Monday, 1 September 2014

मधेसका 5 जिल्लामा सर्वाधिक निरक्षर


कान्तिपुर पब्लिेकेसन्सको प्रकासन ‘दि काठमाडौं पोस्ट’ र गोरखापत्रमा २०७१ भदौ १६ गते प्रकासित समाचार अनुसार मुलुककै प्रभावशाली नेताहरुले नेतृत्व गर्ने तराई–मधेसका पा“च जिल्ला सर्लाही, महोत्तरी, धुनषा, रौटहट र सिरहामा नेपालकै सबैभन्दा बढी निरक्षण छ । यी जिल्लाहरुबाट पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, झलनाथ खनाल र माधवकुमार नेपालले प्रतिनिधित्व गरिरहेका छन् । मधेशकेन्द्रित दलका सर्वाधिक अध्यक्षहरुको समेत गृह जिल्ला यिनै पा“च हुन् । अझ नेपाली कांग्रेसका विमलेन्द्र निधी, चित्रलेखा यादव, प्रभूनारायण चौधरी, प्रदिप गिरीलगायतका नेताहरुले प्रतिनिधित्व गर्छन् ः– 
१=मधेसकेन्द्रित दलका तीन केन्द्रिय अध्यक्षहरु ( तराई–मधेस लोकतान्त्रिक पार्टीका महन्थ ठाकुर, सद्भावना पार्टीका राजेन्द्र महतो, तराई–मधेस सद्भावना पार्टीका महेन्द्रराय यादव) र एमालेका पूर्व अध्यक्ष एवं प्रधानमन्त्री झलनाथ खनाल सभासदमा निर्वाचित सर्लाही जिल्लामा नेपालकै सबैभन्दा बढी निरक्षर छन् । अझ आफूलाई ‘नेताहरुकै नेता’ भएको दाबी गर्ने नेपाली कांग्रेसका सभासद एवं साउथ ब्लकका विश्वासपात्र अमरेश सिंह पनि त्यहींका हुन । तर त्यहा“ एक लाख ६५हजार ८ जना निरक्षर छन् ।

२=एमाओवादीका प्रभावशाली नेता गिरिराजमणि पोखरेल र राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिं भण्डारीको गृहजिल्ला महोत्तरी १ लाख ६३ हजार ७ सय ८९ जनासहित बढी निरक्षर हुने दोस्रो जिल्ला हो । 

३= कांग्रेसका प्रभावशाली नेताहरु आनन्दप्रसाद ढुंगाना र विमलेन्द्र निधि, एमाओवादीका रामचन्द्र झालगायतकको गृहजिल्ला धनुषा १ लाख ४८ हजार ७ सय २७ जनासहित निरक्षण बढी हुने तेस्रो जिल्ला हो । 
४= एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, एमाओवादीका मधेस क्षेत्रका प्रभावशाली नेता प्रभु साह, संघिय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झालगायतको गृहजिल्ला रौटहट १ लाख २३ हजार ६ सय ९८ जनासहित बढी निरक्षर हुने चौथो जिल्ला हो । 

५=एमाओवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री तथा सभासद पुष्पकमल दाहाल , एमाओवादीकै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईका प्रेस सल्लाहकार रामरिझन यादव, नेता महेन्द्र पासमान, नेपाली कांग्रेसका केन्द्रिय कोषाध्यक्ष तथा शिक्षामन्त्री चित्रलेखा यादव, प्रदिप गिरी, प्रभूनारायण चौधरी, मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवलगायतको गृहजिल्ला सिरहा एक लाख २ हजार ४७ जनासहित नेपालकै बढी निरक्षर भएको जिल्लामा पांचौ स्थानमा छ ।  न् 

No comments:

Post a Comment