Monday, 28 March 2016
Monday, 21 March 2016
विरासत हैन संघर्षले महिला बनिन अर्बपति
- दिनेश यादव (Dinesh Yadav)
![]() |
| Zhou Quinfei |
- झाउको परिवार अत्यन्तै गरिब थियो । बाल्यकाल अभावैअभावमा वितेको थियो, उनको ।
- झाउलाई आफू अभिभावकविहीन भएर पनि पढ्ने चाहना थियो ।
हामीले आफ्नो वरपर हेर्ने हो भने धेरै धनाढ्य र सफल व्यक्तित्वहरु पाउ“न सक्छौ । अनि सोच्छौ, हामी पनि त्यस्तै भई दिए क्या मज्जा हुन्थ्यो । तर, सफलता प्राप्त गर्न कुनै व्यक्तिले गरेको कठोर संघर्ष र लगनशिलतालाई हेर्दैनौ । रातारात कोही अर्बपति या सफल हुनै सक्तैनन । यसका लागि धेरै मिहिनेत, परिश्रम र सही अवसरसंगै सही दिशामा अग्रसर हुनु आवश्यक पर्छ । कडा संघर्ष र गरिबीलाई चिर्दै सफलताको शिखरमा पुग्ने मध्येका एक हुन, चिनिया“ महिला उद्यमी झाउ क्वीनफेइ । उनी गरिबीलाई धेरै नजिकबाट हेरेकी छन् । महिलाले जे पनि गर्न सक्छिन् भन्ने कुरोको साक्षात प्रमाण बनेकी छन, उनी ।
चीनको हुनान प्रान्तको सिआङसिआङमा ४६ वर्षअघि उनको जन्म भएको हो । झाउको परिवार अत्यन्तै गरिब थियो । बाल्यकाल अभावैअभावमा वितेको थियो, उनको । अझ जन्म हुनुअघि सन १९६० को दशकमा उनको बुबा एउटा दुर्घटनामा परेर दृष्टिविहीन बनेका थिए । जब उनी पा“च वर्षकी भइन, आमालाई गुमाइन । जीवनमा संकट आइ प¥यो । स्कूल जाने छिप्दै गएको थियो उनको । ढिलै भएपनि स्कूल जान थालिन । तर १५ नपुग्दै स्कूल छाड्नु प¥यो, उनले । परिवारको आर्थिक अवस्था जर्जर थियो, दुई छा“क टार्न परिवारलाई धौ–धौ पनि । बर्खरै किशोरावस्था टेकेकी झाउलाई परिवारका लागि आर्थिक श्रोत कसरी जुटाउने भन्ने चिन्ता आइ प¥यो । केही सीप नचलेपछि उनी ग्वाङदोङ प्रान्तको विशेष आर्थिक क्षेत्रका रुपमा परिचित शेन्झेनमा एउटा प्रवासी कामदारका रुपमा रोगजारी थालिन । उनले शेन्झेनमा विश्वविद्यालय नजिकै रहेको कम्पनीलाई रोजेकी थिइन । यो उनको पढ्ने उत्कट अभिलाषाको परिणाम थियो । झाउले यसो गर्नुका कारण चाही“ उनी विश्वविद्यालयमा आंशिक रुपमा भएपनि पढ्न चाहन्थिन । हिजोआजका केटाकेटीहरुलाई अभिभावकले प्रयाप्त अवसर जुटाइ दि“दा पनि राम्ररी पढदैनन् । तर झाउलाई आफू अभिभावकविहीन भएर पनि पढ्ने चाहना थियो । त्यही चाहनाकै कारण उनले त्यहा“ धेरै विषयहरु पढ्न भ्याइन । लेखा, कम्प्युटर संचालन, कस्टम प्रोसेसिङलगायत विषयको परीक्षा पास गरि प्रमाणपत्र समेत प्राप्त गर्न उनी सफल भईन । अझ व्यावसायिक सावारीसधान चलाउन चालक अनुमतिपत्रको परीक्षामा समेत दिएर लाइसेन्स लिइन । अन्य अवसर नजुटे भाडाका सवारी साधन भएपनि हाक्ने उनको चाहना यसबाट छर्लङ हुन्छ । यति गर्दापनि उनी सन्तुष्ट भने हुन सकिनन् । उनको मनमा सबैभन्दा बढी दुःखको विषय अंग्रेजी पढ्न नपाउनु अझै रहेको छ । अंग्रेजीमा जानकार हुन नसकेकोमा उनलाई कता कता खिन्नता बोध भएको तितो अनुभव पटक–पटक पोख्दै आएकी छन, उनी ।
कलिलै उमेरमा यतिका अनुभव प्राप्त गरिसकेर पनि उनको संघर्ष जारी थियो । परिवारका सदस्यका लागि आवश्यक दैनिक उपभोग्य वस्तुहरु प्रयाप्त मात्रामा उपलब्ध गराउने हैसियतमा अझै उनी नपुगिसकेको अवस्था थियो । त्यसैले उनी घडीको पार्टपुर्जा बनाउने एउटा सानो पसलमा काम गर्न थालिन । उनको आशा थियो, यो पसलमा गरेको कामबाट आफ्नो र परिवारको गुजारा राम्ररी चलाउने हैसियतमा पुगिएला कि ? भनिन्छ, ईश्वरको घरमा ढिलो छ, अन्धकार छैन । हो, त्यो पसल बास्तवमै उनको जीवनमा परिवर्तन ल्याउने औजार बन्न पुग्यो । उनले त्यहा“बाट २० हजार हङकङ डलर जोगाउन सफल भईन । त्यही डलरले झाउले सन् १९९३ मा आफ्नै कम्पनी स्थापना गरिन । कम्पनी खोल्नका लागि उनका भतिजले प्रोत्साहन गरेका थिए भने उनका भाई, बहिनी र दुई भतिजाहरुले उनलाई सघाएका थिए । यी सबैले झाउको व्यापारमा सहयोगी भई काम गरे । सन् २००१ मा उनको कम्पनीले ठूलै फडो मा¥यो, जब चिनिया“ ठूला इलेक्ट्रोनिक्स कम्पनी टीसिएल कर्पोरेसनसंग मोबाइल फोनको स्क्रिन बनाउन नाफामूलक सम्झोता भयो । झाउ भन्छिन्, ‘एक वर्ष भित्रै मैले ११ कम्पनी शुरु गरे । ’
