Sunday, 2 June 2019

पूर्वाग्रह र भेदभावको दुष्ट परिणाम

 नेपाली भाषा

नेपालको हरेक क्षेत्रमा मधेसी, जनजाति, आदिवासी, मुस्लिम, दलित, पिछडावर्ग लगायतसंग पटक–पटक वर्षौयता जारी विभेदीकरण सत्ताजाति र पहुँच भएका समुदायका पूर्वाग्रह मानसिकताकै ऊपज हो । वर्षौ पहिले विभेद जसरी थियो, अहिले पनि फरक शैलीमा झनै झाङ्गीएको महशुस शोषित, उपेक्षित र दमितहरुले गरिरहेका छन् । जनआन्दोलनपछि मधेस जनविद्रोह र त्यसयताका पटक–पटकका मधेसी र जनजातिका असंतुष्टि अझैसम्म पनि संवोधन हुन नसक्नु पूर्वाग्रह मानसिकताकै उपज मान्न सकिन्छ । भाषा, संस्कृति र कलाका नाममा अझैपनि यहाँ एकल जातीय वर्चस्पवादीहरुको दबदबा छ । देशका सबै नागरिकले सम्मान र समान अवसर पाईरहेका छैनन् । मातृभाषामा शिक्षा भनिएको छ, तर त्यो नाम मात्रैको कार्यान्वयनमा आएको छ । आरक्षणको व्यवस्थता जुन मर्म अनुरुप परिकल्पना गरिएको थियो , त्यसमा ग्रहण लागिसकेको अवस्था छ । नेपालको अति पिछडिएको क्षेत्र कर्णालीलाई बढी आरक्षण चाहिएको थियो तर त्यसका नाममा ‘खस आर्य समुदाय’ नयाँ शब्दाबलीको अविष्कार गरिएको छ । यो पनि एउटा पूर्वाग्रह हुन सक्छ । पछिल्लो समय हालसम्मकै सबैभन्दा बढी पदका लागि लोकसेवा आयोगले आवेदन मागेको छ तर मधेसीहरु यसबाट सन्तुष्ट हुन सकेका छैनन् । मधेसीलाई अधिकारबाट बञ्चित गराउने मनसायका साथ लोकसेवा आयोगले पछिल्लो विज्ञापन गरेको भन्दै विरोध भईरहेको छ । पूर्वाग्रहले कसैको हित गर्दैन, वरु देश र समाजमा विग्रह अनि द्वन्द्व निम्त्याउन सक्छ । त्यसका लागि बोधक र दारुण दृष्टान्त यो आलेख हुन सक्छ । पूर्वाग्रहबारे स्पेनी चिन्तक फादर वालेसका यो आलेख पाठकहरुलाई रोचक र जानकारीमूलक हुनसक्छ भनेर यहाँ पस्कने जमर्को गरेको छु ।

फादर वालेस लेख्छन :सानै उमेरमा बालबालिकालाई अमुक जाति तल्लो र अमुक उच्च, अमुक भूभाग/प्रदेशका मानिस अपराधी/अल्छी र अमुक ठाउँका मानिस लोभी, अमुक देशका मानिस हाम्रा शत्रु, अमुक मित्र, अमुकको धर्म निकृष्ट र अमुकको उत्कृष्ट, अमुक भाषा खराब र अमुक ठीक, अमुक समुदाय अराष्ट्रिय र अमुक राष्ट्रवादी... भनेर सुनाइने गरिन्छ । भेदभावका यति धेरै कुराहरु मन बाँधेर बालबालिका समाजमा प्रवेश गर्छन््् । फेरी, जब उनीहरु क्षेत्र/प्रदेश, देश, धर्म वा जातिका मानिसहरुसंग सम्पर्कमा आउँछन्, तब पहिले देखि भरिएका नकारात्मक सोच अनुसार उनीहरुले व्यक्ति–व्यक्तिलाई वर्गिकरण गर्न थाल्छन् । र, त्यही अनुरुप व्यवहार गर्न पनि शुरु गर्छन् । यसरी सिंगो मानव जाति विभिन्न भागमा बाँडिन पुग्छन् । धूँजा–धूँजाका बीच संघर्ष पैदा हुन्छ, साम्प्रदायिक दंगा, अन्तर–द्वन्द्व, अन्तर–विग्रह, झै–झगडा, वैमस्यता तथा विश्व–युद्धबाट मानिसका दुःखहरुको विषपात्र छछल्किन थाल्छ, पोखिन शुरु हुन्छ ।

