Sunday, 13 February 2022

अश्कलाई गणपति देवी सम्मान

वर्ष २०७८ को 'गणपति देवी सेवा सम्मान' साहित्य सर्जक गोपाल अश्कलाई प्रदान गरिएको छ । उनी दुई दशक भन्दा बढी समययता भोजपुरी, नेपाली र हिन्दी भाषामा सामानान्तर रूपमा साहित्य सृजनामा सक्रिय छन् । गोरखापत्रका पूर्व प्रधान सम्पादक सीताराम अग्रहरिले आफ्नी आमा गणपति देवीकाे स्मृतिमा स्थापना गरेको उक्त सेवा सम्मानबाट यो वर्ष अश्क सम्मानित भएका हुन् ।
खुट्टामा चाेट लागि स्वास्थ्य लाभ गरिरहेका अश्कलाई उनको निवासमै पुगेर गणपति देवी सेवा सम्मान समितिको सह-संयाेजक मधुदेवी अग्रहरिले शाल ओढाएर सम्मान गरेकी हुन । अग्रहरिले दस हजार सय रुपैयाँकाे चेक पनि अश्कलाई सम्मान स्वरुप हस्तान्तरण हस्तान्तरण गरिन् ।
साे अवसरमा समितिका संयाेजक सीताराम अग्रहरिले आफू पत्रकार, साहित्यकार केही हैन आमाकाे कृपाले नै शब्द र सेवा महिमा सिकेकाे स्मरण गरे । अश्ककाे साहित्यिक देनकाे चर्चा गर्दै संयोजक अग्रहरिले सेवा हि परमाे धर्म लेखिएको सम्मानपत्र पढेर सुनाए ।
जवाफमा अश्कले आमाका नाममा प्राप्त पुरस्कार आफ्नो लागि प्रसादस्वरुप भएकाे टिप्पणी गरे । अश्ककी पुत्री पूजा शर्राफले भनिन्,' हामीले बा'काे कविता ध्यानले सुने/नसुने पनि हामीलाई थाहा छ, बा'के हुनुहुन्छ । ' माघ शुक्ल एकादशी अग्रहरिकी माताकाे पुण्य तिथि हाे। गणपति देवीका दुई पुत्र, दुई पुत्री छन् ।

Friday, 11 February 2022

‘शक्तिशाली’ जुजाना (POWERFUL ZUZANA)

