Friday, 19 November 2021

सुकराति र स्वन्ति

दिनेश यादव
नेपालीहरुका लागि दशैपछिको दोस्रो ठूलो पर्व तिहार हो । तिहारलाई यमपंचक पर्वका रुपमा धेरैले पाँच दिनसम्म मनाउँछन् । तर केही समुदायमा तीन दिन मात्रै पनि मनाउने चलन छ । नेपाल बहुसांस्कृतिक मुलुक भएकाले यहाँ बसोबास गर्ने हरेक समुदायले आ–आफ्नै चलन अनुसार तिहार मनाएको पाइन्छ । यो आलेखमा नेवार र मधेसी समुदायले तिहार कसरी मनाउँछन् भन्ने विषयवस्तु समावेश गरिएका छन् ।
मधेसी समुदायको ‘सुकराति’
कात्र्तिक कृष्णपक्षको त्रयोदशीदेखि शुरु हुने दीपावली पर्व पााच दिन मनाईने भनिएपनि तराई–मधेसको मैथिली भाषी क्षेत्रमा लक्ष्मीपूजा, गोबर्धनपूजा (गोधन) र भाईटिका (भातृद्वितिया) गरी तीन दिन मात्र मनाउने चलन छ । तिहारलाई मधेस क्षेत्रमा ठाउा अनुसार फरक–फरक नाम दिइएको छ । ती
नामहरुमा दियावाती, दियारी, दीपावली, दिवाली, लक्ष्मीपूजा र सुख रात्री (सुकराति) हुन् । मिडिया र बजारको प्रभावका कारण पछिल्लो समय धनतेरस मनाउनेहरु पनि बाक्लिदै गएका छन् । धनतेरसका दिन धातुका नयाा सामान खरिद गरी सााझ लक्ष्मीको आराधना गरिन्छ । दोस्रो दिन खासै केही गरिन्न । तेस्रो दिन कात्तिक औंशीको सााझ घरको चौदिशामा दीप बालेर देवी लक्ष्मीको स्थापना गरी पूजाआराधना गरिन्छ । यो दिन राडी–खर वा जुटको सन्ठी (डा“ठ) र रेशाबाट बनाइएको हुक्क (हुक्कालोली) दिउासो घरको छानो वा छतहरुमा राखिन्छ । बेलुका ती मध्ये एउटा हुक्कालोली घरका मुलीले गोसाईघर (कुलदेवता घर) मा बालेर सबै घर/गोठमा देखाएपछि करेसाबारीमा गाड्ने चलन छ । त्यसपछि बालबालिकाले हुक्कालोली खेल्न शुरु गर्छन् । केटाकेटीले बासको कोप्पडबाट बनाएको हुक्कालोलीमा आगो बाली हुक्कापाती खेल्छन् । यो चलन पछिल्लो समय हराउादै गएको छ । यसको ठाउामा कपडाको डल्लोलाई तारमा बााधी मट्टितेलमा डुबाई त्यसमा आगो सल्काएर ‘हुक्कापाती शुरुरु’ भन्दै त्यसलाई भााज्ने चलन छ । केहीले यो दिन बेलुकी पख पााच वटा दीप गोसाईघरमा बाली र सुनचाादी, फलफूल राखेर लक्ष्मीमाताको पूजा बडो श्रद्धाभावले गर्छन । पूजामा राखिएका सामग्रीहरु भोलीपल्ट मात्रै उठाउने प्रचलन छ । दीपावलीमा माटोकै दियो घर र झ्यालहरुमा राख्ने प्रचलन छ । लामो समय उज्यालो बाल्न दिबिया (औषधीको सिसीमा मट्टितेलभित्र पातलो बत्ती राखेर बनाइएको) प्रयोग गरिन्छ । पछिल्लो समय विद्युतिय बत्तिले गाउाघर झक्कि झकाउा हुन थालेको छ । दीयावातीको दोस्रो दिन गोबर्धनपुजा गरिन्छ । यो दिन गोठघरमा गोरबको दुईटा मूर्ति बनाइन्छ । त्यसमा एउटा महिला र अर्को पुरुषको आकृति बनाइन्छ । त्यहीं गोबरकै दुइवटा सखारी (अन्न राख्ने भााडो) पनि निर्माण गरिन्छ । त्यसमा दाल, चामल, धानसहितको अनाज राख्ने चलन छ । यसैगरी गोबरकै जातो पनि बनाइन्छ । गाईको गोबरबाट बनाइएका ई सबै आकृतिलाई विभिन्न फूल राखेर सजाइन्छ । विशेषत: घिरौलाको फूल प्रयोग गरिन्छ । यसैदिन पशुधन (गाई, गोरु, भैंसी) को विशेषपुजा (चुमाउने) गरिन्छ । चुमाउनुअघि महिलाहरुले ओखलमा धान, सिन्दुर, दुबो र पिठार कुट्ने गर्छन् । यो मिश्रण रंगमा हालेर पशुधन (गाई, गोरुसहित) लाई रङग्याउन प्रयोग गरिन्छ । चुमौनका लागि दौरा (सिकि वा बाासको चोयाले बनाइएको भाडो) मा धान, दुबो, फलफूल, पान, सुपारी, पैसा, पिठार(अल्वा चामलको पिठोमा पानी पिसाइएको), सिन्दुर, तोरी तेल र गंजाजल अनिवार्य मानिन्छ । यी सामग्रीबाट पशुधनको पुजा गरी सिंगमा तेल लगाउने र खुट्टामा गंजाजल हालिएको पानी राखि दिने परम्परा छ । यो दिन पशुधनलाई खेतबाट हरियो धान ल्याएर खुवाउने गरिन्छ । भैसीलाई राडी–खरले बनेको बेलनाकार वस्तुले हुर्रा खेलाउने चलन छ । हुर्रा खरबाट बनाइएको डल्लोमा कालो कम्बल राखिएको हुन्छ । त्यसलाई खर (सबई) को डोरीले बााधेर भैसीको सामुन्ने फ्याक्ने गरिन्छ । केही भैसी तर्सेर भाग्ने , केही त्यसलाई सुंध्ने र सिंहले हान्ने गर्छ । यसो गरीसकेपछि पशुधनमाथि पानी खन्याउने चलन छ । हुर्राहुरीमा सुंगुरको पााठो पनि केही ठाउामा प्रयोग गरिन्छ । तर, यो प्रथामा जीवलाई पिडा पुर्याएको भन्दै विरोध पनि हुन थालेको छ । हुर्रा खेलेको वा लिएको भैंसीका धनीले हुर्रास्थलमा ढोल बजाउनेलाई कपडा (गम्छा) दिनुपर्ने प्रचलन छ । पशुधनको चुमौनपछि दौरामा राखिएको पैसा पनि ढोल बजाउने (ढोलिया) लाई वा पशुधनको हेरचाह गर्नेलाई दान दिइन्छ । पशुधनलाई तोरी तेल, मरिच र बकाइन (स्थानिय वनस्पति) सहितको बस्तु काइढ (बाासबाट मनाइएको भाडों) बाट खुवाउने परम्परा छ । गोर्वधनपूजाको दिन ‘लक्ष्मी आबे, काल भागे (लक्ष्मी आऊ, काल भाग)’ भन्दै घर–घरमा सूपा (नाङ्गलो) ठठाउने चलन छ । पछिल्लो समय यी चलनहरु हराउादै गएको छ ।
गोवर्धनपुजाको भोलीपल्ट कात्तिक शुक्ल द्वितीयाको दिन ‘भातृद्वितिया’ पर्व मनाउने गरिन्छ । मैथिली भाषी क्षेत्रमा यसलाई ‘न्यौत लिने’ भनिन्छ । दिदीबहिनीसंग दाजूभाईले न्यौत लिने गर्छन् । यसमा दिदीबहिनीहरुले आंगनीमा गाईको गोबर, पिठार र सिन्दूरले मनाएको विशेषप्रकारको रंगोली (चौका) मा पिढिमा बसाली हातमा पानसुपारी र शिरमा गम्छा/तौलिया/रुमाल राखि दिएर न्यौत दिन्छन् । पिढिमाथि बसेको दाजूभाईको हात पखाली दिएर पान सुपारी मिठाई हातमा राखि दिने गरिन्छ । गम्छा टाउकोमा राखिदिने र मिठाई खुवाइने चलन छ । न्यौत परम्पराका लागि पााच रंगको फल अनिवार्य छ । पहिले पहिले दाजूभाईले दिदीबहिनीका लागि खिर–पुरी वा चुरा दही तथा एक सेट सारी, व्लाउजसहितको कााधमा भार (खर्पन) लिएर जाने चलन थियो । पछिल्लो समय फलफूल, कपडा र पैसा दिने चलन छ । तराई–मधेसतिर मनाईने चाडपर्व विशेषत : दीपावली र छठ गरिब, श्रमजीवि तथा शिल्पी समुदायका लागि अवसर भएर आउने गर्छ । उनीहरुको उत्पादनले बढी महत्व पाउने गर्छन् । खासगरी गरिब कृषकले उत्पादन गरेको फूल, ज्यामिर, अदूवा र केरालगायतले बजार पाउछन् । दीपावलीमा लक्ष्मीपूजास्थलमा केराका थामबाट द्वार बनाउने चलन छ । यो प्रयोजनमा प्रयोग हुने कोथा (नयाा हुर्केका बिरुवा) विरुवाको माग धेरै हुन्छ । अरु बेला दैनिक प्रयोजनमा प्रयोग गर्न छाडिएका बाासको डाला, पथिया, छिटा, छिटी, नाङ्गला, चालैन र चोयाबाट बनाइने अन्य सामग्री तथा माटोका भााडा (क्लश राख्ने गाग्रो), तौला, दीयौरी नभई हुादैन ।
नेवार समुदायको ‘स्वन्ति’
नेवार समुदायमा मोहनी (दशैं) पछि मनाउने अर्को ठूलो चाड तिहार हो । यसलाई ‘स्वन्ति’ पनि भनिन्छ । यम पञ्चकमा गरिने काग पूजा, कुकुर पूजा, लक्ष्मीपूजा, म्हपूजा र भाईटिकामध्ये नेवार समुदायले लक्ष्मीपूजा, म्हपूजा र भाईटिका विशेष महत्व दिएर मनाउाछन् । लक्ष्मीपूजाको दिनदेखि भाईटिकासम्म तीन दिन तिथि भएको चाड (स्वन्हु तिति) लाई छोटकरीमा ‘स्वन्ति’ भनिएको हो । यो समुदायले असोज कृष्ण द्वादशीका दिन कुकुर पूजा, स्वाती नक्षत्र संयुक्त भएको औंशीका दिन बिहान गाई पूजा र बेलुकी लक्ष्मीपूजा गर्छन् । त्यस्तै, कात्र्तिक शुक्ल प्रतिप्रदाको दिन बिहान गोवद्र्धन पूजा, बली राजाको पूजा र बेलुकी आफ्नै शरीरको पूजा (म्हपूजा) गरी मनाउने परम्परा रहेको विभिन्न ग्रन्थमा उल्लेख छ । ती ग्रन्थहरुका अनुसार त्यसको भोलीपल्ट कार्तिक शुक्ल दुतियाका दिन दिदीले भाईलाई वा बहिनीले दाजुलाई पूजा गर्ने चलन छ । कागलाई मनपर्ने खाना विशेष गरी मासु, दाल, भात, तरकारी र रोटीहरु काग आउने ठाउामा राखिदिएर काग पूजा गर्छन् । त्यसैगरी, घरैमा पालेको वा बाहिरका भएपनि घरको मूलढोका अगाडि कुकुरलाई ल्याई टिका र माला लगाई पूजा गरिन्छ । त्यसपछि मासु, रोटी आदि मिठो खानेकुरा खान दिएर कुकुरतिहार मनाईन्छ । लक्ष्मीपूजाअघि गरिने यी दुई पूजा भव्यतापूर्वक गर्ने चलन छैन । चुन्दा बज्राचार्यको पुस्तक ‘नेवा: सांस्कृतिक चाडपर्व’ अनुसार लक्ष्मीपूजाका दिन लक्ष्मी, महालक्ष्मी, बसुन्धरा र अन्नपूर्णको पूजा गर्ने परम्परा छ । धान, गहूा खेतबाट उत्पादन हुने भएकाले अन्न देवीका रुपमा बसुन्धरालाई, खानीबाट निस्कने सम्पत्ति (हिरा, माणिक, पन्ना, सुन) को देवी भनेर अन्नपूर्णलाई र पशुधनकी देवीको रुपमा महालक्ष्मीलाई पूजा गर्ने चलन छ । समग्रमा धान, चामल, हीरा, मोती, रुपैयाा, गाई आदिको पूजा नै लक्ष्मीपूजा भएको यो समुदायको मान्यता छ । लक्ष्मीपूजाका दिन आफैंले पालेको वा अरुले पालेको वा बाटोमा छाडिएको गाईलाई सम्मानपूर्वक पूजा गर्ने चलन छ ।
लक्ष्मीपूजाको दिन गाईलाई पूजा गर्दा जनै पूर्णिमाको दिन हातमा बााधेको डोरी गाईको पुच्छरमा बााधिदिने चलन पनि छ । लक्ष्मीपूजा नेपाल सम्बतमा वर्षको अन्तिम दिन पनि हो । लक्ष्मीपूजा नयाा वर्षको स्वागत गरी पुरानो वर्षको अन्त्य हुने भएकाले नयाा वर्ष झलमल्ल भई चारैतर्फ उज्यालो फैलन सकोस भनी झलमल्ल बत्ती बाल्ने गरिन्छ । यो समुदायले लक्ष्मी पूजाको दिन लिपपोत गरी सफा सुग्घर पारी बिहान गाईपूजा र बेलुका घरको चारैतिर बत्ती बाली सुगन्धित धुप बाल्ने, ढिकुटीमा अबीर र अन्य पञ्चरंगले लक्ष्मी माताको मण्डप लेख्ने, लावा, अक्षेता, धान, सुवासित फूल र तेलले मण्डप बनाई पुजा गर्छन् । त्यही कुचो र जल भरेको घैला स्थापना गरी दही, विमिरा, केरा, मूला, ओखर आदि फलफूल र मिठाई चढाई पञ्चोपचार विधिले लक्ष्मीमाताको पूजा गर्ने विधान छ । घरको चेलीले लक्ष्मी भित्र्याउने भनी मूल ढोका अगाडिको आंगनदेखि लक्ष्मी पूजा गर्ने कोठासम्म एक छत्र लिप्ने चलन पनि छ । लक्ष्मी भित्र्याउने मूलढोका बाहिरबाटै लिपेर ल्याउने , हरेक झ्याल ढोकामा सयपत्रीको मालाले सजाई लक्ष्मीलाई स्वागत गर्ने परम्परा छ । देवी लक्ष्मीको पूजा गर्दा म्हपूजा मण्डप लेखिए झै आफ्नो घरको परम्पराअनुसार क्रमैसंग पानी, पिठो, अबीर, लावा, धान, कालो भटमास, सिंगो मास, अक्षेता, मण्डपभित्र तेलको मण्डप बनाउने चलन छ । पानी मण्डप भित्र तायु वा अबीरले मण्डप लेखी त्यसमाथि विमिरो, ओखर, कटुस, केरा, सुन्तला, नास्पाती, हलुवावेद, स्याउ, चाकसी आदि फलफूलका साथै खेलुइता:(लामो बत्ती), क्वखा (धागो माला), फलफूल, लक्ष्मी फूल, गोदावरी फूल, रातो सुपारी फूल आदि राखेर विमिरो चढाई लक्ष्मीको आराधना गरी पूजा गर्छन् । घरमा भएको लक्ष्मीलाई सफा गरी त्यही नयाा कागजको लक्ष्मी टाास्ने चलन छ । पूजा सकिएपछि लक्ष्मीलाई फुल सगुन, दही सगुन, मण्डपमा चढाइराखेको बिमिरो सहितको फलफूल सगुन चढाउने गरिन्छ । लक्ष्मीलाई चढाएको फलफूल सगुन, अण्डा सगुन, हरियो तरकारी, पाउा(अमिलो), मासु, दही, मसला पोका, मिठाईहरु भएको थाय्भु भाईटिकाको भोलिपल्ट ‘लक्ष्मीद्य: क्वकायेगु’ भनि देवी लक्ष्मीको विर्सन गरी चेलबेटी भाञ्जाभाञ्जीहरुलाई बोलाई घर परिवार सबैलाई प्रसाद बााड्ने चलन छ । लक्ष्मीपूजा गरिसकेपछि टिका लगाएर कसैले भोज खाने गर्छनन् भने कोहीले समय बजी मात्र खाने गर्छन् । लक्ष्मीपूजा गर्दा परिवारका सदस्यहरुले आफ्नो इच्छाअनुसार पैसा चढाउने चलन पनि छ । लक्ष्मीपूजा गर्दा कसैकसैले वर्षभरि सुन चाादीबाट आएको मुनाफा र पैसा चढाई सञ्चय गर्छन् । चढाएको पैसा अति आवश्यक परे मात्रै निकाल्ने चलन छ । त्यसैगरी, म्हपूजा परम्परा नेपाल संवत् स्थापित हुनुभन्दा पहिलेदेखि चल्दै आएको नेवार समुदायको आफ्नै मौलिक पुजा हो । यो पुजा गर्ने ठाउामा भूईा लिपपोत गरी त्यसमाथि पानी छर्केर मण्डप लेख्ने चलन छ । घर परिवारका सबै सदस्यका लागि म्हपूजा गर्दा ती सबैका लागि एक–एक वटा मण्डप लेख्ने गरिन्छ । मण्डप लेख्दा सबैभन्दा पहिले जलबाट लेखिन्छ । म्हपूजा गर्नेहरु प्रत्येकले स्नान गरी वा पीनाबाट आफ्नो शरीर शुद्ध गर्छन् । म्हपूजाको निमित्त नयाा वस्त्र वा शुद्ध वस्त्रलगाई आफ्नो स्तर अनुसार मण्डपको सामुन्ने बसेर आ–आफ्नो पूजा शुरु गर्छ । दायांबायाा अछेता छरेर आफ्नो वरिपरि
भएका नराम्रा कुराहरुलाई पन्छाएर मण्डपमा आफूलाई सोधन गरी आफैले मण्डप पूजा गर्छन । म्हपूजा गर्दा शुरुमा बस्नेले कुल देवताको र पुछारमा बस्नेले यमराजको मण्डपमा पूजा गरिदिन्छन् । कसै–कसैले म्हपूजाको बिहान गोर्वधन पूजा गर्ने गर्छन् । कात्र्तिक शुक्लपक्ष परेवा (कछलाथ्व पारु) नेपाल देशको आफ्नै नाम भएको नेपाल संवत्को नयाा वर्षको पहिलो दिनका रुपमा मनाइन्छ । नेवार समुदायले पनि यमपञ्चकको अन्तिम दिन भाईटिका.मनाउाछन् । भाईटिका गर्दा पहिले पहिले यमराज, यमुना, चित्रगुप्त तथा चिरञ्जीवीहरुको विधिपूर्वक पूजा गर्छन् । यसमा पनि म्हपूजामा झैं मण्डप बनाई दिदीहरुले भाईहरुलाई ब्रत बसाई मण्डपमा गर्न लगाई, उनीहरुलाई समेत पूजा गरी दही, फलफूल र अण्डाको सगुन दिएर आशिष दिने चलन छ । वास्तवमा दिदीहरुले भाईहरुलाई मात्र भाईटिका गर्ने भएपनि बहिनीहरुले पनि दाजूहरुलाई पूजा गर्ने चलन छ । (‘नेवा: सांस्कृतिक चाडपर्व’ पुस्तकको सहयोगमा)