उदाहरणका लागि जर्मनीमा यहूदीहरुलाई सताउने कुरालाई लिन सकिन्छ । पूर्वाग्रह र भेदभावको दुष्ट परिणामलाई बुझ्नका लागि यसले वोधक र दारुण दृष्टान्त प्रस्तुत गर्छ । हिटलरले यहूदीहरुविरुद्ध आन्दोलन शुरु गरे । तिनीहरु घटिया रक्तबीजका हुन भनेर चारैतिर प्रचार गरे, फैलाए । तिनीहरुको पूर्ण वहिष्कार गर्ने निश्चित गरियो । तिनीहरु हातमा पहेलो पट्टी बाँधेर मात्रै सार्वजनिक स्थानहरुमा घूमघाम गर्न सक्छन्, यस्तो हुकूम जारी गरियो र पागलपनले जब मर्यादा नाघ्यो , तब उसको सर्वनाश गर्नका लागि फरमान जारी गरियो । आफ्नो राक्षस प्रहरीको कब्जामा जति यहूदी–पुरुष, महिला, बालबालिका परे, सबैलाई औश्वित्सव गाउँ नजिकै खडा गरिएको ठूलो जेल–शिविरमा कोचें । नरकको त्यो विशालकाय भट्टिहरु र विषालु हावा भरिएका कालकोठरीमा प्रत्येक दिन करीब दश हजार निर्दोष जीव होमिन्थे । दोस्रो विश्व–युद्धको बीच, औश्वित्समा कूल २५ लाख यहूदीहरुको विधिवत् हत्या गरियो ।

र, आश्चर्यको कुरो त के छ भने यो शिविरका प्रमुख अधिकारी जनरल ह्यासलाई जब अन्तर्राष्ट्रिय अदालतमा उपस्थिति गराईयो तब उक्त हत्याकाण्डको कुनै औचित्य प्रमाणित गर्न उनले सकेनन् । उनले भनेका थिए, ‘हामीले सुन्दै र पढ्दै आएका थियौं कि यहूदीहरु खराब हुन्छन्, र तिनीहरु जर्मनीका मूल शत्रु हुन , तिनीहरुलाई नाश गर्नु नै देश सेवा हो । त्यसैले हिटलरको आदेशको हामीले उत्साहका साथ शिरोधार्य गयौं, र त्यसलाई कार्यान्वयन गर्नका लागि पुरजोर प्रयास पनि गर्यो ।’

आज औश्वित्सको जनसंहार भट्टी रहेको स्थानमा एउटा मन्दिर खडा गरिएको अवश्य छ , तर भेद्भावको विषचत्र विश्वभरि अझैपनि  घुमिनै रहेको छ । पूर्वाग्रह, निन्दनीय प्रचार, हिंसा, यी सबै त्यसैको अशुभ–गति अन्तर्गतका पाइला हुन । देश र ठाउँहरुको नाम परिवर्तन भईरहन्छ । तर, जहाँ विरोधी समुदायका बारेमा गलत मान्यता र गलत कुराहरुको प्रचार र सामाजिक व्यवहारमा भेदनीति हुनेछ, त्यहाँ हिंसाका भट्टिहरु जुनसुकै वेला सल्किन सक्नेछन् । हिंसा नियन्त्रणका उपाय प्रहरी तैनाथ गर्नु होइन, हिंसाको कारणलाई जरोदेखि नै उखेल्नु हो । र, हिंसाको जड पूर्वागूहलाई समाप्त पार्नु पनि हो । निंदाबाट हिंसा, अफवाहबाट झगडा र पूर्वाहग्रबाट रक्तपात मचिन्छ । हिंसाको प्रमुख अपराधी हल्लाकै भरमा ज्यान लिने र गोली चलाउने मात्र होइन, त्यस्तो वातावरण बनाउने निन्दा र भेदभाव–प्रधान, अफवाह–प्रेमी समाज पनि हो ।

