दिनेश यादव
नेपालीहरुका लागि दशैपछिको दोस्रो ठूलो पर्व तिहार हो । तिहारलाई यमपंचक पर्वका रुपमा धेरैले पाँच दिनसम्म मनाउँछन् । तर केही समुदायमा तीन दिन मात्रै पनि मनाउने चलन छ । नेपाल बहुसांस्कृतिक मुलुक भएकाले यहाँ बसोबास गर्ने हरेक समुदायले आ–आफ्नै चलन अनुसार तिहार मनाएको पाइन्छ । यो आलेखमा नेवार र मधेसी समुदायले तिहार कसरी मनाउँछन् भन्ने विषयवस्तु समावेश गरिएका छन् ।
मधेसी समुदायको ‘सुकराति’
कात्र्तिक कृष्णपक्षको त्रयोदशीदेखि शुरु हुने दीपावली पर्व पााच दिन मनाईने भनिएपनि तराई–मधेसको मैथिली भाषी क्षेत्रमा लक्ष्मीपूजा, गोबर्धनपूजा (गोधन) र भाईटिका (भातृद्वितिया) गरी तीन दिन मात्र मनाउने चलन छ । तिहारलाई मधेस क्षेत्रमा ठाउा अनुसार फरक–फरक नाम दिइएको छ । ती

नामहरुमा दियावाती, दियारी, दीपावली, दिवाली, लक्ष्मीपूजा र सुख रात्री (सुकराति) हुन् । मिडिया र बजारको प्रभावका कारण पछिल्लो समय धनतेरस मनाउनेहरु पनि बाक्लिदै गएका छन् । धनतेरसका दिन धातुका नयाा सामान खरिद गरी सााझ लक्ष्मीको आराधना गरिन्छ । दोस्रो दिन खासै केही गरिन्न । तेस्रो दिन कात्तिक औंशीको सााझ घरको चौदिशामा दीप बालेर देवी लक्ष्मीको स्थापना गरी पूजाआराधना गरिन्छ । यो दिन राडी–खर वा जुटको सन्ठी (डा“ठ) र रेशाबाट बनाइएको हुक्क (हुक्कालोली) दिउासो घरको छानो वा छतहरुमा राखिन्छ । बेलुका ती मध्ये एउटा हुक्कालोली घरका मुलीले गोसाईघर (कुलदेवता घर) मा बालेर सबै घर/गोठमा देखाएपछि करेसाबारीमा गाड्ने चलन छ । त्यसपछि बालबालिकाले हुक्कालोली खेल्न शुरु गर्छन् । केटाकेटीले बासको कोप्पडबाट बनाएको हुक्कालोलीमा आगो बाली हुक्कापाती खेल्छन् । यो चलन पछिल्लो समय हराउादै गएको छ । यसको ठाउामा कपडाको डल्लोलाई तारमा बााधी मट्टितेलमा डुबाई त्यसमा आगो सल्काएर ‘हुक्कापाती शुरुरु’ भन्दै त्यसलाई भााज्ने चलन छ । केहीले यो दिन बेलुकी पख पााच वटा दीप गोसाईघरमा बाली र सुनचाादी, फलफूल राखेर लक्ष्मीमाताको पूजा बडो श्रद्धाभावले गर्छन । पूजामा राखिएका सामग्रीहरु भोलीपल्ट मात्रै उठाउने प्रचलन छ । दीपावलीमा माटोकै दियो घर र झ्यालहरुमा राख्ने प्रचलन छ । लामो समय उज्यालो बाल्न दिबिया (औषधीको सिसीमा मट्टितेलभित्र पातलो बत्ती राखेर बनाइएको) प्रयोग गरिन्छ । पछिल्लो समय विद्युतिय बत्तिले गाउाघर झक्कि झकाउा हुन थालेको छ ।
