Saturday, 30 September 2023
स्वस्थ्य मुटुका लागि शारीरिक क्रियाकलाप बढाऔं : उपराष्ट्रपति
सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विकसित मुलुकहरुमा मुटु रोगको प्रकोप बढ्दै गएको अवस्थामा पछिल्लो समय नेपाललगायतका विकासोन्मुख देशमा पनि यसको जोखिम बढेकोमा हामी सबै स्वस्थ्य मुटुका लागि शारीरिक क्रियाकलाप बढाउँदै स्वास्थ्यप्रति सचेत र सावधान हुन आवश्यक रहेको बताउनु भएको छ ।
ललितपुरमा ‘हर्ट टू हर्ट सेन्टर’ विश्व मुटु दिवस, २०८० को अवसरमा आयोजित जनचेतना तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो ।
उहाँले ‘युज हर्ट फर इभ्री हर्ट’ (प्रत्येक मुटुका लागि मुटुको प्रयोग गरौं) भन्ने मूल नाराका साथ यो वर्ष हामीले विश्व मुटु दिवस मनाईरहेको जनाउँदै भन्नुभयो, ‘यो नाराको मुख्य उद्देश्य मानिसहरुलाई आफ्नो सोच र कार्यलाई मानवता, प्रकृति र स्वयंको प्रगतिमा उपयोग गर्ने अवसर प्रदान गर्नु रहेको छ । यसको माध्यमबाट मुटुजन्य रोग (ह्रदयघात) का कारण हुने ठूलो मृत्युदर रोक्न सकिन्छ ।’
उपराष्ट्रपति यादवले विभिन्न मुलुकहरुमा मुटु रोगको व्यवस्थापनको लागि जनचेतना, सहयोग, हेरचार सेवा र समर्थन फरक–फरक रहेका बताउँदै नेपालसहित गरीब र विकासशील देशहरुमा मुटुको हेरचारका लागि आवश्यक पर्ने जागरुकता र जनचेतना कार्यक्रम तथा सेवा–सुविधाहरुमा जनसाधारणको अझै पनि प्रयाप्त पहूँच नभएको उल्लेख गर्नुभयो । ‘यी देशहरुमा ७५ प्रतिशत मृत्यु मुटु रोगकै कारण हुने गर्दछ, जसलाई जनचेतना कार्यक्रमको आयोजना र यसमा धेरै भन्दा धेरैलाई सहभागी गराएर सुधार गर्न सकिन्छ ’ उहाँले भन्नुभयो, ‘ह्रदयघातको प्रमुख कारणहरु मध्ये वायु प्रदुषण पनि एक हो । हरेक वर्ष २५ प्रतिशत मानिस यसका कारण ह्रदयघात भई मृत्युवरण गर्ने गरेका छन् । त्यसैले, वायु प्रदुषणसंग लड्न हामी सबैले स्वस्थ प्रकृति र स्वच्छ वातावरणका लागि आ–आफ्नो तर्फ र स्तरबाट योगदान गर्न सक्नु पर्दछ । ’
उपराष्ट्रपति यादवले तनाव र खराब जीवनशैली ह्रदयघातको जोखिमपूर्ण कारक हुन, जसलाई नियमित व्यायाम, व्यवस्थित दिनचर्या, राम्रो निद्रा र असल बानी तथा जीवनशैलीबाट न्युनीकरण गर्न सकिने बताउनु भयो । ‘हामीले आफ्नो मुटु स्वस्थ राख्न अप्नाइने रोकथामका उपायहरु ‘बडी मास इन्डेक्स’ लाई नियन्त्रणमा राख्ने, उच्च रक्तचाप र कोलेस्ट्रोलको उच्च स्तर (हाइपरलिपिडेमिया) मा नियमित नजर राख्दै अतिरिक्त सोडियमको खपत सीमित गर्न सक्नु पर्दछ’ उहाँले भन्नुभयो, ‘गतिहीन जीवनशैली परित्याग गर्दै शारीरिक क्रियाकलापमा संलग्न हुन पनि जरुरी छ । परामर्श र सचेतना कार्यक्रम मार्फत् मुटुको स्वास्थ्य अनुगमन गर्ने, स्वस्थ एवम् सन्तुलित आहार लिने, ‘ट्रान्स फ्याट’ एवम् ‘जंक फूड्स’ बाट टाढा रहने, धुम्रपान तथा मद्यपानको सेवन नगर्ने, तनाव व्यवस्थापन गर्ने तथा गुणस्तरीय निद्राका लागि प्रयाप्त अभ्यास गर्न पनि अति आवश्यक छ ।’
उहाँले जोखिम न्युनिकरणका लागि मुटु रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर, बुकलेट, पम्प्लेट तथा सञ्चार माध्याबाट आमजनताको जनचेतना अभिवृद्धि, मुटु रोग विशेषज्ञहरुको विभिन्न तहमा छलफल, गोष्ठी तथा सेमिनार सञ्चालनलगायत नयाँ रणनीतिका साथ अघि बढ्नुमा जोड दिनुभयो ।
उपराष्ट्रपति यादवले विश्व मुटु दिवसका अवसरमा सम्पूर्ण नेपालीको स्वस्थ्य मुटु र सु–स्वास्थ्यको कामना गदै संस्थाबाट कार्यक्रममा सम्मानीत हुने व्यक्तित्वहरुलाई बधाई दिँदै उहाँहरुको सुख, शान्ति, सुदीर्घ र सुस्वास्थ्यको कामना समेत गर्नु भएको थियो ।
