनेर प्रमाण लिएका विभिन्न समयमा छापामा आएका भारत उत्तरप्रदेश, बिहार, उत्तराखण्ड, दार्जिलिङ, आसाम, पाकिस्तान, बंगलादेश, भुटान या तिब्बती मानिसलाई तिनको भाषा-भेष मिल्ने नेपाली नागरिकले ढाँटेर नेपाली नागरिकता दिलाउने गरेका दृष्टान्त छन् । यसमा यदाकदा कर्मचारी समेतको मिलेमतो हुने गरेको छ ।
समाधानका उपाय
घाउ पुरानो हुँदै गएपछि क्यान्सर हुन्छ, यसकारण एकपटक पीडा सहनुपरे पनि रोगको समूल नाशका लागि अपरेसन गर्नु नै बुद्धिमानी हुन्छ । अवगुणी जनसंख्या निरन्तर भित्र्याउँदै कलह र युद्धको सम्भावना बढाइरहनुभन्दा एकपटक अप्रिय भए पनि कठोर निर्णय लिन आवश्यक देखिन्छ ।
१) संयुक्त राष्ट्रसंघको मान्यताअनुसार विश्वको कुनै पनि व्यक्ति नागरिकताविहीन हुनु हुँदैन । अर्थात् विश्वको कुनै एक देशको नागरिक हुनैपर्दछ । जसअनुसार कुनै पनि देशमा जम्माजम्मी दुई किसिमका मानिस (नागरिक र विदेशी) को निवास हुन सक्छ । तर, हामीकहाँ नेपाल कानुन र व्यवहारको गडबडीले गर्दा नागरिक, विदेशी र नागरिकता नभएको नागरिक, तीन्थरीका व्यक्ति देखिनु राम्रो होइन ।
२) सिद्धान्त र विश्व राज्यमा जन्म मात्रको आधारमा नागरिकता दिनु राम्रो मानिँदैन, यो नितान्त संकटकालमा एकपटक प्रयोग गर्न सकिने औषधि हो र यसका साथमा थप आधार राखिनुपर्दछ । तर नेपालले यसैलाई दैनिकको भोजन जस्तो बनाएकाले समस्या खडा भएको हो ।
३) संविधानको विभेदकारी धारा ११ को उपधारा -३) खारिज गर्नुपर्दछ । यो धारामा सार्क देशको नागरिकता लिएको र अन्य मुलुकको नागरिकता लिएका नेपालीे नागरिकका बीचमा ठूलो विभेद गरेकाले यो धारा खारेज गर्नुपर्दछ । अन्यथा आफ्नो उपयोगी जनसंख्याको देशनिकाला र अरुको अनुपयोगी जनसंख्याले देश भरिभराउ हुँदै गएमा भविष्यमा राष्ट्रिय संकट खडा हुने कुरामा दुइैमत हुन सक्दैन ।
४) वंशज, जन्मसिद्ध वा जन्मको आधारका नागरिकको सखैत दाजुभाइ दिदीबहिनी जो नागरिकतादेखि वञ्चित छन्, तिनलाई नागरिकता दिएर र नाम दर्ता गरेर राख्नुपर्दछ ।
५) अंगीकृतका सन्तानले नेपालमा स्थायी बसोबास गरेका छन् र नेपाली नागरिकता रोज्छन् भने तिनलाई नागरिकता दिनुपर्दछ ।
६) नेपाली नागरिकता भएका व्यक्तिका बाबुआमाले नागरिकता नलिएर बसेका रहेछन् भने तिनलाई उचित र न्यायसंगत किसिमको नागरिकता दिनुपर्दछ ।
७) आफ्नो घर-जग्गा, स्थायी व्यापार आदि केही नभए पनि ज्याला-मजदुरी गरी बसेका प्राचीन निवासी र तिनका सन्तान यदि नागरिकतादेखि वञ्चित छन् भने तिनका लागि सोच्नुपर्दछ ।
८) धर्म वा जाति परिवर्तन र स्वेच्छाले विवाह गरेका कारणबाट परिवारसँग रिसिइबी भएर सनाखत, सिफारिस गर्न इन्कार गर्ने र प्रमाण नदिने अथवा स्थानीय निकायमा दबाब पर्ने कारणबाट नागरिकता प्रमाणपत्र लिन नसकेकाका लागि कार्यालयबाट आवश्यक छानबिन गरेर नागरिकता दिनुपर्दछ ।
९) यति काम गरी सकेपछि यीबाहेक अरुलाई नागरिकता वितरण हुने छैन भन्ने अभिप्रायले संविधानमा वंशजको मात्र स्पष्ट व्यवस्था गर्नुपर्दछ र सम्मान र राज्यकै लागि नितान्त आवश्यकता बाहेक अंगीकृतको व्यवस्थालाई कठोर बनाउनुपर्दछ ।
१०) यो देश बिनापर्खालको घरजस्तो छ । यहाँ, कहाँबाट के गर्न को आयो ? कति बस्यो ? र्फकेर गयो गएन ? र्फकने हो कि होइन ? कसैलाई केही थाह छैन ? आफ्नो र पराईको पहिचान नै छैन ? कसको र कस्तो देश ? उत्तर छैन ।
यसकारण नेपाल सरकारले घरको आवश्यक बारबेर गर्नुका साथै छिमेकीसँग निर्बाध आवागमन भए पनि आवागमन सुनिश्चित हुने ढोका भने बनाउनैपर्दछ र स्थानीय निकायमा नागरिक र गैरनागरिकहरूको अद्यावधिक पारिवारिक लगत राख्ने व्यवस्था गर्ने हो भने नागरिकताका साथै अन्य धेरै काम कुरामा सुविधा हुने देखिन्छ । Source: अयोध्याप्रसाद श्रीवास्तव, Onlinekabar.com, 19 Chaitra 2072 , Topics :नागरिकताको नालीबेलीः इतिहासदेखि वर्तमानसम्म