औश्वित्समा जनरल हेसको अपराध कम थिएन , तर साँचो त यो थियो कि यहूदी जनताबारे जर्मनीमा गलत भावना पैदा गर्ने र फैलाउने हिटलरका प्रचार प्रभावी रोजेन–वर्ग पहिलो अपराधी थिए । भट्टी सल्काउनेलाई माफ गर्न सकिएला तर मानिसका मन र ह्रदयमा वैरभाव र वैरविरोधको ज्वाला प्रज्वलित गर्नेहरुको पाप अक्षम्य छ ।
पूर्वाग्रहको अर्को उदाहरण ः अमेरीकाको स्कूलमा विद्यार्थीहरुमा पाइने जातीय पूर्वाग्रहका परिणामहरुको मापन गरिएको थियो । त्यसपछि विद्यार्थीहरुका आमाहरुमा रंगभेदको मात्रा मापन गरियो । केही अपवादलाई छाडेर आमा–सन्तानहरुको मापन परिणाम समान नै आयो । अध्ययनका क्रममा बालमन्दिरका बालबालिकालाई खेल्नका लागि अश्वेत–श्वेत खेलौना र तिनीहरुका लागि थरि–थरिका घर र कपडाहरु दिइएका थियो । रंगभेदलाई मान्यता दिने आमाहरुले बालकालिकालाई सेता खेलौनालाई सुन्दर भेषमा सजाएर सुन्दर घरमा राखेका थिए, कालो खेलौनाहरुलाई च्यातिएको कपडा लगाएर भत्किएका घरमा राखेका थिए । यस्तो प्रकारको जन्मजात संस्कार अथवा कुसंस्कार कसरी हट्न सक्छ र ?

पूर्वाग्रह अन्धो हुन्छ , बृद्धिको प्रकास अगाडि यो टिक्नै सक्तैन । दोस्रो विश्वयुद्धमा रेडक्रसका सैनिक चिकित्सकहरुले रगतका शिशीहरु, रक्तदान गर्नेहरु श्वेत वा अश्वेत(हब्शी) अनुसार अलग–अलग गरी राख्थे । रगत यसैपनि रातो नै हुन्छ । अश्वेतको रगत कालो र श्वेतको रगत रातो भन्ने हुदैन । सुक्ष्मदर्शक यन्त्रद्वारा यसको सूक्ष्म परिक्षण गरिएमा अथवा रासायनिक प्रयोगशालामा पृथक्किरण गरिएमा पनि श्वेत र अश्वेत(निग्रो) दुवैको रगतमा कुनै प्रकारको फरकपन नहुने पुष्टि हुन्छ । तरपनि नीग्रोको रगत राखिएको शीशीमा ठूला–ठूला अक्षरमा कालो ‘एन’ अक्षर टाँसिने गरिएको थियो । हब्शीको रगत स्वीकार गर्नुको साटो मर्नु राम्रो, के यस्तो कसैले चाहन्थ्यो ? र जहाँ विज्ञानले पुरै एकता स्थापित गर्छ , त्यहाँ अन्धो भावना र मिथ्या पूर्वाग्रहका घातक पर्खाल खडा गरियो ।

