तीन धारमा मधेसी नेता
 |
| Bijaya Gachhadar |
 |
|
|
मधेसी दल र त्यसका नेताहरु चौथो ठूलो राजनीतिक शक्ति बन्ने होडमा विभाजित झै देखिएका छन् । स“धै शक्ति केन्द्रहरुको गोटी बनेको आरोप पटक–पटक खेपेका उनीहरु पार्टी एकिकरणका नाममा पछिल्लो समय तीन खेमामा बा“डिएका छन् । सबैमा एउटा साझा रोग देखिएको छ, त्यो हो एकले अर्काको नेतृत्व अस्वीकार गर्नु । एउटा खेमाको नेतृत्व विजयकुमार गच्छदार, अर्कोको महन्थ ठाकुर र तेस्रोको चाही“ महेन्द्रराय यादवले गरिरहेका छन् । तीन खेमा जोडतोडका साथ आफ्नो हैसियतलाई एकिकृत भई शक्तिशाली बनाउने दाउमा रहेका छन् । ठाकुर नेतृत्वमा केही दलहरुबीच हुने भनिएको एकिकरण बाह् शक्ति केन्द्रको दबाबमा भइरहेको स्रोतले बतायो । ‘ मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोमाथि तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई स्वीकार्नै पर्ने दबाब परेको छ ’स्रोतले भन्यो, ‘शक्ति केन्द्रले फोरम नेपालका अध्यक्ष यादवलाई ‘ड्यामेज’ गर्ने उदेश्यले यी तीन पार्टीबीच एकीकरणको सूत्र अघि बढाएको हो । ’ यसको संकेत यादव र महतोले पाएपछि बहुअध्यक्षीय प्रणालीमा जाने प्रस्ताव गरेको बुझिएको छ । तर, यो कुनै पनि हालतमा हुन नदिने जोड शक्ति केन्द्रबाट भइरहेको छ । एकीकरणका लागि बनेको तीन दलिय कार्यदलका एक सदस्यले भने, ‘फोरम नेपालका अध्यक्ष यादवलाई कुनैपनि हालतमा एकिकरणबाट बन्ने पार्टीको अध्यक्षमा स्वीकार गर्न नसकिने मनस्थितिमा कार्यदलका बहुमत नेताहरू छन् । यसमा उक्त पार्टीकै केही असन्तुष्ट नेताहरु पनि लागि परेका छन् । ’
 |
| Mahanth Thakur |
‘‘एकीकरणमा जसरी पनि जाने
हाम्रो बाध्यता र मधेसी जनताको चाहना भएकाले हामी केही समयका लागि भएपनि
एकताबद्ध भएर अघि बढ्ने मनस्थितिमा छौ । ’’
सद्भावना पार्टी अध्यक्ष महतोले मधेस केन्द्रित तीन दलबीच एकीकरण हुने निश्चित भएपनि यसमा आफूहरुको केही ‘रिजर्भेसन’ पनि रहेको बताए । ‘अन्तर पार्टी कार्यदललाई यसको जिम्मा लगाइएको छ , निर्णय अझै हुन सकेको छैन ’ पूर्व मन्त्री समेत रहेका महतोले भने, ‘तर अमूक एक व्यक्ति अध्यक्ष रहनेगरि एकीकरण फलदायी नहुने ठम्याई हाम्रो छ । त्यसैले हामी दीर्घकालिन पार्टी एकीकरणको पक्षपाती हौ । शक्ति संचयका लागि मात्र हाम्रो एकीकरण केन्द्रित छैन । मधेस र मधेसीको मुद्दाहरु सम्बोधन कसरी गर्न सकिन्छ भन्नेमा नै हामी केन्द्रित छौ । ’ यसैबीच, फोरम नेपालका अध्यक्ष यादवले समानुपातिक तर्फको सूचीमा राखेर सभासद नबनाइएकाहरु उनलाई अल्पमतमा पार्ने रणनीति बनाइरहेको स्रोतले बतायो । यता, तमलोपाका वरिष्ठ उपाध्यक्ष तथा पूर्व मन्त्री ह्रयदेश त्रिपाठी पनि फोरम नेपाल, तमलोपा, सद्भावना पार्टीबीचको एकीकरण सार्थक र दिगो हुनै नसक्ने टिप्पणी संचार माध्यम मार्फत् सार्वजनिक गरेर एकिकरण अभियानलाई फिक्का बनाइदिएका छन् । पहिले उनकै नेतृत्वमा तमलोपाले दोस्रो संविधान सभाको निर्वाचनअघि मधेस केन्द्रित दलहरूबीच एकीकरणको प्रयास थालेको थियो । तर, फोरम नेपाल र सद्भावना पार्टीले यसमा ‘अब्जेक्सन’ गरेपछि त्यो त्यतिकै तुहिएको थियो । अहिले फेरी थालिएको एकीकरण प्रयासबाट उनी भने सन्तुष्ट नरहेको
 |
| Upendra Yadav |