News Links ::
https://accuratekhabar.com/?p=44500
https://sunaulonepal.com/content/262743/
https://newspolar.com/archives/203152
https://www.osnepal.com/456525
https://www.swasthyadarpannews.com/news/14605
https://nepalmarga.com/news/detail/39603/
https://www.nepaljapan.com/09/30/586715/
Wednesday, 20 September 2023
उपराष्ट्रपति यादवद्वारा संविधान दिवसको शुभकामना
उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
“सिङ्गो मुलुकको समृद्धि एवं दिगो विकासका लागि संविधान दिवस, २०८० को हार्दिक शुभकामना व्यक्त गर्दछु”, शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “हजारौँ नेपालीको बलिदान, योगदान आहुति, त्याग, तपस्या र जनताले चुनेका जनप्रतिनिधिमार्फत आठ वर्षअघि नेपालको संविधान, २०७२ आजकै दिन [असोज ३ गते] जारी भएको सम्झना र सम्मानमा मनाइने संविधान दिवस ९राष्ट्रिय दिवस० को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई हार्दिक बधाई दिँदै सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु ।”
उहाँले संविधानको अक्षर र भावनाले निर्दिष्ट गरेको समाजवादोन्मुख आर्थिक सामाजिक प्रणाली तथा गणतन्त्रात्मक सङ्घीयता, समावेशितालाई सबैले पालना गर्नुपर्ने बताउनुभएको छ । संविधान दिवसका अवसरमा उहाँले सङ्घीय प्रणालीलाई संस्थागत गर्दै प्रदेशलाई संविधान सम्मत अधिकार सम्पन्न बनाउन ध्यानाकर्षणसमेत गराउनुभएको छ ।
“सङ्घ, प्रदेश र स्थानीय तहलाई शक्ति र स्रोतको बाँडफाँटमा केही ढिलाइ भएकाले आगामी दिनमा सङ्घीय प्रणालीलाई संस्थागत गर्दै प्रदेशलाई संविधान सम्मत अधिकार सम्पन्न बनाउन अति आवश्यक र अपरिहार्य छ । यसप्रति सम्बन्धित सबैको ध्यानाकृष्ट हुने विश्वास लिएको छु”, सन्देशमा उहाँले उल्लेख गर्नुभएको छ ।
उपराष्ट्रपति यादवले वैदेशिक रोजगारीका लागि युवा बिदेसिने क्रम बढेकोप्रति चिन्ता प्रकट गर्दै स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्नका लागि सरोकारवाला सबैलाई आह्वान गर्नुभएको छ । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र आन्दोलन, मधेस जनविद्रोह, आदिवासी, जनजाति र विभिन्न जनसमुदायको अधिकार प्राप्तिको सङ्घर्षका क्रममा ज्यान गुमाउनुभएका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते र अङ्गभङ्ग भएकाप्रति सम्मानसमेत व्यक्त गर्नुभएको छ ।
सम्मानीय उपराष्ट्रपति रामसहाय प्रसाद यादव ज्यूले संविधान दिवस (राष्ट्रिय दिवस) २०८० को सुखद अवसरमा दिनुभएको शुभकामना सन्देशको पूर्ण पाठ-
हजारौं नेपालीको वलिदान, योगदान, आहूति, त्याग, तपस्या र जनताले चुनेका जनप्रतिनिधिमार्फत आठ वर्षअघि नेपालको
संविधान २०७२ आजकै दिन (असोज ३ गते) जारी भएको सम्झना र सम्मानमा मनाइने संविधान दिवस (राष्ट्रिय दिवस) को सुखद
उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइहरु तथा दिदीबहिनीहरुलाई हार्दिक बधाई दिँदै सुख, शान्ति र
समृद्धिको लागि शुभकामना व्यक्त गर्दछु ।
नेपालको संविधानको प्रस्तावना ‘हामी सार्वभौम सम्पन्न नेपाली जनता’ बाटै शुरु भएको छ । संविधानको आत्मा भनेको जनताको
प्रतिस्पर्धात्मक संघीय बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, वालिग
मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, निष्पक्ष र सक्षम न्यायपालिका, कानूनी राज्य, समाजवादप्रति प्रतिबद्ध रही
समृद्ध राष्ट्र निर्माण गर्ने हो ।
हाम्रो संविधानले मुलुकमा वर्षौदेखि अक्षुण्ण रहेको विविधता र एकतालाई संवोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन
व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संकल्प लिएको छ । प्रजातान्त्रिक
राजनीतिक व्यवस्था अपनाइएका मुलुकहरुमा संविधानलाई मुल कानूनको रुपमा मानिएको हुन्छ । संविधानसंग बाँझिने कानूनहरु
बाँझिएको हदसम्म अमान्य हुन्छन् ।
नेपालको संविधानले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई
अक्षुण्ण राख्दै जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्व–शासनको अधिकारलाई आत्मसात समेत गरेको छ । कानून बमोजिम
बाहेक कुनै पनि व्यक्तिलाई वैक्तिगत स्वतन्त्रताबाट वञ्चित गरिने छैन भने विषय मौलिक हकमै समावेश गर्नुले संवैधानिक
उच्चता र गरिमालाई दर्शाउँदछ ।
संवैधानिक अंग र निकायहरुको पदमा नियुक्ति गर्दा समावेशी सिद्धान्त बमोजिम गरिने संवैधानिक व्यवस्था हाम्रो संविधानको
मूल मर्मलाई किन्चित अवहेलना गरिनु हुन्न । संविधानको अक्षर र भावनाहरुले निर्दिष्ट गरेको समाजवाद उन्मुख
आर्थिक–सामाजिक प्रणाली तथा गणतन्त्रात्म लोकतान्त्रिक संघीयता, समावेशीता आदिलाई सबैले पालना गर्नु पर्दछ । संघ, प्रदेश र
स्थानीय तहलाई शक्ति र स्रोतको बाँडफाँडमा केही ढिलाईहरु भएकोले आगामी दिनमा संघीय प्रणालीलाई संस्थागत गर्दै प्रदेशलाई
संविधान सम्मत अधिकार सम्पन्न बनाउन अति आवश्यक र अपरिहार्य छ । यसप्रति सम्बन्धित सबैको ध्यान आकृष्ट हुने
विश्वास लिएको छु ।
तर,जनसांख्यिक लाभांशको रुपमा रहेका लाखौं कर्मशील युवाहरु श्रम स्वीकृति लिई वैदेशिक रोजगारीको लागि निरन्तररुपमा
विभिन्न मुलुकमा विदेशिनुले नेपाली नागरिकहरुले गरेको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा हुन कठिन
हुने भएकाले सम्बन्धीत सबैले यो विषयबारे गम्भिर चिन्तन र मनन गर्दै समस्या समाधान उन्मुख हुन जरुरी छ । संविधानको मर्म
र भावना अनुसार प्रत्येक नागरिकलाई स्वदेशमै रोगजारीको अवसर प्राप्त हुनेगरी काम गर्न सबैजना दत्तचित्त भै अघि बढ्नै पर्दछ ।
अन्तमा, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र आन्दोलन, मधेश
जनविद्रोह, आदिवासी, जनजाति र विभिन्न जनसमुदायको अधिकार प्राप्तिको संघर्षका क्रममा अमूल्य जीवन गुमाउनु भएका
सम्पूर्ण ज्ञात÷अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली, घाइते र अंगभंग भएकाहरुप्रति उच्च सम्मान एवं संघर्षका लागि पथ
प्रदर्शन गर्नु भएका सम्पूर्ण अग्रजहरुप्रति उच्च सम्मानसहित उच्च प्रशंसा व्यक्त गर्दै संविधानको कार्यान्वयनमार्फत नेपाली
आमजनको हित र सिंगो मुलुकको समृद्धि एवं दिगो विकासका लागि संविधान दिवस २०८० को हार्दिक शुभकामना व्यक्त गर्दछु ।
समाचारका सम्बन्धीत लिंकहरु https://gorkhapatraonline.com/news/78934 https://www.nepalpress.com/2023/09/20/376825/ https://onlineradionepal.gov.np/2023/09/20/427486.html https://www.sanghunews.com/content/75013 https://shilapatra.com/detail/121393 https://purwanchaldaily.com/176590/ https://newspolar.com/archives/200783 https://www.newsabhiyan.com.np/news-details.php?nid=307279 https://vpn.gov.np/message-details/65/16345334 https://barnanmedia.com/detail/1695165513-u-p0-23-09-20 https://nepaltvonline.com/2023/09/79654/
