-२०७५ भदौं २७ गते तत्कालिन सरकारले पत्रकार देवप्रकाश त्रिपाठीको संजोजकत्वमा गठन गरेको १५ सदस्यीय कार्यदलमा राजेश झा ‘अहिराज’ सदस्य थिए । त्यो कार्यदललाई प्राप्त कार्यादेश विपरीत स्थानीय रेडियोहरुले समाचार बजाउन नपाउने संचार नीति बनाउने प्रयत्न गरेको थियो ।
-२०६७ असोज १ मा आफ्नै कार्यालयबाट राजेश झा पक्राउ परेका थिए । तत्कालिन उपराष्ट्रपति परमानन्द झाका स्वकीय सहसचिव रहेका उनी नेपालबाट छुट्टिने गरी पृथ्थकतावादी सशस्त्र समूह जनतान्त्रिक तराई मुक्ति मोर्चाको सैन्य भर्नाबारे विज्ञापन आफै प्रकाशक र सम्पादक रहेको ‘मधेसवाणी’ मा प्रकाशन गरेको भन्दै पक्राउ परेका थिए ।
–राजेश झाको पक्राउमा आफ्नो नाम पनि मुछिएपछि तत्कालिन उपराष्ट्रपति परमानन्द झाले उनको राजीनामा माग्दा अटेरी गरेपछि सात दिन प्रहरी हिरासतमा राख्न लगाएका थिए । पछि रिहाई लगत्तै तलब रोक्का गरेका थिए । विशेष अदालतले उनलाई ५ सय रुपैया“ जरिमाना गराई सकेको अवस्थामा राजेशले सर्वोच्च अदालतमा पुर्नरावेदन गरेका थिए । तत्कालिन उपराष्ट्रपति परमानन्द झा समक्ष

आफूलाई सर्वोच्चमा सफाई दिलाई दिए मात्र राजीनामा दिने शर्त राखेका थिए । उनी तत्कालिन उपराष्ट्रपतिकै प्रेसरमा छुटे र सर्वोच्चबाट सफाई पाएका थिए । त्यस्ताका उपराष्ट्रपतिले तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाललाई भनेका थिए, ‘मेरो पनि नाम मुछिएकाले उनलाई स्वकीय सचिवबाट हटाउने र त्यसपछि जे हुन्छ गराउ“ला भन्दै यस पटकका लागि रिहाई गरि दिन आग्रह गर्छु । ’ जबाफमा माधवकुमार नेपालले भनेका थिए, ‘ सम्पादक झाको मुद्दा गहिरो छ तर आइन्दा यस्तो नगरोस सम्झाउनु होला, मैले उनलाई रिहाई गर्न सम्बन्धित निकायसंग कुरा गरिसकेको छु ।’ (सहारा टाइम्स, २०६७) । राजेश रिहाई त भए तर पदबाट राजिनामा दिन अस्वीकार गरे । विशेष अदालतबाट ५ सय रुपैया“ जरिमाना तिराएको भन्दै सर्वोच्चमा रिट हाले, त्यो रिटको फैसला आफ्नो पक्षमा गराउन सोर्स लगाई दिन उपराष्ट्रपति समक्ष सर्त राखे । त्यो भए मात्र आफूले राजीनामा दिने राजेशको शर्त थियो । राजीनामा नदिएपछि उनको तलब रोक्का गरिएको थियो ।
–ज्ञानेन्द्र शाहीको प्रत्यक्ष शासन कालमा उनी राजावादी पत्रकारहरुको संगठनमा केन्द्रिय सदस्यकै हैसियतमा आफूलाई पुर्याउन सफल भएका थिए । त्यसताका राजाले आफ्ना पक्षधर पत्रकारलाई बा“डेको रकम पाउने सुचीमा राजेश अहिराजको पनि नाम छ । उक्त सूचीमा उनको नाममा सात हजार रुपैया“ उल्लेख छ ।

