संजोग नै भन्नु पर्छ, एकै दिन दौरा सुरुवाल र टाका टोपीबारे नेपालको मधेस क्षेत्रबाट प्रतिनिधित्व गर्ने दुई जना ‘भेटेरान्स’बाट फरक तर एउटै आशयको अभिव्यक्ति आएको छ । मेरो विचारमा १९ जनवरी २०१७(६ माघ २०७३, विहीबार) आएको ती दुई अभिव्यक्तिले दौरा–सुरुवाल र टाका टोपी लगाउनु पर्ने अभियानमा या यसलाई राष्ट्रियतासंग जोड्नेहरुका लागि ‘आक्रोसित’ बनाउने खालका छन् । एउटा विचार अमेरिकामा बसेर नेपालका ‘करेन्ट एफेयर्स’मा कलम चलाउँदै आएका प्रमोद मिश्रको छ । उनले द काठमाडौं पोस्टको ‘क्रसरोड’ स्तम्भ र ‘टाइम्स अफ कन्फ्युजन एन्ड फ्युजन’ शिर्षकमा एक ठाउँमा लेखेका छन्, ‘....टाका टोपी बंगलादेश, टर्की या अन्य ठाउँबाट आएको हो.....।’ यसबारे थप विवरण यसै सामग्रीमा राखिएको उनको आलेख पढ्न अनुरोध गर्छु । त्यस्तै, दौरा सुरुवालबारेको अभिव्यक्ति दिने अर्को व्यक्तित्व हुन धिरेन्द्र झा ‘प्रेमर्सी’ । सक्रिय पत्रकार विरेन्द्र केएमले ३० अक्टोबर २०१६ मा आफ्नो फेसबुक वालमा लेखेको जबाफ ‘प्रेमर्सी’ ले झण्डै तीन महिनापछि लेखेका रहेछन् । प्रेमर्सीले आफ्नो जबाफमा लेखेका छन्, ‘.....सबैभन्दा बढी भ्रष्टाचारी दौरा सुरुवाल लगाएरै भएका छन्, मैले वर्षौदेखि यो लगाइरहेको छु, अझै केही वर्ष लगाउने छु । एउटा संस्थाले विसंगतिमाथि व्यंग प्रहार यसै पोशाकमा गर्दै आएको छ. .......।(थप विवरण यसैमा संलग्न उनको जबाफमा हेर्नुहोला) । थप प्रष्ट होस भनेर सबै सामग्री यसमा राखेको छु ।
 |
| Published on 19 Jan 2017 on thekathmandupost |
No comments:
Post a Comment