Monday, 20 July 2020

विकासमा राजनीतिक दलको भूमिका

तस्बीर: मिथिला संवाद समिति 


राजनीतिक दलहरु सत्ताको बाडफाँडको वाहक तथा 
लोकतान्त्रिक राजनीतिक \समूहहरुको 
तर्फबाट मोलतोल गर्ने माध्यम बन्नु दुखद हो ।


दिनेश यादव 
महाभारतमा एउटा प्रसंगबारे कुनै ठाउँमा पढेको थिएं । अठारह दिनसम्म जारी युद्धमा विजय प्राप्त गरेको कयौं वर्षपछि युधिष्ठिरले हस्तिनापुरमा अश्वमेध यज्ञ गर्ने निर्णय गरेका थिए । त्यसपछि ठूलो भोजको तयारी भएको थियो । तर, त्यसै बीचमा एउटा रोचक घटना हुन पुग्यो । एउटा न्याउरी मुसोले भान्साभित्र प्रवेश गरी विशाल भोजका लागि तयार पारिएका परिकारहरुमा आफ्नो हात साफ गरेछ । त्यसपछि ऊ जोर–जोरले हाँस्न थाल्छ । उसको यो व्यवहार देखेर धेरै जना अचम्भित हुन्छन् । पछि उसलाई पक्रेर राजा युधिष्ठिरको समक्ष पुरयाइन्छ । राजाले उसको अनाहक हाँस्ने उच्छृंखल व्यवहारबारे सोधपुछ गर्छन । जबाफमा न्याउरी मुसोले एउटा गरीब ब्राह्मण परिवारको कथा सुनाउँछ । कथा अनुसार त्यो परिवार साताभरी भोकै थिए । मुश्किलले परिवारले केही अन्न प्राप्त गरेको थियो । त्यो खान बसेकै बेला एउटा भिक्षु आंगनीमा आएर भोजन माग्न थाल्छन् । भोजन ‘गराऊ कि गराऊ’ भन्न थालेपछि घरकी मालकिनीले सबै खाना उसलाई पस्की दिइन । थालमा एकाध अन्न बाँकी थियो, त्यसलाई न्याउरी मुसोले चाटेर खाई दिएछ । ती अन्न निलेपछि न्याउरी मुसोको शरीर सुनमा परिणत भयो । त्यसो त भोजन निक्कै कम थियो , त्यसैले उसको पुरै शरीर सुनको बन्न सकेन । त्यस दिनपछि न्याउरी मुसो हरेक साना–ठूला घरमा प्रत्येक पूजा–यज्ञमा यो आशाले जान थाल्यो कि कतै त्यही दैवीय भोजन प्राप्त होस, जसबाट उसको शरीरको बचेको आधी भाग पनि सुन बनोस । न्याउरी मुसाले राजालाई भने, ‘हे राजन, तिम्रो भोजन यति दिव्य थिएन, जसले मेरो आधी जिउलाई पनि सुन बनाई दियोस, त्यसैले म हांसिरहेको छु ।’ नेपाली लोकतन्त्रसंग यस्तै भइरहेको छ । केही राजनीतिक दल र तिनका नेताहरु लोकतन्त्र र गणतन्त्रमा आफ्नो पुरै शरीर सुन बनाउने प्रयासमा छन् । सहिदहरुले आफ्नो बलिदानबाट तिनीहरुलाई आधी सुन भएको शरीर त बनाइ दिएका छन्, पुरै शरीर सुन बनाउनमा न्याउरी मुसो झै यताउत्ती भट्की रहेका छन् । विकासका मुद्दा, संविधान संशोधनका विषय, सामाजिक न्यायको प्रसंग र सत्ता साझेदारीमा जनसांख्यिकी अनुपातका आधारलगायतका विषयहरु ओझेलमा पर्दै जानुको कारण अब चाही भनि रहनु पर्छ जस्तो लाग्दैन ।  
कुनैपनि मुलुकमा लोकतान्त्रिक शासन व्यवस्था कायम गर्न, संविधान निर्माण वा संविधानमा भएका त्रुटि संशोधन वा जनताका असंतुष्टिहरुलाई संवोधन गर्न, चुनावी राजनीति र सरकार गठन तथा संचालनमा राजनीतिक दलहरुको भूमिका महत्वपूर्ण रहेको हुन्छ । योसंगै विकास र पूर्वाधार निर्माणमा पनि दलहरुको भूमिका उस्तै हुन्छ । जन–जनसंग जोडिएका विषय दलहरुको प्राथमिकतामा पर्नु पर्छ । त्यसैले राजनीतिक दलका नेता, सांसद, मन्त्रीलगायतले आ–आफ्नो क्षेत्रको विकास गरुन भनेरै सरकारले विशेष बजेट अर्थात संसदीय कोषको स्थापना गरिदिएको हो । तर, यसमा हुने गरेको अनियमितता पटक–पटक लेखिएकै छन्, संचार माध्यमहरु मार्फत उजागर भएकै छन् ।  