दिनेश यादव
पहुँचबिना राजनीतिको शीर्ष स्थानमा पुग्न महिलालाई गाह्रो हुने मान्यता धेरैको छ । त्यसैले राजनीतिमा महिला सहभागिता बढाउन विभिन्न मुलुकमा आरक्षणको व्यवस्थासमेत गरिएको छ । पार्टी राजनीतिमा पनि नेतृत्व पंक्तिमा पुग्न पार्टी इकाईको तल्लो तहबाटै सक्रिय भई लागेको हुनुपर्छ । तर, स्लोभाकियाकी ४८ वर्षीया जुजाना क्यापुटोभा यी सबकी अपवाद हुन् । उनीसँग न राजनीतिको ज्ञान थियो न धेरै पुरानो पार्टीको सदस्यता नै । नागरिक अभियानमा सहभागी हुँदै उनी स्लोभाकियाकी प्रथम महिला र मुलुककै कान्छी राष्ट्रपति बन्न सफल भइन् । हो, उनीसँग वकालत पेसा गर्ने शिक्षा र सीप भने पक्कै थियो । समय र परिस्थिति बुझेर जनताको पक्षमा आवाज बुलन्द गर्दै उनले इतिहास रचिन् । अमेरिकी चर्चित पत्रिका ‘फोर्ब्स’ को पछिल्लो संस्करणमा उनी विश्वकै ‘शक्तिशाली १०० महिला’ सूचीमा आफूलाई पार्न सफल भइन् । सूचीमा उनी ८६ औं स्थानमा छिन् ।
जुजानाको जन्म २१ जून १९७३ मा ब्राटिस्लाभास्थित एक मजदुर परिवारमा भएको हो । नजिकैको सहर पेजिनोकमा बढिन्–हुर्किन्, जहाँ उनी आज पनि बसोबास गर्छिन् । आफू जन्मे, हुर्केको ठाउँप्रति उनको अगाध माया छ । उनी आफ्नो बाल्यकाललाई ‘खुला दिमाग भएको घर’ मा बितेको बताउँछिन् अर्थात् उनको परिवार प्रगतिशील विचारधाराको थियो । शायद त्यसैले उनको पछिको विकास एउटा वातावरणीय कार्यकर्ताका रूपमा हुन पुग्यो । पछि अन्य मुद्दामा केन्द्रित हुँदै नेतृत्वदायी भूमिकामा उनी पुगिन् । सन् १९९६ मा ब्राटिस्लाभास्थित कोमेनियस विश्वविद्यालयबाट कानुन संकाय (राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनमा विशेषज्ञता सहित) स्नातक गरेपछि उनले स्थानीय पेजिनोकस्थित सरकारी निकायमा केही समय काम गरिन् । अन्ततः उनी त्यहीँकी उपमेयर बनिन् । तर, उनको भविष्यको लक्ष्य स्थानीयस्तरमा अल्झिने थिएन । त्यसैले उनी आफ्नो मार्ग फराकिलो बनाउने सोचका साथ अघि बढिन् । सन् २००१ मा उनी एउटा गैरसरकारी संस्था (एनजीओ) मा आबद्ध भइन् । सार्वजनिक प्रशासन र बाल संरक्षणका मुद्दाहरूमा ‘ओपन सोसाइटी फाउन्डेसन’ सँग मिलेर काम गर्न थालिन् । सन् २००१ देखि २०१७ सम्म उनले भाया आइयुरिसका साथ काम गरिन् । उक्त संस्था कानुनी शासनको प्रवर्द्धन गर्ने र नागरिक अधिकार तथा समाजलाई समर्थन गर्ने नागरिक संगठनका रूपमा लोकप्रिय थियो ।
पछि मुलुकमा जारी भ्रष्टाचारविरुद्ध अभियानमा सक्रिय रहँदै सन् २०१९ को जूनमा उनले चुनाव जितेर स्लोभाकियाको राष्ट्रपतिको पाँचवर्षे कार्यकाल सुरु गरिन् । आफ्नो उद्घाटन भाषणमा जुजानाले न्याय प्रणालीमा सुधार गर्ने, दण्डहीनताको अन्त्य गर्ने र भ्रष्टाचारविरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गरिन् । यी मुद्दाहरू जन–जनसँग सरोकार राख्ने भएकाले मतदाताहरू उनीबाट प्रभावित भई उनको पक्षमा मतदान गरे । उनको विजयपछि धेरैले उनलाई ‘डेमागोगुरीको समुद्रमा एक्लो राजनीतिक आवाज’ को संज्ञा दिए ।
नागरिक अभियान र आन्दोलनले थोरै समयमा उनको परिचय चुलिँदै गयो । उनले आफूलाई पश्चिमा मुलुक समर्थक, युरोपेली समर्थक, उदारवादी, वातावरणीय कार्यकर्ता र अधिवक्ताका रूपमा स्थापित गर्न सफल भइन् । जुजानाका आलोचकहरूले उनलाई अभियानका क्रममा ‘अज्ञात ठिटी’ वा ‘बजारको उत्पादन’ वा ‘एक महिनाअघिसम्म हामीले उनीबारे नसुनेकी केटी’ भनेर प्रचार गर्थे । वास्तवमा जुजानासँग स्लोभाक राजनीतिको अनुभव फिटिक्कै थिएन, तर उनी निश्चित रूपमै एउटी अनुभवी अधिवक्ता थिइन् । जनअपेक्षित आवाज बुलन्द गर्ने एक कार्यकर्ता पनि उनी थिइन् ।
