 |
Interaction program about OBC at Rajdhani Kathmandu . Various Cast of Madheshi are Given their speech on this program. Photo : Dinesh Yadav |
 |
| Participants of OBC community . Photo : Dinesh Yadav |
मधेसीले अधिकार नपाए बन्दुक उठाउने चेतावनी त्यस क्षेत्रका ४० जातजातिका अगुवाहरुले चेतावनी दिएका छन् । वर्षौदेखि उपेक्षित, पीडित, शोषित, दमित र उपेक्षित भएर बसेपनि अब चाहीँ अधिकार लिएरै छाड्ने उनीहरुले बताए । राजधानीमा शनिबार आयोजित ‘संविधानमा पिछडावर्ग(ओबीसी) को अधिकार’ विषयक अन्तक्र्रियाका अधिकांश सहभागीहरुले राज्यले अहिंसाको भाषा नसुन्ने भएकाले विद्रोह गरेर भएपनि आफ्नो अधिकार लिएरै छाड्ने उद्घोष गरे । सत्ताधारी नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री रामचन्द्र पौडेल, एमाओवादीका कृष्णबहादुर महरालगायतका नेताहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा महिला अधिकारकर्मी इन्दिरा साहले भनिन्, ‘मधेसको जनसंख्यामा दुई तिहाई भाग आफूहरुको रहेकाले अबपनि अधिकारबाट राज्यले बञ्चित गरे विद्रोह गर्छौ , बन्दुक उठाउँछौ । ’ उनले वानेश्वरस्थित संविधानसभा भवन अगाडी एक–दुई वर्षअघि मात्र घन्टी र शंख बजाएकै आधारमा केही समूदायले संविधानमा सम्पूर्ण अधिकार पाएको तर हामी १४ वर्षदेखि अहिंसक आन्दोलन जारी राख्दा पनि राज्यले नसुनेको गुनासो उनले गरिन । भनिन्, ‘अब बन्ने संविधानमा हाम्रो हक, अधिकारको सुनिश्चिता होस् भन्ने चाहेका छौं, हामीलाई जनसंख्याका आधारमा हरेक निकाय र तप्कामा आरक्षणको व्यवस्था होस , त्यो नभए विद्रोहको विकल्पमा जान हामी बाध्य हुन्छौ । ’ उनले मधेस भनेको पिछडा वर्ग हो र पिछडा वर्ग भनेको मधेस भएकाले यो या त्यो नाममा मधेसीलाई अधिकारबाट बञ्चित गराउन नपाउने बताइन । ‘प्रजातन्त्रपछि लोकतन्त्र आइसकेको अवस्थामा पनि हामीलाई दोस्रो दर्जाको नागरिक सरह व्यवहार राज्य र त्यसको संचालकहरुबाट किन’ साहको प्रश्न थियो । गमलामा उमारिएको फूलमा पानी हालेर शुरु भएको अन्तक्र्रियामा पिछडा वग(ओबीसी)का अध्यक्ष कौशलकुमार सिंह(कुशवाहा) ले कार्यपत्र प्रस्तुत गर्दै भने, ‘हामीले मुलुकको ५० लाख आबादी भएको जनताको मागसहित वर्षौदेखि संर्घषरत छौं , तर राज्यले हाम्रो एउटा पनि मागलाई सुनेन । अब पनि हामीलाई सुनिएन भने विद्रोह गर्ने अधिकार हामीसंग छ । ’ उनले अन्तरिक संविधानमा पनि ओबीसीलाई आरक्षण दिइएन अब बन्ने संविधानमा पनि पिछडावर्गलाई सम्बोधन गर्ने स्थिति नदेखिएमा दुखेसो पोखे । ‘हाम्रो बाउबाजे बेरोजगार थिए, हामीले पढेलेखे पनि बेरोजगार गर्छौ, हाम्रा बालबालिका पनि अगामी दिनहरुमा बेरोजगार बस्नु पर्ने स्थिति राज्यले सिर्जना गर्दैछ, त्यसप्रति सचेत गराउन यो कार्यक्रमको आयोजना गरिएको हो ’ उनले भने, ‘हाम्रा अनुहारलाई संधै गरीबको अनुहार भनियो, यसलाई विदेशमा लगेर भजाउँनेहरु पनि धेरै निस्किए, तर हामी संधै मजदूरी गर्नमा मात्रै सीमित भएका छौ । त्यसैले राज्यले हामीसंग विगतमा गरेको सम्झौता मान्दैन भने हामी पनि संविधान मान्दैनौ, जलाउँछौ । ’ लोकदलका राष्ट्रिय अध्यक्ष समेत रहेका सिंहले आफूहरुलाई २० प्रतिशत आरक्षण चाहिएको बताए । भने, ‘त्यो आरक्षण पूव प्रधानमन्त्रीकी पत्नी आरजू देउवा, पूर्वप्रधानमन्त्री की छोरी सुजाता कोइराला र कांग्रेस की अर्का नेतृ चित्रलेखा यादव ले पाएको जस्तो होइन , सामाजिक, आथिक र शैक्षिक रुपमा पछाडि परेका ओबीसीका मानिसका लागि त्यो व्यवस्था हामीले चाहेका हौं । ’ उनले थपे, ‘धर्मको नाममा मुस्लिमलाई आरक्षण दिने व्यवस्था अगामी संविधानमा गरिँदैछ , म भन्छु त्यो मुस्लिम समुदायसंग ठूलो धोका हो , आरक्षण कुनै धर्मको आधारमा होइन जनसंख्याको आधारमा दिइनु पर्छ । धर्मका आधारमा पाइने