दिनेश यादव
‘.......म पूर्ण स्वस्थ्य छु, बरू देशको स्वास्थ्यको बारेमा चिन्ता छ, हामी सबै मिलेर देशको स्वास्थ्य राम्रो बनाउन लागि परौं । स्वास्थ्यमा केही गडबडि देखिएपछि चा“डै निको होस् भनेर म हतारमा जापान आए करीब तीन करोड नेपालीको शुभेच्छाले म पूर्ण स्वस्थ्य रहेको रिपोर्ट पाए“ ।’ गणतन्त्र नेपालका प्रथम राष्ट्रध्यक्ष रामबरण यादवको भनाइ हो यो । केही महिनाअघि जापानमा आफ्नो स्वास्थ्य परिक्षणपछि टोकियोमा आयोजित कार्यक्रममा यी भनाईहरू राखेका थिए ।

उनको उपचारबारे धेरै टिक्काटिप्पणी भयो । धेरैले स्वदेशमै राष्ट्रप्रमुखले स्वास्थ्य सेवा लि“दा राम्रो हुनेथ्यो भन्ने तर्क गरेका थिए । तर, यो तर्क नया“ भने थिएन । राष्ट्रप्रमुखको हैसियतले विदेशमै उपचारका लागि हानिनेमा राष्ट्रपति यादव एक्लो पनि होइनन, थिएनन् । दुर्भाग्यनै भन्नु पर्ला नेताहरूको उपचारका लागि स्वास्थ्य संस्था र चिकित्सक नेपालमा अझै पनि बन्न सकेको छैन, नत्र उनीहरूले पनि आफ्नो उपचार यही“ गराउ“थे होलान । त्यसैले त केही अपवादलाई छाडि दिने हो भने अधिकांश बाहिरै हु“इकिने गरेका हुन । नेपाल अहिले बुढा र रोगी नेताको हातमा छ । यहा“ क्रियाशिल अधिकांश राजनीतिक दलका नेताहरु रोगी छन्, उपचार गराउन विदेश जाने हैसियत राख्छन्, त्यो पनि राज्यको सुविधामा । जुन देशको नेतृत्व गर्ने नै रोगी छन, त्यो मुलुक उभो कसरी लाग्न सक्ला ? राष्ट्रपतिदेखि प्रधानमन्त्री, मन्त्री, दलका नेता, नेतृ, सभासदलगायतलाई कुनै न कुनै रोगले च्यापेको अवस्था छ । अधिकांशलाई निको नहुने रोग लागेको छ । कोहीलाई क्यान्सर, कोहीको मृगौला विग्रेको, केहीलाई मधुमेह त कसैलाई ब्लड प्रेसरले गा“जेको छ । फेरी ती सबैको उपचार यहा“ होइन विदेशमै हुने गरेको छ । कम पहू“च वाला नेता इण्डियासम्म पुगेर उपचार गराएका छन् । अमेरिका, सिंगापुर, व्याङकक, जापान समेत उपचारका लागि हाम्रा नेताहरु पुगेकै छन् । विरामी हु“दा उपचार जरुरी छ , तर राज्यले सेवा दियो भन्दैमा विदेशमै उपचार गराउने जुन परिपाटी छ, त्यो अत्यन्तै गलत हो ।
अर्को कुरो, मुलुककै संचालनको जिम्मेवारी बोकेका नेताहरु शारीरिक र मानसिक दृष्टिले स्वस्थ्य नभएपछि देश स्वस्थ्य कसरी हुन सक्छ ? उनीहरु अशक्त र विरामी भईरह“दा जनताको अपेक्षा उनीहरुबाट पुरा हुनै सक्तैन । मुलुकले गति पनि लिन सक्तैन । राजनीतिका चुस्तता, ठीक र फिटको अवस्था जरुरी हुन्छ । स्वस्थ्य नभएबाट स्वस्थ्य विचार र नीति कार्यान्वयन हुनै सक्तैन । त्यसैले त मुलुक अनिर्णयको बन्दी बनेको अवस्थामा छ । संक्रमणकाल लम्बिएको लम्बियै छ । दुई वर्षमा बन्नु पर्ने संविधान झण्डै छ वर्षमा पनि बन्ने छा“ट टाढा टाढासम्म देखिन्न । नेताहरु विरामी छन्, उपचारमा व्यस्त हुन्छन् । मानसिकत रुपमा थकित, रोगी र शारिरीक रुपले चंगा नभएकाहरुबाट ठोस निर्णय कहिले पनि हु“दैन । फलस्वरुप मुलुक पंगु नेतृत्वहरुको गोलचक्करमा फ“सेको छ ।
हाल नेपाली कांग्रेसका सभापति सुशील कोइराला मुलुकका प्रधानमन्त्री हुन् । तर उनी रोगी छन् । कोइरालालाई जिब्रोको क्यान्सर छ । अमेरिको न्युयोर्कस्थित क्यान्सर सेन्टरमा पुगेर त्यसको शल्यक्रिया गराइसकेका उनलाई पछिल्लो समय फोक्सोको क्यान्सरको समेत आशंका गरिएको छ । कोइरालाबाट देशले सक्षम नेतृत्वको सुखानुभूति कसरी गर्न सक्छ त ? त्यस्तै कांग्रेसमा दोस्रो पुस्ताका नेता भनिएका शेरबहादुर देउवा र रामचन्द्र पौडेल समेत रोगी छन् । पूर्व प्रधानमन्त्री देउवा पेट र उच्च रक्तचापको समस्याबाट पीडित छन् । उनी नियमित रुपमा सिंगापुरमा गई पेटको परिक्षण गराउने गरेका छन् । कांग्रेसका उपसभापति पौडेललाई लामो समयदेखि सुगर, प्रोस्टेट, ढाड र युरिक एसिडको समस्या छ । केही महिनाअघि उनको प्रोस्टेट र पायल्सको शल्यक्रिया गएको थियो । कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाको अवस्था पनि उस्तै हो । उनलाई मुटु सम्बन्धि रोग छ । हालैपनि उनको गंगालाल हृदय केन्द्रमा उपचार गराएका छन् । कांग्रेसकै गोविन्दराज जोशी, र चक्र बास्तोला समेत रोगले गा“जेका छन् । जोशी र बास्तोलालाई हवाई एम्बुलेन्सबाट भारत लगेर उपचार गरिएको हो ।