Friday, 8 October 2021

महँगो विवाह

दिनेश यादव
-
एसियाकै सबैभन्दा धनाढयमध्येका एक रहेका मुकेश अम्बानीकी छोरी ईशाको बिहे 2018 डिसेम्बर 12 मा भएको थियो । मुम्बईस्थित अत्यन्तै महँगो र अलिसान २७ तले एन्टिलियाका भवनमा २७ वर्षीया ईशाका आफ्ना बाल्यकालका साथी ३३ वर्षीय आनन्द पिरामलसँग प्रणयसूत्रमा बाँधिएकी थिइन । आनन्द भारतकै अर्का प्रमुख व्यापारिक घारानाका सदस्य तथा घरजग्गा व्यवसायी हुन् ।
विलासी होटल, चार्टर उडान, महँगा भोजन र मनोरञ्जनमा भएका खर्च यो विवाहका विशेषता थियो । यो विवाहमा भएको खर्च कल्पना बाहिर छ । खर्चबारे धेरै अनुमान गरिए । आधिकारिक खर्च अझै सार्वजनिक गरिएन । ‘ब्लुम बर्ग’ ले यो विवाह समारोहमा ११ अर्ब ५० करोड ८० लाख रुपैयाँ खर्च भएको आकलन गरेको थियो  । परिवारका निकट सदस्यले उक्त अनुमानित रकमप्रति अहमति जनाएको ‘न्युयोर्क टाइम्स’ ले जनाएको थियो  । अखबारको अनलाइन संस्करणमा सार्वजनिक रूपमा उपलब्ध खर्चको गणनाका आधारमा १ अर्ब ७२ करोड ६२ लाख रुपैयाँ (१५ मिलियन डलर) को बिल चुक्ता भइसकेको देखिन्छ ।
रकम जतिजुकै भए पनि यो विवाहलाई बेलायती राजकुमार हयारीपछिको सबैभन्दा महँगो भनेर चर्चा भए । ‘न्युयोर्क टाइम्स’ का अनुसार अमेरिकी अभिनेत्री मेघान मार्लेसँग हयारीको विवाह हुँदा ५ अर्ब २९ करोड ३६ लाख ८० हजार (४० मिलियन डलर) खर्च भएको थियो, जहाँ श्रमको लागत धेरै थियो । भारतीय धनाढय मुकेश अम्बानीको कुल अनुमानित सम्पत्ति ४२ अर्ब अमेरिकी डलर छ । तेल, दूरसञ्चार, रसायन, कपडा, प्रविधि र खाद्यमा रहेको अम्बानीको कारोबार हरेक भारतीयको जीवनलाई छोएकै छ । त्यसैले उनकी छोरी ईशाको बिहे सार्वजनिक विषय बन्नु स्वाभाविकै थियो । भारतमा विवाह समारोह धेरै दिन चल्ने परम्परा छ । उक्त अवधिमा एउटा धनाढयकी छोरीको बिहेको खर्च अत्यधिक हुनु स्वाभाविक थियो  । भारतीय अखबार ‘टाइम्स अफ इन्डिया’ का अनुसार विवाहपछि आनन्द र ईशा ४ सय ५२ करोड भारतीय रुपैयाँ मूल्य पर्ने आलिसान बंगलामा बस्ने उल्लेख गरेको थियो  । आनन्दका आमा–बुबा अजय र स्वाति पिरामलले छोरालाई ‘ओल्ड गुलिटा’ नामको उक्त महल उपहार दिएका हुन् । यहाँ महँगा मार्बलको प्रयोग गरिएको छ । पहिले यो भवन हिन्दुस्तान युनिलिभरको थियो, पिरामल ग्रुपले सन् २०१२ मा खरिद गरेको हो । पाँचतले यो भवन ५० वर्गफिटमा फैलिएको छ ।
उनीहरूको वैवाहिक समारोहस्थल २७ तले ‘एन्टिलिया’ लाई दुहली झैं सिँगारिएको थियो । ग्राउन्ड फ्लोरमा विवाहको मण्डप तयार पारिएको थियो । मुख्य ढोकालाई रातो रङको गुलाबले सजाइको थियो । ‘एन्टिलिया’ मा यो महिना मात्रै ७० लाख भारतीय रुपैयाँ बिजुलीको बिल आएको थियो । ६ लाख ३७ हजार २ सय ४० युनिट विद्युत् खपत भएको ‘हिन्दुस्तान टाइम्स’ ले जनाएको थियो । सजाबटका लागि गरिएको विद्युतीय सामग्रीको प्रयोगले धेरै विद्युत् खपत भएको थियो। समारोहमा सहभागी हुने विशिष्ट पाहुनाहरूका लागि प्रस्तुति दिन अमेरिकी पपस्टार बियोन्सेलाई बोलाइएको थियो । एउटा प्रस्तुतिका लागि सामान्यता उनको मूल्य करिब २० लाख डलर हो । भारतीय सञ्चार माध्यमहरूका अनुसार बियोन्सेले १५ करोड भारतीय रुपैयाँभन्दा बढी लिएकी थिइन ।
बियोन्सेले ६० जना चर्चित डान्सरका साथ आफ्नो प्रस्तुति दिएकी थिइन् । त्यस्तै वैवाहिक समारोहमा हुने पूजाका लागि अत्यन्तै महँगा र राम्रो सेट, फ्लोटिङ स्टेज राखिएको थियो । बिहेभर बलिउडका ठूल्ठूला कलाकारले ब्याक ग्राउन्ड आर्टिस्ट्सका रूपमा प्रस्तुति दिएका थिए । डिसेम्बर १२ अघि राजस्थानको उदयपुरमा भएको ‘प्रि–वेडिङ’ कार्यक्रममा सहभागी हुने अतिथिहरूका लागि अर्बपति अम्बानीले करिब दुई सय वटा प्लेन चार्टर गरेका थिए, विलासी कार तथा उदयपुरको सबै पाँच तारे होटलहरू बुक गरेका थिए । भारतीय अखबारहरूका अनुसार १ सय ५० चार्टड र ४४ वटा नियमित उडानहरूबाट उदयपुरमा अतिथिहरूलाई ल्याइएको थियो । ‘सीएनएन’ का अनुसार गत शनिबार भारतको राजस्थानस्थित उदयपुरमा चार गुणा बढी उडानहरू भएका थिए । अतिथिको स्वागतमा विश्वकै महँगा कारणहरू प्रयोग गरिएको थियो । चार दिनसम्म त्यहाँ चलेको ‘प्रि–वेडिङ’ कार्यक्रममा अम्बानी परिवारले ५ हजार १ सय मानिसलाई चार दिनसम्म प्रतिदिन तीन पटक दरले खाना खुवाएका थिए । अम्बानी परिवारले त्यहाँ एउटा बजार पनि लगाएको थियो । जसमा १ सय ८ वटा परम्परागत भारतीय चित्र र स्थानीय कलाकारहरूको अन्य कलाहरू प्रदर्शन गरिएको थियो ।
अम्बानीले आफ्ना अतिथिहरूका लागि एप नै बनाएका थिए । वैवाहिक समारोहमा कुनै जानकारी लिन चाहनेहरूका लागि एपको व्यवस्था गरिएको थियो । यी गतिविधिहरूका कारण ईशा–आनन्दको विवाह समारोहलाई ‘रोयल इन्डियन वेडिङ’ नाम दिइएको छ । यति मात्रै होइन, अतिथिहरूलाई निम्तो दिनका लागि छापिएका कार्डहरू पनि महँगा थिए । भारतीय इतिहासकै सबैभन्दा महँगो यो विवाहका लागि छापिएको एउटा निमन्त्रणा कार्डको मूल्य करिब ३ लाख भारु रहेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । दुवै परिवारले करिब ३ हजार कार्ड बाँडेका थिए । बिहेमा अधिकांश सामान विदेशबाट मगाइएको थियो । सजावटका लागि फूलदेखि लाइटसम्म आयात गरिएको थियो । ईशाले लगाएको लेहंगाको मूल्य २ करोड भारुको रहेको बताइएको छ । खाना पकाउनका लागि विदेशबाट सेफ मगाइएको थियो । बिहेमा सजावटका लागि लाखौं रुपैयाँ खर्च गरिएको थियो । हात पुछ्नका लागि प्रयोग हुने नेप्किनको मूल्य मात्रै पनि लाखौं रहेको थियो  । यसलाई वलिउडका चर्चित डिजाइनर मनीष मलहोत्राले बनाएका थिए । १४ डिसेम्बरमा जियो गार्डेनमा हुने रिसेप्सनमा परिवारमा सदस्य तथा मित्रहरूको सहभागिता रहयो । त्यस्तै १५ डिसेम्बरको अर्को रिसेप्सनमा दुवैले आफ्ना कर्मचारी र अफिसमा कार्यरत मानिसका लागि निर्धारण गरेका थिए ।
अमेरिकी अखबार ‘फोब्र्स’ का अनुसार यो वर्ष मुकेश अम्बानी विश्व धनाढयको सूचीमा ११ औं स्थानमा थिए । पत्रिकाले यो वर्ष मुकेशले हरेक दिन १८९ दशमलव ७ करोड भारु कमाएको जनाएको थियो । उनको कुल सम्पत्ति ४३ दशमलव ५ अर्ब अमेरिकी डलर थियो । उनको घर ‘एन्टिलिया’ संसारकै महँगोमध्ये एक हो । २ अर्ब अमेरिकी डलर खर्चेर यो महल बनाइएको हो । २७ तले यो महलमा तीन वटा हेलिप्याड, थिएटर, ९ वटा लिफ्ट, हजार वर्गफिटमा फैलिएको जिम, कयौं स्विमिङ पुल र करिब १ सय ६० गाडीहरूको वातानुकुलित पार्किङको सुविधा छ । यो घरको रेखदेख गर्नका लागि ६ सय कर्मचारी खटाइएको छ । ईशा र आनन्दको इन्गेजमेन्ट इटालीको लेक कोमोस्थित भिल्ला डिस्टेमा भएको थियो । त्यहाँ यो कार्यक्रम तीन दिनसम्म चलेको थियो । उक्त होटलका सबै कोठा अतिथिहरूका लागि बुक गरिएका थिए । होटलका एउटा कोठाको एक दिनको भाडा एक लाख भारु थियो । (न्युयोर्क टाइम्स/फोर्ब्स/ब्लुमबर्गमा प्रकाशित समाचारको आधारमा तयार पारिएको सामग्री)
https://ekantipur.com/business/2018/12/15/154484192300937960.html?author=1

Wednesday, 6 October 2021

मधेसका अल्पसंख्यक अमात जाति ‘अमात्य’ र ‘राई’ होइनन (The minority #Amat_castes of Madhes are not 'Amatya' and 'Rai')

काठमाडौं– तराई–मधेसमा वर्षौदेखि बसोबास गर्ने अल्पसंख्यक अमात जातिका अगुवाहरुले राज्यले पहिले नेपालको राष्ट्रिय जातिमा आफूहरुलाई वर्षौसम्म सुचिकृत गर्न अनाकानी गरेको र पछि जनसंख्या कम देखाउन बेइमानी गरेको बताएका छन् । उनीहरुले राष्ट्रिय जनगणना नेपालको एकीकृत राष्ट्रिय तथ्यांक प्रणालीको एक हिस्सा भएकाले यो जातिले आफ्नो तथ्यांक सहि र सत्य लेख्न सबैलाई आग्रह गरे । काठमाडौंस्थित ‘#अमात_फाउन्डेसन_नेपाल’ले मंगलबार राजधानीमा आयोजना गरेको विचारगोष्ठि, सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रममा अगुवाहरुले विगतमा यो जातिलाई ‘अमात’ को ठाउँमा ‘अमात्य’ र ‘राय’ को साटो ‘राई’ लेखिदिँदा सरकारी तथ्यांक मिथ्यांक बनेको आरोप समेत लगाए । नेपालको जनणना –०६८ मा यो जातिको जनसंख्या ३८ सय ३० मात्रै उल्लेख गरिएकोमा उनीहरुको आक्रोस थियो । नेपालमा आफूहरु दुई लाखको हाराहारीमा रहेको उनीहरुको दाबी छ । यो जाति २०६८ अघि मात्रै धेरै संघर्षपछि नेपालको राष्ट्रिय जातिमा सुचिकृत भएको जानकारी कार्यक्रममा दिइएको थियो । अमात जातिको प्रचलित थरहरु राय, मण्डल, राउत, अमातलगायतका हुन् । हाल जारी राष्ट्रिय जनगणनामा यो जातिको कोड ९९ रहेकोले थर जेसुकै भएपनि जातिमा ‘अमात’ लेख्न आग्रह गरिएको छ । कार्यक्रममा सम्मानित भएका डा. जयनारायण मण्डलले ३७ वर्षको सरकारी सेवामा पहिलो पटक सम्मान पाएको भन्दै आफ्नो समुदायको भन्दा कम जनसंख्या भएकाहरु नेपाल सरकारले व्यवस्था गरेको सेवासुविधा र आरक्षणको अवसर लिइरहेको तर आफूहरु त्यसबाट बञ्चित भएको बताए । सप्तरीका रामकुमार रायले भने, ‘राज्य हामीलाई दुई वटा धोका र बेइमानी गरेका छन् । हामी तराई–मधेसको जातिलाई पहाडका जनजाति अमात्य र राईमा सुचिकृत गरेर बेईमानी गरेको हो । ’ अमात जातिकै अर्का अगुवा गयाधरप्रसाद मण्डलले आफूहरु संगठीत भई ओबीसीको सहयोगमा नेपालको राष्ट्रिय जातिमा सुचिकृत भएको बताए । ‘अब सबै मिलेर यो जातको उत्थानमा अघि बढ्नु पर्छ ’ उनले भने ।
कार्यक्रममा पूर्वमन्त्री अनिस अन्सारी शुभकामना मन्तव्य दिंदै अल्पसंख्यमाथि राज्यले पटक–पटक बेइमानी गर्ने गरेकाले सचेत भई शैक्षिक र राजनीतिक रुपमा अगाडि बढ्न अमात समुदायका अगुवाहरुलाई आग्रह गरे । कीर्तिपुरस्थित अनुसन्धान निर्देशनालयका निर्देशक एवं भूगोलवेत्ता उमेशकुमार मण्डलले धानुक, कुर्मी, केवत र अमात एउटै सजातिय समूह रहेकाले संगठित भई पहिचानका लागि संघर्ष गर्नु पर्ने बताए । ‘शिक्षानै विकासको मेरुदण्ड र कुनैपनि जाति/समुदायलाई अघि बढ्ने औजार भएकाले यसमा अमात जातिको ध्यान केन्द्रित हुनुपर्छ ’ उनले भने । योजना आयोगका सदस्य एवं अर्थविद् उमाशंकर प्रसादले नेपालमा ८५ प्रतिशत जनसंख्यामाथि १५ प्रतिशत एकल जातिय समूहको हाली मुहाली भएकाले अन्य जाति/समुदायले हरेक क्षेत्रमा पिछडापनको भागिदारी बनेको बताए ।
‘मधेसको जनसंख्या ५० प्रतिशत भएपनि नेपालको कूल बजेटको १७ प्रतिशत मात्रै त्यहाँ छुट्टाइएको छ ’ उनले भने, ‘अझ कूल बजेटको २३ प्रतिशत मात्रै स्थानीय र प्रदेश सरकारलाई र बाँकी बजेट संघिय सरकारले मात्र खर्च गर्ने मानसिकताले मधेस क्षेत्रमा अपेक्षाकृत विकास हुन नसकेको हो । ’ उनले पनि अमात जातिकाले शिक्षामा जोड दिनु पर्ने सुझाब दिए । अमात फाउण्डेसन नेपालका अध्यक्ष रामकृपाल रायले तराई–मधेसको विभिन्न जातजातिसंग समन्वय गरी अघि बढ्ने उद्देश्यले यो संस्था दर्ता गरिएको बताए । उनले पनि शैक्षिक र राजनीतिक रुपमा सबै सचेत हुँदै अघि बढ्नु पर्ने जनाए । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने सम्मान र उपस्थिति प्रमुख व्यक्तित्वहरुलाई लभअफ टोकन प्रदान गरिएको थियो । साथै कार्यक्रममा मैथिली, भोजपुरी र नेपाली गीतहरुमा नृत्य प्रस्तुत पनि गरिएको थियो ।

Tuesday, 17 August 2021

मैथिली कि मगही ?