सन् २००३ मा झाउले टच स्क्रिन बनाउने लेन्स प्रविधि शुरु गरिन र आफ्नो कम्पनीलाई ग्लास उत्पादनमै अब्बल श्रेणीमा पु¥याई दिइन । उनको कम्पनीले विश्व बजारमा इलेक्ट्रोनिक्स क्षेत्रमा बर्चस्प कायम गरेका एप्पल, सामसङ इलेक्ट्रोनिक्स र हुआवे कम्पनीका लागि टच स्क्रिनको आपूर्ति गर्न थाल्यो । उनकै कम्पनीबाट उत्पादित ग्लास स्क्रीनहरु एप्पल घडीहरु र स्याप्फारे क्रिस्टलका रुपमा पनि प्रयोग हुने भएको छ । सन् २०१५ को अप्रिलसम्म उनको कम्पनीमा काम गर्ने कर्मचारीको संख्या करीब ६० हजार पुगेको छ । अघिल्लो वर्षको मार्च १८ मा उनले आफूले शुरु गरेको व्यापारको २२ औं वार्षिकी समेत मनाएकी थिइन ।
उनी करोडपति त बनिन, तर उनको वैवाहिक जीवन भने सुखद रहेन । पहिलो पटक उनले फ्याक्ट्रिका पूर्व मालिकसंग विवाह गरिन । एक सन्तानलाई जन्म दिइन ,तर श्रीमानसंग लामो समय बिताउन सकिनन्, पारपाच्चुके लिन बाध्य भइन । त्यसपछि उनले फ्याक्टीमै लामो समयसंगै काम गर्ने एक सहकर्मी झेज जुन्लङसंग विवाह गरिन । हाल झेन र एउटी छोरीसंग उनी बस्छिन । पति झेन कम्पनीको बोर्डमा छन् । गरिबबाट अर्बपति बन्ने झाउको संघर्षमय जीवन चीनमा रहेका लाखौं अप्रवासी कामदारका लागि मात्रै होइन, विश्वका सबै नागरिकका लागि उत्तिकै प्रेरणदायक र उत्प्रेरित गर्ने खालको छ । झाउले गान्सु टेलिभिजनसंगको एक साक्षात्कारमा भनेकी थिइन, ‘मेरो सफतलाको रहस्य मेरो सिक्ने चाहनामा लुकेको छ ।’
सन २०१५ को मार्चयता उनको कम्पनी शेन्झेन चाईनेक्सका रुपमा बजारमा लोकप्रिय छ । यही कम्पनीले उनलाई चिनकै सबैभन्दा धनाढ्य महिलाको ¥याङमा पु¥याइ दिएको छ । हाल उनी विश्वका २०५ औं अर्बपति बनेकी छन् । फोब्र्स अखबारका अनुसार उनको कूल सम्पति ६ दशमलव १ अर्ब अमेरिकी डलर (रियल टाइम १८ मार्च २०१६) रहेको छ । उनको सम्पतिको स्रोत चाही“ स्मार्टफोन ग्लास कभर नै हो । हाल हङकङमा बस्दै आएकी उनी सन २०१६ मा हङकङको धनाढ्यहरुको सूचीमा ९औं स्थानमा छिन । अघिल्लो वर्षको तुलनामा उनी नौ स्थान उक्लेकी छन । सन् २०१५ मा चीनको सर्वाधिक धनीहरुमा उनको स्थान १८ औं र टेक क्षेत्रमा विश्वकै धनाढ्यहरुमा ३० औं स्थानमा दरिएकी थिइन,उनी । विश्वकै टेक संस्थापक महिलाहरुमध्ये उनी सबैभन्दा धनी हुन । ८८ प्रतिशत कब्जा रहेको उनको लेन्स प्रविधि विश्वबजारमा छाएको छ । खासगरि मोबाइल फोनहरु र ट्याब्लेटका ग्लास कभरमा उनकै कम्पनीको पडक छ । एप्पल र सामसङका लागि उनको कम्पनीले ग्लास कभर आपूर्ति गर्ने गर्छ । चीनको मुख्यमूमिमा जन्मिएर झाउले हङकङको पासपोर्ट लिई सन् १९९३ यता सिसा उद्योगमा काम गर्दै आएकी छन् । उनी एउटा गरिबी ग्रामिण जीवन छाडेर शेन्झेनस्थित एउटा कारखानामा कामदार भई काम गरेकी सगौरव बताउ“छिन । भन्छिन, ‘त्यहा“ सीसा बनाउने सीप सिकेपछि मैले आफै कम्पनी खोले“ ।’(एजेन्सीहरुको सहयोगमा, Kantipur, 19 th March 2016)
#Zhou Quinfei #Billionair #China, #Forbes @Kantipur
कालो छिद्र(BLACK HOLE)
दिनेश यादव(Dinesh Yadav)
जब एउटा विशाल तार आफ्नो ऊर्जाले हिड्छ, त्यो कम भएपछि यसको तौल घट्छ । तारामा रहेको हाइड्रोजनको विशाल तहले चाप सिर्जित गर्दै तारालाई सानो अझ सानो बनाउदै जान्छ । फलस्वरुप तार एउटा परमाणुभन्दा पनि सानौ बन्न पुग्छ । कल्पना गर्नुस् यस्तो अवस्थामा के हुन्छ ? यस्तो अवस्थामा तारा एउटा सानो परमाणु भन्दा पनि कम स्थान ओगटन पुग्छ । यो नै कालो छिद्र बन्ने अवस्था हो ।