–२०५७–५८ तिरको कुरा हो– उनी कीर्तिपुरका लागि राष्ट्रिय समाचार समिति (रासस) का समाचारदाताका रुपमा सक्रिय थिए । तर, त्यहा“ लामो समय उनी टिक्नै सकेनन् । मधेस र मधेसीको मुद्दाको बाक्लै रुपमा उठान हुन थालेपछि राजेश झाले २०६१ मा ‘मधेसवाणी’ पत्रिका पाक्षिक रुपमा प्रकाशन थाले । पछि त्यसलाई साप्ताहिक बनाए । वानेश्वर शान्तिनगरमा एउटा सटर लिएर प्रकाशन थालेको पत्रिकाले राम्रै चर्चा पाएको थियो । किनभने त्यसमा मधेसको आवाजहरु जो समेटिने गरेको थियो । उनको कार्यालयमा मधेसी युवाहरुको बाक्लै उपस्थिति हुने गथ्र्यो । तर, उनीसंग संगत गर्नेहरुलाई उनले निराश पारेका थिए । उनको कार्यालयमा फर्केर नजाने ‘कसम’ खानेहरुको एउटा फेरिस्त नै तयार हुन सक्छ । यसको कारण–उनी अत्याधिक महात्वकांक्षी रहेको र अरुलाई ‘युज ब्याट्री’ मात्र बनाउने ध्याउन्नमा स“धै रहने प्रतिक्रिया उनका निकटमा रहेकाहरुले बताउने गर्थे ।
–नेपालका राष्ट्रिय मिडियाहरुमा मधेसका समाचारले स्थान नपाएको अवस्थामा ‘मधेशवाणी’ मधेसिया नेताहरुका लागि अचूक दबाई बनेको थियो । आफ्नो प्रचार र प्रशंसा चाहने मधेसी नेताहरु राजेश झाको नजदिक हुन थाले । फलस्वरुप केही आर्थिक सहयोग समेत उनले पाउन थालेका थिए । पछि मधेस मिडिया हाउस संचालन गर्ने कुरा आयो । मधेसीमूलका सम्पादक र पत्रिकालाई त्यही हाउसमा एउटै छानामुनि राखेर संचालन गर्ने अवधारणा आयो । यो अवधारणालाई नाई कसैले भनेनन् । मधेसका धेरे सम्पादक तथा पत्रिकाका लागि
अनामनगरस्थित मिडिया हाउसमा प्रवेश गराईयो । तर, हाउस दर्ता गराउन सक्रिय नेता राजेन्द्र महतोलाई समेत उनले बाईपास गरी आफ्नै नाममा दर्ता गराउन सफल भए । त्यहा“ पनि उनको महत्वाकांक्षा देखियो । मधेसी पत्रकार, प्रकाशक तथा सम्पादकहरुको समर्थन र सहयोगमा उनी मधेस मिडिया हाउसका संचालक बन्न सफल भए । पछि हाउसमा आएका सबैलाई एकपछि अर्को गर्दै बाहिरिन बाध्य पारें ।
–मधेस मिडिया हाउसको एकल संचालनको नेतृत्वमा पुगेपछि राजेश झालाई खर्च उठाउन समस्या हुन थाल्यो । आर्थिक स्रोत जुटाउने प्रयासमा उनी असफल भएपछि मधेसी नेता तथा मन्त्रीहरुको विरोधमा सामग्रीहरु प्रकाशित गर्दै ‘बार्गेनिङ टुल्स’ त्यसलाई बनाउन थाले । अमुक नेता, मन्त्रीको गलत समाचार छाप्ने र पत्रिकाका वितरक मार्फत् फोन गर्न लगाएर ‘तपाईको बारेमा मधेसवाणीमा के–के पो प्रकाशित छ’ भन्ने । चरित्रहत्या हुनेगरि प्रकाशित सामग्रीहरुलाई लिएर बार्गेनिङ गर्ने उनको रोग बन्न पुग्यो । एउटा संचारकर्मीका नाताले पीडितहरु मेरा सम्पर्कमा आउ“थे । तिनीहरुलाई मैले उपचारको बाटो पनि देखाई दिन्थे । तीमध्ये एक जना राजेश झाविरुद्ध सर्वोच्चमा मुद्दा हाल्न लाग्दा उनले खुट्टा नै ढोगेका थिए । कसैको चरित्र हत्या नगर्ने शर्तमा उनलाई छाडिन्थ्यो । तर, जब मानिस अनैतिक र अमर्यादित कार्यका लागि अभ्यस्थ भइसक्छ, त्यसलाई त्याग्न गाह्रो हुने रहेछ । राजेश झाको यो कमजोरी बन्न पुग्यो । पछि मधेसी मन्त्रीदेखि सभासद, सांसदसम्मको चरित्रहत्यामा लिप्त हुन थाले । राजेशप्रति मधेसीको मोह भंग हु“दै गयो भने राजेशको पनि मधेसी नेताप्रतिको मोह भंग भयो । आफ्नै समाजमा सम्मान पाउन नसकेर अत्तालिएका उनी शक्तिशाली नेताको हनुमानगीरीमा लागे ।
