Friday, 23 January 2015

मोर्चा नै मोर्चा (Morcha nai Morcha)

Dinesh Yadav
  • दिनेश यादव(Dinesh Yadav) ____________

एउटै पार्टी हुदा त मिलेर बस्न नसक्ने नेताहरु धेरै दलहरुबीचको मोर्चाबन्दी दीर्घकालिन चल्न सक्छ भन्ने ठोकुवा कसैले गर्न सक्ने अवस्था छैन । त्यसमा पनि स्वार्थ अनुरुप बनाइएको मोर्चा त गर्भमा रहेको शिशु जस्तै हो, जुन कुनैपनि बेला तुहिन सक्छ । हाल मधेसमा अलौकिक पाराको मोर्चाबन्दी भएका छन् । 

राजनीतिमा मोर्चा, गठबन्धन, सहकार्य र एकीकरण प्रक्रियालाई सामान्य मानिन्छ । दलहरुले आ–आफ्ना एजेण्डालाई स्थापित गराउन ‘लाइक माइन्डेड’ विचार भएकासंग यी चार ‘टुल्स’ समय– समयमा उपयोगमा ल्याउने गरेका हुन्छन् । अझ सय भन्दा बढी भाषाभाषी र जाति÷जनजातिको बसोबास रहेको मुलुकमा यो अनौठो घटना हुनै सक्तैन । त्यसमा पनि झण्डै सयको हाराहारीमा दल रहेको देशमा पार्टीहरु शक्तिशाली बन्नका लागि यी टुल्सहरु व्यवहारमा ल्याउनु स्वभाविकै हुन्छन् । तर, पछिल्लो समय नेपालमा दलहरुबीच भएका मोर्चाबन्दीले धेरै प्रश्नहरु तेर्सिएका छन् । खासगरि मधेसको राजनीतिमा मधेसी दलहरुबीच भएका गठबन्धन वा मोर्चाबन्दीले धेरैलाई आश्चर्यमा पारेको छ । पहिले एउटै पार्टी अहिले फरक–फरक दलका अध्यक्ष बनेर मोर्चाबन्दी गरिनुले ती दलहरुको हैसियत सजिलै थाहा हुन्छ । कुनै बेला पानी बाराबारको अवस्थामा पुगेकाहरु एकाएक एउटै टेबुलमा बस्ने गरेका छन् । यसलाई धेरैले ‘बहु के“ मारल आ जुवा के हारल, कियोह ककरो नए कहैत छैक’(श्रीमतिबाट पीडित र जुवामा हारेका व्यक्तिले आफ्नो पीडा कसैलाई सुनाउदैनन) भन्ने मैथिली उखान चरितार्थ भएको प्रतिक्रिया दिन्छन् । संगै रहदा सत्तालोभमा फुट्ने, टुट्ने अनि त्यसको भोग गर्न नपाएपछि मोर्चाबन्दी गर्ने वा एक हुने मधेसी नेताहरुको चरित्र, नियत, मानसिकता, दरिद्रताबाट जनताहरु दिक्क र वाक्क छन् । मधेसमा ती दलका कार्यकर्ताहरु बाहेक कसैले पनि आ–आफ्ना नेता र पार्टीहरुलाई राम्रो मान्दैनन, ठान्दैनन् । नेता शब्द उच्चारण गर्ने बित्तिकै सिधै अश्लिल गालीगलौजमा जनताहरु उत्रने गरेका छन् । यो एउटा दुर्भाग्यबाहेक अरु केही हुनै सक्तैन । 
एउटै पार्टी हु“दा त मिलेर बस्न नसक्ने नेताहरु धेरै दलहरुबीचको मोर्चाबन्दी दीर्घकालिन चल्न सक्छ भन्ने ठोकुवा कसैले गर्न सक्ने अवस्था छैन । त्यसमा पनि स्वार्थ अनुरुप बनाइएको मोर्चा त गर्भमा रहेको शिशु जस्तै हो, जुन कुनैपनि बेला तुहिन सक्छ । हाल मधेसमा अलौकिक पाराको मोर्चाबन्दी भएका छन् । सद्भावनाबाट अलग भएका हुन या फोरमबाट अलक भएका नेताहरु नै हुन,  अहिले संगै बस्ने र हिड्ने गरेका छन् । फरक–फरक ध्रुबका नेताहरु, जो एक अर्काको अस्तित्व समेत स्विकार गर्ने मनस्थितिमा छैनन्, एकाकार देखिएका छन् । यस प्रकारको एकाकारप्रति जन–जनको विश्वास भने पटक्कै छैन । हाल एमाओवादी नेतृत्वको ३० दलीय मोर्चा र छ मधेसकेन्द्रित दलबीचको मोर्चा बढी चर्चामा छ । यी दुई या अन्य यस्तै साना दलहरुबीचको ठूलो मोर्चा बनाएर प्रतिपक्ष सडक तताउनमा जुटेका छन् । एउटै दल काफी भएको अवस्थामा ३० दलीय मोर्चा बन्नुले नै ती पार्टीहरुको हैसियत थाहा हुन्छ । यी अंकगणितीय हिसाब मात्रै हुन । यस्तै गणितको खेलमा एउटा भ्रष्ट र अर्को क्रान्तिकारी मधेसी नेताबीच हालै मोर्चाबन्दी भएको छ । जयप्रकाश गुप्ता र मातृका यादवबीच मोर्चाबन्दी हुनुलाई धेरैले अर्थपूर्ण रुपमा लिएका छन् । फोरमबाहेक एक मधेस स्वायत्त प्रदेशको मुद्दा छाडिसकेको अवस्था छ । तर, पछिल्लो समय एकल नेतृत्वमा रहेका सरिता गिरी, अमर यादव, मातृका यादव, जयप्रकाशलगायतका नेताहरु त्यही मागलाई एकाकार गर्दै अघि बढेका छन् । सबैले सडक तताउ“ने भनिरहेका छन् । जनताले साथ दिन्छ/दि“दैन, त्यसको पर्वाह नगरिकनै शृंखलाबद्ध चेतावनीहरु ती नेताहरुबाट आउन थालेका छन् । मधेसका एक जना नेताले ‘नेपालमा विभेद कायम रहे, सबै मधेसीहरु सिके राउत बन्न सक्छन’ भन्नुले उनीहरुको शक्तिलाई सजिलै ठम्याउन सकिन्छ । पहिले जयकृष्ण गोइत र ज्वाला सिंहको नाममा चेतावनी र फरमान जारी गर्थे , अहिले राउतको शैली अप्नाउने घुर्कि