Thursday, 29 September 2022

डा.गोपालले ल्याए ‘भोजपुरी व्याकरण’ (Dr. Gopal's Bhojpuri Grammar)

'यसमा नयाँ ध्वनी, वर्ण, त्रिप्थोङ्गको समेत जानकारी छ, जुन अन्य भाषामा पाइन्न । नेपालमा अहिलेसम्म प्रकाशित व्याकरणहरु कित अंग्रेजी शैली या संस्कृति शैलीमा मात्र लेखिएका छन । तर, यो भोजपुरी व्याकरण अन्तर्राष्ट्रिय प्रकाशन 'लिंकन युरोपा'को मोडेलमा छ, जुन नेपालकै लागि पहिलो हो । अझैपनि भाषालाई मात्र संचारका माध्यमका रुपमा व्याख्या गरिन्छ । तर गोपाल ठाकुरले व्याकरणलाई समेत संचारको माध्यमको रुपमा व्याख्या गरेका छन् ।’
काठमाडौंमा आयोजित विशेष कार्यक्रममा भाषाशास्त्री डा.गोपाल ठाकुरको ‘भोजपुरी व्याकरण’ लोकार्पण गरिएको छ । नेपालमा'कार्यात्मक-प्रकारात्मक'शैलीमा लेखिएको यो पहिलो व्यायकरण हो । व्याकरणको प्राडा. माधव पोखरेल, प्राडा. दानबहादुर रेग्मी, पूर्व मन्त्री मातृकाप्रसाद यादव , भाषा आयोगका सदस्य मातृका पोखरेल, भोजपुरी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष आनन्द गुप्ता ‘अस्तित्व’ लगायतले संयुक्त रुपमा लोकार्षण गरे । लोकार्पण कार्यक्रममा प्राडा. पोखरेलले भाषा शास्त्रीय कोणबाट व्याकरणको समिक्षा गर्दै यो अन्तरर्राष्ट्रिय प्रकाशन ‘लिंकन युरोपा’ को मोडेलमा लेखिएको नेपालकै पहिलो पुस्तक भएको बताए । दक्षिण भारतीय भाषामध्ये उत्कृष्ट रहेको यो व्याकरण भाषा वैज्ञानिक दृष्टिकोणमा मौलिक खालको भएको उनको भनाई थियो ।
‘यसमा नयाँ ध्वनी, वर्ण, त्रिप्थोङ्गको समेत जानकारी छ, जुन अन्य भाषामा पाइन्न । नेपालमा अहिलेसम्म प्रकाशित व्याकरणहरु कित अंग्रेजी शैली या संस्कृति शैलीमा मात्र लेखिएका छन’ उनले भने, ‘ तर, यो भोजपुरी व्याकरण अन्तर्राष्ट्रिय मोडेलमा छ, जुन नेपालकै लागि पहिलो हो । अझैपनि भाषालाई मात्र संचारका माध्यमका रुपमा व्याख्या गरिन्छ । तर गोपाल ठाकुरले व्याकरणलाई समेत संचारको माध्यमको रुपमा व्याख्या गरेका छन् ।’ मधेश प्रज्ञा प्रतिष्ठानका सदस्य समेत रहेका गोपाल ठाकुरको ‘भोजपुरी व्याकरण’ लिंकन युरोपा जर्मनीबाट समेत प्रकाशित भइसकेका छन् ।
कार्यक्रमका अर्का वक्ता प्राडा. रेग्मीले भने, ‘यो भोजपुरी व्याकरण लिंकन युरोपाले प्रकाशित गरेकाको अनुवाद होइन, फरक प्रस्तुतिमा नेपालकै लागि मौलिक हो । त्यसैले यो भोजपुरी मातृभाषाका लागि मात्र नभई सिंगो नेपाली भाषा र अन्य मातृभाषाका लागि एउटा मानकका रुपमा आएको छ । ’ उनले यो व्याकरणले सिंगो मातृभाषा, मातृभाषा शिक्षा, अनुसन्धानका लागि महत्वपूर्ण सहयोग प्रदान गर्न सक्ने बताए । अब यसैलाई आधार बनाई अन्य भाषा वा मातृभाषामा व्याकरण लेख्न सहयोग गर्नुपर्ने समेत उनले सुझाए । ‘यो व्याकरणले अन्तर्राष्ट्रिय मोडेल लिंकन युरोपा प्रकाशनलाई अनुसरण गरेकोले यसैका आधारमा अन्य मातृभाषासहित हिन्दी, नेपालीमा समेत लेखिनुपर्छ ’ रेग्मीले भने ।
कार्यक्रममा प्राज्ञ दिनेश गुप्ताले साहित्यकार, लेखक, भाषा वैज्ञानिक गोपाल ठाकुरको नेपाली, हिन्दी, भोजपुरी, अंग्रेजीमा समानान्तर योगदानको चर्चा गर्दै मौलिक कृतिका लागि बधाई दिएका थिए । कार्यक्रममा प्राज्ञ विणा सिन्हा, त्रिविवि केन्द्रिय हिन्दी विभागका प्रमुख प्राडा संगिता वर्मा, लोकमैथिली भाषी अनुसन्धानकर्मी एवं वरिष्ठ पत्रकार दिनेश यादव, प्राडा. देवनारायण यादव, भोजपुरी संचारकर्मी राकेश मेहता, गायक अंजली पटेल मैथिली भाषाका साहित्यकार विनित ठाकुर, अवधि भाषाकी साहित्यकार हंसावती कुर्मी लगायतका उपस्थिति थियो । यो किताबको प्रकाशनमा अमेरिकामा बसोबास गर्ने सुभासकुमार बैठाको सहयोग रहेको जानकारी कार्यक्रममा दिइएको थियो ।
यो समाचारसंग सम्बन्धित अन्य लिंकहरु
https://ekantipur.com/literature/2022/09/30/16645537477505686.html
https://everestdainik.com/2022/09/412477/
https://himalayadiary.com/book-released-by-gopal-thakur/