–राजेश झाले मधेसवादमा पीएचडी त गरे तर उनको बौद्धिकता पुष्टि हु“दैन, देखिदैन । हो, मधेसकै नाममा उपाधि हासिल गरेपनि उनी मधेसीका पक्षमा छैनन् भन्ने पुष्टि उनका सामाजिक संजालका स्टेटसहरुले पनि गरेकै छ । अझ उनी दलितको पक्षमै छैनन् । सात प्रदेशमध्ये एउटामा मात्र प्रदेश प्रमुख दलितको स्थानमा आफूलाई पदासिन गर्न ठूलै सोर्स लगाकाएका छन् ।
–आफ्नो विरोधमा लेख्ने र आफूले भनेको नमान्ने कसैलाई पनि राजेश झाले बा“की राख्दैनन्, राखेका छैनन् । एउटा पत्रिकाकी महिला सम्पादकको विवाहको झिनोफानो भई सक्दा उनका बुबालाई आफ्नो विरुद्धको समाचारहरु सम्प्रेषण गर्न नरोके तिनका विरुद्धमा पनि लेख्ने धम्की दिएका थिए । अर्का एक पत्रकारलाई नक्कली प्रमाणपत्र पेश गरी जागिर खाएक

ो धम्की दि“दै आफूविरुद्ध लेख्न नछाडे तिनका विरुद्धमा पनि लेख्ने चेतावनी दिएका थिए , तर ती संचारकर्मी निडर स्वभावका भएकाले राजेश झाको धम्कीलाई मतलबै गरेनन् । अर्का एक पत्रकारलाई ‘कपी राईट’ मुद्दा हाल्न लगाउने भनेर आफ्नो अधिनमा पार्न उनी सफल भए । झा थरका एक व्यक्तिको सामग्री हुबहु छापिएको भन्दै तिनलाई ती पत्रकारविरुद्ध पहिले उचाले पछि मिलाई दिने बहानामा राजेश झाले आफ्नो शर्त मान्न बाध्य पारेको चर्चा अझै सेलाएको छैन । ती पत्रकार अहिले राजेशको कट्टर समर्थकका रुपमा उभिएका छन् । हुन त तिनी पनि महत्वाकांक्षी पत्रकारनै हुन् । पत्रकारिता त उनको देखाउने दा“त मात्र हो, भित्रभित्रै थरी–थरीका धन्दामा संलग्न छन् । अर्का एक जना पत्रकारलाई पनि आफ्नो अधिनमा पार्न सफल छन् । यी र यस्तै गुण राजेशबाहेक अन्यमा विरलै भेटिन्छ ।
–एक जना एनजिओकर्मीसंग मागे अनुसारको रकम नदिंदा उनीविरुद्ध मधेसवाणीमा नानाथरीका कपोलकल्पित समाचार सम्प्रेषण गरी चरित्र हत्या गरेका थिए । त्यो प्रमाण उनकै पत्रिकामा अझै सुरक्षित छ । जसले उनीविरुद्धको अभियोगमा बहस गरेका थिए, तिनीसंग स्वार्थ बाझदा तथानाम लेख्न राजेशले भ्याएका छन् । अझ उनी पक्राउपछि उनको पक्षमा प्रेसविज्ञप्ति समेत लेख्ने मान्छे थिएन । मधेसका पत्रकार तथा लेखकको भेला डाकेर उनको पक्षमा प्रेसविज्ञप्ति जारी गराउने वातावरण मिलाउनेलाई त उनले छाडेनन्, अरुको त कुरै छाडि दिए भो ।
–‘मधेसवाणी’ पत्रिकाका पुराना अंकहरुको अध्ययन गर्दा सबैभन्दा बढी पीडित बनाइएका समूहमा ब्राह्मणेत्तर बढी भेटिन्छन् ।