देखाउन थालेका छन् । राजनीति घुर्कि र चेतावनीबाट चल्दैन, खासगरि अमेरिकामा ९/११ को आतंकबादी आक्रमपणपछि विश्वपरिवेश परिवर्तन भएको अवस्था छ । केही दिनअघि मात्रै फ्रान्सको पेरिस आक्रमणमा १२ जना मारिएको घटनाविरुद्ध विश्व एकजूट भएको छ । उक्त आक्रमणको भत्र्सना गर्न पेरिसको चोकमा मात्रै ३० लाख र गल्लीहरुमा १६ लाख मानिसको मानवसागरनै ऊर्लिनुबाट चेतावनी दिने नेताहरुले पाठ सिकेकै हुनुपर्छ । हिंसाको आडमा प्राप्त अधिकार धेरै दिनसम्म टिक्दैन । इजिप्टको मुस्लिम ब्रदरहुडका मोर्सीलाई पछिल्लो उदाहरणका रुपमा लिन सकिन्छ । हो, अधिकार प्राप्तिका लागि संघर्ष चाही जरुरी हुन्छ, तर, शान्तिपूर्ण नै हुनुपर्छ । धाक, धम्की र चेतावनीले कसैको हित गर्दैन । जनतालाई कन्भिन्समा लिदै अघि बढ्नुको विकल्प छैन । जनताहरु कच्चा माटा हुन । नेता जसलाई कुम्हाले भन्न सकिन्छ, उसले आफ्नो सोच अनुरुप उनीहरुलाई बनाउन सकिन्छ । बिचारको लडाईलाई कसैले जित्न सक्तैन, फेरी विचार र सिद्धान्तको राजनीति सबैभन्दा ठूलो हतियार पनि हो । यो हतियारलाई मधेसी नेतृत्वले प्रयोगमा ल्याउन सक्नुपर्छ ।  
अर्को कुरो, नेताहरु आफ्नो धरातल विर्सदै गएका छन् । जनताको दुःख÷सुखलाई आफ्नो नठान्ने कसरी नेता भए ? तराई–मधेसमा शितलहर जारी रहेको बेला कुनै पनि मधेसी दलका नेताले निमुखा, निवस्त्र्र, गाउ“ले मधेसीजनको पक्षमा एक शब्दसम्म बोल्ने साहस गरेनन, उद्धार सामग्री वितरण त धेरै परका कुरा भयो । गरिबीकै कारण मधेसमा कुपोषणको सिकार हुनेहरुको संख्या दिनप्रति दिन बढ्दो छ । सिंचाईको बन्दोबस्त छैन, समयमा मल पनि पाइदैन । २५ वर्ष भइसक्दा पनि हुलाकी सडक बन्न सकेको छैन । शिक्षाको स्तर दिनानुदिन खस्कदै गएको छ । एमाओवादी नेता रामरिझन यादवका अनुसार मधेसमा आठ पढेकाले आफ्नो नाम शुद्ध लेख्न सक्तैनन् । ‘शिक्षामा ठूलो लगानी छ तर गरिबका बालबालिकाहरु राम्रो शिक्षाबाट बञ्चित छन’ यादव भन्छन्, ‘निर्धर अभिभावकहरुले त भन्न थालिसकेका छन कि अर्धशिक्षा भन्दा विद्यालय नपढाउनु नै जाति छ, कससे कम बालबालिकाले घरको काममा त सघाउछन् । ’ यो कति दर्दनाक अवस्था हो । उनी अधिकार प्राप्तिका लागि राजनीतिक दलहरुमा मोर्चाबन्दी हुनुलाई स्वभाविकै ठान्छन् । भन्छन्, ‘यहा“का शासक वर्ग र त्यसका पृष्ठपोषकहरुको संकिर्ण मानसिकता नहटेसम्म मधेसीले लाइकमाइन्डेड शक्तिसंग मोर्चाबन्दी गर्नुपर्छ । ’ एक जना वरिष्ठ पत्रकार सुकेश्वर पाठकले मधेसी नेताहरुकै कारण त्यस क्षेत्रका जनताले बढी दुःख पाएको बताउ“छन् । ‘मधेसी दलहरुमा देखिएको अप्राकृतिक मोर्चाबन्दी जनताको हितमा भन्दा पनि सत्ताको पहू“च बढाउनका लागि जस्तो छ ’ उनी भन्छन्, ‘ सत्तामा पुगेका बेला मात लाग्छ, हटेपछि नशा टुट्छ अनि शक्ति संचयतिर नानाधरिका कुरा गर्दै हिड्छन् । ’ लामो समय पत्रकारिता गरेर राजनीतिमा लागेका र अहिले आफू पढाइतिर लागेको बनाउने अनिलकुमार कर्णको अनुहारमा निराशा स्पष्ट देखिन्छ । उनी राजनीतिको कुरै गर्न चाहदैनन् । भन्छन्, ‘ म त पढाईतिर सक्रिय भएको छु , बरु यसले मेरो भविष्यलाई राम्रो बनाउनेछ ।’  
मधेसी दलहरुको राजनीतिक गतिविधिमा कार्यकर्ताहरु कम जान थालेको विश्लेषकहरु बताउ“छन् । ‘एक जना अमुक नेताले के भन्यो त्यसको पछाडि अमुक पार्टीका केन्द्रिय पदाधिकारीहरु नै सडकमा उत्रेको देखियो ’ उनीहरु भन्छन्, ‘विरोध कार्यक्रमहरु त पार्टीमा विद्यार्थी र युवाहरुको नेतृत्वमा हुन्थे, अहिले त पुतला दहनमा पनि अमुक मधेसी पार्टीका केन्द्रिय नेतृत्वनै निस्किए । ’ धेरैले भन्छन ः एमाओवादीसंग मधेसी दल नमिलेको भए र मोर्चाबन्दी नगरेको भए शायद ती पार्टीहरुलाई कसैले पुछ्दैनन थिए होलान । यो भनाईमा केही हदसम्म सत्यता पनि देखिन्छ । पार्टीको गतिविधिमा युवाहरु आउनै छाडेका छन, झन जनता आउने त कुरै भएन । सबैलाई अमेरिकी बैज्ञानिकको अभियानले तानेको अवस्था छ । सार्थक राजनीतिका लागि मोर्चाबन्दी हुनु सकारात्मक हो तर स्वार्थमा गरिने कुनैपनि मोर्चा देश र जनताका लागि आत्मघाती ठहरिन्छ । 
(यो आलेख कान्तिपुर खाडी संस्करणका लागि २०७१ पुस २८ गते लेखिएको थियो । )  

