‘झाको एमाओवादीमा प्रवेशले मिथिला क्षेत्रमा पार्टीको संगठनीक अवस्था कमजोर बन्ने स्थिति सिर्जित भएको छ , त्यसैले हामी त्यसको विरोधमा उत्रन बाध्य भएका छौं । तत्कालीन माओवादी जनयुद्ध विरोधी तथा युद्ध अपराधी पनि भएको आरोप लगाए । हाम्रै पार्टीका नेता रामवृक्ष यादवको हत्यामा झाको संलग्नता थियो . झाले युद्धकालमा नेपाली सेनाको पोशाक लगाएरै व्यारेकमा पुगी तत्कालीन माओवादी कार्यकर्ताहरुलाई पहिचान गराएका थिए । ’
दिनेश यादव
धेरै पहिलेदेखि पार्टी छाड्ने र छुट्टै दल बनाउने भन्दै हिडेका रामचन्द्र झाले चैत २४ गते एमालेसंगको वर्षौसम्म कायम राखेको आफ्नो सम्बन्ध विच्छेद गरे । उनले एमाले परित्याग मात्रै गरेनन् , एमाओवादीमा औचारिक रुपमा प्रवेशै गरेका छन् । ठूलो संख्यामा उनका समर्थकहरु उनीसंगै हिड्ने भन्ने अड्कलबाजी एमालेमा गरिएको थियो । तर, त्यस्तो हुन सकेन । एमालेका एक कार्यकर्ता भन्छन्, ‘धनुषामा उनको जनाधार ओरालो लाग्दै गएको थियो, समग्र मिथिला क्षेत्रमा झाको लोकप्रियतामा ह्रास आइसकेकाले उनलाई कसैले साथ नदिएको हो । ’ तर झाका समर्थकहरु भने यो कुरालाई अस्वीकार गर्दै भन्छन्, ‘हामी पर्ख र हेरको स्थितिमा छौ, जुनसुकै बेला पनि एमाओवादीमा प्रवेश गर्न सक्छौ ।’ एमाओवादीमा प्रवेश हुने चर्चासंगै पार्टीभित्र बढ्दै गएको असन्तोषको बातावरण झाको प्रवेशपछि झनै बढेको छ । तराई मधेसका केही जिल्लामा एमाओवादीका असन्तुष्ट कार्यकर्ताहरु समानान्तर समिति खडा गर्ने मुड बनाएका छन् । उता, झाको पार्टी प्रवेशलाई विल्कुलै नरुचाउनेहरु एमाओवादीको केन्द्रिय कार्लालय जान समेत छाडेको स्रोतले बतायो । केहीले त झाको प्रवेश कार्यक्रमलाई नै वहिष्कारै गरे । चैत २४ गतेको कार्यक्रममा एमाओवादीका मधेस क्षेत्रका धेरै केन्द्रीय सदस्यको उपस्थिति थिएन । झाको पार्टी प्रवेश कार्यक्रममा प्रभु साह र रामरिझन यादव उपस्थिति थिएनन् । रामचन्द्रको पार्टी प्रवेशको हल्ला लगतै साह र यादवलगायतका मधेसी नेताहरु एमाओवादीको नेतृत्व पंक्तिबाट रुष्ट रहेको समाचार सार्वजनिक भएको थियो । तर उक्त समाचारको पछिल्लो समय खण्डन गरिदैछ । एमाओवादीका केन्द्रिय सदस्य समेत रहेका रामरिझन यादवले झाको पार्टी प्रवेशबाट आफूहरु रुष्ट भएको भन्ने कुरालाई ठाडै अस्वीकार गरे । उनले भने, ‘म आफ्नो गृह जिल्लामा भएकाले झाजीको पार्टी प्रवेश कार्यक्रममा उपस्थिति हुन नसकेको हो, हामी रुष्ट छैनौ । ’ स्रोतका अनुसार पार्टीकै क्रियाशिल नेता श्रवण यादव र विश्वनाथ साहलाई भने झुक्याएर पेरिसडांडामा बोलाइएको थियो । स्रोतले भन्यो,‘ उनीहरुलाई अन्तिम समयमा मात्रै झालाई पार्टीमा प्रवेश गराइदैछ भन्ने कुराको जानकारी दिइएको थियो ।’ यसबारे उनीहरुसंग प्रतिक्रिया लिन खोज्दा सम्पर्कमा आउन चाहेनन् । रामचन्द्र झाको प्रवेशसंगै मिथिलाञ्चल तथा मधेस क्षेत्रका एमाओवादी नेता तथा कार्यकर्ताबाट व्यापक विरोध र समर्थन दुवै एकै साथ भएको थियो, त्यो क्रम अझै जारी छ । केही नेताले पार्टी परित्याग गर्नेसम्मका धम्की पेरिसडाडाँ मुख्यालयमा आफ्ना केन्द्रिय नेतामार्फत् दिएका छन् भने केहीले पार्टी नेतृत्व पंक्तिलाई बधाई दिइरहेका छन् ।
