पुरुष नजिकै आउँछन् । उनको चाल–ढालले लाग्छ कि उनलाई युवतीको त्यहाँ उभिनुको कुनै मतलबै छैन । उनी ती युवतीप्रति कुनै ध्यानै नदिएको जस्तो देखिन्छन् । पाइन्ट–सर्ट लगाएका ती पुरुष पच्चीस–छब्बीस वर्षभन्दा बढी उमेरका सायद थिएनन् । ती युवक जब सहज भावबाट आफूतिर नहेरीकनै अगाडि हुइँकिन्छन्, तब युवतीको चेतना फर्किन्छ । तिनी आश्चर्य मान्दै युवकतिर हेर्न पुग्छिन् । तिनलाई यो लागिरहेको थियो कि ती युवकले आफूलाई यो अवस्था देखेपछि एकपटक सोधपुछ गर्लान् । अर्थात् कुनै किसिमबाट प्रतिक्रिया जनाउनेछन् । त्यो नभएपछि युवती केही बेर विचलित हुन्छिन् । टाउको पश्चिमतिर फर्काउँदै युवकलाई सम्बोधित गर्दै आफ्नोतर्फ ध्यान केन्द्रित गराउँछिन् । युवती– ‘हजुर, सुन्नुस् त ।’ युवक केही बेर यताउत्ति हेर्छन् कसैलाई आफ्नो अगाडि र पछाडि नदेखेपछि आवाजतिर आफ्नो मुन्टो उठाउँछन् । युवती– ‘म तपाईंलाई नै बोलाइरहेकी छु ।’ युवक– (युवक केही वेर आश्चर्यमा पर्छन् अनि सोच्छन्ः अनजान कुनै युवती नजिक एक्लै जानु उचित/अनुचित, सम्भवतः त्यही गुनधुन गर्न थाल्छन् । ) युवती– ‘यता आउनु न ?’ युवक– ‘के कुरो होला ?’ युवती केही नरम भावमा भन्छिन्, ‘तपाईं यता आएपछि पो त !’ युवक अलिक धकाउँदै युवतीको नजिक पुग्छन् । ती युवतीको आँखामा प्रश्नवाचक दृष्टिले हेर्छन् । युवती– ‘(आश्वस्त पार्दै) यहाँ कुनै प्रकारको शंका–उपशंकाको गुन्जाइस छैन । मलाई एउटा मात्र कुरो सोध्नु थियो ।’ युवक– ‘ए.. के कुरो ?’ उनी टासिँदै युवतीको अगाडि पुग्छन् । युवती अब फेरि आफ्नो आँखा पुलको तल कलकल बगिरहेको नदीको पानीमा दौडाउँछिन् र युवकलाई अझै नजिक आउन आग्रह गर्दै भन्छिन्, ‘भन्नुस् त यो नदी कत्ति गहिरो होला ?’ युवक पहिले त अवाक हुन्छन् । उनले त नापेको छैन, तर अभियन्ता हुन्, त्यसैले अनुमान लगाउन सक्छन् । सामान्य रूपमा युवतीलाई उत्तर दिँदै भन्छन्, ‘अँ.. यो बीस–पच्चिस मिटर त पक्कै होला ।’ युवती सोध्छिन्, ‘माथिबाट हाम फाल्दा यो नदीमा डुबेर मर्न सकिएला त ?’ युवक आश्चर्य मान्दै युवतीतिर हेर्छन् । केही बोल्दैनन् । लाग्छ, उसको मनमा केही द्वन्द्व चलिरहेको छ । के जवाफ दिऊँ या यस्तो प्रश्न किन सोधिन् । त्यत्तिकैमा युवतीले फेरि त्यही प्रश्न दोहोर्याउँदै भनिन्, ‘हजुर, भन्नु न । पुलबाट यो नदीमा हाम फालेर कोही मर्न सक्छन् ? ’ युवक एकपटक तल बगिरहेको पानीलाई निहार्दै युवतीमाथि आँखा टिकाउँदै भन्छन्, ‘अवश्य डुबेर मर्न सक्छन् । तर तपाईंले यो प्रश्न किन गर्दै हुनुहुन्छ ?’ युवती फेरि हेर्दै जवाफ फर्काउँछिन्, ‘यो कारणले कि म पुलबाट हाम फालेर मर्न चाहन्छु ।’ युवक अवाक पर्छन् । यी युवती किन मर्न चाहन्छिन् ? उनी पहिलोपटक केही स्थिर हुँदै युवतीतिर हेर्छन् । सुरुवाल–कुर्थामा सजिएकी सुन्दरी यी युवती पढे लेखेकी जस्तो पनि देखिन्छिन् । उमेर २०–२२ वर्ष होला । ज्यान फाल्ने त केही कारण पक्कै होला । उनी आफैं यन्त्रभावले घरबाट निस्केर जीवनलाई तहसनहस हुन छाड्ने संकल्पका साथ यत्ता आएका रहेछन् । संसारिक सुखभोग प्राप्तिबाट वितृष्णा उत्पन्न भइसकेको छ, उनलाई । त्यसको पनि कारण छ । सम्भव छ, पुलमाथि हाम फाल्ने निर्णय गर्ने युवतीको पछाडि पनि त केही बलियो कारण हुन सक्छ । युवक सोध्छन्, ‘तपाईं यस्तो सोच्न कसरी सक्नुहुन्छ ? युवती उत्सुक हुन्छिन्, ‘मतलब, म मरे तपाईंलाई किन चाँसो ? हो, म मर्न चाहन्छु । अब तपाईं जान सक्नुहुन्छ ।’ युवतीको यो रूखोपनबाट युवक आहत हुन्छन् । तर उनी सम्हालिन्छन् । मनभित्र यो भारी बोकेर उनलाई त्यहाँबाट हिँड्न मन लागेन । उनी आफ्नो पीडा केही समयका लागि बिर्सिदिन्छन् । युवती उनलाई रहस्यमय लाग्न थाल्छ । उनको भित्रसम्मै पुग्न आवश्यक ठानेर युवतीको रूखो व्यवहारलाई चटक्कै बिर्सेर फेरि प्रश्न गर्दै बस्छन्, ‘तपाईंको यो उमेरमा यस्तो खतरनाक निर्णयसम्म पुर्याउने बाध्यता केले दिलायो ?’ ‘तपाईंहरूले,’ आवेशमै युवतीले बोलिन् । यो कुरा भनिरहँदा उसको आँखा युवकको आँखासँग एकाएक जुध्न पुग्छ । र फेरि तत्कालै नदीको पानीमा भासिन्छ । ‘हैन,’ मैले त केही गरेकै छैन । भेटघाट पनि अकस्मात भयो । न कहिले देखेको न चिनेको । फेरि मेरो दोष कसरी ?’ ‘म तपाईंलाई मात्रै भनेको छैन । तपाईंको जुन जाति छ, पुरुष जाति, त्यसलाई भन्या हुँ । मेरो यो कठोर निर्णय गर्नुको पछाडि यस्तै पुरुषहरूले गर्ने अत्याचार हो ।’ युवकको जिज्ञासा झनै बढ्यो । उनी सोध्छन्, ‘कस्तो अत्याचार ?’ युवतीको घाँटी तलतिर तन्किएकै छ । उनी उत्तर दिन्छिन्, ‘जानुस्, तपाईं यो झमेलामा किन पर्नुहुन्छ ? कति राम्रोसँग तपाईं आफ्नो बाटोतिर लागिरहनुभएको थियो । बेकारै तपाईंलाई डाकेछु ।’ ‘ल, तपाईंले नजिक बोलाइहाल्नुभयो, कुरा पनि त भनिदिनुस् । जुन भारी बोकेर म हिँडिरहेको छु, त्यसमा केही नयाँपन होस् र मेरा भारी पनि केही हलुको होस् ।’ ‘त्यस्तो कुन भारी तपाईंमाथि छ ? कस्तो राम्रो त हुनुहुन्छ । ’ ‘मात्र यही कुरो छ आईमाईमा । आफूमाथि पर्यो भने पोखरी–जलाशय वा नदीमा डुबेर मर्न चाहन्छिन् । र जब पुरुषमाथि जुल्म हुन्छ, तब उनको रूप–रंगमाथि ध्यान दिन थाल्छन् । छोड्नुस् मेरो कुरो, पहिले तपाईं भन्नुस् ।’ ‘होइन, पहिले तपाईं भन्नुस् । म पनि बुझ्न चाहन्छु ।’ ‘त्यसो भए पहिले कसले बोलायो ?’ ‘मैले ।’ ‘कुरो कसले अगाडि बढायो ?’ ‘मैले ।’ ‘त्यसो भए कुरा कसले फर्साउने पहिले ?’ ‘कुरो त ठीकै हो । भन्न त मैले नै पर्छ ।’ युवक अब आश्वस्त हुँदै भन्छन्, ‘जे होस्, तपाईंलाई ज्ञान त भयो । अब भन्नुस तपाईं यो भुतही नदीमा किन हाम फालेर ज्यान दिन चाहनुभएको थियो ?’ युवती अब केही थाकेको र हारेको जस्तो देखिएकी छन् । उनी एकपटक गहिरो नदीमा आफ्नो नजर दौडाउँछिन् । मुखमा आएको क्लान्त भावलाई स्थिर गर्दै थुचुक्कै रेलिङ तलको पटरीमा बस्छिन् । उता पुलमाथि छेउमा उभिएका युवक पनि केही नजिकिँदै युवतीकै छेउमा बस्छन् । दुवैको भित्र संषर्घ जारी छ । कुरो कहाँबाट सुरु गरौं भनेर । युवक, युवतीतिर गहिरो नजरले हेर्दै सोध्छन्, ‘के हो तपाइँको कथा, जो यस्तो दुःखद निर्णय गर्न पुग्नुभएको थियो ?’ ‘ठीक छ, म सुनाउँछु । तर मेरो निर्णय भने अटल छ नि । मेरा लागि अब कुनै अर्को विकल्प बाँकी छैन ।’ ‘पहिला भन्नुस् न त ?’ युवती भन्छिन्, ‘मेरो बुबा भोकभोकै बसेर मलाई मैट्रिकसम्म पढाउनुभयो । उहाँको मन थियो, छोरी सुन्दरी छँदै छिन, पढे–लेखेमा कम दाइजोमै विवाह भई घरजम भइहाल्छ । तर जब धेरै प्रयासको बाबजुद केटा पाउन सक्नुभएन, अत्यधिक दाइजो मागका कारण बुबा गलिसक्नुभएको थियो । मलाई लाग्यो कि मेरै कारणले बुबा गल्नुभयो, थाक्नुभयो, चिन्तित बन्नुभएको छ । त्यसपछि निर्णय गरें कुनै जागिर गरी घरखर्च चलाऊँ । विवाह त पछि गरे पनि भइहाल्यो नि । मैले जागिर पाएँ, एउटा कार्यालयमा । कार्यालय प्रमुख अविवाहित थिए । उनलाई मसँग काम गर्न मन पर्यो । मसँग हिमचिम बढाए । कुरो यतिसम्म पुग्यो कि हामी दुवैले विवाह गर्नुपर्छ भन्ने निर्णय गर्यौं । उनको प्रेमभाव देखेर म मन्त्रमुग्ध थिएँ । लाग्थ्यो कि अब थकित बुबाको अनुहारमा पहिलेझैं खुसी छाउनेछ । यस्तै चिन्तन–मननमा रमाइरहेको बेला एक रात उनको र मेरोबीच सबै औपचारिक सम्बन्धको अन्त्य भयो । अब तीन–चार महिना भइसक्यो । उसको बच्चा मेरो कोखमा आएपछि उनी मबाट टाढिन र तर्किन थाले । बिहे गर्नबाट मात्रै होइन, कार्यालयमा पनि गलत आरोप लगाएर नोकरीबाटै निकालिदिए । अब मलाई घरमा गएर यो कुरो भन्ने आँट छैन । बुबाको पुरानै निराश अनुहार फेरि देखिने त छँदैछ, गाउँटोलमा बदनामी हुने अर्को डर । त्यसैले पानीमा हाम फालेर आत्महत्या मात्रै मेरो परिणति बन्न पुगेको हो । म यहाँ त्यही गन्थनमन्थनमा उभिएकी थिएँ कि हाम फालेर पनि मर्न सकिएन भने अर्को बबाल हुन सक्छ ।’ युवक, युवतीको कथा सुनेर गम्भीर बन्न पुगे । उनको आफ्नो व्यथा ती युवतीको अगाडि झिनो लाग्न थाल्यो । उनी धेरै वर्ष विदेशमा गएर धन कमाएका थिए । आमा–बुबा र एउटी बहिनी मात्रै थिए । बुबाले ऋण काढेर कतार पठाएका थिए । दुई वर्षमा पैसा कमाएर घर फर्केपछि बिहे गरिदिए । चार–पाँच वर्ष खुबै रमाए श्रीमतीसँग । आमा–बुबाले रोकिरहेका थिए, अहिले नजाऊ भने । उनीहरूको मनसाय उनले पछि मात्र बुझे, त्यो थियो— दुलहीको कोख भरिएपछि छोरो विदेश जाओस् । तर पाँच–छ महिनामा केही भएन, ड्युटीमा गइहाले । कतारबाट मलेसिया गए फेरि दुवई पनि पुगे । पढेका थिए, राम्रो काम हात लाग्यो । फेरि दुई वर्षपछि आए । योपटक धेरै रकम कमाएर ल्याएका थिए । कर्जा त सकियो नै, पुर्खौली जग्गामा पक्की घर बनाए । घरलाई सजाए, पत्नीलाई गरगहनाको भारी नै बोकाइदिए । बिदा छ महिनाभन्दा बढीको थियो । यो छ महिमा सबैथोक गरे पनि श्रीमतीको कोख भर्न सकेनन् । आमाले धेरै ठाउँ दुहलीलाई लगेर झारफुक गराइन्, धामीझाँक्रीसँग पनि देखाइन् । केही फाइदा भएन । यसैबीच उनी फेरि विदेश हानिए । विदेशबाट श्रीमतीको नाममा पटक–पटक रकम पठाइरहेका थिए । उनलाई यो कुरोको कुनै भान थिएन कि चार वर्षसम्म कुनै महिलाले सन्तान नपाए कस्तो अवस्था हुन्छ । उनी रकम पठाइरहेकै थिए । श्रीमतीसँग फोनमा कुराकानी पनि नियमित भइरहेकै थियो । रंगीला गफगाफ गर्न भ्याएकै थिए । वृद्ध आमाबुबालाई पक्की घरमा आराम गर्नुको सुख । सबै आ–आफ्नै धुनमा मस्त थिए । श्रीमती भने एउटा अर्कै खेलमा रमाइरहेकी थिइन् । एक दिन उसले दिएको गरगहना र पठाएको जति सबै रकम लिएर गाउँकै एक अधबैंसे विदुरसँग गइन् । जब यो कुरो उनलाई थाहा भयो, उनलाई आकाशबाट भुइँमा खसेजस्तो भयो । उनले मालिकलाई आग्रह गर्दै तत्कालै गाउँ फर्कने भन्दै बिदा लिए । गाउँ आए । गाउँभरि हल्ला फैलियो कि उनीबाट कुनै सखा–सन्तान नभएपछि श्रीमती अरूसँग भागिन् । उनलाई यो कुराले निकै ग्लानि भयो । अर्को बिहे गर्दा पनि त्यही सहनुपर्ने भयो । उनले सहर पुगेर आफ्नो जाँच गराए, नतिजा जुन आयो, त्यसबाट पनि उनी निराश भए । चारैतिर अँध्यारो छाएको थियो । पृथ्वी नै पूरै घुमिरहेजस्तो उनले अनुभव गर्न थाले । तन स्थिर भए पनि उनको मन जति गर्दा पनि स्थिर हुनै सकेन । घर फर्किने आँटै उनले गर्न सकेनन् । उनी उतै बरालिन थाले । सम्भवतः उनी पहिलो पटक आफ्नो जीवनमा लक्ष्यविहीन बन्न पुगेका थिए । बाँचू वा मरूँ । र यही अवस्थामा यो पुलमा एउटी युवतीसँग भेट भएको थियो । युवतीले जब यो कथा सुनिन्, अवाक बन्न पुगिन् । मृत्युको मुखमा जाने निर्णय गर्ने यी दुई जनाको कथा उस्तै–उस्तै थियो । एउटा पुरुषसँग प्रताडित र अर्को महिलासँग विक्षिप्त । त्यसपछि के ? पुरुष उठ्छन् । महिला पनि उठ्छिन् । दुवै दक्षिणतिर मुख फर्काएर तल बग्दै गरेको नदीलाई हेर्छन् । दुवै हातले रेलिङलाई बलियोसँग समात्दै एक–अर्कालाई हेर्छन् । दुवैको आँखाबाट आँसुका धारा बग्न थाले । आँखा बन्द गरेर