Monday, 7 November 2016

त्रिविबाट निष्कासित विद्यार्थीको पीडा


शिक्षामा गुणस्तर भन्ने कुरा एउटा बहुआयामिक अवधारणा भएको हुदा यसलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेशहरूले पनि प्रभाव पारिरहेको हुन्छ । यसो भनिरहदा विश्वविद्यालयको गलत नीति र मानवअधिकारको उलंघन गर्ने क्रियाकलापको पनि समिक्षा र पुर्नविचार हुनैपर्छ । खासगरि त्रिभूवन विश्वविद्यालयले वर्षौदेखि उसको गलत नीति र पूर्वाग्रही एवं तानाशाह प्रवृति भएका शिक्षक/कर्मचारीहरूका कारण हजारौं विद्यार्थी मानसिक कैदी बनेका छन्, अझै बनाइदैछ । त्रिविले आफ्नो स्थापनाकालदेखि हालसम्म हजारौंको संख्यामा विद्यार्थीलाई परीक्षाबाट निष्कासित गरिसकेको छ । उसको यो कार्य कुनैपनि कोणले कही कतै न्यायसंगत ठहरिदैन, देखिदैन । ५० वर्षको इतिहासलाई चीरफार गर्ने हो भने हजारौं विद्यार्थी हालसम्म निष्कासित भएर नरकतुल्य जीवन जीउन बाध्य छन् । यसप्रति समयमै कसैको ध्यान पुग्न सकेको छैन । धेरै विद्यार्थीहरूको अमूल्य समय नष्ट भइसकेको छ भने धेरै अभिभावकहरुको स्रोत र साधनहरुको पनि दुरुपयोग भएको छ । उक्त अवधिमा कही कतै आजसम्म निष्कासित विद्यार्थीहरूको पीडाबारे चर्चासम्म भएको पाइदैन । यसले यही स्पष्ट हुन्छ कि त्रिवि ऐनको प्रावधानअनुसार परीक्षा सम्बन्धी नीतिहरूको सफल कार्यान्वयनका निमित्त परीक्षासंग सम्बन्धित परीक्षा सुधार तथा समन्वय परिषद्, केन्द्रीय परीक्षा संचालन समिति, परीक्षा नियन्त्रण कार्यालय, अध्ययन संस्थान/संकाय परीक्षा नियन्त्रण महाशाखा र आङ्गिक क्याम्पस परीक्षा संचालन समितिलाई दिइएको निश्चित अधिकारको दुरुपयोग हुदै आएको छ । त्यसैले त परीक्षामा परीक्षार्थीहरुलाई अन्धाधून्द निष्कासित गर्ने काम वर्षौदेखि जसरी हुदै आएको थियो, त्यो अझै जारी छ । माथि उल्लेखित परिषद् र समितिहरुको बेलाबखतको सिफारिस तथा अन्यन्त्रबाट प्राप्त सुधारका सकारात्मक सुझाबहरुका आधारमा परीक्षालाई स्तरीय र मर्यादित बनाउने नाममा त्रिविले हजारौं विद्यार्थीको भविष्यसंग खेलबाड गर्नु सिंगो मुलुककै लागि एउटा दुर्भाग्य बाहेक अरु केही हुनै सक्तैन ।
शिक्षाको मुख्य उद्देश्य भनेको व्यक्तिको विकास गर्नु नै हो । यसमा विभिन्न पहलुहरु जस्तै सामाजिक, भौतिक, बौद्धिक, नैतिक, आध्यात्मिक र पारलौकिक ज्ञानको विकास गर्नु हो । परिभाषा जे सुकै भएपनि सच्चा, सुसंस्कृत र नैतिकवान नागरिक बनाउनु नै यसको मुख्य लक्ष्य हो, हुनुपर्छ । यसका बरखिलाप परीक्षामा विद्यार्थीहरुले अनैनिक काम गर्छ भने यसको दोष त्रिविमा अध्यापन गराउने स्वयं शिक्षकहरुले पनि लिनुपर्छ । उसले गरेको सानो गल्तिका लागि अर्को शिक्षकले ‘कसाई’ जस्तो व्यवहार गर्नु आफैमा अलोकतान्त्रिक र गैरजिम्मेवारपूर्ण कार्य होइन र ? यसमा विद्यार्थीलाई निष्कासित हुने अवस्था सिर्जना गर्नुमा शिक्षकहरु पनि त्यतिकै दोषी छन् । विद्यार्थीहरुको जीवनलाई नरकतुल्य, आत्मग्लानी बनाउने, निराशा र कुन्ठाले जिन्दगीभर बाच्नु पर्ने वाध्यतामा पु¥याउछ भने त्यसलाई राम्रो कदापी मान्ने सकिन्न । त्रिविले वर्षौदेखि आफ्नै केही विद्यार्थीसंग यस्तै अमानवीय व्यवहार गर्दै आएको छ । हजारौंको संख्यामा विद्यार्थी निष्कासित गर्ने कार्य उसले अझै रोक्न नसक्नु उसको उक्त व्यवहारको पुष्टि गर्छ । अर्को कुरा नीजि कलेजमा विद्यार्थीहरु निष्कासित नहुने तर सरकारी कलेजकै विद्यार्थीहरु बढी निष्कासित हुनुको रहस्य के होला ? त्रिविको तथ्यांक हेर्ने हो भने सरकारी कलेजका विद्यार्थीहरु त्यसमा पनि तराई र दूर्गम क्षेत्रस्थित सहरहरुमा रहेका परीषा केन्द्रबाट बढी विद्यार्थी निष्कासित भएका छन् । यसको अनुशन्धान गर्ने निकाय खोइ कहा छ ? मानवअधिकारवादीहरु पनि यसमा मौन किन ? बिना कारण दण्डित बनाइने यो परिपाटीविरुद्ध आबाज कसले उठाउने ? 
थुप्रै देशमा शैक्षिक संस्थाहरुबाट निष्कासित विद्यार्थीहरुको अभिलेख शिक्षा मन्त्रालय र विभागले राख्ने शुरु गरेर उनीहरुप्रति अन्याय गरेको गुनासो त्यहा सुनिन थालिसक्यो । अधिकांश सरकारी पद तथा संवैधानिक ओहदाहरुमा नियुक्तिका लागि अभिलेखले उनीहरुलाई अयोग्य साबित गरिरहेको छ । खासगरि पुराना अभिलेखहरुलाई इलेक्ट्रोनिक रुपान्तरले विभिन्न कारणले निष्कासनमा परेका विद्यार्थीहरु थप चिन्तित बनेका छन् । । शैक्षिक संस्थाहरुको वेबसाइट/ईमेल मार्फत उनीहरुको नाम विश्वव्यापी बन्नु पीडित विद्यार्थीहरुलाई चिन्तित तुल्याउनु स्वभाविकै पनि हो । अपराध गर्नेहरुको कसुर अदालतले प्रमाणित नगरेसम्म कसैलाई अपराधी भन्ने वा ठहराइने चलन कही कतै पाईदैन । विश्वव्यापी मान्यता यो नै हो । तर, शैक्षिक संस्थाहरुमा एउटा शिक्षकको निर्णयबाट विद्यार्थीहरुलाई अपराधी ठहराइदैछ । यो प्रचलन तानाशाहहरुको शासनकालमा पनि विरलै हुने घटना मध्येको एक हो । संसारभर लोकतन्त्र र मानवअधिकारका लागि आबाज बुलन्द भईरहेको यो २१ औं शताब्दीमा शैक्षिक संस्थाहरुमा भने विद्यार्थीहरुलाई जानकारी नै नदिई गरिने निष्कासनलाई अवैज्ञानिक, अप्रजातान्त्रिक र मानवअधिकारको घोर उलंघन नभनि के भन्ने ? यसप्रति कसैको ध्यान गएकै छैन । कम्तीमा पीडित विद्यार्थीहरु त आफूमाथि भएको अन्यायविरुद्ध लड्ने कि नलड्ने ? विद्यार्थी संघ/संगठनहरु विश्वविद्यालयको यो तानाशाही निर्णयविरुद्ध जुर्मुराउने कि न जुर्मुराउने ?
शिक्षाविद्हरुका अनुसार जाति, रंग र व्यक्तिगत पूर्वाग्रहका आधारमा त्रिविका शिक्षकले परीक्षाका क्रममा धेरै विद्यार्थीलाई निष्कासित गरेका छन् । खासगरि मधेस क्षेत्रका सहर केन्द्रित परीक्षा केन्द्रमा त धेरै निर्दोष विद्यार्थीहरु निष्कासनमा पर्ने गरेको पुष्टि बल्खुस्थित त्रिविको परीक्षा नियन्त्रण कार्यालयको विद्यार्थी अभिलेखालय फा“टबाट प्राप्त दस्ताबेजहरुले पनि गर्छ । परीक्षा शाखाका एक कर्मचारीले उपलब्ध गराएको तथ्यांकमा मधेसस्थित त्रिवि अन्तर्गतका शैक्षिक संस्थाहरुमा परीक्षाका बेला निष्कासित भएकाहरुमा यादव, साह, मण्डल र थारुलगायतका जाति बढी छन् । शैक्षिक संस्थामा कम पडक भएकाहरुलाई नै बढी पीडित बनाइएको छ । कथित उत्त जातिका ब्राह्मण, कायस्थ, भूमिहार र राजपूत समुदायका विद्यार्थीहरु निष्कासनमा कमै परेका छन् । यसको कारण आन्तगरिक मूल्यांक परीक्षामा ‘एक्सटर्नल र इन्टरनल’उच्च जातिका मान्छेलाई नै बढी मधेसमा पठाइनु नै हो । उनीहरु पूर्वाग्रही भएर तल्लो जाति(गैर–ब्राहमण) का विद्यार्थीहरुलाई निष्कासित गरेर प्रशासनको आ“खामा लोकप्रिय बन्ने चाहना राख्छन् । मधेसको केसमा पहाडेहरु माझ आफ्नो परिचय स्थापित गर्ने मनसाय र मानसिकताले काम गरिरहेको हुन्छ । आफूलाई उच्चजातिका कहलाउने यी व्यक्तिहरुले तल्लो जातिका मानिसलाई अन्धाधुन्द निष्कासित गरेको दाबी पीडित विद्यार्थीहरुले पटक–पटक गरेका छन् । मधेस र दूर्गम जिल्लामा विद्यार्थीहरुलाई निष्कासन गर्ने ठेक्का नै यिनीहरुले लिएका छन् जस्तो देखिन्छ । 
