Monday, 8 September 2014

मधेसी एनजीओकर्मीको विरोध



राजधानीमा सोमबार आयोजित एक अन्तक्र्रियाका सहभागीहरूले तराईमधेसका नाममा क्रियाशिल केही एनजीओ÷आइएनजिओकर्मीहरूको कडा विरोध गरेपछि कार्यक्रम विना निष्कर्ष टुङ्गिएको संधै पद अवसरका खोजीमा रहेका मधेसीहरुलाई अब वहिष्कार गरेर अघि बढ्नु पर्ने आबाज सहभागीहरुले चर्को रुपमा उठाए मधेसको राजनीतिक मुद्दा बारे केही बुद्धिजीविहरूको उपस्थितिमा मधेसी युवासंग छलफल गर्ने उद्देश्यले गरिएको उक्त कार्यक्रममा संचालक सहभागीबीच आरोपप्रत्यारोप चलेपछि सहभागीहरु जिल्लिएका थिए संघियता, शासकीय स्वरुप, मधेसीको पहिचान लगायतका विषयमा वक्ताहरूले आफ्नो धारणा राखेपनि आरोपप्रत्यारोपका कारण विना निस्कर्ष कार्यक्रम टुङ्गिएको एक सहभागीले बताए कार्यक्रमका प्रमुख अतिथिहरुमा लेखक खगेन्द्र संग्रौला, उज्वल प्रसाईं, ज्ञानु अधिकारी थिए लेखक संग्रौलाले आफ्नो भनाई माओवादी पार्टीको विरोधमा केन्द्रित राखेका थिए संचारकर्मी अधिकारीले भने मधेसीको भोगाईहरु आफ्नो अनुभवसहित पस्केका थिए लेखक प्रसाईंले निर्धारित समयमा संविधान बन्ने बताउदै त्यसपछि आउने शक्ति झनै शक्तिशाली भएर आउने दाबी गरे कार्यक्रमका संचालक पूर्व राजदूत विजयकान्त कर्णले मधेसी मुद्दा भन्दा पनि प्रमुख वक्ताका रुपमा बोलाइएकाहरुको प्रशंसामै आफ्नो शब्द खर्चेका थिए नागरिकता प्रकरणदेखि  मधेस आन्दोलनका समयमा मधेस अलायन्स खोलेर एकाएक चर्चामा आएका कर्ण रातारात मधेसीकै नाममा राजदूत बने उनले मधेस आन्दोलनका बेला आन्दोलनका पीडितको सहयोगका लागि बैंकमा खाता खोलेपछि चर्को विरोध भएको थियो राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले आपसी विवादलाई थाती राखी सबै मिलेर जानुपर्ने बताए मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक) का युवा नेता कपलेश्वर यादवले युवाहरु नेताका पछि नलागी मधेसी जनताको हकअधिकारको पक्षमा अग्रसर हुदै आन्दोलन चर्काउनु पर्नेमा जोड दिए युवा नेता जेपी यादवले पनि तत्काल आन्दोलनको विकल्प नरहेको बताए भनाई राख्ने क्रममा एक पत्रकारले मधेसका दलित, अल्पसंख्य, शोषित, पीडित, सीमान्तकृतलगायतको मुद्दा उठाउन मधेसी बुद्धिजीवि, एनजीओकर्मीहरु चुकेको बताएपछि संचालकमध्येका एक तुलानारायण साहले त्यसलाई कुन्ठित अभिव्यक्ति भनेपछि विवाद चुलिएको थियो उनले भनेका थिए, ‘आफूलाई ठूलो मिडियामा काम गर्ने बताउने संचारकर्मीले मधेसीको बारेमा एउटा पनि लेख प्रकाशित गर्न नसक्नु तर मधेसीहरुको कार्यक्रमलाई आफ्नो कुन्ठा अभिव्यक्त गर्ने माध्यम बनाउनु दुर्भाग्य हो आफूलाई मधेसीको बुद्धिजीवि बनाउने साहको भनाईलाई ती संचारकर्मीले प्रतिवाद गर्दै भने, ‘भारतको विरोध गर्ने, शासकवर्गको चाप्लुसी गर्ने, भ्रष्टाचारीहरुको पृष्ठपोशक बन्ने, आफूले नेतृत्व गरेको संस्थामा आफ्नै स्वजातिका मानिसलाई बढी अवसर दिने, संस्थाको अधिकांश पुस्तकको सम्पादनको जिम्मा गैरमधेसीहरुलाई दिनेहरुबाट मधेस मधेसीले केही पाउन सक्तैन ती संचारकर्मीले साह आफै प्रमुख रहेको संस्थाबाट प्रकाशित मधेस जर्नलमा छापिएको अनुशन्धानात्मक लेख हेर्न , गुगलमा समेत सर्च गर्न उनलाई आग्रह गरेका थिए अन्तरपार्टी मधेसी युवा संजाल जागुत नेपाल आयोजक रहेको कार्यक्रममा जागुत नेपालका विजयकान्त कर्ण, मधेस फाउन्डेसन नेपालका तुलानारायण साहलगायत विभिन्न दलका युवा नेता संचारकर्मीहरुको उपस्थिति थियो         

No comments:

Post a Comment