Monday, 18 September 2023
नेपाल र चीन घनिष्ठ मित्र र भरपर्दो विकास साझेदार : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपाल भ्रमणमा रहेको चीनको युनान प्रान्तको सीपीसीका स्थायी समिति सदस्य तथा प्रान्तीय प्रचार विभाग प्रमुख जेङ यानको नेतृत्वको टोलीले सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेको छ ।
उपराष्ट्रपतिले चिनियाँ टोलीको भ्रमण सुखद एवं फलदायी हुने विश्वास व्यक्त गर्दै भ्रमणको सफलताको शुभकामना समेत दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘यो भ्रमणले नेपाल र चीनबिच रहिआएको सौहार्दपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्नेछ सक्छ, नेपाल र चीन असल छिमेकी, घनिष्ठ मित्र एवं भरपर्दो विकास साझेदार रहिआएका छन् ।’’
उपराष्ट्रपति यादवले नेपाल र चीनबिचको सम्बन्ध शान्तिपूर्ण, सहअस्तित्वका पाँच सिद्धान्त, मित्रता, आपसी सहयोग एवं साझेदारी र एकअर्काको आधारभूत स्वार्थ, चासो तथा संवेदनशीलताको जगमा बलियोसँग उभिएको बताउनु भयो ।
‘‘मेरो विचारमा उच्चस्तरका भेटघाट, सम्पर्क तथा भ्रमणहरू हाम्रो सम्बन्धलाई थप मजबुत तथा प्रगाढ बनाउन र जनस्तरसम्म पुराउन महत्त्वपूर्ण रहने भएकाले आगामी दिनमा दुवै देशबिच भ्रमण आदानप्रदानलाई महत्वका साथ प्राथमिकता दिनुपर्दछ’’ उपराष्ट्रपतिले भन्नुभयो ।
उपराष्ट्रपति यादवले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको बताउनु भयो । उहाँले गत अगस्टमा चीन भ्रमणका क्रममा युनान प्रान्तबाट पाएको अतिथि सत्कारको उच्च प्रशंसा गर्दै युनानको कुनमिंगमा ७ औँ चाइना–साउथ एसिया एक्स्पोजिसन र २७ औ चाइना (कुनमिङ) इम्पोर्ट एण्ड एक्स्पोर्ट फेयर सफलतापूर्वक आयोजना गरेकोमा टोली समक्ष धन्यवाद व्यक्त गर्नुभयो ।
‘नेपालको कुल बाह्य व्यापारमध्ये चीनसँगको हिस्सा करिब १४ प्रतिशत रहेकोमा यसलाई वृद्धि गर्न सकिने सम्भावना धेरै छन् ’ उहाँले भन्नुभयो, ‘द्विपक्षीय व्यापारलाई दिगो र व्यापक बनाउन चिनियाँ पक्षलाई तुलनात्मक लाभका विभिन्न उत्पादनहरूमा उत्पादक क्षमता बढाउनुका साथै तरकारी, मासुजन्य उत्पादन, चिया र जडीबुटीजस्ता उत्पादनहरूको निकासी गर्न अनुरोध गर्दछु ।’
उपराष्ट्रपति यादवले सुमधुर द्विपक्षीय सम्बन्धका आयामहरूमध्ये जनस्तरको सम्बन्ध एउटा महत्त्वपूर्ण आयाम रहेकाले दुई देश बिचको सम्बन्ध जनस्तरमा अझै सुदृढ हुनेमा आफू विश्वस्त रहेको समेत बताउनु भयो ।
चिनियाँ भ्रमण टोलीका नेतृत्व गर्नु भएका जेङ यानले आफूहरूको यो भेटघाटबाट असाध्यै खुसी भएको जनाउँदै दुई देशीय सम्बन्धलाई थप प्रगाढ, सुदृढ र बलियो बनाउन आफ्नो स्तरबाट प्रयास गर्ने बताउनु भएको थियो ।(Gorkhapatra)
https://gorkhapatraonline.com/news/78784 https://www.drishtinews.com/archives/276557 https://www.ratopati.com/story/385446/ramasahaya-yadav-cpc-leader-meeting https://www.setokhabar.com/news/287597 https://sunrisekhabar.com/news-details/71171/mail-to https://www.risingnepaldaily.com/news/32592 https://ekantipur.com/news/2023/09/18/169503702549495560.html https://www.nepalkhabar.com/politics/178379-2023-9-18-19-50-46 