यसो त उनी चर्चामा आउनुका अन्य थुप्रै कारण छन् । तीमध्ये सन् २०१६ मा आफ्नै गृहनगरको एउटा विषालु ल्यान्डफिलविरुद्धको सफल नेतृत्व गर्नु पनि हो । त्यसपछि त उनी स्लोभाकियाकी ‘एरिन ब्रोकोविच’ उपनामले चिनिन थालिन् । किनभने उनले स्थानीय एक धनाढ्य भूमि डेभलपरविरुद्ध १४ वर्षसम्म संघर्ष गरेकी थिइन् । त्यस क्रममा उनले युरोपेली संघमा विरोध प्रदर्शन, मुद्दा दायर र मुद्दा लड्ने काम गरेकी थिइन् । यो अभियानले सन् २०१६ मा उनलाई प्रतिष्ठित ‘गोल्डमेन वातावरण’ पुरस्कारसमेत प्राप्त भएको थियो ।
त्यसलगत्तै त्यहाँको संसदीय चुनावमा एकपटक पनि सहभागिता नजाएको नयाँ राजनीतिक दल ‘प्रोग्रेसिभ स्लोभाकिया पार्टी’ की उपाध्यक्ष बनिन् । उनले प्रहरी र अभियोजकहरूलाई राजनीतिक प्रभावबाट हटाएर भ्रष्टाचारविरुद्ध लड्ने वाचाका साथ आफ्नो चुनावी अभियान थालेकी थिइन् । अझ त्यसताका खोज पत्रकार जान कुसियाक र उनका मंगेतर मार्टिना कुसिनरोभाको हत्या भयो । उक्त हत्याले राजनीतिमा भ्रष्टाचार मुद्दालाई सार्वजनिक चर्चाको अग्रपंक्तिमा पुर्‍यायो । यो मुद्दालाई क्यास गर्दै उनी कुसियाकको हत्याका कारण आफू राष्ट्रपतिको चुनाव लड्ने निर्णय गरेको उद्घोष गर्न पुगिन् । कुसियाकले त्यहाँका राजनीतिक अभिजात वर्गले गर्ने भ्रष्टाचारको पर्दाफास गर्थे ।
सन् २०१८ को फेब्रुअरीमा कुसियाकको गोली हानी हत्या गरिएको थियो । पाँच व्यक्तिमाथि हत्या आरोप लगाइएको थियो, जसमा सेन्टर–लेट पोलिटिकल पार्टी, स्मेरका साथ एकजना करोडपति पनि समावेश थिए । जुजानाले कुसियाकको हत्यालाई राजनीतिक मुद्दा बनाउँदै सरकारविरोधी प्रदर्शनहरूको नेतृत्व गरिन् । प्रदर्शनमा हजारौं मानिसलाई आकर्षित गर्न उनी सफल भइन् । भ्रष्टाचारविरोधी आन्दोलन देशव्यापी बन्यो । अन्ततः प्रधानमन्त्री र स्मेर नेता रोबर्ट फिको आफ्नो पद छाड्न बाध्य भए । यो उनका लागि ठूलो उपलब्धि बन्न पुग्यो । त्यसपछि जुजानाले समलैंगिक विवाह, गर्भपतन, शिशु काख लिने जस्ता जल्दाबल्दा मुद्दाको पक्षमा वकालत गर्दै युवा मतदाताहरूलाई आफूतिर आकर्षित गर्न सफल भइन् । चुनाव प्रचारका क्रममा उनले भन्थिन्, ‘एलजीबीटी काख लिनु बच्चालाई अनाथालयहरूमा छाड्नुभन्दा राम्रो हो ।’ गर्भपतनको पक्षमा आफ्नो मन्तव्य दिँदै भनेकी थिइन्, ‘गर्भपतनको निर्णय गर्नु महिलाको अधिकार हुनुपर्छ ।’ यी र यस्तै चुनावी मुद्दाहरूले उनलाई राष्ट्रपतिको कुर्सीसम्म पुर्‍याइदिए ।
नयाँ वर्ष २०२२ को अवसरमा देशवासीलाई सम्बोधन गर्दै राष्ट्रपति जुजानाले स्लोभाकियालीहरूले स्वास्थ्य संकटसँगै भविष्यमा कुनै पनि संकट टार्नका लागि एकजुट भई मानवताको पक्षपाती बन्न आग्रह गरिन् । ‘अहिले पनि आशा छ कि संकटले समाजलाई बलियो बनाउन सक्छ र मानिसलाई ती सामान्य कुराहरूको प्रशंसा गर्न अनुमति दिन सक्छ जुन उनीहरूले महामारीका कारण आनन्द उठाउन सकेका थिएनन्’ उनले भनिन्, ‘यो भनेको पहिलेको तुलनामा अझ राम्रो बन्ने मौका हो । कुनै पनि समाजमा संकटको व्यवस्थापन गर्न एकजुटकै आवश्यकता पर्छ ।’
अन्त्यमा, जुजाना सधै मुस्कुराइरहने स्वभावकी छन् । उनी राजनीतिमा उच्च पदमा त पुगिन् तर आफ्नो दाम्पत्य जीवनलाई विभिन्न कारणले निरन्तरता दिन सकिनन् । दुई छोरीकी आमा उनी श्रीमान्सँग सम्बन्धविच्छेद गरी छुट्टै बस्दै आएकी छन् । (एजेन्सीहरू) (Published on NARI Nepali Magazine in Magh 2078)
https://narimag.com.np/news/2022-01-21/20220118175135.html?fbclid=IwAR3BvT3xKFRro1ImoOIO-kLOx89BJV3pvot0PEFkMYWpgRm2d8ncAEJyVPI
https://narimag.com.np/author/%E0%A4%A6%E0%A4%BF%E0%A4%A8%E0%A5%87%E0%A4%B6+%E0%A4%AF%E0%A4%BE%E0%A4%A6%E0%A4%B5