समाजमा एउटा समुदाय बदनाम भएपछि, त्यो समुदायविरुद्ध कुनैपनि कलंक लगाउन सजिलो हुन्छ  । कक्षामा हल्ला भयो कि शिक्षकले पहिले चकचके विद्यार्थीलाई नै हप्काउन पुग्छन् । चाहे त्यो बिचारा आफ्नो पढाईमा दत्तचित भई मनै किन न लगाए होस । पूर्वाग्रहबाट विशेष हानि पूर्वाग्रह राख्नेवलालाई नै हुन्छ । पूर्वाग्रहकै कारण उच्च पदका लागि योग्य व्यक्तिको साटो कम योग्यता भएकालाई मन पराउने चलन पुरानै हो । पूर्वाग्रहबाट दबिएका मानिस आफ्नो क्षमता अनुसार काम गर्न पाउदैनन, पूर्वाग्रहबाट समाजको तन्त्र बिग्रिन सक्छ । अमेरिकामा जुन प्रान्धमा बढी रंगभेद छ, त्यहा कम समृद्धी र विकास भएको पाइन्छ, यो वास्तविकता हो । मुटुमै यो विष छ भने त्यसको असर त पर्ने नभयो ।

अफ्रीकाको एउटा विद्यालयमा अंग्रेजी विषयको शिक्षा संतोषजनक थिएन । त्यसको कारण खोतल्ने प्रयास गर्दा दुःख र पूर्वाग्रहकै पुष्टि हुने तथ्य बाहिर आयो । केही उत्साही तर बृद्धिहिन शिक्षिकाहरु अंग्रेजी कक्षा शुरु गर्ने बेला यो विज्ञापनबाट गर्थिन ः‘ अब हामी आफ्नो शत्रु भाषा सिक्नेछौ ।’ दुश्मनको भाषा सिक्नका लागि बिचारा बालबालिकाले कसरी मन लगाउन सक्लान् ? (भारतमा लामो समय बिताएका स्पेनी चिन्तक फादर वालेसको पुस्तकबाट भावअनुवाद)

प्रथम ज्ञान है आत्मबोध

हिन्दी भाषा 

फादर वालेस(Father Wallace)
"बहुत-से मनुष्य-शिक्षित एवं संस्कारी भी-अपने आपको बराबर परखते नहीं। अनेक भूलों और निष्फलताओं का मूल कारण यही अज्ञान है।"

मनोविज्ञान के एक प्रामाणिक ग्रंथ में व्यक्तित्व की लगभग चार सौ अलग-अलग व्याख्याएं लेखक ने एकत्र की हैं। इतनी अधिक हैं इसलिए एक भी अच्छी न होगी, ऐसा अनुमान सहज ही किया जा सकता है परंतु व्यक्तित्व क्या है, इसका विचार तो हर एक को होता ही है।

व्यक्तित्व कोई रूप नहीं, मजबूत शरीर नहीं, लोकप्रियता नहीं, बुद्धिमत्ता भी नहीं।

व्यक्तित्व में मनुष्य की तमाम शक्तियों - शरीर, बुद्धि, आत्मबल, भावना का समावेश होता है। परंतु जैसे कोई चित्र, सिर्फ चित्रपट और अमुक रंगों से बना हुआ नहीं होता, जैसे कोई भव्य इमारत ईंटों का ढेर नहीं, वैसे ही व्यक्तित्व भी हाथ-पैर या भावनाओं का समुच्चय नहीं। इन शक्तियां का हर एक व्यक्ति में विशेष समन्वय मिलता है, विशेष लक्ष्य की ओर वे दौड़ती होती हैं और इसीलिए विशेष व्यवहार भी इसमें से उपजता है। 'विशेष' शब्द पर भार डाला गया है, क्योंकि यह 'विशेषता' उस-उस व्यक्ति का मुख्य लक्षण होता है।

तुमने मोटरकार का कोई बड़ा कारखाना देखा होगा। मोटरें तैयार होकर, एक के बाद एक संधान-स्थल पर आती-जाती हैं। सब एक-समान! एक-सा इंजन, एक-से पहिये, एक-सी ही चॉप, एक-सी बैठक। रंग की भिन्नता; सिर्फ इतना ही फर्क। परंतु मनुष्य कारखाने में तैयार किया गया माल नहीं है। वह तो एक अद्भुत शिल्पी का सृजन है, जिसके कला-नमूनों की आवृत्ति नहीं होती।