कालो छिद्रोको नाम चाही सन् १९६७ मा प्रिन्सटनका भौतिकशास्त्री जोन अर्चिबाल्ड ह्विलरले राखेका हुन । उनले अन्तरिक्षमा एउटा यस्तो विशाल र घना बस्तु छ जसबाट प्रकासपनि उम्कन सक्तैन भन्ने धारणा पनि राखेका थिए । भौतिकशास्त्री र गणितज्ञहरुले अन्तरिक्षमा कालो छिद्र नजिकै धेरै असाधारण बस्तुहरु आफ्ना अनुशन्धानका क्रममा भेटाए । त्यसपछि अति रहस्यपूर्ण मानिएको कालो छिद्रबारे धेरै तथ्यहरु सार्वजनिक पनि भए । केहीले यसबारे रोचक र आकर्षक फिक्सनहरु नै लेख्न भ्याए । यसबारे नानाथरिका कल्पनाहरु गरिए । यद्यपि कालो छिद्र काल्पनिक कथा थिएन र होइन । बैज्ञानिकहरुले यसको निर्माण विशाल तर सामान्य ताराहरुको मृत्युपछि हुन्छ भन्ने तथ्य पत्ता लगाए । भाइबहिनी हो, हामीले कालो छिद्र हेर्न सक्तैनौ । अझ बैज्ञानिकहले समेत टेलिस्कोपबाट प्रत्यक्ष रुपमा यसको अवलोकन गर्न मिल्दैन । किनभने यसले एक्स रे लगायतका विद्युत चुम्बकीय विकिरण पैदा गर्छ । तर यसमा खसिरहेको बस्तुको अवलोकन गर्न र ती वस्तुहरुलाई कालो छिद्रले आकर्षण घटनालाई अवलोकन चाही“ गर्न सक्छौ । यी अवलोकनहरुबाट खगोलविद्हरुले अन्तरिक्षमा धेरै कालो छिद्रहरु भएको निस्कर्ष निकाले । अझैपनि यसबारे थप जानकारी लिन उनीहरुले अति सावधानीपूर्वक यसको अवलोकन गरिरहेका छन् । हाल हाम्रो ब्रह्माण्ड असंख्य काला छिद्रले भएिको पुष्टि भइसकेको छ ।
![]() |
| Black Hole |
![]() |
| Black Hole |
भाईबहिनी हो, के कालो छिद्रले गुरुत्वबलको नियमलाई पालना गर्छ ? यसमा तपाईहरुको उत्तर पक्कै ‘यस’ मा आयो होला । हो, कालो छिद्रले गुरुत्वबलको नियमसहित भौतिकशास्त्रका सबै सिद्धान्तको पालना गर्छ । यसको महत्वपूर्ण चरित्र गुरुत्वबलसंग प्रत्यक्ष रुपमा जोडिएको एउटा यथार्थ पक्कै हो । रुखबाट स्याउ किन खस्यो भन्नेबारे उब्जेको जिज्ञासा भेटाउने क्रममा बेलायती वैज्ञानिक सर आईजक न्युटनले सन १६८७ मा गुरुत्वबल नियमको प्रतिपादन गरेका थिए । उनले यस ब्रह्माण्डमा रहेका प्रत्येक बस्तुले एक अर्कालाई यही गुरुत्वबलका कारण आकर्षण गर्छ भन्ने सिद्धान्त अघि सारे । हुनत, हाम्रो दैनिक जीवनमा विद्युतदेखि चुम्बकीय बल या चापको धेरै प्रभाव रहदै आएको छ । तथापि गुरुत्वबलको प्रभाव हाम्रो ब्रह्माण्डमा धेरै दुरीमा रहेको बस्तुमा पनि पर्छ । उदाहरणका लागि न्युटनले आफ्नो गूरुत्वबलको नियमलाई सौर्य परिवारमा रहेका चन्द्रमा र ग्रहहरुको गतिको अवलोकन गरेर प्रमाणित गरि दिए । अर्का बैज्ञानिक अल्बर्ट आइन्टाइनले आफ्नो सिद्धान्त सामान्य सापेक्षबादका आधारमा गुरुत्वबलबारे हाम्रो ज्ञानमा अभिबृद्धि गरि दिए । उनले पहिलो पटक प्रकाश ६७१ मिलियन माइलप्रति घण्टा हिड्छ भन्ने तथ्यका आधारमा यसको व्याख्या गरे । उनले अन्तरिक्ष र समय एकअर्कासंग सम्बन्धि रहेको स्पष्ट पारे । उनले अघि सारेको परिकल्पना हाल विभिन्न प्रयोगबाट प्रमाणित भइसकेका छन् । पृथ्वीमा भएको कमजोर गुरुत्वाकर्षण क्षेत्रले आइन्टाइन र न्युटनको सिद्धान्तहरुलाई स्पष्ट पारि सकेको छन् । तर बलियो गुरुत्वाकर्षण क्षेत्र जुन कालो छिद्रको नजिक पाइन्छ, आइन्टाइनको सिद्धान्तले त्यसलाई भनै पुष्टि गरि दियो । सामान्य सापेक्षताको सिद्धान्तद्वारा कालो छिद्रको परिकल्पना भएको भन्ने तत्व अति लोकप्रिय छ । जब विशाल ताराहरुको मृत्यु हुन्छ , यसले साना र घना अवशेष कोर छाड्ने गर्छ । यदि त्यो कोरको पिण्ड सूर्यको पिण्डभन्दा तीन गुणा बढी भयो भने एउटा समिकरण बन्छ, त्यहा“ गुरुत्व बलको बर्चस्प कायम भई एउटा कालो छिद्रको उत्पति हुन्छ ।
भाईबहिनी हो, तपाईहरुले आफ्नो सुत्ने कोठामा फोहर सफा गर्ने ‘भ्याकूम क्लिनर’ पक्कै हेरकै हुनुपर्छ । यससले कसरी काम गर्छ , नजिकबाट एक पटक हेर्नुस । ‘भ्याकुम क्लिनर’ संचालनमा ल्याएपछि धुलोहरुलाई कसरी आफूभित्र तान्ने गरेको छ ? हो, कालो छिद्र एउटा भ्याकूम क्लिनर जस्तै हुन्छ । तर फरक यति मात्रै हो कि एउटा कालो छिद्रले आफ्नो शक्तिशाली गुरुत्वबलले आफूतिर आएका बस्तुहरुलाई तान्छ र त्यसको अस्तित्वलाई मतियामेट बनाइ दिन्छ ।
अब, कालो छिद्र बन्छ कसरी ? भाइबहिनी हो, जब एउटा विशाल तार आफ्नो ऊर्जाले हिड्छ, त्यो कम भएपछि यसको तौल घट्छ । तारामा रहेको हाइड्रोजनको विशाल तहले चाप सिर्जित गर्दै तारालाई सानो अझ सानो बनाउदै जान्छ । फलस्वरुप तार एउटा परमाणुभन्दा पनि सानौ बन्न पुग्छ । कल्पना गर्नुस् यस्तो अवस्थामा के हुन्छ ? यस्तो अवस्थामा तारा एउटा सानो परमाणु भन्दा पनि कम स्थान ओगटन पुग्छ । यो नै कालो छिद्र बन्ने अवस्था हो ।