आरक्षण दिगो हुँदैन । किनभने नेपालमा अन्य धर्मावलम्बीहरु पनि छन् भोली ती सबैले धार्मिक आधारमा आरक्षण मागेमा पहिले व्यवस्था गरिएको आरक्षण पनि गुम्ने खतरा छ । ’ कार्यक्रममा खुदरा पान व्यवसाय संघका अध्यक्ष मुन्ना गुप्ताले ओबीसी कुनै एकल जातिसंग सम्बन्धित नभएकाले उनीहरुलाई जातिय समूहको नाममा परिभाषित गर्न नमिल्ने बताए । ‘हाम्रा लागि ३ ‘न’ (नीति, निर्देशन र नेतृत्व) पूर्वाग्रही भएकाले हामी संधै विभेदमा परेका हौ र मुलुकले पनि सही दिशा नलिएको हो ’ उनले भने, ‘हामी नेपालभरी ५५ हजार पान व्यवसायी छौ तर पानको पात इण्डियाबाट सुपारी विदेशबाट ल्याउन बाध्य छौ । सरकारले हामीलाई अनुदान दिएर यो व्यवसाय संचालन गर्न सहयोग गर्नुपर्छ । ’ अर्का वक्ता कुम्हार समाजका अध्यक्ष ईश्वर पण्डितले दानमा मागेको कुरोको कुनै मूल्य नहुने भएकाले चार दलको वर्तमान सिण्डिकेट तोड्दै मधेसीहरु आन्दोलनमा जानुपर्ने बताए । ‘हामीलाई सन्तोष नगराई संविधान जारी भए त्यसलाई च्याती दिन्छौ, जलाई दिन्छौ, मिल्काई दिन्छौ ’ शिक्षक समेत रहेका पण्डितले भने, ‘हामीलाई कमजोर कसैले नठानोस्, मधेस विद्रोहले राज्यलाई विगतमा सुकाएको इतिहास साक्षी छ, हामीले आन्दोलनबाटै आफ्नो अधिकार सुनिश्चित गर्न सक्छौं । ’ कार्यक्रमका अर्का वक्ता मधेसी शिक्षक समाजका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा दलित आयोग, महिला अयोग, आदिवासी जनजाति प्रतिष्ठान, मुस्लिम आयोग राज्य बनाउन सक्छ भने मधेसी आयोग बनाउन किन कन्जुसाई गरेको प्रश्न गरे । ‘संविधान जारी गर्ने हतारोमा चार दल रहेकाले त्यसको परिणाम भविष्यमा अति दुखद हुने छ ’ उनले भने, ‘धर्मका बारेमा पनि प्रमुख दलहरुले खिचडी पकाइरहेका छन् , पहिले धर्मनिरपेक्ष, त्यसपछि धर्म सापेक्ष र अहिले धार्मिक स्वतन्त्रताको कुरो गर्नु राज्यमा धामिक जेहादको विज रोपन गरिरहेको छ । किनभने हामी जस्तो बहुधार्मिक भएको मुलुकमा कुनै एक गाउँमा मुस्लिमले धार्मिक स्वतन्त्रताको नाममा गाई काट्यो र त्यही अर्को धर्म मान्नेले सुंगुर काट्यो भने धार्मिक हिंसा हुन सक्छ । यसप्रति जिम्मेवार राजनीतिक दल समयमै सचेत हुन जरुरी छ । ’ सद्भावना पार्टीका महासचिव मनिस सुमनले प्रमुख तीन दलले मुलुकलाई संविधान दिने नाममा नाटक मञ्चन गरिरहेको आरोप लगाए । उनले मधेसीसंग बेइमानी भइरहेको बताउँदै अहिलेको अवस्था आखाँ बन्द डिब्बा गायबको अवस्था रहेको जनाए ।
 |
| कैप्शन जोड़ेंParticipants of OBC community . Photo : Dinesh Yadav |
‘हाम्रो भाषा, जाति र भूगोलसंग विभेद गरिएको छ , त्यो वर्षौदेखि जसरी जारी थियो , आजपनि फरक शैलीमा त्यो राज्यसत्ताबाट कायम छ, त्यसलाई चिर्न अब आन्दोलनको विकल्प छैन ’ उनले भने , ‘मधेसी एनआरएनले नेपालको नागरिकता पाउने स्थिति छैन, किनभने संविधानमा ‘नेपालीमूल’लाई त्यस्तो व्यस्था गरिने उल्लेख गरिदैछ । पवन चामलिंगको छोराले नागरिकता पाउने तर मधेसीले नागरिकता नपाउने स्थिति आउँदैछ । हामीलाई अधिकार सम्पन्न बनाउ भन्दै अहिले फरियाद मात्रै गरिरहेका छौ । यो नसुनिए प्रचण्डको बन्दुक उठाउन पनि हामी स्वतन्त्र छौं । ’कार्यक्रममा चौरसीया समाज, बरही समाज, नुनिया समाज, धानुक केवट समाज, यादव समाजलगायतका ४० भन्दा बढी जातिय संघसंस्थाका प्रतिनिधिहरुले आ–आफ्नो भनाई राखेका थिए ।
पिछडावर्ग अन्तर्गत मधेसका ४० जातजातिहरुमा कुशवाहा, कुर्मी, कुम्हार, कहार, केवट, कानु, कलवार, कमार, तेली, नुनिया, बनिया, बरई, बरही, भेडिहार, माली, मल्लाह, मुस्लमान, यादव, राजभर, राजधोब, रौनियार, लोहार, लोध, सुडी, सोनार, हजाम, हलुवाई, अमात, केवरत, बिन्न, जोगिया, कलाल, कमलापुरी, वैश्य, पटनवार, कलबञ्ज, बोट, कथबनिया, चनौउ, कमकर, लहेरीलगायतका रहेको ओबीसीको दस्तावेजहरुमा छ ।