Wednesday, 9 October 2024
उपराष्ट्रपति यादवले सर्वसाधारणलाई टिका लगाइ दिने
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूबाट विजया दशमीको अवसरमा २०८१ असोज २६ गते शनिबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा इच्छुक महानुभावहरूलाई टीका-प्रसाद प्रदान गर्नु हुने भएको छ । उपराष्ट्रपतिका स्वकीय प्रेस संयोजक दिनेश यादवद्वारा हस्ताक्षरित प्रेस नोटमार्फत् उक्त जानकारी दिइएको हो । उपराष्ट्रपति यादवले इच्छुक सम्माननीय र माननीयदेखि संवैधानिक अंगका पदाधिकारी र सर्वसाधारण सम्मलाई बडादशैंको दिन असोज २६ गते शनिबार अपरान्ह २ बजेर ३० मिनेट देखि ४बजे सम्म लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा टिका-प्रसाद प्रदान गर्नु हुने तालिका निजी सचिवालयले जारी गरेको छ ।
Subscribe to:
Post Comments (Atom)

Happy Dashain
ReplyDeleteयसपाली उपराष्ट्रपतिज्यूसंग टिका लगाउने भइयो । •माया श्रेष्ठ ,माकलबारी
ReplyDelete