वैज्ञानिकहरुका अनुसार कालो छिद्रको तीन तह हुन्छ । सबैभन्दा पहिले यसको बाहिरी तह हो, जसलाई ‘आउटर इभेन्ट होरिजन’ भनिन्छ । यहा“ गुरुत्वबल धेरै शक्तिशाली नभएकाले तपाई यसबाट उम्कन सक्नु हुन्छ । अर्को तह भनेको मध्य तह हो जसलाई ‘इनर इभेन्ट होरिजोन’ भनिन्छ । यो तहबाट तपाईलाई भाग्न असम्भव छ , यहा“ गुरुत्वबल अत्याधिक हुन्छ , यो तहबाट कुनैपनि बस्तु उम्कन सक्तैन । यो विन्दूमा तपाई खसेर कालो छिद्रको केन्द्रमा पुग्नु हुने । कालो छिद्रको यो केन्द्रलाई ‘सिंगुलरिटी’ भनिन्छ । यहा“ सबैभन्दा शक्तिशाली गुरुत्वबल हुन्छ । पृथ्वीलाई सोच्नु होस । जब तपाई यसको बाहिर सतहमा हुनुहुन्छ, तपाई तैरिन सक्नु हुन्छ । यदि तपाई पृथ्वीको सतह नजिक आउनु हुन्छ, तपाई गुरुत्वबलको प्रभावमा परेर तल तानिनुु हुन्छ । तथापि यदि तपाई एउटा कालो छिद्रामा खस्नु हुन्छ भने त्यहा“ तपाईलाई बाहिर निस्कने कुनै मौका हुदैन । किनभने त्यहा“ अत्यन्तै शक्तिशाली गुरुत्वबल रहेको हुन्छ ।
धेरैले कालो छिद्रहरु ब्रह्माण्डको एउटा अनौठो बस्तु भनेका छन् । ग्रह र तारा जस्तो यसको सतह हु“दैन भन्छन । अन्तरिक्षमा यसको एउटा क्षेत्र भने हुन्छ , जहा“ कुनैपनि पदार्थ आफै हराउ“न पुग्छन । कालो छिद्रामा कुनैपनि वस्तुको आपत्तिजनक पतन एउटा अविश्वसनीय सानो क्षेत्रमा भएको विशाल पिण्डको परिणामले हुन्छ । अघिनै चर्चा गरि सकियो कि हामीले कालो छिद्रलाई हेर्न सक्तैनौ तर यसको नजिकै रहेको धुलाका कण, ताराहरु र आकाशगंगाहरुमा पर्ने प्रभावको अवलोकन चाही गर्न सक्छौ । कालो छिद्रहरु विभिन्न आकारका हुन्छ । ती मध्ये केही चाही“ सुर्यको तुलनामा थोरै गुणा मात्रै विशाल हुन्छन । यी ‘स्टेलर–मास’ कालो छिद्रको निर्माण सूर्यको भन्दा १० गुणा बढी गह्रौ तौलका तारा कारणका कारण हुन्छ । जसको जीवनको अन्त्य सुपरनोभाको विस्फोटनपछि हुने गर्छ ।
‘मिल्की वे’ सहितका अधिकांश आकाशगंगाहरुको केन्द्रहरुमा अतिविशाल कालो छिद्रा रहेको बैज्ञानिकहरु बताउ“छन । यीनीहरु हाम्रो सूर्य भन्दा लाखौं या अर्बौ गुणा गह्रौ हुन्छन । अतिविशाल कालो छिद्रहरु ‘पावर एक्टिभ’ आकाशगंगा र प्राचिन आकाशगंगाहरुलाई कैसर नामले चिनिन्छ । कैसर सबैभन्दा ठूला तर सामान्य आकाशगंगाको तुलनामा सयौ गुणा चम्किला हुन्छन् । (Kantipur Daily, Kopila, 20th March 2016)
#BlackHole, @Science, #Nepal,
Tuesday, 15 March 2016
सन्तानलाई जुत्तामा पोलिस गर्न पठाउने अर्बपति
दिनेश यादव (Dinesh Yadav)
शुरुवात संधै राम्रो हुन्छ भन्ने छैन । तर, आफूसंग कर्म गर्ने जा“गर र परिश्रमी स्वाभाव भए मानिसलाई सफल हुन बेर लाग्दैन । हो, त्यस्तै कर्मवीर मध्येका एक थिए, अमेरिकी नागरिक हेनरी फोर्ड । आज सडकमा गुडने ‘फोर्ड’ गाडिहरु उनकै ट्रेडमार्क हो । फोर्ड मोटर कम्पनीका संस्थापक हेनरीको जन्म ३० जुलाई १८६३ मा अमेरिकी राज्य मिसिगनमा भएको थियो । एक गरीब किसान परिवारमा जन्मेका थिए । जब उनी आठ वर्षका भए, बल्ल बुबा विलियम फोर्डले मिसिगन राज्यस्थित डियरबोर्न नजिकै एक विद्यालयमा उनको भर्ना गरिदिए । बुबा चाही“ खेतिकिसानी मै व्यस्त रहे । चाहन्थे, छोरो हेनरीले काम चलाउ शिक्षा लिएर खेतिकिसानी नै गरोस् । तर, हेनरी फोर्ड अत्यन्तै जिज्ञासु थिए, यन्त्र त उनले हेर्नै हुदैन्थ्यो, भेट्यो कि चलाई हाल्ने स्वभाव । बुबाले एक पटक जन्मदिनमा उनलाई घडी उपहार दिएका थिए । घडी के पाएका थिए, उनले त्यसलाई खोलेर सेट गर्ने सुरसार कसी हाले । त्यसका लागि उनले एउटा सानो किला, चिम्टा र सुई खोजे, जसलाई उनले औचार बनाए । यी साधारण ज्यावलहरुको सहयोगबाट उनले घडी खोले अनि फेरी पहिले कै जस्तै बनाइ दिए ।
यसले उनलाई यन्त्र बनाउनमा कति रुची थियो भन्ने कुरा पुष्टि हुन्छ । प्राइमरी शिक्षा पुरा गरेपछि बुबाले उनलाई खेतिकै काममा लगाए । तर, समय निकालेर उनी आफ्ना मित्रहरुको नया“–नया“ घडिको पार्टपुर्जा खोल्दै जोड्ने गर्थे । यो देखेर उनका बुका दिक्क हुन्थे, कहिलेकाही कुटपीट पनि गर्थे ।
