Wednesday, 6 October 2021
मधेसका अल्पसंख्यक अमात जाति ‘अमात्य’ र ‘राई’ होइनन (The minority #Amat_castes of Madhes are not 'Amatya' and 'Rai')
काठमाडौं– तराई–मधेसमा वर्षौदेखि बसोबास गर्ने अल्पसंख्यक अमात जातिका अगुवाहरुले राज्यले पहिले नेपालको राष्ट्रिय जातिमा आफूहरुलाई वर्षौसम्म सुचिकृत गर्न अनाकानी गरेको र पछि जनसंख्या कम देखाउन बेइमानी गरेको बताएका छन् । उनीहरुले राष्ट्रिय जनगणना नेपालको एकीकृत राष्ट्रिय तथ्यांक प्रणालीको एक हिस्सा भएकाले यो जातिले आफ्नो तथ्यांक सहि र सत्य लेख्न सबैलाई आग्रह गरे । काठमाडौंस्थित ‘#अमात_फाउन्डेसन_नेपाल’ले मंगलबार राजधानीमा आयोजना गरेको विचारगोष्ठि, सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रममा अगुवाहरुले विगतमा यो जातिलाई ‘अमात’ को ठाउँमा ‘अमात्य’ र ‘राय’ को साटो ‘राई’ लेखिदिँदा सरकारी तथ्यांक मिथ्यांक बनेको आरोप समेत लगाए । नेपालको जनणना –०६८ मा यो जातिको जनसंख्या ३८ सय ३० मात्रै उल्लेख गरिएकोमा उनीहरुको आक्रोस थियो । नेपालमा आफूहरु दुई लाखको हाराहारीमा रहेको उनीहरुको दाबी छ । यो जाति २०६८ अघि मात्रै धेरै संघर्षपछि नेपालको राष्ट्रिय जातिमा सुचिकृत भएको जानकारी कार्यक्रममा दिइएको थियो ।
अमात जातिको प्रचलित थरहरु राय, मण्डल, राउत, अमातलगायतका हुन् । हाल जारी राष्ट्रिय जनगणनामा यो जातिको कोड ९९ रहेकोले थर जेसुकै भएपनि जातिमा ‘अमात’ लेख्न आग्रह गरिएको छ । कार्यक्रममा सम्मानित भएका डा. जयनारायण मण्डलले ३७ वर्षको सरकारी सेवामा पहिलो पटक सम्मान पाएको भन्दै आफ्नो समुदायको भन्दा कम जनसंख्या भएकाहरु नेपाल सरकारले व्यवस्था गरेको सेवासुविधा र आरक्षणको अवसर लिइरहेको तर आफूहरु त्यसबाट बञ्चित भएको बताए ।
सप्तरीका रामकुमार रायले भने, ‘राज्य हामीलाई दुई वटा धोका र बेइमानी गरेका छन् । हामी तराई–मधेसको जातिलाई पहाडका जनजाति अमात्य र राईमा सुचिकृत गरेर बेईमानी गरेको हो । ’ अमात जातिकै अर्का अगुवा गयाधरप्रसाद मण्डलले आफूहरु संगठीत भई ओबीसीको सहयोगमा नेपालको राष्ट्रिय जातिमा सुचिकृत भएको बताए । ‘अब सबै मिलेर यो जातको उत्थानमा अघि बढ्नु पर्छ ’ उनले भने ।
कार्यक्रममा पूर्वमन्त्री अनिस अन्सारी शुभकामना मन्तव्य दिंदै अल्पसंख्यमाथि राज्यले पटक–पटक बेइमानी गर्ने गरेकाले सचेत भई शैक्षिक र राजनीतिक रुपमा अगाडि बढ्न अमात समुदायका अगुवाहरुलाई आग्रह गरे । कीर्तिपुरस्थित अनुसन्धान निर्देशनालयका निर्देशक एवं भूगोलवेत्ता उमेशकुमार मण्डलले धानुक, कुर्मी, केवत र अमात एउटै सजातिय समूह रहेकाले संगठित भई पहिचानका लागि संघर्ष गर्नु पर्ने बताए । ‘शिक्षानै विकासको मेरुदण्ड र कुनैपनि जाति/समुदायलाई अघि बढ्ने औजार भएकाले यसमा अमात जातिको ध्यान केन्द्रित हुनुपर्छ ’ उनले भने ।
योजना आयोगका सदस्य एवं अर्थविद् उमाशंकर प्रसादले नेपालमा ८५ प्रतिशत जनसंख्यामाथि १५ प्रतिशत एकल जातिय समूहको हाली मुहाली भएकाले अन्य जाति/समुदायले हरेक क्षेत्रमा पिछडापनको भागिदारी बनेको बताए ।
‘मधेसको जनसंख्या ५० प्रतिशत भएपनि नेपालको कूल बजेटको १७ प्रतिशत मात्रै त्यहाँ छुट्टाइएको छ ’ उनले भने, ‘अझ कूल बजेटको २३ प्रतिशत मात्रै स्थानीय र प्रदेश सरकारलाई र बाँकी बजेट संघिय सरकारले मात्र खर्च गर्ने मानसिकताले मधेस क्षेत्रमा अपेक्षाकृत विकास हुन नसकेको हो । ’ उनले पनि अमात जातिकाले शिक्षामा जोड दिनु पर्ने सुझाब दिए ।
अमात फाउण्डेसन नेपालका अध्यक्ष रामकृपाल रायले तराई–मधेसको विभिन्न जातजातिसंग समन्वय गरी अघि बढ्ने उद्देश्यले यो संस्था दर्ता गरिएको बताए । उनले पनि शैक्षिक र राजनीतिक रुपमा सबै सचेत हुँदै अघि बढ्नु पर्ने जनाए । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने सम्मान र उपस्थिति प्रमुख व्यक्तित्वहरुलाई लभअफ टोकन प्रदान गरिएको थियो । साथै कार्यक्रममा मैथिली, भोजपुरी र नेपाली गीतहरुमा नृत्य प्रस्तुत पनि गरिएको थियो ।
Subscribe to:
Post Comments (Atom)



This comment has been removed by the author.
ReplyDeleteधेरै धेरै धन्यवाद दिनेश सर
DeleteThanks Dinesh sir well beginning is half done ekdin amat ko lakshya awasya prapt hunecha bhanne kurama hami biswasta chaun.
Deleteधेरै धेरै धन्यवाद
ReplyDelete