तमलोपाका एक केन्द्रिय नेताले कान्तिपुरसंग बताए । ‘हाम्रा पार्टीका निष्कलंक अध्यक्षलाई सबैले स्वीकार गर्नै पर्ने वातावरण बन्दै गएको भएपनि केही केन्द्रिय पदाधिकारीले यसप्रति असन्तुष्टि व्यक्त गरेको सा“चो हो ’ ती नेताले भने, ‘तर एकीकरणमा जसरी पनि जाने हाम्रो बाध्यता र मधेसी जनताको चाहना भएकाले हामी केही समयका लागि भएपनि एकताबद्ध भएर अघि बढ्ने मनस्थितिमा छौ । ’
तमलोपा, फोरम नेपाल र सद्भावना पार्टीबीच भइरहेको एकिकरणमा विजयकुमार गच्छदार, महेन्द्र राय यादव, अनिलकुमार झालगायतलाई समावेश गर्न नसकिने अडान तीन पार्टीका नेताहरुको छ । उनीहरुले गच्छदार, यादव, झालगायतले पार्टी फोडेर नया“ दल बनाएको भन्दै संगै बस्न नसकिने बताइरहेका हुन् । फोरम नेपालका अध्यक्ष सहित केही नेताले लोकतान्त्रिक फोरमका गच्छदार, गणतान्त्रिक फोरमका राजकिशोर यादवलगायतलाई पार्टी एकीकरणमा स्वीकार्नै नसकिने भनाई पटक–पटक राख्दै आएका छन् । तमलोपामा पनि त्यस्तै अवस्था छ । उक्त पार्टीले महेन्द्रराय आफूहरुबाटै अलग्गिएकाले उनलाई आफूहरुमा समेट्न नसकिने बताइरहेको छ । यसैगरि अनिलकुमार झालाई सद्भावनाका नेताहरुले स्वीकार गर्ने अवस्था छैन । त्यसैले अहिले तीन धारमा मधेस केन्द्रित दल विभाजित भएको हो । यीनीहरुबीच दुरी पनि त्यतिकै बढ्दो छ । प्रमुख तीन दलले अहिले चौथो
 |
| Mahendra Yadav |
शक्तिका रुपमा मधेस केन्द्रित दलमध्ये गच्छदार नेतृत्वलाई मान्यता दिएको छ । यो मान्यताबाट चिढिएका महेन्द्र राय अन्य साना दलहरुलाई समेटेर छुट्टै मोर्चा वा पार्टी एकीकरणमा जुटेका छन् । उनको यो अभियानलाई राजकिशोर यादव, अनिलकुमार झालगायतका साना दलहरूले साथ दिइरहेको छ ।
महेन्द्रको नेतृत्वमा रहेको तराई मधेस सद्भावना पार्टीका एक नेता भन्छन्, ‘हामी गच्छदारकै पक्षमा रहेपनि , उनी राजनीतिका चतुर खेलाडि भएकाले आफूहरु ओझेलमा पर्ने भएर छुट्टै विकल्पका लागि पनि प्रयास थालेका हौ, गच्छदारबाट विल्कुलै अलग भने भएका छैनौ । ’ स्रोतले भने तमसपाले गच्छदारसंग रकमका लागि वार्गेनिङ गरिरहेको बतायो ।
यो कुरोलाई तमसपाका नेताहरु अस्वीकार गर्छन । उनीहरु भन्छन्, ‘गच्छदारले समानुपातिक तर्फको सूचीमा धनाढ्यहरुलाई पैसाको बलमा सभासद् बनाए, आफूहरुसंग त्यो विकल्प थिएन, हामीले उनलाई नेता मान्दा ओझेलमा पर्ने सम्भावना छ ।
‘‘एकीकरणसंगै अगामी सरकारमा
समावेश हुने÷नहुने बहस पनि मधेस केन्द्रित दल र त्यसका नेताहरुमा शुरु भएको
छ । सरकारमा जानुपर्ने मनस्थितिमा लोकतान्त्रिक फोरम अग्रस्थानमा देखिएको छ
। ’’
त्यसैले गच्छदारलाई स्वीकार गर्दा त्यसका लागि ‘गिभ एन्ड टेक’ त हुनै प¥यो नि । यसका लागि हामीले रकम भने चाहेका होइन, आफ्नो पोजिशनलाई बलियो र मजबूत बनाउन मात्र खोजेका हौ । ’ मधेसी बुद्धिजीविहरुका अनुसार मधेसी दलहरु दोस्रो संविधानसभामा लज्जास्पद हार बेहोरेकाले जनता समक्ष जान डराई रहेकाले एकीकरणको नाटक मञ्चन गरिरहेका मात्र हुन् । यसैबीच एकीकरणसंगै अगामी सरकारमा समावेश हुने÷नहुने बहस पनि मधेस केन्द्रित दल र त्यसका नेताहरुमा शुरु भएको छ । सरकारमा जानुपर्ने मनस्थितिमा लोकतान्त्रिक फोरम अग्रस्थानमा देखिएको छ । उक्त पार्टीका महासचिव
 |
| Rajendra Mahto |
