| Dinesh Yadav |
- दिनेश यादव(Dinesh Yadav) ____________
एउटै पार्टी हुदा त मिलेर बस्न नसक्ने नेताहरु धेरै दलहरुबीचको मोर्चाबन्दी दीर्घकालिन चल्न सक्छ भन्ने ठोकुवा कसैले गर्न सक्ने अवस्था छैन । त्यसमा पनि स्वार्थ अनुरुप बनाइएको मोर्चा त गर्भमा रहेको शिशु जस्तै हो, जुन कुनैपनि बेला तुहिन सक्छ । हाल मधेसमा अलौकिक पाराको मोर्चाबन्दी भएका छन् ।
राजनीतिमा मोर्चा, गठबन्धन, सहकार्य र एकीकरण प्रक्रियालाई सामान्य मानिन्छ । दलहरुले आ–आफ्ना एजेण्डालाई स्थापित गराउन ‘लाइक माइन्डेड’ विचार भएकासंग यी चार ‘टुल्स’ समय– समयमा उपयोगमा ल्याउने गरेका हुन्छन् । अझ सय भन्दा बढी भाषाभाषी र जाति÷जनजातिको बसोबास रहेको मुलुकमा यो अनौठो घटना हुनै सक्तैन । त्यसमा पनि झण्डै सयको हाराहारीमा दल रहेको देशमा पार्टीहरु शक्तिशाली बन्नका लागि यी टुल्सहरु व्यवहारमा ल्याउनु स्वभाविकै हुन्छन् । तर, पछिल्लो समय नेपालमा दलहरुबीच भएका मोर्चाबन्दीले धेरै प्रश्नहरु तेर्सिएका छन् । खासगरि मधेसको राजनीतिमा मधेसी दलहरुबीच भएका गठबन्धन वा मोर्चाबन्दीले धेरैलाई आश्चर्यमा पारेको छ । पहिले एउटै पार्टी अहिले फरक–फरक दलका अध्यक्ष बनेर मोर्चाबन्दी गरिनुले ती दलहरुको हैसियत सजिलै थाहा हुन्छ । कुनै बेला पानी बाराबारको अवस्थामा पुगेकाहरु एकाएक एउटै टेबुलमा बस्ने गरेका छन् । यसलाई धेरैले ‘बहु के“ मारल आ जुवा के हारल, कियोह ककरो नए कहैत छैक’(श्रीमतिबाट पीडित र जुवामा हारेका व्यक्तिले आफ्नो पीडा कसैलाई सुनाउदैनन) भन्ने मैथिली उखान चरितार्थ भएको प्रतिक्रिया दिन्छन् । संगै रहदा सत्तालोभमा फुट्ने, टुट्ने अनि त्यसको भोग गर्न नपाएपछि मोर्चाबन्दी गर्ने वा एक हुने मधेसी नेताहरुको चरित्र, नियत, मानसिकता, दरिद्रताबाट जनताहरु दिक्क र वाक्क छन् । मधेसमा ती दलका कार्यकर्ताहरु बाहेक कसैले पनि आ–आफ्ना नेता र पार्टीहरुलाई राम्रो मान्दैनन, ठान्दैनन् । नेता शब्द उच्चारण गर्ने बित्तिकै सिधै अश्लिल गालीगलौजमा जनताहरु उत्रने गरेका छन् । यो एउटा दुर्भाग्यबाहेक अरु केही हुनै सक्तैन ।
एउटै पार्टी हु“दा त मिलेर बस्न नसक्ने नेताहरु धेरै दलहरुबीचको मोर्चाबन्दी दीर्घकालिन चल्न सक्छ भन्ने ठोकुवा कसैले गर्न सक्ने अवस्था छैन । त्यसमा पनि स्वार्थ अनुरुप बनाइएको मोर्चा त गर्भमा रहेको शिशु जस्तै हो, जुन कुनैपनि बेला तुहिन सक्छ । हाल मधेसमा अलौकिक पाराको मोर्चाबन्दी भएका छन् । सद्भावनाबाट अलग भएका हुन या फोरमबाट अलक भएका नेताहरु नै हुन, अहिले संगै बस्ने र हिड्ने गरेका छन् । फरक–फरक ध्रुबका नेताहरु, जो एक अर्काको अस्तित्व समेत स्विकार गर्ने मनस्थितिमा छैनन्, एकाकार देखिएका छन् । यस प्रकारको