https://onlineradionepal.gov.np/2023/09/18/427249.html https://www.reportersnepal.com/2023/09/855423 https://deshsanchar.com/2023/09/18/840404/ https://nepalpatra.com/politics/281784/ https://suryakhabar.com/2023/09/351762/ https://ehimalayatimes.com/2023/09/157792/ https://www.drishtinews.com/archives/276557 https://www.dcnepal.com/2023/09/514424/ https://www.prasashan.com/2023/09/18/472988/ https://nagariknews.nagariknetwork.com/politics/1297641-1695046937.html?click_from=category https://www.sanghunews.com/content/74925 https://www.drishtinews.com/archives/276557
उपराष्ट्रपति यादवद्वारा हरितालिका तीज, विश्वकर्मा पूजा, र चौरचनको शुभकामना
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले हरितालिका तीज, विश्वकर्मा पूजा र चौरचनको पावन अवसरमा स्वदेश र विदेशमा रहने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको सुख, शान्ति, समृद्धि, सुदीर्घ, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।
उपराष्ट्रपति यादवद्वारा हरितालिका तीज, विश्वकर्मा पूजा र चौरचनको उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देशको पूर्ण पाठ –
हरितालिका तीज, विश्वकर्मा पूजा र चौरचन (चकुचन) पर्वका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण
नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुदीर्घ र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय
शुभकामना व्यक्त गर्दछु ।
विविधतामा एकता हाम्रो मौलिक पहिचान हो । हामीले वर्षभरी नै विभिन्न चाडपर्वहरु धूमधामका साथ मनाउँदै
आएका छौ । हाम्रा सामाजिक मान्यता, परम्परा, रीतिरिवाज, र पूर्व संस्कारहरुको आधारमा मनाइने चाडपर्वहरुले
हाम्रो जीवनमा परिवर्तन र उल्लासको संचार गर्ने गर्दछ । जसरी प्रत्येक समुदाय, जाति र धर्मको आ–आफ्नै
मान्यताहरु छन्, त्यसरी नै चाडपर्वहरुको अनुष्ठान र विधिहरुमा स्थान र भूगोल अनुसार विविधता रहेको पाइन्छ ।
तर, यी सबैभित्र सामुहिकता, एकता, जातिय सहिष्णुता, भाइचारा र मेलमिलापको महत्वपूर्ण सन्देश र मूल भावहरु
निहित रहेका हुन्छन् । आपसमा उत्साह, उमङ्ग र खुशी साटासाट गर्दै आपसी वैमनस्यता, रिसराग, द्वेश, क्लेश,
हिंसा, हिनता र कलुषित मनोभाव हटाउनमा चाडपर्वहरुले सहयोग गर्नुका साथै सत्य, निष्ठा, निष्कपटता र
आत्मविश्वासको उच्च र श्रेष्ठ भावनाहरु व्यक्तिहरुमा संचार गर्न पनि सहयोग गर्दछ । सांस्कृतिक र सामाजिक
चेतनाको प्रतीकका रुपमा रहेका हाम्रा चाडपर्व र उत्सवहरु समाज र देशको कल्याण एवं सुख, शान्ति र
समृद्धिहरुको माध्यम पनि भएकाले यही महत्वपूर्ण उद्देश्य, ध्येय र मान्यताका साथ हामीले पर्वहरु मनाउनु पर्दछ
।
हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज हिन्दू महिलाहरुले अत्यन्तै हर्षोल्लास र आनन्दका
साथ मनाउने एउटा मौलिक र महान पर्व हो । विवाहित महिलाहरुले आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायू तथा
अविवाहिताहरुले सुयोग्य वर पाउने आकांक्षा र आस्थाका साथ तीजको व्रत बस्ने परम्परा छ । श्रद्धालु महिला तथा
दिदीबहिनीहरुले नेपाली मौलिकतालाई जीवन्त राख्ने संस्कार र संस्कृतिको परिधीभित्रै रहेर यो पर्व मनाउनु पर्दछ ।
यसरी मनाउँदा मात्र नेपाली जनजीवनको सामाजिक, धार्मिक र सांस्कृतिक पहिचान जर्गेना हुन सक्दछ ।