निष्कासित विद्यार्थीको सूचीमा आफ्ना अभिभावकका नाम हेर्दा सन्तानहरुलाई कम ग्लानी हुने छैन । यो उनीहरुका लागि मनोवैज्ञानिक रुपमा हिनताबोध गराउने कारक तत्व बन्न सक्छ । पुर्खाले गल्ति नगरेपनि सन्ततिले पीडा भोग्ने स्थिति सिर्जित हुनु आफैमा बडो दुखद छ । ‘अपराधीहरु भागेपनि निर्दोषले सजाय पाउनु हुदैन ’ भन्ने किटान विश्वको कुनैपनि कानुमा उल्लेख गरिएको छ । तर यहा अपराधीहरु उम्कन्धन, निर्दोषहरु पीडित बन्छन्, सजाय पाइरहेका छन् । अपराधीले अपराध गरेको पुष्टि नहुुञ्जेल उसलाई सजयबाट मुक्त राद्यनु पर्ने विश्वसम्मत मान्यता पनि हो । स्थानीय , जिल्ला हु“दै सर्वोच्च अदालतसम्म न्यायका लागि लड्न पाउनु पर्ने व्यवस्था हरेक मुलुक र त्यसका संस्थाहरुमा छ, हुन्छ । तर, शैक्षिक संस्थाले विद्यार्थीहरुलाई निष्कासित गरेपछि कही“ कतै न्यायका लागि लड्न जाने स्थिति छैन । चाहे एक व्यक्तिले सम्प्रदायिक वा पूर्वाग्रही रुपमा कुनै विद्यार्थीलाई निष्कासित गरेपनि कसैले सुन्ने बाला छैन । त्रिविको निष्कासित विद्यार्थीहरुको तथ्यांक हेर्ने हो भने अधिकांश मधेसी र पछि परेका वा पारिएका जातजातिका छन् । उनीहरु सबैभन्दा बढी जातिय तथा क्षेत्रत्रिय मानसिकताबाट कारवाहीमा परेका छन् । मधेसी प्राध्यापकहरु बहाजुरी कमाउनका लागि मधेसका क्याम्पसहरुमा अन्धाधून्द निष्कासन गर्ने गरिएको तथ्य पनि फेला परेको छ । सरकारी निकायहरुमा आफ्नो भाग खोस्ला कि भन्ने भयले पनि कथित उच्च जातिकाले तल्लो समुदायका विद्यार्थीहरुको भविष्य बिगारेका छन् । सिरहा क्याम्पसमा २०५०/५२ ताका ५० प्रतिशत विद्यार्थीहरुको परीक्षा परिणाममा निष्कासित गरिएको भनेर आएको थियो । निष्कासन गरिएको जानकारी नै नदिई त्यत्रो विद्यार्थीहरुलाई कारवाहीमा पार्नु त्रिविमा तानाशाही प्राध्यापकहरुको मनोमानी रहेको पुष्टि गर्छ । अपरिपक्क र घोर अप्रजातान्त्रिक कानुनको आडमा धेरै विद्यार्थीहरुको भविष्य बिगार्नु मानवअधिकारको ठाडो उल्लंघन पनि हो । यसले मानवीय मूल्य र मान्यताको खिल्ली उडाएको छ । पद र अधिकारको दुरुपयोग गर्ने त्यस्ता अपराधीहरुको खोजी गरेर राज्यले कारवाही गर्ने कि नगर्ने ?
कुनैबेला त्रिविबाट निष्कासित भएका र पहूच पुगेकाहरु विश्वविद्यालयकै मर्यादित पद र मन्त्री समेत बनिसकेका छन् । तर पहूच नभएकाहरु आफ्नो मेरिट र परिश्रामबाट ती पदहरु धारण गर्ने स्थितिमा निष्कासित भएको या अन्य आरोप लगाएर रोक्ने गरिन्छ । यो विभेदकारी नीतिको अन्त्य गर्ने कि नगर्ने ? त्यसैले सम्पूर्ण निष्कासित विद्यार्थीहरुको कारवाही फिर्ता लिनु पर्छ । विद्यार्थीहरुको अभिलेखमा ती विद्यार्थीहरुको सिम्बोल नम्बरहरु हटाइनु पर्छ । अब उप्रान्त ठोस कासनुको नीति निर्माण गर्नु पर्ने र एक जनाको मतले मात्र विद्यार्थीहरुको भविष्य निर्धारण गर्न नमल्निे निर्णय गर्नु पर्छ । जातियता, क्षेत्रियताको पूर्वाग्रहीले थुप्रै निर्दोष विद्यार्थीहरु पीडित बन्ने गरेका छन् । धेरैले पढाई समेत छाड्न बाध्य भएका छन् । ती अधिकांश हलो जोतेर बसिरहेका छन् । निष्कासित भएका अधिकांश (८० प्रतिशत) भन्दा बढी विद्यार्थीहरुले बीचमा आफ्नो पढाई छाडिसकेका छन् । कलंकित विद्यार्थीहरुको भावी पुस्ता समेतले कलंक बोक्नु वाध्यताबाट उन्मुक्ति दिलाउनेतर्फ त्रिवि र सम्बन्धित निकाय अग्रसर हुनु पर्ने देखिन्छ । यो ठूलो सामाजिक अपराध भएकाले यसको अनुशन्धान गरेर अपराधीको नाम सार्वजनिक गर्नै पर्छ । 
अझ केही शिक्षकहरुले यसलाई आफ्नो पेशा समेत बनाएको अवस्था छ । उपल्लो निकायका कर्मचारी माझ लोकप्रियता हासिल गर्नका लागि पनि निश्चित क्षेत्रमा बढी विद्यार्थी निष्कासित हुने अर्को दुर्भाग्य हो । यसबारे छानबिन हुनु जरुरी छ । परीक्षामा विद्यार्थीहरुले कुनै गडबढी गरे कपी खोस्ने, परीक्षा भवनबाट बाहिर पठाउने, विषय रद्द गर्ने जस्ता चेतावनी पहिले दिनुपर्छ, यसको उल्लंघन भएमात्र  निष्कासनको निर्णय गरिनु पर्ने विश्वव्यापी परीक्षा प्रणालीको मान्यता नै हो , छ । तर त्रिविमा एकै पटकमै निष्कासित गर्ने परिपाटी बसेकाले यसलाई तोड्नै पर्छ । फेरी विद्यार्थी र अभिभावकलाई थाहै नदिई त्रिविले निष्कासन गर्दै आएको छ, जुन गलत हो । आफू निष्कासन भएको जानकारी महिनौपछि प्रकाशित हुने परीक्षा परिणामबाट मात्रै विद्यार्थी या अभिभावकहरुलाई हुनु अपराधीलाई अपराध गर्ने छुट  दिनु हो । जानकारी पाउ“दासम्म उजूरी दिने ३० दिनको भ्याद कटिसकेको हुन्छ । 
‘सोसल डिस्क्रिमिनेसन’ का विधिहरुमा अवसरबाट बञ्चित गरिने कार्य मध्ये यो पनि एक हो । मर्यादालाई नै समाप्त गर्ने, समाजको मुलधारबाटै सीमान्तकृत बनाउनुलगायतका कामहरु त्रिविमा परीक्षाका नाममा भईरहेका छन् । नेपालमा विभेदको नया तथ्य हो, यो । समाजशास्त्र र मानवशास्त्रमा समेत यसलाई समावेश गरिनु पर्छ । एउटा पुरानो तथ्यांक अनुसार सबैभन्दा बढी विद्यार्थी मधेसस्थित बढी मधेसीको चाप रहने राजबिराज, सिरहा, जनकपुर, कृषि  क्याम्पस, पक्लिहवा क्याम्पस र रामपुर कृषि क्याम्पसबाट निष्कासित भएको एक अध्ययनको क्रममा देखिएको छ । राजनीतिक पूर्वाग्रहका कारणले पनि केही परीक्षार्थी निष्कासित भएका छन् । ती मध्ये केही विद्यार्थी संगठनका अध्यक्षदेखि  मन्त्री र सांसद समेत छन् । कुनै बेला परीक्षा कडा पार्ने कुनै बेला परीक्षा लचिलो हुनुले पनि परीक्षा प्रणालीप्रति विद्यार्थीहरु विश्वस्त हुन सकिरहेका छैनन् । अन्यौलताको समयमा राजनीतिक अस्थिरताका बेला परीक्षामा सबैभन्दा बढी अनियमितता हुने गरेको छ । फेरी ‘थ्योरी’ मा स्पेल्ड भएका विद्यार्थीहरु ‘प्राक्टिल’ मा समेत निष्कासित हुने परिपाटी त्रिविमा हुनेले उसको नीति पूर्वाग्रही भएको पुष्टि गर्छ । अतः परीक्षामा कुनै परीक्षार्थीले गलत गर्छ भने उसको कपी खोसेर सजाय दिन सकिन्छ भने उसको उक्त विषय रद्द गर्न सकिन्छ । त्यस्तै, अनियमिता गरिरहेको विद्यार्थीलाई ‘डिटेन’(केही समयसम्म परीक्षा हलमै कपी खोसेर राख्न सकिने व्यवस्था) मा राख्न सकिन्छ । तर , शत्रुतापूर्वक निष्कासित गरेर आफ्नै परीक्षार्थीहरुलाई अपराधी र मानसिक कैदी बनाउनु त्रिविको गलत परिपाटी र नीतिबाहेक अरु केही हुनै सक्तैन । 

