Monday, 21 April 2014

मधेसमा तीन शक्तिका कुरा

Dinesh Yadav, Writer
मधेसमा नया“ शक्ति निर्माणको अमूर्त पहल थालिएको छ । नागरिक समाज, राजनीतिक दल र मधेसमा क्रियाशिल केही गैरसरकारी संघ÷संस्थामा संलग्न व्यक्तिहरूको स्वार्थपुर्ण सक्रियता यसमा बढी देखिएको छ । केहीले खुलेरै, केही चाही गोप्य रुपमा कोठे बैठक गर्दै शक्ति निर्माणमा जुटेका छन् । तत्काल मधेसी राजनीतिमा तीन वटा शक्तिको निर्माण हुने र त्यसलाई पछि बृहत्तर मोर्चा बनाएर लैजाने मनस्थितिमा मधेसका केही नेता÷अगुवाहरु रहेको स्रोतले बतायो । ‘धेरैपछि मधेसी नेताहरू सत्ता बहिर्गमनमा परेकाले नया“ शक्ति निर्माणका लागि अपेक्षाकृत सहज वातावरण बनेको छ ’ ती स्रोतले भन्यो, ‘तर, जब सत्तामा जाने कुरो हुन्छ, त्यसपछि यी शक्तिहरु छिन्नभिन्न हुने संभावना भने कायमै छ ।’ चर्चाहरुमा ल्याइएको जस्तो शक्ति वा बृहत्त मोर्चाको संभावना तत्काल मधेसमा नरहेको भनाई राख्नेहरु प्रशस्तै छन् । जहा“ सम्म तीन शक्तिहरुको कुरो छ, यसमा एउटा चाही“ मधेस आन्दोलनपछि स्थापित तीन दलहरु (मधेसी जनअधिकार फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी र सद्भावना पार्टी) बढी चर्चामा छ । यी तीन दलहरुमा एकीकरणको प्रयास जुन गरि“दैछ , त्यो त्यसै अनुरुप भइरहेको हो । दोस्रो शक्तिका रुपमा यी तीन दलहरुबाट विभिन्न समयमा छुट्टिएर गएका नेताहरुले आ– आफ्नै नेतृत्वमा बनाएको दलहरु देखिएका छन् । खासगरि लोकतान्त्रिक, गणतान्त्रिक र मधेस फोरम तथा राष्ट्रिय मधेस समाजवादी पार्टी, संघीय सद्भावना पार्टी, तराई–मधेस सद्भावना पार्टीलगायतका दलहरु दोस्रो शक्ति निर्माणको प्रयासमा छन् । यी दलहरु पहिलो संविधानसभा निर्वाचनबाट स्थापित होइनन । दोस्रो संविधानसभाको निर्वाचनबाट यी दलहरुको अनुमोदन भएको हो । तेस्रो शक्ति चाही“ जयप्रकाश गुप्ताको तराई मधेस जागरण अभियान, सशस्त्र आन्दोलन गर्दै भूमिगत अवस्थामा रहेका जयकृष्ण गोइत र नागेन्द्र पासवान तथा अमेरिकी पूर्व वैज्ञानिक सिके राउतलगायत सम्मिलित समूह देखिएका छन् । स्रोतको दाबीलाई सही मान्ने हो भने पछिल्लो तेस्रो शक्ति निर्माणका लागि गुप्ता, गोइत, पासवान र राउतबीच छुट्टाछुट्टै धेरै पटक वार्ता भइसकेको छ । स्रोतले भन्यो, ‘गुप्ता, गोइत र पासवानप्रति मधेसी जनता आश्वस्त हुन सकिरहेका छैनन तर राउतले थालेको बैचारिक आन्दोलनबाट धेरै मधेसी प्रभावित भएका छन्, फेरी पनि ‘¥याडिकल थट’ बाट मधेसीजन ‘कन्भिन्स’ हुने स्थिति पनि छैन ।’ ‘प्रोजेक्सन’ गरिएका यी तीनवटै शक्तिलाई एकै ठाउ“मा ल्याएर बृहत्त मोर्चा बनाउने कार्यमा भने नेकपा(माओवादी) का मातृकाप्रसाद यादव लागि परेका छन् ।
सद्भावना पार्टीका केन्द्रिय प्रवक्ता सन्तोष मेहताले भने, ‘ मधेसको प्रमुख तीन दलनै प्रमुख शक्ति भएपनि यसलाई नेतृत्व गर्दै अघि बढ्नु चाही“ चुनौतिपूर्ण कार्य हो ।’ उनले मधेसमा तीन धारमा रहेको शक्तिको कुरो चर्चामा आएजस्तो नरहेको बताए । ‘हाम्रो पार्टीसहितको एकीकरण अभियानमा जुटेको एउटा र विजयकुमार गच्छदारको नेतृत्वमा हुने भनिएको शक्ति एउटै धारका हुन् । तर पनि यी दुईलाई छुट्टाछुट्टै शक्ति मान्ने हो भने यसले मधेसमा एउटा सामाजिक विभाजनको रेखा कोर्न सक्छ ’ उनले भने, ‘ कोर मधेसीहरु (यादव, ब्राह्मण, महतो, तेलीसुडीलगायत) तीन दलीय एकीकरणमा अटाउनु र थारु तथा मधेसमा रहेका पहाडीहरु सम्मिलित अर्को शक्ति निर्माणको प्रयास मधेसीको सामाजिक एकताका लागि ठूलो खाडल बन्न सक्छ । ’ उनले आफूहरुनै मधेसको ठूलो शक्ति भएको दाबी गर्दै अर्को कुनै शक्तिको भविष्य मधेसमा नरहेको बताए । ‘जहा“सम्म जेपी गुप्ता, जयकृष्ण गोइत र सिके राउतहरु सम्मिलित शक्तिको कुरो छ , त्यो शक्तिको सम्भावना तत्काल मधेसमा छैन ’ प्रवक्ता मेहताले भने, ‘तेस्रो शक्ति निर्माणको कुरोमा यो कारणले दम छैन कि गुप्ता, गोइत र राउतको धार छुट्टै हो, उनीहरु वैचारिक अभियान चलाउन सक्छन् तर आन्दोलन गर्ने हैसियतमा उनीहरु विल्कुलै छैनन् । ’ मेहताको भनाईलाई नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का विकास तिवारीले ठाडै अस्वीकार गरे । उनले मधेसमा इमान्दार र सक्षम नेतृत्वको खोजी भइरहेकाले नया“ शक्तिहरुको निर्माणको सम्भावना प्रवल रहेको बताए । ‘राजनीतिमा निर्माण र रुपान्तरण निरन्तर भइरहने प्रक्रिया हो । राजनीतिमा कुनै कुरो असम्भव हुन्न । राजनीति भनेकै संभावनाहरूको खेल हो ’ उनले भने, ‘ त्यसैले सत्ता बिनाको राजनीति गर्न नसक्ने र स“धै पावर सेयरिङलाई आफ्नो मियो बनाउनेहरु जति सुकै पटक एकीकरण या मोर्चा बनाएपनि त्यो मधेसको शक्ति कहिले पनि बन्न सक्तैनन् । ’ तिवारीले तीन दलीय एकीकरणले केही नेताहरूलाई अंकगणीतिय दृष्टिकोणले केही समयका लागि बलियो बनाउने भएपनि कालान्तरमा मधेसमा नया“ नेतृत्व र शक्तिले नै मधेसीको अधिकारहरुलाई सुनिश्चित गर्न सक्ने बताए । ‘ नया“ नेतृत्वको खोजीमा मधेसीजन जुटिसकेकाले झिना मसिना कुराहरु समयसंगै गौण हु“दै जानेछ ’ उनले थपे, ‘सत्ता बिनाकै राजनीति गर्नेहरुलाई मधेसीले अगामी दिनहरुमा विश्वास गर्नेछन, त्यसको तयारीमा मधेसीहरु जुटिसकेका छन् । ’ उनले मधेसी नेताहरुको एजेण्डा जे भएनी ‘मुक्तिकै सबाल’ प्रवल रहेकाले नया“ शक्तिहरुको निर्माण निश्चित भएको दाबी गरे । 
तीन शक्ति निर्माणबारे मधेस मामिलाका जानकार एवं पत्रकार रामकुमार कामतको बिचार भने मिश्रित खालको छ । उनले मधेसमा शक्ति निर्माणका क्रममा राजनीतिक दलहरुको ‘सर्टिङ’ भइरहेको बताए । ‘तीन मधेसी पार्टीहरुमा हाल जारी एकीकरणले एउटा शक्तिको निर्माण गरेपनि यो दिगो हुने सम्भावना झिनो मात्रै छ ’ कामतले भने, ‘जहा“सम्म विजयकुमार गच्छदारको नेतृत्वमा शक्ति बन्ने कुरो छ, त्यो असम्भव छ । किनभने गच्छदारप्रति मधेसीहरु धेरै पहिलेदेखि सशंकित थिए र छन ।  त्यसैले उनलाई अलग राखेरै थालिएको शक्ति निर्माणले सकारात्मक संदेश दिएपनि यसका चुनौतिहरु भने त्यतिकै छन् । ’ कामतले तेस्रो शक्ति निर्माणबारे यसो भने, ‘जेपी गुप्ताको गोइतसंगको एशोसिएशन वा राउतसंगको बैचारिक आन्दोलनलाई एकाकार गर्दै अघि बढ्नुमा स्वार्थ लुकेको छ । गुप्ता राजनीतिका माहिर खेलाडी भएकाले आफ्नो अतितलाई चोख्याउन यस प्रकारको प्रयास गरेपनि तत्कालै शक्तिशाली बन्ने स्थिति भने छैन । एउटा ‘रिभोल्युस्नीस्ट’ र अर्को ‘रेडिकल’ बिचार बोकेकासंग गुप्ताको एशोसियनले नेपालको राजनीतिमा बहस त ल्याउन सक्ला तर शक्ति नै बन्ने अवस्था चाही“ छैन, होइन ।’     

No comments:

Post a Comment