निरंकुश राणाशासनविरुद्धको आन्दोलन होस् या पहिलो जनआन्दोलन र त्यसको पुरक रुपमा भएको दोस्रो जनआन्दोलन र त्यसपछि भएको मधेस जनविद्रोहमा नेताहरुले युवाहरुको सहयोग, समर्थन र साथ पाए । तर सत्ताको खेलमा नेताहरु चुर्लुम्म डुबेपछि केही टाठाबाठा युवाजन बाहेक अधिकांश बेरोजगारीको सिकार भए या आफ्नो श्रम सस्तोमा बेच्न विदेशिए । नेताहरुको स्वार्थले युवाजगतले अधोगति बेहोरेको एउटा तीतो यथार्थ नै हो । नेपालमा आन्दोलनको सफलताको कुरो गर्ने हो भने विद्यार्थी नेताहरुको भूमिका सराहनीय र प्रशंसनीय छ ।
दिनेश यादव -
युवाहरुमा राजनीतिक चेतनाको विकाससंगै उनीहरुलाई थप परिष्कृत गर्न जरुरी छ । हाल युवाहरु राजनीतिक दलका नेताहरुको भ¥याङ, गुलाम र ‘युज व्याट्री’ मात्रै बनेकाले मुलुकको अवस्था विकट र संकटग्रस्त बनेको हो । दलगत राजनीति होस् या विद्यार्थी राजनीति दुवैको दशालाई सुक्ष्म विश्लेषण गर्ने हो भने उनीहरुको भूमिका सन्तोषजनक छैन, फलस्वरुप मुलुकको राजनीतिक दशा र दिशा डाँमाडोल अवस्थामा पुगेको छ । अपवादलाई छाडि दिने हो भने केही युवाहरु अहिले षयन्त्रकारीहरूको झुण्डमा परिणत भएका छन् । उनीहरु सत्ता र शासनको सुख पाउन आफू संलग्न दलका नेताहरुको ताबेदारी र गुलामी गर्न अभ्यस्थ हुँदै गएका छन्, भएका छन् । त्यसैले त कुनैपनि किसिमको कुटिल कुचक्र रच्ने राजनीतिक दलका आफ्ना नेताहरुको खुलेर विरोध गर्न उनीहरु सकिरहेका छैनन्, तयार देखिदैनन् । आफ्नो बलबुत्तामा राजनीति गर्नु पर्नेमा अमुक नेताको इसारामा चल्दा स्थिति भयावह बनेको हो ।एकजना विद्वानले एक स्थानमा लेखेका छन्– राजनीतिको साकारात्मक पक्ष ः राजनीतिमा कोही सत्रु हुँदैन भने नाकारात्मक पक्ष ः राजनीतिमा कोही मित्र हुँदैनन् । फेरी किन युवा अमुक नेताको पिछलग्गु बनेर बस्ने ? राजनीतिक दलको विधान र सिद्धान्त मान्नु पर्ने कुरो आफ्नै ठाउँमा छ । तर गलतलाई गलत भन्न नसक्नु युवाजनको लाचारी र निरिहताबाहेक अरु केही हुनै सक्तैन ।
नेपालका अधिकांश राजनीतिक दलको नेतृत्वमा पुगेकाहरु पचास–साठी प्लस उमेरका छन् । उनीहरुको सही नेतृत्व अभावमा पार्टी मात्रै होइन देश र समाजले सही दिशा लिन सकिरहेको छैन । खासगरि प्रमुख भनिएका तीन राजनीतिक दल तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको नेतृत्व बृद्ध नेताहरुले गरिरहेका छन् । ‘ओल्ड इज गोल्ड’ भनाई केही हदसम्म सही हुन सक्ला । तर पटक–पटकको अक्षमताले उनीहरु अब ‘गोल्ड’ रहेन भन्ने पुष्टि भइसकेको छ । मुलुकमा यी ‘पाका’ नेताहरुलाई जनताले बारम्बार साथ दिए तर उनीहरुबाट आमजनताले धोका बाहेक अरु केही नपाएको गुनासो