केही स्मरण गर्दै दुई खुट्टालाई नदीतिर फर्काएर दुवै एकैसाथ पानीमा हाम फाल्न खोजेको जस्तो देखिन्थ्यो । दुवैको कथा एकअर्कालाई उद्वेलित गर्छ । तर त्यसपछि के भयो, थाहा भएन । युवक, युवतीतिर हेर्छन् । आँखाले आफ्नो कथा एक–अर्कालाई बताइरहेको छ । दुवै पुलको माथिल्लो भागबाट खुट्टा र हात तल झार्छन् । उत्तरतिर मुख फर्काउँछन् । युवक आफ्नो दायाँ हात युवतीतिर बढाउँछन् । युवती बिनाहिच्किचाहटको हात अगाडि बढाउँछिन् । युवक उनको हातलाई दायाँ हातले दबाउँदै बायाँ हातले कस्दै पूर्व दिशातिर लाग्छन् । दुवैको अनुहारमा अन्न, धन, लक्ष्मी प्राप्त भएको खुसी छाउँछ । (मैथली कथासंग्रह ‘एन्टिवायरस’ बाट । अनुवाद : दिनेश यादव ।) https://ekantipur.com/koseli/2019/10/26/157206551735827382.html
Sunday, 31 August 2025
अन्न–धन लक्ष्मी
यो कथा रामभरोस कापडिको मैथिली कथासंग्रह ‘एन्टिवायरस’ मा प्रकाशित ‘अन्न–धन
लक्ष्मी’ को पत्रकार दिनेश यादवले गर्नुभएको नेपाली अनुवाद हो । यो कथा कान्तिपुर
दैनिकमा ९ कात्तिक २०७६ को कोशेली परिशिष्टमा प्रकाशित छ ।
-रामभरोस कापडि ‘भ्रमर’
कार्तिक ९, २०७६, कान्तिपुर (कोसेली)
कुनै एउटा राजमार्गको तल बग्दै गरेको जीवित नदीमाथि बनेको पुल । साठी–सत्तरी मिटर लम्बाइ हुनुपर्छ । तल हरियो–कञ्चन पानी बगिरहेको छ । एउटी युवती जो अत्यन्तै राम्री छिन्, सुरुवाल–कुर्थामा सजिएकी तिनी पुलको रेलिङ समातेर धेरै समयअघिबाट तल नदीको पानीतिर हेरिरहेकी छन् । अर्थात् तिनी पुलबाट तलको दूरी नापिरहेकी छन् । त्यसै बेला एक जना पुरुष पूर्वबाट पश्चिमतिर पुल हुँदै गइरहेका देखिन्छन् । युवतीले जब एउटा पुरुष आफूतिरै आइरहेको देख्छिन्, उनको अनुहारमा केही क्षणकै लागि भए पनि प्रसन्नता बिजुली चम्केको जस्तो भान हुन्छ । फेरि तिनी पुरानै कुरो तलको पानीतिर हेर्न थाल्छिन् ।
Subscribe to:
Post Comments (Atom)


मर्मस्पर्शी कथा ! @पंकज जी, जनकपुर ।
ReplyDeleteजौं नेपालीमे ई कथा ऐतैक दमगर रूपसँ प्रस्तुत अछि, जहन मैथिलीमे पढबाक भेटैयत त अउर स्वादिष्ट भ सकैत अछि । मैथिली कथाके स्वाद नेपाली भाषी पाठकके सेहो देबाक चाहि, ई प्रयास निक अछि । ●रामपवित्र ठाकुर, जलेश्वर , महोत्तरी ।
ReplyDeleteBudhwa Barad K Chaurgar Prastuti . Katha Padhi mon Prafullit va gel . Jay ho ! #######Ram Hari Mishra , Bhadrapur , Jhapa .
ReplyDeleteThis comment has been removed by the author.
ReplyDeleteOh ! Maithili me Padhbak Mon Bhagel ! Nepali me yetek bejod ta maithili me ......! Gazab aichhi . -Dinmani Jha 'Dinkar' . Balbhadrapur, Darbhanga .
ReplyDelete