मैथिली कि मगही ? : केही दिनयता सामाजिक सन्जालमा मैथिली र मगही भाषाबारे पक्ष र विपक्षमा बहसले व्यापकता पाएको छ । यी दुवै भाषाप्रति मेरो कुनै आग्रह/पूर्वाग्रह छैन । मैले दुवैलाई सम्मानपूर्वक लिएको छु । ... केही दिनयता सामाजिक सन्जालमा मैथिली र मगही भाषाबारे पक्ष र विपक्षमा बहसले व्यापकता पाएको छ । यी दुवै भाषाप्रति मेरो कुनै आग्रह/पूर्वाग्रह छैन । मैले दुवैलाई सम्मानपूर्वक लिएको छु । अन्य भाषाभाषीप्रेमी, भाषा सर्जक र भाषिक अनुयायीलाई सबैको भाषिक अधिकारको सम्मान गर्न विनम्र आग्रह पछि गर्दछु । हिजोसम्म मैथिली बोल्नेहरू आज किन आफूलाई मगही भाषी भन्न थालेका छन् ? मेरो विचारमा यो एउटा विद्रोह हो । मेरो यो आलेखलाई धेरैले ‘आगोमा घिउ’ थपेको पनि भन्ठालान् । केहीले मेरो यो प्रतिक्रियालाई जातियतासँग जोडेर पनि हेर्लान् । त्यस्ता सोच राख्नेहरूलाई विद्रोहको आगो निभाउने प्रयास गर्न पनि मेरो सविनय आग्रह छ । के यो विद्रोह रातारात भएको हो त ? मैथिली भाषामा वर्षौंसम्मको भाषिक थिचोमिचो, एकल जातिय वर्चस्प, मैथिल ब्राह्मणवादी मानसिकता, भाषिक कार्टेलिङ, सीमित व्यक्तिको भाषिक सिन्डिकेट, केही व्यक्तिको नटवरलालगिरी…लगायतको कारणले यो अवस्था आएको हो जस्तो लाग्छ । त्यसैले मैथिली र मगही भाषीबीचको यो बहस स्वभाविक हो । यसलाई सकारात्मक रुपमा लिनैपर्छ । कसैले आफूलाई मगही वा मैथिली भाषी भन्न सक्छन् । यसमा उसको व्यक्तिगत वाक स्वतन्त्रता र भाषिक अधिकार पनि हो । त्यसैले यो वा त्यो वा कुनै बहानामा दबाउन पाइन्न । फकाउन भने सकिन्छ । बहिष्करणमा बहुजन पछिल्लो जनगणना २०११ का अनुसार नेपालको कूल जनसंख्याको ०.८३ प्रतिशत उच्च जाति (तीन जातीय समूह मैथिल ब्राह्मण, कायस्थ र राजपूत) छन् । तर, भाषिक रुपमा मैथिलीमा यिनैको हालीमुहाली छ, अझ ब्राह्मणको सबैभन्दा बढी छ । यिनैको बोली, शैली, भाषिका, भाष्यलाई ९९ प्रतिशत बहुजन मैथिलीभाषीमाथि वर्षौदेखि लादिएको छ । मैथिली भाषी क्षेत्रअन्तर्गत प्रदेश २ मा मैथिली बोल्नेको जनसंख्या ४५ दशमलव १८ प्रतिशत र अन्य भाषाभाषी (मगही, बज्जिका, अंगिका, भोजपुरी, नेपाली, थारु, छिक्काछिक्की, उर्दू, बंगाली, माडबारीसहित) को जनसंख्या ५४ दशमलव ८२ प्रतिशत छ । प्रदेश २ मा मैथिली भाषीको कुल जनसंख्या ४५ दशमलव १८ प्रतिशतलाई शतप्रतिशत मान्दा ९८ दशमलव १८ प्रतिशत मैथिली बोल्ने अब्राह्मण अर्थात् ब्राह्मणेत्तर/कथित तल्लो र मध्यम वर्ग/जातिका छन् । उच्च जाति (ब्राह्मण र कर्ण-कायस्थसहित) को जनसंख्या १ दशमलव ८२ प्रतिशत मात्र हुन आउँछ । तर, यिनकै भाषा, शैली र बोली सबै मैथिलीजनमाथि लादिनु नै मैथिलीप्रति आमजनको वितृष्णा बढ्नुको प्रमुख कारण हो । अघोषित रुपमा कथित उच्च जातिकाले (खासगरी ब्राह्मणवादी) मानक मैथिलीलाई प्रचार गरिरहेका छन् । भन्नलाई सप्तरीया बोली, थरुवा बोली, यादव बोली, दलित बोली, मुस्लिम बोली, ठेठ बोली, ठेठली, राड बोली, सिरहाली बोली, महोत्तरीया बोली, सर्लाहीबला बोली, मधेसीया बोलीसहितलाई मैथिली त भनिरहेका छन् तर यी बोलीहरूलाई कतै समावेश गरिँदैन, गरिएको पाइदैन । मैथिलीमा यतिका बोली हुँदाहुँदै पनि सीमित जातिकै बोली र शैली मान्नुपर्ने किन ? अब्राह्मणसहितका अन्यले बोलेको मैथिली बोलाइलाई लेखाइमा किन समावेश नगर्ने ? बहिष्करण किन ? के मैथिलीमा योग्यता र क्षमता नभएर तिनीहरूलाई बहिष्करण गरिएको हो ? यो पनि होइन, बुख्याचाका रुपमा अब्राह्मणहरूलाई केही ठाउँमा ठड्याएकै पाइन्छ । ब्राह्मणेत्तरलाई बहिष्करण गरिएका थुप्रै प्रमाण छन् । सरकारी सञ्चारमाध्यम र प्रकाशित पुस्तकहरूलाई पनि यसको प्रमाणका रुपमा लिन सकिन्छ । सरकारी सञ्चारमाध्यमहरू रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र र पाठ्यक्रम/पाठ्यपुस्तक निर्माण तथा प्रज्ञा प्रतिष्ठानबाट मैथिलीमा प्रकाशित हुने सामग्रीहरूमा कथित मानक जाति (खासगरी मैथिल ब्राह्मण समुदाय) कै कब्जामा छ । यो कब्जाको योग्यता पहुँच र सोर्सफोर्स नै हो । हो, यसका केही अपवादचाहिँ हुन सक्ला ? पाठ्यपुस्तक र प्रज्ञा प्रतिष्ठानको ‘आङ्न’ पत्रिका , जहाँ ब्राह्मणेत्तरलाई सल्लाहकार वा प्रमुख बनाएपनि उनीहरूको भूमिका भने निरिह जस्तै देखिन्छ । त्यसो नहुँदो हो भने कसरी असमावेशी चरित्र यी क्षेत्रहरूमा बर्षौदेखि कायम रहयो त ? मैथिली कसको ? मैथिलीमा मानक र जातिका नाममा वर्षौंदेखि विवाद छ । त्यसको समाधान गर्नुको साटो सही मार्गदिशा देखाउनेलाई भाषिक विर्ता ठान्नेहरूले तिस्कृत र बहिष्कृत गर्दै आएको छ । यसका पनि उदाहरण थुप्रै छन् । म आफै पनि यसको एउटा राम्रो उदाहरण हुँ । मैले वर्षौंदेखि जुन मैथिली शैलीमा लेखिरहेको छु, त्यसलाई कथित मैथिली अभियानी/जातिवादी विद्वानहरूले मैथिली भाषा मान्न तयार छैनन्, देखिन्नन् । तर, पनि मैथिलीमै लेखिरा’को आफूलाई मैले भनिरा’छु । अब भने मलाई भन्न मन लागि रा’छ -यो मैथिली कसको हो ? झापादेखि रौतहटसम्मलाई मैथिली भाषी क्षेत्र भनेर दाबी गर्नेहरूलाई सोध्न चाहन्छु-के मैथिली कथित मानक जातिको मात्रै हो ? यदि होइन भने किन बहुसंख्यक अब्राहमण/सोलकन/दलित/मुस्लिम/थारूसहितलाई यसमा अटाइन्न ? मैथिलीमा कसरी ब्राह्मणवादी जातीय वर्चश्व कायम छ ? त्यसबारे यहाँ केही प्रमाण र तथ्य प्रस्तुत छ । मैले यो अध्ययनलाई प्राथमिक र माध्यमिक तहका पाठ्यपुस्तकहरूका विषयवस्तुलाई बनाएको छु । दुवै तहका पाठ्यपुस्तक हेर्दा, पढ्दा र अवलोकन गर्दा यी ब्राह्मणवादी सोच, मानसिकताले ग्रसित भएर लेखिएको निस्कर्षमा जो कोही पनि सजिलै पुग्न सक्छन् । प्राथमिक तहका पाठ्यपुस्तकमा लेखकहरूमा धीरेन्द्र झा ‘प्रेमर्षि’ र धर्मेन्द्र झा ‘विह्वल’ हुन् । यो तहका पाठ्यपुस्तकमा पनि अब्राह्मणहरू सल्लाहकार र परिमार्जनकर्ता छन् तर पनि त्रुटिहरू उस्तै छन् । कक्षा ९ को पाठ्यपुस्तकमा समावेश केही पाठहरू हेर्दा त्यसको पुष्टि हुन्छ । उक्त कक्षा त एउटा प्रतिनिधि उदाहरण मात्र हुन सक्छ । पाठ्यक्रम विकास केन्द्रले तयार पारेको र जनक शिक्षा सामग्रीले प्रकाशित गरेका प्राथामिक तहको पाठयपुस्तकदेखि माध्यमिक तहसम्मै एकल जातिय पहिचानमा आधारित सामग्री भेटिएकै छन् । पाठ्यपुस्तकका लेखक, सम्पादक, लेखक समूह, पाठ्यसामग्री, पाठ्यविषयवस्तुसहित सबैमा ब्राह्मणवादी मानसिकता हाबी छ । कक्षा ९ को मैथिली पाठ्यपुस्तकमा २१ वटा पाठ छन्, जसमा कथित मानक जातिका लेखक १४ अर्थात् ६६ दशमलव ६६ प्रतिशत (ब्राह्मण ११+कायस्थ ३), यादव २ (९ दशमलव ५२ प्रतिशत) , साह २ (९ दशमलव ५२ प्रतिशत) र धानुक १ (४ दशमलव ७९ प्रतिशत) तथा जात नखुलेको २ (९ दशमलव ५२ प्रतिशत) जनालाई समेटिएको छ । बाँकी दुईमा नाम उल्लेख नभएपनि मानसिकता भने उही छ । पाठ्यपुस्तकमा दलित, मुस्लिम, सोलकन, ओबीसीसहितलाई निषेध र अछूतको व्यवहार गरिएको छ । यति मात्रै कहाँ हो र ? यो पुस्तकमा ७ वटा जति ब्राह्मणसँग सम्बन्धित पाठ/पाठ्यसामग्री/विषयवस्तु राखिएका छन् । चार वटा जति मैथिली भाषासंग सम्बन्धित र अरू विविध विषयसंग सरोकार राख्नेछन् । पुस्तकका लेखक यतिसम्म ब्राह्मणवादी छन्, जसले पत्नीवाद, परिवारवाद, सगोत्रवादलाई प्रश्रय दिन अलिकति पनि लाज मानेका छैनन् । अझ पुस्तकमा उदेक लाग्दो कुरो त के छ भने यसमा महिला लेखकका रूपमा अंगीकृत नागरिकताधारीलाई मात्रै स्थान दिइएको छ । भारतीय सहगोत्री लेखकलाई बढी प्राथमिकता दिइएको छ । कमजोर प्रस्तुति र शैली तथा अनेकौ अशुद्धिका बाबजुद यो पुस्तकको तीनवटा संस्करण (२०५७, २०६७ र २०७६) प्रकाशित छन् । यसबारे आजसम्म कसैले किन नलेखेकोमा आश्चर्यचकित छु । फेरि यस्तो असमावेशी मैथिली किन पढ्ने र आफ्नो सन्तानलाई किन पढाउने, जसमा मैथिलीभाषी शिल्पीसमुदाय, मुस्लिम, ओबीसी, सोलकन, थारुसहितको भाषा, शैली, संस्कार, देवीदेवतालगायतलाई उपेक्षा, विभेद र बहिष्कार गरिएको छ । हरेक पाठ्यपुस्तकमा विद्यापतिको चर्चा त छ त, दलितका लोकदेवता सलहेस र दिनाभदरी कतै उल्लेख छैन । विद्यापतिभन्दा पहिलेका कृषि वैज्ञानिक/साहित्यकार डाक ग्वार (घाघ), लोरिक मनियार, लोना माँ, मीरा सुल्तान, कारु खिरहरि, भुइँया बाबा, चिन्तामन बाबासहितलाई विल्कुलै निषेध गरिएको छ । यस्तै निषेध कक्षा १० मा पनि गरिएको छ । पुस्तकमा पाठको शुभारम्भ ब्राह्मण जातिबाटै हुन्छ र अन्त्य पनि त्यही जातिसँग सम्बन्धित सामग्रीबाटै गरिएको पाइन्छ । कक्षा १० मा समावेश १६ पाठमध्ये १० जना कथित मानक जातिबला (ब्राह्मण ७ र कायस्थ ३) अर्थात् ६२ दशमलव ५ प्रतिशत छन् भने अन्य ६ वटामा नाम उल्लेख छैन, तर लेखाइको प्रकृति हेर्दा यो पनि कथित उच्च जातिकाले नै लेखेका हुन् । यसमा लेखकका रुपमा पतिपत्निको उपस्थिति गजबको छ । तर, अन्य मैथिलीजनलाई यहाँ पनि निषेध गरिएको छ । यी दुई पुस्तकमा लेखक तथा सम्पादक धीरेन्द्र झा हुन् । यसको लेखन र परिमार्जनकर्ताहरूमा मैथिलीका थुप्रै चिरपरिचित व्यक्तिहरू छन् । तर पनि त्रुटिहरूको चाङ छन् । यसले तिनीहरूको भूमिकालाई पनि शंकाको घेरामा राख्न सकिन्छ । बालबनोविज्ञानविरुद्धका पाठ्यसामग्री प्राथमिक तहको मैथिली पाठ्यपुस्तकहरूमा पनि अवस्था उस्तै छ । यो तहको कन्टेन्टमा पनि ब्राह्मणवादी गन्धहरू ठाउँ-ठाउँमा प्रशस्तै भेटिन्छन् । अझ उदेक लाग्दो कुरा त के छ भने यसका स्केचहरू विशुद्ध ब्राह्मणवादी सोच र मनोग्रन्थीले ग्रसित छन् । यसका केही नमुनाहरू हेर्न सकिन्छ । पाठ्यपुस्तकमा उल्लेखित स्केचहरू वर्षौंसम्म मैथिली भाषाकै नाममा धेरै बालबालिकाको मनोविज्ञानमा एउटा खास जातिको पहिचान कायम गर्ने उद्देश्यले राखिएको हुनुपर्छ, यो बाहेक अन्य कुनै कारण हुनै सक्तैन । बहुसंख्यक मैथिलीजनका अबोध बालबालिकाहरू वर्षौंसम्म दूषित मानसिकताको सिकार बने, बनाइएका छन् । मैथिली पाठ्यपुस्तकका विषयवस्तुहरू, लेखकहरू र सामग्रीहरूको छनोटमा एकल ब्राह्मणवादी मनोरोगीहरूको दबदबा त छँदै छ, अभ्यासहरू र चित्र/स्केचमा समेत उही मानसिकता देखिन्छ, देखियो । प्राथमिक तहका पाठ्यपुस्तकमा लेखकहरूमा धीरेन्द्र झा ‘प्रेमर्षि’ र धमेन्द्र झा ‘विह्वल’ हुन् । यो तहका पाठ्यपुस्तकमा पनि अब्राह्मणहरू सल्लाहकार र परिमार्जनकर्ता छन् तर पनि त्रुटिहरू उस्तै छन् । पाठ्यपुस्तक केही पुरानो भए पनि नयाँमा समेत उही मानसिकता तर, फरक शैली र प्रस्तुतिका साथ पुरानै सोच हाबी भएको देखिन्छ । मगही र मैथिली भाषाको वर्तमान बहसमा पक्ष वा विपक्षमा लाग्नेहरूलाई जानकारी दिने उद्देश्यले मात्र यो सामग्रीको चर्चा गरिएको हो । यसलाई कसैले आफ्नो समर्थन वा विरोध नठानी दिनुहोला । मेरो मातृभाषा मैथिली हो, यही सत्य हो । तर, म सबै भाषाभाषीको भाषिक अधिकारको पक्षपाति पनि हुँ । कुनै भाषा कसैमाथि थोपर्नु गैरकानुनी त हुँदै हो, व्यक्तिगत स्वतन्त्रताको बर्खिलाप पनि हो । मेरो अध्ययन र भोगाइले मैथिली भाषामा अब्राह्मण/सोलकण/दलित/मुस्लिम/थारूसहितलाई अछूत जस्तो व्यवहार गरिएकै थियो, गरिएकै छ । म आफ्नै उदाहरण दिन्छु- १९९० को दशकमा मैले मैथिलीमा साहित्य सिर्जना सुरू गर्‍या हुँ । मेरा ती सिर्जनाहरूलाई ‘मैथिली’ मान्न केही जातिवादी/मैथिली अभियानीहरू तयार भएनन् । त्यसपछि मेरा तिनै रचनाहरू हिन्दीमा अनुवादपछि छापिए । अझ ‘कादम्बिनी’ जस्तो हिन्दी साहित्यिक मासिकको सन् १९९६ को अप्रिल अंकमा समेत मेरा कविता छापिए । कथित मानक मैथिली जातिबालाले त्यो छाप्न रूचाएका थिएनन् । यति भइसक्दा पनि मैथिलीमै लेख्न मैले छाडिनँ । ‘अपन मिथिला’ मा ब्यानर स्टोरी होस् वा ‘आंजूर’ पत्रिकामा मैथिलीमा अनुसन्धानमूलक आलेख नै किन न होस्, लेखिरहें । प्रज्ञा प्रतिष्ठानको ‘सयपत्री’मा मैथिलीसम्बन्धी आलेख छापियो , प्रज्ञाकै मैथिली पत्रिका ‘आंङन’ मा झुक्किएर एउटा आलेख छापियो भन्नुपर्छ । मातृभाषा दिवसमा मैले मैथिलीमै कविता वाचन गरें तर प्राज्ञको कविता संग्रहमा मबाहेक सबैको परिचयसहित कविता छापियो । यसबारे जिज्ञासा राख्दा कथित मानक जाति र ब्राहमणवादी मानसिकता नै त्यसको कारण भएको थाहा पाएँ । ‘आँजूर’ मा छापिएका आलेख र अन्य केही अप्रकाशित मैथिली भाषाका अनुशन्धनात्मक विश्लेषणसहित ई-पुस्तक प्रकाशित गरें । विश्वकै चर्चित साहित्यिक अनलाइन पोर्टल ‘कविता कोश’ले ‘भाषा, साहित्य आ मानक’ शीर्षकको मेरो पुस्तकलाई राम्रो स्पेस दिएको छ । मैले मैथिली भाषामा संघर्ष गरें, गरिरहेको छु तर, नयाँ पुस्ताले यसरी संघर्ष गर्दैनन्, गर्नेबाला छैनन् (गुलामी मानसिकता भएका बाहेक) । केही भाषिक नटवरलालहरूका कारण मैथिलीलाई ब्राह्मणको भाषा भएको ट्याग लागिसकेको छ । त्यो हटाउन जरूरी छ । ब्राह्मणेत्तरलाई मैथिलीमा निषेध गरी गन्तव्यमा पुग्न सकिन्न । फेरि केही आफ्ना चाटुकार, हनुमान र किर्तनिया’ ब्राह्मणेत्तरलाई समावेश गरेको ढोलहा पिटेर पनि मैथिलीको दूर्गति रोकिन्न । अब, बृहत्तर सहभागिता अपरिहार्य र टड्कारो भइसक्यो । मैथिलीको दुर्गति मैथिली भाषाको दुर्गतिमा ब्राह्मणवादी सोच र मानसिकता प्रमुख कारण हो । पहुँचकै आधारमा पद र अवसरको जोगाडमा रातदिन सक्रिय रहनेहरूले मधेसीप्रति आमजनको वितृष्णा र विकर्षण बढाएको सत्य हो । तिनीहरूले सोर्सफोर्समा पद पाउने अनि परिवारवाद, दियादवाद, भाइवाद, भतिजावाद, नातागोतावाद, ब्राह्मणवाद, काकावाद, जातिवादको नांगो नाच देखाउन तल्लिन हुने गरेका छन् । त्यसैले तिनीहरूका लागि प्राथमिकताको हेरारकी क्रमशः स्वयं व्यक्ति (पद पाउने आफ्नै स्तुतिगानलाई पहिलो प्राथमिकतामा राख्ने), पत्नि (दोस्रो प्राथमिकता), परिवार (तेस्रो प्राथमिकता), जाति (चौथो प्राथमिकता), आफन्त/परिचित (पाँचौं प्राथमिकता), ब्राह्मणवाद (छैटौं प्राथमिकता, भजन गाउनेहरू (सातौं प्राथमिकता), मैथिली (आठौंमा प्राथमिकता) पर्ने गरेको छ । यसैगरी मैथिलीको दुर्गतिको अन्य कारणहरूमा मानक, शैली, प्रस्तुति, अब्राह्मण समुदायको अजागरुकता, धर्मअन्धता, जातिय अंहकार, संचारमा ब्राह्मणवादीको पहुँचलगायतका छन् । समाधानका उपाय मैथिलीलाई पहिलेकै अवस्थामा पुर्‍याउनका लागि गल्ती गर्नेहरूले तत्कालै आम मैथिलीजनसँग क्षमायाचना माग्दै अगामी दिनहरूमा गल्ती नदोहोर्‍याउने प्रतिबद्धता आउन जरुरी छ । मैथिलीमा साँच्चिकै समावेशिता, समभावता, समसम्मानता र समआदरता आवश्यक छ । सर्वजनको भाषा, शैली, बोली , भाषिकासहितलाई समेटनका लागि सर्वमान्य, सर्वजातीय, सर्ववर्गीय, सर्वलैंगीयसहितको एउटा बृहत्तर गोलमेच सम्मेलनको आयोजना गरी मैथिलीमा सबैखाले विवादको निरुपण गर्न सकिन्छ । मैथिलीबारे कुरा गर्दा कसैलाई जातिवादी भएको आरोप लगाउने मानसिकता पनि त्याग्न जरुरी छ । होइन भने मगही, बज्जिका, अंगिका, छिक्काछिक्की, जोहलासहितको भाषातर्फ सर्वसाधारणको आकर्षणलाई कसैले रोक्न सक्तैन । मैथिलीको मानकको आधार संस्कृतलाई बनाउने अभियानमा केही ब्राह्मणवादी लागेका छन् । यसले मैथिलीको झनै क्षति हुने निश्चित छ ।