दीयावातीको दोस्रो दिन गोबर्धनपुजा गरिन्छ । यो दिन गोठघरमा गोरबको दुईटा मूर्ति बनाइन्छ । त्यसमा एउटा महिला र अर्को पुरुषको आकृति बनाइन्छ । त्यहीं गोबरकै दुइवटा सखारी (अन्न राख्ने भााडो) पनि निर्माण गरिन्छ । त्यसमा दाल, चामल, धानसहितको अनाज राख्ने चलन छ । यसैगरी गोबरकै जातो पनि बनाइन्छ । गाईको गोबरबाट बनाइएका ई सबै आकृतिलाई विभिन्न फूल राखेर सजाइन्छ । विशेषत: घिरौलाको फूल प्रयोग गरिन्छ । यसैदिन पशुधन (गाई, गोरु, भैंसी) को विशेषपुजा (चुमाउने) गरिन्छ । चुमाउनुअघि महिलाहरुले ओखलमा धान, सिन्दुर, दुबो र पिठार कुट्ने गर्छन् । यो मिश्रण रंगमा हालेर पशुधन (गाई, गोरुसहित) लाई रङग्याउन प्रयोग गरिन्छ । चुमौनका लागि दौरा (सिकि वा बाासको चोयाले बनाइएको भाडो) मा धान, दुबो, फलफूल, पान, सुपारी, पैसा, पिठार(अल्वा चामलको पिठोमा पानी पिसाइएको), सिन्दुर, तोरी तेल र गंजाजल अनिवार्य मानिन्छ । यी सामग्रीबाट पशुधनको पुजा गरी सिंगमा तेल लगाउने र खुट्टामा गंजाजल हालिएको पानी राखि दिने परम्परा छ । यो दिन पशुधनलाई खेतबाट हरियो धान ल्याएर खुवाउने गरिन्छ । भैसीलाई राडी–खरले बनेको बेलनाकार वस्तुले हुर्रा खेलाउने चलन छ । हुर्रा खरबाट बनाइएको डल्लोमा कालो कम्बल राखिएको हुन्छ । त्यसलाई खर (सबई) को डोरीले बााधेर भैसीको सामुन्ने फ्याक्ने गरिन्छ । केही भैसी तर्सेर भाग्ने , केही त्यसलाई सुंध्ने र सिंहले हान्ने गर्छ । यसो गरीसकेपछि पशुधनमाथि पानी खन्याउने चलन छ । हुर्राहुरीमा सुंगुरको पााठो पनि केही ठाउामा प्रयोग गरिन्छ । तर, यो प्रथामा जीवलाई पिडा पुर्याएको भन्दै विरोध पनि हुन थालेको छ । हुर्रा खेलेको वा लिएको भैंसीका धनीले हुर्रास्थलमा ढोल बजाउनेलाई कपडा (गम्छा) दिनुपर्ने प्रचलन छ । पशुधनको चुमौनपछि दौरामा राखिएको पैसा पनि ढोल बजाउने (ढोलिया) लाई वा पशुधनको हेरचाह गर्नेलाई दान दिइन्छ । पशुधनलाई तोरी तेल, मरिच र बकाइन (स्थानिय वनस्पति) सहितको बस्तु काइढ (बाासबाट मनाइएको भाडों) बाट खुवाउने परम्परा छ । गोर्वधनपूजाको दिन ‘लक्ष्मी आबे, काल भागे (लक्ष्मी आऊ, काल भाग)’ भन्दै घर–घरमा सूपा (नाङ्गलो) ठठाउने चलन छ । पछिल्लो समय यी चलनहरु हराउादै गएको छ ।

गोवर्धनपुजाको भोलीपल्ट कात्तिक शुक्ल द्वितीयाको दिन ‘भातृद्वितिया’ पर्व मनाउने गरिन्छ । मैथिली भाषी क्षेत्रमा यसलाई ‘न्यौत लिने’ भनिन्छ । दिदीबहिनीसंग दाजूभाईले न्यौत लिने गर्छन् । यसमा दिदीबहिनीहरुले आंगनीमा गाईको गोबर, पिठार र सिन्दूरले मनाएको विशेषप्रकारको रंगोली (चौका) मा पिढिमा बसाली हातमा पानसुपारी र शिरमा