धेरैको छ । कहिले प्रजातन्त्र त कहिले लोकतन्त्रका नाममा उनीहरुकै नेतृत्वमा भएको आन्दोलनहरुमा जनताले साथ दिएकै हुन्, सफलता पनि प्राप्त भएकै हो । तर ती आन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई असक्षम, बुढा नेतृत्वबाट हुनै सकेन । खासगरि युवा जमातको असीम सक्रियतामा नेपालमा पटक–पटक आन्दोलनले सफलता पाएकै हो । निरंकुश राणाशासनविरुद्धको आन्दोलन होस् या पहिलो जनआन्दोलन र त्यसको पुरक रुपमा भएको दोस्रो जनआन्दोलन र त्यसपछि भएको मधेस जनविद्रोहमा नेताहरुले युवाहरुको सहयोग, समर्थन र साथ पाए । तर सत्ताको खेलमा नेताहरु चुर्लुम्म डुबेपछि केही टाठाबाठा युवाजन बाहेक अधिकांश बेरोजगारीको सिकार भए या आफ्नो श्रम सस्तोमा बेच्न विदेशिए । नेताहरुको स्वार्थले युवाजगतले अधोगति बेहोरेको एउटा तीतो यथार्थ नै हो । नेपालमा आन्दोलनको सफलताको कुरो गर्ने हो भने विद्यार्थी नेताहरुको भूमिका सराहनीय र प्रशंसनीय छ । तर नेताहरुबाट शुरुभएको पद लोलुपता र सत्ता केन्द्रित राजनीतिले युवा, विद्यार्थीहरुको त्यो भूमिकालाई अवमूल्यन गरेको भान सर्वत्र परेको छ , र त्यो क्रम अझै जारी छ । यहाँका राजनीतिक दलको केन्द्रिय पदाधिकारीहरुको सूची हेर्ने हो भने युवाहरुलाई नेतृत्वदायी भूमिकामा नेताहरुले कमै पु¥याएका छन् । पुगेकाहरु पनि आफ्नै समक्षमता र संघर्षले पुगेका हुन् । गगन थापा, रविन्द्र अधिकारी, लेखनाथ पौडेल, मनिस सुमन, सन्तोष मेहतालगायत केही अपवाद बाहेक युवाजन अझैपनि पार्टीको निर्णायक तहमा छैनन् । अझ उनीहरु फरक धारका रुपमा मात्रै पार्टीभित्र देखिएका छन् । यस्तो अवस्थाले मुलुकलाई प्रगतितर्फ कसरी दो¥याउन सक्छ ? फेरी यी युवाहरु पनि पार्टीभन्दा माथि उठ्नै सकेका छैनन् ।
मधेसी दलहरुमा भने सद्भावना पार्टीबाहेक अन्य पार्टीको केन्द्रिय पदाधिकारीहरुको सूची हेर्ने हो भने युवाहरुको उपस्थिति नगन्य मात्रै छ । युवाहरुलाई ती दलहरुले भातृसंगठनको पदाधिकारी बाहेक माथि उठ्नै दिएका छैनन् । तमलोपामा जितेन्द्र सोनार, फोरम नेपालमा अभिशेषप्रताप साहबाहेकका युवालाई नेतृत्व पंक्तिले सही अवसर दिएकै छैनन् । तर सरकारविरोधी आन्दोलनमा युवाहरुलाई परिचालन गर्न यी दलहरु सँधै अग्रपंक्तिमा रहने गरेका छन् । सद्भावनामा मनिस सुमनलाई महासचिव र सन्तोष मेहतालाई प्रवक्तामा र अन्य केही युवाहरुलाई केन्द्रिय समितिमा ल्याएर पार्टीले उदाहरणीय काम गरेको छ । तर त्यहाँ ‘एक व्यक्ति एक नेतृत्व र एक निर्णय’ को अवस्था रहेको गुनासो पार्टीकै कार्यकर्ताबाट हुँदै आएको छ । अन्य दलमा पनि यो अवस्था थोर बहुत देखिन्छ । तमलोपाको