Thursday, 10 February 2022

मैथिलीक' दुर्गति कियैक?

दिनेश यादव
आजू हम मैथिली आ मिथिलाके दशा आ दिशा पर बात कँ रहल छी । हम अपन एकगोट तित अनुभवसँ अई विषय पर चर्चक अनुमति मागैत छी - सन् १९८६–१९९५ धरि हम दडिभंगामे बितेलौहूँ । मारवारी कलेजसँ इन्टर कयलाके बाद बिहारके चर्चित आ धरोहर रहल सीम साइन्स कलेजमे बीएस्सी भौतिक शास्त्र (प्रतिष्ठा) मे नामांकन भेल । एही कलेज में श्रीरामपुर दरभंगा के विनोद मिश्र(विद्यार्थी) नेतासँ हिमचिम बढल । नेता साथी पाबी हम बढ हर्षित भेलौहूँ । एक दिन ओ कहलैत जे बाबा बैजनाथ चौधरी मिथिला राज्यके आन्दोलनक' लेल महाराजा लक्ष्मेश्वर सिंह मेमोरियल कलेजमें बैसार केने छथि , चलु हमसभ लोक । मैथिली के अपन मायके बोली ठानि हम हुनका संगे विदा भँ ओतए पहुँच गेलौहूँ। ओतेह, विद्यार्थी सभहक उपस्थिति निक रहन्हि । विनोद जी हमरा कहलैत जे आजुक बैसारमे बेसी बाभन भँ गेलैनि,अहॉ #ब्रह्माणेत्तर छी, प्रतिनिधिके रुपमे रह पडत । हम 'हा' कहि देलियै । तकर बाद विनोद जीके नेतृत्वमे सज्जन चौधरी, अवधेसकुमार झा, बच्चाजी झा , बौआजी झा, मनोरञ्जन ठाकुर, दिग्विजय झासहित बहुत रास मित्र लोकन्हि संगैह बेर–बेर मिथिला राज्यके लेल विद्यार्थी आन्दोलनमे सरिक भेलौहूँ । आन्दोलनक क्रममें बाबा बैजुसंग मात्र एक बेर साक्षात्कार भेल रहए । हुनक ओजपुर्ण अभिव्यक्ति आ जोशगर भाषण हमरा मोही लेले रहए ।
हम क्रान्तिकारी मिथिला आन्दोलनमे सक्रिय भँ गेलौहूँ । मुदा हमर क्रान्तिकारिता बेसी दिन नए टिकल, कारण जे ओतेह गैर–ब्राहमणके दोसर दर्जाके आदमी जका व्यवहार होमे लागल । तक्कर बाद हम कार्यक्रम सभमे जेनाइए छोडि देलौहूँ । मुदा मैथिली भाषाप्रतिके हमर मोह भंग नए भेल । हमर ई मोह आकाशवाणी दरभंगा दिशि बैढ गेल । ओतेह सँ प्रसारण होमेवाला कृषि कार्यक्रम मे खुरखुर भैइया के सुनैत रहौं, मैथिलीके गीतनाद हमर बड निक लागैत छल, अछि । बादमे खुरखुर भैइयाके कार्यक्रममे प्रतिक्रिया आ मैथिली गीतक फरमाईस पत्र पठबति छलौहूँ । ई क्रम आठ वर्षधरि जारी रहल । स्वदेश नेपाल फिर्ला के बाद राजधानी सँ प्रसारित एकटा एफएममे सेहो मैथिलीमे पत्र पढाबै लगलौं । इन्जिनियरिङ कलेजमे एकगोट मैथिली कविता गोस्टिके आयोजन नियमित रुपमे होइत रहए, ओहूमे हमर सक्रियता किछु दिन बढिया रहल । ओतेह मैथिलीमे गीतो गेने रही हम । २०५२ सालमे रेडिया नेपालमे मैथिली भाषामे गीत सेहो गेने रही हम । ओतैह किछ अउर मैथिली भाषी लोकसभसँ सम्पर्क बढ्ल । मुदा जतेक भेटल किछु अपवादके छोडि दिऔ त सभटा ठगे भेटल । ओकरा बाद हम अपन डेग रसे रस पछा करए लगलौहूँ । एही बीचमे वागमतिमे बहुत राश जल बहि चुकल छल ! नटवरलाल सभ सेहो बढि गेल छल,अछि । सभटाके अपनेटा मात्र सुझैय लागल छल ।
आजु २५ वर्ष बित गेल मुदा मिथिला आ मैथिली ठामेठाम अछि । हा एही क्षेत्रमे संचार माध्यममे बृद्धि के कारण प्रचारप्रसारमे बढोतरी जरुर भेल छई । किछु गैर–ब्राहमणके छोडि अतिबाद ब्राह्मणवादीसभ मैथिली आ मिथिलाके नाममे ठिकेदारीमे जुटल देख मोन कलुषित भँ जाएत अछि । आब फेर मिथिला आन्दोलनक बात भँ रहल अछि, मुदा हमर मनमे एकेटा जिज्ञासा सदैब रहलए जे कि मैथिली ब्राह्मणवादी सोच रखनिहार लोकन्हि के मात्र थिकैह ?, कि आन मिथिलावासी ओकर पछुवा मात्र थिकैह ? यदि नए, त एकैह जाति विशेषक परिहनके कियैक मिथिलाके शान ब्राह्मणवादीसभ मानि रहल छैक आ ओकेरे प्रचारमे कियैक अपन ऊर्जा फुँइक रहल छैक ? २५ वर्षके दौरानमे हमरा सम्पर्कमे आजुधरि दलित या शिल्पीकार, मुस्लिम समुदायके प्रतिभासभ मैथिली साहित्य आ आन विषयमे कियैक नए उभरिके आएल छैक? भँ सकैत अए जे हम गल्ति कही रहल छि ! मुदा ई एकटा यथार्थ आ यक्ष प्रश्न आजुक दिन मे मिथिलावासीके समक्ष मुँह बोने ठाड अछि । कि मैथिली आ मिथिला व्यापार करबाक सामग्री छी? किछु लोग एकरा अपन चाँदी कटाई के विषय बनाओत अछि । अन्तमे, मिथिला आ मैथिलीके जोडबाक अछि त ओछपन आ दरिद्र मानसिकता सबके त्यागि आगा बढए पडत , नई त मिथिलाके नाम पर नेमनचुस दए फुसलाबय बलासभके कोनो कमी नए छैक । सचेत आ सावधान रहि आगा बढि, जातिपातिके अलग राखि अग्रगमन दिशि जौ नए बढव त मिथिला माय हक्कन सदैब एहिना कानैति रहती । जय हो ।

Wednesday, 9 February 2022

मानसिक गुलामी (#Mental_slavery) !