हुनत, यस्तै धम्की चैत ८ गते एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीका नेता अजबलाल यादवको स्मृतिसभामै झालाई भित्र्याउने कार्यक्रम तय गरेपछि पनि मिडियामा आएको थियो । बाबुराम भट्टराईको निकट मानिने प्रभू साहले एमाओवादीमा विद्रोह गर्ने कुरो तत्कालै मिडियाहरु मार्फत् चेतावनी दिएका थिए । एमालेका पूर्व पोलिटव्युरो सदस्य झालाई एमाओवादीमा प्रवेश गराएलगतै पार्टीमा रहेका मधेसी नेताहरुले एउटा गोप्य भेला गरेर भावी रणनीति बनाइरहेको स्रोतले भन्यो । ती भेलामा सहभागी एमाओवादीका एक नेताले आफ्नो नाम नछाप्ने सर्तमा कान्तिपुरसंग भने, ‘झाको एमाओवादीमा प्रवेशले मिथिला क्षेत्रमा पार्टीको संगठनीक अवस्था कमजोर बन्ने स्थिति सिर्जित भएको छ , त्यसैले हामी त्यसको विरोधमा उत्रन बाध्य भएका छौं । ’ ती नेताले झालाई तत्कालीन माओवादी जनयुद्ध विरोधी तथा युद्ध अपराधी पनि भएको आरोप लगाए । ‘ हाम्रै पार्टीका नेता रामवृक्ष यादवको हत्यामा झाको संलग्नता थियो’ ती नेताले भने, ‘ झाले युद्धकालमा नेपाली सेनाको पोशाक लगाएरै व्यारेकमा पुगी तत्कालीन माओवादी कार्यकर्ताहरुलाई पहिचान गराएका थिए । यस्तो व्यक्तिलाई पार्टीमा प्रवेश गराउनु ठीक होइन । पार्टी नेतृत्व तहले जनयुद्ध लडेका हामी जस्ता कार्यकर्ताका साथ अन्याय गरेको छ ।’ आफ्नै कार्यकर्ताबाट आएका यी आरोपबारे केन्द्रिय सदस्य रामरिझन यादव भन्छन्, ‘ हेटौडाको पार्टी महाधिवेशनको वैचारिक कार्यदिशा अनुरुप नै यो कार्य भएको हो । पार्टी नेतृत्वले कांग्रेसी कार्यकर्तालाई ल्याएको होइन, ३५ वर्षदेखि वामपन्थी आन्दोलनमा लागेका झालाई ल्याएको हो । एमाओवादीमा झाजीको प्रवेशबाट कार्यकर्ताहरुमा उत्साह थपिएको छ । ’ उनले पार्टीले रामचन्द्र झालाई मात्रै होइन यस्ता धेरै व्यक्तिलाई ल्याउनु पर्नेमा जोड दिए । ‘ जहाँसम्म उहाँमाथि विभिन्न आरोपको कुरो छ , त्यो अब अतित भइसक्यो , तर पनि उहाँको प्रत्यक्ष संलग्नता रहेको प्रमाण छैन ’ यादवले भने, ‘उहाँलाई डेमोरलाइज गर्नका लागि मात्रै नागरिकताको विषय केहीद्वारा उचालिएको हो । ’ उनले एमाओवादीमा आफूहरुले विद्रोह गर्ने कुरो गलत भएको बताए । यादवले भने, ‘पार्टीमा विभिन्न थरीका व्यक्ति भएकाले गलत रिपोर्टमा आफूहरुको नाम समावेश गरेर अर्कै पार्टी खोल्ने समाचार सम्प्रेषित भएको हो , त्यसमा कुनै सत्यता छैन ।’
एमाले पार्टी परित्याग गर्ने कुरो रामचन्द्र झाको धेरै पुरानो हो । मिथिलाञ्चल क्षेत्रका एमालेका केन्द्रिय सदस्य रघुवीर महासेठको ‘लोकप्रियता’ बढ्दै गएपछि झा पार्टीभित्रै उकूसमुकूसको स्थितिमा पुगेको विश्लेषण मधेस क्षेत्रमा गरिँदै थियो । स्रोतका अनुसार हालै धनुषामा सम्पन्न अखिल नेपाल महिला संघ, लोकतान्त्रिक मधेसी संगठन, नेपाल उत्पीडित जातिय मुक्ति समाज तथा नेपाल मुस्लिम ईतेहादको जिल्ला अधिवेशनबाट चयन पदाधिकारीहरुमा अधिकांश महासेठ निकटले जित्नुले पनि झाको स्थिति मिथिला क्षेत्रमा कमजोर रहेको पुष्टि गर्छ । हुनत्, उक्त अधिवेशनहरूलाई एमालेका तीन वैकल्पिक केन्द्रिय सदस्यहरु शत्रुघ्न महतो, योगनारायण यादव तथा श्रीप्रसाद साहले वहिष्कार गरेका थिए । तर उनीहरुको वहिष्कार झालाई समर्थन गर्नका लागि नभई आ–आफ्ना समर्थकहरुलाई पनि ती निकायहरुमा पार्नका लागि गरेका थिए ।
