काठमाडौं– नेपाल जाइका अलमनाई एसोसिएसन (जान) को अध्यक्षमा डा. रामचन्द्र भुसाल निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंमा फागुन २७ मा सम्पन्न ‘जान’को भेलाले उनलाई लगातार तेस्रो कार्यकालको लागि निर्वाचित गरेको हो । कृृषि विज्ञ भुसाल सार्क जाइका अलमनाईहरुको छाता संगठन जाइका अलमनाई एशोसियसन फोरम अफ सार्क कन्ट्रिज (जाफ्स) का महासचिव समेत हुन् ।
‘जान’ सदस्यहरुको भेलाले उपाध्यक्षमा केदार पौडेल, महासचिवमा शान्तिलक्ष्मी शाक्य, कोषाध्यक्षमा विभाकालिका मल्ल श्रेष्ठ, सचिवमा डा. किरण रुपाखेती र सहकोषाध्यक्षमा दुर्गाप्रसाद भुसाललाई चयन गरेको छ । यसैगरी, सदस्यहरुमा बुद्धिनारायण श्रेष्ठ, सुशीलकुमार भट्टचन, रोशन बज्राचार्य, गोमादेवी पौडेल, ई. रामेश्वरप्रसाद कलवार र उमा श्रेष्ठ निर्वाचित भएको ‘जान’को विज्ञप्तिमा उल्लेख छ ।
‘जान’ जापानमा अध्ययन गरी फर्किएका नेपाल सरकारका बहालवाला तथा सेवा निवृत्त सरकारी कर्मचारी, विभिन्न सार्वजनिक क्षेत्रका प्राविधिक, प्राज्ञ, स्वतन्त्र प्राविधिक तथा व्यवसायीको सामाजिक संस्था हो । यो संस्थाले नेपाल सरकार तथा जापान सरकार एवं जनता बीचको परम्परागत मित्रतालाई सुमधुर बनाउनुको साथै अध्ययनको क्रममा जापानमा आर्जित ज्ञान तथा सीप मुलुकको विकासमा लगाउने प्रमुख उद्देश्यका साथ स्थापना भै सन् १९७३ देखि नै क्रियाशील रहँदै आएको छ ।
Heartiest Congratulations Dr.Ramchandra Bhushal and his team
ReplyDeletehttps://www.jaan.org.np/