Thursday, 15 January 2015

नेपालप्रति नेपालीको आक्रोश

‘माधव जी आप मधेस से प्रतिनिधित्व करते है, आप मधेस मे जाने का माहौल बनाना चाहते हैं तो ओली के भड्काउ बोली पर अंकूस लगाए, नही तो भविष्य मे बहुत सारे सीके राउत का जन्म होने बाला है । मधेसीमैत्री संविधान बनाने से आप का हिचकना सदा के लिए आपको रौटहट जाने से रोकना है । आप मधेसी के मुद्दा को सम्बोधन नही करेंगे तो अब मधेस मे युवा जाग चुके हैं, वहां आप जैसे नेता का कत्ल हो सकता है । ’ 
Bina Sinha with Ex-PM Madhav Kumar Nepal and Indira Persain

 Sr. Madheshi Journalist , Rajeshwor Nepali
Dr. Dambar Narayan Yadav
  स्थान ः इन्द्रेणी कम्प्लेक्स, वानेश्वर, २०७१ पुस ३० गते । कार्यक्रम ः एउटी हिन्दी लेखिकाको दुई पुस्तक लोकार्पण । प्रमुख अथिति ः नेकपा(एमाले) का वरिष्ठा नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल । विशिष्ट अतिथि थिए, भारतीय दूताबासका पीआइसी प्रमुख ‘अ’ भय कुमार । कार्यक्रमको अध्यक्षता गर्नेमा आफूलाई मैथिली भाषाको अभियन्ता भन्न रुचाउंने रामभरोस कापडी थिए । त्यस्तै, अर्का अथितिमा बनाइए, रामदयाल राकेशलाई । नजिकै नई प्रकाशनकी इन्दिरा प्रसाई, तीन दिनअघि एमाले कोटाबाट सभासद् बनेका लालबाबु यादवसंगै प्राज्ञ डा. उषा ठाकुरलाई पनि मुख्य अतिथि बनाइएको थियो । ठाकुर बाहेक हिन्दी भाषाका अभियानी एक जना पनि मञ्चमा थिएनन् । ‘अ’ भयलाई त हिन्दी भाषासंगै घृणा रहेको धेरै चोटी सुनिएकै हो । उनी त मधेसी शब्द समेत सुन्न चा“दैनन रे ? त्यसैले त भारतीय दूताबासद्वारा विश्व हिन्दी दिवस २०१५ मा अन्नपूर्ण होटेलमा आयोजित कार्यक्रममा सम्बोधन का क्रममा शुरुमै हिन्दीको ‘और’ को साटो ‘र’ प्रयोग गरे । फलस्वरुप उनी हलभित्रै हांसोका पात्र बने । पछि तिनै ‘अ’ भयलाई केही पत्रकारले भेट्न खोज्दा भयभित हुंदै भेट्नै चाहेनन् । खायर उनी ठहरिए लैनचौर दरबारका कर्मचारी । वानेश्वको कार्यक्रममा पनि भाषण ठोके अनि एक÷दुई एघार भई हाले । कारण थियो, उनको सम्बोधन अघि पूर्व शिक्षामन्त्री डा.डम्बरनारायण यादवले कार्यक्रमका अध्यक्षता गर्दै आएका कापडीसंग बीचैमा समय माग गर्नु । शायद डा. यादव पूर्वमन्त्री नेपालको हिन्दी सम्बोधनपछि आफ्नो केही गुनासो उनलाई सुनाउंन चाहन्थे । तर उनलाई समय दिइएन, तर पनि यादवले संक्षिप्त रुपमा आफ्नो प्रतिक्रिया राखि रहंदा, एमाले नेता नेपाल बैठकमा जान्छु भन्दै हिडेपछि, त्यहांको स्थिति एकाएक विस्फोटक हुन पुग्यो । यादवलाई अर्का वरिष्ठ पत्रकार, लेखक, कवि एवं इतिहासका साक्षात साक्षी राजेश्वर नेपाली । उनी पनि नेपालको सम्बोधनबाट असंतुष्ट थिए । केहीले उनलाई मञ्च नदिएकोमा कड्किएको प्रतिक्रिया दिए । तर त्यहा“को माहौल नेपाललाई आफ्नो शालिन भनाईबाट उनको हिन्दी सम्बोधनको प्रतिकार गर्नु थियो । कार्यक्रम हलमा युवाहरु धेरै थिए, पूर्व मन्त्री नेपाल अतिथि भएर आएकाले कसैले कुनै प्रतिक्रिया या समर्थन यो घटनाप्रति जनाएनन् । एउटा पत्रकारले भन्दै थिए, ‘समकक्षीहरुबाट भएको यो गतिविधिको समर्थन गर्नु उचित थिएन ।’ एमाले नेता माधव नेपाल मञ्चबाट ओर्लिदै गर्दा डा. डम्बरनारायण यादवले भन्दै थिए, ‘माधवजी आप मेरा समकक्षी हैं, आपको सम्झाने का मेरा हक बनता है, आप केपी शर्मा ओलीको सम्झाएं, मधेसी के माग को सम्बोधन करे, संघियता स्वीकार करे , मै अपनी भावना आपको सुनाना चाहता हूं । आप मधेसी को सुने, क्योकी आप मधेस से विलोंग्स करते है । ’ नेता नेपालले ‘यादव जी आप अपना फोन दे, मै आप से बात करुंगा’ भन्दै हिडेपछि वरिष्ठ पत्रकार नेपाली कड्किदै भने, ‘माधव जी आप मधेस से प्रतिनिधित्व करते है, आप मधेस मे जाने का माहौल बनाना चाहते हैं तो ओली के भड्काउ बोली पर अंकूस लगाए, नही तो भविष्य मे बहुत सारे सीके राउत का जन्म होने बाला है । मधेसीमैत्री संविधान बनाने से आप का हिचकना सदा के लिए आपको रौटहट जाने से रोकना है । आप मधेसी के मुद्दा को सम्बोधन नही करेंगे तो अब मधेस मे युवा जाग चुके हैं, वहां आप जैसे नेता का कत्ल हो सकता है । ’ तर यसमा नेता नेपालले खासै प्रतिक्रियाजनाएनन् । कार्यक्रममा वयोबृद्धहरु नै तातेपछि आयोजक तनावमा पुगे । त्यसपछि तत्कालै कार्यक्रम रोक्ने निर्णय भयो । मञ्चमा आशिन राकेश र नवनियुक्त सभासद लालबाबुलाई सम्बोधन गर्न दिइएन । यता, कार्यक्रममा नागरिक समाजका अगुवाहरु ‘असन्तुष्ट’ थिए । केही त तत्कालै कार्यक्रम स्थलबाट हिडेका थिए । कार्यक्रम पुस्तक लोकार्पणको भएपनि त्यहां हिन्दी भाषी भन्दा पनि एक हिसाबले गैरहिन्दी भाषीहरुको दबदबा थियो । वीणा सिन्हा एउटी प्रतिभाशाली महिला हुन, यसमा कुनै दुई मत छैन तर कार्यक्रम संचालन गर्दा सानातिना कुरामा ध्यान नदिदा बबण्डर मच्चिदो रै’छ भन्ने पुष्टि भाको छ । अझ माधव नेपालको सम्बोधनका क्रममा ड्यासबाट एउटा पनि ताली नबज्दा पनि मञ्चमा रहेका नवनियुक्ति सभासद यादव भादगाउंले टोपी हल्लाउंदै हांसको हुलमा बकुल्ला बन्ने गरेका थिए । कार्यक्रम समापनपछि डा. यादव र नेपालीको सबैले मुक्त कण्ठले प्रशंसा गरेका थिए । युवाहरु भन्दै थिए, ‘हामीले गर्न नसकेको काम यी दुई मधेशी समाजका अगुवाले गरेर देखाई दिए । ’

Monday, 12 January 2015

स्वतन्त्रता बहुत लोगो की चाहत है : बैज्ञानिक सिके राउत

Sadak ma Yuba In Madhesh
युवा, विद्यार्थी, बुद्धिजीवि, नागरिक समाजहरुले खचाखच भरिएको त्रिविको गणित विभागमा मधेसी विद्यार्थीहरुले २०७१ पुस २६ गते आयोजना गरेको साढे तीन घन्टा लामो कार्यक्रममा सिके राउतलाई सुनेका छन् । उनले हिन्दीमा गरेको आफ्नो सम्बोधन निम्म लिखित बिचारहरू राखेका थिए :
  • नेपाल में स्वतन्त्रता बहुत लोगो की चाहत है, परन्तु शासक के डर से वह खुलकर नही आ रहे हैं । 
  • शिक्षक कोने भारत में सिकन्दर को भी भारत से भगा दिया, इसिलिए शिक्षक जब उठेगें तो वह अपने शासक वर्गो को खडेर सकते है । 
  • जोगी बने या नेता, चोला परिवर्तन करे या नङ्गा बने, पहिचान इन सभी के लिए अनिवार्य हैं । 
  • मधेस एक प्राचिन राष्ट्र हैं, मनुस्मृति और बौद्ध ग्रन्थ (विनय पिटक) मे भी मधेस के सीमाना की तथ्य उल्लेख है । 
  • इतिहास गवाह है, पृथ्वी नारायण शाह को मधेसीयों ने ही जीवन दान दिया था, मधेसी ने उनसे कभी जीवन दान नही मागा । 
  • पहाडी लोग गरीब थे, वह कम्बल लेकर मधेस आते÷जाते थे ।
  • सेना नही तो शासन नहीं , मधेसी को स्वायत्तता सहित के प्रदेश देने पर भी सेना अभाव मे वह नही चल सकता । 
  • मधेस मे पहाडी लोग औपनिवेशिक शासन लाध्ने के लिए गया हैं, भारत मे बेलायत के औपनिवेशिक काल मे अंग्रेज सेना ३ प्रतिशत थे, बांकी भारतीय ही थे । मधेस मे ९५ प्रतिशत सेना उन्ही लोगो का है ।
  • मधेस मे माइग्रेसन नही कोलनीगेसन किया गया हैं । इसिलिए तो ५० वर्ष में मधेस की आवादी ६ प्रतिशत से बढकर ३५ प्रतिशत तक पहुंचा है । माइग्रेसन तो बाइ–लेटरल होती है ।
  • मधेस से ७६ प्रतिशत राजश्व आता है, ५९ प्रतिशत जीपीटी है, परन्तु २५ वर्षो से हुलाकी सडक नही बन पाया हैं, ज्यों का त्यों हालत मे हैं । बजेट जितना पहाड के विकास मे लगाया जाता हैं । 
  • २०१५ साल तक नेपाल आने के लिए मधेसी को भिसा लेनी पडती थी, यस भी सावित करता है कि मधेस एक राष्ट्र हैं । 
  • भारत मे ब्रिटिश औपनिवेश मे भारतीय को जागिर मिलती थी , परन्तु यहा“ के औपनिवेश मे मधेसी को नोकरी मे नही रखा जाता हैं । 
  • मधेस मे न्युट्रल सैनिक नही है, इसिलिए तत्काल सशस्त्र आन्दोलन करना क्षति की बात होगी । 
  • मधेसी सम्पन्न हैं, लेकिन हात बन्धे है, इसिलिए वह अपने अधिकार से बञ्चित हैं । 
  • मधेसी सेना नही हैं, इसिलिए मधेसी को संघियता दे देने से औपनिवेश का अन्त नही हो सकता । फिर संघियता मे सुरक्षा , विदेश और मुद्रा नीति केन्द्र मे रहता है । 
  • ५० वर्ष मे हजारौं मधेसी लोक भूमिहिन हुए है । इसका प्रमुख कारण औपनिवेश ही हैं । 