एकाकारप्रति जन–जनको विश्वास भने पटक्कै छैन । हाल एमाओवादी नेतृत्वको ३० दलीय मोर्चा र छ मधेसकेन्द्रित दलबीचको मोर्चा बढी चर्चामा छ । यी दुई या अन्य यस्तै साना दलहरुबीचको ठूलो मोर्चा बनाएर प्रतिपक्ष सडक तताउनमा जुटेका छन् । एउटै दल काफी भएको अवस्थामा ३० दलीय मोर्चा बन्नुले नै ती पार्टीहरुको हैसियत थाहा हुन्छ । यी अंकगणितीय हिसाब मात्रै हुन । यस्तै गणितको खेलमा एउटा भ्रष्ट र अर्को क्रान्तिकारी मधेसी नेताबीच हालै मोर्चाबन्दी भएको छ । जयप्रकाश गुप्ता र मातृका यादवबीच मोर्चाबन्दी हुनुलाई धेरैले अर्थपूर्ण रुपमा लिएका छन् । फोरमबाहेक एक मधेस स्वायत्त प्रदेशको मुद्दा छाडिसकेको अवस्था छ । तर, पछिल्लो समय एकल नेतृत्वमा रहेका सरिता गिरी, अमर यादव, मातृका यादव, जयप्रकाशलगायतका नेताहरु त्यही मागलाई एकाकार गर्दै अघि बढेका छन् । सबैले सडक तताउ“ने भनिरहेका छन् । जनताले साथ दिन्छ/दि“दैन, त्यसको पर्वाह नगरिकनै शृंखलाबद्ध चेतावनीहरु ती नेताहरुबाट आउन थालेका छन् । मधेसका एक जना नेताले ‘नेपालमा विभेद कायम रहे, सबै मधेसीहरु सिके राउत बन्न सक्छन’ भन्नुले उनीहरुको शक्तिलाई सजिलै ठम्याउन सकिन्छ । पहिले जयकृष्ण गोइत र ज्वाला सिंहको नाममा चेतावनी र फरमान जारी गर्थे , अहिले राउतको शैली अप्नाउने घुर्कि देखाउन थालेका छन् । राजनीति घुर्कि र चेतावनीबाट चल्दैन, खासगरि अमेरिकामा ९/११ को आतंकबादी आक्रमपणपछि विश्वपरिवेश परिवर्तन भएको अवस्था छ । केही दिनअघि मात्रै फ्रान्सको पेरिस आक्रमणमा १२ जना मारिएको घटनाविरुद्ध विश्व एकजूट भएको छ । उक्त आक्रमणको भत्र्सना गर्न पेरिसको चोकमा मात्रै ३० लाख र गल्लीहरुमा १६ लाख मानिसको मानवसागरनै ऊर्लिनुबाट चेतावनी दिने नेताहरुले पाठ सिकेकै हुनुपर्छ । हिंसाको आडमा प्राप्त अधिकार धेरै दिनसम्म टिक्दैन । इजिप्टको मुस्लिम ब्रदरहुडका मोर्सीलाई पछिल्लो उदाहरणका रुपमा लिन सकिन्छ । हो, अधिकार प्राप्तिका लागि संघर्ष चाही जरुरी हुन्छ, तर, शान्तिपूर्ण नै हुनुपर्छ । धाक, धम्की र चेतावनीले कसैको हित गर्दैन । जनतालाई कन्भिन्समा लिदै अघि बढ्नुको विकल्प छैन । जनताहरु कच्चा माटा हुन । नेता जसलाई कुम्हाले भन्न सकिन्छ, उसले आफ्नो सोच अनुरुप उनीहरुलाई बनाउन सकिन्छ । बिचारको लडाईलाई कसैले जित्न सक्तैन, फेरी विचार र सिद्धान्तको राजनीति सबैभन्दा ठूलो हतियार पनि हो । यो हतियारलाई मधेसी नेतृत्वले प्रयोगमा ल्याउन सक्नुपर्छ ।
