Sunday, 9 April 2023

नरभक्षी गिद्ध

Dinesh Yadav (दिनेश यादव)
एउटा नरभक्षी गिद्ध आफ्नैको सिकार गर्न उडाइयो ।
गन्तव्यविहिन त्यो आफ्नैलाई चिथोर्न थाल्यो ।
मानसिक रोगी बन्यो त्यो आफ्नैलाई बुटी-बुटी पार्न थाल्यो
चुच्चोमा आफ्नैको चोक्टा च्याँपी त्यो आकाशमा उडेको उड्यै गर्न थाल्यो ।
सधैं नरभक्षी कै भूमिका त्यो धेरै-धेरै उड्न थाल्यो ।
सिनोको स्वाद समेत बिर्सेको त्यो धेरै उचाईमा उड्न थाल्यो ।
शत्रुहरूको फुर्काईमा त्यो माथि -माथि अझ धेरै माथि उड्यो ।
अब त स्वभक्षी बनेको त्यो परेवाहरूमा जातिय विभाजन थाल्यो ।
आखिर गिद्ध न हो त्यो उड्दा उड्दै एक दिन देखिन छोड्छ त्यो ।
फेरी अर्को गिद्ध उडाइन्छ फेरी नरभक्षीकै भूमिकामा हुन्छ त्यो ।
●#दिनेश_यादव
(कलंकी, काठमाण्डौ-१४।। २६ चैत्र ०७९) ।

No comments:

Post a Comment