CK Raut Ka supporters

Rajbiraj Saptari ma CK Raut Ka Supporter
Clash in Madhesh



Madhesh/Madheshi (मधेश/मधेशी ): इतिहास र पृथ्वीनारायण शाह

Madhesh/Madheshi (मधेश/मधेशी ): इतिहास र पृथ्वीनारायण शाह: Pritivi Narayan Shah पृथ्वीनारायण शाहको नायकत्वमा भएको नेपाल एकीकरणका विषयमा अतिवादी र अन्धवादी मूल्याङ्कन गरिएको पाइन्छ । क्रिश्चिय...

इतिहास र पृथ्वीनारायण शाह


Pritivi Narayan Shah
पृथ्वीनारायण शाहको नायकत्वमा भएको नेपाल एकीकरणका विषयमा अतिवादी र अन्धवादी मूल्याङ्कन गरिएको पाइन्छ । क्रिश्चियन पादरीलाई नेपालबाट कुटनैतिक तरिकाले निष्कासन गरिदिएको झोंकमा पृथ्वीनारायण शाह र उनले गरेको एकीकरणका समयमा नभएका ज्यादतीको पनि चर्चा गरिएको देखिन्छ ।
एकीकरणका समयमा सयभन्दा बढी स्थानमा लडाइँ भएको पाइन्छ तर अन्त कतै नभएको निर्मम सामूहिक अङ्गभङ्ग कीर्तिपुर एकीकरणमा भएको अतिवादी व्याख्या गरिएको इतिहासविद्को भनाइ रहेको छ ।
विशेष गरेर अङ्ग्रेज लेखकले परस्पर बाझिने असत्य अतथ्य मूल्याङ्कन गरेका छन् । पादरी जोसेप्पीले लण्डनबाट प्रकाशित हुने कृतिमा कीर्तिपूरमा एकीकरणका क्रममा बाँसुरी बजाउने बाहेक सब जनताको नाक मुख काटेर भीषण नरसंहार गरेको चर्चा गरेको पाइन्छ । उनले त कीर्तिपुरलाई शाहले नकटापुर नाम राखेको कुरा समेत बताएका छन् ।
कप्तान कर्कपेटि्रकले लडाइँमा समातिएका पुरुष जति सबैको नाक काटिदिएको उल्लेख गरेका छन् कुनै एक व्यक्तिले अङ्ग्रेजी रेजिमेन्ट हग्सनलाई लेखेको पत्रमा कीर्तिपुरका पराधीन जनताको बाह्र धार्नी भन्दा बढी नाक काटेको रिपोर्ट दिएको देखिन्छ ।
खरिदार बुद्धिमान सिंहले १७ धार्नी एक सेर नाक काटेको बताएका छन् । तर, शत्रु भए पनि वीरको कदर गर्ने स्वभावका शाहले चौकोटका वीर महेन्द्र रायका परिवारलाई भत्ता दिएको देखिन्छ । तर, एकीकरण महाअभियानका विरोधीलाई शाहले निर्ममतापूर्वक दमन गरेको पाइन्छ ।
ललिताबल्लभको लेख अनुसार आत्मसमर्पण गरेपछि पनि कीर्तिपुरे सिपाहीले गोर्खाली लडाकालाई झुक्याएर मारेको हुँदा ती काँतरलाई मार्नु उचित नठानी तिनलाई निरुत्साहित पार्न त्यसबेला पोइल जाने नारीका नाक काटेझैँ गरी नाकका टुप्पाका नथुनी काटेर कुरुप गराएको कुराको अतिवादी व्याख्या कर्कप्याटि्रकले गरेको बताइन्छ । यस्ता नकटाको संख्या १५, २० जनता भन्दा धेरै नभएको उल्लेख गरिएको छ ।
इतिहासविद् ज्ञानमणि नेपालले पनि ललिताबल्लभको तात्कालिक लेखाइअनुसार केही व्यक्तिलाई नाक काटेर बिरुप बनाइएको कुरामा सहमति जनाएका छन् । तर जोसेप्पी जस्ता केही अतिवादीले भने अतिशयोक्तिपूर्वक कीर्तिपुर युद्धको चर्चा गरेको र पृथ्वीनारायणको दुर्नाम गर्ने दुस्साहस गरेको इतिहासकार बताउँछन् । एक त छापाको अक्षरको प्रभाव त्यसमाथि पनि फिरङ्गीले लेखेको इतिहास भनेपछि नेपाल एकीकरणका विरोधी भावनालाई भड्काउन त्यसले ठूलै मलजल गरेको अनुभव हुन्छ Source: http://www.onlinekhabar.com/2015/01/2, प्रा.डा.बद्रीविशाल पोखरेल,20710927

Saturday, 3 January 2015

Madhesh/Madheshi (मधेश/मधेशी ): पार्टीको नाममा अल्झिदै मधेसी नेतृत्व

Madhesh/Madheshi (मधेश/मधेशी ): पार्टीको नाममा अल्झिदै मधेसी नेतृत्व: Dinesh Yadav  दिनेश यादव / Dinesh Yadav विस २००८ तिर तराई कांग्रेसको गठनसंगै ‘तराई’ शब्दले राजनीतिक मान्यता पाएको हो । ‘तराई’ शब्द प...Madheshi, Terai, Madhesh, Nepal, Dinesh Yadav

Madhesh/Madheshi (मधेश/मधेशी ): पार्टीको नाममा अल्झिदै मधेसी नेतृत्व

Madhesh/Madheshi (मधेश/मधेशी ): पार्टीको नाममा अल्झिदै मधेसी नेतृत्व: Dinesh Yadav  दिनेश यादव / Dinesh Yadav विस २००८ तिर तराई कांग्रेसको गठनसंगै ‘तराई’ शब्दले राजनीतिक मान्यता पाएको हो । ‘तराई’ शब्द प...Madheshi, Terai, Madhesh, Nepal, Dinesh Yadav