जैसे दो मनुष्यों के अंगूठे की छाप एक-जैसी नहीं होती, वैसे ही व्यक्तित्व भी एक समान नहीं होते। दो पैर और दो आंखें, मन और हृदय, भय और प्रेम, भूख और प्यास आदि में समता होने पर भी प्रत्येक मनुष्य एक अलग, अनोखा, अनन्य व्यक्तित्व है। यह अनोखापन उसका महत्व सूचित करता है। दो मनुष्यों के व्यक्तित्व में उतना ही फर्क होता है जितना कारखाने के माल में और कलाकार के सृजन में।

तुममें तुम्हारा अपना व्यक्तिव है, उसी को तुम्हें विकसित करना चाहिए। दूसरों से तुम्हें प्रेरणा मिल सकती है। "इसका यह गुण मैं अपने में ला सकूं तो अच्छा," ऐसे शुभ विचार तुम्हें कई बार सूझेंगे और महान स्त्री-पुरुषों के जीवन चरित पढ़ते हुए, "मैं इसके सदृश बनूंगा" ऐसा संकल्प तुम्हारे हृदय में उठे बिना रहेगा नहीं। यह प्रेरणा बहुत अच्छी है; परंतु याद रखों कि तुम्हारा व्यक्तित्व तुम्हारा ही है, और यह किसी दूसरे से पृथक है। अंधा अनुकरण मरण ही है।

यशवंतराव चव्हाण जब स्कूल में पढ़ते थे, तब एक दिन शिक्षक ने बालकों से पूछा, "तुम क्या बनना चाहते हो?" किसी ने कहा 'तुकाराम।' परंतु यशवंतराव ने जवाब दिया, "मुझे यशवंतराव चव्हाण बनना है।"

निस्संदेह, आखिर तुम्हें 'तुम' ही बनना है।

गांधीजी और जवाहरलाल जी, दोनों अलग-अलग और दोनों महान। हर एक अपना-अपना व्यक्तित्व रखकर ही एक-दूसरे का साथी बना। फलत: देश और दुनिया के लिए इतना शुभ परिणाम आया। प्रत्येक मनुष्य के लिए दुनिया में अपना-अपना स्थान होता है। तुम्हारा भी! और यह अपना स्थान तुम ही ले सकते हो। तुम्हारे सामने तुम्हारा ही जीवन-कार्य पड़ा हुआ है। इसे तुम हर्ष से उठा लोगे, तो तुम्हारा जीवन सार्थक हो जाएगा।

यदि एक बार यह बात तुम्हारी समझ में आ जाए तो अपने को तुच्छ समझने, हीनता-गं्रथि से पीड़ित होने, या दूसरों से ईष्र्या करने का अवकाश न रहेगा और यह आत्म-अवज्ञा, हीनता की ये भावनाएं और यह ईष्र्या, कितने ही मनुष्यों को जीवन विनष्ट करने की लिए उत्तरदायी हैं!

तुम्हारी अपेक्षा दूसरा होशियार होगा, अमीर होगा, रूपवान होगा। एक-एक वस्तु को लिया जाए, तो हर एक में तुम्हारी अपेक्षा कोई न कोई बेहतर गुण तो निकलेगा ही और यह बात तो हर एक पर लागू होती है। परंतु इन सब वस्तुओं का जो मिश्रण बनता है, वह कुछ विशेष है, वह तुम्हारा ही है और वह तुम्हें समाज में अपना विशेष स्थान दिलाएगा।

नाटक में अलग-अलग पात्र भाग लेते हैं। राजा भी होता है और विदूषक भी। लेकिन इनाम हमेशा राजा को ही मिले, ऐसा होता नहीं। विदूषक अपनी भूमिका राजा की अपेक्षा अच्छे ढंग से अदा करे तो उसे ही इनाम मिलेगा।