राजनीतिक दलहरु सत्ताको बाडफाँडको वाहक तथा लोकतान्त्रिक राजनीतिक समूहहरुको तर्फबाट मोलतोल गर्ने माध्यम बन्नु दुखद छ, हो । अधिकांश आमजनको बुझाई लोकतन्त्रको अर्थ राजनीतिक दल हो । गाउँमा बसोबास गर्ने र कम पढेलेखेकाहरुलाई सोधे यो पुष्टि हुन सक्छ । तिनीहरुलाई संविधान र सरकारको स्वरुपका बारेमा खासै चासो र जानकारी हुदैन । तर राजनीतिक दलहरुको बारेमा केही न केही जानेकै हुन्छन्, बुझेकै हुन्छन् । दलहरुका बारेमा तिनीहरु निर्धक्कसंग कुरा पनि गर्छन् । यसको अर्थ दलहरु धेरै लोकप्रिय भएको भन्ने होइन । अधिकांश आमजन दलहरुका बारेमा खराब प्रतिक्रिया मात्रै दिने गरेको पाइन्छ । आफ्नो लोकतान्त्रिक व्यवस्था र राजनीतिक जीवनको हरेक कमजोरीका लागि दलहरुलाई तिनीहरुले जिम्मेवार ठान्छन । त्यसो त , सामाजिक र राजनीतिक विभाजनका लागि पनि दलहरुलाई नै दोषी मान्ने गरिन्छ । यस्तो अवस्थामा एउटा प्रश्न तेर्सिनु स्वभाविक हुन आउँछ, के हामीलाई साँच्चिकै राजनीतिक दलहरु आवश्यक छ ? झण्डै सय वर्ष पहिले विश्वका केही मुलुकहरुमा औलामा गन्न सकिने गरि राजनीतिक दल सक्रिय थिए । तर आज राजनीतिक दलहरु नभएका मुलुकहरु कमै भेटिन्छन् । विश्वभरका लोकतान्त्रिक मुलुकहरुमा राजनीतिक दलहरु यति सर्वव्यापी किन भए त ? जति दल त्यती नै असंतुष्टि किन ? यी प्रश्नहरुबारे अब चाही गम्भिर बहस टडकारो भई सक्यो । 
राजनीतिक दलहरु चुनाव लड्ने र सरकारमा राजनीतिक सत्ता हासिल गर्ने उद्देश्यमा मात्र केन्द्रित भएपछि समस्या खडा भएको यहा“ सर्वविदितै छ । समाजको सामूहिक हितलाई ध्यानमा राखेर समूहका लागि केही नीतिहरु तथा कार्यक्रमहरु निर्धारण गर्नुको साटो व्यक्तिगत स्वार्थमा लागेपछि दलहरुप्रति विश्वास घट्दो छ । यसो त सामूहिक हित एउटा विवादास्पद विचार हो । यसबारे सबैको आ–आफ्नै फरक–फरक धारणा हुन सक्छ । यसै आधारमा दलहरु आमजनलाई यो सम्झाउने प्रयास गर्छन कि आफ्नो नीति अन्यको तुलनामा राम्रो छ । यही आधारमा चुनाव पनि जित्छन् र आफ्ना नीतिहरु लागू गर्ने प्रयास गर्छन । नीतिहरु लागू गर्न नसकेपछि जन–जनमा दलहरुप्रति निराशा बढ्ने गर्छ । अझ भत्ता र सत्तामा मात्र सीमित भएपछि दल र तिनका नेताहरुप्रति जनआक्रोश बढ्ने गरेकै छ । यो अवस्था आउन नदिनका लागि केही कदम चाल्न सकिन्छ । आफ्नो भत्ताका रुपमा प्राप्त रकमको केही अंश खर्च गरि सर्वसधारणलाई विकास निर्माणका काममा जनश्रमदानका लागि उत्प्रेरित गर्न सकिए नेता र पार्टीप्रति जनअभिमत दीर्घकालिन रुपमा बनि रहन सक्छ । 