Friday, 2 January 2015

पार्टीको नाममा अल्झिदै मधेसी नेतृत्व


Dinesh Yadav
 दिनेश यादव / Dinesh Yadav
विस २००८ तिर तराई कांग्रेसको गठनसंगै ‘तराई’ शब्दले राजनीतिक मान्यता पाएको हो । ‘तराई’
शब्द प्रयोग गरि गठन भएको उक्त पार्टी तराई–मधेसको पहिलो राजनीतिक दल थियो । त्यसपछि मुलुकको दक्षिणी भूभागमा बसोबास गर्नेहरूलाई ‘तराईबासी’ नामले सम्बोधन गर्न थालियो । झण्डै ४ दशकसम्म यो शब्द सबैको जनजिब्रोमा झुन्डि रहयो । तर, २०४६ को जनआन्दोलनको सफलतासंगै  तराईबासीको यो परिभाषा पनि भेरियो । त्यसपछि ‘मधेस र मधेसी’ शब्दको चर्चा उत्कर्षमा पुग्यो । ‘मधेसी’ भन्दा धेरैले आफूलाई हेपेको भन्नेहरु पनि निस्किए । त्यस्ताका गठन गरिएको ‘नेपाल सद्भावना परिषद’ ले नारा चाही“ तराई र मधेस वा दुवै दिएपनि ‘नेपाल सद्भावना पार्टी’ बनाउ“दा त्यसका नेतृत्वले यी शब्द दलको नाममा झुण्ड्याउन रुचाएनन् । भनिन्छ, मधेस र मधेसीको सघन राजनीति यही पार्टीका नाममा शुरु भएको हो । पछि विभिन्न कालखण्डमा नेपाल सद्भावना पार्टीमा विभाजनको शृंखला चल्यो । विभाजित समूह या गुट सबैमा ‘सद्भावना’ शब्द कुनै न कुनै रुपमा आएकै थियो । त्यो क्रम अझै पनि जारी छ , तर मधेस वा तराई शब्द नै राखेर कुनै पनि नेताले आफ्नो पार्टीको नामाकरण गरेको भेटिदैन । तत्कालिन माओवादी जनयुद्ध ताका फेरी राजनीतिक ‘विङ्ग्स’ को रुपमा ‘मधेसी’ शब्द प्रयोग गरियो , ‘मधेसी राष्ट्रिय मुक्ति मोर्चा’ गठन भयो । त्यसपछि मधेस र मधेसीकै नाममा केही संस्थाहरू खोलिए । त्यसको पहिलो श्रेय मधेसी जनअधिकार फोरमलाई जान्छ । अझ ०६३÷६४ को जनआन्दोलनपछि ‘मधेस’ शब्द प्रयोग गर्नेहरु बढे । पहिलो संविधानसभाको निर्वाचन हुनु भन्दा केही दिनअघि मात्रै मधेसी जनअधिकार फोरम पार्टीमा परिणत भयो । फोरमको नेतृत्वले उक्त गैरसरकारी संस्थालाई पार्टीमा परिणत गर्दा नामको पछाडि ‘नेपाल’ राख्दै मधेसी जनअधिकार फोरम नेपाल बन्न पुग्यो ।  तर यो पार्टीमा मधेसका सबैलाई समेट्न सकिन्न भन्दै नाम परिवर्तनको चर्का बहस थालनी भयो । यसको कारण थियो, मधेसमा बसोबास गर्ने थारु, मुस्लिम, दलित लगायतले आफूलाई ‘मधेसी नठान्नु’ । यी समुदायले आफूहरुलाई गैरमधेसी भएको दाबी गर्नुको पछाडि थुप्रै कारण थियो । ती मध्ये एउटा कारण केही राजनीतिक शक्ति मधेसीलाई एक हुन नदिने चाहना पनि भएको केहीको आरोप छ  । यी आरोप लगाउनेहरुले ती दलहरुका केही कार्यकर्ता त्यसका अभियन्ताकै रुपमा अघि बढे वा बढाइयो बताउ“छन् । मधेसी बुद्धिजीविहरू भन्छन्, ‘यसका लागि ती दलहरुले एउटा अभियानै चलायो, त्यसमा सफल समेत भए । त्यसैको परिणाम हो, त्यसपछि खुलेका मधेसी नेतृत्वको दलहरुमा तराई–मधेस जोडिनु ।’ त्यसको पछिल्लो उदाहरण बन्यो, तराई–मधेस लोकतान्त्रिक पार्टी । हाल ‘तराई–मधेस’ शब्द अन्य पार्टीको नाममा पनि झुण्डिएको छ । खासगरि विगतमा नेपाली कांग्रेसबाट राजनीति गरेकाहरुको नेतृत्वमा खोलिएको अधिकांश दलहरुमा यो शब्द ‘पेट बर्ड्स’ का रुपमै रहेको पाइन्छ । महन्थ ठाकुर नेतृत्वमा रहेको तराई–मधेस लोकतान्त्रिक पार्टी होस् वा जयप्रकाशप्रसाद गुप्ताको नेतृत्वमा हाल सक्रिय रहेको तराई–मधेस राष्ट्रिय अभियान, सबै त्यसका उदाहरणहरु हुन । यी दुई नेताहरू विगतमा कांग्रेसबाटै राजनीति गर्दै मधेस केन्द्रित राजनीतिमा आएका हुन । ‘यी नेताहरूले मधेसबारे चर्का भाषण त दिन्छन तर राज्यसत्ताका निकटमा रहेकाहरुलाई बढी चिढाउन चाहेका देखिदैन ’ संचारकर्मी अमरेन्द्र यादवले भने । भन्नका लागि नेताहरूले भनिरहेका छन, ‘मधेसी शब्दले सबैलाई समेट्न नसकिने स्थिति भएकाले तराईमा रहेका (जो आफूलाई गैरमधेसी भन्न रुचाउ“छन) लाई समेट्न मधेससंगै तराई जोडिएको हो । ’ जुन नेताबाट नाममै कन्फ्युजन छ, त्यस्ताबाट मधेसीले के अपेक्षा राख्ने ? यो यक्ष प्रश्न मधेसी माझ तीतो ययार्थका रुपमा रहेको मधेसका विश्लेषकहरु बताउ“छन । अझ नेपालमा सबै भन्दा चर्काे मधेसको नारा दिने सद्भावना पार्टीले कहिले पनि मधेस वा तराई शब्द आफ्नो नाममा झुण्ड्याएन् । सबैभन्दा रोचक त के छ भने ‘सद्भावना’ ट्रेड मार्क बोकेको एउटा समूह त आफूलाई राष्ट्रिय पार्टी बनाउन हिमाल र पहाडमा समेत संगठन विस्तार गर्ने प्रयास ग¥यो । यसलाई धेरैले ढोंग भनि प्रतिक्रिया दिएका छन् । तर यो कदमलाई सकारात्मक भन्नेहरु पनि प्रशस्तै भेटिन्छन । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी यो अभियानमा सबैभन्दा अग्रपंक्तिमा देखियो । त्यसलाई पछाउदै गयो, तराई–मधेस लोकतान्त्रिक पार्टीले । हुनत, मधेसका सबैजसो पार्टीमा पहाडे समुदायलाई न समेटिएको भने होइन । तर त्यसले पनि ती दलहरु राष्ट्रिय पार्टी बन्ने हैसियतमा पुग्न सकेको छैन । यी दलहरुले आफुलाई जतिसुकै फराकिलो गरेपनि, तराई–मधेसबाट बाहिर गएर संगठन विस्तार गरेपनि , उनीहरुलाई लाग्ने ‘क्षेत्रिय पार्टी’ को ‘ट्याग’ तत्काल हट्ने छा“ट कतै देखिदैन, छैन । फेरी, ‘राष्ट्रिय पार्टी’ बन्ने मधेसी दलहरुका नेतृत्वको  चाहना पनि त्यतिकै उत्कर्षमा छ । अर्थात्, नाम त के लक्ष्यमा समेत उनीहरुको ‘रिजिड्ता’ देखिएको छैन । जुन पार्टीको लक्ष्य नै ठोस छैन, त्यस्ता दलका नेताबाट खासै अपेक्षा गर्न सकिने ठाउ“ रह“दैन । नाम परिवर्तनकै अर्को पछिल्लो उदाहरण बनेको छ, जयकृष्ण गोइतको नेतृत्वमा रहेको समूह । कम्युनिष्ट पृष्ठभूमिका उनी माओवादीमा रह“दा मधेसी राष्ट्रिय मुक्ति मोर्चाको नेतृत्व गरे । त्यहा“ विद्रोह गरेपछि छुट्टै राज्यको माग गर्दै ‘तराई जनतान्त्रिक मुक्ति मोर्चा’ को बनाए । पछि त्यसमा विभाजन आउन थालेपछि गोइतले आफ्नो संगठनको नाम परिवर्तन गरे । अनि राखे अखिल तराई मुक्ति मोर्चा । यसमा पनि अनेकौ गुट निस्किएपछि फेरी उनले आफ्नो संगठनको नाम पछिल्लो समय परिवर्तन गर्दै ‘तराई कम्युनिष्ट पार्टी (माओवादी) राखेका छन् । यसो गर्नुमा उनको तर्क छ, ‘संगठनको नाम बदनाम गर्न केही तत्व लागेकाले संशोधन गरिएको हो । ’ उनको यो भनाईमा जतिसुकै सत्यता भएपनि उनले पटक–पटक परिवर्तन गरेको संगठनको नामले गोइतको लचकतालाई प्रतिबिम्बित गर्छ । हालै संचारमाध्यमहरुमा सशस्त्र समूहसंगको वार्ताका क्रममा आनन्दप्रसाद ढुंगानाको यो भनाई ‘ गोइतले पनि एकिकृत नेपालमै बढी स्वायत्ततासहितको संघ चाहेको स्वीकार गरे’ ले सकारात्मक सन्देश संचार गरेको छ । नाम परिवर्तनप्रति जनताको खासै चासो नरहेपनि नेतृत्वको काम गराईलाई भने मतदाताहरुले नजिकैबाट हेरिरहेका हुन्छन् । त्यसैको परिणाम वर्षौसम्म सत्तामा रहेका मधेसी नेताहरु दोस्रो संविधानसभा निर्वाचनमा जनताबाट थलिए, गलिए ।
पार्टी वा संगठनकै नाम परिवर्तनकै चर्चा गर्दा हाल विजयकुमार गच्छदारको नेतृत्वमा रहेको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) मा यसका लागि फेरी बहस थालिएको छ । यो पार्टीभित्र पहिले पनि यसबारे गम्भिर बहस भइसकेको छ । पछिल्लो समय भने आफूलाई गैरमधेसी भन्नेहरुले एकसुत्रिय अभियानका साथ पार्टीको नाम परिवर्तनलाई अगाडि बढाएको केही ‘कोर मधेसी’ नेताको आरोप छ । पार्टीको राजनीतिक समितिको हालै भएको वैठकमा थारु, आदिवासी÷जनजाति, मुसलमान र दलित नेताहरुले दलको नाम फेर्नुपर्ने प्रस्ताव गरे । राजनीतिक समिति सदस्य एवं थारु नेता लक्ष्मण थारुले खुलेरै नाम परिवर्तनको प्रस्ताव गरिसकेका छन् । उनले ‘जातीय पार्टीको उपादेयता सकिएको’ भन्दै पार्टीको नाम ‘राष्ट्रिय लोकतान्त्रिक फोरम’ प्रस्ताव गरे । थारुको दाबी सही हो भने केही महिनापछि  मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) इतिहासमा समेटिनेवाला छ । किनभने लोकतान्त्रिक फोरमका बहुसंख्यक सदस्यहरु पार्टीको नाम फेर्नुपर्ने पक्षमा रहेको दाबी गर्नेहरु पार्टीको राजनीतिक समितिमा प्रशस्तै निस्किएका छन् ।
लक्ष्मण थारुको यो भनाई ‘दोस्रो संविधानसभाको परिणामबाट जात विशेष र क्षेत्रीय पार्टी दिगो हुन नसक्ने संकेत मिलेकाले जतिसक्दो छिटो राष्ट्रिय पार्टी बनाएर अघि बढ्नुपर्ने’ लाई धेरैले अर्थपूर्ण रुपमा लिएका छन् । नाम फेर्नेमा कोर मधेसी सभासदहरु छैनन् । पार्टी स्रोतहरु भन्छन्, ‘ रामजनम चौधरी, जनक चौधरी, योगेन्द्र चौधरी, सुवोध पोखरेल, बाबुराम पोखरेल र गीता राणाहरु पार्टीको नाम फेर्नुपर्नेमा दबाब दिएका छन् ।’ आफूलाई मधेसी भन्नेहरुले भने यो प्रस्ताव कुनै पनि हालतमा स्वीकार्न नसकिने अडानमा छन् । यसले पार्टीभित्रै रस्साकस्सीको स्थिति छ । खासगरि पार्टीका वरिष्ठ नेता रामेश्वरराय यादव नाम परिवर्तन नगर्ने पक्षमा अग्रपंक्तिमा देखिएका छन् । उनले मधेस आन्दोलनबाटै जन्मिएको पार्टी भएकाले तत्काल पार्टीको नाम फेर्न नहुने तर्क गर्छन् । उनले नामबारे विवाद भए ‘महाधिवेशन’ सम्म पर्खनु पर्ने सुझाब समेत बैठकमा दिए । उनको भनाइ थियो, ‘मधेस आन्दोलनको भावनामा प्रतिकूल असर पर्नेगरी नया“ कदम चाल्नु ठीक होइन ।’ यादवको यो अडानपछि पार्टी नेता रामजनम चौधरीले राजनीतिक समितिको वैठकमा पार्टीको नाम फेर्ने प्रस्ताव आए पनि महाधिवेशनबाटै टुङ्गो लगाउनुपर्ने भन्दै बीचको मार्ग अख्तियार गरेका छन् । गच्छदारको फोरम लोकतान्त्रिकमा थारु ३५, मुस्लिम १५, आदिवासीजनजाति २० प्रतिशत र बा“कीमा मधेसी समुदाय र केही पहाडी ब्राम्हण÷क्षेत्री छन् । हुन त नाम परिवर्तनको चर्चा दोस्रो चुनावअघि पनि भएको थियो । तर, नाम बदलेर निर्वाचनमा जा“दा जनतामा नकारात्मक सन्देश जाने भन्दै त्यो बससबाट पार्टी पछाडि हटेको थियो । निर्वाचन आयोगको सूची अनुसार हाल फोरम लोकतान्त्रिकका १४ सभासद् छन् । अध्यक्ष गच्छदारसहित ६ थारु, एक मुसलमान, ३ पहाडी ब्राम्हण÷क्षेत्री, दुई तराई ब्राम्हण, एक दलित र एक मारवाडी छन् । सप्तरीका जितेन्द्र देवलाई पार्टीले मधेसीको कोटाबाट नपारेपछि उनले आफूलाई कहिले दलित कहिले आदिवास भन्दै सभासद पड्काएका थिए । मधेस केन्द्रित दलहरुमा पार्टीको नाम परिवर्तनको शृंखला लोकतान्त्रिक फोरममा मात्रै सीमित हुने स्थिति छैन , अन्यमा पनि चर्को दबाब परिरहेको बुझिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि यो दबाब एकाएक बढेको राजनीतिककर्मीहरु बताउ“छन् ।  2071/05/16