१६ वर्षको
उमेरमा उनी घरबाट भागेर डेंट्राइट पुगे र त्यहा“ वाफ इन्जिन बनाउने वर्कसपमा काम गर्न थाले । त्यहा“ उनी धेरै मेहनत गर्थे । त्यसैको परिणाम थियो, वर्षभित्रै उनी वर्कसपको प्रमुख इन्जिनियर बने । त्यसताका उनको तलब १२५ अमेरिकी डलर थियो, जसबाट उनी सय डलर बचाउ“चे थे । जब उनीसंग हजार डलर भयो, त्यसपछि उनले एउटा यस्तो कार बनाउने योजना बनाए, जुन सस्तो होस र सबैले खरिद गर्न सक्ने मूल्यमा पाइयोस । एक वर्षभित्रै उनले ‘मोडेल टी’ कार तयार पारे । सडकमा आएलगतै त्यो कारले तहल्का मच्चाइ दियो । यो यति सस्तो थियो कि जो कोहीले पनि खरिद गर्न सक्थे । कालो रंगको यो कार ग्राहकले खुबै मन पराए । बिक्रीको रेकर्ड नै तोड्न सफल भयो, त्यो कार । जति कार बनाइन्थ्यो त्यो भन्दा बढी माग हुन थाल्यो । हेनरीलाई भ्याई न भ्याई भयो । उनी भन्थे , ‘परिश्रम कहिलेपनि खेर जादैन, कुनै न कुनै दिन त्यसले सफलताको शिखरमा पु¥याउ“छ तर यसका लागि दृढ विश्वास चाही हुनै पर्छ कि म जुनसुकै काम पनि गर्न सक्छु । त्यसैले त्यो रहस्य थाहा पाउन पनि प्रयास गर्नुपर्छ, त्यसबाट सफलताको मार्ग देखिदै जानेछ । ’ हेनरीले आफ्नो अथक परिश्रमबाटै आफूले खडा गरेको फोर्ड कार उत्पादन कम्पनीलाई सफलताको शिखरमा पुरयाए । हाल उनको नातीनातिनाहरुले त्यो कम्पनी चलाईरहेका छन् ।
हेनरी फोर्डका बारेमा धेरै कथनहरु चर्चित छन् । ती मध्येको एउटा हो, उनको लन्डन यात्राको कथा । त्यहा“ उनले सोधपुछ अफिसमा गएर सस्तो होटेलका बारेमा जानकारी लिएका थिए । एक जना अर्बपति जसले सस्तो बासस्थानको खोजी गर्छन, त्यो पनि लन्डनमा । यो देखेर उनका नीजि सचिवले हेनरीसंग जिज्ञासा राखेका थिए, ‘ ‘तपाईका आफन्तहरु जब यहा“ आउन्छन, आलीशान होटेलमा बस्छन, तपाई चाही सस्तो होटेलबारे जानकारी माग्दै हिड्नु हुन्छ ।’ हेनरीले जबाफ फर्काएका थिए, ‘म एउटा गरीब किसानको छोरा हू“ र मेरा छोराहरु धनी बुबाका सन्तान ।’ यो जबाफ सुनेर ती नीजि सचिव अक्क न बक्क बनेका थिए । हेनरीले अगाडि भनेका थिए, ‘जब तपाई अरुको जस्तो बन्ने प्रयास गर्नु हुन्छ , तब तपाई संधै दोस्रो स्थानमा रहनु हुन्छ । त्यसैले भिडको अंश नबन्नुस, रेलको इन्जिन बन्नुस । किनभने इन्जिनलाई कसैले तान्दैन , त्यो आफ्नै ऊर्जाबाट चल्छ । तर डिब्बालाई चलाउन इन्जिनको आवश्यकता पर्छ ।’ यो महान उद्गारबाट हेनरीप्रति नतमस्तक नहुने पक्कै कोही भेटिदैनन होला ।
त्यस्तै, अर्बपति हेनरी फोर्ड बारे एउटा अर्को कथन पनि लोकप्रिय छ । उनी आफ्नो सन्तानलाई जुत्तामा पलिस गर्न सडकमा पठाउ“थे रे । भन्थे, ‘आफ्नो पकेट खर्चा आफै निकाल । ’ एक दिन छिमेकीले हेनरीलाई मख्खिचुस मात्रै भनेन यो कार्यलाई आफ्नै सन्तानप्रतिको अत्याचारको संज्ञा दिन भ्याएका थिए । यो सुनेर हेनरी केही बेर मौन बसे । अनि जबाफ फर्काए, ‘मैले शुरुमा जुत्ता पलिस गरेर रुपैया“ कमाएको थिए । अहिले अर्बपति छु । मेरो समयमा जो अर्बपति थिए, ती सबैको अवस्था भिखमाग्ने भइसकेको छ , अर्थात उनीहरुको अवस्था ठीक छैन । म आफ्नो सन्तानलाई भिखमाग्ने बनाउन चाहन्न, त्यसैले उनीहरुलाई जुत्ता पलिस गर्न पठाउ“छु ।’ जुत्तामा पलिस गर्ने खुलासा भने उनले पहिलो चोटी गरेका थिए ।
हेनरीसंग जोडिएको अर्को चर्चित प्रसंग उनले लगाउने लत्ताकपडासंग जोडिएको छ । उनी कारखानामा कहिले पनि तडकफडक कपडा लगाएर गएनन । उनी भन्थे, ‘महगो पोशाकमा केही छैन, हु“दैन ।’ अत्यन्तै सादा र साधारण पोशाकमा उनलाई देखेर कर्मचारीहरुले भन्ने गर्थे , ‘हाम्रा मालिक अर्बपति भएर पनि साधारण लुगा मात्र लगाउ“छन । तर यसबारे जिज्ञासा राख्ने साहस भने कसैको हुदैन्थ्यो । एक दिन उनका नीजि सचिवले सोधि त हाले, ‘श्रीमान तपाई अर्बपति हुनुहुन्छ तर कम मूल्यको कपडा मात्रै प्रयोग गर्नु हुन्छ ।’ हेनरी मुस्कुराउदै भने, ‘यहा“ सबैले मलाई चिनेकै छन कि म हेनरी फोर्ड हु“ । म मह“गो कपडा लगाएर , सबैलाई देखाउने चिन्ता किन गरु“, म हेनरी फोर्ड हु“ ।’ एक पटक हेनरी विश्व भ्रमणमा गए , त्यहा पनि उनी साधारण कपडा लगाएरै गए । नीजि सचिवले फेरी प्रश्न तेर्साइ हाले , ‘श्रीमान विदेशमा त हजुरलाई कसैले चिन्दैनन । त्यसैल मह“गो र राम्रा लुगा लगाउनु राम्रो होला कि ? हेनरी मुस्कुरादै भने , ‘मैले आफ्नो शरीर ढा“क्ने लुगाको चिन्ता किन गरु“ , त्यो पनि तिनीहरुका लागि जसले मलाई चिन्दै चिन्दैन कि म अमेरिकी अर्बपति हेनरी फोर्ड हू“ । ’ उनको यो भनाई मानिसले कामका कारण सम्मान पाउ“छन, महगाो पोशाकले होइन भन्ने सन्देश दिन्छ । महगो र ब्रान्डेड कपडा लगाएर अनि लोगो भिड्याएर आफूलाई ठूलो देखाउन खोज्नेहरु भित्रबाट खोक्रा हुन्छन । रचनात्मक कामबाट व्यक्तिको पहिचान हुन्छ ।
२० औं शताब्दीको शुरुमा उद्योगपतिहरुले श्रमिक बर्गलाई एउटा यन्त्रका रुपमा लिन्थे र न्युनतम तलव दिन्थे । हेनरी फोर्डले भने ‘धेरै देऊ..... धेरै फर्किन्छ’ भन्ने बिचार अप्नाए र अघि बढे । सबैभन्दा पहिले उनले त्यस्ताका ‘मोडेल टी’ को मूल्य घटाएर ३४० अमेरिकी डलर बनाए । कारखानामा काम गर्ने समय ९ घन्टाबाट घटाएर आठ घन्टा पु¥याए । मजदुरहरुको तलब दुई गुणाले बृद्धि गरिदिए । फोर्ड मोटर कम्पनीमा काम गर्ने अवधि घटेपछि तीन शिफ्टमा उत्पादन हुन थाल्यो, त्यही मेसिनबाटै तीन गुणा उत्पादन हुन थाल्यो । कम्पनीलाई फाइदानै फाइदा हुन थाल्यो । श्रमिक वर्गहरु पनि खुशी मालिक पनि दंग ।
सन १८८२ मा हेनरीले आफ्नै गाउ“मा कृषि उपकरण सुधारर्ने वर्कसप खोले, तर दुई वर्षमै उनलाई दिक्क लाग्यो । आफूले चाहे अनुसारको सफलता नपाएपछि त्यहा“बाट फेरी निस्के । त्यसपछि नया“ केही गर्नुपर्छ भनेर एडिसन एल्युमिनेटिङ कम्पनीमा रात्री कालिन अपरेटरको रुपमा ४० डलर पाउने गरी काम थाले । त्यो कम्पनी महान बैज्ञानिक थोमस ए एडिसनको थियो । एडिसनलाई आफ्नो कामबाट प्रभावित पार्दै हेनरी स्टीम इन्जिन मेन्टेनेस विभागका प्रमुख बनाइए । हेनरीले बिजुली चीमका जनक एडिसनको कम्पनीमा ज्वाइन गर्नुको एउटा मात्रै कारण थियो, इलेक्ट्रीकल इन्जिनियरी सिक्नु । त्यस्ताका आफ्नो नोकरीबाट फर्केर आएपछि हेनरी फोर्ड घरको शेडमा अबेरराती सम्म वाष्प इन्जिन बनाउने प्रयास गर्थे । सन् १९९६ जुन ४ मा उनले वाष्पबाट चल्ने बाहन बनाए, जब शेडबाट त्यसलाई निकाल्न खोजे, सकेनन । किनभने यन्त्र ठूलो र ढोका सानो थियो । यो उपलब्धिपछि उनी निक्कै उत्साहित थिए । त्यो उत्साहले उनी हथौडाले चौकसै उखालि दिए । भर्खर तेत्तिस वर्ष टेकेका उनी वास्प इन्जिन बनाउनु चानचुन कुरा थिएन । तर, त्यो सफलता उनले हात पारेका थिए ।
७ अप्रिल १९४७ मा निधन हुनुअघि उनले आफ्नो डायरीमा एउटा वृतान्त लेखेका थिए, ‘म जब आफ्नो कारखानामा काम गर्ने मजदुरहरुलाई मोटो मोटो रोती खाएको र राती ना“च्दै गरेको देख्छु , मलाई डाह लाग्छ कि म हेनरी फोर्ड संसारको सबैभन्दा धनी व्यक्ति हू“ । मलाई निद्रा लाग्दैन तर मजदुरहरु मजाले सुत्छन्... । हे भगवान अर्को जुनीमा मलाई जन्म दि“दा कारखानाको मजदूरसंगै काम गर्ने मौका दिनु पनि दिनु । ताकी मैले पनि मजदुरसंग हथौडा चलाउन सकू र रात्री मजाले सुत्न पनि ।’ हेनरी आफनो मृत्यु हुनु भन्दा दुई वर्षअघि कम्पनीको अध्यक्ष आफ्नो नाति हेनरी फोर्ड द्वितीयलाई बनाएका थिए । आजपनि उनले स्थापना गरेको कम्पनी विश्वविख्यात छ । (12 March 2016, Kantipur)
#Henary Ford, #Billionaire #America #Nepal # Dinesh #Yadav
Sunday, 6 March 2016
जुम्ल्याहा अर्थात् ट्वीन्स
| Published in Kantipur Kopila Dated 5th March 2016 |
- दिनेश यादव
![]() |
| दिनेश यादव |