वर्षौसम्म एमालेमा संगै रहेका रामचन्द्र झाका सहयात्रीमध्येका एक लालबाबु पण्डितले झाको वर्हिगमप्रति दुख प्रकट गर्छन् । एमालेका केन्द्रिय सदस्य समेत रहेका पण्डितले भने, ‘ रामचन्द्रजी लामो समयदेखि एमाओवादीमा प्रवेशका लागि कसरतमा हुनुहुन्थ्यो । तर उहाँ जुन महात्वाकांक्षा बोकेर जानुभएको छ त्यो पुरा हुने स्थिति छैन । ’ उनले झाजी एमाले छाड्दा पहाडै खसेको जस्तो स्थिति नरहेको प्रतिक्रिया पनि दिए । ‘उहाँविरुद्ध अदालतमा मुद्दा चल्नु र पदिय तथा शक्तिमा आफू मात्रै रहनु पर्छ भन्ने महत्वाकांक्षा बढ्दै जानुले एमाले छाड्नु भएको हो ’ पूर्व सभासद् समेत रहेका पण्डितले भने , ‘एमालेमा रहँदा सरकारलाई पहिलो प्राथमिकतामा राख्नु भयो , स्थानीयस्तरमा सिर्जित ‘कन्ट्राडिक्सन’ ले पनि उहाँ एमाले छाड्न बाध्य हुनु भएको हो । उहाँ एमालेबाट एमाओवादीमा नाटक मञ्चन गर्नका लागि मत्रै जानु भएको हो ।’ उनले झाजी एमाले छाड्नुमा वाह्य शक्ति केन्द्रको हात नरहेको बताए । ‘झाजीले डेढ वर्षअघिदेखि नै एमाले छाड्ने मनस्थिति बनाउँदै आउनु भएको थियो , त्यसैले एमाओवादीका कार्यक्रमहरुमा समय–समयमा विशिष्ट आथित्यता ग्रहण गर्दै आउनु भएको थियो । धनुषामा उहाँ पछि पर्दै जानु भएको थियो ।’
रामचन्द्र झाले एमाले छाड्नुको कारणलाई पार्टीका नेता तथा पूर्व सभासद् रामप्रित पासवानले नेपालका राजनीतिक पार्टीहरुबीच जारी गुटबन्दीकै कारण भएको बताउँछन् । उनी भन्छन्, ‘मुलुक संक्रमणकालिन अवस्थाबाट गुज्रिरहेकाले यहाँका सबै पार्टीमा गुटबन्दी जारी रहेकाले पनि नेताहरु एउटा दलबाट अर्को दलमा जाने क्रम बढेर गएको हो । नेतृत्व तहप्रतिको अविश्वासले पनि कम्युनिष्टहरुमा समय–समयमा विद्रोह हुँदै आएको हो । रामचन्द्र जीले पनि त्यही गर्नु भएको जस्तो देखिन्छ । ’ उनले झाजीको पार्टी परित्यागलाई ठीक नभएको प्रतिक्रिया दिए । ‘ झाजीले जुन कदम चाल्नु भयो, त्यो ठीक होइन , उहाँ पार्टीमै रहेर अघि बढेको भए उचित हुनेथ्यो’ पासवानले भने, ‘एमाओवादी संघीयताप्रति बढी स्पष्ट रहेको झाजीको दाबी अगामी दिनमै स्पष्ट हुनेछ । एमाले लोकतान्त्रिक पार्टी बनिसकेकाले पनि हुन सक्छ उहाँ एमाओवादीमा जानुभएको हो । एमालेले आफ्नो मुद्दाहरुको प्रचार कम गर्छ तर एमाओवादीले बढी गर्ने भएकाले पनि यो पार्टीमा विद्रोह बढी हुने गरेको हो । ’