मोदी के भ्रमण : सफल कि असफल


Dinesh Yadav
–दिनेश यादव
---------------
पडोसी भारतक प्रधानमन्त्री नरेन्द्र मोदी केँ किछु दिन पहिल सम्पन्न नेपाल भ्रमण केँ सम्बन्ध मे बहुत बेसी टिक्काटिप्पपणी भ चुकल अए आ अखनो जारीए अछि । खास ककेँ नेपाली मिडिया में बहुत बढिचढि के विचार प्रवाह, विवेचना, चर्चा÷परिचर्चा, आलोचना आ गन्थन÷मन्थन भेल । इ सब एना के आएल जे नेपालक मिडिया के काज या उद्देश्य मात्र नरेन्द्र मोदी के स्तुतिगान मात्र छैक । संचार माध्यम सभ मे परसल गेल सामग्री सँ नेपालक पाठक केँ मोन ओकिया गेल रहए, बोर–बोर सेहो भँ गेल छल । तेँ नरेन्द्र मोदी (नमो) केँ जए ढंगे कभरेज भेल, ओ उचित छल या नए, सेँ बात महत्वपूणर््ा आ पैघ मात्र नए, अनुशन्धानक विषय सेहो बनबाक चाही । किएक त नमो के बोली नेपाल केँ राज्यसत्ता संचालन कएनिहार सभहक बोली सेहो रहए । बेर–बेर ओ गोर्खाली के चर्चा अपन संबोधन मे केलैत । जे एतह के शासक सभहक हिया जोडए बाला बात अछि । तहिना भारत के अमूक मिडिया से बारम्बार उचालक गेल गौतम बुद्ध के जन्म स्थल कँे बारे मेँ नमो के टिप्पणी नेपाली शासक सभ के मन्त्रमुग्ध करए वाला दोसर अस्त्र रहए । मुद्दा हमर माटी÷पानी सँ जुडल कोनो धरोहर के कियो अपन होबाक दाबी करता , जकर कोनो प्रमाण ओकरा पास नए छैक, मात्र चर्चा के विषय रहल अछि , ओही विषय मेँ पक्षपाति भए आनक टिप्पणी अस्वीकार्य होएत अछि । अहा के कान मे सोन अछि , कि इ अहा के छि से बात दोसर के कह परतै ? बुद्ध त हमर सोनित सँ जुडल विभूति छथि, देश÷विदेश में बुद्ध केँ जन्मभूमि नेपाल थिक से इतिहास मे स्वर्ण अक्षर मे लिखा चुकल अछि । एही विषय के पक्ष मे नमो बजला त कोन अनहेर आ चमत्कार भ गेल ? मुद्दा एतके बुद्धिजीवि आ संकिर्ण मानसिकता बाला लोक सभ एकरा बड पैघ विषय बनौलक । हमर सोनित के दोसर लोक के कह पडतै कि इ अहा के छि ? इ एकटा विचित्र सवाल अछि । नमो महासय जे सत्य थीक ओहे बोलला तेँ एही सँ कोनो पहाड नए खसि पडल । एही विषय मे मिडियाकर्मी आ नेपाली भाषी सभ के चिचिएबाक कारण नए छल ।  एही सँ एहा पुष्टि होएत अछि जे नेपालक नेता, सभासद, जनता, मिडिया सभ के सभ भेडिया धसान मे लागल अछि । दोस बात, नेपाल सार्वभौमसत्ता देश अछि, एही विषय मे आन देशक नेता के बजबाक बात कोनो आश्चर्य जनक नए छैक । आश्चर्य जनक त इ बात भेल जे नमो कहलतै जे नेपाल सार्वभौम राष्ट्र छि , सभासद सँ मन्त्री धरि सभ के सभ ताली टेबुल थोकता आ ताली पिटता  । इ त एकता अनहेर बात से हो भेल । नेपाल सार्वभौम त ऐछे , अहिँ मे ककरो किछु बजबाक जरुरत नए । नमो के अधिकांश बोली राज्य संचालक सभ के खुश करैवाला मात्र रहए । ओ नेपाली भाषा मेँ अपन बात राखि ओकरा खुशि केलक, बाँकी ओही मे किछु लैस नए रहए । मुद्दा दु सप्ताह धरि नमोमय रहल एतह के मिडिया, चौक चोरहा, बजार आ गाम । अधिकांश में जय–जयनामा आ जय–जयकार कएल गेल । एकर दोसर कारण जीतबहादुर सेहों बनल । मिडिया मे अप्पन प्रभाव आ प्रचार कँ कोना के आगा बढाओल जाए से जानकारी नमो के निक जका रहए । तेँ ओ जीतबहादुर के एकटा टुल्स के रुप मेँ प्रयोग कएलक । आ सफल से हो भेल । ओकर परिवार सँ भेटघाट एही मे महत्वपूर्ण भूमिका निर्वाह केलक ।
नमो के संविधानसभा मेँ संवोधन के प्रसंग के बहुत अर्थ रखैत अछि , ओह बहुते बात ‘डिप्लोमेटिक’ ढंग सँ राखवा मेँ सफल सेहो भेल । मधेश के उच्चारण नए ककेँ पहाड आ तराई मे मात्र सीमित रहला सँ एतह के खस नेपाली भाषी (एकल भाषी संस्कार आ संस्कृति के प्रचार मे लागल लोक) के मोन आनन्दित करबाक हेतु मसाला बनल । मधेसिया केँ शत्रु सभ के आर कि चाही ? मुद्दा नमो के द्विअर्थी सम्बोधन के एहाटा अर्थ नए छल आ नए भ सकएत अछि । एकर एहो अर्थ रहए जे ओ एतह के शासक वर्ग के चिढेबाक पक्ष मेँ किमार्थ नए रहए, तें ओ अपन शालिन भाषा मे कहलैथि जे पहाड आ तराई के जोडबाक चाही । एतैहु ओ फुलक गप्प सेहो राखि देलैथ । संविधान निर्माण मे ‘कोमा’ तक के निर्णय आपसी सम्झदारी मे होबाक चाही से बात ओ खुलि के कहलैत । हुनकर ई भनाई ‘एक तीर सँ दुई सिकार’ करबाक सोच सँ ओतप्रोत रहए ।  ओहीँ मे ओ थपि केँ बजला जे बगैचाक सब फूलक सुगन्धक सम्मान होबाक चाही । कोनो देशक भूगोल (बगैचा) मे रहनिहार सबके महत्व केँ बुझि के अगा बढबाक बात से हो बैज के गेला ।
गोर्खाली समुदाय स“ लगाव 
गोर्खाली समुदाय स“ नमो के लगाब के बहुत अर्थ निकालल जा सकैत अए । भारतक स्वतन्त्रता संग्राम के सफलता के“ बाद ओतह के नेता सब कहियौं पडोसी देशक उपेक्षित, पीडित, शोषित, दमित वर्ग, क्षेत्र, समुदाय आ सम्प्रदाय के पक्ष में रहल हेता से इतिहास नए अए । श्रीलंका एकर एकटा निक उदाहरण मात्र भ सकैत अछि । नेपाल, म्यान्मार, बंगलादेश, पाकिस्तान,अपगानिस्तान, भूटान एक अपबाद नए भ सकैत अए । जहाधरि भारतीय सरकारक बात नेपाल के सन्दर्भ मे अछि, ओ सब दिन नेपालक शासक वर्ग के करीब रहल आ ओकरे सभ के हित मे काम करैत आबि रहल अए । चाहे ओ ब्युरोक्रेट स्तर स होए आ दिल्ली के नेता स्तर स । एकडा पुष्टि करबाक लेल बहुत दुर नए जाए पडत, दूताबास के छात्रबृत्ति मे भारत मे“ पढैवाला अधिकांश विद्यार्थी के“ नेमलिस्ट जौ देखल जाए त, ओ सब दिन शासक वर्ग आ शक्तिशाली के मात्र सहयोग करैत आबि रहल अछि, से पुष्टि होएत । खास कके“ नेपालक एक जाति विशेष के भारत बड बेसी प्राथमिकता मे“ रखने अछि । अर्थात्, ब्युरोक्रेट्स स्तर से ऊपर आ राजनीतिक शक्ति केन्द्र स“ बाहर भारत कहियौं निकलि नए सकल अछि । इ एकटा तित यथार्थ थिक । नेपाल मे“ सब स पीडित समुदाय मधेसी अछि, मधेस आ मधेसी के नाम पर भारत सब दिन अपन बार्गेनिङ पावर बढबैति