Sunday, 6 November 2016

धोतीकुर्तावाल यी सिइओ साइकल चढ्थे


  • दिनेश यादव ______________________________

भारतको धार्मिक सहरमध्येको एक हो, हरिद्वार । यहा १५० एकडमा स्थापना गरिएको पतंजलीको ‘म्यानुफ्याक्चरी कम्प्लेक्स’ बाट दैनिक तीन सय ट्रक उत्पादनहरु बाहिरिन्छन् । त्यसमा जुस र हर्बल क्यान्डी, टूटपेस्ट र साबुन, पिठो र मसाला मात्रै होइन, विभिन्न हर्बल औधषीहरुले भरिएका कार्टुनहरु समेत हुन्छन् । कम्पनीले मार्च २०१६ सम्मको चार वर्षयता झण्डै १० गुणा राजश्व बृद्धि भएर ७ सय ५८ मिलियन अमेरिकी डलर पु¥याइसकेको छ । कम्पनीको वर्षेनी राजश्व बढेसंगै भारतको अर्बपतिहरुको सूचीमा यसका सिइओ आचार्य बालकृष्णको नया“ नाम पनि जोडिन पुगेको छ । अमेरिकी अखबार फोब्र्सका अनुसार २ दशमलव ५ अर्ब अमेरिकी डलर बराबरको सम्पति रहेको कम्पनीमा बालकृष्णको ९८ दशमलव ५ प्रतिशत हिस्सा छ । कारखाना नजिकै २००शैयाको आर्युवेद अस्पतालको एउटा करिडोरमा बालकृष्णको कार्यालय छ । हजारौं प्रकारका विरुवाहरुको नर्सरी पतञ्जली परिसरको १० एकड जग्गामा लगाइएको छ । त्यहा“ उनी आर्युवेद औषधीबारे अध्ययन र अनुशन्धान गर्ने गर्छन ।
योग गुरु बाबा रामदेवका विश्वासपात्र रहेका आचार्य बालकृष्ण थोरै रकमबाटै आर्युवेदिक औषधीको कारोबार थालेका थिए । उनका आमाबुबा नेपाली हुन । हरिद्वारस्थित आश्रममा उनका बुबा गार्ड थिए, त्यही छ दाजूभाईमध्ये बालकृष्णको जन्म भयो । पछि उनको परिवार नेपाल फर्केर आफ्नो पुर्खौली कृषि पेशामा संलग्न भए । तर ११ वर्ष उमेरमा बालकृष्ण भने भारत फर्केर विभिन्न गुरुकुलहरुमा भर्ना भए । त्यही मध्येको एक हो हरियाणास्थित गुरुकूल । सन् १९८८ मा उनको भेट योग गुरुका नामले परिचित बाबा रामदेवसंग त्यही गुरुकुलमा भएको थियो । पछि उनीसंगै मिलेर बालकृष्णले पतञ्जलीको स्थापना गरे । बालकृष्णको जन्म २५ जुलाई १९७२ मा भारतमै भएको उनको बुबा जयबल्लभ सुवेदी बताउछन् । उनको पैतृक घर पश्चिम नेपालको स्याङ्गजा जिल्लास्थित भरुवा गाउ हो । बुबा जयबल्लभका अनुसार बालकृष्ण तीन महिनाको छ“दै उनीसहित आफूहरु नेपाल फर्केको बताउछन् । पछि ११ वर्षमा छ कक्षामा बढिरहेकै बेला बालकृष्ण फेरी भारततिरै गएको जयबल्लभलाई उदृत गर्दै संचारमाध्यमहरुले जनाएका छन् । त्यसयता बालकृष्ण भारतमै रहेका छन् । 
बालकृष्णले आफ्नो औपचारिक शिक्षा समाप्त गरेपछि आर्युबेदका लागि महत्वपूर्ण मानिएको बोटविरुवा र त्यसको औषधीय मूल्यबारे अध्ययन गर्न भारतको भ्रमणमा निस्के । सन् १९९३ मा उनी र उमेरमा केही जेठो रामदेव हिन्दूहरुको धार्मिक सहर गंगोत्रीमा संगसंगै बसेका थिए । त्यहा बालकृष्णले जडिबुटी सम्बन्धी आफ्नो ज्ञान उपयोग गर्ने अवसर पाए । सामान्य रोगहरुको उपचार गर्ने औषधीमूलोका लागि आगन्तुकहरुबाट अनुरोधहरु बढै गयो । यो नै उनको आर्युवेदिक औषधी र उपचारका लागि च्यारेटिबल उत्पादनहरुको शुरुआत गर्ने आधार बन्न पुग्यो । यो काम उनले हरिद्वारको कनखलस्थित एउटा कुटीबाट थालेका थिए ।  
उनी शुरु(शुरुमा दिनभरी साइकल चलाउने थे । कपडाको नाममा शरीर ढाक्ने धोती-कुर्ता मात्र थियो, उनीसंग । कसैले पनि सोचेका थिएनन, उनको नाममा हुने सम्पति औलामा होइन, क्यालकुलेटरबाटै हिसाब गरिनेछ । पाच वर्षअघि एक साक्षात्कारमा बालकृष्णले भनेका थिए, ‘मसंग कुनै बैंक एकाउन्ट छैन । ’ 
भारतीय अखबार दैनिक भास्करका अनुसार दुई दशकसम्म बालकृष्ण साइकल चलाउ“थे । तर आज उनी रेन्ज रोभर एसयुभीमा यात्रा गर्छन । पतन्जली परिसरमा कही जानआउनका लागि उनी यसको प्रयोग गर्छन । बाबा रामदेवले यो मह“गो कार सुरक्षाको दृष्टिले खरिद गरेको बताउदै आएका छन् । आचार्य बालकृष्ण आज कारमा मात्रै चढैनन आइफोन समेत चलाउछन् । कार्यालयमा भने उनी कम्प्युटरको प्रयोग गर्दैनन ।
सन १९९५ मा उत्तराखण्डस्थित हरिद्वारामा दिव्य फार्मेसीले आयुर्वेदिक उत्पादन शुरु गरेको थियो । ५० करोड भारु ऋण लिएर शुरु गरिएको यो कम्पनीको हाल विश्वभर अर्बौको व्यापार छ । हुन त यो कम्पनीको ‘ब्राण्ड फेस’ बाबा रामदेव भएपनि कम्पनीमा उनको नाममा कुनै पनि हिस्सेदारी छैन । सबै बालकृष्णकै नाममा छ । बाबा रामदेवले बालकृष्णका बारेमा एक टेलिभिजनमा भनेका छन्, ‘हामी बिजनेस पार्टनर होइनौं, स्प्रिच्युअल फ्रैण्ड हौं । ’
यस्तै धारणा आचार्य बालकृष्णको पनि छ । ‘तपाईले आज जुन कुरा हामीमा हेरिरहनु भएको छ , त्यो पहिलेदेखि यस्तै थिएन ’ ४४ वर्षिय बालकृष्ण भन्छन्, ‘ दर्शनशास्त्रमा पनि तपाईले देख्ने सबैकुरो सत्यनै हुनुपर्छ भन्ने छैन, यसमा केही घटी वा बढी हुनसक्छ ।’  उनले हामी धनाढ्य हुन्छौ भनेर कहिले नसोचेको बताउछन् । ‘हामी जब विद्यार्थी थियौं, हामीले कहिले सोचेका थिएनौ कि ठूला व्यापारी बन्ने र धेरै पैसा कमाउने । यो कुरो कदापी दिमागमा थिएन ’ हरेक कोठामा रामदेवको ठूला आकारको तस्बिर झुण्ड्याउने बालकृष्ण भन्छन्, ‘हाम्रा पारिवारिक पृष्ठभूमि पनि धेरै राम्रो थिएन, हाम्रा परिवार धनाढ्य हुन्थे भने हामी गुरुकुलमा भर्ना हुन्थ्यौं । सबैलाई थाहै छ कि मानिस गुरुकुल किन जान्छन, संस्कृत पढ्न । धनी बन्न त्यहा“ कोही पनि जादैनन् । हामी चाही हाम्रा प्राचीन ग्रन्थ र दर्शनहरुको विज्ञ बन्ने सोचमा गुरुकूल गएका थियौं । ’
एक जना आर्युवेद प्रयाक्टिसनर बालकृष्णको न्वारनको नाम नारायणप्रसाद सुवेदी हो । उनको भारतीय नागरिकताबारे विवाद छ । हरेक कार्यक्रममा बाबा रामदेवसंग देखिने बालकृष्ण कम्पनीको विस्तारसंगै उनको सार्वजनिक सक्रियता तुलनात्मक रुममा कम भएको देखिन्छ । उनी हरिद्वारस्थित पतन्जली परिसरमै बिताउ“छन र पुरै कारोबारको रेखदेख पनि गर्छन । उनी भारतको अर्बपतिको सूचीमा परेपनि सादा जीवन उच्च विचारलाई नै अवलम्बन गर्दै आएका छन् । आज पनि उनी  चप्पल, कुर्ता र लुंगीमै देखिन्छन्, परिसरमा औषधीजन्य बनस्पतिहरुबारे विभिन्न टेलिभिजनमा जानकारी पनि दिन्छन् । उनीमा कुनै फरकपन देखिन्छ भने त्यो हो  पहिले बालकृष्णले गेरुवा वस्त्र लगाउथे, हिजोआज बढी भन्दा बढी सेतो कपडामा देखिन्छन् । र उनको वरपर बाउन्सरहरुको घेरामा रहने गर्छ । बाबा रामदेवसंग दुई हजार भारुको फोन भएपनि बालकृष्णसंग महंगो आईफोन रहेको भारतीय संचार माध्यमहरुले जनाएका छन् । 
बाबा रामदेवका सहयोगी समेत रहेका बालकृष्णलाई हालै फोब्र्सले सय जना सर्वाधिक धनाढ्य भारतीयको सूचीमा उनको नाम पनि समावेश गरेको छ । उनी कम्पनीका सिइओ हुन् । तर, तलब बुझैनन् । पहिले पनि उनले कम्पनीबाट तलब बुझैन थिए । चिनिया बिजनेस अखबार हुरुनले हालै जारी गरेको भारतीय धनाढ्य उद्योगपतिहरुको सूचीमा २५ हजार करोड भारतीय रुपैयासहित बालकृष्ण २५ औं नम्बरमा छन् । 
सन् २०१६ मा भारतका सर्वाधिक धनाढ्य फोब्र्सको सूचीमा उनी ४८ औं स्थानमा छन् । आफैले उत्पादन गरेको उपभोग्य सामनहरु नै उनको कूल सम्पति २ दशमलव ५ अर्ब अमेरिकी डलर पु¥याएको छ । पंतजली आयुर्वेद कम्पनी विश्वको धनी कम्पनीमा पर्नु ठूलो कुरो भएको बालकृष्णले संचारमाध्यमहरुलाई बताएका छन् । उनले भने , ‘यो एउटा अनलिस्टेट कम्पनी हो,उपभोक्ताहरुको अपार माया र स्नेहले यो एक नम्बर कम्पनी बन्ने छ ।’ रजिष्ट्रार अफ कम्पनीजका अनुसार पतन्जली आयुर्वेदको सन् २०१३(१४ मा कुल नाफा ९५ दशमलव १९ करोड भारतीय रुपैया थियो । सन २०१४(१५ मा यो १९६ दशमलव ३१ करोड भारतीय पुग्यो । एक वर्षभित्रै १०८ प्रतिशत भन्दा बढीले बृद्धि भयो । कम्पनीको प्रगतिबारे एक साक्षात्कारमा बालकृष्णले भनेका थिए, ‘हामीले ऋण लिएर काम शुरु गरेका हौ, आज हरेक दिन १५ घन्टा काम गर्छौ , एक दिन पनि छुटी लिदैनौ । त्यसैको परिणाम हो आज यो अवस्थामा हामी पुगेका छौं । ’एक जना एनआरआई दम्पति सुनिता र श्रवण पोदार र गोविन्द अग्रवालले काम थाल्न रकम दिएको बताइएको छ । त्यही रकमबाटै पतंजली कम्पनी आजको स्थितिमा आएको हो । (एजेन्सीहरु)
(Published on Kantipur 5 Nov 2016)

‘म वास्तवमै धनाढ्य हू'

  • दिनेश यादव_________________________________________ 

‘म वास्तवमै धनाढ्य हू' डोनाल्ड ट्रम्पले राष्ट्रपतिको चुनावमा उम्मेबार हुने उद्घोष गर्दा ताकाका भनेका थिए । आफ्नो सम्पतिबारे एउटा संक्षिप्त विवरण सार्वजनिक गर्दै उनले त्यसबेला आफूसंग ८ दशमलव ७ अर्ब अमेरिकी डलर बराबरको सम्पति रहेको जनाएका थिए । तर, उनको सम्पति विवरण अमेरिकी अखबार ‘फोब्र्स’ को अनुमानसंग कहिले मेल खाएन, खादैन । ‘दी बिजनेस बाईवीकली’ ले भने ट्रम्पको कूल सम्पति ४ दशमलव ५ अर्ब अमेरिकी डलर रहेको अनुमान गरेको छ । यद्यपि कसैलाई अझैसम्म उनको अथाह सम्पतिबारे जानकारी छैन । तर, उनीसंग रहेको मनग्ये ‘कोल्ड हार्ड क्यास’ ले ट्रम्प निक्कै धनाढ्य रहेको पुष्टि गर्छ । ट्रम्पको खर्चिलो स्वभाव, आलिशान भवनमा बास, विलासी वस्तुहरूको प्रयोगलगायतले उनको सम्पति कति रहेछ भने कुरो जो कोहीले सजिलै अनुमान गर्न सक्छन् ।
फोब्र्सका अनुसार डोनाल्ड ट्रम्प विश्वका १५६ औं धनाढ्य हुन् । आम्दानीको प्रमुख स्रोत टेलिभिजन र रियलस्टेटबाटै उनको कूल सम्पती ३ दशमलव ७ अर्ब अमेरिकी डलर(रियल टाईम २८ अक्टोबर २०१६) रहेको उसको अनुमान छ । अघिल्लो वर्ष विश्वका सय शक्तिशाली व्यक्तिको सूचीमा उनी ७२ औं र सन् २०१३ मा सय सेलिब्रेटीमा ३० औं स्थानमा थिए । स्लोभेनियाबाट बसाईसरी अमेरिका आएकी पत्निले तथ्यगत जानकारी सार्वजनिक गरेपनि ट्रम्पको ‘एन्टी–इमाइग्रेन्ट’ बक्तव्यले उनको राष्ट्रपतिय चुनाव अभियानमा समस्या खडा गरिसकेको छ । उनको चुनावी अभियानमा यो मात्रै एक्लो विवाद होइन, अन्यमा समेत उनी तानिए, मुछिए । सफाई पेस गर्दागर्दै उनी हैरान छन् । यहा चुनावी अभियान भन्दा पनि उनको सम्पतिलाई केन्द्र बिन्दूमा राखेर यो आलेख तयार गरिएको छ । 
ट्रम्प टावर, पाचौ एभेन्युमा ६८ तल्लाको गगनचुम्बी भवन, ट्रम्पको प्राइड र आनन्द मध्येको एक हो । त्यहीबाट उनले रिपब्लिनका लागि उम्मेदबारको घोषणा गरेका थिए । यी अग्ला भवनको माथिल्लो तल्ला ‘पेन्थाउस’, जहा“ विलासी समानहरूले सजिएको मात्रै छैन, अति मनमोहन दृश्यहरु समेत हेर्न सकिन्छ, त्यही“ उनी सुत्छन् । यो भवनको ढोकामा सुन र हिरा जडित छ भने भित्र फोहरा र सिलिङलाई आकर्षक र दुर्लभ पेन्टिङहरुले सजाइएका छन् । यो बनाउनमा झण्डै ३ सय मिलियन अमेरिकी डलर भन्दा बढी खर्चिएको थियो । ‘दि जेन्टलम्यान जर्नल’ का अनुसार यसको एक टुक्रा हिस्सा भने चर्चित फूटबल खेलाडी क्रिस्टिएनो रोनाल्डोले १८ दशमलव ५ मिलियन अमेरिकी डलरमा खरिद गरिसकेका छन । अफिसियल र रिटेलका  लागि बनाएको ट्रम्प टावर(७२५ फिफ्ट एभेन्यूमा ट्रम्पको आफ्नो २ लाख ४४ हजार बर्ग फिट जमिनमा स्वामित्व रहेको छ । यसको कूल मूल्य ४ सय ७१ मिलियन र नेट भ्यालु ३ सय ७१ अमेरिकी डलर छ । यो सन १९८३ मा खोलिएको हो । 