Saturday, 10 July 2021

मैथिली, मिथिला आ मानक

‘उद्यान किरण २०२०–२०२१’ अंकमे मिथिला, मैथिल, मैथिली पर डा. धीरेन्द्रके आलेख आ ‘सुच्चा मैथिली आ किरण’ शीर्षकमे डा काञ्चीनाथ झा ‘किरण’ के बारेमे डा. विनोदानन्द झा द्वारा लिखल आलेखमे मैथिली शैली आ मानक पर विचार –

Tuesday, 1 June 2021

मधेसको दलित टोलको जनजीवन (Life of DalitTol in Madhes)

सप्तरी छिन्नमस्ता गाउँपालिका–३ स्थित महादलित टोलका केही तस्बीर । यी सबै तस्बीर एभेन्यूज टेलिभिजनका वरिष्ठ संवाददाता, सप्तरी जागरणका प्रकाशक/सम्पादक र नेपाल पत्रकार महासंघका उपाध्यक्ष वैद्यनाथ यादवले खिचेका हुन् । पत्रकार वैद्यनाथको बालबाट सभार गरिएको हो । (Some pictures of Mahadalit toll located in Chhinnamasta village municipality-3 of Saptari. All these pictures were taken by #Baidyanath Yadav, Senior Correspondent of Avenues Television, Publisher / Editor of Saptari Jagran and Vice President of Federation of Nepali Journalists. )

Monday, 31 May 2021

‘पत्रकारहरु पत्रकारिता मार्फत् कमाई धन्दामा’ (भाग–१)

....पत्रकारहरु पत्रकारितालाई माध्यम बनाई कमाई धन्दामा लागेका छन्.....पत्रकारहरुले स्थानीय सरकारी कर्मचारी, व्यापारीसंग रकम माग्ने गरेको समेत पाइन्छ । स्थानीय सरकारी कर्मचारी, व्यापारी पनि आफ्नो विपक्षमा समाचार नआओस् भन्ने ध्येयले पत्रकारलाई पैसा दिन्छन् । विशुद्ध पत्रकारिता मात्रै गरेर जीवन यापन गर्ने पत्रकार अत्यन्तै थोरै छन्........।
‘मिथिलाको पत्रकारितामा द्वन्द्वका कारणहरु’ शीर्षकमा तुलानारायण साहले ‘मिडिया अध्ययन ५’ का लागि तयार पारेको आलेखमा उल्लेख गरिएका वाक्यांशहरु हुन यी । मैले जेठ १६ मा राजबिराज सदरमुकामका दुई तस्बीर र आफ्नै गाउँ फकिराबारे लेखेको फेसबुक स्टेटसपछि तराई–मधेशका पत्रकार र पत्रकारिताबारे धेरै तथ्यहरु विभिन्न क्षेत्रका बौद्धिक वर्ग मार्फत् प्राप्त भएका छन् । ती सबै हेर्न भ्याएको छैन । तर, जति हेरेको छु, सिंगो पत्रकारकै शिर निहुंराउने खालका छन् । यो लेखि रहँदा कसैलाई आग्रह वा पुर्वाग्रह लाग्न सक्छ । तर, तितो सत्य के हो भने मधेसका केही पत्रकारहरुलाई डाम्न सक्ने आधार/प्रमाणहरु थुप्रै छन् । यही बाहनामा सबै पत्रकारलाई जेनेरलाईज गर्न भने सकिन्न, त्यो पक्षमा म छैन । धेरै ईमानदार पत्रकारहरु पनि रहेको ती बौद्धिक वर्गहरुले मसंगको साक्षात्कारमा बताएका छन् । खासगरी प्रदेश २ को
पत्रकारिताबारे तिनीहरुले पठाएका र संवादका क्रममा भनेका सबै तथ्यहरुप्रति मेरो आफ्नै रिजरभेसन छ । त्यसमा मेरो सहमति र विमति खोज्नु भन्दा पनि पर्दा पछाडि र पत्रकारितालाई बद्नाम गर्नेहरुलाई सार्वजनिक गर्ने दायित्व सबैको हो । त्यसैले जे मैलै पाएँ, सुनें त्यो यहाँ पस्कने जमर्को गर्दैछु । यहाँ एउटा कुरा भनि दिउँ, यो ब्लगको उद्देश्य कसैलाई होच्याउने, अपमान गर्ने, गिराउने वा गिज्याउने नियतले पक्कै लेखिएको होइन । यसमा लेखिएका कन्टेन्टहरु कसैसंग मेल खान गए त्यो संयोग मात्रै हुनेछ । यदि कसैलाई यसबाट चोट पुग्न गए क्षमायाचना गर्छु । एक जना पत्रकारका हैसियतले मैले सत्य सार्वजनिक गर्नैपर्छ, त्यो गरेको छु । यसै आधारमा कसैले मविरुद्ध साइबर बुलिङ गर्न सक्छन् । त्यसको प्रवाह मलाई पिटिक्कै छैन । यहाँ नाम सार्वजनिक नगर्ने सर्तमा मैले ब्लग लेख्न पाउने अनुमति पाएकाले त्यही अनुरुप जिल्लागत रुपमा आएका प्रतिक्रियाहरु यहाँ उल्लेख छन्
सप्तरी : केही बाहेक यहाँका अधिकांश पत्रकारहरु पैसा कमाउने धन्दामा छन् । गलत तरीकाले धन आर्जन गर्ने र राजनीतिक हैसियत बढाउँन तल्लिन छन् । पत्रकार कम पार्टीका कार्यकर्ता बढी छन् । नेपाली कांग्रेस, एमाले (विभिन्न गुट), माओवादी(गुटगत), जनता समाजवादी पार्टी(गुटगत) वा जातिय हिसाबमा पत्रकारहरु वर्गिकृत छन् । ज्ञानेन्द्र शाहको ‘कू’ पछि सप्तरीमा खोलिएको राष्ट्रवादी पत्रकार समाजका पदाधिकारीको नाम समेत भन्दै तिनीहरु पनि तत्कालिन पत्रकार महासंघको अध्यक्षबाट जातिय आधारमा विभेदमा परेको सप्तरीका बौद्धिक वर्गले बताएका छन् । उक्त विभेद त्यस बेला सतहमा आयो जब तत्कालिन सूचना तथा संचारमन्त्री टंक ढकाललाई राजबिराजमा स्वागत गर्नेहरुलाई गिरिजाप्रसाद कोइरालको नेतृत्वमा रहेको सरकारका गृहमन्त्री कृष्ण सिटौला राजबिराज आएका थिए । तत्कालिन कांग्रेस समर्थित पत्रकारले ढकाललाई स्वागत गर्नेहरुमध्ये पत्रकार महासंघका तत्कालिन अध्यक्षलाई सिटौलाको कार्यक्रममा प्रवेश गर्न दिए , अन्यलाई निषेध गरेको थियो । सप्तरीका पत्रकारहरु ठेक्कापट्टामा लागेको कुरा पनि आएको छ । त्यसको पुष्टि विभिन्न माध्यमबाट भएकै छन् । अझ पत्रकार महासंघको तत्कालिन अध्यक्ष समेत ठेक्कापट्टा धन्दामा लागेको पुष्टि नै भइसकेको छ । मैले पाएको जानकारी अनुसार केही पत्रकारले आफ्नो केरा खेतमा लाखौं रुपैयाँ खर्चेर पिच लगेको , आफ्नै श्रीमति र परिवारका अन्य सदस्यहरुको नाम राखेर उपभोक्ता समिति खडा गरी सरकारी विकास बजेटमा कुम्ल्याएको, विभिन्न ठेकेदार कम्पनीबाट रकम असुलेको र रकम दिन नमानेपछि समाचार बनाएको जस्ता आरोप लगाउनेहरु पनि भेटिएका छन् । अझ ती प्रमाणहरु समेत आफूसंग भएको भनेका छन् । गहिरो दुःख व्यक्त गर्दै तिनले भनेका छन्– अनि सडक नबनेको, पुल नबनेको, विजुलीबत्ती नपुगेको, स्कूलमा शिक्षकले नपढाएको, दलितमाथि बर्बर दमन भएको, महिलामाथि परिवारिक सदस्यबाट हिंसा भएको, स्थानीय तहका निर्वाचित पदाधिकारीहरुले बजेटको दुरुपयोग गरेको ...........जस्ता समाचार पत्रकारले किन लेख्छन् ? के कसैले जानी–जानी दुधालू गाईलाई लठ्ठी हान्छ ? ....थुप्रै अनुत्तरित प्रश्नहरु ममाथि नन–स्टम तिनले तेर्साए । म निरिह जस्तै बन्न पुगें । अबाक पनि भएँ । ....थुप्रै कुरा छन् । सांकेतिक रुपमा मात्रै उल्लेख गरेको हुँ । आवश्यक परे नामसहित पनि सार्वजनिक गर्न सकिन्छ । तर, मेरो उद्देश्य सम्बन्धित पत्रकारलाई सचेत र सावधानी गर्ने मात्र रहेकाले त्यता जान चाहिनँ ।
सिरहा: यहाँका पत्रकारहरु अन्य ठाउँको जस्तै पार्टीगत, जातिगत, व्यक्तिगत, वर्गगत रुपमा विभाजित छन् । सबैभन्दा बढी यहाँका पत्रकारहरु प्रहरीमैत्री हुने गरेका छन् । अरुलाई शक्ति र पावरको धौंस देखाउनका लागि उनीहरुले त्यसो गरेको हुनुपर्छ । मलाई उपलब्ध केही नामावली र तस्वीरहरुले त्यो कुरालाई सहजै प्रमाणित गर्न सक्ने खालका छन् । यहाँ पनि केहीलाई अपवादका रुपमा छाडि दिने हो भने अधिकांश पत्रकार कम , पार्टीका कार्यकर्ता भएर बढी सक्रिय छन् । सिरहाका बुद्धिजीविले समाचार समेत कटिङ गरेर पठाएका छन् । अझ सरकारी संचार माध्यममा कार्यरत एकजना पत्रकारले पटक–पटक लहानका मेयरसंग फोटो खिचाएको र उसैको पक्षमा लेखेको दाबीसहित सामग्री पढाएका छन् । तिनले भनेका छन्– अव्यवस्थित बजारप्रति केही पत्रकारले त्यो बेला आबाज उठाउँछन्, जब लेनदेन मिल्दैन । अनि असल पत्रकार र पत्रकारिता र विकास पत्रकारिताको कुरा तपाई गर्नु हुन्छ...। ’ यी र यस्ता धेरै प्रश्न समेत ममाथि तेर्साए ।
धनुषाः सबैभन्दा बढी गुनासा धनुषा जिल्लाबाटै आएका छन् । पत्रकार महासंघका तत्कालिन बहालवाला अध्यक्षले नगरप्रमुख मात्रै होइन एक जना पत्रकारसंगै पनि लेनदेन डिल गर्न खोज्दा नमिल्दा आफ्नो गुट तिनीहरुविरुद्ध परिचालन गरेको त्यहाँका बुद्धिजीविले बताएका छन् । उनीहरुले भनेका छन्, ‘एक जना पत्रकारको चरित्र त यस्तो सम्म देखिएको छ, तिनी नेपाली कांग्रेस सरकारमा हुँदा त्यो पार्टीको मधेसी नेतालाई कामधेनू गाई बनाएर दुहिरहे । अचेल मधेसी दलका केही नेता र मन्त्रीलाई आफ्नो दुहूनो गाई बनाएका छन् । तिनका लागि दलगत सिद्धान्त, आचरण र चरित्र फगत रकम असुल्ने धन्दा बाहेक अरु केही होइन भन्ने प्रमाणित हुन्छ । अझ एक जना त पत्रकार महासंघमा अध्यक्ष पद्मा एउटा पार्टीबाट आधिकारिक उम्मेदवार बनाउने आश्वासन धेरै पहिले पाएका थिए । तर, आश्वासन जातिगत यू–टर्न गरेपछि ती पत्रकार बौख्लाहटको सिकार भए । अहिले तिनी आफैपनि जातिगत मोर्चा बनाउन तल्लिन देखिएका छन् । धनुषामा केही पत्रकारहरु प्रायोजित समाचार लेख्ने गरेको तथ्य समेत फेला परेको ती बृद्धिजीविले बताएका छन् । अझ धनुषामा दारु र मांसमा बिक्ने पत्रकारहरु धेरै रहेको तिनले दाबी गरेका छन् । विवादास्पद व्यक्ति प्रमुख भएर आएपछि तिनलाई फूलमालासहित स्वागत गर्दै फोटो सार्वजनिक गर्नेले जनताका हितमा पत्रकारिता गर्लान् भन्ने आश नगरेको भो– भन्दै आक्रोस समेत तिनले पोखे । जनकपुरमा एकै जनाको नाममा चार भन्दा बढी संचार माध्यम दर्तामा छन् । अब भन्नुस्–तिनले गर्ने पत्रकारिता कस्तो होला ? तिनले केका लागि पत्रकारिता गर्दैछन् यहाँ भनिराख्नु पर्छ जस्तो लाग्दैन । एक जना आफै संचारजगतको नेतृत्वमा छन् तर तिनले अरुलाई माथि उठाउनु भन्दा आफ्नो श्रीमतिलाई जिताउन पत्रकार महासंघको चुनावमा लागि परेका थिए– फेरी उही मधेसका असली पत्रकार रे भन्दै मलाई व्यंग्य सुनाए । जनकपुरमा सफाई अभियानका नायकका रुपमा चिनिने एक जना नेता जो पहिले आफै पनि पत्रकार थिए–तिनीविरुद्ध केहीलाई उचालेर बदनाम गराउने कुचेष्टा भएकोमा जनकपुरका ती बृद्धिजीविले दुख व्यक्त गरे । तिनले भन्दै थिए– एउटा दैनिक पत्रिकालाई पार्टी र त्यसको गुटगत समुहबाट प्रदेश २ को सबैभन्दा बढी विज्ञापन प्राप्त हुन्छ । तर तिनले लेखेको सामग्री पनि विवादमुक्त हुन सकेको छैन । ‘जता माल त्यतै ताल’ भन्ने उक्ति अचेल तिनले प्रमाणित गरेका छन । त्यसैले तिनले गर्ने पत्रकारिता आमनागरिकका लागि नभई आफ्नो लागि पैसा कमाउन मात्र भएको दाबी गरेका छन् । भूमाफिया, गुन्डा नाईके, भ्रष्टाचारी जस्ता उपाधिले डामिएका व्यक्ति केही पत्रकारलाई आफ्नो खल्तीको चेक बनाएका छन्, तिनलाई जुनबेला आवश्यक पर्छ– भजाउने गरेका छन् ।
क्रमशः
http://www.martinchautari.org.np/files/Media-Adhyayan/Media-Adhyayan-5_Commentary_Tulanarayan-Shah.pdf