१. एक जना प्रोफेसर ५ कक्षा समेत उत्तीर्ण नभएका पुरोहितसंग आफ्नो विवाहको साइत हेराउँछन् र त्यस बाफत् ५०१ रुपैयाँ भेटी चढाउँछन् ।
२. एक जना नासाका बैज्ञानिक जो डिग्री त पीएचडीका लिएका छन् तर अन्डर म्याट्रिक र असफल राजनीतिक नेताको अधिनमा रही आफ्नै समुदायविरुद्ध विष वमन गर्न ललाईत हुन्छन् ।
३. १० रुपैयाको नोट जलाउन नसक्नेले कसैको भनाईमा प्रतिकिलोग्राम १२ सय रुपैयाँ मूल्य पर्ने घिउ आगोमा जलाउँछन् ।
४. आफ्नो समाजभित्र रहेका गरीबी र अशिक्षा हटाउन नसक्ने बुद्धिजीविहरु मुर्खहरुको भनाई शिरोधार्य गर्दै आफन्तहरुको मृत्युभोजमा जातिय परम्परा र संस्कारको नाममा लाखौं रुपैया खर्च गर्छन् ।
५. शिक्षालयमा रहेको बेथिति हटाउन नसक्ने नेतारकार्यकर्तारसमाजसेवीले विद्यालय परिसरमा अमूर्त र अमूक मन्दिर बनाउँन लगाई वर्षेनी हजारौं रुपैयाँ होम, जाप र पूजापाठमा खर्च गर्छन् ।
६. जनताका प्रतिनिधिहरु आम जनजीवनलाई सहज बनाउने बाटोघाटो, स्वास्थ्यचौकी, विद्यालयलगायतका मूलभूत भौतिक संरचनामा ध्यान नदिई धार्मिक स्थलहरुको निर्माणमा लाखौं रुपैयाँ खर्च गर्न आतूर हुन्छन् ।
७. आफ्ना बालबालिकाको शिक्षादीक्षाका लागि आर्थिक अभाव देखाउँनेहरु हनुमान आराधना, रामायण पाठ आदिमा हजारौं रुपैयाँ खर्चिन तम्तयार रहन्छन् ।
८. एक शिक्षित अभिभावक जो छोरीलाई पढाउनुको साटो जन्मिने बित्तिकै उसको विवाहमा दिइने दाइजोको बन्दोबस्तीमा व्यस्त रहन्छन् ।
९. सहर केन्द्रित पढेलेखेका कथित अभियन्ताहरु आफ्ना विपक्षमा रहेका वा मन नपराउने व्यक्तिरनेतारपार्टीविरुद्ध तत्क्षणिक प्रतिक्रिया जनाउँदै आत्मरतिमा लिन हुन्छन् ।
१०. केही पढेलेखेका मानिस कसैको उक्साहटमा निश्चित भूगोलरक्षेत्रमा आफ्नो राजनीतिको रोटी सेक्न पटक–पटक अजेण्डाविहिन आन्दोलन गर्ने र वितण्डा मचाउँछन् ।
११. समाजका बुद्धिजीविहरु शासकबाट थप शोसित हुने प्रपञ्चमा आफूलाई समर्पण गर्नछन् ।
१२. आफूलाई अमूक विषयका विशेषज्ञ ठान्नेहरु पद र प्रतिष्ठाका लागि आफ्नै आमाको बलात्कार गर्न उद्धत् रहन्छन् , सामाजिक संजालमा शासकका पृष्ठपोषक बनी प्रस्तुत् हुन्छन् ।