8 comments:

  1. यो शैली कार्यात्मक-प्रकारात्मक हो ।

    ReplyDelete
  2. ऐतिहासिक कार्य ।

    ReplyDelete
  3. बहुत ही अच्छा ! डॉ गोपाल ठाकुर को बहुत बहुत बधाई ! आपके यह कार्य सिर्फ भोजपुरी भाषा के लिए ही नही दक्षिण एशियाली अन्य भाषा के लिए मिल के पत्थर बने । शुभकामनाएँ ।

    ReplyDelete
  4. Dr. Gopal Thakur's Bhojpuri Grammar is the first book in Nepal written on the model of the international publication 'Lincoln Europa'. This grammatical language, which is the best of the South Indian languages, is original from a scientific point of view. It also contains information about new sounds, characters, and triphthongs, which are not found in other languages. The grammars published so far in Nepal are either written in English or Sanskrit style only. However, this Bhojpuri grammar is in the international model, which is the first for Nepal.

    Still, language is only interpreted as a means of communication. But Dr. Gopal Thakur also explained grammar as a means of communication. Gopal Thakur's "Bhojpuri Grammar", who is also a member of Madhesh Pragya Pratishthan, has been published by Lincoln Europa, Germany. This Bhojpuri grammar is not a translation of the one published by Lincoln Europa; it is the original for Nepal in a different presentation.

    Therefore, it has come to be a standard not only for the Bhojpuri mother tongue but for the entire Nepali language and other mother tongues. This grammar can provide important support for the entire mother tongue, mother tongue education, and research. Now, based on this, it seems that we should help to write grammar in other languages or our mother tongue. Since this grammar follows the international model of Lincoln Europa publication, it should be written in Hindi and Nepali along with other mother tongues.