Saturday, 15 May 2021

मधेसी परेनन् राजदूतको सिफारिसमा

मधेस केन्द्रित दल राजपाको महन्थ–राजेन्द्र गुटको समर्थनबाट सरकार जोगाउन सफल प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विभिन्न ११ देशमा राजदूत नियुक्तिको सिफारिस गरेको सार्वजनिक गरेको छ । बैशाख ३१ मा मात्रै पुनर्नियुक्त परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले साताअघिकै मन्त्रिपरिषद्ले राजदूतको नाम सिफारिस गरेको जानकारी दिंदै प्रस्तावित नाम संसदीय सचिवालयमा पठाइएको बताएका छन् । यो सिफारिसमा मधेसी, दलित, थारु, अल्पसंख्यकसहितका समुदाय परेका छैनन् । सिफारिसका लागि पठाइएको सूची हेर्दा ११ मध्ये आठ जना खसआर्य÷पहाडे ब्राह्मण (७२ दशमलव ७३ प्रतिशत), पहाडे जनजाति २ जना (१८ दशमलव १८ प्रतिशत) र मुस्लिम एक जना (९ दशमलव ०९ प्रतिशत) रहेको छ । यसमा एक जना महिला मात्र परेका छन् । कान्तिपुरमा देवेन्द्र भट्टराई लेख्छन्, ‘प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइबाट पारित भएपछि बढीमा एक महिनाभित्र राजदूत नियुक्ति प्रक्रिया अघि बढ्छ ।’ अब प्रश्न छ के महन्थ–राजेन्द्र गुटले यो सरकार समक्ष मधेसीसहितका समुदायको समावेशिताका लागि आबाज उठाउन सक्लान त ?

Sunday, 9 May 2021

बदल्ने चाहना

एकजना सुफी फकीर जलालुदीन रुमीबारे धेरै पहिले कुनै एउटा पुस्तकमा पढेको थिएँ – जलालुदीन युवा छँदा उसले अल्लाह (ईश्वर/भगवान) संग प्रार्थना गर्दै बरदान मागे छन्, ‘हे अल्लाह! मलाई यति शक्ति देऊ कि म पुरै संसार बदल्न सकूँ ।’ अल्लाहले केही जबाफ दिएनन् । समय बित्दै गयो । रुमीले फेरी अल्लाहसंग अर्को बरदान मागे छन्, ‘ हे अल्लाह! मलाई यति शक्ति देऊ कि म आफ्नाहरुलाई बदल्न सकूँ ।’ यसमा पनि अल्लाहबाट कुनै जबाफ आएन । रुमी जब बुढा भए । अल्लाहसंग फेरी बरदान मागे छन्, ‘हे अल्लाह ! मलाई यति शक्ति देऊ कि म आफूलाई बदल्न सकूँ ।’ यसपटक चाहिं अल्लाहले मौनता तोडदै भन्यो, ‘रुमी ! तिमीले यही कुरो युवा अवस्थामा मागेको भए त्यति बेलै क्रान्ति भई सक्थ्यो ।’ हरेक मानिस अरुलाई बदल्ने ध्याउन्नमा त हुन्छन् तर समय छँदै आफूलाई बदल्ने चाहना राख्दैनन् ।

राजनीतिमा बोलकबोल

कुनै सानो गाउँको एउटा कथा छ । जहाँ दुई दाजूभाई गाउँको प्रमुख बन्न चुनाव लडिरहेका हुन्छन् । गाउँको कूल मतदाता मध्ये आधा–आधा दुवैसंग हुन्छ । अचानक गाउँकै एउटा रुखमुनि कपाल काटेर गुजारा गर्ने एक जना ठाकुर/हजाम समुदायका मानिस पनि मतदाता बन्न पुग्छन् । उसलाई गाउँलेहरुले पगलेट, मुर्ख भनेर हेप्ने गर्दा रहेछन् । उसको नाम मण्डेला रहेछ । यसो त उनको यो नाम पनि खाता खोल्ने बेला गाउँकै सहकारीमा कार्यरत महिला कर्मचारीले राखि दिएकी रहेछन् । खैर, अब गाउँको प्रमुुख को बन्ने भन्ने साँचो मण्डेलाको भोटमा अडिन पुगेछ । यो थाहा पाएपछि दुवै उम्मेदवारले मण्डेलालाई भाउँ दिन थाले छन् । महँगा कपडा, खानपान, पक्की घर, गाडी, पैसालगायत सबै सुविधाको वर्षा उनीमाथि गरी दिन्छन् । मण्डेलाले दुवैलाई आफ्नो मत दिने वाचा पनि गर्छन् र आफूलाई चाहिने सबै सुखसुविधा प्राप्त गरिरहन्छन् । केही दिनसम्म यो जारी रहन्छ । एक दिन ती महिला कर्मचारीले मण्डेलालाई नेल्सन मण्डेलाबारे जानकारी दिंदै एउटा मतदाताको मतको मूल्य बताई दिन्छिन् । मण्डेला अब गाउँको प्रमुखको प्रतिस्पर्धामा रहेका एउटा भाईसंग गाउँमा सडक मर्मत गर्न भन्छन् भने अर्को भाईलाई विद्यालयमा नयाँ कोठा थप्न भन्छन् । एउटा भाईलाई स्वास्थ्यलय बनाउन भन्छन् भने अर्कोलाई विजुलीको खम्भा गाड्न भन्छन् । अब प्रमुखका लागि भिडेका दुई दाजूभाई मण्डेलाको भोटको बोली (बोलकबोल) पुरै गाउँमा लगाउन पुग्छन् । त्यो पनि लाखौंबाट शुरु भई करोड रुपैयाँसम्म हुन्छ । दुवै दाजूभाईलाई थाहा छ कि मण्डेलामाथि एक/दुई करोड रुपैयाँ खर्च गरेपनि सौदा सस्तै पर्छ । किनभने कमिसन दिनेहरु करोडौ रुपैयाँ दिन जो तयार छन् । अहिले नेपालको राजनीतिमा के यो भन्दा केही फरक देख्नु भा’छ ? (स्केचको स्रोत:नागरिक दैनिक) ।