दलहरु देशमा विकास, निर्माण र आर्थिक उत्थान गर्न चुक्नुको अर्को कारण कमजोर नेतृत्व र जनाधार नभएको व्यक्तिहरुलाई जिम्मेवारी दिनु र चुनावमा उम्मेदवार छनौट गर्नुपनि हो । यो प्रक्रियामा लोकतान्त्रिक पद्धति अवलम्बन गर्न सकिए जनताको विश्वास जित्न सकिन्छ । विकासप्रेमी, असल चरित्र र राम्रो आचरण भएकालाई नेतृत्वदायि भूमिका दिन सके जन–जनमा पार्टीहरुप्रति अपनत्व जाग्नुका साथै विकासप्रति आशाको संचार हुन सक्छ । अमेरिका जस्तो केही मुलुकमा नेता या चुनावका उम्मेदबार छनौट दलका सदस्य र समर्थकहरुले गर्छन । तर हाम्रो जस्तो मुलुकमा दलहरुका नेताले यस्ता नेतृत्व र उम्मेदबार छनौट गर्छन । यस्तो अवस्थामा दलको नीति भन्दा पनि नेताप्रति बफादार हुने गरेको पाइन्छ । तिनीहरुले जनताको भावना विपरीत काम गर्न सक्छन् । विकास निर्माणमा आफ्नो योगदान पुराउदै जन भावनाको सम्मान गर्नुका साटो नेतृत्वलाई खुशी तुल्याउदै लाभका पद ग्रहण गर्न आतूर रहने गर्छन्, हुन्छन् । यस्तो अवस्थामा नेतृत्वको नजिक र जनताबाट टाढिने निश्चित छ । त्यसपछि देश र समाजको आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिकलगायतका विकासमा योगदान गर्ने वाचाको अन्त्येष्टि हुन्छ । 
धेरैको मुखारबिन्दूबाट सुनिन थालिसक्यो, ‘नेपालका सबै राजनीति दल सामाजिक बदलावका लागि अप्रासंगित भईसकेका छन् ।’ यहाँका प्रमुख दलहरुको नेतृत्व बुढा र थकित दिमाग भएका नेताहरुले गरिरहेका छन् । शासन प्रणाली र राज्य व्यवस्था परिवर्तन भएपनि नेतृत्व तथा नेता परिवर्तन हुन सकेन । फलस्वरुप मुलुकले विकासका हरेक क्षेत्रमा जुन गति लिनुपथ्र्यो, त्यो संभव हुन सकेको छैन । चुनावका बेला मात्र पार्टी र कार्यकर्ता बाँकी समय व्यक्तिवादी सोच र अहंकारवादी मानसिकताबाट ग्रसित भएपछि देशको विकास असंभव हुनु स्वभाविकै हो । अझ तराई–मधेसको सवालमा झनै भयावहको अवस्था छ । न्याउरी मुसो बन्ने प्रवृति धेरैमा विद्यमान छ । मधेसमा पटक–पटकको जनविद्रोहले त्यस क्षेत्रका नेताहरुलाई जुन नैतिक शक्ति राजनीतिका लागि प्रदान गरेको थियो, शायद त्यो
धनुषाको लक्ष्मीनियास्थित जनकपुर–ढल्केवर सडक 
विस्तारै विस्तारै कमजोर भइरहेको अनुभूति सर्वत्र गरिन थालिएको छ । यस्तो अवस्थामा विकास निर्माण मात्रै एउटा यस्तो निर्विकल्प माध्यम बन्न सक्छ, जसले त्यहाँको जनताको मन जित्न सक्छ । यो कुरो राजनीतिक दल र नेताहरुले बुझ्नै पर्छ । जनताको मूलभूत परिवर्तनका लागि यो एउटा अभिन्न पाटो पनि बन्न सक्छ । 
हाम्रो मुलुक गाउँनै गाउँले भरिएको छ । गाउँको विकास विना देशको विकास असंभव छ । गाउँमा विकासको अर्थ मानिसमा आर्थिक सुधार र ठूलो सामाजिक परिवर्तन दुवै हो । विकास कार्यक्रममा मानिसको सहभागिता बढाउनुदेखि योजनाहरुको विकेन्द्रिकरण, भूमि सूधार लागू गर्नु र सहूलियत ऋणहरु सजिलै उपलब्ध गराएर स्थानीयको जीवनस्तर राम्रो बनाउने लक्ष्य राखिनु पर्छ । विकासका लागि मुख्य जोड कृषि, उद्योग, संचार, शिक्षा, स्वास्थ्य,सडक संजाललगायतलाई दिन सक्नुपर्छ । तर, यी क्षेत्रहरुमा तत्कालै विकास तब मात्रै संभव छ जब सरकारी प्रयासहरुसंगै पर्याप्त रुपमा स्थानीय स्तरमा मानिसहरुको प्रत्यक्ष र अप्रत्यक्ष सहभागिता हुन्छ । त्यस्तै, स्वरोजगार र सीप विकासमा जोड दिने, रोजगार सृर्जना गर्ने विषयहरुलाई प्राथमिकतामा राख्ने, गरीबीको रेखामुनि रहेका परिवारलाई आवासको व्यवस्था, कृषिसहितका