Thursday, 11 March 2021
बौद्धिक चोरी गर्नेको नाम सार्वजनिक
विदेशी प्राध्यापकहरूको अनुसन्धान चोरेर आफ्ना नाममा प्रकाशित गर्नेहरुमा प्रा.डा. परशुराम मिश्र, हरेराम मिश्र, कल्पना मिश्र, विमलकुमार कण्ठ, रोहित देव, जनक अधिकारी र युवराज साउ छन् । यी सातजनाले फ्रान्सका प्राध्यापक आर्मेल ली बेलको ‘क्रिस्टल स्ट्रक्चर’ चोरी गरी भारतका जर्नलमा प्रकाशन गरेको छानबिनबाट खुलेको छ ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले नै विदेशी प्राध्यापकहरूको अनुसन्धान चोरेर आफ्ना नाममा प्रकाशन गरेको पाइएको छ ।
विदेशी प्राध्यापकहरूको अनुसन्धान चोरेर आफ्ना नाममा प्रकाशित गर्नेहरुमा प्रा.डा. परशुराम मिश्र, हरेराम मिश्र, कल्पना मिश्र, विमलकुमार कण्ठ, रोहित देव, जनक अधिकारी र युवराज साउ छन् । यी सातजनाले फ्रान्सका प्राध्यापक आर्मेल ली बेलको ‘क्रिस्टल स्ट्रक्चर’ चोरी गरी भारतका जर्नलमा प्रकाशन गरेको छानबिनबाट खुलेको छ ।
प्राध्यापक बेलले आफ्नो अनुसन्धान चोरी गरी प्रा.डा. मिश्रसहितका व्यक्तिले भारतीय जर्नलमा प्रकाशित गरेको भन्दै त्रिविका उपकुलपति, रेक्टर, रजिस्ट्रारसहितलाई इमेलमार्फत उजुरी गरेका थिए । त्रिविले रसायनशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. रामचन्द्र बस्नेतको संयोजकत्वमा प्रा।डा। निरञ्जन पराजुली र डा. भानुभक्त न्यौपाने सदस्य रहेको कमिटी बनाएर छानबिन गरेको थियो ।
छानबिनमा प्रा.डा. मिश्र मुख्य र अरू ६ जना कोअर्थर रहेका ११ आर्टिकल जर्नलमा प्रकाशन भएको पाइएको हो । मिश्र त्रिविको आंगिक महेन्द्र मोरङ क्याम्पसका रसायनशास्त्रका प्राध्यापक हुन् । केही समयअघि मात्रै उनी सेवानिवृत्त भएका छन् । त्यस्तै, अधिकारी, देव र साउ त्रिविमै रसायनशास्त्रमा पिएचडी गर्दै छन् । अधिकारी र साउ त्रिविका प्राध्यापक पनि हुन् । उनीहरूले ‘क्रिस्टल स्ट्रक्चर’को डेटा तोडमोड गरी आफ्ना नामबाट प्रकाशन गरेको छानबिनबाट खुलेको छ ।
त्रिविका उपकुलपति प्राडा. धर्मकान्त बाँस्कोटाले प्रा.डा. मिश्रलगायतले ‘फेक’ काम गरेर आर्टिकल प्रकाशित गरेको छानबिनबाट पुष्टि भएको बताए । ‘मिश्रका पब्लिकेसन्सले त्रिविकै बेइज्जत भएको छ,’ उनले भने ।
त्रिविले बौद्धिक चोरीमा संलग्नमाथि सामान्य कारबाही गरेको छ । उपकुलपति बाँस्कोटाका अनुसार छानबिन प्रतिवेदन आइसकेपछि फ्रान्सेली प्राध्यापक बेल र प्रकाशन गर्ने भारतीय जर्नललाई आर्टिकल ‘फेक’ भएको जानकारी गराइएको छ । साथै, मिश्रसहितका अनुसन्धानलाई रद्द गर्ने तथा पिएचडी गर्दै गरेकालाई सचेत गराउने निर्णय भएको छ । छानबिन कमिटीले ११ आर्टिकललाई ‘रिट्र्याक्ट’ गर्नुपर्ने, सातजनालाई त्रिविमा अध्ययन अनुसन्धानमा दुई वर्ष निलम्बन गर्न सिफारिस गरेको थियो ।
स्रोत: नयाँ पत्रिका, २०७७ फागुन २५
https://www.nayapatrikadaily.com/news-details/61159/2021-03-09
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment