Monday, 28 March 2016

भोजराज पोखरेलको पढ्नै पर्ने लेख

कान्तिपुरमा २८ मार्च २०१६(१५ चैत २०७२) मा प्रकासित यी लेखहरु पठनीय लागेर यसमा राखेको हुँ । 




Monday, 21 March 2016

विरासत हैन संघर्षले महिला बनिन अर्बपति



  • दिनेश यादव (Dinesh Yadav)
Zhou Quinfei


  •  झाउको परिवार अत्यन्तै गरिब थियो । बाल्यकाल अभावैअभावमा वितेको थियो, उनको ।
  • झाउलाई आफू अभिभावकविहीन भएर पनि पढ्ने चाहना थियो


हामीले आफ्नो वरपर हेर्ने हो भने धेरै धनाढ्य र सफल व्यक्तित्वहरु पाउ“न सक्छौ । अनि सोच्छौ, हामी पनि त्यस्तै भई दिए क्या मज्जा हुन्थ्यो । तर, सफलता प्राप्त गर्न कुनै व्यक्तिले गरेको कठोर संघर्ष र लगनशिलतालाई हेर्दैनौ । रातारात कोही अर्बपति या सफल हुनै सक्तैनन । यसका लागि धेरै मिहिनेत, परिश्रम र सही अवसरसंगै सही दिशामा अग्रसर हुनु आवश्यक पर्छ । कडा संघर्ष र गरिबीलाई चिर्दै सफलताको शिखरमा पुग्ने मध्येका एक हुन, चिनिया“ महिला उद्यमी झाउ क्वीनफेइ । उनी गरिबीलाई धेरै नजिकबाट हेरेकी छन् । महिलाले जे पनि गर्न सक्छिन् भन्ने कुरोको साक्षात प्रमाण बनेकी छन, उनी ।  

चीनको हुनान प्रान्तको सिआङसिआङमा ४६ वर्षअघि उनको जन्म भएको हो । झाउको परिवार अत्यन्तै गरिब थियो । बाल्यकाल अभावैअभावमा वितेको थियो, उनको । अझ जन्म हुनुअघि सन १९६० को दशकमा उनको बुबा एउटा दुर्घटनामा परेर दृष्टिविहीन बनेका थिए । जब उनी पा“च वर्षकी भइन, आमालाई गुमाइन । जीवनमा संकट आइ प¥यो । स्कूल जाने छिप्दै गएको थियो उनको । ढिलै भएपनि स्कूल जान थालिन । तर १५ नपुग्दै स्कूल छाड्नु प¥यो, उनले । परिवारको आर्थिक अवस्था जर्जर थियो, दुई छा“क टार्न परिवारलाई धौ–धौ पनि । बर्खरै किशोरावस्था टेकेकी झाउलाई परिवारका लागि आर्थिक श्रोत कसरी जुटाउने भन्ने चिन्ता आइ प¥यो । केही सीप नचलेपछि उनी ग्वाङदोङ प्रान्तको विशेष आर्थिक क्षेत्रका रुपमा परिचित शेन्झेनमा एउटा प्रवासी कामदारका रुपमा रोगजारी थालिन । उनले शेन्झेनमा विश्वविद्यालय नजिकै रहेको कम्पनीलाई रोजेकी थिइन । यो उनको पढ्ने उत्कट अभिलाषाको परिणाम थियो । झाउले यसो गर्नुका कारण चाही“ उनी विश्वविद्यालयमा आंशिक रुपमा भएपनि पढ्न चाहन्थिन । हिजोआजका केटाकेटीहरुलाई अभिभावकले प्रयाप्त अवसर जुटाइ दि“दा पनि राम्ररी पढदैनन् । तर झाउलाई आफू अभिभावकविहीन भएर पनि पढ्ने चाहना थियो । त्यही चाहनाकै कारण उनले त्यहा“ धेरै विषयहरु पढ्न भ्याइन । लेखा, कम्प्युटर संचालन, कस्टम प्रोसेसिङलगायत विषयको परीक्षा पास गरि प्रमाणपत्र समेत प्राप्त गर्न उनी सफल भईन । अझ व्यावसायिक सावारीसधान चलाउन चालक अनुमतिपत्रको परीक्षामा समेत दिएर लाइसेन्स लिइन । अन्य अवसर नजुटे भाडाका सवारी साधन भएपनि हाक्ने उनको चाहना यसबाट छर्लङ हुन्छ । यति गर्दापनि उनी सन्तुष्ट भने हुन सकिनन् । उनको मनमा सबैभन्दा बढी दुःखको विषय अंग्रेजी पढ्न नपाउनु अझै रहेको छ । अंग्रेजीमा जानकार हुन नसकेकोमा उनलाई कता कता खिन्नता बोध भएको तितो अनुभव पटक–पटक पोख्दै आएकी छन, उनी ।  

कलिलै उमेरमा यतिका अनुभव प्राप्त गरिसकेर पनि उनको संघर्ष जारी थियो । परिवारका सदस्यका लागि आवश्यक दैनिक उपभोग्य वस्तुहरु प्रयाप्त मात्रामा उपलब्ध गराउने हैसियतमा अझै उनी नपुगिसकेको अवस्था थियो । त्यसैले उनी घडीको पार्टपुर्जा बनाउने एउटा सानो पसलमा काम गर्न थालिन । उनको आशा थियो, यो पसलमा गरेको कामबाट आफ्नो र परिवारको गुजारा राम्ररी चलाउने हैसियतमा पुगिएला कि ? भनिन्छ, ईश्वरको घरमा ढिलो छ, अन्धकार छैन । हो, त्यो पसल बास्तवमै उनको जीवनमा परिवर्तन ल्याउने औजार बन्न पुग्यो । उनले त्यहा“बाट २० हजार हङकङ डलर जोगाउन सफल भईन । त्यही डलरले झाउले सन् १९९३ मा आफ्नै कम्पनी स्थापना गरिन । कम्पनी खोल्नका लागि उनका भतिजले प्रोत्साहन गरेका थिए भने उनका भाई, बहिनी र दुई भतिजाहरुले उनलाई सघाएका थिए । यी सबैले झाउको व्यापारमा सहयोगी भई काम गरे । सन् २००१ मा उनको कम्पनीले ठूलै फडो मा¥यो, जब चिनिया“ ठूला इलेक्ट्रोनिक्स कम्पनी टीसिएल कर्पोरेसनसंग मोबाइल फोनको स्क्रिन बनाउन नाफामूलक सम्झोता भयो । झाउ भन्छिन्, ‘एक वर्ष भित्रै मैले ११ कम्पनी शुरु गरे । ’
सन् २००३ मा झाउले टच स्क्रिन बनाउने लेन्स प्रविधि शुरु गरिन र आफ्नो कम्पनीलाई ग्लास उत्पादनमै अब्बल श्रेणीमा पु¥याई दिइन । उनको कम्पनीले विश्व बजारमा इलेक्ट्रोनिक्स क्षेत्रमा बर्चस्प कायम गरेका एप्पल, सामसङ इलेक्ट्रोनिक्स र हुआवे कम्पनीका लागि टच स्क्रिनको आपूर्ति गर्न थाल्यो । उनकै कम्पनीबाट उत्पादित ग्लास स्क्रीनहरु एप्पल घडीहरु र स्याप्फारे क्रिस्टलका रुपमा पनि प्रयोग हुने भएको छ । सन् २०१५ को अप्रिलसम्म उनको कम्पनीमा काम गर्ने कर्मचारीको संख्या करीब ६० हजार पुगेको छ । अघिल्लो वर्षको मार्च १८ मा उनले आफूले शुरु गरेको व्यापारको २२ औं वार्षिकी समेत मनाएकी थिइन । 
उनी करोडपति त बनिन, तर उनको वैवाहिक जीवन भने सुखद रहेन । पहिलो पटक उनले फ्याक्ट्रिका पूर्व मालिकसंग विवाह गरिन । एक सन्तानलाई जन्म दिइन ,तर श्रीमानसंग लामो समय बिताउन सकिनन्, पारपाच्चुके लिन बाध्य भइन । त्यसपछि उनले फ्याक्टीमै लामो समयसंगै काम गर्ने एक सहकर्मी झेज जुन्लङसंग विवाह गरिन । हाल झेन र एउटी छोरीसंग उनी बस्छिन । पति झेन कम्पनीको बोर्डमा छन् । गरिबबाट अर्बपति बन्ने झाउको संघर्षमय जीवन चीनमा रहेका लाखौं अप्रवासी कामदारका लागि मात्रै होइन, विश्वका सबै नागरिकका लागि उत्तिकै प्रेरणदायक र उत्प्रेरित गर्ने खालको छ । झाउले गान्सु टेलिभिजनसंगको एक साक्षात्कारमा भनेकी थिइन, ‘मेरो सफतलाको रहस्य मेरो सिक्ने चाहनामा लुकेको छ ।’
 सन २०१५ को मार्चयता उनको कम्पनी शेन्झेन चाईनेक्सका रुपमा बजारमा लोकप्रिय छ । यही कम्पनीले उनलाई चिनकै सबैभन्दा धनाढ्य महिलाको ¥याङमा पु¥याइ दिएको छ । हाल उनी विश्वका २०५ औं अर्बपति बनेकी छन् । फोब्र्स अखबारका अनुसार उनको कूल सम्पति ६ दशमलव १ अर्ब अमेरिकी डलर (रियल टाइम १८ मार्च २०१६) रहेको छ । उनको सम्पतिको स्रोत चाही“ स्मार्टफोन ग्लास कभर नै हो । हाल हङकङमा बस्दै आएकी उनी सन २०१६ मा हङकङको धनाढ्यहरुको सूचीमा ९औं स्थानमा छिन । अघिल्लो वर्षको तुलनामा उनी नौ स्थान उक्लेकी छन । सन् २०१५ मा चीनको सर्वाधिक धनीहरुमा उनको स्थान १८ औं र टेक क्षेत्रमा विश्वकै धनाढ्यहरुमा ३० औं स्थानमा दरिएकी थिइन,उनी । विश्वकै टेक संस्थापक महिलाहरुमध्ये उनी सबैभन्दा धनी हुन । ८८ प्रतिशत कब्जा रहेको उनको लेन्स प्रविधि विश्वबजारमा छाएको छ । खासगरि मोबाइल फोनहरु र ट्याब्लेटका ग्लास कभरमा उनकै कम्पनीको पडक छ । एप्पल र सामसङका लागि उनको कम्पनीले ग्लास कभर आपूर्ति गर्ने गर्छ । चीनको मुख्यमूमिमा जन्मिएर झाउले हङकङको पासपोर्ट लिई सन् १९९३ यता सिसा उद्योगमा काम गर्दै आएकी छन् । उनी एउटा गरिबी ग्रामिण जीवन छाडेर शेन्झेनस्थित एउटा कारखानामा कामदार भई काम गरेकी सगौरव बताउ“छिन । भन्छिन, ‘त्यहा“ सीसा बनाउने सीप सिकेपछि मैले आफै कम्पनी खोले“ ।’(एजेन्सीहरुको सहयोगमा, Kantipur, 19 th March 2016) 
 #Zhou Quinfei #Billionair #China, #Forbes @Kantipur

कालो छिद्र(BLACK HOLE)

दिनेश यादव
 (Dinesh Yadav)
जब एउटा विशाल तार आफ्नो ऊर्जाले हिड्छ, त्यो कम भएपछि यसको तौल घट्छ । तारामा रहेको हाइड्रोजनको विशाल तहले चाप सिर्जित गर्दै तारालाई सानो अझ सानो बनाउदै जान्छ । फलस्वरुप  तार एउटा परमाणुभन्दा पनि सानौ बन्न पुग्छ । कल्पना गर्नुस् यस्तो अवस्थामा के हुन्छ ? यस्तो अवस्थामा तारा एउटा सानो परमाणु भन्दा पनि कम स्थान ओगटन पुग्छ । यो नै कालो छिद्र बन्ने अवस्था हो । 

खगोलविद्हरुले कालो छिद्रलाई एउटा अति संकुचित खगोलिय बस्तुको रुपमा चित्रण गरेका छन् । यसको गुरुवात्कर्षण बल अत्याधिक भएकाले कुनैपनि बस्तुलाई आफूबाट फुत्कनै दि“दैन, प्रकाशलाई समेत छिर्न दि“दैन । अर्थात प्रकाशको अस्तित्व पनि कालो छिद्रमा समाप्त हुन्छ । १८ औं शताब्दीमा गुरुत्वाकर्षण नियमको आधारमा पहिलो पटक यसको अस्तित्वबारे चर्चामा आएको हो । यो एउटा अति विशाल या सानो आकारको बस्तु भएर पनि यसको सतहमा धेरै गुरुवात्कर्षण बल रहेको छ । जोन मिचेल र पिएरे–सिमोन लाप्लास दुवैले स्वतन्त्रतापूर्वक यसबारे आफ्नो राय प्रस्तुत् गरेका थिए । उनीहरुले कालो छिद्रलाई अति विशाल या अति सानो बस्तुका रुपमा व्याख्या गरेका थिए । 
कालो छिद्रोको नाम चाही सन् १९६७ मा प्रिन्सटनका भौतिकशास्त्री जोन अर्चिबाल्ड ह्विलरले राखेका हुन । उनले अन्तरिक्षमा एउटा यस्तो विशाल र घना बस्तु छ जसबाट प्रकासपनि उम्कन सक्तैन भन्ने धारणा पनि राखेका थिए । भौतिकशास्त्री र गणितज्ञहरुले अन्तरिक्षमा कालो छिद्र नजिकै धेरै असाधारण बस्तुहरु आफ्ना अनुशन्धानका क्रममा भेटाए । त्यसपछि अति रहस्यपूर्ण मानिएको कालो छिद्रबारे धेरै तथ्यहरु सार्वजनिक पनि भए । केहीले यसबारे रोचक र आकर्षक फिक्सनहरु नै लेख्न भ्याए । यसबारे नानाथरिका कल्पनाहरु गरिए । यद्यपि कालो छिद्र काल्पनिक कथा थिएन र होइन । बैज्ञानिकहरुले यसको निर्माण विशाल तर सामान्य ताराहरुको मृत्युपछि हुन्छ भन्ने तथ्य पत्ता लगाए । भाइबहिनी हो, हामीले कालो छिद्र हेर्न सक्तैनौ । अझ बैज्ञानिकहले समेत टेलिस्कोपबाट प्रत्यक्ष रुपमा यसको अवलोकन गर्न मिल्दैन । किनभने यसले एक्स रे लगायतका विद्युत चुम्बकीय विकिरण पैदा गर्छ ।  तर यसमा खसिरहेको बस्तुको अवलोकन गर्न र ती वस्तुहरुलाई कालो छिद्रले आकर्षण घटनालाई अवलोकन चाही“ गर्न सक्छौ । यी अवलोकनहरुबाट खगोलविद्हरुले अन्तरिक्षमा धेरै कालो छिद्रहरु भएको निस्कर्ष निकाले । अझैपनि यसबारे थप जानकारी लिन उनीहरुले अति सावधानीपूर्वक यसको अवलोकन गरिरहेका छन् । हाल हाम्रो ब्रह्माण्ड असंख्य काला छिद्रले भएिको पुष्टि भइसकेको छ । 
Black Hole 
Black Hole 
भाईबहिनी हो, के कालो छिद्रले गुरुत्वबलको नियमलाई पालना गर्छ ? यसमा तपाईहरुको उत्तर पक्कै ‘यस’ मा आयो होला । हो, कालो छिद्रले गुरुत्वबलको नियमसहित भौतिकशास्त्रका सबै सिद्धान्तको पालना गर्छ । यसको महत्वपूर्ण चरित्र गुरुत्वबलसंग प्रत्यक्ष रुपमा जोडिएको एउटा यथार्थ पक्कै हो । रुखबाट स्याउ किन खस्यो भन्नेबारे उब्जेको जिज्ञासा भेटाउने क्रममा बेलायती वैज्ञानिक सर आईजक न्युटनले सन १६८७ मा गुरुत्वबल नियमको प्रतिपादन गरेका थिए । उनले यस ब्रह्माण्डमा रहेका प्रत्येक बस्तुले एक अर्कालाई यही गुरुत्वबलका कारण आकर्षण गर्छ भन्ने सिद्धान्त अघि सारे । हुनत, हाम्रो दैनिक जीवनमा विद्युतदेखि चुम्बकीय बल या चापको धेरै प्रभाव रहदै आएको छ । तथापि गुरुत्वबलको प्रभाव हाम्रो ब्रह्माण्डमा धेरै दुरीमा रहेको बस्तुमा पनि पर्छ । उदाहरणका लागि न्युटनले आफ्नो गूरुत्वबलको नियमलाई सौर्य परिवारमा रहेका चन्द्रमा र ग्रहहरुको गतिको अवलोकन गरेर प्रमाणित गरि दिए । अर्का बैज्ञानिक अल्बर्ट आइन्टाइनले आफ्नो सिद्धान्त सामान्य सापेक्षबादका आधारमा गुरुत्वबलबारे हाम्रो ज्ञानमा अभिबृद्धि गरि दिए ।  उनले पहिलो पटक प्रकाश ६७१ मिलियन माइलप्रति घण्टा हिड्छ भन्ने तथ्यका आधारमा यसको व्याख्या गरे । उनले अन्तरिक्ष र समय एकअर्कासंग सम्बन्धि रहेको स्पष्ट पारे । उनले अघि सारेको परिकल्पना हाल विभिन्न प्रयोगबाट प्रमाणित भइसकेका छन् । पृथ्वीमा भएको कमजोर गुरुत्वाकर्षण क्षेत्रले आइन्टाइन र न्युटनको सिद्धान्तहरुलाई स्पष्ट पारि सकेको छन् । तर बलियो गुरुत्वाकर्षण क्षेत्र जुन कालो छिद्रको नजिक पाइन्छ, आइन्टाइनको सिद्धान्तले त्यसलाई भनै पुष्टि गरि दियो । सामान्य सापेक्षताको सिद्धान्तद्वारा कालो छिद्रको परिकल्पना भएको भन्ने तत्व अति लोकप्रिय छ । जब विशाल ताराहरुको मृत्यु हुन्छ , यसले साना र घना अवशेष कोर छाड्ने गर्छ । यदि त्यो कोरको पिण्ड सूर्यको पिण्डभन्दा तीन गुणा बढी भयो भने एउटा समिकरण बन्छ, त्यहा“ गुरुत्व बलको बर्चस्प कायम भई एउटा कालो छिद्रको उत्पति हुन्छ । 
भाईबहिनी हो, तपाईहरुले आफ्नो सुत्ने कोठामा फोहर सफा गर्ने ‘भ्याकूम क्लिनर’ पक्कै हेरकै हुनुपर्छ । यससले कसरी काम गर्छ , नजिकबाट एक पटक हेर्नुस । ‘भ्याकुम क्लिनर’ संचालनमा ल्याएपछि धुलोहरुलाई कसरी आफूभित्र तान्ने गरेको छ ? हो, कालो छिद्र एउटा भ्याकूम क्लिनर जस्तै हुन्छ । तर फरक यति मात्रै हो कि एउटा कालो छिद्रले आफ्नो शक्तिशाली गुरुत्वबलले आफूतिर आएका बस्तुहरुलाई तान्छ र त्यसको अस्तित्वलाई मतियामेट बनाइ दिन्छ । 
अब, कालो छिद्र बन्छ कसरी ? भाइबहिनी हो, जब एउटा विशाल तार आफ्नो ऊर्जाले हिड्छ, त्यो कम भएपछि यसको तौल घट्छ । तारामा रहेको हाइड्रोजनको विशाल तहले चाप सिर्जित गर्दै तारालाई सानो अझ सानो बनाउदै जान्छ । फलस्वरुप  तार एउटा परमाणुभन्दा पनि सानौ बन्न पुग्छ । कल्पना गर्नुस् यस्तो अवस्थामा के हुन्छ ? यस्तो अवस्थामा तारा एउटा सानो परमाणु भन्दा पनि कम स्थान ओगटन पुग्छ । यो नै कालो छिद्र बन्ने अवस्था हो । 

वैज्ञानिकहरुका अनुसार कालो छिद्रको तीन तह हुन्छ । सबैभन्दा पहिले यसको बाहिरी तह हो, जसलाई ‘आउटर इभेन्ट होरिजन’ भनिन्छ । यहा“ गुरुत्वबल धेरै शक्तिशाली नभएकाले तपाई यसबाट उम्कन सक्नु हुन्छ । अर्को तह भनेको मध्य तह हो जसलाई ‘इनर इभेन्ट होरिजोन’ भनिन्छ । यो तहबाट तपाईलाई भाग्न असम्भव छ , यहा“ गुरुत्वबल अत्याधिक हुन्छ , यो तहबाट कुनैपनि बस्तु उम्कन सक्तैन । यो विन्दूमा तपाई खसेर कालो छिद्रको केन्द्रमा पुग्नु हुने । कालो छिद्रको यो केन्द्रलाई ‘सिंगुलरिटी’ भनिन्छ । यहा“ सबैभन्दा शक्तिशाली गुरुत्वबल हुन्छ । पृथ्वीलाई सोच्नु होस । जब तपाई यसको बाहिर सतहमा हुनुहुन्छ, तपाई तैरिन सक्नु हुन्छ । यदि तपाई पृथ्वीको सतह नजिक आउनु हुन्छ, तपाई गुरुत्वबलको प्रभावमा परेर तल तानिनुु हुन्छ । तथापि यदि तपाई एउटा कालो छिद्रामा खस्नु हुन्छ भने त्यहा“ तपाईलाई बाहिर निस्कने कुनै मौका हुदैन । किनभने त्यहा“ अत्यन्तै शक्तिशाली गुरुत्वबल रहेको हुन्छ ।
धेरैले कालो छिद्रहरु ब्रह्माण्डको एउटा अनौठो बस्तु भनेका छन् । ग्रह र तारा जस्तो यसको सतह हु“दैन भन्छन । अन्तरिक्षमा यसको एउटा क्षेत्र भने हुन्छ , जहा“ कुनैपनि पदार्थ आफै हराउ“न पुग्छन । कालो छिद्रामा कुनैपनि वस्तुको आपत्तिजनक पतन एउटा अविश्वसनीय सानो क्षेत्रमा भएको विशाल पिण्डको परिणामले हुन्छ । अघिनै चर्चा गरि सकियो कि हामीले कालो छिद्रलाई हेर्न सक्तैनौ तर यसको नजिकै रहेको धुलाका कण, ताराहरु र आकाशगंगाहरुमा पर्ने प्रभावको अवलोकन चाही गर्न सक्छौ । कालो छिद्रहरु विभिन्न आकारका हुन्छ । ती मध्ये केही चाही“ सुर्यको तुलनामा थोरै गुणा मात्रै विशाल हुन्छन । यी ‘स्टेलर–मास’ कालो छिद्रको निर्माण सूर्यको भन्दा १० गुणा बढी गह्रौ तौलका तारा कारणका कारण हुन्छ । जसको जीवनको अन्त्य सुपरनोभाको विस्फोटनपछि हुने गर्छ । 
‘मिल्की वे’ सहितका अधिकांश आकाशगंगाहरुको केन्द्रहरुमा अतिविशाल कालो छिद्रा रहेको बैज्ञानिकहरु बताउ“छन । यीनीहरु हाम्रो सूर्य भन्दा लाखौं या अर्बौ गुणा गह्रौ हुन्छन । अतिविशाल कालो छिद्रहरु ‘पावर एक्टिभ’ आकाशगंगा र प्राचिन आकाशगंगाहरुलाई कैसर नामले चिनिन्छ । कैसर सबैभन्दा ठूला तर सामान्य आकाशगंगाको तुलनामा सयौ गुणा चम्किला हुन्छन् । (Kantipur Daily, Kopila, 20th March 2016)
#BlackHole, @Science, #Nepal, 

Tuesday, 15 March 2016

सन्तानलाई जुत्तामा पोलिस गर्न पठाउने अर्बपति

दिनेश यादव (Dinesh Yadav)
शुरुवात संधै राम्रो हुन्छ भन्ने छैन । तर, आफूसंग कर्म गर्ने जा“गर र परिश्रमी स्वाभाव भए मानिसलाई सफल हुन बेर लाग्दैन । हो, त्यस्तै कर्मवीर मध्येका एक थिए, अमेरिकी नागरिक हेनरी फोर्ड । आज सडकमा गुडने ‘फोर्ड’ गाडिहरु उनकै ट्रेडमार्क हो । फोर्ड मोटर कम्पनीका संस्थापक हेनरीको जन्म ३० जुलाई १८६३ मा अमेरिकी राज्य मिसिगनमा भएको थियो । एक गरीब किसान परिवारमा जन्मेका थिए । जब उनी आठ वर्षका भए, बल्ल बुबा विलियम फोर्डले मिसिगन राज्यस्थित डियरबोर्न नजिकै एक विद्यालयमा उनको भर्ना गरिदिए । बुबा चाही“ खेतिकिसानी मै व्यस्त रहे । चाहन्थे, छोरो हेनरीले काम चलाउ शिक्षा लिएर खेतिकिसानी नै गरोस् । तर, हेनरी फोर्ड अत्यन्तै जिज्ञासु थिए, यन्त्र त उनले हेर्नै हुदैन्थ्यो, भेट्यो कि चलाई हाल्ने स्वभाव । बुबाले एक पटक जन्मदिनमा उनलाई घडी उपहार दिएका थिए । घडी के पाएका थिए, उनले त्यसलाई खोलेर सेट गर्ने सुरसार कसी हाले । त्यसका लागि उनले एउटा सानो किला, चिम्टा र सुई खोजे, जसलाई उनले औचार बनाए । यी साधारण ज्यावलहरुको सहयोगबाट उनले घडी खोले अनि फेरी पहिले कै जस्तै बनाइ दिए । 

यसले उनलाई यन्त्र बनाउनमा कति रुची थियो भन्ने कुरा पुष्टि हुन्छ । प्राइमरी शिक्षा पुरा गरेपछि बुबाले उनलाई खेतिकै काममा लगाए । तर, समय निकालेर उनी आफ्ना मित्रहरुको नया“–नया“ घडिको पार्टपुर्जा खोल्दै जोड्ने गर्थे । यो देखेर उनका बुका दिक्क हुन्थे, कहिलेकाही कुटपीट पनि गर्थे । 
                                                                                                                            १६ वर्षको 
उमेरमा उनी घरबाट भागेर डेंट्राइट पुगे र त्यहा“ वाफ इन्जिन बनाउने वर्कसपमा काम गर्न थाले । त्यहा“ उनी धेरै मेहनत गर्थे । त्यसैको परिणाम थियो, वर्षभित्रै उनी वर्कसपको प्रमुख इन्जिनियर बने । त्यसताका उनको तलब १२५ अमेरिकी डलर थियो, जसबाट उनी सय डलर बचाउ“चे थे । जब उनीसंग हजार डलर भयो, त्यसपछि उनले एउटा यस्तो कार बनाउने योजना बनाए, जुन सस्तो होस र सबैले खरिद गर्न सक्ने मूल्यमा पाइयोस । एक वर्षभित्रै उनले ‘मोडेल टी’ कार तयार पारे । सडकमा आएलगतै त्यो कारले तहल्का मच्चाइ दियो । यो यति सस्तो थियो कि जो कोहीले पनि खरिद गर्न सक्थे । कालो रंगको यो कार ग्राहकले खुबै मन पराए । बिक्रीको रेकर्ड नै तोड्न सफल भयो, त्यो कार । जति कार बनाइन्थ्यो त्यो भन्दा बढी माग हुन थाल्यो । हेनरीलाई भ्याई न भ्याई भयो । उनी भन्थे , ‘परिश्रम कहिलेपनि खेर जादैन, कुनै न कुनै दिन त्यसले सफलताको शिखरमा पु¥याउ“छ तर यसका लागि दृढ विश्वास चाही हुनै पर्छ कि म जुनसुकै काम पनि गर्न सक्छु । त्यसैले त्यो रहस्य थाहा पाउन पनि प्रयास गर्नुपर्छ, त्यसबाट सफलताको मार्ग देखिदै जानेछ । ’ हेनरीले आफ्नो अथक परिश्रमबाटै आफूले खडा गरेको फोर्ड कार उत्पादन कम्पनीलाई सफलताको शिखरमा पुरयाए । हाल उनको नातीनातिनाहरुले त्यो कम्पनी चलाईरहेका छन् । 
हेनरी फोर्डका बारेमा धेरै कथनहरु चर्चित छन् । ती मध्येको एउटा हो, उनको लन्डन यात्राको कथा । त्यहा“ उनले सोधपुछ अफिसमा गएर सस्तो होटेलका बारेमा जानकारी लिएका थिए । एक जना अर्बपति जसले सस्तो बासस्थानको खोजी गर्छन, त्यो पनि लन्डनमा । यो देखेर उनका नीजि सचिवले हेनरीसंग जिज्ञासा राखेका थिए, ‘ ‘तपाईका आफन्तहरु जब यहा“ आउन्छन, आलीशान होटेलमा बस्छन, तपाई चाही सस्तो होटेलबारे जानकारी माग्दै हिड्नु हुन्छ ।’  हेनरीले जबाफ फर्काएका थिए, ‘म एउटा गरीब किसानको छोरा हू“ र मेरा छोराहरु धनी बुबाका सन्तान ।’ यो जबाफ सुनेर ती नीजि सचिव अक्क न बक्क बनेका थिए । हेनरीले अगाडि भनेका थिए, ‘जब तपाई अरुको जस्तो बन्ने प्रयास गर्नु हुन्छ , तब तपाई संधै दोस्रो स्थानमा रहनु हुन्छ । त्यसैले भिडको अंश नबन्नुस, रेलको इन्जिन बन्नुस । किनभने इन्जिनलाई कसैले तान्दैन , त्यो आफ्नै ऊर्जाबाट चल्छ । तर डिब्बालाई चलाउन इन्जिनको आवश्यकता पर्छ ।’ यो महान उद्गारबाट हेनरीप्रति नतमस्तक नहुने पक्कै कोही भेटिदैनन होला । 
त्यस्तै, अर्बपति हेनरी फोर्ड बारे एउटा अर्को कथन पनि लोकप्रिय छ । उनी आफ्नो सन्तानलाई जुत्तामा पलिस गर्न सडकमा पठाउ“थे रे । भन्थे, ‘आफ्नो पकेट खर्चा आफै निकाल । ’ एक दिन छिमेकीले हेनरीलाई मख्खिचुस मात्रै भनेन यो कार्यलाई आफ्नै सन्तानप्रतिको अत्याचारको संज्ञा दिन भ्याएका थिए । यो सुनेर हेनरी केही बेर मौन बसे । अनि जबाफ फर्काए, ‘मैले शुरुमा जुत्ता पलिस गरेर रुपैया“ कमाएको थिए । अहिले अर्बपति छु । मेरो समयमा जो अर्बपति थिए, ती सबैको अवस्था भिखमाग्ने भइसकेको छ , अर्थात उनीहरुको अवस्था ठीक छैन । म आफ्नो सन्तानलाई भिखमाग्ने बनाउन चाहन्न, त्यसैले उनीहरुलाई जुत्ता पलिस गर्न पठाउ“छु ।’ जुत्तामा पलिस गर्ने खुलासा भने उनले पहिलो चोटी गरेका थिए । 
हेनरीसंग जोडिएको अर्को चर्चित प्रसंग उनले लगाउने लत्ताकपडासंग जोडिएको छ । उनी कारखानामा कहिले पनि तडकफडक कपडा लगाएर गएनन । उनी भन्थे, ‘महगो पोशाकमा केही छैन, हु“दैन ।’ अत्यन्तै सादा र साधारण पोशाकमा उनलाई देखेर कर्मचारीहरुले भन्ने गर्थे , ‘हाम्रा मालिक अर्बपति भएर पनि साधारण लुगा मात्र लगाउ“छन । तर यसबारे जिज्ञासा राख्ने साहस भने कसैको हुदैन्थ्यो । एक दिन उनका नीजि सचिवले सोधि त हाले, ‘श्रीमान तपाई अर्बपति हुनुहुन्छ तर कम मूल्यको कपडा मात्रै प्रयोग गर्नु हुन्छ ।’ हेनरी  मुस्कुराउदै भने, ‘यहा“ सबैले मलाई चिनेकै छन कि म हेनरी फोर्ड हु“ । म मह“गो कपडा लगाएर , सबैलाई देखाउने चिन्ता किन गरु“, म हेनरी फोर्ड हु“ ।’ एक पटक हेनरी विश्व भ्रमणमा गए , त्यहा पनि उनी साधारण कपडा लगाएरै गए । नीजि सचिवले फेरी प्रश्न तेर्साइ हाले , ‘श्रीमान विदेशमा त हजुरलाई कसैले चिन्दैनन । त्यसैल मह“गो र राम्रा लुगा लगाउनु राम्रो होला कि ? हेनरी मुस्कुरादै भने , ‘मैले आफ्नो शरीर ढा“क्ने लुगाको चिन्ता किन गरु“ , त्यो पनि तिनीहरुका लागि जसले मलाई चिन्दै चिन्दैन कि म अमेरिकी अर्बपति हेनरी फोर्ड हू“ । ’ उनको यो भनाई मानिसले कामका कारण सम्मान पाउ“छन, महगाो पोशाकले होइन भन्ने सन्देश दिन्छ । महगो र ब्रान्डेड कपडा लगाएर अनि लोगो भिड्याएर आफूलाई ठूलो देखाउन खोज्नेहरु भित्रबाट खोक्रा हुन्छन । रचनात्मक कामबाट व्यक्तिको पहिचान हुन्छ ।   
 २० औं शताब्दीको शुरुमा उद्योगपतिहरुले श्रमिक बर्गलाई एउटा यन्त्रका रुपमा लिन्थे र न्युनतम तलव दिन्थे । हेनरी फोर्डले भने ‘धेरै देऊ..... धेरै फर्किन्छ’ भन्ने बिचार अप्नाए र अघि बढे । सबैभन्दा पहिले उनले त्यस्ताका ‘मोडेल टी’ को मूल्य घटाएर ३४० अमेरिकी डलर बनाए । कारखानामा काम गर्ने समय ९ घन्टाबाट घटाएर आठ घन्टा पु¥याए । मजदुरहरुको तलब दुई गुणाले बृद्धि गरिदिए । फोर्ड मोटर कम्पनीमा काम गर्ने अवधि घटेपछि तीन शिफ्टमा उत्पादन हुन थाल्यो, त्यही मेसिनबाटै तीन गुणा उत्पादन हुन थाल्यो । कम्पनीलाई फाइदानै फाइदा हुन थाल्यो । श्रमिक वर्गहरु पनि खुशी मालिक पनि दंग ।  
सन १८८२ मा हेनरीले आफ्नै गाउ“मा कृषि उपकरण सुधारर्ने वर्कसप खोले, तर दुई वर्षमै उनलाई दिक्क लाग्यो । आफूले चाहे अनुसारको सफलता नपाएपछि त्यहा“बाट फेरी निस्के । त्यसपछि नया“ केही गर्नुपर्छ भनेर एडिसन एल्युमिनेटिङ कम्पनीमा रात्री कालिन अपरेटरको रुपमा ४० डलर पाउने गरी काम थाले । त्यो कम्पनी महान बैज्ञानिक थोमस ए एडिसनको थियो । एडिसनलाई आफ्नो कामबाट प्रभावित पार्दै हेनरी स्टीम इन्जिन मेन्टेनेस विभागका प्रमुख बनाइए । हेनरीले बिजुली चीमका जनक एडिसनको कम्पनीमा  ज्वाइन गर्नुको एउटा मात्रै कारण थियो, इलेक्ट्रीकल इन्जिनियरी सिक्नु । त्यस्ताका आफ्नो नोकरीबाट फर्केर आएपछि हेनरी फोर्ड घरको शेडमा अबेरराती सम्म वाष्प इन्जिन बनाउने प्रयास गर्थे । सन् १९९६ जुन ४ मा उनले वाष्पबाट चल्ने बाहन बनाए, जब शेडबाट त्यसलाई निकाल्न खोजे, सकेनन । किनभने यन्त्र ठूलो र ढोका सानो थियो । यो उपलब्धिपछि उनी निक्कै उत्साहित थिए । त्यो उत्साहले उनी हथौडाले चौकसै उखालि दिए । भर्खर तेत्तिस वर्ष टेकेका उनी वास्प इन्जिन बनाउनु चानचुन कुरा थिएन । तर, त्यो सफलता उनले हात पारेका थिए । 
७ अप्रिल १९४७ मा निधन हुनुअघि उनले आफ्नो डायरीमा एउटा वृतान्त लेखेका थिए, ‘म जब आफ्नो कारखानामा काम गर्ने मजदुरहरुलाई मोटो मोटो रोती खाएको र राती ना“च्दै गरेको देख्छु , मलाई डाह लाग्छ कि म हेनरी फोर्ड संसारको सबैभन्दा धनी व्यक्ति हू“ । मलाई निद्रा लाग्दैन तर मजदुरहरु मजाले सुत्छन्... । हे भगवान अर्को जुनीमा मलाई जन्म दि“दा कारखानाको मजदूरसंगै काम गर्ने मौका दिनु पनि दिनु । ताकी मैले पनि मजदुरसंग हथौडा चलाउन सकू र रात्री मजाले सुत्न पनि ।’ हेनरी आफनो मृत्यु हुनु भन्दा दुई वर्षअघि कम्पनीको अध्यक्ष आफ्नो नाति हेनरी फोर्ड द्वितीयलाई बनाएका थिए । आजपनि उनले स्थापना गरेको कम्पनी विश्वविख्यात छ । (12 March 2016, Kantipur)
#Henary Ford, #Billionaire #America #Nepal # Dinesh #Yadav


Sunday, 6 March 2016

जुम्ल्याहा अर्थात् ट्वीन्स


Published in Kantipur Kopila Dated 5th March 2016

  • दिनेश यादव 

दिनेश यादव 
भाइबहिनी हो, चालिस वर्षयता विश्वभर जन्मिएका जुम्ल्याहाको संख्या झण्डै दोब्बर पुगेको छ । संसारको कुल जनसंख्याको करीब दुई प्रतिशतको हाराहारीमा जुम्ल्याहाहरु छन् । अफ्रिकाको योरुबा र भारत केरलास्थित कोडिन्हीलाई जुम्ल्यहाको गाउ“कै रुपमा चिनिन्छ । त्यहा“ ठूलो संख्यामा जुम्ल्यहाको जन्म भएको पाइएको छ । सिंगो कोडिन्ही गाउ“मा अढाई सय भन्दा बढी जुम्ल्यहा छन् । नेपालमा युवा बैज्ञानिक राम–लक्ष्मण रिमाल जुम्ल्याहा हुन, उनको ट्यालेन्ट धेरैलाई मात गर्ने खालका छन् । मयंका–महिमा राणा टेनिसका चर्चित खेलाडीनै हुन् । टाउको जोडिएका जुम्ल्यहा गंगा–जमुनाको चर्चा त छ“दैछ । यी सबै हाम्रा सामु जुम्ल्यहाका प्रतिनिधि पात्र हुन् । शोधहरुले दुई सय महिलामध्ये एकले मात्र जुम्ल्यहा जन्माउने गरेको देखाएको छ । जुम्ल्यहा शिशू दुई खाले हुन्छन् । एउटा ः दुवै एकै लिंगका (छोरा–छोरा वा छोरी–छोरी) र अर्को ः विपरित लिङ्गी (छोरा–छोरी) । एउटै लिंगकामा सामान्यतया उस्तै, दुरुस्त अनुहार, स्वभाव र कद रहेको पाइन्छ । तर, केही विपरीत लिङ्गीमा भने संगै जन्मिएकासंगको त कुरै छाडौं परिवारका अन्य कुनै सदस्यसंग समेत केही कुरो मिल्दैन ।
भाईबहिनी हो, जुम्ल्यहाको जन्म हुन्छ, कसरी ? जान्ने चाहना पक्कै होला । हरेक महिना प्रत्येक महिला पर सर्छन्, जसलाई ‘नछुने’ वा ‘रजस्वला’ पनि भनिन्छ । किशोरी वा महिलाको डिम्बासयमा विकसित डिम्ब निशेचित नभएपछि ३० दिनमा त्यो बाहिर निस्कन्छ । यो अवस्थामा महिलालाई बढी आराम चाहिन्छ । त्यसैले कही–कही“ यसलाई धर्मसंग जोडि दिएको छ । तर यो विल्कुलै जैविक प्रक्रिया हो । रजस्वला शुरु भएको दिनदेखि १४ औं दिन(औसतमा) प्रत्येक महिलाको डिम्बाशयबाट एउटा डिम्बको निस्कासन हुनेगर्छ । त्यो भाले लैङ्गिक कोष(शुक्रकीट) संग मिलेर निशेचित हुन पुग्दा जाइगोट(युग्मक) बन्छ । यही जाइगोट भ्रुण बनेर गर्भाधारण क्रिया हुन्छ । अनि बच्चा जन्मिन्छ । भाईबहिनी हो, एउटै गर्भावस्थाबाट जन्मिने दुई संतानलाई जुम्ल्याहा भनिन्छ । मोनोजाइगोटिक (एकैखाले) या डाईजाइगोटिक (दुई अलग डिम्ब) बाट जुम्ल्याहाको जन्म हुने गर्छ । एउटा शुक्रकीट र डिम्बबाट बनेको जाइगोटका कारण जुम्ल्याहा भयो भने मोनोजाइगोटिक हुन्छन । तर, दुई फरक–फरक शुक्रकीट र डिम्बबाट बनेको छुट्टाछुट्टै जाइगोटका कारण जन्मिने चाही“ डाइजाइगोटिक हुन्छन । मोनोजाइटोटिक जुम्ल्यहा प्रति एक हजारमा तीन जना रहेको पाइन्छ । डाइजाइगोटिकमा प्रति एक हजारमा कही–कही ४ देखि ५ (जापानमा) , कही १५ (भारतमा) सम्म भेटिएका छन् ।  अमेरिकामा त यो संख्या २४ सम्म छ । त्यहा“ बढी हुनुको कारण चाही“ बढ्दो आईभीएफ (इन भिट्रो फर्टिलाइजेशन) हो, जुन एउटा कृर्तिम गर्भधारण प्रक्रिया हो । एउटा जाइगोट दुईटा भ्रूणमा विभाजित हुने कारण अझै थाहा हुन नसकेपनि कृर्तिम गर्भाधारणले जुम्ल्याहाको संख्या बढेकोबारे अनुशन्धानकर्ताको मतैक्यता पाइन्छ । प्रति हजार प्रसवमा प्राकृतिक गर्भाधानमा तीन जना भएपनि आईभीएफ प्रसबमा प्रति हजार करीब २१ जनाबाट जुम्यहाको जन्म हुने गरेको छ । जाइगोट फुटेर जुम्ल्यहा हुने गरेकाले यो जति पटक फुट्यो त्यतिवटासम्म बच्चा जन्मिन सक्छ । तिम्ल्यहा, चौम्ल्यहा आदिको जन्म यसै प्रक्रियाबाट हुन्छ । यदि फुटाई सात दिनभित्र भए छुटाछुटै जुम्ल्यहाको जन्म पुग्छ । कहिलेकाही शरिर जोडिएर पनि जन्मिने गर्छन । यसरी जन्मिएकाको लिंग, कद, रंग, रुप उस्तै–उस्तै देखिन्छ ।
हाल विश्वमा जुम्ल्यहाहरुको संख्या बढ्दो छ । अमेरिकी पत्रिका ‘पपुलेसन एन्ड डेभलपमेन्ट रिभ्यू’ मा प्रकाशित रिपोर्ट अनुसार विश्वमा जुम्ल्याहाहरुको जन्म दुई गुणा मात्र भएको छैन, अमेरिकामा सन् १९७५ मा प्रति एक हजार शिशूको जन्ममा ९ दशमलव ५ जना जुम्ल्यहा थिए । यो संख्या सन् २०११ मा बढेर प्रति हजार १६ दशमलव ९ पुगेको थियो । बेलायतमा पनि उस्तै । त्यहा“ प्रति हजार जनामा ९ दशमलव ९ बाट १६ दशमलव एक पुगेको थियो । जर्मनीमा प्रति हजार शिशुको जन्ममा जुम्ल्याहा बच्चाको संख्या ९ दशमलव २ बाट १७ दशमलव २, फ्रान्समा ९ दशमलव ३ बाट १७ दशमलव ४, डेनमार्कमा ९ दशमलव ६ बाट २१ दशमलव २ र दक्षिण कोरियामा ५ बाट बढेर १४ दशमलव ६ पुगेको छ । बैज्ञानिकहरुले यसको कारण चिकित्सकीय सहयोगमा गर्भधारण गर्ने प्रवृतिलाई प्रमुख मानेका छन् । सन् १९७० मा कृर्तिम गर्भधारण प्रक्रियाको विस्तार भएको हो । त्यसैक्रममा ओभेरियन स्टिमुलेशन र आईभीएफको चलन शुरु भएको हो । यी दुई तरीकामा एक भन्दा बढी भ्रुण (बहुभ्रुण) विकासको घटना सामान्य हुन्छ । जुम्ल्याहा शिशुको जन्ममा बढ्दो संख्या विगत चार दशकमा विकसित देशहरुमा सबैभन्दा बढी छ । बैज्ञानिकहरुले यो क्रम अगामी दिनहरुमा पनि जारी रहन सक्ने ठोकुवा गर्न नसकेपछि यसको बढ्दो संख्याले जनस्वास्थ्यमा नकारात्मक प्रभाव पर्न बताउ“छन् । यो आमाका लागि मात्र होइन, शिशूका लागि पनि खतरापुर्ण अवस्था हुनसक्छ । अधिकांश जुम्ल्याहा शिशू समयअघि जन्मिने गरेका छन । धेरैको तौल कम हुन्छ र जीवित रहने संभावना न्यून हुन्छ । जनावरहरुको केही प्रजातिहरुमा जुम्ल्यहा बच्चा सामान्य झै । खासगरि विरालो, भेडा, बाख्रा, न्यारीमुसो र हरिणमा । चौपायामा भने यसको सभ्भावना १ देखि ४ प्रतिशत छ । Twins/Dinesh Yadav

Saturday, 5 March 2016

प्रकाशबाट इन्टरनेट



  • दिनेश यादव 

अब प्रकाशबाटै इन्टरनेट चलाउन स
किनेछ , सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । तर, वैज्ञानिकहरुले यस्तै प्रविधिको विकास गरेका छन् । उनीहरुले पहिले ‘वाई–फाई’ अब ‘लाई–फाई’ प्रविधि विकसित गरेका हुन । यो प्रविधिबाट स्मार्टफोन, ल्यापटपलाई इन्टरनेटसंग जोड्न सजिलो हुनेछ । ‘लाइ–फाई’ को पुरा रुप ‘लाइट फिडेलिटी’ हो । यो वाई–फाईजस्तै ताररहित संचार प्रविधि हो, जसले हाइ स्पीड र पूर्ण नेटवर्कका साथ इन्टरनेट सेवा उपलब्ध गराउन सक्छ । वाई–फाईको तुलनामा यसले सय गुणा बढी द्रूतगतिमा सेवा प्रदान गर्न क्षमता राख्छ । प्रति सेकेण्ड यसको स्पीड २२४ गीगाबाइट्स रहेको बताइएको छ ।
‘लाई–फाई’ प्रविधिबाट प्राप्त हुने इन्टनेट कनेक्सन अन्य प्रविधिको तुलनामा सय गुणा बढी तीव भएकाले यसको लोकप्रियता बढ्ने निश्चित छ ।  फ्रान्सेली स्टार्टअप कम्पनी ओलेडकमले बार्सिलोनामा आयोजित विश्वका सबैभन्दा ठूलो मोबाइल मेला ‘मोबाइल वल्र्ड कंग्रेस’ मा यो प्रविधिको प्रदर्शन गरेको छ । प्रदर्शनीमा एउटा एलइडी लाईटको तल स्मार्टफोन राखेर भिडियो चलाउदा, निर्वाध रुपमा त्यो चलेपछि त्यहा“ तालीको गडगडाहट गुञ्जियो । यस प्रविधिको विशेषतानै तीब्रता हो । प्रयोगशालामा भएको टेस्टबाट यसको स्पीड २०० जीबीपीएस भन्दा बढी रहेको पुष्टि भइसकेको छ ।  ओलेडकमका संस्थापक तथा प्रमुख सुआत टोप्सुका अनुसार यो स्पीड भनेको एक सेकण्डमा २३ वटा डीभिडी डाउनलोड गर्न सकिन्छ । यो प्रविधिमा एलईडी चीमबाट उत्पन्न भएको आवृत्तिको प्रयोग गरिन्छ  । तारसहित यो प्रविधि आखा“ले देख्न सक्ने प्रकाश अर्थात इन्फ्रा–रेड र परावैजनी(रेडियो आबृत्ति तरंगबाहेक) वर्णपट नजिकै प्रयोगमा ल्याउन सकिन्छ ।  फ्रान्समा सन् २०१५ मा ल्याबमा लाईफाईको परिक्षण गरिएको थियो । अब यसलाई शपिङ मल र संग्रहालयलगायतका स्थानमा पनि परिक्षण गरि“दैछ ।
भारत र बेल्जियममा पनि गरिएको यसको परिक्षणले सकारात्मक संकेतहरु प्राप्त भएका छन् । डच कम्पनी फिलिप्सले पनि यसमा रुची लिइरहेको छ । एप्पलले आफ्नो नया“ स्मार्टफोन आईफोन–७ मा यो प्रविधिको प्रयोग गर्ने तयारी  थालेको छ । आईफोन–७ सन २०१६ को अन्त्यमा बजारमा ल्याइने छ । विशेषज्ञहरुका अनुसार सन २०२० सम्म वाईफाईसंग सम्बन्धित उपकरणहरुको संख्या करीब ५ करोड हुनेछ । यस्तो अवस्थामा ‘लाई–फाई’ बढी व्यवहारिक हुने अपेक्षा यसका प्रचारहरुको छ । ‘लाई–फाई’को केही कमजोरीहरु पनि छन । यो संग जोडिएको उपकरण तब मात्रै इन्टरनेटबाट जोडिन सक्छ जब त्यो प्रशासको ठीक तल हुनेछ । यसबाट प्राप्त हुने इन्टरनेट पर्खाल पार गर्न सक्तैन । त्यस्तै यसको प्रयोग गर्नेहरु उपकरणका साथ यताउता जान सक्तैन । यसको डाटा सीमित क्षेत्रमा मात्र प्रयोग गर्न सकिन्छ । हुन त यसबाट डाटाको चोरीबाट भने बच्च सहयोग पुग्नेछ । ‘लाई–फाई’ का समर्थकहरु भन्छन्, ‘स्कूल र अस्पताल जस्ता क्षेत्रहरु जहा वाईफाई हु“दैन त्यहा“ यसको प्रयोग मजाले गर्न सकिनेछ ।’ अस्पतालमा लाईफाइको प्रयोग यो कारणले राम्रो हुन्छ किनभने मेडिकल सामग्रीको प्रयोगमा यसले कुनै अवरोध सिर्जित गर्दैन ।
त्यसैले विद्युत चुम्बकीय प्रभाव हुने विमानमा, हस्पिटलमा र न्युक्लियर पावर प्लान्टलगायतका स्थानमा पनि ‘लाई–फाइर्’ संचालनमा ल्याउन सकिन्छ । वाई–फाई र लाई–फाईले विद्युतचुम्बकीय वर्णपटबाट डाटा पठाएर नेटवर्क जोड्छ । तर, यसमा वाईफाईले रेडियो तरंग र लाईफाईले भिजिवल लाईट को प्रयोग गर्छ । रेडियो तरंग वर्णपट भन्दा १० हजार गुणा ठूलो भिजिवल लाईट वर्णपट हुन्छ । यसले पनि यसको डाटा प्रसारण दर बढी हुन्छ । यस्तै, ‘लाई–फाई’ वाई–फाई भन्दा १० गुणा सस्तो हुने अपेक्षा गरिएको छ । वार्सिलोनामा सन २०१४ मा भएको मोबाइल वल्र्ड कंग्रेसमा लाई–फाईको पहिलो व्यापारिक प्रदर्शन गरिएको थियो । घरमा प्रयोग हुने एलइडी बत्तीहरुले द्रूतगतिमा इन्टरनेट सेवा लिन सहयोग गर्न थालेपछि ‘वाई–फाई’लाई धेरैले बाईबाई  भन्नेछन् । अनि घर–घरमा हुनेछन् ‘लाई–फाई’ । लाईफाईले सन २०१८ सम्ममा प्रतिवर्ष ६ खर्ब अमेरिकी डलर कमाउने लक्ष्य लिएको छ ।
#LIFI 

कान्तिपुर दैनिकमा फागुन २२ गते पृष्ठ १२ मा प्रकाशित नियमित स्तम्भ ‘धनीका कुरा’

कान्तिपुर दैनिकमा फागुन २२ गते पृष्ठ १२ मा प्रकाशित नियमित स्तम्भ ‘धनीका कुरा’ मा चिनियाँ अर्बपति लि जिन्युआनबारे रोचक जानकारी । यो सामग्री हालसम्म करीब आठ हजार जनाले लाईक गरिसकेका छन् ।