यसैगरि, ट्रम्पको ‘दि मार-ए-ल्यागो’ इस्टेट उनको महगो ‘पाम बीच’ हो । उनले सन् १९८५ मा १० मिलियनमा यो खरिद गरेका थिए । यसमा ५८ वटा जति बेडरुम, ३३ वटा बाथरुम र ३ वटा बम सेल्टरहरु एउटा केसमा सजाएर राखिएका छन । यसलाई एक विशेष नीजि क्लबमा परिवर्तन गर्नुअघि अर्बपति ट्रम्प यहा करीब एक दशकसम्म बसेका थिए ।
त्यस्तै, ‘सेभेन स्प्रिङ्ग म्यान्सन’ पनि ट्रम्पको सबैभन्दा महगो जायजेथा मध्ये पर्छ । उनले दुई दशक अघि मात्रै सापेक्षित रुपमा धेरै सस्तोमा खरिद गरेका थिए । अहिले यसको मूल्य धेरै भइसकेको छ । ट्रम्पले ७ दशमलव ५ मिलियन डलरमा न्युयोर्कको बेडफर्डमा खरिद गरेको यो हवेली २ सय १३ एकरमा बनाइएको छ । शुरुमा उनले यसलाई गल्फ कोर्समा विकसित गर्न चाहेका थिए । तर पछि ३९ हजार वर्ग फुट लामो विशाल हवेली आफ्ना परिवारका लागि गर्मिमा बस्ने घरमा परिवर्तन गरे । 
‘ट्रम्प विनेरी’ उनको अर्को चर्चित प्रोपर्टी हो । यो भर्जिनियाको चाललोटसभिल्लेमा छ । यहा“ जमिनको मूल्य मात्र ३ दशमलव ६ मिलियन रहेको छ, जुन उनको कूल सम्पतिको २५ प्रतिशत मात्रै हो । ट्रम्पले अर्बौको सम्पति जोड्छन तर पछि ती सबैलाई जम्मा गरेर राख्दैनन । यसो गर्नुको कारण उनी आफ्नो वास्तविक सम्पतिलाई विभाजन गरि रियलस्टेट खरिदमा लगाउनु हो । 
एक जना अर्बपतिले कर्मसियल यात्रा गर्नु अनपेक्षित नै हुनसक्छ । ट्रम्प त्यसको अपवाद बन्न चाहेनन । त्यसैले त उनले आकासलाई हिट्स गर्ने गरि सय मिलियन अमेरिकी डलर खचेर प्राइभेट जेटमा चढ्ने गर्छन । ती जेटभित्र एउटा लाउन्ज, बेडरुम र बाथरुम समेत हुन्छ । उनी महगा र विलासीताका लागि सजाइएका जेटमा मात्रै चढैनन आफैले खरिद गरेको एयरक्राफ्टमा पनि यात्रा गर्छन् । उनीसंग ७ मिलियन अमेरिकी डलरको एउटा नीजि हेलिकप्टर पनि छ । उनी चढ्ने हेलिकप्टरमा २४ क्यारेटको सुनको जलप हार्डवेयरदेखि सिटबेल्ट र ह्याण्डमा लगाइएको छ । यति मात्रै होइन, उनी रोल्स रकीका फ्यान भएकाले मर्सिडिज(बेन्ज एसएलआर मैकल्यारेनको प्रयोग गर्छ । निलो डियाब्लो आफ्नो जीवनमै खरिद गर्न भ्याए उनी । ट्रम्पसंग एउटा ‘कस्टम गोल्ड मोटरबाईक’ समेत रहेको छ । यसको मूल्य थाहा नभएपनि यसमा २४ क्यारेटको सुन जडित छ । ट्रम्पका अन्य प्रोपर्टीहरुमा कूल मूल्य १ सय ९१ मिलियन अमेरिकी डलर पर्ने  ‘ट्रम्प पार्क एभेन्यू’ , कूल मूल्य २ दशमलव ३१ अबै अमेरिकी डलर रहेको ‘१२९० एभ अफ अमेरिकाज’, कूल मूल्य ४ सय मिलियन अमेरिकी डलर रहेको ‘नाइटटाउन’, र कूल मूल्य ३८ मिलियन अमेरिकी डलरको ट्रम्प इन्टरनेशनल होटेल एन्ड टावर , सेन्ट्रल पार्क वेस्ट रहेको छ । यसैगरि स्प्रिङ क्रीट टावर, ट्रम्प वल्र्ड टावर, ८४५ यनाइटेड नेसन्स प्लाजा, ट्रम्प प्लाजा थर्ड एभेन्यू , ट्रम्प पार्क/ट्रम्प पार्क इस्ट र ४० वाल स्ट्रीट लगायतका मह“गा प्रोपर्टीहरु समेत रहेको छ । (एजेन्सीहरु)   (Published on Kantipur Daily dated 29 Oct 2016)  

Saturday, 5 November 2016

राजेन्द्र विमलका छठ सम्बन्धी आलेखमा १३ त्रुटी

राजेन्द्र विमलको आलेख कान्तिपुरको कोसेली (२०७३ कातिक२०) मा ‘आस्था र सहअस्तित्वको पर्व :छठ’ पढेपछि केही लेख्न मन लाग्यो । उनले आलेखमा छठका धार्मिक आधारहरुलाई विरोधाभासपूर्ण तरिकाले पस्केका छन् । अझ वैज्ञानिक आधारहरु पनि गोलमटोल र अस्पष्ट छन् । एक जाति विशेषलाई देवतुल्य बनाउन लेखकले धार्मिक आधारलाई प्रमाणका रुपमा पेश गरेको स्पष्टै हुन्छ, छ । त्यसैले त तराई–मधेसका महादलित वा महासिल्पी समुदायको अवमूल्यन गर्दै उच्चारणसम्म गर्न उनले चाहेनन् । ती महासिल्पी समुदायले अविष्कार गरेका पुजा सामग्रीहरु  बिना यो पर्व पुर्ण नै हुन सक्तैन । तर, आलेखमा लेखकले आफ्नो धर्म र कर्म महासिल्पी बिनै पुरा गरेका छन् । महान विद्वान (??) विमलको आलेखले मेरो मनमा धेरै प्रश्नहरु कडा गरिदिएको छ । त्यसलाई बु“दागत रुपमा पस्कने जमर्को गर्दैछु । यो पढिसक्दा उनको गलत आचरण, साम्प्रदायिक मानसिकता, दरिद्र सोचको एउटा चित्रण गर्ने हैसियतमा जो कोहीलाई पनि पु¥याउने नै छ । राजेन्द्र विमलको आलेख पढेपछिका मेरा प्रतिक्रियाहरु भने यसप्रकारका छन् ः