भाईबहिनी हो, जुम्ल्यहाको जन्म हुन्छ, कसरी ? जान्ने चाहना पक्कै होला । हरेक महिना प्रत्येक महिला पर सर्छन्, जसलाई ‘नछुने’ वा ‘रजस्वला’ पनि भनिन्छ । किशोरी वा महिलाको डिम्बासयमा विकसित डिम्ब निशेचित नभएपछि ३० दिनमा त्यो बाहिर निस्कन्छ । यो अवस्थामा महिलालाई बढी आराम चाहिन्छ । त्यसैले कही–कही“ यसलाई धर्मसंग जोडि दिएको छ । तर यो विल्कुलै जैविक प्रक्रिया हो । रजस्वला शुरु भएको दिनदेखि १४ औं दिन(औसतमा) प्रत्येक महिलाको डिम्बाशयबाट एउटा डिम्बको निस्कासन हुनेगर्छ । त्यो भाले लैङ्गिक कोष(शुक्रकीट) संग मिलेर निशेचित हुन पुग्दा जाइगोट(युग्मक) बन्छ । यही जाइगोट भ्रुण बनेर गर्भाधारण क्रिया हुन्छ । अनि बच्चा जन्मिन्छ । भाईबहिनी हो, एउटै गर्भावस्थाबाट जन्मिने दुई संतानलाई जुम्ल्याहा भनिन्छ । मोनोजाइगोटिक (एकैखाले) या डाईजाइगोटिक (दुई अलग डिम्ब) बाट जुम्ल्याहाको जन्म हुने गर्छ । एउटा शुक्रकीट र डिम्बबाट बनेको जाइगोटका कारण जुम्ल्याहा भयो भने मोनोजाइगोटिक हुन्छन । तर, दुई फरक–फरक शुक्रकीट र डिम्बबाट बनेको छुट्टाछुट्टै जाइगोटका कारण जन्मिने चाही“ डाइजाइगोटिक हुन्छन । मोनोजाइटोटिक जुम्ल्यहा प्रति एक हजारमा तीन जना रहेको पाइन्छ । डाइजाइगोटिकमा प्रति एक हजारमा कही–कही ४ देखि ५ (जापानमा) , कही १५ (भारतमा) सम्म भेटिएका छन् । अमेरिकामा त यो संख्या २४ सम्म छ । त्यहा“ बढी हुनुको कारण चाही“ बढ्दो आईभीएफ (इन भिट्रो फर्टिलाइजेशन) हो, जुन एउटा कृर्तिम गर्भधारण प्रक्रिया हो । एउटा जाइगोट दुईटा भ्रूणमा विभाजित हुने कारण अझै थाहा हुन नसकेपनि कृर्तिम गर्भाधारणले जुम्ल्याहाको संख्या बढेकोबारे अनुशन्धानकर्ताको मतैक्यता पाइन्छ । प्रति हजार प्रसवमा प्राकृतिक गर्भाधानमा तीन जना भएपनि आईभीएफ प्रसबमा प्रति हजार करीब २१ जनाबाट जुम्यहाको जन्म हुने गरेको छ । जाइगोट फुटेर जुम्ल्यहा हुने गरेकाले यो जति पटक फुट्यो त्यतिवटासम्म बच्चा जन्मिन सक्छ । तिम्ल्यहा, चौम्ल्यहा आदिको जन्म यसै प्रक्रियाबाट हुन्छ । यदि फुटाई सात दिनभित्र भए छुटाछुटै जुम्ल्यहाको जन्म पुग्छ । कहिलेकाही शरिर जोडिएर पनि जन्मिने गर्छन । यसरी जन्मिएकाको लिंग, कद, रंग, रुप उस्तै–उस्तै देखिन्छ ।
हाल विश्वमा जुम्ल्यहाहरुको संख्या बढ्दो छ । अमेरिकी पत्रिका ‘पपुलेसन एन्ड डेभलपमेन्ट रिभ्यू’ मा प्रकाशित रिपोर्ट अनुसार विश्वमा जुम्ल्याहाहरुको जन्म दुई गुणा मात्र भएको छैन, अमेरिकामा सन् १९७५ मा प्रति एक हजार शिशूको जन्ममा ९ दशमलव ५ जना जुम्ल्यहा थिए । यो संख्या सन् २०११ मा बढेर प्रति हजार १६ दशमलव ९ पुगेको थियो । बेलायतमा पनि उस्तै । त्यहा“ प्रति हजार जनामा ९ दशमलव ९ बाट १६ दशमलव एक पुगेको थियो । जर्मनीमा प्रति हजार शिशुको जन्ममा जुम्ल्याहा बच्चाको संख्या ९ दशमलव २ बाट १७ दशमलव २, फ्रान्समा ९ दशमलव ३ बाट १७ दशमलव ४, डेनमार्कमा ९ दशमलव ६ बाट २१ दशमलव २ र दक्षिण कोरियामा ५ बाट बढेर १४ दशमलव ६ पुगेको छ । बैज्ञानिकहरुले यसको कारण चिकित्सकीय सहयोगमा गर्भधारण गर्ने प्रवृतिलाई प्रमुख मानेका छन् । सन् १९७० मा कृर्तिम गर्भधारण प्रक्रियाको विस्तार भएको हो । त्यसैक्रममा ओभेरियन स्टिमुलेशन र आईभीएफको चलन शुरु भएको हो । यी दुई तरीकामा एक भन्दा बढी भ्रुण (बहुभ्रुण) विकासको घटना सामान्य हुन्छ । जुम्ल्याहा शिशुको जन्ममा बढ्दो संख्या विगत चार दशकमा विकसित देशहरुमा सबैभन्दा बढी छ । बैज्ञानिकहरुले यो क्रम अगामी दिनहरुमा पनि जारी रहन सक्ने ठोकुवा गर्न नसकेपछि यसको बढ्दो संख्याले जनस्वास्थ्यमा नकारात्मक प्रभाव पर्न बताउ“छन् । यो आमाका लागि मात्र होइन, शिशूका लागि पनि खतरापुर्ण अवस्था हुनसक्छ । अधिकांश जुम्ल्याहा शिशू समयअघि जन्मिने गरेका छन । धेरैको तौल कम हुन्छ र जीवित रहने संभावना न्यून हुन्छ । जनावरहरुको केही प्रजातिहरुमा जुम्ल्यहा बच्चा सामान्य झै । खासगरि विरालो, भेडा, बाख्रा, न्यारीमुसो र हरिणमा । चौपायामा भने यसको सभ्भावना १ देखि ४ प्रतिशत छ । Twins/Dinesh Yadav
Saturday, 5 March 2016
प्रकाशबाट इन्टरनेट
- दिनेश यादव
