♧♧♧♧♧♧♧
नसिब कहाँ उसे
जो है गरीब ।
♧♧♧♧♧♧♧
पेट की आग बुझती
ऊर्जा मिलती ?
निर्धनताएँ
चूल्हे की शत्रु बना
शैतान भूख ।
तर मलाई ‘#मधेशी’ कसैले भनेका थिएनन । त्यहाँका रैथाने राजबंशी, ताजपुरिया, गन्गाई, सन्थाललगायतका साथीलाई चाहीं ‘मधेशी’ भनेर सम्बोधन गरिन्थ्यो, त्यसताका । होली खेल्दा भने यी सबै परिचय हराउँथ्यो, तीन दिन मजाले खेलिन्थ्यो । पहिलो दिन कादो (हिलोपानी), दोस्रो दिन रंग र तेस्रो दिन अबिर । उमेर बढ्दै जाँदा मेरो होली खेल्ने तरिका र समूह फेरिए, फरक भए, तर हामी एकै थियौं ।
शिवगंजबाट एसएलसी सकाएर भारतमा लामो समयसम्म अध्ययनपछि २६ वर्षअघि राजधानी छिर्दा मेरो परिभाषा र परिचय एकाएक बदलियो , मलाई यहाँ #मधेशी बनाइयो । मलाई मधेशी भनेर बोलाउदा कति चोटी त धेरैसँग झगडै पनि गरें, रामधुलाई पनि खाइयो, कुटियो पनि । यी सब अतित भइसक्यो म बिर्सन चाहन्छु । तर राज्यले, खासगरी राजधानी केन्द्रित सत्ता (काठमाडौं) ले चाडबाडलाई पनि मधेशी र पहाडे भनेर छुट्याइ दिएको देख्दा म खिन्न हुन्छु, दुखी बन्छु । पहाड र मधेशमा एक–एक दिन विदा छुट्टाछुट्टै किन ?
सांस्कृतिक चाडबाडले देशका नागरिकहरुलाई एक आपसमा जोड्छ । राज्यले भने विभाजनको रेखा कोरी दिएको छ , किन ? मेरो गाउँ फकिरा सप्तरीमा जिउँदो होली (जितहा होली) अर्थात पहाडी समुदायले होली खेल्ने दिन नै प्रमुख रुपमा हामी होली खेल्छौ । होलिका दहनअघि नै हामी होली खेल्छौ । राजधानीको बासमा पनि हामी यसै दिन होली खेल्छौ । तर धेरैले सोध्छन्, ‘तपाईहरुको होली त भोली होइन, आजै किन खेल्नु भो ? ’ म अबाक हुन्छु, बोली फुट्दैन,जबाफ दिन सक्तिन । अनि मनमनै प्रश्न गर्छु , किन राज्यले नेपाली नागरिकलाई दुई धुंजामा बांडेको होला ? के होलीका अवसरमा दुई दिन सार्वजनिक विदा दिन सकिन्न ? होलीलाई के राष्ट्रिय पर्व बनाउन सकिन्न ? नेपाली जनताले विभाजित होली कहिलेसम्म मनाउने त ? .......बुरा न मानौं होली है।( नोट : यो सामग्री नौ वर्षअघि फेसबुकमा मैले लेखेको स्टेटसबाट साभार गरिएको हो।
जब तक तपती
चूल्हे की आग ।
♧♧♧♧♧♧♧
नसिब कहाँ उसे
जो है गरीब ।
♧♧♧♧♧♧♧
पेट की आग बुझती
ऊर्जा मिलती ?
निर्धनताएँ
चूल्हे की शत्रु बना
शैतान भूख ।
कीर्तिपुरको एउटा जुत्ता बनाउने पसलका साहुलाई सोधें - 'पार्टी वेयर सूज छ ?'
साहू : ''छ '
(मैले लगाएको स्पोर्ट सूज र मेरो अनुहार हेरेपछि) तिनले सोध्यो, ' कसका लागि हो ?'
