Tuesday, 27 February 2024

मैथिली भाषामा असमावेशी पाठ्यपुस्तक

 मातृभाषा मैथिलीमा प्रकाशित कक्षा १० को पाठ्यपुस्तकमा  जातिगत प्रतिनिधित्वको अवस्था : पुरानो र नयाँ मैथिली पाठ्यपुस्तकको तुलना गर्दा पहिले भन्दा पनि बढी ब्राह्मणवाद हाबी भएको देखिन्छ । पुरानो पाठ्यपुस्तकमा पाठ संख्या १६ मध्ये    ब्राह्मण लेखकको संख्या ६ जना (३७%), कर्ण/कायस्थ समुदायका तीन (१९%) र नाम (बाइलाइन) उल्लेख नभएको संख्या सात  (४४%) थिए । बाइलाइन नहुनुले पाठ्यपुस्तकमा समावेश सम्पूर्ण पाठ्यसामग्रीको अपनत्वको दायित्व लेखक जाति (ब्रह्माण) कै हुनु हो । यसैगरी, कक्षा १० कै मैथिली नयाँ पाठ्यपुस्तक (२०८०) मा पनि पाठ संख्या १६ नै रहेकोमा ब्राह्मण लेखकको संख्या नौ जना (५६%), ब्रह्माणेत्तर (केवट/धानुक) दुई जना (१३%) र बाइलाइन नभएको पाँच (३१%) रहेको छ ।


यसअघिको पाठ्यपुस्तकमा समावेश गरिएको कर्ण/कायस्थ समुदायलाई यसपालीको नयाँ पाठ्यपुस्तकमा समावेश गरिएको छैन । नेपालको तथ्याङ्कमा मैथिली मातृभाषा भएको लेखाउने करीब १२% अन्तर्गत पर्ने  (जनसंख्यामा ९७ % रहेको ) जाति/धर्म/समूदायलाई किनाराकृत, बहिष्कृत र विभेद गरीएको छ । यो असमावेशी पाठ्यपुस्तक लोकमैथिली भाषीले आ-आफ्ना सन्ततिलाई किन पठाउने भन्ने प्रश्न ठडिएको छ । अध्ययनका क्रममा पाठ्यपुस्तकका विषयवस्तुहरूको शैली र प्रस्तुतिहरूमा अक्षम्य त्रुटिहरू फेला परेका छन् ।

ती त्रुटिहरू पनि आमजन समक्ष ल्याउने बाचा गर्दछु। अन्त्यमा, मातृभाषा मैथिलीमा शिक्षण सिकाइ हुनु पर्नेबारे चर्का -चर्का कुरा त हामीले गरिरहेका छौं तर, लोकतान्त्रिक संघीय गणतन्त्रात्मक शासन प्रणालीलाई आत्मसात गर्न नसकेको मातृभाषाका पाठ्यक्रम, पाठ्यपुस्तक र पाठ्यसामग्रीहरू बिना परिक्षण, जाँच र मूल्यांकनकै भावी पीढिमाथि किन थोपरिरहेका छौं ? मनन र चिन्तन गर्नै पर्छ । यहाँ प्रस्तुत् तथ्याङ्कको स्रोत पाठ्यक्रम विकास केन्द्रको अनलाइनमा राखिएको मैथिली भाषाको कक्षा १० को पाठ्यपुस्तक हो ।

9 comments:

  1. मैथिली पर ब्राह्मण बाबुके बपौती राज !

    ReplyDelete
  2. दुर्भाग्य ! ●दिपेन्द्र झा, महोत्तरी

    ReplyDelete
  3. ब्राह्मण गोतिया सब मैथिली को दुबा देगा ! रमेशकुमार, जनकपुरधाम

    ReplyDelete
  4. अए बेर त कर्ण/कायस्थके सेहो वहिष्कार क देलक ●पंकज मल्लिक, सरिसवपाही , मधुवनी

    ReplyDelete
  5. यो दिनेश यादव झुठफूस लिखता है । -राजा जनक, मिथिला बिहारी, परिकरमा रोड ।

    ReplyDelete
  6. गुवार भाइ नबालक ही रहेगा । अपना भी कुछ करो । ○बिणा मिश्र, जलेश्वर, सुगा~

    ReplyDelete
  7. Brahmanbad Kaise Hota Hai ! Es k praman hain yeh Aalekh. Aese hi alakh Jagate rahiye . Maithili bhasa k unnayan k liye aap hi ek saput hain jo bina bedhak likhte aa rahe hain . @Bikash Panjiyar, Biratnagar

    ReplyDelete
  8. Byline kya hota hai? Explain the root, Yadav ji! ~Mithilesh Mithu Jha. Siraha.~

    ReplyDelete
  9. यो मैथिली पाठ्यपुस्तक 10 तिर सबै
    मैथलीभाषीको ध्यान आकृष्ट गर्नु भएकोमा तपाईँप्रति आभारी छौँ, दिनेश जी। मैथिली भाषाको यस प्रकारको प्रयोग नेपालमा बसोवास गर्ने अधिकांश मैथिली मातृभाषीहरू ले कदापि गरिरहेको पाइदैन। मलाई सम्झना छ कि मलङ्गवामा आयोजित एउटा गोष्ठीमा माध्यमिक विद्यालयका शिक्षकहरूले मैथिली पाठ्यपुस्तकमा प्रयोग गरिएको भाषा उनीहरूले बोल्ने मैथिली सँग भिन्न भएकोले सम्बन्धित शिक्षक र विद्यार्थीहरूले ती पाठ्यपुस्तकको प्रयोग गर्न स्वीकार नगरेको पाइका छन्। यस सन्दर्भमा हामी सचेत भएर उपरोक्त पाठ्यपुस्तको विश्लेषण गरेर त्यसमा भएका त्रुटीलाई ऑल्याएर यसको rewrite गर्ने तिर अगाडि बढौॅ। यस
    कार्यका लागि हामी पाठ्यक्रम विकास केन्द्र सहित केही विज्ञहरूसँगको सम्पर्क छौँ।
    पुनश्च: हामी मैथिली पाठ्यपुस्तक 10 लाई उपयुक्त विषयवस्तु तथा भाषाको दृष्टिकोणबाट विश्लेषण गर्ने प्रयास गरौॅ।आखिर हाम्रा बालबालिकाको भविष्य गुणात्मक र उपयोगी शिक्षामा नै निर्भर गर्छ। ●डा.योगेन्र्द प्रसाद यादव, भाषाशास्त्री

    ReplyDelete