Tuesday, 4 May 2021

लाल बुझकर पत्रकार

एउटा चर्चित शब्द छ– नेपालीमा ‘लाल बुझकर’, हिन्दीमा ‘लाल बुझक्कड’ र अंग्रेजीमा ‘वाइजेकर’ । जसको अर्थ हुन्छ–यस्तो मुर्ख व्यक्ति जसले वास्तवमा केही जानेको हुँदैन, अटकलबाजी गर्छन र उटपट्याङ अनुमान लगाएर दुरुह कुरा गर्छन (पुस्तक डट ओआरजी) ।
पत्रकारितामा यस्तै लाल बुझक्करहरुका बारेमा यो ब्लग लेख्दैछु । सत्य र तितो छ, यथार्थमा आधारित छ । कसैको चित्त दुखे क्षमा गर्नुहोला । यहाँ उल्लेख गरिएको घटना सप्तरीमा एउटा दलितको हत्यासंग सम्बन्धित छ । घटना अन्तर्राष्ट्रिय श्रमिक दिवसकै दिनको हो अर्थात मे १ तारिखमा सप्तरी राजगढ–५ मलेकपुरका मुसहर समुदायका बुधु वा बुधन वा बुध (व्यक्ति एउटै तर नाम फरक–फरक मिडियामा छुट्टा–छुट्टै उल्लेख) को निर्ममतापूर्वक हत्या गरिएको जानकारी मैले सामाजिक संजालमार्फत् हिजो मात्रै (२०२१ मे ३ मा) पाएँ । त्यसको स्रोत सिरहाका एक जना दलित अधिकारकर्मी राजेश विद्रोहीको फेसबुक वाल बन्न पुग्यो । बिहानको समय थियो, एउटा निर्धन, निःसहायको हत्या भएको घटनाको खबरले मन मेरो कुडियो । अझ मेरै गाउँपालिका राजगढसंग सम्बन्धित घटना रहेछ । ध्यानाकर्षण हुनु स्वभाविकै थियो । म उकूसमुकुसमा परे, एउटा संचारकर्मीको नाताले के सहयोग गर्न सकिन्छ भन्दै धेरै बेर घोतलिए , एकोहोरिए । पछि कविता लेखेर सामाजिक संजालमा पोस्ट्याउने सोच बन्यो । कविता एकाएक फुर्यो, मैले लेखे अनि आफ्नो स्टेटस र राजेश जीको वालबाट फोटो लिएर पोस्ट्याउनुअघि गुगल गरे, बुधुबारे सामग्री कत्तै भेटिएन । फेरी बिहानीको एफएमहरुको समाचारमा पनि उक्त घटनाबारे केही सुनेको थिइनँ । अत्यन्तै सम्वेदनशील विषयमा मिडियाहरुमा कभरेज नदेख्दा मन झनै खिन्न भयो । त्यसपछि मैले आफ्नो सामग्री फेसबुकमा पोस्ट्याएं–
स्टेटस राखेको झण्डै एक घन्टापछि मेरा सहकर्मी समेत रहेका प्रिय भाई अवधेशकुमार झाको स्टेटस आयो । स्टेटसमा लेखिएका शब्दावलीहरु पढ्दा दुःख लाग्यो । मैले कसैलाई मेन्सनै नगरी लेख्दा पनि अवधेश भाईको चित्त साह्रै दुखेको रहेछ, मेरो स्टेटसबाट । केही बेरमा उनले कान्तिपुरको लिंक समेत पठाई आफ्नो कार्यलाई पुष्टि गर्ने प्रयास गरेका रहेछन् । जुन आवश्यक थिएन । तरपनि उनको त्यो कार्यलाई स्वभाविकै ठानेर ‘गुड’ र ‘थ्याङ्क्स’ लेखिदिएँ ।
मेरो स्टेटसमा उनको प्रतिक्रिया विरलै आउने गरेको अवस्थामा यो प्रतिक्रियाले म अचम्भित पनि भएँ । उनको यो स्टेटस एउटा पत्रकारको जस्तो नभएर दलिय स्वाँठहरुको जस्तो आएको देखेर खिन्नता बोध भयो । भाई अवधेशलाई पेशागत व्यवसायिकतामा जोड दिन आग्रह छ । भाईले अझै म्याच्युरिटी देखाउनु पर्छ । पत्रकार महासंघको नेतृत्व गरिसकेको अवस्थामा सप्तरीकै एक जना अग्रज पत्रकारको नाम उनको देहवसान भईसकेको कयौं दिनपछि पनि त्रुटिपूर्ण रहेकोले सच्चाउन भाईलाई सुझाब पनि छ । नाम, थर र फ्याक्टहरु क्रस चेक गरी मात्रै लेख्नुपर्छ । होइन भने विश्वसनीयता घट्छ । साथै, सामाजिक संजालमा स्टेटस लेख्दा काम गर्ने संस्थालाई लज्जित बनाउने गरी अशुद्ध लेख्नेहरुको झुण्डमा सर्वोत्कृष्ट बन्ने प्रयास नगर्दा राम्रो होला । पत्रकारितामा तपाईको सक्रियता र योगदानको खाँचो सप्तरीलाई धेरै छ । एउटा अग्रजको नाताले यति चाहिं सुझाब दिएको हुँ । लाल बुझक्कड पत्रकार नबन्नु । बरु संकेत चाल पाएर सर्तक र सावधान हुनु ।
मेरो वालमा सप्तरीका अर्का पत्रकार एवं ‘मानवअधिकारवादी’ समेत रहेका मनोहर पोखरेल जी पनि आफ्नो सप्रमाण प्रस्तुत भए । मेरो वालमा उनले प्रतिक्रिया लेखेको मलाई सम्झना छैन । तर, उनको यो प्रस्तुति बडो अनौठो लाग्यो । बिना नाम मेन्सनकै ‘पत्रकार’ र ‘अधिकारकर्मी’ लेख्दा पनि उनी तेब्बर रुपमा आफैलाई भनेको जस्तो गरी प्रस्तुत हुनुले दुखी बनायो । के सप्तरीमा उनी मात्रै अधिकारकर्मी र पत्रकार हो ? मैले चिनेको पत्रकार मनोहर पोखरेल शालिन व्यक्तित्वको धनी भन्ने हो । तर, मेरो त्यो ‘हाइपोथेसिस’ उनको यो एउटै स्टेटसले फेल गरी दिएको छ । शायद प्रिय मनोहर जीलाई राजेश विद्रोहीको नाम मेन्सनबाट ईष्र्या रहेछ, त्यसैले त मोफसल र काठमाडौंको विषयवस्तुलाई आक्रोशित भावमा लेखेका रहेछन् । तपाई मानवअधिकारवादी पनि हो, के मैले एउटा पीडितको पक्षमा लेख्नै नहुने हो ? गलतलाई गलत भन्न सक्ने ल्याकत मसंग छ । गल्ति गर्नेको नामै मेन्सन गरेर लेख्ने शायद कोही संचारकर्मी छन भने ती मध्ये एउटा म पनि हो । एउटा दलितको निर्ममतापूर्वक हत्या भएको घटनामा पीडितले जसरी पनि न्याय पाऊन भन्ने चाहना मात्र मेरो थियो, हो । कसैप्रति म आग्रह वा पूर्वाग्रह बन्नु पर्ने कारणै छैन । अर्को कुरा, कसैको भावनामा आघात पुर्याउने आशय वा उद्देश्यले मैले आफ्नो स्टेटस लेखेकै हैन, छैन । हो, त्यस्तो कसैलाई लागेको छ भने त्यो उसैको कमजोरी र समस्या हो । यसमा म के पो गर्न सक्छु ? यो स्टेटसको एउटा सुखद पक्ष चाहि के
अनुभव गरे भने– सप्तरीया पत्रकार र मानवअधिकारकर्मीहरु स्थानीय संवेदनशील घटनाप्रति प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सचेत/सतर्क छन् , कसैले उनीहरुको काम र सक्रियताको क्रेडिट दिओस् भन्ने चाहना पनि उनीहरूमा रहेछ । यो स्वभाविकै पनि हो । तर, कसैको नामै मेन्सन नगरिए पनि कुनै प्रतिक्रियालाई आफूमाथि ‘प्रहार’ बुझ्नु चाहिं उनीहरुको कमजोरी हो । त्यसैलाई टेको समेत बनाई प्रतिक्रिया दिनेविरुद्ध खनिनु अर्को गम्भिर त्रुटि हो । गम्भिर र संवेदनशील घटनाप्रति मेरो ध्यानाकर्षणपछि लाल बुझक्कड भई तपाईहरुले जुन प्रतिक्रिया र आक्रोश पोख्नु भएको छ, त्यसलाई सकारात्मक रुपमा लिएको छु । तर, तपाईहरु सच्चिनै पर्ने स्पेस अझै छ । जस्तै–
१.एउटै क्षेत्र र स्थलबाट गरिएको तपाईहरुको रिपोर्टिङमा मृतकको नाम कुनैमा ‘बुधु’ र कुनैमा ‘बुध’ वा ‘बुधन’ भनेर आएको छ । (कान्तिपुरमा ‘बुधु’, अन्नपूर्ण पोस्टमा ‘बुधन’, गोरखा पत्रमा ‘बुध’....) कुन चाहिं सहि हो ? यस्तो त तब मात्रै हुन्छ जब सतही रिपोटिंङ गरिन्छ वा कसैको भनाईमा गरिने रिपोर्टिङमा मात्रै यस्ता त्रुटि आउने हो । कसले, कहाँ र कसरी त्रुटि गरे– त्यसमा सचेत हुनुपर्छ र सच्चिनु पर्छ ।
२. नयाँ पत्रिकाकर्मीले पोस्टमार्टमका लागि शवलाई धरान पुर्याउन शववाहनका लागि गरेको १० हजार आर्थिक सहयोग अत्यन्तै प्रसंशनीय कार्य हो । यो सहित अन्य सहयोगी हातहरुलाई सलाम र सम्मान छ । पीडित परिवारको दयनिय आर्थिक अवस्था छ । राजबिराजमा पोस्टमार्टम् हुन नसक्दा धरान लानुपर्ने बाध्यता बुधु जस्ता निमुखा परिवारले अब झेल्न सक्तैनन् । यो विषयमा साइड स्टोरी गर्न सकिन्छ । त्यो तपाईहरुबाट हुन जरुरी छ ।
३.सप्तरी गाउँ नै गाउँले भरिएको जिल्ला हो । त्यसैले गाउँघरमा धेरै बेथितिहरु छन् । स्थलगत रिपोर्टिंग मार्फत् उजागर गर्नुस् । दक्षिण भेगका जनताका लागि स्वास्थ्य, यातायात र शिक्षामा अझै पहुँच छैन । यता पनि ध्यान पुगोस् । जिल्ला प्रशासन, प्रहरी कार्यालय, अस्पताल वा अदालतमा आएको विषयहरुलाई मात्रै समाचार नबनाउन आग्रह छ । सिरहा रोडको दास पेट्रोल पम्पमा बर्सौदेखि टेम्पोमा सिन्डिकेट लगाइएको छ । त्यहा गैरकानुनी रुपमा असुली हुने गरेको छ । त्यसलाई निर्मूल पार्ने गरी रिपोर्टिंग गर्नुस् ।
४.बिना लाईसेन्सको भाङ पान पसलमा छ्याप्छयाप्ती झुन्ड्याइएका हुन्छन् । यो गैरकानुनी हो । पान पसलबाट यी सामग्री यसरी बेच्न पाईन्न । यत्तातिर पनि तपाईहरुले रिपोर्टिंग गर्नु पर्ने देखिन्छ ।
५.सोसस इस्युहरुमा सामग्रीहरु कम देखिएका छन् । त्यता पनि ध्यान दिनु जरुरी छ ।
६.गाउँघरमा अनाधिकृत रुपमा जाँड पसलहरु खोलिएका छन् । त्यहाँ पाइने रक्सी कमअसल खालका भएकाले धेरै जना बिरामी हुने गरेको र केहीको ज्यान पनि गएको छ (केही महिनाअघि मेरै गाउँका दुई जना बिते) । यसतर्फ पनि ध्यान दिन आवश्यक छ ।
यी त केही प्रतिनिधिमुलक उदाहरण मात्रै प्रस्तुत गरें । अन्य मुद्दा र सवाल पनि हुनसक्छन्, खोजिनीति गर्दै उजागर आवश्यक छ । अन्त्यमा तपाईहरुले लेखेको समाचारमा जन–जनको पहुँच किन हुन सकेन ? एउटा सोचनिय बिन्दू यो पनि हो । बुधुकै समाचार सामग्री गुगल गर्दा अपेक्षा गरे अनुसारको भेटिएन । शेयर पनि किन कम भए ? यी र यस्ता कारण पनि खोतल्नु पर्छ । यो इस्युमा भोला पासवान जी को रिपोटिंगलाई डिटेलमा नया पत्रिकाले बैशाख २१ मंगलबार ७ः३२ बजे पोस्टाएको छ । यो सामग्री तयार पार्दासम्म ६१८ शेयर छन् । त्यस्तै, मनोहर पोखरेलजीको रिपोटिंगलाई अन्नपूर्ण पोस्टले बैशाख १८ मा २२ः०७ बजे पोस्टाएको रहेछ । यो सामग्री तयार पार्दासम्म एउटा पनि शेयर छैन ।
मनोहरजीले पठाएको लिंकमा पनि शेयर छैन । कान्तिपुरमा अवधेश झाको यो विषयको समाचार वैशाख १९ गते ९ बजेर ४ मिनेटमा पोस्ट्याउँदा ८५ शेयर मात्रै पाएको छ । बरु मधेस लाईभले बैशाख १८ गते २०ः०६ बजे पोस्ट्याएको समाचारले ‘एक दलमलव एक के (एक हजार भन्दा बढी) शेयर पाएको छ । गोरखा पत्रको अनलाइनमा यो सामग्री छैन , प्रिन्ट भर्सनमा भने छ , शेयर गर्ने संख्या खुल्दैन । सामाजिक संजालमा मैले शेयर गेरको यो संग सम्बन्धित सामग्रीले बरु राम्रो माइलेज पाएको छ । यहाँ सुझाब छ: सम्वेदनशील विषयबारे आएको समाचारहरु सम्बन्धित संस्थाका पत्रकारहरुले सामाजिक संजालमा शेयर गर्दा
बढी भन्दा बढीमा सूचना सम्प्रेषण हुने भएकाले यतातिर पनि ध्यान दिने हो कि ? यो घटनामा पीडित परिवारलाई सहयोग र न्याय दिलाउने प्रयासमा संलग्न सुनिता साह, शिवकुमार राम, राजेश विद्रोहीसहित अन्य संचारकर्मीलाई धन्यवाद र आभार । पीडीतले न्याय पाऊन, निर्दोषमाथि अन्याय न होस् !
सामाचारका लिंकहरु
https://ekantipur.com/pradesh-2/2021/05/02/161992556957212773.html
https://www.nayapatrikadaily.com/news-details/63626/2021-05-04
http://annapurnapost.com/news/178930
https://madheshlive.com/2021/05/8854?fbclid=IwAR3Cwoyimhsg-bQSvLk3MngbTEwMOgC4FUyev8p0md8fwfY0ChPAdLsAkoo
https://www.nepalpostdainik.com/npd/2021/05/01/17548/
https://www.nepalkhoj.com/2021/05/03/87956/?fbclid=IwAR2hvp86niF3yz_lriB5v8eeUfn9gbLDBlkb62nXFmz_rByg2-_2bYeqzvU

Saturday, 24 April 2021

जनगणनामे मैथिली: कियैक आ कोनाक ?