म : 'बुवाको लागि हो । '
तिनले स्टोरबाट पुराना मोडेलका जुत्ताहरू निकाल्दै भन्यो,'
'बुढापाकाका लागि यिनै जुत्ताहरू अहिले चलनचल्तीमा छन् ।'
म: 'यी त पुराना मोडेल पो हुन्, नयाँ मोडेलहरू देखाउँनुस् न।'
साहु :(मेरो अनुहार हेर्दै), कहाँको पार्टीमा लगाउने ?'
म : 'बुझिनँ , साहूले के भन्नु भएको ?'
साहू : 'मैले भनेको यतैको पार्टीमा लगाउने हो या मधेशतिरको पार्टीमा लगाउने जुत्ता तपाईंलाई चाहिएको हो ?'
यो भनाईपछि एकछिन म अलमलिएँ ...! भने,' भूगोल अनुसार जुत्ता पनि हुने रै'छ, हो ?'
साहू: 'हो त नि ।'
म :'ए..ए..! त्यसो भए दुवै ठाउँमा लगाउन मिल्ने जुत्ता चाहियो ।'
साहू: 'कुन पोशाकका लागि: कोट,धोती-कुर्ता या पाइजामा कुर्ताका लागि ?'
म : (फेरी अलमलिदै), सबैमा फिट हुने जुत्ता साहूजी ।'
साहूले चुच्चो न चुच्चो कालो हिल जुत्ता र जालिदार लेदर स्याण्डल दुवै एकै चोटी मेरो अगाडि प्रर्दशनमा राख्यो ।
म : 'बुढापाकाका लागि चुच्चो हिल त मिल्दैन हौ, लगाउँदा लड्न सक्छन् ।'
साहू: 'यहाँ चल्ने यस्तै हो । त्यसो भए लेदर स्याण्डल नै लिनुस्-सबै पोशाक, सबै ठाउँको पार्टीमा लगाउन मिल्छ ।' यति भन्दै तिनले स्याण्डलको विशेषता एउटा मौसमविद्, जलवायूविद्, भूगोलविद् जस्तै व्याख्या गर्न थाल्यो ।
म केही छिन मौन बस्दै भने, 'म जुत्ता लिन आएको हूँ, लेडर स्याण्डल हैन ।'
साहू अझै भन्दै थिए,'मिलाएर दिन्छु लानु न ।'
म जुरूक्क उठें अनि सोधें, 'वरपर अरू पसल होला नि ?...'
यति के भनेको थिएँ,अब तिनी आर्थिक विश्लेषकको भूमिकामा पो पुगेछ । आर्थिक मन्दी, बजार-व्यापार स्खलनको अन्तहिन व्याख्यान दिन थाले छन् ।म तिनलाई बिचैमा रोक्दै भने, '....जे होस् यो मन्दी अवस्थामा पनि तपाईंले पुर्खौली पेशालाई टेको दिनु भएकोमा खुशी लाग्यो ।' मैले शुभकामना भन्न नपाउँदै तिनी एकाएक जंगिदै भने,' कुन र कसको पुर्खौली पेशा... ? के भन्नु भा'को.... ? म प्योर क्षेत्रीको छोरा हूँ । साथीभाईको संगतले जुत्ता बनाउन तिर लाग्या हूँ । तपाईंले सोचे जस्तो जातको म होइन, बुझ्नु भयो ....?'
साहूको शृंखलाबद्ध शब्दबाणबाट आजित म उम्किने बहाना खोजिरहेकै बेला तिनले भनेछन्, 'तपाईंलाई आफ्नो कुनै उत्पादन बेच्दिन ....!'
जुत्ता किन्न गएको म, एक जना व्यापारीबाट थरी-थरीको विश्लेषण, आक्रोस, कुन्ठा सुनेर घर फर्कें ।
'अमूक जातिसंग 'जोडिएको' कर्म, काम, पेशा, व्यवसाय अन्य जातिकाले गर्दा वा गरेमा के तिनले पनि जुत्ता बनाउने र बेच्ने यी साहू जस्तै आक्रोश र कुण्ठा पालेका होलान ?' 'के मन्दी बजारका व्यापारीहरू ग्राहक/उपभोक्त्तासंग यसरी नै पेश हुन्छन् ?' जिज्ञासा राखें !
#दिनेश_यादव
काठमाण्डौ (नेपाल)
२०८०फागुन २० आइतबार ।