स्थापनाकाल देखि पार्टीको विद्यार्थी संगठनमा नेतृत्वदायी र सशक्त भूमिका निर्वाह गर्दै आएका सुरेशकुमार मण्डल, फोरम नेपालका अशोक यादव, लोकतान्त्रिक फोरमका कपलेश्वर यादवलगायतका युवा विद्यार्थीहरुको भूमिका पार्टीमा निर्णायक अझै बन्न नसकेको स्थिति छ । मधेसी आन्दोलनबाटै स्थापित अनिलकुमार झाको भूमिकाले धेरै युवाहरुलाई निराश बनाएको छ । पार्टी भित्रै रहेर गर्नुपर्ने काम आफ्नो व्यक्तिगत महात्वाकांक्षाले छुट्टै दल गठन गरी मन्त्री बन्न त सफल भए तर उनको ‘इमेज’ तराई मधेसमा ‘स्वार्थी’ युवा नेताका रुपमा दर्ता भएको धेरैको भनाई छ । मधेस केन्द्रित अन्य दलमा पनि युवाहरु भातृसंगठन बाहेक कार्यसमितिमा छैनन् । अहिले केही पार्टीले तराईका सशस्त्र समूहमा लागेका युवाहरुलाई आफ्नो दलमा भित्राउने भग्मग्दुर कसरत गरिरहेका छन्, केहीले भित्रयाइनै सकेका छन् । तर ती युवाहरुको राजनीतिक दलमा संलग्नतालाई धेरैले ‘संका’ को घेरामा राखेका छन् । राजनीतिक दलहरुले सक्षम र योग्य युवालाई नेतृत्वमा ल्याएर उचित सम्मान गरे देश र मधेसको भविष्य उज्जवल हुन सक्छ । मंसिर ४ मा संविधान सभाको अर्को चुनावको घोषणा भएको छ । राजनीतिक दलहरुले बढी भन्दा बढी युवाहरुलाई उम्मेदवारी दिन लगाएर विजयी बनाई पार्टी जीवनलाई क्रियाशिल बनाउनु पर्छ । होइन भने , देश र मधेस फेरी दशकौ पछाडि धकेलिनेछ ।
तर, युवाहरु पनि आ–आफ्नो पार्टीको नेतृत्वपंक्तिको विश्वास चाही जित्नैपर्छ । किनभने उनीहरुले विगतमा प्रदर्शन गरेका गतिविधि÷क्रियाकलापबाट आम जनता राजनीतिको सामान्य अर्थ समेत विर्सन थालिसकेका छन् । जन–जीवनमा राजनीतिको षडयन्त्र, कुटिलता, धूर्तता, चालबाजी, धोखाधडीको पर्याय बनेका नेताहरु भन्दा माथि उठेको आफूहरुलाई उनीहरुले प्रमाणित गरेर देखाउँनै पर्छ । यदि उनीहरुले यसो नगरे यो देश र समाजका लागि दुर्भाग्य हुनेछ । भनिन्छ, राजनीति राष्ट्रिय र अन्तर्राष्टिय सम्बन्धहरुलाई सुचारु र सुगम बनाउने प्रणाली हो । यसको आफ्नै मूल्य र नीतिहरु छन् , जुन सर्वजन हिताय र सर्वजन सुखायको उच्च आदर्शहरुबाट ओत–प्रोत हुन्छ । यिनै आदर्शहरुबाट प्रेरित भएर विश्वमा ठूलठूला परिवर्तन गर्न युवाहरुको महत्वपूर्ण भूमिका रहेको इतिहास साक्षी छ । हाम्रै मुलुकमा पनि विगतमा भएका जनआन्दोलनहरु र मधेस जनविद्रोहमा युवाहरुको महत्वपूर्ण योगदान रहेको कसैले पनि विर्सनु हुँदैन । जनआन्दोलनको सफलतापछि युवाहरुको भूमिका निस्क्रिय झै बनेको अवस्था छ । उनीहरु राजनीतिलाई व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्न उन्मुख देखिएका छन् , यो भन्दा अरु दुखद के हुन सक्छ ?