संस्थापक माओवादीबाट विद्रोह गरी बैद्य समूहमा रहेका पूर्व सभासद एवं मन्त्री महेन्द्र पासवानको विचार अलिक फरक छ । उनले संघियताको सवालमा एमाओवादी बढी स्पष्ट रहेको भन्ने रामचन्द्रजीको अभिव्यक्तिले नै एमाले परित्यागको कारण स्पष्ट गरेको बताए । ‘राज्य पुर्नसंरचनामा एमाओवादी बढी लिबरल रहेको भनाई उहाँ एमालेमा छँदैपनि रहँदै आएको हो ’ उनले भने, ‘ समावेशी र समानुपातीक मुद्दामा कांग्रेस र एमालेको ठोस धारणना नरहेको बताउँदै आउँनु भएको थियो । त्यो असन्तुष्टिले पनि उहाँले माउ पार्टी छाड्नु भएको स्तो मलाई लागेको छ । ’ नेकपा–माओवादीका नेता समेत रहेका पासवानले रामचन्द्रको एमाओवादी प्रवेशको कुरा ‘व्यक्तित्व र सेक्र्युरिटी’ संग पनि सम्बन्धीत रहेको बताए । ‘ नागरिकताको मुद्दाले उहाँलाई धेरै पटक पछ्याई सकेकाले त्यसबाट उन्मुक्ति पाउनका लागि पनि एमाओवादी रोजेको हुनुपर्छ ’उनले भने, ‘झाजीले आफूलाई साँचो कम्युनिष्ट भएको दाबी गरिरहेको अवस्थामा कम्युनिष्ट विचार छाडिसकेको पार्टीमा प्रवेश गर्नुले खासै प्रभाव पर्ला जस्तो लाग्दैन ।’ पासवानले देशले राजनीतिक विकल्प खोजिरहेको अवस्थामा एउटा पार्टीबाट अर्को पार्टीमा कुनै एक व्यक्तिले प्रवेश गर्दैमा खासै अर्थपूर्ण नहुने बताए । ‘जहाँसम्म मधेसको सवाल छ , मधेसप्रति सैद्धान्तिक र नीतिगत स्पष्टता भएको, नेतृत्वको सरक्षण र विकासको सवाललाई सही मूल्यांकन गर्ने पार्टी र मधेसमा विद्यमान परिवृतिलाई पार्टीले सन्तुलनमा लिएर अगाडी बढेको जनताले देख्न चाहेका छन् ’ पासवानले भने, ‘त्यसैले मधेसीको नाममा भ्रष्ट, अवसरवादी , पदलोलुपलाई कुनैपनि दलमा प्रवेश गराएर पार्टीका त्यागी नेता तथा कार्यकर्ताहरुलाई पाखा लगाउने कार्यले अधोगति निम्त्यान सक्छ । ’ उनले कुनैपनि पार्टीले मधेसी नेता तथा कार्यकर्ताहरुलाई ‘युज एण्ड थ्रो’ को स्थितिमा मात्रै राखेकोप्रति दुखेसो पोखे ।
एमाओवादीमा नवप्रवेशी नेता रामचन्द्र झाले एमालेमा मधेसी, जनजाति, आदिवासीमाथि विभेद छ र यी समुदायको उपेक्षा पार्टीमा व्यापक रुपमा गरिएकाले पटक–पटक यसबारेमा आबाज उठाउँदा पनि नसुनेका कारणले आफूले माउ पार्टी छाडेको बताए । उनले तत्कालिन माओवादीको जनयुद्धविरुद्ध आफूले काम गरेको भन्ने आरोपबारे भने, ‘ म एमालेमा रहँदा नै जनयुद्ध भएकाले त्यसताका मैले आफ्नै माउ पार्टीको पक्षमा काम गरेको हुँ , त्यो सैद्धान्तिक हिसाबले पनि सही थियो । तर मविरुद्ध गरिएको प्रचार चाहीँ गलत हो ।’ उनले आफू ‘सेक्युर्टिटी’ र व्यक्तित्वका लागि मात्रै एमालेबाट एमाओवादीमा नआएको दाबी गरे । ‘कसैले त्यस्तो भन्छ भने त्यो गलत हो ’ उनले भने, ‘ जहाँसम्म सर्वोच्च अदालतमा मुद्दाको कुरो छ , त्यसको एउटा प्रक्रिया हुन्छ , नागरिकताको छानबिन गृह मन्त्रालय र जिल्ला प्रशासनले गर्ने हो । तर ती निकायले गरेको छानबिनले पनि ममाथि लगाइएको अरोपको खण्डन भइसकेको छ , त्यसैले यसबारे धेरै भनिरहनुपर्ने म आवश्यता ठान्दिन । ’ उनले धेरै नेपालीको सम्बन्ध भारतसंग रहेझै आफ्नो पनि सम्बन्ध रहेको यथार्थ भएको बताए । ‘ धेरै पहिले मावलीमा मेरी आमाको नाममा सम्पति भएकाले त्यसको अधिकारी मपनि थिएँ । तर यो कुरालाई धेरैले बग्याएर मविरुद्ध गलत प्रचार गरेका छन् ’ उनले भने, ‘ ममाथिको आरोप गलत हो ।
Thursday, April 18, 2013 , quatar edition, Kantipur

No comments:
Post a Comment