    ReplyDelete
  5. https://everestdainik.com/2022/09/412477/

    ReplyDelete
  6. भाषाविज्ञ ठाकुरद्वारा लिखित ‘भोजपुरी व्याकरण(जीवंत मजबूनका साथे)’ प्रकाशित
    BY एभरेष्ट डेस्क
    SEPTEMBER 30, 2022
    काठमाडौं । भाषाविज्ञ एवं राजनीतिज्ञ डा. गोपाल ठाकुरद्वारा लिखित ‘भोजपुरी व्याकरण (जीवंत मजबून का साथे)’ प्रकाशित भएको छ । बिहीबार बबरमहलमा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव मातृका यादव, भाषाशास्त्री प्रा.डा. माधवप्रसाद पोखरेल, प्रा.डा. दानराज रेग्मी, जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष तथा भाषा आयोगका सदस्य मातृका पोखरेल, पूर्वराजदूत युवनाथ लम्साल, भोजपुरी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष आनन्दकुमार गुप्ता, कृतिकार डा. ठाकुर लगायतले उक्त कृतिको संयुक्त रुपमा सार्वजनिक गरे ।
    भोजपुरी प्रज्ञा प्रतिष्ठानको आयोजना र अखिल नेपाल लेखक संघको सहआयोजनामा भएको कार्यक्रममा पूर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव यादवले यो कृति प्रकाशनमा आएपछि पूरै भोजपुरी समुदायलाई लाभ पुगेको बताए । उनले यो श्रमसाध्य काम सम्पन्न गरेर डा. ठाकुरले नेपाललाई निकै ठूलो गुन लगाएको भनाइ राखे । उनले भने, ‘आफ्नो मातृभाषालाई जर्गेना गर्ने लक्ष्यका साथ कृतिकार डा. ठाकुरले लेखेको भोजपुरी व्याकरणले यसको संरक्षण, प्रवद्र्धन तथा विकासमा योगदान दिने आशा राख्न सकिन्छ ।’ उनले डा. ठाकुरले देशकै लागि गर्व गर्नलायक काम गरेको जिकिर गर्दै भाषा र संस्कृति बचेमात्रै पहिचान बच्ने विचार व्यक्त गरे ।

    ReplyDelete
  7. डा. गोपाल ठाकुरद्वारा लिखित भोजपुरी व्याकरण सार्वजनिक
    (#हिमालडायरी)

    काठमाडौँ —बबरमहलमा भाषाविज्ञ एवं राजनीतिज्ञ डा. गोपाल ठाकुरद्वारा लिखित ‘भोजपुरी व्याकरण (जीवंत मजबुन का साथे)’ पुस्तक सार्वजनिक भएको छ । लेखक ठाकुरसहित माओवादी केन्द्रका उपमहासचिव मातृका यादव, भाषाशास्त्री प्राडा. माधवप्रसाद पोखरेल, दानराज रेग्मी, जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष तथा भाषा आयोगका सदस्य मातृका पोखरेललगायतले पुस्तकको संयुक्त रूपमा सार्वजनिक गरे ।

    ठाकुरले एक दशक लामो खोज अनुसन्धानपछि कृति प्रकाशनमा ल्याएका हुन् । उनले भोजपुरी व्याकरण प्रकाशनपछि यसले भाषा संरक्षणसँगै यसको महत्त्वलाई अझै बढाउने विश्वास व्यक्त गरे ।

    पूर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव यादवले कृतिका बारे बोल्दै कृतिमार्फत भाषा र संस्कृतिको उठान गरेको बताए । ‘आफ्नो मातृभाषालाई जगेर्ना गर्ने लक्ष्य कृतिकार डा. ठाकुरले राख्नुभएको छ,’ उनले भने, ‘भोजपुरी व्याकरणले यसको संरक्षण, प्रवद्र्धन तथा विकासमा योगदान दिने आशा राख्न सकिन्छ ।’ भाषाशास्त्री पोखरेलले भाषाशास्त्रीय कोणबाट उक्त कृतिको चर्चा गर्दै कृति अन्तर्राष्ट्रिय प्रकाशन ‘लिंकन युरोपा’ को मोडेलमा प्रकाशित नेपालकै पहिलो ग्रन्थ भएको जिकिर गरे । उनले अझै पनि भाषालाई मात्र सञ्चारमाध्यमका रूपमा व्याख्या गरिने जनाउँदै लेखक ठाकुरले व्याकरणलाई समेत सञ्चारमाध्यमका रूपमा व्याख्या गरेको ठहर गरे ।

    ReplyDelete
  8. https://ekantipur.com/literature/2022/09/30/16645537477505686.html

    ReplyDelete