आबि रहल अछि । किछ चम्चा नेता सभ के कारण समग्र मधेस आ मधेसी सभ दिन पाछा रहल । ते“ गोर्खाली सभ के भारतीय प्रधानमन्त्री मोदी बहादुर देखैत, मुद्दा स्वतन्त्रता संग्राम मे भारतक सेनानी सब के सहयोग कएनिहार सभ सँ बेसी मधेसीया लोकनि छल, ओ नमो के ह्दय मे नए अटा सकल, इ पैघ दुखद बात अछि । ते“ नमो के सम्बोधन पूर्ण नए रहल से कही सकैत छि । जौ स्वतन्त्र भारत बनेबाक कालखण्ड मे मधेसीया के योगदान के ओ उच्च मुल्यांकन नए केलक त, मधेसी लोक सभ के एही बात स सिख लेबाक चाही । भारत मे सेहो गोर्खाली अए, आ गोर्खा रेजिमेन्ट इतिहास काल से ओतए अछि । भारतक महत्वपूर्ण मन्त्री आ मन्त्रालय स ल के सम्वेदनशिल क्षेत्र के शान्तिसुरक्षा के जिम्मेवारी गोर्खाली के सुम्पन गेल अछि । एहन स्थिति मे ओ कोनाक विपक्ष मे जा सकैत अए । ते“ नमो कहलैत जे ओ समग्र देश के सम्बोधन कएलक, एतह इ बात बुझनाए अति आवश्यक अछि जे इ मुलुक गोर्खालीएटा के नए थिक, सय सँ बेसी जाति÷समुदाय के सेहो थिक ।
धर्मनिरपेक्षताके बहस 
अपना के विश्व के सार्वाधिक लोकतान्त्रिक देश दाबा कएनिहार धर्मनिरपेक्ष भारत के प्रधानमन्त्री नमो तिर्थाटन मे माहिर अछि । ते“ ओ नेपालक आराध्य देव पशुपतिनाथ मन्दिर मे उधार दर्शन नए केलक, करोडौ मूल्य के चन्दन भेटी चढा के गेल । भेटी ओइ देश मे चढौलक जतह संविधान मे धर्मनिरपेक्ष राष्ट्र के घोषणा होबाक तयारी भँ रहल अछि, अन्तरिम संविधान मे ओ शब्द लिखा चुकल अछि । विश्व के“ एक मात्र हिन्दु राष्ट्र के रुप मे विगत मे परिचित रहल नेपाल मेँ फेर सँ ओकर गन्ध आबए लागल, नमो के भ्रमण के बाद । ओना, हिन्दू अतिवादी नारा दए के प्रधानमन्त्री बनल मोदी धर्मनिरपेक्षता भर्सेस धर्म के लडाई मे ओ जीत हासिल कएलक । विकास स पैघ धर्म होएत अछि, से सन्देश प्रवाह कएनिहार नमो बिहार मे नितिश कुमार के विकास मोडेल के से हो चुनौति देलक आ हुनक पार्टी ओतए अपन बर्चस्प कायम कएबाक सफल भेल अछि । धर्मवाद, जातिवाद, सम्प्रदायबाद दीर्घकालिन राजनीतिक एजेण्डा नए भ सकैत अछि । तेँ नमो के धर्मबाद के जन्मगुँटी बड बेसी दिन नए टिक सकैत अछि । गुजरात मे दंगाफसाद मच्चेनिहार नमो के सफलता के बहुतो कारण मे एकटा अछि ओ असल वक्ता अछि आ जन–जन के बोली बोलबाक लेल माहिर अए, ते“ ओ चुनाव जित गेल । राजनीति नारा आ भाषण स“ नए चलएत अछि । विकास के पथ मे“ राजनीति के आबैटा पडै छए । धर्मनिरपेक्ष देश के नेता धर्मनिरपेक्ष मुलुक मे“ जाके धार्मिक क्षेत्र मे जौ सहयोग करैत अए त ओ गम्भिर विषय थिक । एतह के मिडिया एही बात के कतौह नए उठौलक । इ एकटा गम्भिर त्रुटि भेल अछि, एतह के मिडिया सँ ।
भाषण मे सीमित तराई 
नमो के भ्रमण स बहुत दिन पहिने ओ तराई भूभाग मे अवस्थित जनकपुर आ लुम्बिनी के भ्रमण कर्ता से प्रचार मे छल । मुद्दा अन्तिम क्षण मे यी दु स्थल के भ्रमण रद्द भेल । रद्द के कारण सुरक्षा के बताओल गेल । नेपाल के तराई भूभाग में ७० प्रतिशत स बेसी सुरक्षाकर्मी गोर्खाली समुदाय के अछि , जए समुदाय के नमो बेर–बेर बहादुर कही चुकल अछि , मुद्दा ओइ बहादुर पर हुनकर विश्वास नए रहल बात भ्रमण रद्द भेला स पुष्टि भ चुकल अए । अर्थात नमो दोधार के बात कहलति,से प्रमाणित होएत अछि । समग्र नेपाल के बात करैवाला नमो के सुरक्षा के कारण किएक मधेस जाए सँ रोकल गेल ? आजु इ एकट यक्ष प्रश्न अछि । जे बहादुर के प्रशंसा के पुल बधिनिहार अपने नए गेल आ हुनका रोकल गेल से अखनौधरि स्पष्ट नए भ सकल अछि । मुद्दा सुरक्षा थ्रेट के कारण ओ तराई मधेस मे नए गेला से विश्वास योग्य बात नए अछि । जनकपुर आ लुम्बिनी त भारत स परापुर्व काल स जुडल अछि । जौ नमो के कनिको जानकारी रहितिए त ओ जरुर ओतए के भ्रमण मे जाएत । नए गेल इ जनकपुर आ लुम्बिनी के प्रति आस्था रखनिहार तमाम सरोकार पक्ष के अपमान से हो थिक । जब इ मुद्दा जोरसोर स उठल त आब नमो के सहयोगी सभ कहि रहल अछि जे अगामी सार्क सम्मेलन के दौरान ओ ओइ क्षेत्रक भ्रमण करत । एकर प्रचार अखने स शुरु भ चुकल अछि । स्रोत के अनुसार नेपाल मे भारतीय दुताबास के सहयोग मे नमो के तराई के ओइ क्षेत्रक भ्रमणक योजना बनेबाक लेल समिति काज क रहल अछि । ओ समिति जौ सिफारिस कर्ता तबे नमो मधेस क्षेत्र मे जेता से बात समाचार माध्यम मे आबि रहल अछि । अर्थात अखनो निश्चित नए भेल अछि , नमो के भ्रमण तराई क्षेत्र मे । एकर अर्थ अछि जे ओ तराई मधेस के ओतेक प्राथमिकता मे नए रखने अछि ।
मधेसी के साथ एक ढिक्के भेट 
नमो नेपाल के नेता सब के एक एक क के भेटल छल । मुद्दा मधेसी नेता के एक ढिक्के भेटलाह । इ जानि जानि के या नए जानि जानि के केलक ओ से त नही कही सकैत छि मुद्दा इ निक सन्देश संचार केलक । मधेसिया के पहिचान के लेल इ बड पैघ विषय अछि । ओ मधेसवादी नेता आ प्रमुख तीन दलक के मधेसी नेता के एकठे भेटला अहि स इ सन्देश गेल जे मधेसी नेपाल मे एकता शक्ति अछि । भेट मे ओ कहलैत जे मधेसी सब के एक ढिक्का होमे पडत । इ महत्वपूर्ण बात थिक ।
सन्धि सम्झौता
भ्रमण के समय सन्धि सम्झौता के बात से हो जोड तोड से उठल । मुद्दा सर्वसाधारण के लेल ओइ सन्धि सम्झौता के कोनो अर्थ नए अछि । सीमा क्षेत्र मे सहज अवागम, दैनिक उपभोग्य बस्तु के आपूर्ति , रोजगारी सर्वसाधारण के इन्ट्रेस्ट के विषय अछि । कोशी , गन्धकी सम्झौता बहुत पहिने भेल मुद्दा जनता त अखनो धरि असुविधा मे अछि । तेँ सीमा क्षेत्र मे मधेसी जनता के अवागम सहज हुए ओए दिश ध्यान देबाक चाही , भारु रुपैया के सरल उपलब्धता महत्वपूर्ण विषय अछि , एकरा सुगम बनेबाक दिश नमो के नेतृत्व मे रहल सरकार के ध्यान दिए पडत ।  ( Apan Mithila, 2071 Badhau 09 )