आधुनिकताको नाममा मौलिक संस्कृतिलाई ओझेलमा पार्ने र आर्थिक भार पर्ने गरी चाडवाड मनाउने विकृतिहरुलाई
हटाउँदै यो पर्वको सांस्कृतिक महत्वको जगेर्ना हामी सबैले गर्न अति आवश्यक छ ।
यसैगरी, प्रत्येक वर्षको कन्या संक्रान्तिका दिन विश्वकर्मा पूजा (विश्वकर्मा जयन्ती) कलकारखाना, पार्टपूर्जा,
यन्त्रहरुको पूजापाठ गर्दै अत्यन्तै भक्तिभाव, श्रद्धाभाव, आस्था र हर्षोल्लासका साथ मनाइन्छ । विश्वकर्मालाई
विश्वकै पहिलो वास्तुकार र इन्जिनियर भएको मानिन्छ । सम्पूर्ण सृष्टिमा सबै सृर्जनात्मक कर्मको मूल/स्रोत
भगवान विश्वकर्मा भएको मान्यता अनुसार उहाँको पूजा गरे प्रत्येक व्यक्तिलाई प्राकृतिक ऊर्जा प्राप्त हुने र काममा
आउने अवरोधहरु हट्ने जनविश्वास परापूर्वकालदेखि रही आएको छ । यो पर्वले सम्पूर्ण नेपाली नागरीकमा
सकारात्मकताको सन्देश संचार गरोस् । विश्वकर्मा पूजाका अवसरमा समाज र देशलाई नवनिर्माणको पथमा
लम्काउन सहयोग गर्ने सम्पूर्ण शिल्पीकार, रचनाकार र वास्तुकारलाई हार्दिक बधाई दिँदै सुख, वैभव एवं उत्तरोत्तर
प्रगतिको कामना गर्दछु ।
त्यस्तै, मधेशका जिल्लाहरुमा भदौ शुक्ल चौथीका दिन सूर्यास्तपछि आंगनीमा गाईको गोबरले लिपपोत गरी
बनाइएको चतुष्कोण यज्ञस्थलमा दीप प्रज्वलन गर्दै हिन्दू ब्रतालुले फलफूल र विभिन्न मौलिक परिकारसहित
आस्था र निष्ठापूर्वक चौरचन (चकुचन) पर्व मनाउने मौलिक प्रचलन रही आएको छ । गणेश चौंठीको नामले समेत
लोकप्रिय यो लोकपर्वमा दही, नरिवल, केरा, पुरी, खीर र मौसम अनुसारको फलफूल चन्द्रमालाई अघ्र्य दिएर यो
पूजाको अनुष्ठान सम्पन्न गरिन्छ । यो पर्वले मधेशमा धार्मिक सहिष्णुता, भाइचारा र मेलमिलापमा सघाउ पुर्याउने
विश्वास लिएको छु ।
अन्तमा, हाम्रा सबै चाडपर्व, त्यौहार र उत्सवहरु देशलाई एकताको सुत्रमा बाँध्दै राष्ट्रिय एकता, अखण्डता,
सार्वभौमसत्ता र राष्ट्रियतालाई बलियो बनाउने भएकाले हामी सबै एक आपसमा मिलिजुली यी पर्वहरु मनाऔं ।
सामाजिक, सांस्कृतिक, सहिष्णुता र एकताको प्रतीकका रुपमा मनाइने हरितालिका तीज, विश्वकर्मा पूजा एवं
चौरचन (चकुचन) को फेरी पनि मंगलमय शुभकामना व्यक्त गर्दछु ।
सम्बन्धीत समाचारका लिंकहरु :-
https://www.ratopati.com/story/385335/ramsahaya-yadav
https://nepalpatra.com/politics/281745/
https://www.nepalpress.com/2023/09/18/376134/
https://www.facebook.com/ramsahay2021/?locale=ro_RO&paipv=0&eav=AfbPEpHWi2z8gsZ9RPH5gGHOmBOa17Uwu4Ge8q7mzyJk30d-HxjEA0HJs2bdZlJfSE0&_rdr
https://www.prasashan.com/2023/09/18/472858/
https://gorkhapatraonline.com/news/78717
https://onlineradionepal.gov.np/2023/09/18/426936.html
https://tesroaakha.com/posts/18061
https://purwanchaldaily.com/176472/
https://corporatekhabar.com/yadav-11/
https://www.sunakharinews.com/182723/
https://www.dainiknepal.com/2023/09/649963.html
https://www.drishtinews.com/archives/276399
https://www.digitalkhabar.com/2023/09/18/151281/
https://www.deshkonews.com/archives/157363
https://nepalsamaj.com/2023/09/18/215168/
उपराष्ट्रपतिसँग साउदी अरबका राजदूतको भेट
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि साउदी अरबका राजदूत साद नासिर अब्दुल्लाह अबु हैमीदले आज शिष्टाचार भेट गरेका छन् । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको सो भेटमा उनीहरुबीच नेपाल र साउदी अरबबीचको सम्बन्धका विविध आयामबारे छलफल भएको थियो ।