संवेदना र साहसको सघनतामा युवा शक्ति प्रज्जलित हुने गर्छ । भनिन्छ, जहाँ भाव छछलकिन्छ्, साहसको उदय हुन्छ र बुझ्नु पर्छ यौवनको मशाल दनदनी ज्वालामा परिवर्तनका लागि आतुर छ, तत्पर छ । विपरीतताले युवाहरुलाई प्रेरित गर्नु पर्ने हो, विषमताहरुबाट उनीहरुमा उत्साह थपिनु पर्ने हो तर त्यस्तो हुन नसक्नु दुखद हो । फेरी समस्याहरुको संवेदनशिलताले नयाँ ऊर्जाको संचार पनि त गर्छ नि । तर युवाहरु समस्याबाट भाग्ने, वाक्क दिक्क भई बाटो विराउने गरेको उदाहरणपनि धेरै छन् ।
शरिरीक महाबल, प्रतिभाको पराकाष्ठा, आत्माको परम तिव्रता र सबैभन्दा ठूलो कुरो महान उद्देश्यहरुका लागि आफूलाई समर्पित गर्ने बलिदानी साहसबाट युवा शक्तिले संधै असम्भवलाई सम्भव बनाएका छन् । उनीहरुको एक हुंकारबाट साम्राज्य मुठीमा सीमित भएका छन्, राज सिंहासन संकुचित बनेका छन् र नयाँ व्यवस्थाहरुको नवोदय भएका छन् । यति ऊर्जाशिल अवस्था हुँदाहुँदै मुलुक र समाजमा वेथितिहरु बढ्नुले त्यसको भागिदारी युवाहरु पनि कमवेशी छन्, हुन्छन् । वास्तवमा यौवन भनेको देवी महाशक्तिको वरदान हो । त्यसैले युवाहरुले आफ्नो ऊर्जाशिल समय देश निर्माणमा लगाउँनै पर्ने हुन्छ । उनीहरु सकारात्मक सोचका साथ अघि बढ्नै पर्छ ।
अर्को कुरो , संकटको ऐतिहासिक चुनौतिहरुको सामना समय–समयमा युवा शौर्यबाटै हुँदै आएको छ । जब–जब राष्ट्र र विश्व मानवतामाथि संकटको कालो बादल छाएको छ, युवाशौर्य प्रचण्ड अग्नी बनेर त्यसलाई छिन्न भिन्न गरेकै छन् । वैदिक इतिहासका कथाहरु होस या उपनिषदहरुका भनाईहरु, यही कुरालाई पुष्टि गर्छ । युवाहरुले विर्सनु हुँदैन, जनक्रान्तिको नेतृत्व गर्ने ऋषि वामदेव र सामश्रवा युवा नै थिए । त्यस्तै, सदाचारहरु, सत्संस्कारहरुलाई जन–जनसम्म पु–याउन सत्काम र सुकेशाले आफ्नो यौवनको सबै सुखलाई प्रसन्नतापूर्वक त्याग गरेका थिए । दस्युहरुबाट आक्रान्त आर्य संस्कृतिको रक्षा गर्ने महर्षि अगस्त्य युवानै थिए । उनले आफ्नो शौर्यबाट विध्यागिरीलाई झुक्न वाध्य पारेका थिए । यति मात्रै होइन, रावणको महाआतंकको चक्रव्यूह रचनालाई नष्ट गर्न श्रीरामले आफ्नो अभियानको प्राराम्भ युवावस्थामै गरेका थिए । उनले आफ्नो उक्त महाभियानलाई जन–अभियानको रुप दिएका थिए, जसमा कोल–किराँत, शबर, निषादलगायतका जनजातिका असख्य युवायुवतिहरु निस्वार्थ हाम फालेका थिए । यसैगरि आफ्ना अत्याचारी एवं शोषण प्रिय पिता सम्राट हिरण्यकश्पुलाई चुनौति दिने प्रह्लाल किशोर नै थिए । कुटिल–कुकर्मी कंशको विरोधमा जन–अभियान रचाउने कृष्ण–बलराम पनि किशोर नै थिए । त्यसैले यी उदाहरणबाट प्रेरणा लिँदै देश र मधेसका युवाहरु अघि बढे मुलुक र समाजमा विद्यमान सबैखाले विकृति र विसंगतिको अन्त्य निश्चित छ । पार्टी नेतृत्वले पनि जौहरी बनेर डायमण्डको खोजीमा तत्परता देखाउनु पर्छ । अगामी संविधानसभाको निर्वाचनमा सबै दलले बढी भन्दा बढी युवा जमातलाई उम्मेदवारी दिन लगाएर मुलुकको समाजिक, आर्थिक, सांस्कृतिक, शेक्षिकलगायतका रुपान्तरमा सहयोग पु¥याउनु पर्छ । मुलुकमा विद्यमान गतिरोधको अन्त्य गर्न युवाहरुको नेतृत्व बाहेक अरु कसैले सक्तैन । राजनीतिमै सेताम्य कपाल बनाएका नेतृत्वहरुले अब चाहीँ अभिभावकको भूमिका बढी निर्वाह गर्नुपर्छ, नेतृत्वको जिम्मा युवा पंक्तिलाई दिए सर्वोत्तम हुनेछ । देश÷विदेशमा धेरै युवाजन मुलुककै नेतृत् वगर्ने हैसियतमा छन्, हाम्रो मुलुकमा पनि त्यस्ता धेरै युवाहरु छन् । त्यसैले सबै राजनीतिक दलले आफूबाट यो सकारात्मक कदमको शुरुवात गरेर देखाउनु पर्छ ।
No comments:
Post a Comment