Saturday, 5 February 2022

अलमलमा सीके राउत

एसके यादव
तराई मधेसमा किसान आन्दोलनको नेतृत्व गर्दै आएको जनमत पार्टी अहिलेसम्म आफ्नो राजनीतिक एजेण्डामा प्रस्ट नदेखिएको मधेस मामिलाका जानकारहरू बताउँछन् । कतिपयले सो पार्टीका प्रमुख सीके राउत सस्तो लोकप्रियताका लागि क्रियाशील हुँदै आएको टिप्पणी गर्न थालेका छन् । सरकारसँग ११ बुँदे सहमति गर्दै शान्तिपूर्ण राजनीतिक गतिविधिमा सामेल हुँदै राजनीतिक दलसमेत गठन गरेका सीके राउतले त्यसअघि स्वायत्त मधेसका लागि गरेको आन्दोलन, सरकारसँग गरेको सहमति र आफ्नो पार्टीको अबको गन्तव्यबारे प्रस्ट पार्न नसकेको जानकारहरू बताउँछन् । सरकारसँग ११ बुँदे सम्झौता गरेर जनमत पार्टी गठन गरेका सीके राउत आफ्नो मिसनमा अझै अस्पष्ट रहेको मधेस मामिलाका जानकार चन्द्रकिशोर झाले बताए । आन्दोलनको प्राथमिकता के हुनुपर्छ भनेर जनमत पार्टीले अझै छुट्याउन नसकेको उनको भनाइ छ । पार्टीले तय गरेको दिशा निर्देशका आधारमा आन्दोलन भएमा मात्र गन्तव्यसम्म पुग्न सकिने उनले प्रस्ट पारे ।
सीके राउत निरन्तर आन्दोलनमा छन् । स्वतन्त्र मधेसका लागि आन्दोलन गर्दा पनि उनी कताकता रनभुल्लमा परेको र आफ्नो मिसनमा स्पष्ट नभएको जस्तो देखिन्थे । अहिले पनि उनी कताकता अलमलमा देखिएको जानकारहरूको दावी छ । सीके राउत समर्थक बर्दियाका राममनोहर यादव थुनामा रहेको बेला उपचारको क्रममा २०७५ भदौ १५ गते निधन भएको थियो । उनको निधनसँगै सीके राउत संयोजक रहेको तत्कालीन स्वतन्त्र मधेस गठबन्धनले आन्दोलन सुरु गरेको थियो । आन्दोलन चलिरहेकै बेला रौतहटबाट सीके राउत पक्राउ परे । सीके राउतसँग अरु केही नेताहरु पनि पक्राउ परेका थिए । तत्कालीन स्वतन्त्र मधेस गठबन्धनले आन्दोलन झन् चर्कायो । राममनोहर यादवको शव पाँच महिनासम्म टिचिङ अस्पतालबाट नबुझेर तत्कालीन गठबन्धनले आन्दोलन गरेको थियो ।
स्वतन्त्र गठबन्धनले २०७५ माघमा शव बुझे पनि आन्दोलन जारी राखेको थियो । बर्दिया पुगेर शवलाई सडकमा राखेर आफन्त तथा गठबन्धनका नेताहरूले प्रदर्शन गरेका थिए । पछि सम्झौता भएपछि शवको अन्त्येष्टि गरिएको थियो । दाहसंस्कार पछि क्षतिपूर्ति तथा सहिद घोषणाको माग राख्दै गठबन्धनका नेताहरूले आन्दोलन गरिरहेका थिए । अचानक २०७५ फागुन २४ गते बिहान सीके राउत जेलबाट रिहा हुँदैछन् र सरकारसँग सम्झौतापत्रमा हस्ताक्षर गर्दैछन् भन्ने समाचार आयो । सरकारसँग सम्झौता हुँदैछ भन्ने कुरा सीके राउत र उनका साथमा रहेका एक दुईजना नेतालाई मात्र जानकारी थियो । अरु कुनै पनि नेता तथा कार्यकर्तालाई यसको बारेमा सुइँको पनि थिएन । नभन्दै, सीके राउतले सरकारसँग ११ बुँदे सहमति गरे र उनी रिहा भए ।
उखु किसानका लागि आन्दोलन जतिबेला सीके राउत मुलधारमा आएर जनमत पार्टी गठन गरे, त्यतिबेला उखु किसानहरू काठमाडौँमा आन्दोलन गरिरहेका थिए । जनमत पार्टीको ब्यानर लिएर सीके राउतका कार्यकर्ताहरु उखु किसानको आन्दोलनमा समर्थन जनाउन गए । त्यसको समर्थनमा काठमाडौँ लगायत विभिन्न ठाउँमा प्रदर्शन गरे तर त्यो प्रदर्शन धेरै दिनसम्म टिकेन र आन्दोलन आफै हरायो ।
एक करोड वृक्षारोपण उखुको किसानको आन्दोलन त्यत्तिकै सेलाएपछि सीके राउतले एक करोड बिरुवा रोप्ने अभियान सुरु गरे । ठुलो तामझामका साथ अभियान सुरु गरियो । ठाउँ ठाउँमा बिरुवा रोप्ने कार्य पनि भयो । विभिन्न नर्सरी तथा वन कार्यालयबाट बिरुवा लिएर रोप्ने कार्य भयो तर त्यो अभियान आफै कसरी हरायो भन्ने कुरा कसैले पत्तो पाएनन् । एक करोड बिरुवा रोप्ने लक्ष्यमध्ये कति बिरुवा रोपियो, कहाँ कहाँ रोपियो भन्ने जानकारी कसैले पाएनन् । त्यो अभियान आफै सेलायो ।
काठमाडौँमा शक्ति प्रदर्शन
बिरुवा अभियान सेलाएको केही दिन नपुग्दै सीके राउतले रंगभेद विरुद्ध प्रदर्शनको तयारीमा लागे । यसपटक तराई मधेसमा मात्र होइन, काठमाडौँमा शक्ति प्रदर्शन गर्ने योजना उनले बनाए । स्वतन्त्र मधेसको आन्दोलन छाडेर मूलधारमा आएका सीके राउत काठमाडौँलाई आफ्नो शक्ति देखाउन चाहन्थे र, त्यसका लागि व्यापक तयारी गरे । सीके राउतले २०७६ मंसिर ७ गते काठमाडौँमा रंगभेदविरुद्ध भन्दै शक्ति प्रदर्शन गरे । तराई मधेसबाट उनले ठुलो संख्यामा आफ्ना कार्यकर्ता काठमाडौँमा उतारेका थिए । विभिन्न झाँकी झुलुसका साथै उनी आफै उत्तर कोरियाली शासक किम जोङ उनको स्टाइलमा आफ्नो गाडीको चारैतिर निजी सुरक्षादस्ता राखेर काठमाडौँको भृकुटीमण्डपमा प्रवेश गरेका थिए । तराई मधेसका विभिन्न ठाउँमा रंगभेद विरुद्ध प्रदर्शन भइरहेको थियो । कार्यकर्ताहरु सडकमै थिए तर विस्तारै त्यो प्रदर्शन कसरी सेलायो भन्ने कसैले बुझ्न सकेनन् ।
नागरिकताका लागि आन्दोलन