राम्रो सडकको व्यवस्था, सामाजिक पेंशन नीति, आदर्श गाउँहरुको विकासका लागि योजना तर्जूमा, गाउँ विकास केन्द्रहरुबाट विभिन्न परियोजनाहरु संचालन, गाउँका पदाधिकारीहरुको क्षमता विकास, सूचना, शिक्षा र संचार तथा निगरानी र मूल्यांकन लगायतका योजनाहरु समेत लागू गरेर विकासलाई अगाडि बढाउन सकिन्छ । यसको अतिरिक्त, राजनीतिक दलहरुले आ–आफ्ना घोषणापत्रमा व्यक्त गरेका प्रतिबद्धताको केही अंश मात्रै पनि पुरा गर्न सके, जन–जनले परिवर्तनको सुखानुभूति गर्न सक्थे । अब चाही नानाथरिका बहानाबाजी गरेर काम छैन । पुरानो ढर्राको राजनीति छाड्नै पर्छ राजनीतिक दलले । देश र समाजमा सामाजिक बदलाव बिना असल शासन र विकासको कल्पनासम्म गर्न सकिन्न भन्ने कुराको हेक्का राजनीतिक दलहरुले राख्नै पर्छ । हामीले पहिले प्रजातन्त्रको, त्यसपछि लोकतन्त्रको र अहिले गणतन्त्रको उत्सव मनाई रहेका छौ । यी उत्सवहरु मनाई रहँदा तिता अनुभवहरु समेत हामीले महशुश गरेका छौ । ती अनुभवहरुबाट दरो पाठ सिक्दै जनतालाई यी तन्त्रहरुको साँच्चिकै अनुभूति गराउन नेतानेतृत्वले सक्नै पर्छ । २०७५१२१७

गाउँका कथाहरुभित्रको (अ)कथा

Dinesh Yadav(दिनेश यादव )

 कान्तिपुर दैनिकमा २० असोज २०७५ मा ‘कोशेली’ मा प्रकासित ‘गाउँका कथाहरु’   शिर्षकको पुस्तक समिक्षा पढेपछि केही लेख्न मन लाग्यो । पुस्तकका लेखक   रमेशरञ्जन झा र समिक्षक रोशन जनकपुरी दुवै यथार्थ भन्दा निक्कै पर गएर प्रस्तुत   भएका छन् । समिक्षकले गर्ने धर्म भनेको पुस्तकको ‘दुधको दूध र पानीको पानी’   छुट्याउनु नै हो । दुई/चार आना यताउती हुन सक्नु मानवीय स्वभावका रुपमा लिन   सकिन्छ । तर, लेखकको यशोगान र भजनमै आफूलाई सोह्रैआना प्रस्तुत गर्नु वा   खर्चिनु समिक्षक अधर्मी मात्रै बन्नु होइन, ऊप्रति पाठकको वितृष्णा जाग्न सक्छ ।   समिक्षामा पुस्तकको मूल्य, प्रकाशक, वितरक, पृष्ठ, सज्जा, प्रिन्ट, प्राप्ति हुने स्थानलगायतका जानकारी उल्लेख छैनन । यसले ‘पुस्तक खास प्रायोजनका लागि लेखिएको’ या ‘झोलालाई विक्री स्थल बनाउने केही लेखककै पदचिन्हलाई  पछ्याएको’ कुरालाई समिक्षकले पुष्टि गरिदिएका छन् । निष्पक्षता कायम गर्न नसक्नुले समिक्षक लाभ र लोभमा चुर्लुम्म डुबेको पनि पुष्टि हुन्छ । पुस्तक समिक्षक र पुस्तकका कमजोरी यहाँ बूँदागत रुपमा पस्कने जमर्को गरेको छु । 

  1.   पुस्तक समिक्षामा ‘.....विविध पात्रसंग संवाद गरेको महशुस गर्न सक्छ ’ पछिका वाक्य भूतकालमा लेखिएका छन् । त्यहाँ ‘ग्याप’ छ, सन्दर्भ मिल्दो छैन । समिक्षकले क्रमबद्धतालाई ध्यानमा राख्नै पर्छ । समिक्षामा त्यो महशुश गर्न पाइएन । 
  2.  समिक्षामा ‘कथाको विशिष्टता भनेको चित्रात्मकता र ग्राम्यशैलीका तिखर संवाद हुन’ भन्ने आशय/वाक्य बे्रेक्ररसहित तीन ठाउ“मा परेको छ । यो स्तुतिगानको पराकाष्ट हो ।  
  3.  समिक्षामा नटुआ (स्त्रीको स्वाङ गर्ने र नाटकहरुमा स्त्रीपात्रको भूमिका गर्ने) उल्लेख छ । मिथिलामा ‘नटुवा’ नाचसंग सम्बन्धित छ, नाटकसंग होइन । ‘नटुवा’को अर्थ समग्र रुपमा नाच गरेर मनोरञ्जन प्रदान गर्ने पात्रको रुपमा लिइन्छ, तर नाटकको स्त्रीपात्र भनि अपव्याख्या गरिएको छ । नाटकमा ‘नटुवा’ होइन  ‘छक्कडबाजी’ भन्ने हुन्छ । कुवंरब्रिजभान, सलेह नाच, अल्हारुदल, गोपीचन्द जस्ता मौलिक नाचमा ‘नटुवा’ हुन्छ । 
  4. ‘फुलवा हरण’ विशुद्ध मिथक र कल्पनामा आधारित छ । तर समिक्षकले ‘सामाजिक यथार्थ बयान’ भनेका छन् ।  केही स्थानमा बाहेक कथाकार र समिक्षक दुवैले ‘सेतो झुठ’ पस्केका छन् । यसले हामी जस्ता मैथिली पाठकलाई दिग्भ्रमित बनाउन खोजिएको भान हुन्छ । 
  5. पुस्तकका नाम ‘गाउँका कथाहरु’ राखिएको छ, तर पुस्तकमा जातिय विभेद, ब्राह्मणवादी आडम्बरका कुराहरु नगन्य रुपमा समेटिएका छन् । मिथिला क्षेत्रमा कथित उच्च जातिकाले जसरी भ्रामक र काल्पनिक कथाहरु रचेर खास जातिविशेषलाई देवतुल्य बनाइएका कथाहरु छ्यापछयाप्ती भेटिन्छन छन् । त्यस्तै भ्रामक शब्दजालहरु पुस्तकमा परेका छन् । ‘सामाजिक कथा’ भएकाले होला, लेखक फरक शैलीमा प्रस्तुत मात्र भएका छन् । त्यसैले त मिथिला क्षेत्रमा जकडिएर रहेको मनुवादी संस्कृतिको विपक्षमा पुस्तकले कही केही बोल्दैन् । पुस्तकमा विवसता र वाध्यताका कुरा त परेका छन्, तर त्यो बिकाउ र लेखकको आत्मरतिको उद्देश्यले मात्र । वाध्यतामा परेकाहरुको समस्या समाधान गर्ने उपाय कुनैपनि कथामा छैन । पुस्तकका अधिकांश कथा पढेपछि पाठकलाई निस्कर्षमा पुग्नै हम्मे पर्छ । केहीमा निस्कर्ष निकाल्ने बलजोर गरेमा ‘नकारात्मक’ भाव मात्रै आउछ ।    
  6. मैथिली र मिथिला परिवेशमा लेखिएको यो पुस्तक समग्र तराई–मधेसलाई प्रतिनिधित्व गर्दैन । तर पुस्तकको समिक्षा हेर्दा समग्र मधेस क्षेत्रलाई प्रतिनिधित्व गर्ने भान पर्ने गरि समिक्षा प्रकाशित छ । 
  7.  मिथिलाका कथित उच्च जातिकाले बोल्ने भाषा शैली पुरस्तकको अर्को कमजोरी हो । ग्राम्य परिवेश भन्ने तर धनुषाकै वरपर रहेर अधिकांश कथा लेखिएका छन्, त्यसैले ठाउँ–ठाउँमा विविधता खडकिन्छ । पुस्तकको समिक्षाले पनि यही कुरालाई पुष्टि गर्छ । कथाका धेरै शब्दाबली सामान्य मैथिलीजनले बुझ्न र उच्चारण गर्न नसक्ने खालका छन् । 
  8. मिथिलामा ‘पोइल’ जाने चलन विरलैको घटना हो । यो क्षेत्रमा जसरी बुढा बुबाआमालाई वृद्धाश्रममा पठाइन्न, त्यसरी नै ‘पोइल’जाने हुदैन । तर कथाकार र समिक्षक दुवैले त्यही ‘पोइल’ को वरपर रहेर यसलाई किन सामान्यीकरण गर्न उद्दत रहेका छन, बुझि नसक्नुछ । अपवादमै बढी केन्द्रित देखिएका छन् । 
  9. सोझा श्रमजीवि र अभिजात्य वर्गको कुरा त पुस्तकमा गरिएको छ । तर मिथिलाकै शासनजाति र त्यसले हरेक शासन प्रणालीमा पाएको अंश र अवसरका कुरा कतै गरिएको छैन । लेखक र समिक्षक दुवै ‘वामपन्थी’ र अभिजात वर्ग ‘उच्च जाति’का भएरै होला ‘शिल्पी समुदाय’का श्रमका कुरालाई जोडदार रुपमा कथा मार्फत उठान गर्न सकेका छैनन् । तीनका विकृतिहरुलाई भने उजागर गरेकै छन् । यसको उदाहरण ‘बघवा’ लाई लिन सकिन्छ । ‘चोरी÷डकैती’ गर्ने समुदाय भनेर ‘बघवा’ को कथामा अमुक जातिलाई होच्याउने गरि चित्रण गरिएको छ । अझ यसलाई ती जातिको ‘पेशा’ कै रुपमा अपव्याख्या गरिएको भान हुन्छ, जुन ठूलो दुर्भाग्य हो । पुर्खाका गलत क्रियाकलापलाई उजागर गरि ती जातिका नयाँ पीढिलाई दोषी समुदायका सदस्य बनाउन लेखक र समिक्षक उद्दत देखिनु दुखद हो । फेरी ती समुदाय उक्त गलत क्रियाकलापमा किन लागेका हुन भन्ने कुरा लेखकले स्पष्ट गर्न सकेका छैन । यो कमजोरी भने समिक्षकले पनि उदृत गरेका छन् ।  