जितेन्द्र देवले सप्तरीमा आयोजित एक कार्यक्रममा आफूहरु सरकारमा जाने खुलासा गरेर सत्तासिन हुने संकेत गरेका हुन् । यता, सद्भावना पार्टी र तमलोपामा पनि सत्तामा जानुपर्ने दबाब कार्यकर्ताबाट भइरहेको छ । तर, यी दुई पार्टीका अध्यक्षहरु भने तत्काल सत्तामा जान नहुने अडान राखिरहेका छन् । फोरम नेपाल भने यो विषयमा अझै खुल्न चाहेको छैन । नेताहरुका यी र यस्तै गतिविधिहरूले मधेस जनविद्रोहबाट प्राप्त उपलब्धिहरु तुहेर जाने संभावना बढ्दै गएको मधेस मामिलाका जानकारहरू बताउ“छन् । पहिलो संविधानसभाबाट संविधान नबन्नुको प्रमुख कारण राज्य संरचना, शक्तिको बाडफा“ड, संघियता, राष्ट्रपति र प्रधानमन्त्रीको निर्वाचन नै प्रमुख विषय थियो । यो विषय अझैपनि ज्यू“का त्यू“ रहेकाले प्रमुख तीन दलका नेताहरुले भने जस्तो एक वर्षभित्रै दोस्रो संविधानसभाबाट संविधान बन्ने छा“ट निक्कै पर सम्म देखिदैन । पछिल्लो समय प्रमुख दलहरुमा सत्ताका लागि देखिएको दाउपेज र पार्टीका नेताहरुमा भईरहेको ‘अप्राकृतिक’ धु्रवीकरणले पनि संविधान समयमै जारी हुनेमा शंका सिर्जित भएको हो ।
‘‘गच्छदारले समानुपातिक तर्फको
सूचीमा धनाढ्यहरुलाई पैसाको बलमा सभासद् बनाए, आफूहरुसंग त्यो विकल्प थिएन,
हामीले उनलाई नेता मान्दा ओझेलमा पर्ने सम्भावना छ । त्यसैले गच्छदारलाई
स्वीकार गर्दा त्यसका लागि ‘गिभ एन्ड टेक’ त हुनै प¥यो नि । यसका लागि
हामीले रकम भने चाहेका होइन, आफ्नो पोजिशनलाई बलियो र मजबूत बनाउन मात्र
खोजेका हौ । ’’
संसदीय दलका नेताहरुको छनौटमा प्रमुख पार्टीहरुभित्र देखिएको गुट÷उपगुटले अगामी दिनहरु नेपाली राजनीतिका लागि सहज नरहेको पुष्टि हुन्छ । कांग्रेसमा झिनो मतान्तरले सभापति सुशील कोइराला संसदीय दलका नेता बनेका छन् । उनका लागि पार्टीभित्रै सशक्त प्रतिपक्षको भूमिकामा रहेका वरिष्ठ नेता शेरबहादुर देउवाले चुनौति दिइरहेका छन् । एमालेमा पनि केपी शर्मा ओली र वामदेव गौतमको एकताले राजनीतिक शक्ति सन्तुलन विग्रने संभावना प्रवल हु“दै गएको छ । एमाओवादीमा पनि त्यस्तै स्थिति छ । अझ यो पार्टीमा बैद्य पक्षसंग एकीकरणको विषयले चर्चा पाएको छ । यी र यस्तै गतिविधिले दोस्रो संविधान सभाबाट संविधान निर्माण प्रक्रियामा भन्दा पनि सत्ता कै वरिपरि राजनीति केन्द्रित हुने प्रष्ट भएको छ । फेरी राप्रपा नेपालको अड्को थाप्ने संकेत देखिनुले समस्या थप जटिल हुने पक्का छ । यस्तो अवस्थामा मधेस केन्द्रित दलको भूमिका अझ महत्वपूर्ण बनेको छ । मधेस केन्द्रित दलहरुले संविधान निर्माणमा सकारात्मक भूमिका निर्वाह गर्न ‘गुण र दोष’ का आधारमा सत्ताबाट टाढा रही सरकारको नेतृत्व गर्ने पार्टीलाई समर्थन र सहयोग
 |
| Rajkishor Yadav |
गर्नुपर्छ । मात्र पार्टी एकिकरणमा अल्झि“दा देशको विकास र निर्माण थप्प हुन सक्छ । यसले जनतामा निराशा र कुन्ठा बढ्नुका साथ अगामी दिन उनीहरुको साख झनै खस्किन सक्छ । समयमै चेत नखुले मधेसी दलका नेताहरु इतिहासका पात्र त बन्न सक्लान, सर्वमान्य नेता भन्ने बन्न सक्तैनन् । अन्त्यमा नेपालको राजनीतिमा दलहरुबीच सहमति र सहकार्य अनिवार्य, अपरिहार्य तथा अन्तिम विकल्प भइसकेकाले सबैलाई समेटेर अघि बढ्नुमै सबैको भलो छ । (मेरो यो आलेख कान्तिपुर कतार संस्करमा २०७० फेब्रुअरी ६ , पृष्ठ ४ मा प्रकाशित)
No comments:
Post a Comment