  • १.गैर–ब्राह्मण एक राजा दुष्ट र ईष्र्यालु भनेर उल्लेख छ । ती राजालाई पूर्वजुनी(??) को पापले कुष्ठ रोग र यक्षमा लागेको थियो...। र यो ठीक गराउन विद्वान (??) र तेजश्वी(??) ब्राहमणले दुष्टी राजालाई छठ गर्न सल्लाह दिन्छन र उनलाई विसेक भएको कुरा उल्लेख छ । यसलाई एकछिनका लागि सही नै होला मानौ । तर एउटा यो कुरो चाही“ बुझ्न सकिएन कि एउटा उच्च कुलीन(??) तर दरिद्र र मुर्ख ब्राह्मण(??) ले एक वर्ष मात्रै छठ ब्रत गरेर यशस्वी र समृद्ध हुन सक्छ । तर गैर–ब्राह्मण राजाले पा“च वर्षसम्म यो व्रत गरेपछि त्यो फल पाउ“छन.... भन्नुको आशय यहा“ उल्लेख गरिराख्नु पर्छ र ? 
  • २.आलेखमा भगवान श्रीकृष्णका पुत्र शाम्बालाई कुष्ठ रोग लाग्यो र यस रोगबाट मुक्तिका लागि शाक्यद्वीपबाट ‘ब्राह्मण’ हरु बोलाइएको कुरो उल्लेख छ । किन बोलाइएको थियो?? कुष्ठ रोग निवारण गर्नका लागि हो ?? या रोग विसेक गर्न ?? स्पष्ट छैन । ब्राह्मणको महिमामण्डन गर्न मात्र यो प्रयोग गरिएको भान जसलाई पनि हुन्छ , नत्र यो अनावश्यक वाक्य राखिन्नथ्यो । 
  • ३.लेखकले अत्रिमुनिकी ‘पन्ती’(??) अनसुया(??) ले पनि यो ब्रत राखेको कथा पाइन्छ मात्र भनेर त्यहा“ विश्राम दिएका छन् । अत्रिमुनि गैर–ब्राह्मण जातिसंग सम्बन्धित भएरै यसो गरेको हो भने मेरो बुझाई छ । 
  • ४.लेखकले मिथिलाञ्चलको महान पर्व(??) भनेका छन्, जुन गलत छ । छठ जस्तो पर्वलाई एउटा क्षेत्र विशेषमा सीमित गर्न खोज्नु लेखकको संकिर्ण मानसिकतालाई उदाङ्गो बनाउन काफी छ । आलेखमा लेखकले आफूलाई मिथिला स्व–अभियानीकै कोटीमा उभ्याउन खोजेका छन् । त्यसैले त केही वर्षअघि मिथिला क्षेत्रमा रहेर ‘नेपाली भाषाको विकासमा योगदान’ पु¥याए वाफत गैर–मैथिली भाषीबाट पुरस्कार समेत थाप्न भ्याएका रहेछन् । 
  • ५.छठमा प्रयोग गरिने अधिकांश सामग्रीको नाम मैथिलीमा लेखिएका छन । तर नाङ्लो भन्ने शब्द मैथिलीमा छैन, हुदैन । लेखकले भने त्यो शब्द उल्लेख गरेका छन् । यहा“ उनले ती सामग्रीको नामलाई नेपालीकरण गर्न नजानेरै उल्लेख नगरेको हुनुपर्छ वा छठलाई मिथिलाकरण गर्ने ध्याउन्नमा उनी रहेको किन न सोच्ने ?
  • ६.बा“सको कप्टेराहरूले बनेको(??) भन्ने शब्द परेको छ । जुन गलत छ, यहा“ आफै बनेको जस्तो अनुभूति त्यसले हुन्छ । कोनिया, सुपालगायतका सामग्री महाशिल्पी समुदायद्वारा बा“सको कप्टेरोबाट बनाइएको होइन र ? यहा“ महासिल्पी समुदाय(डोम जाति) को उच्चारण गर्न समेत लेखकले आवश्यक ठानेनन् । यसले पनि उनको उच्च जातिको अंहम र चिन्तनलाई पुष्टि गर्न काफी छ । 
  • ७.ब्रतीले रातो बोर्डर भएको पहेलो साडी नै लगाउनेमा लेखकले आफ्नो आलेखमा जोड दिएका छन् । यसको कारण के हो भन्नेबारे मौन छन् । जबकी उनकै आलेखमा राखिएका तस्वीरमा ब्रतीहरुले रंगीचङ्गी साडी लगाएको प्रष्टै देखिन्छ । जस्तैः निलो रंग बोर्डर भएको सेतो, रातो रंग भएकोमा सेता वा अन्य बोर्डर प्रयोग गरिएको देखिन्छ । यसले लेखक पहिरनमा पनि अनिवार्यता ला“ध्न खोजे जस्तो भूमिकामा रहेको पुष्टि हुन्छ ।  
  • ८.आलेखको एक ठाउ“मा छठको लोकप्रियतामा वृद्ध(??) भनेर उल्लेख छ । यहा“ प्रुफमा त्रुटी भनेर उनी आफूलाई पञ्छिन सक्छन । तर, उनले ‘होला’, ‘भनेको पनि हुन सक्छ’, ‘भनिएको हुन सक्छ’, ‘अरे’, ‘भनिएको होला’ जस्ता शब्दहरुको भरमार प्रयोग गरिनुलाई के भन्ने ? रुढीबादलाई बढावा या लेखक आफै यसमा जानकार नभएको पुष्टि ? आफूलाई विद्धान र अन्वेन्षक मात्रै होइन अभियानी ठान्ने लेखकको यी शब्दाबलीले उनी अज्ञानी र तर्क गर्न नसक्ने रहेको प्रष्टिदैन र ? त्यसैले धर्मको आधारलाई छठसंग बढी उनले जोड्न खोजेका रहेछन् । 
  • ९.आलेखमा ‘आर्यावर्त’(??) शब्द पनि परेको छ । यसको अर्थ मिथिलाञ्चलको महान पर्व हो भन्ने लेखकको दाबीलाई झुठो बनाउ“छ । आर्यवर्तको अर्थ आर्यजातिको बसोबास क्षेत्र हो भन्ने मैले पढेको छु, म लेखक जस्तो विद्वान त होइन । तर यो शब्दको साटो तराई–मधेस उपर्युक्त हुनेथ्यो । लेखकले आफ्नैलाई जोड्न चाहेका छैनन तर पारीलाई भने जोड्ने कुचेष्टा गरेको देखिन्छ । 
  • १०.लेखक आफै प्रष्ट छैनन कि यो पर्व अनार्य जाति या आर्यजातिले शुरु गरेको हो ? तर, गहू“को प्रसंग जोडेर इरानसम्मको चर्चा गर्न उनले भ्याएका छन् । यहा“ अर्को कन्फ्युजन त के देखिएको छ भने ‘गु“ह’(??) लाई ‘गोधुम’ अर्थात् ‘गो’(इन्द्रिय)–लाई ‘धूम’(आनन्द’ भनेर नामकरण गरेको उल्लेख छ । यो एकदमै हा“स्यास्पद कुरो भएन, विद्वान महोदय ? यसलाई शुद्धाशुद्धिमा कमजोरी भनेर टार्न सकिन्न । फेरी अनार्यले सूर्यलाई किन स्त्रिीलिङ र चन्द्रमालाई पुलिंग किन भनेका हुन ? स्पष्ट पार्न उचित ठानेन, लेखकले । तर हामी जस्ता जिज्ञासु पाठक यसबारे पक्कै जान्न चाहेको हुनुपर्छ । 
  • ११.आलेखमा ‘हिन्दू र मुसलमान(??) संगसंगै अध्र्य दिने कुरो गरेर मुसलमानलाई समेत हिन्दूकरण गराउने मनसायका साथ लेखक प्रस्तुत भएको देखिन्छ । मुसलमानले अध्र्य दिन्नन, चढाउ“दैनन । भाकल गरेका मुसलमानले हिन्दू (जसले छठ पर्व गर्छन) लाई प्रसाद चढाइ दिनका लागि पैसा दिने चलन भने धेरै ठाउ“मा छ । मुस्लिमले अध्र्य चढाएको मेरो नोटिसमा त छैन, लेखकसंग जानकारी भए, पाउ“, आभारी हुने थिए । 
  • १२.आलेखमा ‘ब्राह्मण’ शब्दको प्रयोग कम्तीमा ५ पटकसम्म गरेका छन् । तर महासिल्पी समुदाय जस्तो योगदान बिना यो पर्व सम्पन्न हुने कुरा असंभव छ, एक शब्द पनि उल्लेख नगर्नु लेखकको मनोविज्ञानलाई सजिलै बुझ्न सकिन्छ । अझ लेखकले ‘ब्राह्मण र शुद्र’....उल्लेख गरि जातियताको कुरो गरेका छन् । छठमा जातिय सद्भाव कायम रहन्छ भनेर पुग्दैन्थ्यो, छुवाछुत र विभेद गरिन्न भनेर लेखे हुन्थ्यो ? तर दरिद्र मानसिकताले यी कुराहरु मानिसले विर्सने गर्छन , जुन लेखकले पनि गरेका हुन् ।
  • १३.लेखकको विज्ञानदृष्टि पनि गोलमटोल र विरोधाभासपूर्ण छ । गोलीय अपरावर्तित(??) के भन्न खोजिएको हो स्पष्ट छैन । उपशिर्षकमा माथि परावैजनी किरणका अधिकांश भाग पृथ्वीको वायुमण्डलमै अवशोषित हुन जान्छन र पृथ्वीको सतहमा मात्र नगन्य भाग(??) पुग्न पाउ“छ भनेर उल्लेख छ । यसैगरि सामान्य अवस्थामा पृथ्वीको सतहमा पुग्ने परावैजनी किरणको मात्रा मानव र अन्य जीवको सहनभित्रै पर्छ, हानिकारक प्रभाव पर्दैन भन्ने वाक्यांश लेखिएको छ । तर, तल पढ्दै जा“दा परावैजनी किरण छठ कै दिन सूर्यास्त र सूर्योदयमा यो अझै बाक्लो हुन जान्छ भन्ने छ । परावैजनी बाक्लो भएपछि लेखककै भनाइमा त बढी हानी गर्नुपर्ने होइन र ? हानी गर्ने दिनमा छठ पर्व भनेर पुजा किन गर्ने भन्या ? यहा“ पनि लेखकले गोलमाल गरेको देखिन्छ । अझ विद्वान लेखकबाट वैज्ञानिक कारणहरु आपसमा बा“झिने गरि आउ“नुले सिंगो तराई–मधेसको बेइज्जति भएको भान पर्न गएको छ । 