  10. पुस्तक र समिक्षामा उल्लेखित ‘चायवाली’ कथा चाही नाटक र चलचित्रका पात्र हुन सक्छन्, वास्तविक जीवनमा यो विरलैका घटना हो । यो कथामा ‘बहुविवाह’ लाई प्रश्रय दिने गरि प्रस्तुति भएको भान हुन्छ  । कथामा उल्लेखित सामाजिक पक्ष एउटा कुरा हुन सक्छ तर लेखक जुन तरिकाले यसमा प्रस्तुत भएका छन्, त्यो बेमेल छ । टिबी सरुवा रोग हो, श्रीमान्को मृत्यु भएको भनिएको छ । तर पुस्तकमा क्षयरोग भनेको सरुवा रोग भनेर सामान्य रुपमा बुझ्ने गरि आउन सकेको छैन । क्षयरोगी पति मरेपछि उनका प्रेमिका सौतालाई पनि आफैसंग राख्ने कुरा उल्लेख छ । यो सकारात्मक भएपनि ‘सरुवा रोग’ प्रति सचेतना र ‘बहुविवाह’लाई निरुत्साहित गर्ने भाव कथामा खड्किन्छ ।                                                                                                               
  11. पुस्तकमा ‘यात्रा’ र ‘बदनाम सहर’ मिथिलामा असान्दर्भिक छ । यसमा गलत प्रयोग कथाकारले गरेका छन् । गर्भवति भएकै अवस्थामा विदेशिएका पतिलाई अस्वीकार गरिदिने महिला पात्र ‘दौना’ लाई स्वाभिमानी भनिएको छ, तर पतिको विवशताबारे कथा मौन छ ।  
  12. सातौं कृर्ति लेखिसक्दा पनि लेखक कथाकारका रुपमा पुस्तकमा परिपक्व देखिएका छैनन् । गाउको पृष्ठभूमिमा लेखिएको १३ कथा समग्र मिथिलाको ग्राम्य परिवेशलाई समेट्न सकेको छैन । ‘जनकपुर भनेको मिथिला र मिथिला भनेको जनकपुर’ शैलीमा लेखक प्रस्तुत भएका छन् । होच्याएर बोल्ने भाषा शैली पुस्तकमा छ्यापछ्याप्ती भेटिन्छ । ‘फुलवा’ आफै एउटा होच्याउने शब्द हो । आफूभन्दा सानोको नाम अगाडि मिथिलामा ‘वा’ जोड्ने चलन पुरानै हो । तर सम्भ्रान्त र कुलिन जातिमा ‘वा’ प्रत्यय जोडिएको विरलै पाइन्छ । उच्च जाति र मालिकहरुले गरिब मजदुरलगायतका लागि यस्ता शब्दको प्रयोग बढी गर्छन । लेखक पुस्तकमा ‘मालिक जाति’ का रुपमा प्रस्तुत भएका छन् । ‘बघवा’ को ‘वा’ पनि त्यही रुपमा पुस्तकमा परेको छ । लेखक वामपन्थी तर शब्दको चयन ‘सामन्ती’ जस्तो गरेका छन् । पुस्तकमा समावेश गरिएको सामन्त ‘महेश्वरबाबु’ या ‘मकसुदनबाबु’ नेताकै रुपमा छन् । तिनीहरु गलत गरेपनि ‘बाबु’ बनेका छन, तर श्रम गरेर खानेहरुलाई ‘फुलवा’ बनाइएको छ । सामन्त भनेपछि ‘बाबु’ लेखिरहनु पर्छ र ? लेखक त सामन्ती रुपमा प्रस्तुत भए नै, समिक्षक पनि यो वर्ग छुट्याउने कुरालाई कोट्याउन नसक्नु या नोटिस गर्न नसक्नु दुर्भाग्य हो ।            