गम्छा/तौलिया/रुमाल राखि दिएर न्यौत दिन्छन् । पिढिमाथि बसेको दाजूभाईको हात पखाली दिएर पान सुपारी मिठाई हातमा राखि दिने गरिन्छ । गम्छा टाउकोमा राखिदिने र मिठाई खुवाइने चलन छ । न्यौत परम्पराका लागि पााच रंगको फल अनिवार्य छ । पहिले पहिले दाजूभाईले दिदीबहिनीका लागि खिर–पुरी वा चुरा दही तथा एक सेट सारी, व्लाउजसहितको कााधमा भार (खर्पन) लिएर जाने चलन थियो । पछिल्लो समय फलफूल, कपडा र पैसा दिने चलन छ ।
तराई–मधेसतिर मनाईने चाडपर्व विशेषत : दीपावली र छठ गरिब, श्रमजीवि तथा शिल्पी समुदायका लागि अवसर भएर आउने गर्छ । उनीहरुको उत्पादनले बढी महत्व पाउने गर्छन् । खासगरी गरिब कृषकले उत्पादन गरेको फूल, ज्यामिर, अदूवा र केरालगायतले बजार पाउछन् । दीपावलीमा लक्ष्मीपूजास्थलमा केराका थामबाट द्वार बनाउने चलन छ । यो प्रयोजनमा प्रयोग हुने कोथा (नयाा हुर्केका बिरुवा) विरुवाको माग धेरै हुन्छ । अरु बेला दैनिक प्रयोजनमा प्रयोग गर्न छाडिएका बाासको डाला, पथिया, छिटा, छिटी, नाङ्गला, चालैन र चोयाबाट बनाइने अन्य सामग्री तथा माटोका भााडा (क्लश राख्ने गाग्रो), तौला, दीयौरी नभई हुादैन ।
नेवार समुदायको ‘स्वन्ति’
नेवार समुदायमा मोहनी (दशैं) पछि मनाउने अर्को ठूलो चाड तिहार हो । यसलाई ‘स्वन्ति’ पनि भनिन्छ । यम पञ्चकमा गरिने काग पूजा, कुकुर पूजा, लक्ष्मीपूजा, म्हपूजा र भाईटिकामध्ये नेवार समुदायले लक्ष्मीपूजा, म्हपूजा र भाईटिका विशेष महत्व दिएर मनाउाछन् । लक्ष्मीपूजाको दिनदेखि भाईटिकासम्म तीन दिन तिथि भएको चाड (स्वन्हु तिति) लाई छोटकरीमा ‘स्वन्ति’ भनिएको हो । यो समुदायले असोज कृष्ण द्वादशीका दिन कुकुर पूजा, स्वाती नक्षत्र संयुक्त भएको औंशीका दिन बिहान गाई पूजा र बेलुकी लक्ष्मीपूजा गर्छन् । त्यस्तै, कात्र्तिक शुक्ल प्रतिप्रदाको दिन बिहान गोवद्र्धन पूजा, बली राजाको पूजा र बेलुकी आफ्नै शरीरको पूजा (म्हपूजा) गरी मनाउने परम्परा रहेको विभिन्न ग्रन्थमा उल्लेख छ । ती ग्रन्थहरुका अनुसार त्यसको भोलीपल्ट कार्तिक शुक्ल दुतियाका दिन दिदीले भाईलाई वा बहिनीले दाजुलाई पूजा गर्ने चलन छ । कागलाई मनपर्ने खाना विशेष गरी मासु, दाल, भात, तरकारी र रोटीहरु काग आउने ठाउामा राखिदिएर काग पूजा गर्छन् । त्यसैगरी, घरैमा पालेको वा बाहिरका भएपनि घरको मूलढोका अगाडि कुकुरलाई ल्याई टिका र माला लगाई पूजा गरिन्छ । त्यसपछि मासु, रोटी आदि मिठो खानेकुरा खान दिएर कुकुरतिहार मनाईन्छ । लक्ष्मीपूजाअघि गरिने यी दुई पूजा भव्यतापूर्वक गर्ने चलन छैन ।