– एकताकाका भारतीय दूतावासको मधेसी पत्रकारहरुको भारतको मैत्रीपूर्ण भ्रमण टोलीमा राजेश झाको नाम समावेश नहु“दा दूतावासका गोपाल वाग्लेको तस्बीर मधेसवाणीमा उल्टो प्रकाशित गरेका थिए । त्यसपछि उनी दूताबासमा नियमित आउजाउ गर्न सफल भएका थिए ।
–राजेश झा राजावादी थिए, हुन । पछिल्लो समय हिन्दूवादी बनेका छन् । हावा जता चल्यो त्यतै बहने उनको चरित्र हो । उनलाई पत्याउनेहरु कि त सतही छन् कि त उनलाई नचिन्नेहरु छन् । उनको सामिप्यमा आईसकेकाहरु मध्ये धेरै उनीबाट टाढिएकै छन् । केही स्वार्थी तत्व र उनीबाट केही पाउने आशमा बसेकाहरु भने उनीसंग टा“सिएर बसेका छन् । पछिल्लो समय ‘हनुमानगिरी’ को तक्मा उनले पाएका छन् ।
–‘अहिराज’ लेख्नुको पछाडि पनि एउटा गजबको सन्दर्भ उनीसंग जोडिएर आउने गर्छ । उनी सीतामढीमा आईएससी पढ्दाताका एक जना दबंग विद्यार्थीले ‘अहिराज’ लेखेरै आफ्नो रजगज जारी राखेका थिए । त्यस्तै मानसिकता उनको पनि रहेको देखिन्छ ।
–नागरिकतामा राजेश झा भएपनि पत्रिकामा राजेश अहिराज लेखेकाले सूचना विभाग र प्रेस काउन्सिलले उनलाई आफ्नो नाम सच्चाउन पटक पटक आग्रह गरेपनि उनी अटेरी गर्दै आएका थिए ।
जनआस्था पत्रिकाको ७ चैत्र २०७७ मा ललितपुरको पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसका उपप्राध्यापक मनोजकुमार कर्णको ‘वेदानन्द प्रवृत्तिको पुनरावृत्ति’ शीर्षकमा राजेश झाबारे एउटा टिप्पणी प्रकाशित छ । त्यसमा उपप्राध्यापकले लेखेका छन् –
ओली सरकारले गत फागुन ७ गते शुक्रबार ४ दिनपछि नै सर्वोच्चबाट प्रदेश २ का प्रमुख तिलक परियारलाई अपमानपूर्वक बर्खास्त गरी डा। राजेश झा ‘अहिराज’लाई नयाँ गभर्नर नियुक्त गर्यो ।
राजेश अहिराजसँग मेरो परिचय धेरै नभए पनि कम्तीमा १४/१५ वर्षदेखि उनको ‘मधेशवाणी’ साप्ताहिकमा मेरा लेखहरू छापिइरहेको छ । भर्खर दोस्रो जनआन्दोलन ०६२/६३ सकिएको बेला मेरो पुरानो ढाकाटोपी भएको फोेटो लेखसँग छाप्न पठाउँदा उनले मलाई ‘राजावादी र दरबारियाजस्तो देखिने यस्तो फोटो तत्काल चेन्ज गर्नुस् सर, अब दरबारको गुलामी गर्ने वा डराउने दिन गइसक्यो’ भनी शान्तिनगरको कार्यालयमा भनेको झल्झली सम्झन्छु । मैले सोही बेला उहाँको नौलो टाइटल देखेर सोधेको थिएँ, यो ‘अहिराज’ भनेको कुन जात हो रु र, जवाफले मलाई झण्डै मूच्र्छित पारिदियो ‘सर ! मधेशमा हामी ब्राह्मण अल्पसंख्यक छौं र झा टाइटलले गर्दा त्यहाँका यादव र अन्य जातले मेरो खुट्टा तान्नेछन् तसर्थ अहिराज टाइटल नामसँगैै जोडिदिँदा सबै यादवहरूले मलाई पनि यादव सम्झेर पूर्ण सहयोग गर्नेछन् र जबसम्म पचपनियाँ जात उनीहरूले मेरो यथार्थ बुझ्नेछन्, तबसम्म मैले धेरै प्रगति गरिसकेको हुनेछु !’ उनले यसो भनेका थिए । राम, राम आफू कहिल्यै यस्तो बाठो भइएन ! अहिराजले मलाई प्रतिलेख एक हजार दिनेछु भने तर आजसम्म छापिएका लेख कम्तीमा १०० बढी होलान्, त्यसबापत फुटेको कौडी पनि पाइनँ । जनआस्थाले भने आपत पर्दा स–सम्मान मद्दत गरेको हो ।
राजेशजीले मधेशवाणी पत्रिकामार्फत मधेशका लगभग सबै पार्टी तथा नेताहरूलाई आवाज राख्ने एउटा प्लेटफर्म दिएकै हुन् । उनको मिशन संघीय लोकतान्त्रिक गणतन्त्रको प्रबद्र्धन थियो । यी सबैका बीच यो पनि सत्य हो कि पाँच–सात वर्षयता राजावादी पत्रिकाहरूले उनको अनपेक्षित रूपमा निकै प्रशंसा गरे । उदाहरणका लागि सञ्चारमन्त्री जेपी गुप्ता र राजकिशोर यादवको कालमा हिन्दू साप्ताहिकले ‘मधेशवादमा पिएचडी गरेका अति तेज दिमागवाला‘ राजेश अहिराजजस्तो विद्वान्लाई प्रेस काउन्सिलको अध्यक्ष बनाउँदा धेरै राम्रो हुन्थ्यो’ भनेर समाचार बनायो भने रहस्य÷गोरखा एक्सप्रेसहरूमा पनि यस्तै आशयको समाचार आयो तर उनलाई ‘राम्ररी चिन्ने’ मौका भने तब मैले पाएँ, जब केही महिनाअघि दिव्य चक्षु साप्ताहिकले चिना–कुण्डलीसहित ‘विद्वान् डा। झाको यस्तै श्री ५ महाराजाधिराज, दरबार र देशप्रति समर्पण रहिरह्यो भने राजसंस्था पुनःस्थापना हुनेबित्तिकै मन्त्री, राजदूतको पद पाउने ग्रहले देखाउँछ’ जस्तो समाचार बनायो ।
कसैकोबारे राजावादी वा कांग्रेस वा वामपन्थी पत्रिकामा समाचार आउनेबित्तिकै ऊ सोही राजनीतिक धारको हो भन्ने अनुमान लगाउनु मूर्खता हो तर लगातार एउटै धारका पत्रिकाले ‘श्री ५ मौसुफ सरकारको सेवा’मा समर्पित भई समाचार बनाउन थाल्दा अझ निज पात्र कुन धारको मान्छे हो नबुझ्नु दिमागी निकृष्टता नै होला । मधेशवादी नेताले पद पाइएन भन्दैमा मधेशवाणीको आवाजलाई ओलीवाणीको आवाजमार्फत राजावाणीमा ठोक्काई जनतालाई गुमराहमा पार्नु, त्यो पनि वकालत र विद्यावारिधि सकेर १ एकप्रकारको राजनीतिक तथा बौद्धिक अपराध र अराजकतावाद नै हो ।
के प्रदेश प्रमुख भनेको पञ्चायतकालको अञ्चलाधीश पद हो, केन्द्र सरकारको हुकुमलाई तामेली गर्ने ? अहिराजको यो पदलिप्साले विगतमा मधेशको मुद्दा उठाउन तराई कांग्रेस खोलेका वेदानन्द झाले पछि एउटा राजदूत पदको लागि सबैथोक सकाइदिएको दुःखद अवसरवादी निन्दनीय चरित्रलाई स्मरण गराउँदैन ? संघीयता र मधेशी–थारूको हकको लागि सहादत प्राप्त गर्ने शहीदहरूको लक्ष्य राजेश अहिराज भन्ने मधेशी बाठो ब्राह्मणलाई प्रदेश प्रमुखको पद दिलाउनु थियो ?
Links:
https://www.janaaastha.com/archives/26742
https://www.ratopati.com/story/168658/2021/2/19/rajesh-jha-news-
https://www.ghatanarabichar.com/154409
https://pratikshakhabar.com/international/6194/
https://www.pnpkhabar.com/%E0%A4%B8%E0%A4%82%E0%A4%B5%E0%A4%BF%E0%A4%A7%E0%A4%BE%E0%A4%A8-%E0%A4%A6%E0%A4%BF%E0%A4%B5%E0%A4%B8-%E0%A4%A8%E0%A4%AE%E0%A4%A8%E0%A4%BE%E0%A4%89%E0%A4%A8%E0%A5%87-%E0%A4%B8%E0%A4%BE%E0%A4%82/