यो आलेख पढेपछि प्रतिक्रिया दिन नभूल्नु होला । धन्यवाद


Thursday, 27 October 2016

गर्लफ्रेन्डका लागि चन्द्रमामा घडेरी


  • दिनेश यादव(Dinesh Yadav)______________________ 

उटा अनाथ बालक जो आफ्नै पौरख र कडा संघर्षबाट रुसकै सर्वाधिक शक्तिशाली कुलीन वर्गमा दरिए । सुन्दा आश्चर्य लाग्न सक्छ । तर, ४९ वर्षीय रोमन अब्रामोभिच सानै उमेरमा अनाथ भएर पनि अर्बपति बनेका छन् । लिथुआनियामा यहुदी आमाबुबा इरिना र अर्काडीबाट जन्मेको उनी चार वर्षका छदा टुहुरो भए । हजुरबुबा र हजुरआमा पर्नेले उनको पालनपोषण गरे । हुर्कंदै स्कुले शिक्षा त जसोतसो पूरा गरे उनले । कलेजमा भने पढ्न पाएनन् । दुई पटकसम्म भर्ना भएर पनि ड्रपआउट गरे । मस्कोमा तत्कालीन राष्ट्रपति बोरिस येल्सीनका सहयोगी बोरिस बेरेजोभ्स्कीको दाहिने हात बन्नुअघि उनले सेनामा जागिरसमेत गरे । तत्कालीन सोभियत संघको औद्योगिक सम्पत्तिमा #बेरेजोभ्स्कीको बलियो पकड थियो । त्यसअघि अब्रामोभिचले आफ्नो गुजारा गर्न मस्कोस्थित एक अपार्टमेन्टमा प्लास्टिक डक्स बेच्ने गर्थे । त्यसबाट भएको आम्दानी सञ्चय गर्दै केही वर्षभित्रै उनले आफ्नै विभिन्न तेल सगठन र सुगुर फार्म खोले । तेलकै कारोबार गर्ने क्रममा बेरेजोभ्स्कीको नियन्त्रणमा रहेको रुसकै सबैभन्दा ठूलो तेल कम्पनी सिबनेफ्टकामा भएको ठगीमा अनुसन्धान हुदा उनलाई दोषी पाइएपछि २००१ मा बेलायतमा शरण लिनुप¥यो । त्यसपछि उनको भाग्य झनै चम्कियो । बेरेजोभ्स्की लन्डन गएपछि अब्रामोभिचको प्रभाव बढदै गयो, उनी तत्कालीन राष्ट्रपतिका ‘इनर सर्कल’ मा जोडिन पुगे । पावर नजिक पुगेपछि उनी शक्तिशाली पनि बन्दै गए । सिबनेफ्टको कारोबार आफ्नो हातमा आएपछि उनको व्यापार र आम्दानी बढदै गयो । अन्य रसियन कम्पनीसग गरेको सम्झौतापछि उनीस“ग १ दशमलव ८ अर्ब पाउन्डको सम्पत्ति पुग्यो । अन्तर्राष्ट्रिय फुटबलका एक फ्लोअरसमेत रहेका उनको आफ्नै आइस हकी टिम थियो । सन् १९९९ मा भ्लादिमिर पुटिन रुसको प्रधानमन्त्री र त्यसको एक वर्षपछि राष्ट्रपति बनेपछि, अब्रामोभिच राजनीतिमा प्रवेश गरे । त्यसपछि त झनै प्रभावशाली बने । सत्ताको निकट हुदै उनले व्यापार र राजनीति सगसगै लग्न खोज । पछि उनी #चेल्सी फुटबल क्लबका मालिक बने । 
अमेरिकी अखबार ‘फोब्र्स’ का अनुसार उनको कुल सम्पत्ति ८ दशमलव ४ अर्ब अमेरिकी डलर (रियल टाइम २१ अक्टोबर ०१६) रहेको छ । ९० दशकताकाका सुरुमा शृंखलाबद्ध विवादास्पद तेल आयात सम्झौतापछि सम्पत्ति जोडेका अब्रामोभिच यो वर्ष फोब्र्सको विश्वका अर्बपति सूचीमा १५१ औं र रुसमा १३ औं स्थानमा छन् । हाल धरातलीय वास्विकताबाट निकै माथि उठिसकेका उनी आफ्ना साथीहरूका लागि बेलाबेलामा आयोजना गर्ने पार्टीहरूमा एकै रातमा करोडौं रुपैया खर्च गर्ने हैसियतमा पुगेका छन् ।  
Published on Kantipur dated 22th Oct 2016
 संसारकै सबैभन्दा महगा जहाजका मालिकसमेत उनी बनिसकेका छन् । संसारकै सबैभन्दा ठूलो आकारको जहाज उनले अर्बौं रुपैयामा खरिद गरे ।  सबै विलासिता सेवाहरू पाइने ‘एक्लिप्स’ नामक जहाजमा ११ वटा गेस्ट क्याबिन छन्, जसमा ६ फुटको सिनेमा स्क्रिन जडान गरिएका छन् । स्विमिङ पुल, डिस्को हल, हेलिप्याडसमेत त्यसमा छ । बुलेटफ्रुफ ग्लास र मिसाइल डिटेक्टरसमेत जडान गरिएको यो जहाज सुरक्षाको दृष्टिले सबैभन्दा सुरक्षित मानिन्छ । यति मात्रै होइन जहाजमा तीन वटा लन्च बोट्स र पानीभित्र घुम्नका लागि मिनी सबमरिनले पनि राखिएका छन् । 
 स्पोट्र्स कार र विलासी कारका सौखिन अब्रामोभिचस“ग फरारी एफएक्सएक्स, मेबीच ६२ लेम्बोर्गिनी, बुगाटी भेभरोन, मर्सडीज बेन्ज सिएलएक्स, जीटीआर, फरारी ३६०, पोर्से र रोयलस्ल क्रोनिकलजस्ता कार पनि छन् । उनीस“ग बोइङ एयरक्राफ्टस“गै कयौं हेलिकप्टर पनि रहेको छन् । फुर्सदमा घुम्नका लागि यसको प्रयोग उनी गर्छन् । रेयर आर्ट कलेक्टरसमेत रहेका अब्रामोभिचसग पाब्लो पिकासो, फ्रांसी बेकोनलगायतका ऐतिहासिक पेन्टर्सको आर्टवर्क संग्रहित छन् । यी आर्टवर्कलाई सुरक्षित राख्न उनले रुसको तीन सय वर्ष पुरानो आइल्यान्ड ४० अर्ब रुपैयाभन्दा बढीमा खरिद गरेका थिए । उनीसग विश्वभरमा ६ भन्दा बढी लग्जरियस प्रोपर्टी छन् । यसका लागि उनी विश्वमै चर्चित छन् ।  
तेलबाट व्यापार बढेसगै उनको रुचि पनि बढदै गयो । अब्रामोभिचको विलासी जीवन र खुलेर रकम खर्च गर्ने बानी यतिमै सीमित छैन । उनले तीन श्रीमती भिœयाइसके । सम्बन्ध विच्छेदपछि अर्को विवाहमा बा“धिने गरेका थिए । केही वर्षअघि उनले स्पेनिस गर्लफ्रेन्डका लागि चन्द्रमा सय एकड जमिन खरिद गरेका थिए । ‘बिजनेस इन्साइडर’ अनलाइनका अनुसार अब्रामोभिचले २००८ मा तत्कालीन मोडेल गर्लफ्रेन्ड डारिया झुकुभाका लागि चन्द्रमा जग्गा खरिद गरेका हुन् । मिलहाउस एलएलसी कम्पनीका मालिक, विभिन्न कम्पनीका लगानीकर्ता, राजनीतिज्ञ र एक सफल उद्यमीसमेत रहेका उनले आफूस“ग रिसाएकी महिला साथीलाई फकाउन चन्द्रमामा उनकै लागि घडेरी जोडिदिए । अन्तरिक्षमा जमिनको कारोबार गर्ने ‘द लुनार एम्बेसी’ मार्फत उनले जग्गा किनेका थिए । उनका सात सन्तान छन् । (एजेन्सीहरू) 

चीनले मनाउदैन, तिहारजन्य उत्पादन बेच्छ



  • चिनिया दियो र क्याडल मात्रै होइन पाटाका पनि विद्युतीय 
  • केही वर्षयता यो पर्व ‘इलेक्ट्रोफाइङ तिहार’ मा परिवर्तन  



दिनेश यादव(Dinesh Yadav)_____________________________  
हिन्दु धर्मावलम्बीसगै सिख र जैन सम्प्रदायलगायतले बनाउने तिहार/दीपावली/दियावाती पर्व विश्वव्यापी बन्दै गएको छ । नेपाल र भारतमा अत्यन्तै श्रद्धा, उल्सास, उमंग र धुमधामले यो पर्व मनाइन्छ । एक अध्ययन अनुसार यी दुई मुलुकसहित विश्वका २५ देशमा दीपावली मनाउने गरिन्छ । हुन त हिन्दुधर्ममा आस्था राख्नेहरू विश्वका जुनसुकै कुनामा रहे पनि यो पर्व मनाउछन् । उज्यालो, पटाका र आतिशबाजीको बढी महŒव हुने दीपावली पर्व नेपाल र भारतमा पाच दिनसम्म मनाइन्छ । यो अवसरमा दियो र इलेक्टोनिक बत्तीहरूले घर मात्र नभई सहरै झकिझकाउ र झिलिमिली बनाइएका हुन्छन् । रंगीचङ्गी बत्तीहरूले वातावरण अत्यन्तै मनमोहक देखिन्छ । केही वर्षयता माटोको दियोको स्थानमा बिजुलीबाटै बल्ने दियोको चलन बढेको छ । मैनबत्ती जस्तो आकृतिको विद्युतीय सामग्रीको प्रयोग बढेको छ । पछिल्लो समय यी विद्युतीय सामग्रीे चीनबाट सस्तैमा आयात हुने गरेको छ । विश्व बजारको माग बुझेको चीनले ‘मास प्रडक्सन एन्ड मास कन्ज्युमर’ नीतिलाई अंगीकार गर्दै यस्ता सामग्रीको उत्पादन गर्दै आएको छ । सम्भवतः चीनमा तिहार मनाइन्न तर उसले यो पर्वका लागि चाहिने इलेक्ट्रोनिक दियो, बत्ती, क्यान्डल र आतिशबाजीमा प्रयोग हुने सामग्री बजारमा पठाउने गरेको छ । अहिले उसको उत्पादनबिना दीपावलीमा गरिने सजावट अधुरो जस्तो लाग्ने भइसक्यो । परम्परागत सामग्रीलाई चिनिया“ उत्पादनले लगभग विस्थापित नै गरिसक्यो । नेपालमा मात्रै होइन, भारतलगायतका अन्य मुलुक जहा“ दीपावली मनाइन्छ, त्यहा“ चिनिया“ सामान छ्याप्छ्यापी पाइन्छन् । 
Published on Kantipur on Tihar issue dated 10 Katik 2073