चुन्दा बज्राचार्यको पुस्तक ‘नेवा: सांस्कृतिक चाडपर्व’ अनुसार लक्ष्मीपूजाका दिन लक्ष्मी, महालक्ष्मी, बसुन्धरा र अन्नपूर्णको पूजा गर्ने परम्परा छ । धान, गहूा खेतबाट उत्पादन हुने भएकाले अन्न देवीका रुपमा बसुन्धरालाई, खानीबाट निस्कने सम्पत्ति (हिरा, माणिक, पन्ना, सुन) को देवी भनेर अन्नपूर्णलाई र पशुधनकी देवीको रुपमा महालक्ष्मीलाई पूजा गर्ने चलन छ । समग्रमा धान, चामल, हीरा, मोती, रुपैयाा, गाई आदिको पूजा नै लक्ष्मीपूजा भएको यो समुदायको मान्यता छ । लक्ष्मीपूजाका दिन आफैंले पालेको वा अरुले पालेको वा बाटोमा छाडिएको गाईलाई सम्मानपूर्वक पूजा गर्ने चलन छ ।

लक्ष्मीपूजाको दिन गाईलाई पूजा गर्दा जनै पूर्णिमाको दिन हातमा बााधेको डोरी गाईको पुच्छरमा बााधिदिने चलन पनि छ । लक्ष्मीपूजा नेपाल सम्बतमा वर्षको अन्तिम दिन पनि हो । लक्ष्मीपूजा नयाा वर्षको स्वागत गरी पुरानो वर्षको अन्त्य हुने भएकाले नयाा वर्ष झलमल्ल भई चारैतर्फ उज्यालो फैलन सकोस भनी झलमल्ल बत्ती बाल्ने गरिन्छ । यो समुदायले लक्ष्मी पूजाको दिन लिपपोत गरी सफा सुग्घर पारी बिहान गाईपूजा र बेलुका घरको चारैतिर बत्ती बाली सुगन्धित धुप बाल्ने, ढिकुटीमा अबीर र अन्य पञ्चरंगले लक्ष्मी माताको मण्डप लेख्ने, लावा, अक्षेता, धान, सुवासित फूल र तेलले मण्डप बनाई पुजा गर्छन् । त्यही कुचो र जल भरेको घैला स्थापना गरी दही, विमिरा, केरा, मूला, ओखर आदि फलफूल र मिठाई चढाई पञ्चोपचार विधिले लक्ष्मीमाताको पूजा गर्ने विधान छ । घरको चेलीले लक्ष्मी भित्र्याउने भनी मूल ढोका अगाडिको आंगनदेखि लक्ष्मी पूजा गर्ने कोठासम्म एक छत्र लिप्ने चलन पनि छ । लक्ष्मी भित्र्याउने मूलढोका बाहिरबाटै लिपेर ल्याउने , हरेक झ्याल ढोकामा सयपत्रीको मालाले सजाई लक्ष्मीलाई स्वागत गर्ने परम्परा छ ।
देवी लक्ष्मीको पूजा गर्दा म्हपूजा मण्डप लेखिए झै आफ्नो घरको परम्पराअनुसार क्रमैसंग पानी, पिठो, अबीर, लावा, धान, कालो भटमास, सिंगो मास, अक्षेता, मण्डपभित्र तेलको मण्डप बनाउने चलन छ । पानी मण्डप भित्र तायु वा अबीरले मण्डप लेखी त्यसमाथि विमिरो, ओखर, कटुस, केरा, सुन्तला, नास्पाती, हलुवावेद, स्याउ, चाकसी आदि फलफूलका साथै खेलुइता:(लामो बत्ती), क्वखा (धागो माला), फलफूल, लक्ष्मी फूल, गोदावरी फूल, रातो सुपारी फूल आदि राखेर विमिरो चढाई लक्ष्मीको आराधना गरी पूजा गर्छन् । घरमा भएको लक्ष्मीलाई सफा गरी त्यही नयाा कागजको लक्ष्मी टाास्ने चलन छ । पूजा सकिएपछि लक्ष्मीलाई फुल सगुन, दही सगुन, मण्डपमा चढाइराखेको बिमिरो सहितको फलफूल सगुन चढाउने गरिन्छ । लक्ष्मीलाई चढाएको फलफूल सगुन, अण्डा सगुन, हरियो तरकारी, पाउा(अमिलो), मासु, दही, मसला पोका, मिठाईहरु भएको थाय्भु भाईटिकाको भोलिपल्ट ‘लक्ष्मीद्य: क्वकायेगु’ भनि देवी लक्ष्मीको विर्सन गरी चेलबेटी भाञ्जाभाञ्जीहरुलाई बोलाई घर परिवार सबैलाई प्रसाद बााड्ने चलन छ । लक्ष्मीपूजा गरिसकेपछि टिका लगाएर कसैले भोज खाने गर्छनन् भने कोहीले समय बजी मात्र खाने गर्छन् । लक्ष्मीपूजा गर्दा परिवारका सदस्यहरुले आफ्नो इच्छाअनुसार पैसा चढाउने चलन पनि छ । लक्ष्मीपूजा गर्दा कसैकसैले वर्षभरि सुन चाादीबाट आएको मुनाफा र पैसा चढाई सञ्चय गर्छन् । चढाएको पैसा अति आवश्यक परे मात्रै निकाल्ने चलन छ ।
त्यसैगरी, म्हपूजा परम्परा नेपाल संवत् स्थापित हुनुभन्दा पहिलेदेखि चल्दै आएको नेवार समुदायको आफ्नै मौलिक पुजा हो । यो पुजा गर्ने ठाउामा भूईा लिपपोत गरी त्यसमाथि पानी छर्केर मण्डप लेख्ने चलन छ । घर परिवारका सबै सदस्यका लागि म्हपूजा गर्दा ती सबैका लागि एक–एक वटा मण्डप लेख्ने गरिन्छ । मण्डप लेख्दा सबैभन्दा पहिले जलबाट लेखिन्छ । म्हपूजा गर्नेहरु प्रत्येकले स्नान गरी वा पीनाबाट आफ्नो शरीर शुद्ध गर्छन् । म्हपूजाको निमित्त नयाा वस्त्र वा शुद्ध वस्त्रलगाई आफ्नो स्तर अनुसार मण्डपको सामुन्ने बसेर आ–आफ्नो पूजा शुरु गर्छ । दायांबायाा अछेता छरेर आफ्नो वरिपरि

भएका नराम्रा कुराहरुलाई पन्छाएर मण्डपमा आफूलाई सोधन गरी आफैले मण्डप पूजा गर्छन । म्हपूजा गर्दा शुरुमा बस्नेले कुल देवताको र पुछारमा बस्नेले यमराजको मण्डपमा पूजा गरिदिन्छन् । कसै–कसैले म्हपूजाको बिहान गोर्वधन पूजा गर्ने गर्छन् । कात्र्तिक शुक्लपक्ष परेवा (कछलाथ्व पारु) नेपाल देशको आफ्नै नाम भएको नेपाल संवत्को नयाा वर्षको पहिलो दिनका रुपमा मनाइन्छ ।
नेवार समुदायले पनि यमपञ्चकको अन्तिम दिन भाईटिका.मनाउाछन् । भाईटिका गर्दा पहिले पहिले यमराज, यमुना, चित्रगुप्त तथा चिरञ्जीवीहरुको विधिपूर्वक पूजा गर्छन् । यसमा पनि म्हपूजामा झैं मण्डप बनाई दिदीहरुले भाईहरुलाई ब्रत बसाई मण्डपमा गर्न लगाई, उनीहरुलाई समेत पूजा गरी दही, फलफूल र अण्डाको सगुन दिएर आशिष दिने चलन छ । वास्तवमा दिदीहरुले भाईहरुलाई मात्र भाईटिका गर्ने भएपनि बहिनीहरुले पनि दाजूहरुलाई पूजा गर्ने चलन छ । (‘नेवा: सांस्कृतिक चाडपर्व’ पुस्तकको सहयोगमा)
No comments:
Post a Comment