कांग्रेसलाई सत्तासिन बनाउन सघाउने एमाले नेता केपी शर्मा ओली पनि ‘गम्भिर’ विरामी छन । एमालेका संसदीय दलका नेता समेत रहेका उनको दुवै मृर्गौलाले काम नगरेपछि प्रत्यारोपण गरिएको छ । उनलाई मधुमेह पनि छ । पछिल्लो समय उनीमा छालाको संक्रमण ‘स्यालुलाइटिस’ समेत देखा परेको छ । भारतको अपोलो अस्पतालमा ओलीको मिर्गौला प्रत्यारोपण्ँ भएको थियो । त्यहा“ नियमित रुपमा उनी स्वास्थ्य परीÔण्ँ गराउ“दै आएका छन् । उनीमा युरिक एसिड, मधुमेह, रक्तचापलगायका रोगले समेत गा“जेको बताइन्छ । यता, एमाले अध्यक्ष झलनाथ खनाललाई रतन्धो छ । उनी राती अ“ध्यारोमा सहयोगीबिना हि“डडुलै गर्न सक्तैनन । उनलाई उच्च रक्तचाप र मुटुको पनि समस्या छ । उनीमा मिर्गौला र प्रोस्टेट समस्या पनि देखिएको छ । यसैगरि एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाललाई मुटु र फोक्सोमा समस्या छ । केही महिनाअघि निमोनिया र पिसाबमा संक्रमण भएपछि उनी अस्पतालमा भर्ना भई उपचार गराएका थिए । एमाले नेतृ सहाना प्रधान हृदयाघात पछि अस्पतालमा उपचारमा छिन् ।
सत्तारुढ दलका प्रभावशाली नेताहरु मात्रै विरामी र रोगी छैनन् । प्रतिपक्षका प्रमुख नेताहरु पनि रोगी छन् , नियमित औषधी सेवन गर्छन र चिकित्सकसंग परामर्श लिने गर्छन । ती मध्ये एक हुन, एमाओवादी सुप्रिमो पुष्पकमल दाहाल । उनी पनि स्वस्थ्य छैनन् । उनलाई उच्च रक्तचाप र मधुमेह छ । यी रोगको उनले नियमित औषधी खाइरहेका छन् । एमाओवादीकै वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई लामो समयदेखि रक्तचापको समस्या छ । उनी पनि नियमिति औषधी सेवन गर्दै आएका छन् । नेकपा–माओवादीका मोहन वैद्यलाई पनि रक्तचाप र दमको रोग छ ।
यी त भए गैर–मधेसवादी दलका केही रोगी नेताहरुबारेमा जानकारी । मधेसी नेताहरुको अवस्था पनि उस्तै छ । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर मुटुका रोगी हुन । दुई वर्Èअघि भारतको दिल्लीमा उनको मुटुमा पेसमेकर राखिएको छ । उनलाई उच्च रक्तचाप र मधुमेह पनि छ । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव मधुमेह रोगले पीडित छन् । उनीपनि नियमित औषधी सेवन गर्छन । तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवलाई पनि मधुमेह छ । उता तराई मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारी पनि स्वस्थ छैनन । उनलाई मधुमेह र उच्च रक्तचाप रहेको बताइन्छ । सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले मधुमेह र उच्च रक्तचापको औषधी नियमित सेवन गर्छन् ।
विरामी भएका केही नेताहरुको उपचार खर्च राज्यले गरिदिने गरेको छ । यी उपचारमा लाखौ खर्च भएका छन् । पछिल्लो समय एमाले नेता ओलीको उपचारमा लागेको करीब एक करोड १६ लाख ३५ हजार रुपैया राज्यले बेहोरेको छ । त्यस्तै कांग्रेस नेता गोविन्दराज जोशीको उपचारका लागि पनि सरकारले २७ लाख ८० हजार रुपैया निकासा गरिसकेको छ । यी दुई त प्रतिनिधि उदाहरण मात्र हुन । नेताहरु विरामी हुने बित्तिकै राज्यको सुविधा लिन खोजेको प्रशस्तै उदाहरण छन् । अझ विरामी नै नभएका पुरुष नेताहरुले राज्यको ढुकुटीबाट सुत्केरी खर्च समेत लिएको उदाहरण पनि छ । नेता विरामी हु“दैनन भन्ने होइन , तर विरामीकै नाममा सरकारी रकम कुम्लयाउने कार्य चाही गलत हो । (युवा डट कम मासिक पत्रिकाको २०७१ को असार, वर्ष – ६, अंक– ४ मा प्रकाशित)

No comments:
Post a Comment