त्यसपछि पालो आयो नागरिकताको । मधेस केन्द्रित दलको सदावहार एजेण्डा नागरिकताको विषयमा पनि सीके राउतले आन्दोलन गर्ने सोच बनाए । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिलालाई सात वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने प्रस्ताव पारित गरेसँगै सीके राउतले २०७७ असार ७ गतेदेखि आन्दोलन सुरु गरेका थिए । राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको नागरिकता ऐन संशोधन विधेयक मधेसी, आदिवासी, जनजाति, दलित, मुस्लिम, अल्पसंख्यकसहितका उत्पीडित वर्गका जनताले पटक–पटक गरेको आन्दोलन र त्यसबाट प्राप्त उपलब्धि विपरीत तथा जनचाहनाविपरीत रहेकाले आफ्नो पार्टीले आन्दोलन घोषणा गरेको सीके राउतको भनाइ थियो । आन्दोलनको कार्यक्रम १० दिनका लागि तय भएको थियो । आन्दोलनका कार्यक्रममा सिटी जुलुसदेखि भैंसी जुलुससम्म थिए । गाउँको चोकमा जुलुस र कोणसभा गर्ने, ज्ञापनपत्र बुझाउने, कालो झण्डा घर घरमा झुण्ड्याउने, विधेयकको प्रतिलिपि तथा पुतला दहनलगायतका कार्यक्रमहरु सीके राउतले तय गरेका थिए । तर त्यो आन्दोलन एउटा ठोस नतिजामा पुग्न नपाई बीचैमा समाप्त भयो । हुन त सीके राउतले नागरिकता विधेयकविरुद्ध गठबन्धन बनाएर आन्दोलन गर्न अन्य दलहरुलाई पनि आह्वान गरेका थिए । तर उनले गरेको आह्वान कसैले सुनेनन् । उनले भनेका थिए, ‘अलगअलग, छिन्नभिन्न तरिकाले संघर्ष गर्नुको सट्टा सम्पूर्ण शक्तिहरुको गठबन्धन बनाएर अगाडि बढ्दा आन्दोलनलाई निर्णायक बनाउन सकिन्छ । गठबन्धनको नाम, एजेन्डा तथा आन्दोलनका कार्यक्रमहरु आपसी छलफलबाट टुंगो लगाइने छ ।’
कर्मचारीलाई कालोमोसो
नागरिकताका लागि आन्दोलन चलिरहेको आन्दोलन समाप्त नहुँदै सीके राउतले भ्रष्टाचार विरुद्धको आन्दोलन सुरु गरे । पालिकाका मेयर तथा अध्यक्षहरु विरुद्ध आन्दोलन सुरु गरे । सोही क्रममा २०७८ कात्तिक ४ गते सीके राउतका कार्यकर्ताले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका निमित प्रमुख राजेश कुशवाहालाई कालोमोसो दलेका थिए । सयौंको संख्यामा भाटा, चिरपट तथा लाठी लिएर कार्यालय पुगेका सीके राउतका कार्यकर्ताले कुशवाहालाई अर्धनग्न बनाई कालोमोसो दल्दै बजार परिक्रमा गराएका थिए । सरकारी कर्मचारीमाथि भएको दुर्व्यवहारमा संलग्न केही कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो । कार्यकर्ता पक्राउ गरेको विरुद्धमा आन्दोलन झन् चर्काउने काम भयो । त्यो आन्दोलनलाई भ्रष्टाचार विरुद्धको आन्दोलनमा रुपान्तरण गरियो । यसै क्रममा अन्य केही व्यक्तिलाई पनि कालोमोसो दल्ने काम भयो । त्यो आन्दोलन तराईको पूर्वदेखि पश्चिमसम्म फैलियो । तर अचानक त्यो आन्दोलन आफै सेलायो । कुनै नतिजामा नपुगी आन्दोलन समाप्त भयो ।
किसान आन्दोलन
भ्रष्टाचार विरुद्धको आन्दोलन चलिरहेको बेला २०७८ पुस ६ गते सिरहाको औरही गाउँपालिकाको गोदामामा राखिएको गहुँको बीउ त्यहाँका किसानले लुटेका थिए । त्यसको आरोपमा जिल्ला प्रहरी कार्यालयमा मुद्दा चलाइयो । त्यस क्रममा एक जना पक्राउ पनि परे । त्यसपछि जनमत पार्टीले त्यो गाउँबाट आन्दोलनको सुरुवात गरेको थियो । गाउँ हुँदै त्यो आन्दोलन राजमार्गमा पुग्यो । आन्दोलनको नाम दिइयो ‘किसान आन्दोलन’ । आन्दोलन विस्तारै चर्किदै गइरहेको थियो । सीके राउतले विभिन्न १२ बुँदे माग राखेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गर्दै ज्ञापनपत्र बुझाएका थिए । आन्दोलन पूर्वदेखि पश्चिमसम्म फैलिसकेको छ । अहिले पनि त्यो आन्दोलन जारी छ । कहिले सिटी जुलुस, कहिले खाली बोरा जुलुस, कहिले खाली बाल्टी जुलुस, कहिले भैंसी जुलुस, कहिले घोडा जुलुस, कहिले बैल गाडा जुलुस गर्दै आएका सीके राउत हाल राजमार्ग अवरुद्ध गर्ने अभियानमा छन् । विगतमा सीके राउतले सुरु गरेका र अकस्मात सेलाएका कयौं आन्दोलन झैं यो आन्दोलन पनि कुनै दिन सेलाउने र फेरि अर्को आन्दोलन सुरु हुने मधेस राजनीतिका जानकार सप्तरीका बलराम बताउँछन् । आन्दोलन टिकाउनका लागि संगठन चाहिन्छ तर संगठन नभएका कारणले सीके राउतले त्यसलाई निरन्तरता दिन नसकेको उनको भनाइ छ । संगठनको एउटा विचार र सिद्धान्त हुन्छ र त्यसैको आधारमा आन्दोलन हुन्छ तर सीके राउतको पार्टीको विचार र सिद्धान्त अझै अस्पष्ट रहेको उनले बताए । जनमत पार्टीका नेता तथा कार्यकर्ता नै रनभुल्लमा रहेका कारणले आन्दोलनले स्थायित्व लिन नसकेको उनको विश्लेषण छ । सीके राउतले आन्दोलनको बलमा नेपाली राजनीतिमा आफ्नो स्पेश बनाउन चाहेका छन् तर कुन विषयमा आन्दोलन गर्ने भन्नेमा अन्योल रहेकै कारण कुनै पनि आन्दोलनलाई निर्णायक तहमा लैजान नसकेको उनले बताए । (कन्टेन्ट र ग्राफिक्सको स्रोत : रातोपाटी अनलाईन )
https://ratopati.com/story/219569/2022/2/4/ck-raut?fbclid=IwAR0svXh3duVgzEQPXh9n1VJQWdXYEUldiddO7RskfBSZCGVOfbP-CQntnjo#
https://lm.facebook.com/l.php?u=https%3A%2F%2Fwww.ghatanarabichar.com%2F236631&h=AT3FQZ4RnUnTfTcV9_8exys78Z_tHHDKEiwU3XZoJkZ6f4hlQ9jx_sjActBDauHtBA8_mFTMbvG0U6pOsuEOH8P8xZOPGz436erGom1tWDvkfh2KvNWICeVLuZwPP2-eUA

