Friday, 17 June 2022

पश्चिम कोशी नहर-सडक निर्माणका लागि पहल

#नेपाली भूमिमा #भारतीय_सरकारको अधिनमा रहेको #पश्चिम_कोशी_नहरको बाटो निर्माणका लागि हाम्रो पहल :: सप्तरीको #विष्णुपुर गाउँपालिका (कनकट्टा, बेलहा,मझहौ लगातयका गाउॅ), #छिन्नमस्ता गाउँपालिका (रमपुरा, कुपही,मोहनपुर लगायतका गाउँ) #राजगढ गाउॅपालिका (फकिरा,ईनरवा,कुरनमा, बरदाही, बनैनियॉ, कमलपुर, झुटकी, झहुरा, नर्घो,कजराटोल लगायतका गाउँ) तथा #डाक्नेश्वरी नगरपालिका (बथनाहा, कुशहा,औरही, ब्रह्मपुर, गम्हरिया परवाहा लगायतका गाउँ) का लाखौं स्थानीय बासिन्दा पश्चिम कोशी नहरको धुलाम्य र हिलाम्य सडकबाट मुक्ति चाहेका छन् । उनीहरूका लागि सदरमुकाम राजबिराज आऊजाऊ गर्ने एउटै मात्र निर्विकल्प बाटो पश्चिम कोशी नहरको दक्षिणी बॉध ( नहर-सडक) नै हो । वर्षौदेखि जीर्ण नहर-सडक नबन्दा लाखौ सर्वसाधारण वर्षायाममा नाकाबन्दी र सुख्खायाममा धुलोबाट सास्ती खेप्न वाध्य छन् । पश्चिम कोशी नहरको जीर्ण सडक तत्काल बनाउन पहल गरिदिन भन्दै मधेश प्रदेशको सप्तरी निर्वाचन क्षेत्र नं. ३ (ख) का प्रदेशसभा सदस्य विदेश्वरप्रसाद यादव 'बिक्कीबावु' र म (दिनेश यादव) आज काठमाडौंस्थित भारतीय दूताबासका पदाधिकारीसंग भेटेर नहर-सडक निर्माणका लागि पहल गरि दिन आग्रह गरेका छौं । उहॉहरूबाट तत्काल सकारात्मक पहलका लागि आश्वासन प्राप्त भएको छ । यसअघि प्रदेशसभा सदस्य बिक्कीबावुले कोशी परियोजनाका प्रमुख ईन्जिनियरसहितका पदाधिकारीसंग भेट्दा तत्कालै नहर-सडक बनाउने बाचा गरेको पनि एक वर्ष नाघिसक्यो । कत्तैबाट सुनबाई नभएपछि उहॉ व्यक्तिगत पहलका क्रममा भारत विहारको राजधानी पटना गई त्यहॉका विभिन्न पार्टी र सत्तारूढ दलका उच्च पदाधिकारीसंग भेटघाट गर्दा नहर-सडक बनाउने पहल गर्ने आश्वासन प्राप्त गरेको बताउनु भएको छ ।त्यसैको एउटा कडीका रूपमा आज भारतीय दूताबासका उच्च पदाधिकारीसंग हाम्रो भेटघाट भएको हो । आशा गरौं, अब नहर-सडक बन्ला कि ? वर्षौदेखि सास्ती खेपेका त्यस भेगका वासिन्दाहरूले कोशी सम्झौता रद्द गर्नु पर्ने माग समेत गर्न थालेका छन् । उनीहरूले तत्कालै आफूहरूको माग सम्वोधन नभए नहरको बॉध भत्काईदिने र भारतीय सवारी साधनलाई त्यस क्षेत्रमा निषेध गर्ने चेतावनी समेत दिएका छन् । यो नहर-सडकको प्रयोग नेपालीहरूले मात्रै हैन, भारत बिहारका सहर्षा, मधुबनीलगायत जिल्लाका दर्जनौं गाउॅ/सहरका मानिसले पनि गर्छन् ।

1 comment:

  1. #नेपाली भूमिमा #भारतीय_सरकारको का लाखौं स्थानीय बासिन्दा पश्चिम कोशी नहरको धुलाम्य र हिलाम्य सडकबाट मुक्ति चाहेका छन् । उनीहरूका लागि सदरमुकाम राजबिराज आऊजाऊ गर्ने एउटै मात्र निर्विकल्प यो बाटो तत्कालै नबने नहर बॉध भत्काईदिने र भारतीय सवारी साधनलाई त्यस क्षेत्रमा निषेध गर्ने चेतावनी समेत दिएका छन् । यो नहर-सडकको प्रयोग नेपालीहरूले मात्रै हैन, भारत बिहारका सहर्षा, मधुबनीलगायत जिल्लाका दर्जनौं गाउॅ/सहरका मानिसले पनि गर्छन् ।

    ReplyDelete