अब प्रकाशबाटै इन्टरनेट चलाउन सकिनेछ , सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । तर, वैज्ञानिकहरुले यस्तै प्रविधिको विकास गरेका छन् । उनीहरुले पहिले ‘वाई–फाई’ अब ‘लाई–फाई’ प्रविधि विकसित गरेका हुन । यो प्रविधिबाट स्मार्टफोन, ल्यापटपलाई इन्टरनेटसंग जोड्न सजिलो हुनेछ । ‘लाइ–फाई’ को पुरा रुप ‘लाइट फिडेलिटी’ हो । यो वाई–फाईजस्तै ताररहित संचार प्रविधि हो, जसले हाइ स्पीड र पूर्ण नेटवर्कका साथ इन्टरनेट सेवा उपलब्ध गराउन सक्छ । वाई–फाईको तुलनामा यसले सय गुणा बढी द्रूतगतिमा सेवा प्रदान गर्न क्षमता राख्छ । प्रति सेकेण्ड यसको स्पीड २२४ गीगाबाइट्स रहेको बताइएको छ ।
‘लाई–फाई’ प्रविधिबाट प्राप्त हुने इन्टनेट कनेक्सन अन्य प्रविधिको तुलनामा सय गुणा बढी तीव भएकाले यसको लोकप्रियता बढ्ने निश्चित छ । फ्रान्सेली स्टार्टअप कम्पनी ओलेडकमले बार्सिलोनामा आयोजित विश्वका सबैभन्दा ठूलो मोबाइल मेला ‘मोबाइल वल्र्ड कंग्रेस’ मा यो प्रविधिको प्रदर्शन गरेको छ । प्रदर्शनीमा एउटा एलइडी लाईटको तल स्मार्टफोन राखेर भिडियो चलाउदा, निर्वाध रुपमा त्यो चलेपछि त्यहा“ तालीको गडगडाहट गुञ्जियो । यस प्रविधिको विशेषतानै तीब्रता हो । प्रयोगशालामा भएको टेस्टबाट यसको स्पीड २०० जीबीपीएस भन्दा बढी रहेको पुष्टि भइसकेको छ । ओलेडकमका संस्थापक तथा प्रमुख सुआत टोप्सुका अनुसार यो स्पीड भनेको एक सेकण्डमा २३ वटा डीभिडी डाउनलोड गर्न सकिन्छ । यो प्रविधिमा एलईडी चीमबाट उत्पन्न भएको आवृत्तिको प्रयोग गरिन्छ । तारसहित यो प्रविधि आखा“ले देख्न सक्ने प्रकाश अर्थात इन्फ्रा–रेड र परावैजनी(रेडियो आबृत्ति तरंगबाहेक) वर्णपट नजिकै प्रयोगमा ल्याउन सकिन्छ । फ्रान्समा सन् २०१५ मा ल्याबमा लाईफाईको परिक्षण गरिएको थियो । अब यसलाई शपिङ मल र संग्रहालयलगायतका स्थानमा पनि परिक्षण गरि“दैछ ।
भारत र बेल्जियममा पनि गरिएको यसको परिक्षणले सकारात्मक संकेतहरु प्राप्त भएका छन् । डच कम्पनी फिलिप्सले पनि यसमा रुची लिइरहेको छ । एप्पलले आफ्नो नया“ स्मार्टफोन आईफोन–७ मा यो प्रविधिको प्रयोग गर्ने तयारी थालेको छ । आईफोन–७ सन २०१६ को अन्त्यमा बजारमा ल्याइने छ । विशेषज्ञहरुका अनुसार सन २०२० सम्म वाईफाईसंग सम्बन्धित उपकरणहरुको संख्या करीब ५ करोड हुनेछ । यस्तो अवस्थामा ‘लाई–फाई’ बढी व्यवहारिक हुने अपेक्षा यसका प्रचारहरुको छ । ‘लाई–फाई’को केही कमजोरीहरु पनि छन । यो संग जोडिएको उपकरण तब मात्रै इन्टरनेटबाट जोडिन सक्छ जब त्यो प्रशासको ठीक तल हुनेछ । यसबाट प्राप्त हुने इन्टरनेट पर्खाल पार गर्न सक्तैन । त्यस्तै यसको प्रयोग गर्नेहरु उपकरणका साथ यताउता जान सक्तैन । यसको डाटा सीमित क्षेत्रमा मात्र प्रयोग गर्न सकिन्छ । हुन त यसबाट डाटाको चोरीबाट भने बच्च सहयोग पुग्नेछ । ‘लाई–फाई’ का समर्थकहरु भन्छन्, ‘स्कूल र अस्पताल जस्ता क्षेत्रहरु जहा वाईफाई हु“दैन त्यहा“ यसको प्रयोग मजाले गर्न सकिनेछ ।’ अस्पतालमा लाईफाइको प्रयोग यो कारणले राम्रो हुन्छ किनभने मेडिकल सामग्रीको प्रयोगमा यसले कुनै अवरोध सिर्जित गर्दैन ।
त्यसैले विद्युत चुम्बकीय प्रभाव हुने विमानमा, हस्पिटलमा र न्युक्लियर पावर प्लान्टलगायतका स्थानमा पनि ‘लाई–फाइर्’ संचालनमा ल्याउन सकिन्छ । वाई–फाई र लाई–फाईले विद्युतचुम्बकीय वर्णपटबाट डाटा पठाएर नेटवर्क जोड्छ । तर, यसमा वाईफाईले रेडियो तरंग र लाईफाईले भिजिवल लाईट को प्रयोग गर्छ । रेडियो तरंग वर्णपट भन्दा १० हजार गुणा ठूलो भिजिवल लाईट वर्णपट हुन्छ । यसले पनि यसको डाटा प्रसारण दर बढी हुन्छ । यस्तै, ‘लाई–फाई’ वाई–फाई भन्दा १० गुणा सस्तो हुने अपेक्षा गरिएको छ । वार्सिलोनामा सन २०१४ मा भएको मोबाइल वल्र्ड कंग्रेसमा लाई–फाईको पहिलो व्यापारिक प्रदर्शन गरिएको थियो । घरमा प्रयोग हुने एलइडी बत्तीहरुले द्रूतगतिमा इन्टरनेट सेवा लिन सहयोग गर्न थालेपछि ‘वाई–फाई’लाई धेरैले बाईबाई भन्नेछन् । अनि घर–घरमा हुनेछन् ‘लाई–फाई’ । लाईफाईले सन २०१८ सम्ममा प्रतिवर्ष ६ खर्ब अमेरिकी डलर कमाउने लक्ष्य लिएको छ ।
#LIFI
Subscribe to:
Comments (Atom)








