Tuesday, 11 September 2012

लोकतन्त्रबाट गायब हुँदै ‘लोक’


लोकतन्त्रबाट गायब हुँदै ‘लोक’

केही समययता नेपालको राजनीतिमा देखिएको उथल–पुथल, विकृति–संगति र आरोप–प्रत्यारोपलाई लोकतन्त्रका लागि राम्रो संकेत मान्न सकिन्न । लोकतन्त्र, जहाँ जनताको सहभागिता सुनिश्चित गर्न जनताद्वारा चुनिएका प्रतिनिधिहरुलाई केही अधिकार दिइएको हुन्छ, जसबाट शासन व्यवस्था सुचारु रहोस । तर सत्ताको नशा यस्तो चढेको छ कि सत्ताधिशहरु आफूलाई स्वयंभू ठानेर जनतालाई लुटिरहेका छन्, लुछिरहेका छन् । मँहगाई चरम उत्कर्षमा छ, सुरक्षा व्यवस्था तहस–नहस छ, तर सत्ताधिशहरु सत्ता छाड्ने नामै लिइरहेका छैनन् । त्यसमा पनि कामचलाउ सरकारको आयु कति दिनसम्मका लागि हो, त्यो टुंगो नहुनुले अन्यौलता बढेको बढ्यै छ । जनता निराश छन्, कुन्ठित भएर उनीहरुलाई बाच्न विवस पारिएको छ ।  भ्रष्टाचारीहरुमाथि लगाम कस्नुको साटो सरकारबाट उनीहरुलाई पोषण र बचाउ गरिदैछ । समस्याहरुको एउटा चाङनै खडा भएको छ, मुलुकमा । यदि यस्तै रहने हो भने हाम्रो देश निकट भविष्यमा लामो समयसम्म यी समस्याहरुबाट त्राण पाउने छाँट छैन । लोकतन्त्रमा यदि जनताको अधिकारहरुको वेवास्ता गरिए यो बुझ्न कसैलाई समस्या हुदैन कि लोकतन्त्र कति स्वस्थ छ । हाम्रो मुलुकमा लोकतन्त्र मरणासन्न अवस्थामा पुग्नुका केही कारणहरु हुन् ः–
  • शून्य अवस्थामा कार्यपालिका पुग्नु र कामचलाउ सरकारको आयु लम्बिदै जानु
  • वर्तमान सरकारले तत्कालिन समस्याहरुलाई गम्भिरतापूर्वक बुझ्न नसक्नु
  • नेपालमा गिर्दो सामाजिक नैतिक स्तर
  • संविधान निर्माणका लागि खासै प्रयासको थालनी नहुनु 
  • सत्ता र मात्र सत्ताका लागि नेताहरुबीच हानथाप हुनु
  • मुलुक १० जना नेताहरुको कब्जामा पर्नु
  • भाषणका लागि भाषणमा मात्र नेताहरु सीमित हुनु.........   


No comments:

Post a Comment