चिनिया“ उत्पादनहरू तुलनात्मक रूपमा सस्तो हुने भएकाले धेरैको पहिलो रोजाइ बन्ने गरेको हो । व्यापारीहरूका अनुसार बजारमा अन्य मुलुकको दीपावलीजन्य उत्पादनहरूको तुलनामा चिनिया सामान २० देखि ५० प्रतिशतसम्म कम मूल्यमा पाइन्छ । धेरै उत्पादन गरी धेरै खपत गर्ने बजार रणनीतिका साथ अघि बढेको चीनले आफ्ना सामानमा कम नाफामा बजारको मागअनुसार चल्ने गरेको छ । त्यसैले उसले आन्तरिक बजारमा आवश्यक पर्ने मात्रै नभई विश्व बजारको मागअनुरूप सस्तो मूल्यमा सामानहरू निर्यात गर्दै आएको छ । तिहारका लागि उसको सबैभन्दा ठूलो बजार नेपाल र भारत नै हो । तिहारजन्य उत्पादनहरू चीनले तीन महिना पहिलेदेखि यी मुलुकहरूमा निर्यात गर्ने गर्छ । हाल, चीनले आफ्ना अन्य उत्पादनहरूजस्तै तिहारमा प्रयोग हुने सामग्रीको बिक्री अनलाइनमार्फत गर्न थालेको छ । जनसंख्याको हिसाबले तिहारजन्य चिनिया“ उत्पादनको बजार भारत नै हो । त्यहा“ बर्सेनि उसको व्यापार बढ्दो छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार २००६ मा तिहारमा चिनिया“ सामानहरूको कारोबार ११ हजार करोड भारतीय रुपैया“ थियो, त्यो २०१२ मा बढेर ३३ हजार करोडभन्दा बढी पुग्यो । अर्थात झन्डै तीन गुणाले बढ्यो । एक रिपोर्टले चिनिया“ सामानका कारण भारतीय बजारमा करिब २०० प्रतिशतसम्म नोक्सान भइरहेको छ । तिहारका सामग्री उत्पादन गर्ने उद्योगहरूलाई सस्तोमा आफ्ना सामान बजारमा पठाउन चीनले बाध्य तुल्याइदिएको छ ।    
चीनमा बनेका लाइटिङ र सजावटका समानहरूको प्रयोग भारतमा ठूलो परिमाणमा गरिन्छ र यी सामानहरू चाडपर्व सुरु हुनुभन्दा तीन महिनाअघि नै भारतीय बजारमा पुगिसक्छन् । पछिल्लो समय भारत र पाकिस्तानबीच जारी तनावले चीन बजारलाई पनि प्रभावित पारेको छ । भारतीय सोसल मिडियामा बेइजिङले पाकिस्तानको ‘समर्थन’ गरेको प्रचार गर्दै चिनिया“ सामान बहिष्कार गर्ने अभियान केही व्यक्तिले चलाइरहेका छन् । तर, चिनिया“ सामानहरूको बिक्री त्यहा पूर्ण रूपमा रोकिएको छैन । पहिलादेखि नै बजारमा थोक विक्रेताहरूले चिनिया“ सामानहरू राखेकाले समस्या नभएको त्यहा“का व्यापारीहरूलाई उदृत गर्दै सञ्चार माध्यमहरूले जनाएका छन् । तिहारकै मुखमा थालिएको बहिष्कार अभियानले ३० प्रतिशतसम्म बजारमा कमी आउन सक्ने बताइएको छ ।  
सामाजिक र धार्मिक दृष्टिकोणले धेरै महŒव राख्ने तिहार अ“ध्यारोमाथि प्रकाशको जितलाई प्रकट गर्ने पर्व पनि हो । यो पर्वमा किनमेल बढी गरिन्छ । कपडा, घरका सामान, उपहार, भा“डावर्तन, सुनचा“दीलगायतका सामान खरिद गर्नेे चलन छ । किनभने यो पर्वमा खर्च र किनमेललाई शुभ मानिन्छ, लक्ष्मीलाई धन, समृद्धि र लगानीको देवी मानेरै यसोे गरिएको हो । मिठाई, झिलिमिली बत्ती, सजावटका आधुनिक सामानहरू, अतिशवाजी, पटाकाको किनमेल नेपालको तुलनामा भारतमा बढी हुन्छ । पा“च हजार करोड भारतीय रुपैया“को कारोबार आतिशबाजीमा मात्रै हुने गरेको छ । सजावटका समानहरूमा पनि त्यतिनै रुपैया“ खर्चिने गर्छन, त्यहा“ । नेपालमा आतिशबाजीको तुलनामा किनमेल र सजावटका सामग्रीमा बढी खर्चिन्छ ।   
तिहारमा मनोरञ्जनका लागि बढी प्रयोग हुने सामग्रीहरूमा स्पार्कलर्स (फुलझडी), चक्कर्स, ट्वीन्कलिङ स्टार्स (आकाश तारा), फ्लावर्स पोट (अनार) कलर फाउटेन्स, विभिन्न रकेटहरू, फेन्सी एक्स्पो रकेटहरू, पेन्सिलहरू, सुतली बम, बिडी बम, कार्टुन्स, फ्यान्सी फायरवक्र्स, फ्ल्यासलाइट पाटाकाहरू, जाइन्ट पाटाका, फ्यान्सी चाइनिज क्रेकर्स, बिजिली क्रेकर्स, फेस्टिभल चोर्सा गारल्यान्डलगायत छन् । पहिले यी सामग्रीहरूको आपूर्ति/बिक्री नेपाल र भारतमा भारतीय कम्पनीले गर्दै आएका थिए । अहिले पनि ती कम्पनीहरूले उत्पादन जारी राखे पनि चिनियाको माग बढेकाले बजारमा कम खपत हुने गरेको छ । काठमाडौं उपत्यकालगायतका केही सहरमा पाटाकाजन्य सामग्रीमा रोक लगाइको छ । चीनबाट पटाकाहरू आउन नपाए पनि भारतस“गको खुला सीमाका कारण नेपालमा भित्रिने गरेकै छ । तिहार सुरु हुनुभन्दा अगावै अवैध तरिकाले राजधानीलगायतका सहरहरूमा यी सामग्री भित्रिने गरेकाले पड्काइएको आवाज सुनिन्छ । भारतलगायतका अन्य ठाउ“मा भने यी सामानमा रोक छैन । पछिल्लो समय चीनले इलेक्ट्रिक पाटाका समेत बजारमा भिœयाएको छ । प्रदूषण नफैलाउने र यो पटकाको तुलनामा ठूलो आवाजका साथ पड्किने भएकाले यसको माग बढेको छ । यसलाई पटक–पटक प्रयोग गर्न सकिन्छ । विद्युतमा जोडेपछि उच्च डेसिबलको ध्वनि उत्पन्न गर्ने भएकाले केही मह“गो भए पनि भारतीयहरूले बढी खरिद गर्छन् । 
केही वर्षयता यो पर्व ‘इलेक्ट्रोफाइङ तिहार’ मा परिवर्तन भएको छ । चीनले विद्युतबाट बल्ने दियोदेखि क्यान्डलसम्म बजारमा ल्याइसकेको छ । अन्य पर्वमा देखिने आधुनिकताले तिहारलाई पनि छपक्क छोपिसकेको छ । एलईडी लाइट प्रयोग गरेर बनाइएका बत्तीहरूका लागि बढी भोल्टेजको आवश्यकता नपर्ने भएकाले यसको लोकप्रियता बढेको हो । तिहारमा प्रयोग गरिने लाइट्सहरूमा चिनिया“ उत्पादनकै दबदबा छ । चीनले दीपावलीकै लागि उत्पादन गरेका लाइट्सहरूमा क्रिस्टल बत्ती, डेकोरेटिभ बत्ती, मल्टिकलर लेड एक्समस लाइट, पारदर्शी वारप्रुफ आउटडोर बत्ती, इलेक्ट्रिकल दियो र मैनबत्ती, लेड कर्टेल लाइट, हाई भोल्ट क्रिस्टल बत्ती, आउटडोर डेकोरेसन स्ट्रिङ लाइट, इन्डोर/आउटडोर फ्लेक्जिबल लेड स्ट्रिप, लेड आर्टिफिसियल आउटडोर लाइट, सस्ता झिलिमिली बत्ती प्रयोग हुन्छन् । उसका उत्पादनहरू सस्तोदेखि मह“गोसम्मका भएकाले ग्राहकले आफ्नो खल्तीको गह्रौंपनाका आधारमा छनोट गर्न स्वतन्त्र छन् । चीन आफूले नमनाए पनि तिहारका सामग्री मनाउनेहरूका लागि उपलब्ध गराउदै आएको छ । उसको यो चाहना अरू केही होइन, विश्व बजारमा आफ्ना सामान बढी बेचेर कारोबारमा वृद्धि गराउनु हो ।
(Published on Kantipur on Tihar issue dated 10 Katik 2073)

Tuesday, 18 October 2016

मोर्चाका माग

मधेसी मोर्चाले मुख्य रुपमा सीमाकंनको विषयमा असहमति जनाउँदै आएको छ। मोर्चाले तराइका २२ जिल्ला पहाडमा गाभ्न नहुने अडान लिँदै आएको छ। मोर्चाले तराइमा बढीमा दुई प्रदेश हुनुपर्ने अडान राखेको छ।
नागरिकताका विषयमा पनि मोर्चाले असन्तुष्टि व्यक्त गरेको  छ।  मोर्चाले विशेष गरी अंगीकृत नागरिकताधारीले राज्यका उच्च पदमा पुग्न नपाउने व्यवस्थाप्रति आपत्ति जनाउँदै आएको छ। त्यसमा पनि मोर्चा केही लचक भइ अंगीकृत नागरिकले राष्ट्रपति र प्रधानमन्त्री बन्न नपाउने गरी बाँकी पदमा भने योग्य मान्नुपर्ने प्रस्ताव गरेको छ।
यसैगरी मोर्चाले प्रत्यक्ष तर्फका १६५ निर्वाचन क्षेत्रलाई कायम राख्दै त्यसमा गैर निर्वाचन क्षेत्र तोक्नुपर्ने माग गरेको छ। ११० समानुपातिक सिटबाट एक तिहाइ महिलालाई कोटा छुट्याउनु पर्ने संविधानको व्यवस्था विभेदकारी भएको भन्दै मोर्चाले  प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत एक तिहाइ महिलाकालागि र समानुपातिक व्यवस्थामार्फत पनि एक तिहाइ महिलाकालागि छुट्याउन माग गरेको छ।
राष्ट्रिय सभा गठनका सन्दर्भमा सात प्रदेशबाट समान ८-८ जना प्रतिनिधित्व हुने व्यवस्था अन्यायपूर्ण भएको भन्दै ११ लाख जनसंख्या भएको प्रदेश र ५५ लाख जनसंख्या भएको प्रदेशबाट समान प्रतिनिधित्व हुँदा अन्याय हुने भन्दै कम्तिामा १ र बढीमा आठ प्रदेशको प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ।
मोर्चाले सर्वोच्च अदालत लगायतका न्यायलयमा समानुपातिक समावेशीताको आधारमा न्यायाधीश नियुक्ती हुनुपर्ने र समानुपातिक समावेशीको आधारमा न्यायपरिषदको गठन हुनुपर्ने माग गरेको छ।
(Source : Topics : भाका सार्दै प्रधानमन्त्री, चिढिँदै मोर्चा, एमालेको अलग्गै अडान, मङ्गलबार, ०२ कार्तिक २०७३, १६ : ४१ |  http://www.nagariknews.com/news/7361)