व्यक्तित्व की विशेषता से, तुम्हें यह एक महत्वपूर्ण पाठ मिलता है कि दुनिया में तुम्हारा स्थान है और से प्राप्त करने के लिए तुम्हें अपने व्यक्तित्व का उत्साहपूर्वक सर्वागीण विकास करना है। परंतु साथ ही साथ, तुम्हारा एक कर्तव्य उपस्थित होता है, और वह है तुम्हें अपना स्वभाव, अपना मिजाज, अपने संस्कार, अपनी अच्छी-बुरी आदतें, अपने सिद्धांत, अपने आदर्श, अपनी बुद्धि और भावनाएं अर्थात् अपना व्यक्तित्व परख लेना है।

प्रथम ज्ञान है आत्मबोध।

यह किसी सिद्धात्मा का गुरुमंत्र नहीं, परंतु व्यक्तित्व निर्माण का पहला व्यावहारिक नियम है। बहुत से मनुष्य शिक्षित और संस्कारी भी -अपने आपको बराबर परखते नहीं, यह वास्तविकता है। अनेक भूलों और निष्फलताओं का कारण यही अज्ञान है।

कॉलेज में विज्ञान या कला या वाणिज्य विषय चुनते करते समय और उसमें भी अर्थशास्त्र या साहित्य, इंजीनियरिंग या डॉक्टरी चुनते समय, विद्यार्थी की कितनी ही भूलें शिक्षकों को दुखी हृदय से देखनी पड़ती हैं। इन भूलों के अनेक कारण होते हैं, लेकिन उनके मूल में विद्यार्थी का ही - अपनी रुचि, स्वभाव एवं कुशलता विषयक घोर अज्ञानता होती है।

प्रभावशाली जर्मन विद्यार्थी के. एफ. गार्ड्स सत्रह वर्ष की आयु तक निर्णय नहीं कर सका था कि वह भाषाशास्त्री बने या गणितशास्त्री। सौभाग्य से उसी अरसे में, एक रात, उसने समबाहुकोण त्रिभुज की रचना विषयक एक महत्व की शोध की और इस शोध के आनंद में ही गणित विषय को अपनाने का निर्णय किया। ठीक समय के इस निर्णय से उसका वास्तविक जीवन-कार्य उसे मिल गया। उसका सारा दीर्घ जीवन गणित की उच्च सेवा से दीप्त हो उठा और उसके कार्य से गणित के इतिहास ने एक नया मोड़ लिया।

तुम्हारा स्वभाव कैसा है? किस प्रकार के मित्रों को तुम पसंद करते हो? तुम्हारे संबंध में दूसरे क्या-क्या सोचते हैं? भविष्य के लिए तुम्हारे मन में कौन-कौन सी कल्पनाएं घूमती रहती हैं? "क्या करने से मेरा जीवन सार्थक होगा?" इस प्रश्न का अपने मन से तुम कैसा जवाब दोगे? "मैं भावनाप्रधान हूं, विचारशील हूं या व्यवहारकुशल हूं?" इस विषय में तुम विश्वास-पूर्वक क्या कह सकते हो?

तुम्हारा नाम और पता कोई पूछे, तो तुम तुरंत जवाब देते हो! अगर कोई यह पूछे कि तुम्हारा व्यक्तित्व कैसा है, तो तुम्हारे पास क्या उत्तर है?

जांच-पड़ताल शुरू कर दो।

अपने-आपको परखने लगो। अपना पूर्ण परिचय प्राप्त कर लो!

ऐसा करने से तुम्हारा व्यक्तित्व का चरित्र तुम्हाने मन में आप ही उभर आएगा। प्रेरणा मिलेगी, उत्साह जागेगा और व्यक्तित्व-निर्माण करने का-उसके द्वारा जीवन कार्य सिद्ध करने का सचेत प्रयत्न शुरू हो जाएगा।

ठंडे पहर में आगे न बढ़े, तो धूप के समय हैरान होगे!

(लेखक स्पेन मूल के चिंतक हैं। सस्ता साहित्य मंडल प्रकाशन, नई दिल्ली द्वारा प्रकाशित उनकी पुस्तक 'सच्चे इंसान बनो' से साभार)