Tuesday, 1 February 2022

पत्रकारिता (JOURNALISM) ?

एक जना नेता/सांसदले एउटा कार्यक्रममा आफ्नो क्षेत्रमा संसदीय कोषबाट गरेको विकासको बेलिविस्तार लगाउँदै थिए । त्यहाँ केही पत्रकारलाई समेत समाचार कभरेजका लागि बोलाइएको रहेछ । आफ्नो क्षेत्रमा राम्रै काम गरेकोले स्थानीयबासीहरुले ती नेताको मुक्त कंठले प्रशंसा गरिरहेका थिए । कार्यक्रम सकेपछि चियापानको व्यवस्था थियो । चियापानमा सबैको सहभागिता थियो, पत्रकार त्यहाँ नपुग्ने कुरै भएन । नेताले चियाको एक चुस्कि मात्रै के लिएका थिए , एक जना पार्टी पत्रकारिता र असुली धन्दामा नामुद कहलिएका पत्रकारले ‘बाईट’का लागि नेतासंग अनुरोध गरेछन् ।
#पत्रकार : नेता जी, तपाईको बाईट चाहियो ।
#नेता : हुन्छ, चिया खाउँ अनि दिउँला ।
(चिया पिईसकेपछि),
#पत्रकार : नेता जी, जाम न त अब ? बाईट दिने हैन, हजूर......अँ..... एकान्तमा जाम न ।
#नेता :हुन्छ, हुन्छ ?
एकान्ततिर जाँदै गर्दा नेताले आफ्ना स्वकीय सचिवलाई फोनमा भन्छन्, ‘ राष्ट्रिय संचार माध्यमका एक पत्रकारले बाईट माग्दैछन्, छिटो मिलाएर आउ है ।’
#स्वकीय_सचिव : हजुर , म आई हाले । ’
(स्वकीय सचिव नेता र पत्रकार नजिकै पुग्छन् । ती पत्रकारलाई नमस्कार ठोक्दै एउटा खाम ट्रक्र्याउँछन् । )
#नेता :पत्रकार जी , बाईट भयो हैन त ?
#पत्रकार : भयो हजुर, धेरै–धेरै हार्दिक धन्यवाद । फेरी–फेरी बाईट चाहियो भनेर यसरी नै सहयोग गरिदिनुहोला....।
(नेता, पत्रकार आ–आफ्नो बाटो तताउँछन् ) (अलिक पर पुगेपछि..........)
#नेता : (आफूसंग रहेका कार्यकर्तालाई भन्छन्) आजकल केही कथित पत्रकारहरुलाई संधै नयाँ दुलही झै व्यवहार गर्नुपर्छ ...... अझ हड्डी खान पल्केका जात जो हुन् । एक ट्क्रो हड्डी मै पनि रमाउँछन् यिनीहरु.....। यिनीहरुले दिनमा दुई/चार वटा बाईट यसरी नै लिई रहेका हुन्छन् । बाईट नदिनेलाई यिनीहरुले बाँकी राख्दैनन् । फेरी हामी यिनका पार्टीका मान्छे पनि होइनौ । यिनी त जनताको पक्षमा भन्दा पनि आफू संलग्न पार्टीलाई राजनीतिक र सामाजिक रुपमा फाईदा पुग्ने काम मात्रै गर्छन् । परिचय दिँदा त भन्छन् –म पत्रकार महासंघको ...... हूँ ।’ (यस्तै भनाई राख्दै नेता आफ्नो गन्तव्यमा पुग्छन् )
उत्ता भिडबाट ओझेल भएपछि पत्रकारले खाम खोल्छन् । जिब्रोमा औंला भिड्याउँदै गिन्ती गर्दा जम्मा पाँच हात्ती रहेछ । दायाँबायाँ हेर्दै त्यसलाई राख्ने बन्दोबस्त गर्छन् । अफिस/घर पुगेर ती नेताका बारेमा समाचार बनाई केन्द्रमा पठाउँछन् ।
(समाचार सम्प्रेषण भएपछि फोनमा)
#पत्रकार : नेता जी, धेरै–धेरै बधाई छ । तपाईका समाचार हेर्नु भयो ? हाम्रोमा गजब कभरेज भएछ । तीन/चार वटा बुलेटिनमा राख्ने कुरो छ । आफ्ना समर्थकहरुलाई हेर्न भनिदिनुहोला । भ्युअर्स पनि बढाउनुपर्छ है......।
#नेता : भै हाल्छ नि ।
#पत्रकार :हस्, फेरी चाँडै हजूरसंग बाईट लिन आउँला , नमस्ते बाई बाई.........।
(#नोट : माफ गर्नुहोला, यो कसैसंग मेल खाए संजोग मात्रै हुनेछ । केही अपबाद बाहेक अधिकांश पत्रकारहरुका लागि ‘बाईट’ असुली गर्ने धन्दा बनेको छ । अमुक राजनीतिक पार्टीको लाईनमा पत्रकारिता गर्नेहरुको यो धन्दा झनै चम्किएको देखिन्छ । अझ पत्रकार महासंघको जिम्मेवारीमा बसेकाहरुको समाचार, सामाजिक संजालमा लेखिने तिनका स्टेटस र पार्टी लाईनको निर्देशन रहेको विषयवस्तुमा आफ्ना विपक्षलाई जिउँदो लाश नबनाउञ्जेल खेदो खन्दै आत्मरतिमा रमाउँछन् । यसरी पत्रकारिता किन र कहिले सम्म ?? )