भेटमा उपराष्ट्रपति यादवले आपसी हितका लागि द्विपक्षीय सहकार्य थप सुदृढ र विस्तार गर्ने प्रशस्त सम्भावना र अवसर रहेको बताए । उनले संयुक्त राष्ट्र सङ्घ तथा असंलग्न राष्ट्रहरुको समूहका सदस्य रहेका नेपाल र साउदी अरबले अन्तर्राष्ट्रिय मञ्चहरुमा साझा मामिलाहरुमा सहकार्य गर्दै आएकामा सन्तुष्टि व्यक्त गरे ।
“साउदी अरब नेपाली कामदारका लागि वैदेशिक रोजगारीको एक मुख्य गन्तव्य बनेको छ । करिब पाँच लाख नेपाली कामदार रहेको साउदी अरब ठूलो सङ्ख्यामा नेपाली रहेका विदेशी मुलुक मध्येको एक हो”, उपराष्ट्रपति यादवले भने, “नेपाली कामदारलाई ठूलो सङ्ख्यामा रोजगारीको अवसर उपलब्ध गराएकामा साउदी सरकारप्रति आभार व्यक्त गर्दछु ।”
उनले जलविद्युत्, पर्यटन, कृषि, पूर्वाधार, विकास, जडीबुटी औषधिजस्ता प्रचुर सम्भावनाका क्षेत्रमा नेपालले साउदी लगानीलाई सधैँ स्वागत गर्ने बताए । “नेपाल र साउदी अरबबीच सहकार्य गर्नका लागि पर्यटन एक सम्भावित क्षेत्र हुनसक्छ”, उनले भने, “नेपालको अनुकूल मौसमका कारण वर्षे बिदा मनाउन विदेश यात्रामा जाने साउदी पर्यटकका लागि नेपाल आकर्षक गन्तव्य हुने र प्रत्यक्ष हवाई सम्पर्कले त्यसमा ठूलो मद्दत पुग्ने देखिन्छ । यसका लागि पहल हुनु जरुरी छ ।”
सो अवसरमा राजदूत साद नासिरले आफ्नो मुलुकले नेपालको अर्थतन्त्रमा नेपालीलाई रोजगारी दिएर ठूलो सहयोग गरिरहेको बताए । उनले साउदी अरब नेपालको पर्यटनलगायत क्षेत्रमा सहयोग गर्न इच्छुक रहेकोसमेत बताएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।
सम्बन्धीत समाचारका लिंकहरु :-
https://www.ratopati.com/story/385314/bhetghat
https://newstoday.com.np/2023/09/17/48038
Friday, 15 September 2023
बालअधिकारको संरक्षण र प्रवर्द्र्धनमा दत्तचित्त भएर लाग्नुपर्नेमा उपराष्ट्रपतिको जोड
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देशको पूर्णपाठ –
नेपालले संयुक्त राष्ट्र संघीय बालअधिकारसम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनको स्मरण गर्दै मनाइने राष्ट्रिय बाल दिवस–२०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली बालबालिकामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
सन् १९९० सेप्टेम्बर १४ मा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको हो । हरेक वर्षको भदौं २९ गते बालबालिकाको विशेष दिनको रुपमा आत्मसात गरी मनाइने यो दिवस बाल अधिकारको क्षेत्रमा नेपालले जनाएको अन्तर्राष्ट्रिय प्रतिबद्धता पुरा गर्न थप अठोट लिने अवसर पनि हो । हरेक वर्ष विभिन्न नारासहित महत्वपूर्ण सन्देश दिने र बाल अधिकारको सान्दर्भिकता र उपादेयिताबारे सु–सुचित गराई बाल अधिकार संरक्षणका लागि यसले महत्पूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास लिएको छु । यो दिवसको यस वर्षको मूल नारा ‘बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी’ रहेकोमा यसको कार्यान्वयनमा हामी सबै प्रतिबद्ध भई अघि बढ्नु पर्दछ । तर, यो नारा र औपचारिकतामा मात्र सीमित नभई त्यसको कार्यान्वयनमा जोड दिन आवश्यक छ ।