  13.  पुस्तकमा उल्लेखित शब्दाबलीहरु कन्जुश बाबु, पोइल जानु, चोरी/डकैती, अपहरण....जस्ता विकृति र विसंगति मात्रै मिथिलामा छैन, त्यहाँ भएका सकारात्मकतालाई पनि पुस्तकमा स्थान दिनु पथ्र्यो, त्यसमा लेखक हाकाहाकी चुकेका छन् । समिक्षकको पनि यसमा कमजोरी देखियो । (कलंकी, शिवनगर, काठमाडौं)


Wednesday, 1 July 2020

सप्तरीमा युवा पत्रकारको विद्रोह

समाजमा व्याप्त बेथिति असामाजिक क्रियाकलापविरुद्ध सप्तरीका एक जना युवाले विद्रोह गरेका छन् त्यसको माध्यम तिनले चौथो खम्बालाई बनाएका छन् शायद समाजमा विद्यमान विकृति विसंगती हटाउने यो बाहेक अन्य सशक्त माध्यम उपाय नभएरै होला, तिनले आफूलाई पत्रकार भन्दै स्थलगत रिपोर्टिङ गरिरहेका छन् पछिल्लो केही दिनयता तिनीमाथि चौतर्फी आक्रमण भइरहेका छन् उनको शैली गलत हुन सक्छ, उनको बुझाई प्रस्तुति अमिल्दो हुन सक्छ तर, उनले उठाएको आबाज जनआबाज झै लाग्छ उनले उठान गरेका विषयवस्तु गलत भएको भए सामाजिक संजालमा धेरैको चासोको विषय नबन्नु पर्ने थियो समाचारकै विषयलाई लिएर सम्बन्धित व्यक्ति ती युवाविरुद्ध गालीगलौज जस्तो अमार्यादित तल्लोस्तरको शैलीमा उत्रिने थिएनन् हो यो कथा सप्तरीका एक जना विद्रोही युवा दिवाकर साहको हो उनीसंग धेरै विषयमा मेरो अथवा अन्यको विमति हुन सक्छ तर, जुन रुपमा उनी एक्लै एउटा युद्ध मैदानको जस्तो मोर्चामा डटिरहेका छन्, त्यो एक जना साहसी युवाबाहेक अन्यले गर्नै सक्तैन

के साँच्चिकै उनी गलत छन् ?, के साँच्चिकै उनी पत्रकारिताको इथिक्सको खिलाप काम गरिरहेका छन् ? के साँच्चिकै उनी सामाजिक सद्भाव विथोल्ने शान्ति/सुरक्षा भंग गरिरहेका छन् ? यी प्रश्नहरुको उत्तर सम्बन्धित निकाय सरोकारवाला संघसंस्थाले दिनै पर्ने हो जस्तो लाग्छ एउटा विद्रोही युवा सप्रमाण पेश हुँदा पनि सरोकारवाला संघसंस्थाहरु मौन वस्नु कुनै पनि दृष्टिकोणले राम्रो होइन, मानिन्न यो अवस्था दुर्भाग्यपूर्ण , हो खासगरि पत्रकारितासंग सम्बन्धित संघ/संस्था मानवअधिकारवादी संघ/संगठनहरुको मौनता शंकाको घेरामा रहेको महशुस धेरै सप्तरीवासीले गरिरहेका छन् धेरैले प्रश्न गरिरहेका छन्, ‘ यदि साँच्चै दिवाकर अराजक गतिविधिमा लिप्त छन्  भने नेपाल पत्रकार महासंघले तिनलाई पत्रकारकै हैसियतमा पत्रकारिताको मानमर्दन गर्ने छुट किन दियो वा दिइरहेको ? ’ यदि यो कुरो सत्य होइन भने महासंघले पत्रकारमाथिको

‘योर कोट्स डट इन’मा कवि/साहित्यका आशिष आदर्शको ‘पत्रकारिता’ शीर्षकमा लेखिएको एउटा कविताको केही पंक्ति I
         ‘पत्रकारिता’ शीर्षकमा लेखिएको कविताको केही पंक्ति I   
थ्रेटबारे किन बोल्दैन ? महासंघले ती युवालाई पत्रकार नमानेकै हो भने तिनको रिर्पोटिङ/समाचार तिनी संलग्न संचार माध्यममा सम्प्रेषण भईरहेकै त्यसैले पत्रकार सम्बद्ध संघ/संस्थाले दिवाकरको विषयलाई गम्भिरपूर्वक लिई समस्याको समाधान गर्न आग्रह गर्दछु सप्तरीका सबै संघ/संस्था सरोकारवालाहरुलाई मेरो विनम्र निवेदन किसमय अझै बाँकी , तपाईहरु न्यायाधिशको भूमिका निर्वाह गर्न सक्नु हुन्न भने कम्तिमा मध्यस्थकर्ताको भूमिका अवश्य निर्वाह गर्नुस् किनभने कुनै पनि अपराधको बदला अपराध, कुनै पनि हिंसाको बदला हिंसा वा गालिगलौज किमार्थ हुन सक्तैन सप्तरीवासीको इज्जत यो या त्यो अर्थात् कुनैपनि बहानामा निलामी हुनुहुन्न कसैको पनि मानव अधिकारको उलंघन हुनुहुँदैन गल्ति गर्नेहरुमाथि कारवाही हुन पर्छ, होइन भने महासंघ, मानवअधिकारवादी, सरोकारवाला निकायमाथिको जनजनको विश्वास गुम्न सक्छ