अर्को कुरो, नेताहरु आफ्नो धरातल विर्सदै गएका छन् । जनताको दुःख÷सुखलाई आफ्नो नठान्ने कसरी नेता भए ? तराई–मधेसमा शितलहर जारी रहेको बेला कुनै पनि मधेसी दलका नेताले निमुखा, निवस्त्र्र, गाउ“ले मधेसीजनको पक्षमा एक शब्दसम्म बोल्ने साहस गरेनन, उद्धार सामग्री वितरण त धेरै परका कुरा भयो । गरिबीकै कारण मधेसमा कुपोषणको सिकार हुनेहरुको संख्या दिनप्रति दिन बढ्दो छ । सिंचाईको बन्दोबस्त छैन, समयमा मल पनि पाइदैन । २५ वर्ष भइसक्दा पनि हुलाकी सडक बन्न सकेको छैन । शिक्षाको स्तर दिनानुदिन खस्कदै गएको छ । एमाओवादी नेता रामरिझन यादवका अनुसार मधेसमा आठ पढेकाले आफ्नो नाम शुद्ध लेख्न सक्तैनन् । ‘शिक्षामा ठूलो लगानी छ तर गरिबका बालबालिकाहरु राम्रो शिक्षाबाट बञ्चित छन’ यादव भन्छन्, ‘निर्धर अभिभावकहरुले त भन्न थालिसकेका छन कि अर्धशिक्षा भन्दा विद्यालय नपढाउनु नै जाति छ, कससे कम बालबालिकाले घरको काममा त सघाउछन् । ’ यो कति दर्दनाक अवस्था हो । उनी अधिकार प्राप्तिका लागि राजनीतिक दलहरुमा मोर्चाबन्दी हुनुलाई स्वभाविकै ठान्छन् । भन्छन्, ‘यहा“का शासक वर्ग र त्यसका पृष्ठपोषकहरुको संकिर्ण मानसिकता नहटेसम्म मधेसीले लाइकमाइन्डेड शक्तिसंग मोर्चाबन्दी गर्नुपर्छ । ’ एक जना वरिष्ठ पत्रकार सुकेश्वर पाठकले मधेसी नेताहरुकै कारण त्यस क्षेत्रका जनताले बढी दुःख पाएको बताउ“छन् । ‘मधेसी दलहरुमा देखिएको अप्राकृतिक मोर्चाबन्दी जनताको हितमा भन्दा पनि सत्ताको पहू“च बढाउनका लागि जस्तो छ ’ उनी भन्छन्, ‘ सत्तामा पुगेका बेला मात लाग्छ, हटेपछि नशा टुट्छ अनि शक्ति संचयतिर नानाधरिका कुरा गर्दै हिड्छन् । ’ लामो समय पत्रकारिता गरेर राजनीतिमा लागेका र अहिले आफू पढाइतिर लागेको बनाउने अनिलकुमार कर्णको अनुहारमा निराशा स्पष्ट देखिन्छ । उनी राजनीतिको कुरै गर्न चाहदैनन् । भन्छन्, ‘ म त पढाईतिर सक्रिय भएको छु , बरु यसले मेरो भविष्यलाई राम्रो बनाउनेछ ।’
मधेसी दलहरुको राजनीतिक गतिविधिमा कार्यकर्ताहरु कम जान थालेको विश्लेषकहरु बताउ“छन् । ‘एक जना अमुक नेताले के भन्यो त्यसको पछाडि अमुक पार्टीका केन्द्रिय पदाधिकारीहरु नै सडकमा उत्रेको देखियो ’ उनीहरु भन्छन्, ‘विरोध कार्यक्रमहरु त पार्टीमा विद्यार्थी र युवाहरुको नेतृत्वमा हुन्थे, अहिले त पुतला दहनमा पनि अमुक मधेसी पार्टीका केन्द्रिय नेतृत्वनै निस्किए । ’ धेरैले भन्छन ः एमाओवादीसंग मधेसी दल नमिलेको भए र मोर्चाबन्दी नगरेको भए शायद ती पार्टीहरुलाई कसैले पुछ्दैनन थिए होलान । यो भनाईमा केही हदसम्म सत्यता पनि देखिन्छ । पार्टीको गतिविधिमा युवाहरु आउनै छाडेका छन, झन जनता आउने त कुरै भएन । सबैलाई अमेरिकी बैज्ञानिकको अभियानले तानेको अवस्था छ । सार्थक राजनीतिका लागि मोर्चाबन्दी हुनु सकारात्मक हो तर स्वार्थमा गरिने कुनैपनि मोर्चा देश र जनताका लागि आत्मघाती ठहरिन्छ ।
(यो आलेख कान्तिपुर खाडी संस्करणका लागि २०७१ पुस २८ गते लेखिएको थियो । )