संविधानमा भएको व्यवस्था अनुरुप बालबालिकाको शिक्षा, स्वास्थ्य, खेलकूद, मनोरञ्जन तथा व्यक्तित्व विकासका योजनाहरु अनिवार्य रुपमा तर्जूमा गरी लागु गर्नु पर्दछ । खासगरी, स्थानीय तहमा बाल क्लब तथा किशोर–किशोरी समूहका सृजनात्मक एवं व्यक्तित्व विकासका कार्यहरुलाई प्राथमिकतामा राख्नु पर्दछ । उनीहरुका लागि प्राविधिक शिक्षा तथा सीपमूलक प्रशिक्षणहरुको आयोजना गर्नु पर्दछ । बालश्रम, बालगृहमा अनधिकृत सिफारिस, बाल हिंसा तथा दुव्र्यवहार गर्ने र बालविवाहलाई संरक्षण र समर्थन गर्ने जस्ता गलत कार्यहरु समाजबाट निषेध गर्नु पर्दछ । सबै स्थानीय तहमा बालकोषको स्थापना गरी नेपाल सरकारले तय गरेका कार्यहरु सामाजिकरण सेवा, जोखिममा परेका बालबालिकालाई आपतकालीन राहत सेवा, स्वास्थ्य उपचार सहायता आदिमा जोड दिँदै बालअधिकारको संरक्षण र प्रवद्र्धनमा सबै दत्तचित्त भएर लाग्नु पर्दछ । यसमा जनप्रतिनिधिहरुको महत्वपूर्ण भूमिका रहेकाले उहाँहरुले यसका लागि बालमैत्री कार्यक्रमहरुको संचालन गर्न आवश्यक छ । बाल संरक्षण घटना व्यवस्थापन कार्यमा स्वास्थ्यकर्मीहरुको भूमिका पनि त्यतिकै महत्वपूर्ण छ । बालबालिकाको उपचारको लागि आएका अभिभावक र बालबालिकालाई स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध गराउने, बालबालिकालाई बालमैत्री रुपमा उपचार र स्वास्थ्य परिक्षण आदिका लागि सहजीकरण गर्न स्वास्थ्यकर्मीहरु सदैव अग्रसर हुनुपर्दछ । बाल अधिकारको संरक्षणमा शिक्षकहरुको दायित्व, कर्तत्व र जिम्मेवारी पनि महत्वपूर्ण हुन्छ । किनभने विद्यालय तहमा सबैभन्दा बढी बालबालिकाहरु शिक्षककै रेखदेखमा शिक्षण सिकाई क्रियाकलामा सहभागि हुने गर्दछ । शिक्षकहरुले खासगरी विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन आवश्यक पहल गर्ने, विद्यालयमा भय तथा हिंसा रहित सिकाइका उपायहरु अवलम्बन गरी शिक्षण सिकाई गर्ने, विद्यालयमा बाल सहभागिता प्रवर्धन, बालक्लब गठन लगायत विभिन्न सिर्जनात्मक क्रियाकलापमहरुमा बालबालिकाको सहभागिताका लागि सहजीकरण गर्ने जस्ता कार्यहरु गर्न सक्नु पर्दछ । अन्तमा, आजका बालबालिका नै भविष्यका कर्णधार भएकाले बालबालिकालाई नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले व्यवस्था गरेको उनीहरुको हक, अधिकार प्रत्याभूत हुने गरी कार्य गर्न हामी सबै अझ बढी सचेत हुँदै सक्रिय हुन जरुरी छ । बालबालिकाहरुमाथि हुने कुनैपनि हिंसा र दुव्र्यहारहरु रोक्ने कार्य सबैको दायित्व, जिम्मेवारी र कर्तव्य भएको बोध गराउन राष्ट्रिय बाल दिवसले उत्प्रेरणाको काम गर्नेछ भन्ने विश्वासका साथ फेरी पनि यो अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
योसंग सम्बन्धित समाचारहरुका लिंकहरु :- https://nepalpatra.com/message/281562/ https://onlineradionepal.gov.np/2023/09/15/426278.html https://nepaltvonline.com/2023/09/79346/ https://www.newsabhiyan.com/news-details.php?nid=306811 https://www.dainiknepal.com/2023/09/649462.html https://mainbatti.com/892323/ https://www.sunakharinews.com/182276/ https://nepalpatra.com/message/281562/ https://www.halkarosamachar.com/archives/123798 https://www.gothalokhabar.com/news/detail/111924/ https://khabarpost.com/2023/09/49790/ https://www.eknepal.com/news/details?id=69623370 https://onlineradionepal.gov.np/2023/09/15/426278.html https://nawasancharonline.com/2023/09/67109/ https://www.ratopati.com/story/384838
Subscribe to:
Comments (Atom)