पत्रकारलाई धम्की
इन्सेकको अनलाईन संस्करण ‘इन्सेक अनलाईन डट ओआरजी’मा असार १५ मा मनोहरकुमार पोखरेलको बाइलाइनमा ‘समाचार प्रसारणमा चित्त नबुझेपछि पत्रकारलाई धम्की’ शीर्षकमा समाचार प्रकाशित छ । समाचारमा पोखरेलले लेखेका छन्-
माउण्टेन टेलिभिजनका सप्तरी सम्वाददाता राजविराज नपा–४ का २७ वर्षीय दिवाकर साहलाई गहिल कन्ट्रक्सनका सञ्चालक राजविराज नपा–९ मलेठका ५१ वर्षीय भिमराज यादवले समाचार प्रशारणमा चित्त नबुझेपछि ज्यान मार्ने धम्की दिएको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालयमा असार १२ गते उजुरी दिनु भएको छ ।
जिल्ला प्रशासन कार्यालयका सहायक सीडीओ जनार्दन कट्टेलले जिल्ला प्रहरी कार्यालयलाई नियमानुसार आवश्यक कारवाही गर्न उजुरीसहित पत्र सोही दिन पठाएको बताउनु भयो । समाचारको विषयलाई लिएर ज्यान मार्ने धम्की दिएपछि शान्ति सुरक्षा कायम गरी जिउधनको सुरक्षा गरी पाउँ भनेर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको पत्रकार साहले इन्सेक प्रतिनिधिलाई असार १४ गते जानकारी गराउनु भएको छ । माउण्टेन टेलिभिजनमा ०७७ असार ९ गते राजविराज नपा–९ मलेठस्थित राजविराज–रुपनी सडक खण्डमा ४८ लाख २८ हजारमा सम्पन्न हुनै लागेको ‘सहिद गेट’ निर्माणमा व्यापक अनियमितता र भ्रष्टाचार भएको समाचार प्र शारण भएको थियो ।
जनता समाजवादी पार्टीका नेता तथा सङ्घीय समाजवादी पार्टीका तर्फबाट राजविराज नगरपालिकाको मेयर पदका निकटतम् प्रतिद्वन्दी  भिमराज यादवले करिब ८१ लाख रुपियाँमा सहिद गेट तथा पार्क निर्माणको ठेक्का लिएका छन् ।
समाचार प्रसारण भएपछि असार ११ गते राति ९स्४३ बजे यादवले ९८०४७३६१११ नम्बरको फोनमार्फत विभिन्न अपशब्द प्रयोग गरी ज्यान मार्ने धम्की दिएको साहले बताउनु भयो । सोही रातिदेखि मोटरसाइकलमा अपरिचित मानिसहरू घर वरिपरी आएर निगरानी गर्ने गरेकोले आफू र आफ्नो
परिवारका सदस्यहरूको जिउज्यानमा हानी–नोक्सानी हुन सक्ने सम्भावना भएकाले आवश्यक कानुनी कारवाहीको माग गरेको उहाँले जानकारी दिनु भयो । 
जनता समाजवादी पार्टीका नेता एवम् निर्माण व्यवसायी यादवले असार १४ गते पत्रकार सम्मेलन गरी पत्रकारको नाममा पटक–पटक पैसा मागेर हैरान बनाउने र नदिँदा आफूद्वारा भइरहेको निर्माण कार्यसँग जोडेर झुठा समाचार सम्प्रेषण गरेको दावी गर्नु भएको छ । फोनमार्फत पटक–पटक तर्साउन थालेपछि आवेशमा आएर अपशब्द प्रयोग गरेको उहाँले स्वीकार्नु भयो ।
पत्रकार साहले भने आफूले यादवसँग समाचार बापत आर्थिक लेनदेनको कुरा पुष्टि भएमा सधैंका लागि पत्रकारिता छोड्ने दावी गर्नु भयो । जिल्ला प्रहरी कार्यालयका डिएसपी तिलक भारतीले दुवै पक्षलाई बोलाएर छलफल गराउने योजना रहेको बताउनु भयो ।