दिनेश यादव
विषय प्रवेश:
मैथिलीके प्रख्यात भाषा वैज्ञानिक हार्नली आ सर जार्ज ग्रियर्सनसं लके सुनितिकुमार चाटुज्र्या आ उदयनारायण तिवारी धरि पूर्वी (हिन्दी) किंवा बिहारी (हिंदी) अंतर्गत मैथिलीके एकटा बोलीके रुपमे सामिल कएने छलाह (अमरनाथ, २०१७ ) । परन्च किछु लोक एकर विपक्षमे ठाड भेल छलाह । ओसभ मैथिलीके अलग करबाक मांग करैत रहलाह आ अन्ततः २००३ मे भारतमे अटलबिहारी वाजपेयीके सरकार मैथिलीके ओतूहुका संविधानक आठम् अनुसूचीमे शामिल कयैलक । ई पाजा पारक बात थिक । ओतूहुं १७ वर्षमे मैथिली माने किछु जातिके पकेटमे सीमित रहल बात किनकोसं छुपल नई छै । मैथिलीके जन–जनसं जोडबासं बेसी ‘पाग’ के प्रचारमे बेसी जोड दैत संकुचित मानसिकताक इर्दगिर्द सीमित भगेल मैथिली । आब ओते मैथिली राजनीतिक अस्त्र बैनगेल अइछ । तेंया, मैथिलीसं बेसी विभिन्न
स्थानक नामकरण विद्यापतिके नामसं होए, दडिभंगाके एयरपोर्टके नाम विद्यापति होए, पागके सरकारी मान्यता भेटैक (पाग पर हुलाक टिकट जारी भं चुकल अइछ), आदिइत्यादिमे ओझाएल अइछ ओइ कातक मैथिली भाषी । नेपालीय मैथिलीभाषी क्षेत्रमे सेहो कमोबेस ओहे अवस्था अइछ । नेपालमे मैथिली आ मिथिलाके नामपर अनाहकमे पाच गोटके सहादत देला वर्षौ भं चुकल अइछ । मुदा संवैधानिक दाबी आ किछु गोटके सम्मान पुरस्कार, पद, अवसर, सरकारी टकापर चांदी कटाईके आलावा मैथिली भाषीके जोडबाक बात बिल्कुले नई भेल अइछ । सरकारी कामकाजके भाषा आ प्रदेशक नामपर राजनीति अखन खुबे होइछ । लेकिन एहि तरहे राजनीतिसं फराक बहुसंख्यक लोक मैथिली आ मिथिलाके संशय भाव देखए लागल अइछ । कियैक त, विगत २० वर्षक मैथिली आ मिथिलाके नामपर जतेक राजनीतिक भेल वा अभियान चलल, ओकर ‘बाइप्रोडक्ट’ मे जतेक अवसर भेटल–ओसभ सीमित जातिके सीमित व्यक्तिके मात्र भेटल अइछ । सरकारी पुरस्कार, अवसर, मान, पदवी आ पद सभटामे ओहे सीमित व्यक्तिके कब्जा छै । ओ व्यक्तिसभके आलाबा मैथिलीमे आन लोक, जाति, वर्गमे योग्य आ दक्ष जनशक्ति नई छै, से बात किनौह नई अइछ । मात्र मानक मैथिलीके नामपर अब्राह्मण मैथिली भाषीसभ अयोग्य मानल गेल अइछ । बहुसंख्यक मैथिली भाषीके अछूत मानल गेल
अइछ । तेंया ओसभ बहिष्करणक पीडाबोधमे कुंठित होमाक अवस्थासं गुजरि रहल छै । मैथिलीमे अपनाके विद्वान आ लेखक आ महानसाहित्यकार होमाक दाबा करैवाला सभहक किरदानी लज्याबोध अवस्थामे मैथिलीजनके पहुंचा दैत छै । चाहे ओ बच्चाबुच्चीके लेल मैथिली पोथी होए वा मैथिली साहित्य किछु अपवादके छोइड, स्तरीय नई बैन सकल अइछ । पोथीसभले भेटल त्रुटि अक्षम अइछ त साहित्यसभ व्यक्तिवादी प्रवृति, स्व–स्तुति आ सजातिय प्रशंसामे लिन बेसी भेटैछ । अई तरहे एकभगहा मानसिकतासं कि मैथिलीक भविष्य उज्वल भं सकैत अइछ ? एम्हर मैथिली–मैथिली करैत छी आ अवसर एकैहटा जाति, वंश, वर्ग आ समूहके भेटै त कि अन्याय नए भेल ? ओहू पार (भारतमे) अनुसूचीमे समावेश भेलाके बादो मैथिली भाषा राखिके कै गोट अब्राह्मण आइपिएस अफिसर बन्नाहए ? अई पर किछु ब्राह्मणवादी ‘जीन’ के कारक तत्व मानैत छैथ । कि प्रतिभाके जीन निर्धारण करैत छै ? ई कुतर्क भेल । अवसरके बात आइबते अई तरहे कुतर्क सब देनाई शुरु भ जाएत छै,अब्राह्मणके निधेष कएल जाइत छै । एतबे नई ब्राह्मणेत्तरपर मानक मैथिली आ मानकिकरणक आरी चलाओल जाइत छै । जनगणना वा मतदानक समय अबिते ‘मिथिला आ मैथिली’ मे अब्राह्मणके सेहो जोडबाक प्रयास कियैक होमे लागैत छै ? संसारमे साहित्यविद्यामे कुनू प्रतियोगिता परीक्षामे ९९ प्रतिशत अंक आनैवाला एकैह जातिके लोक कियैक भं जाइत छै ? कारण पेपर लिखैवाला आ पेपर जाचैवाला एकैह गोत्र/जातिके होमाक बात देखल गेल छै । एकर पुष्टि नवभारत टाईम्सके दिल्ली संस्करण–२०१७ मे अमरनाथ अपन लेखमार्फत् कएने छैथ । ओ लिखने छैथ–
‘ऐसे अनेक प्रतियोगी मिल जाएंगे जिन्होने बीटेक, बीईए, एमबीए या एमबीबीएस की डिग्री लेकर भी सिविल सर्विस की परीक्षा में मैथिली को अपना विषय बनाया । कारण, एक तो मैथिली का पाठ्यक्रम सीमित है और दूसरे, उन्हे पता होता है कि उनकी उत्तरपुस्तिकाएं जांचने वाले परीक्षक भी मिथिलांचल के ही कोई प्रोफेसर होंगे जिन तक पहुंच न भी हो तो परीक्षक और परीक्षार्थी मे इतनी समझ तो होगी ही कि दोनो मैथिल ब्राह्मण है । पिछले वर्षोके परीक्षा परिणाम का अध्ययन किया जाय तो यह तथ्य उजागर हो जाएका कि मैथिली विषय लेकर परीक्षा देने वाले प्रतियोगी अमूमन सामान्य से अधिक अंक क्यो पाते हैं ? (नवभारत टाईम्स, २०१७)
ई त पाजा ओइपारक एकगोट उदाहरण भेल । मैथिलीके नामपर कोन तरहे एकैह जाति विशेषक लोक फाईदा ल रहल छैथ । नेपालीय मैथिली भाषी क्षेत्रमे सेहो सीमित व्यक्तिके कब्जामे मैथिली छै । मैथिलीके नामपर ओ ब्रह्मलुट मचौने छैथ । ओसभ आनके मैथिलीमे आबै देबाक प्रयास
करबे नई करैत छैथ । पहिने अपने आ नई भेल त आसेपासेके मैथिलीमे अवसर देल जाइत छै । आम मैथिली अभियानी आ अनुसन्धानकर्ताके निषेध कएल जाइत छै । कि मैथिली लिखई आ बाजए, एकैहटा जातिके अबैत अईछ ? जौ मैथिलीसभके छै त पद आ अवसरक लेल प्रतिस्पर्धा कियैक नई ? मन-सुन आ भन-सुनके आधार पर सीमित व्यक्तिके मात्र मैथिलीके नामपर ‘अप लिफ्ट’ कियैक ? गणेश परिक्रमा आ अपनाके देवत्वकरण करैवालाके मात्र अवसर कियैक ? मैथिलीमे ओहेसभ मात्र विद्वान आ लेखक छैथ सेहो त नई छैक ? रेडियो नेपाल आ नेपाल टेलिभिजनसं लके गोरखापत्र, निर्वाचन आयोग आ प्रेस काउन्सिलक मैथिलीमे आचारसंहिता अनुवाद करैवाला होए, सबटामे एकैह जातिके आ ओहे नटरवरलालसभ भेटत । आब विरोध स्वर ‘बोल्ड’ होमे लागल त नयां रणनीति सेहो सुरु भं गेल अइछ । किछु गोटाके ‘सेरोमनियल’ बनाके वा ‘ अन फ्रन्ट फेस’ देखाके लुट मचा रहल छै । जौ एहि लेल मैथिली चाहि त ओई मैथिलीके पक्षमे लोक कियैक लागत ? जई मैथिलीमे मात्र एकल जातिके दबदबा होए, जई मैथिलीमे मात्र संख्याके गणनाके आधारमे सीमित व्यक्ति/जातिके अवसर भेटैक–ओई मैथिलीके पाछा लोक कियैक रहत ? मैथिली भाषी मगही, बज्जिका, अंगिका, पूर्वी थारु, जोलहासहितके पहिनुकवा भाषिका/बोली आब भाषाके मान्यताधरि ओहिना नई पहुंचल छैक । एकरा किछुगोट सरकारी षडयन्त्र कहिके अपन पलडा झाइर रहल छैथ । मुदा अईसं काज नई चलत,आन्तरिक शुद्धिकरण आब अपरिहार्य भए गेल अइछ । मैथिली जौ सभके भाषा कहैत छि त सभके समान हैसियत आ बराबरीके हिस्सेदारी बनबियौन ।
भाषा कियैक:
नेपालमे पहिल बेर विस ००९–०११ के जनगणनामे भाषाके गणना भेल छल । तक्करबाद भाषिक गणना निरन्तर भ रहल अइछ । सुरुमे ४४ टा भाषा देखल गेल छल, २०६८ मे १२३ पर पहुंच गेल । अइ आधार पर सरकारी तथ्यांक अनुसार भाषा आयोगसहित सरकारी निकाय भाषा विकास कार्यक्रम संचालन करैत अइछ । मुदा ई कार्यक्रममे जन–जनके पहुच नै होनाई दुखद थिक । नेपालमे भाषाक संख्या बढ्बाक बहुत रास कारण छै । जाहिमे भाषाक नाम पर किछु गोट अवसरप्रस्त होनाई आ भाषाक ठीकेदारीमे
बहुसंख्यकके तिरस्कार, वहिष्कार केनाई महत्वपूर्ण कारण अइछ । तहिना, नेपालमे भाषिक अपसरणक संभावना बहुत कम छै । खास कके मैथिलीमे वर्षौसं बहुसंख्यकके निषेध कएलाके कारण ओकर भाषिकासब भाषाक रुपमे विकसित भ गेलासं ई सब अपसरणशिल भाषाका रुपमे नई मानल जा सकैत अईछ । ई भाषासब मातृभाषाक रुपमे सेहो मान्यता भेटबाक कारण आधारभूत कक्षामे एकर पढाई होमाक निश्चित मानल जाइत अइछ ।
सामान्यतः मधेसीसभ तीन वा ओइसं बेसी भाषा बोलैवला बहुभाषिक होइछ । एकगोट मातृभाषासंगै नेपाली आ हिन्दी त सभहक साझा गुण थिक । थप अन्य भाषा सेहो निक जका बोइल आ बुइझ सकबाक अवस्थामे छै । नेपालक जनसंख्याक हिसाबसं आधा आवादी मधेस क्षेत्रमे बसोबास करैछ । मुदा सरकारी तथ्यांक किछु फरक अइछ । ०६८ के जनगणनामे ५९ प्रतिशत लोकसभ एकभाषी, ४१ प्रतिशत द्विभाषी छैथ । तहिना ३२ दशमलव ७ प्रतिशतके नेपाली दोसर भाषा रहबाक बात ओइ जनगणनामे छल । नेपालमे ९१ टा मातृभाषा दोसर भाषाक रुपमे प्रयोग भ रहल तथ्यांक अइछ । जन्म लेलाक बाद बच्चा जई भाषामे पहिल बेर बोलैत छै, सामान्यतया ओकरे मातृभाषा मानल जाइत अईछ । व्यक्तिके पहिल भाषा मातृभाषा वा घरमे बोलैवाला भाषा होइत छैक । घर अगलबगल रहल परोसी आ वाल्यकालमे स्याहार करैवाला लोकक भाषा व्यक्तिके पहिले भाषा थिक । भाषा पर कानुनी व्यवस्था व्यवस्था सेहो अइछ । कानून अनुसार–
संविधानके धारा (६) द्वारा मातृभाषाक रुपमे नेपालमे बोलैईवला सभटा भाषाके राष्ट्रभाषा मानल गेल छैक । धारा (७) के उपधारा (२) प्रदेशमे नेपाली भाषाके अतिरिक्त बहुसंख्यकद्वारा मातृभाषाके रुपमे बोलैवाल एक वा एकसं बेसी भाषाके प्रदेश कानून बमोजिम सरकारी कामकाजके भाषा बनाओल जेबाक प्रावधान किटल अइछ । एहा संविधानक धारा (३१) के उपधारा (५) द्वारा मातृभाषामे शिक्षा प्राप्त करबाक अधिकार प्रदान भेल अइछ । तहिना संविधानके धारता (३२) के उपधारा (१) द्वारा प्रत्येक व्यक्ति आ समुदायके अपन भाषाक उपयोग करबाक अधिकार आ उपधारा (३) द्वारा अपन भाषा आ लिपि संरक्षण आ प्रवर्धन करबाक अधिकार प्रदान कएल गेल छैन ।(गोरखापत्र, २०७६)
समस्याके जैड:
विद्वान ज्याकोब्सनके कथन छनि जे समाजमे द्विभाषिक वा बहुभाषिक स्थिति देखाई पडनाई समस्या थिक । मुदा अखन ओकरा नवपीढिक विद्वान लोकनि स्वाभाविक सामाजिक यथार्थके रुपमे ल रहल छैक (अधिकारी, २०६५, पृ.३९) । मैथिलीमे नव विद्वान लोकनिके तर्क मानबाक स्थितिमे किछु वर्ग, समुदाय, जाति आ कथित अगुवासभ तयार नई छैथ । ओसभ अखनो ज्याकोब्सनके लाईनमे गठिया बन्हने छैथ । तें मैथिलीक दुर्दशा देखार आ चिन्हार भ रहल अइछ । नेपाली आ मैथिलीके वरिष्ठ साहित्यकार एवं गीतकार अर्जुनप्रसाद गुप्ता ‘दर्दिला’ के शब्द पइच लैत कहब जे ओ सभ ‘भाषाखौका’ छैथ । विश्वके विभिन्न मुलुकमे अई तरहे लोकसभ भेटैत छैक । तें माचर आ वेण्डे कहने छैथ जे प्रत्येक दुई हप्तामे विश्वसं एकगोट भाषाक लोप भ जाइछ (रिमाल २०७१,पृ.१) विश्वके बहुत रास देश, जतेह बहुभाषिक लोक अत्याधिक रहैत छैक ओतेह बोलल आ प्रयोगमे आबैवला सम्पूर्ण भाषा/भाषिकाके जगेर्ना, उत्थान आ विकाशके नीति लेल गेल अइछ । उदाहरणके रुपमे सोभियत संघमे बहुसंख्यक आ अल्पसंख्यकसभके समान अधिकारक नीति अख्तियार कएल गेल अईछ । ओतेह बहुसंख्यक वा अल्पसंख्यकद्वारा बोलल जाईवला मातृभाषामे शिक्षाक व्यवस्था कयल गेल अइछ आ अपने मातृभाषाक प्रयोग कके
सरकारी सुविधा भोगबाक व्यवस्था छैक । भाषाक आधार पर राज्य ककरो उपर पक्षपात नई होबाक नीति सेहो लेल गेल छैक (बास्तोला ,२०७६) । नेपालमे अई तरहे नीति नई देखल गेल अइछ । समान रुपसं भाषिक अधिकार नई देल गेल छैक । मातृभाषाक नामपर निश्चित व्यक्ति आ अधिकांश एकैह समुदायके लोकके भाषिक अवसर प्रदान कएल जा रहल अइछ । खास कके मैथिलीमे मानकीकरणके नामपर बहुसंख्यकके वहिष्करणमे पाडल गेल छैक । एकर अर्थ बहुसंख्यक लोकमे मैथिलीक जानकार आ विद्वान नई छै से नई, ओसभ पहुंचक घेरासं दूर छैक । आ सीमित व्यक्तिके पृष्ठपोषण राज्यद्वारा भए रहल अइछ । जे भाषिक आयोग वा सरकारी निकाये पदपर आसिन छैथ,तलब भत्ता खाईत छैथ,ओ सभ विभिन्न नामपर परियोजना खडा कके दोहरा सुविधा ल रहल छैथ । आन प्रतिभाके अई क्षेत्रमे अनेबाक लेल कुनू प्रयास नई होइत छैक । ई पैघ दुर्भाग्यपूर्ण अवस्था थिक । कहबी छैक–बाघक बच्चाके बाघे खाइछ आ ठिकठिकिया(गिरगिट) सेहो कहियोकाल अपने बच्चाके खाइछ । ई अत्यन्त खतरनाक बात थिक, मैथिलीके कथित मानकीकरणवला मैथिली भाषीसभ खा रहल छैथ । कियैक त ओसभ विभिन्न आयोग, नियोग आ समितिमे बैसके बहुसंख्यक मैथिलीजनके भावना, आकांक्षा आ अपेक्षा विपरीत सहि, छाप करैत छैथ आ अपन अंश लैत आम मैथिलीभाषीके चिरहरण करैत छैथ आ अपने म्याके बोलीप्रतिके मोह भंग करबाक परिस्थिति बनाबैत छैथ । अखनो गामघरमे लोकसभ मैथिलीके ‘बभना’ के भाषा आ अपन बोलीके ‘ठेठिया’ भाषा कहैत छैक । जन–जनके भितरमे जकडल अई तरहे मानसिकताके जाधरि धुअल नई जाएत, मैथिलीक समस्या ठामेठाम रहत । हम वर्षौसं मैथिलीमे लिखैत छी, मुदा हमरा मैथिलीके स्वीकार करबाकमे बहुत गोटेके दिक्कत भ रहल छैनि । तें ओसभ कहि दैत छैथ –अहांक मैथिल धाङ्ग आ बुझल नई अइछ । ’ आब प्रश्न ऊठैत अईछ जे हम कुन मैथिलीके लेल वकालत करब आ कियैक करब ? जई भाषामे हम लिखैत छि, ओई भाषाके अभियानीसभ जौ हमर भाषाके स्वीकार नई करत त हम ओकरा भाषाके कियैक पढहब ? अई तरहे बहुत रास जिज्ञासा मोन भित्र रहैत अइछ । मुदा मैथिलीमे भाषिक विविधताके पक्षमे लडनाई आ समग्र मैथिलीके सुरक्षा दुई फराक गप्प थिक । परन्च भाषामे रहल विविधता वा बहुभाषिकाक सुरक्षाक लेल सेहो पहिने भाषाके सुरक्षा केनाई अपरिहार्यता अइछ । मैथिलीके बचेबाक प्रयास सबके पहिले प्राथमिकताक विषय बनबाक चाहि । कुनू जाति वा जातिय–समूहके कुनू भाषाके सांस्थानिक तन्त्र पर नियन्त्रणसं ओ भाषा खराब आ कमजोर नई होइत छैक,मुदा भाषाके नामपर सीमित व्यक्तिके साम्राज्यसं भाषा कमजोर होइत छैक, जन–जनके भाषाप्रतिके मोह भंग होइत छैक । मैथिली करोडों लोकके अभिव्यक्तिके माध्यम थिक त ओई पर मुठीभर जाति/व्यक्तिके कब्जा कियैक ?
भाषाशास्त्री अनुसार विश्वमे सात हजार भाषा बाजल जाइत अइछ । मुदा राज्यद्वारा सहि नीति अख्तियार नई केलाके कारण अईमेसं बहुत भाषा लोपोन्मुख अइछ । विश्व सन्दर्भमे अंग्रेजीके बहुत रास भाषाके संहारक भाषा (किलर लङ्ग्वेज मानल जाइछ । दक्षिण एसियाकेमे हिन्दी आ नेपालमे खसनेपाली भाषाके संहारक भाषा कहल जाइत अइछ । अई सन्दर्भमे मैथिली भाषाके संहारक के ? अई जिज्ञासाके समाधानक प्रयासमे किछु गोटसं सम्पर्क कयलौ । हमर जे हाईपोथेसिस रहैक सेहा निस्कर्ष निकल । विद्वान लोकनि कहलैथ– मैथिलीके संहारक दू समुह अइछ, एक ब्राह्मणवादी सोच रखनिहार आ दोसर काठमाण्डौ केन्द्रित कथित किछु विद्वान । हुनक प्रतिप्रश्न रहैनि–नेपाली भाषाक भाषिकाके रुपमे रहल डोटेली, बझाङी, दार्चुलेली, बैतडेली, अछामी, डडेलधुरी आ दैलेखी अगल भाषा बइन सकैत अईछ, राई समुदायद्वारा बोल जाएवला भाषा वान्तवा, चाम्लिङ, कुलुङ, थुलुङ, खालिङ, पुमा, कोयी, आठपहरिया, दुमीलगायत २५ भाषा जनगणनामे सूचीकृत भए सकैत अईछ, थारुभाषामे पूर्वी थारु आ पश्चिमेली थारु भाषा बैन सकैत अइछ , मैथिलीके भाषिका मानल गेल बज्जिका, अङगिका, मगही भाषाक दर्जा प्राप्त क सकैछ ... यादव भाषा, तेली/सुडीसहितके छुट्टे भाषा कियैक नई बनत ? ’
भाषाक उन्नयनक विधि :
राजनीतिक संक्रमणकालीनक अवस्थाक कारण मैथिली भाषा मारमे पडले अइछ । भाषा नीति आ भाषा योजना सीमित व्यक्तिके कमाउ धन्दाके पृष्ठपोषक बनलाके कारण आओर समस्यामे अइछ । तें मैथिली मातृभाषा पिछरल जा रहल अइछ । भाषिक अवस्थिति आ प्रयोगक अवस्थाके ख्याल करबाक जरुरी अइछ । लोक मैथिलीजनके संवेदनशीलतासं सेहो समस्याके समाधान कए सकैत अइछ । भाषाके अवसर आ रोजगारसं जोडबाक आवश्यक अइछ । मैथिली भाषाके माइट, पाइन, पहिचान, स्थानीय झलक आ जीवन संस्कृतिके बुझेबाक रुपमे लेनाई जरुरी छै । मैथिलीके किछु व्यक्ति, समुदाय आ जातिक लोकसभ एकरा विदेसी भाषा बनेबाक बलधकेल क रहल अइछ । प्रयोग क्षेत्र, भाषिक जनसंख्या आ वक्ताके संस्कृति स्थानीय आ जन–जन अलग रहल पहिरन, भाषाशैली आ संस्कृतिके मैथिलीमे जबजस्र्ती घुसेबाक प्रयासके आब विफल करबाक समय आइब गेल अइछ । लोकजनके मौलिक जीवनशैलीके मैथिलीमे
समटेबाक अनिवार्यता अइछ । भाषाविद्, भाषिक अध्येता, अनुसन्धानकर्ता आ भाषासं प्रेम करैवाला व्यक्ति आ समुदाय समेतके सक्रियतामे मैथिली भाषाके तमान समस्याके निर्मम चिरफार करैत समस्याक समाधान दिशि ध्यान केन्द्रित करबाक अति आवश्यक अइछ । दौडनाई–भगनाईसं पहिने चलए पडत । जे गिरल अइछ, ओ एकबेर उइठके ठाड भएके दौडए लगत से बात नई । भाषाके नाम पर उपेक्षित लोकके एतेह गिरलके संज्ञा देल गेल अइछ । ओकर दौरेबा स पहिने ठाड करैवाला के ? सभटा अपने–अपनेमे केन्द्रित छै । एतेक बाबजुद हमरासभके आशावान रहैत काज करैत रह पडत । ओना त जातीय वर्चस्व कमोवेश हरेक भाषामे छई जे जातिय सामाजिक–आर्थिक रुपसं मजबूत छै ओकर भाषाका सांस्थानिक तन्त्र पर सेहो वर्चस्व होइत छै, मुदा एकर अर्थ ई किन्नौह नई जे आन जातिके वर्षौसं उपेक्षित आ विभेद कएल जाए । किछु लोक वा जातिवादीके ‘ग्राण्ड प्रोजेक्ट’ छैक जे मात्र मैथिलीके संख्या बढैय आ आई नाम पर चांदी कटाई करैत रही । ते मानकिकरणके पर्दा पाछाके लडाई मानि ओसभ ‘जे बजैत छी सेहा मैथिली’ कैह मैथिलीके एकत्वकारी भूमिकाके रुपमे प्रचार क रहल छै । अब्राह्मणमे सेहो नामचीन विद्वान, लेखक आ साहित्यकार मैथिलीमे छैथ , मुदा कम नामवर ब्राह्मणवादी साहित्कार हुनका लोकैनि सं सदखैनि उच्च आ नामचीन मानल जाइछ, कियैक ? अई तरहे मानसिकतावालासभके तर्क रहैत छै–भाषाके परिभाषा संख्याबल तय नई करैत छै ।’ एकर अर्थ बहुमत पर अल्पमतके शासन करबाक अधिकार ‘जन्मजात’ भेटल अइछ । कहल गेल छैक–भाषाक धकधकी ओई भाषामे प्रचलित मुहावरा, लोकगीत, लोकोक्ति, लोकगाथा, लोककथा, लोकसाहित्य, लोकसंगीत, लोक परम्परा आ ऐहन कतेको रीतिरिबाज साह लैत छैक । अई सभमे जन–जनके अभिव्यक्ति मुखरित होइत देखल गेल अइछ । मुदा ओसभ ओझेलमे पाईरके खास जातिके पहिरन, संस्कृति, भाष शैली आदिके मैथिलीके किछु गोट मैथिलीके प्राण माइन लेनाई कि अनुचित नै थिक ? विद्वान फूको कहने छैथ– कुनू भाषा मात्र संवादक माध्यम मात्र नय, परन्तु ओ ओकर हजारों वर्षके इतिहासके सहेजके रखैवाला माध्यम सेहो होइत अइछ । ’
इतिहास सहेजबाक काज एकैह जातिके मात्र कियैक ? मैथिलीके ब्राह्मण आ कायस्थके भाषा मानैयवाला के संख्या बहुत छै , एकर कारण छैक–सरकारी संस्था आ संस्थानसबके तन्त्र पर एकर वर्चस्प । मुदा बिहारक भुतपूूर्व मुख्यमन्त्री आ सर्वाधिक लोकप्रिय नेता कर्पूरी ठाकुर सन १९७७ मे अपन मन्त्रिपरिषद्के तरफस प्रस्ताव पठाके केन्द्रसं मैथिलकिे संविधानमे समावेश करबाक मांग कयने रहैथ (ठाकुर, २०१८) । ई अब्राह्मण छला, मुदा मैथिलीले हुनक स्थान कतेह छैनि । मैथिलीप्रति आनके अस्मिताबोध मानक जातिक लोकसं कम कियैक छैक ? बोलीसं भाषा बनैत छै न कि भाषासं बोली (मिश्र, २०१८) । मैथिली पर आनके विरोध होइते बिडणी बैन जाइवाला लोग अपन सहगोत्री आइबिते बताउमे लैग जाइत छैथ । एक निक उदाहरण डा.पशुपतिनाथ झा भए सकैत अइछ । त्रिभुवन विश्वविद्यालय मैथिली केन्द्रिय विभागके अध्यक्ष डा. पशुपतिनाथ झा नेपालक प्रथम उपराष्ट्रपति परमानन्द झाके सपथ ग्रहण पर भाषा विवादपर कथन रहैनि ‘
हिन्दी भाषा तराईमे सम्पर्क भाषा भेलाके कारण ओईमे सपथ लेबाक विषय विवादक विषय नई अइछ’ (बीबीसी, २६ जुलाई २००८) ।
जनकपुरके रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमे मैथिली विभागअन्तर्गत ६ गोट विद्यार्थीक लेल ७ गोट प्राध्यापक कार्यरत छइनि । विद्यार्थीसं बेसी प्राध्यापक संख्या बेसी भेलाके बादो मैथिली विभागमे विद्यार्थी पढबाक लेल नई ऐलाके कारण कक्षा सेहो संचालन नई होइत अइछ । विभागके कर्मचारी आ प्राध्यापकके लेल प्रति माह २० लाख टका खर्च भ रहल अइछ (अन्नपूर्णपोस्ट, २०७५) । मैथिलीमे विद्यार्थीके संख्या कियैक घटल अइछ, अई पर चर्चा कतौहू नई होइत अइछ । पुरस्कार आ सम्मान तथा अवसर प्राप्तिके लेल जतेक चर्चा मिडियामे भेल अईछ , एकेडमिक मैथिली पर कर्म चर्चा भेल अइछ । लेखक एवं विद्वान सुरेन्द्र लाभ लिखैत छैथ–
‘...मिथिलाका ब्राह्मण अपनाके ‘मैथिल’ कहबै लगलाह । ब्राह्मणके पर्याय ‘मैथिल’ आ ‘मैथिल’के पर्याय एतह ब्राह्मण भ गेल । बांकी जाति ‘मैथिल’ भितर नइ अटाओल अइछ । मिथिलामे ब्राह्मण शासक सेहो भेल । जाति–विशेषके लेल यी शब्द आओर गोरवान्वित करैवाला भगेल । समाजके सर्माधिक उच्च स्थानमे रहल ब्राह्मण विद्वान, ज्ञाता आ पण्डित भगेल । ‘मैथिल’ शब्दसं सुसज्जित यी वर्ग आओर अहंकारी भगेल । ओ सभ अप्पन मैथिली बोली आ भाषाकशैली सर्वोत्कृष्ट कहै लागल । अपने संस्कृति सबसं पैघ आ सुन्दर । आ अपन पहिरन ‘पाग’के पहिचानके रुपमे स्थापित कयैलक । शेष नागरिकमे उकुसमुसक बढल । ‘मैथिल’ शब्दमे समटल नई गेल जातिसभ आक्रोशित भेल । भाषा आ भेषप्रति असन्तुष्टि व्यक्त करैय लागल । द्वन्द्व एतेक नै बैढि गेल जे मैथिली भाषाके सेहो बहुत लोक अस्वीकार करैय लागल । जनगणनामे मैथिली भाषाक प्रतिशत घटल । भविष्यमे आओर घटत से सम्भावना अइछ । भारतक बिहारमे सेहो मिथिला अइछ । अलग ‘मिथिला राज्य’ के माग सेहो अइछ । मुदा नेतृत्वकर्ता सेहो ब्राह्मण, मैथिलीके लेखक सेहो ब्राह्मण, साहित्यकार सेहो ब्राह्मण, आलोचक सेहो ब्राह्मण, समालोचक सेहो ब्राह्मण, इतिहासकार सेहो ब्राह्मण, अभियानी सेहो ब्राह्मण–सब जगह एकल जातिके प्रभुत्व होमाक कारण कोना सफल होएत ऊ मांग ? ऐतोह ‘मिथिला राज्य’के माग अइछ । पांच गोट सहिद सेहो भेल । बहुत लोक घायल सेहो भेल । मुदा मिथिला राज्यके माग पर सबगोटे अपनत्व ग्रहण नई कए रहल अइछ (नेपाल, २०७७) ।
मैथिलीके बजार नई छै । मैथिलीमे एकल जातिय बर्चस्प हाबी छै । मिथिलाके एकात्मक स्वरुपक विकासक लेल ई बाधक बात थिक । हमर भाषा मैथिली जनसंख्याक आकार, भौगोलिक स्थिति, प्राचीनता आ व्याकरणक दृष्टिकोणसं कोनो भाषासं कम नै लेकिन तैयो हमसभ असहाय किए छी–ई एकटा विचारणीय प्रश्न अइछ । ....दरभंगा–मधुवनीकें मानक बनाके हम केना पुरा मिथिलाके ठीका उठबैक दाबा क सकै छी ? (झा, २०१२) जई भाषाक जनसंख्या करोडसं ऊपर हुअए ओतए कोनो नीक अखबार वा पत्रिका नई होनाई दुखद थिक । हमसभ एक/दुई अंक निकलल पत्रिकाके ईतिहास कै नाक आ छाति फुलेबाक बात माइनके शान देखबैत छि । अखनो किछु पत्रिका छै जे ३०–३५ वर्षसं नियमित प्रकाशनमे अइछ, मुदा ओकरा प्रोमोट करबाक दिशामे कैय गोट मैथिली भाषी अग्रसर छैक ? ओई पत्रिकाक प्रकाशक जातिय विभेदक सिकार अइछ । वर्षौसं पत्रिका प्रशासन होइत छै, मुदा ग्राहक भेटब दुर्लभ अइछ । मैथिलीके नामपर दुकान चलबैलासभ हरेक मोर्चामे आगा छैथ, टका आ अवसर भेटते पहिने अपन परिवार, दियाद आ जाति, बादमे आन गोटके नाम मात्रके समावेश कके झिल्ली झारैत रहैत छैक । अई तरिकासं मैथिली भाषाक अवस्था ऊपर नई उठत । नेपालीमे एकटा कहबी छै–काम गर्ने कालु खाने बेलामे भालु (जे मैथिली पर बास्तविक रुपसं काज क रहल छैथ, ओकरा कोनो मौजर नई छै, जे मैथिलीके भजबैत रहैत छै, ओहे महान बनल छै । मिथिलामे संभ्रान्त वर्गक मैथिली अलग आ आम जनक मैथिली अलग भ गेल छै । एकर उदाहरण सरकारी लगानीमे प्रकाशित होमेबाला पाठ्यपुस्तक होए वा रेडियो÷टेलिभिजन वा गोरखापत्रक मैथिली पृष्ठ होए, सबटामे संभ्रान्त वर्गक मैथिलीके दबदबा अइछ । मैथिलीके अधोगतिके कारण मानक मैथिलीके संरचना आ मानदंड ब्राह्मण आ कायस्थ धरि सीमित होनाईके मानैवाला बहुसंख्यक लोक भेटैत छैक । ताहिमे भोला गिरि ‘विनोद सेहो एक छैथ । ओ लिखैत छैथ, ‘मैथिली शिक्षक ब्राह्मणे–कायस्थ होइत छैथ । जतए कतहु मैथिलीक रोजी–रोजीक जरिया छैक ततए एही दुनू जातिक कब्जा अइछ । एखनहुं मैथिली शिक्षक अथवा लेखक मात्र इएह दुई जातिक हेताह, अन्यक प्रवेश वर्जित अइछ । किएक तं मानक मैथिली एहीठाम तय होइत छैक, शुद्धतावादी मानदंडक निर्णय होइत छैक (पूर्वोत्तर, मैथिली, २०१०) । मैथिली आत्ममुग्धताके चंगुलमे फसल अइछ ।
जनगणना फारममे मैथिली कोनाके :
राष्ट्रिय जनगणना २०७८ के सामुदायिक प्रश्नावली अन्तर्गत खण्ड ‘ख’ के १३ नं. बूंदामे गाउंपालिका/नगरपालिकाके वडास्तरमे मातृभाषासभहक नामसहित जनसंख्या डिक्रिजिङ अर्डर(घटैत क्रम) मे लिखबाक बात उल्लेख छै । ओतेह सभ कियो अपन मातृभाषासहित अन्यभाषाके सेहो जानकारी देबाक अवसर नई छुटाबी (टेबल देखल जाए) ।
तहिना राष्ट्रिय जनगणना २०७८ के मुख्य प्रश्नावली अन्तर्गत व्यक्तिगत खण्डके जनसांख्यिक विवरणके कोलम ८ , ९ आ १० भाषासं सम्बन्धित अइछ । अईमे पुर्खाक भाषा, मातृभाषा आ दोसर बजैवाला भाषाके जानकारी लेबाक/देबाक विषयवस्तु छैक । अहूंमे सावधानी अपनाके अपन सहि विवरण देबाक आवश्यकता छैक (टेबल देखल जाए) । अईमे हमर व्यक्तिगत धारणा–पुर्खाके भाषामे ‘ठेठ मैथिली’, मातृभाषामे ‘लोक–मैथिली’ आ दोसर भाषामे ‘हिन्दी’ लिखबाक चाहीं । मैथिलीसंग ‘ठेठ’ आ ‘लोक’ जोडि देलासं बहुसंख्यकजनके भाषाक प्रतिनिधित्व होइत, अब्राह्मण, अमानकिकरणवला जाति÷समुदायके बोली, भाषिका, शैलीक सरकारीस्तर पर दर्ज होइत । मुदा ई सब मैथिलीए भाषामे जणना होइत । अईसं मैथिलीमे ब्राह्मणवादी मानसिकता पर प्रश्नचिन्ह सेहो खडा होइत आ मैथिलीके जनसंख्या सेहो कम नई होएत । मैथिली भाषीके आन भाषामे पलायनके रोकबाक ई एकटा पैघ परामर्श सभकियोके लेल भसकैत अइछ । नेपालक राष्ट्रिय जनगणना २०६८ मे मैथिली भाषा दोसर पहिले जका रहल मुदा संख्या वा प्रतिशत (११.६७) मे सीमित भेल छल , ई प्रारम्भिक संकेत छल, जकरा मैथिलीके दाबेदारसभ अनुभव नई करै सकलाह ( कापडि, रामभरोस, २०७६) । आबो समय छै, सुधार होए । ((हमर ई आलेख आंजुर पत्रिकाके मार्च २०२१ मे प्रकाशित अइछ )
सन्दर्भ सामग्री :
–रेग्मी, प्राडा दानराज,(२० फागुन ०७६), भाषिक गणनाका तीन प्रश्न ,काठमाडौं :गोरखापत्र अनलाईन ।
–अमरनाथ, (७ जुन २०१७) ‘मैथिली को हिंदी में सेंध लगाने का हक क्यो’ , नई दिल्ली : नवभारत टाईम्स–दिल्ली संस्करण ।
–नवभारत टाईम्स, नई दिल्ली संस्करण, २०१७ जुन ७ , भारत ।
–रेग्मी, प्राडा दानराज, (३ कार्तिक २०७६), ‘भाषिक गणना :तथ्यांक कि मिथ्यांक ?’, काठमाडौं : नयां पत्रिका । नेपाल) ।
–पौडेल प्राडा राजेन्द्रप्रसाद/भट्टराई, रमेश ‘सह्रदयी’ (१३ भदौं २०७७), मातृभाषिक गणनामा विदेशी भाषाको प्रवेश, काठमाडौं : गोरखापत्र अनलाईन ।
–अधिकारी, हेमाङ्ग (२०६५), सामाजिक र प्रायोगिक भाषाविज्ञान , काठमाडौं :रत्न पुस्तक भण्डार ।
–रिमाल, डिल्लीराम (२०७१),सामुदायिक विद्यालयका प्राथमिक तहका भाषिक विविधताको सम्बोधन, काठमाडौं ःअप्रकाशित विद्यावारिधी शोध प्रबन्ध त्रिवि कीर्तिपुर ।
– बराल, हेमराज (२०७५), नेपालमा भाषा नीति, योजना र त्यसका चुनौति, काठमाडौं : संसारन्यूज ।
–ठाकुर, मंजीत (२३ अप्रिल २०१८), मैथिली के भाषा होने पर विवाद किसने कडा किया ?’ नया दिल्ली:आजतक ।
–मिश्र, अरुण प्रकाश ( २०१८), भाषा विज्ञान, प्रोफेसर, ल्यूब्लजाना विश्वविद्यालय, स्लोवेनिया, स्रोत : अमर उजाला : भाषा बनाम बोली का विवाद (२४ अप्रिल २०१८) ।
–बीबीसी (२६ जुलाई २००८), उपराष्ट्रपतिको शपथ विवाद अझै जारी , काठमाडौं ।
–अन्नपूर्ण पोस्ट (१४ पुस २०७५) ‘६ विद्यार्थीका लागि ७ प्राध्यापक’ , रिपोर्टर : मनिका झा, जनकपुरधाम ।
–लाभ, सुरेन्द्र (२२ पुस २०७७), ‘को नेपाली ?’, काठमाडौं : नेपाल पत्रिका (कान्तिपुर) ।
–झा, सुशान्त (२०१२) ‘विदेह मैथिली प्रबन्ध–निबन्ध–समालोचना’ (पृ.२८८) भारत दिल्ली: श्रुति प्रकाशन ।
–गिरि, भोला ‘विनोद’ (२०१०) , ‘मैथिली आन्दोलन : बना मैथिल (पृ. ५) , गुवाहाटी– पूर्वोत्तर मैथिली (त्रैमासिक)
–कापडि, रामभरोस ‘भ्रमर’ (४ माघ २०७६), मैथिली भाषाको मर्म , काठमाडौं : कान्तिपुर दैनिक ।