Tuesday, 8 July 2014

अस्वस्थ्य नेता र नेतृत्व


दिनेश यादव 
‘.......म पूर्ण स्वस्थ्य छु, बरू देशको स्वास्थ्यको बारेमा चिन्ता छ, हामी सबै मिलेर देशको स्वास्थ्य राम्रो बनाउन लागि परौं । स्वास्थ्यमा केही गडबडि देखिएपछि चा“डै निको होस् भनेर म हतारमा जापान आए करीब तीन करोड नेपालीको शुभेच्छाले म पूर्ण स्वस्थ्य रहेको रिपोर्ट पाए“ ।’ गणतन्त्र नेपालका प्रथम राष्ट्रध्यक्ष रामबरण यादवको भनाइ हो यो । केही महिनाअघि जापानमा आफ्नो स्वास्थ्य परिक्षणपछि टोकियोमा आयोजित कार्यक्रममा यी भनाईहरू राखेका थिए । 
उनको उपचारबारे धेरै टिक्काटिप्पणी भयो । धेरैले स्वदेशमै राष्ट्रप्रमुखले स्वास्थ्य सेवा लि“दा राम्रो हुनेथ्यो भन्ने तर्क गरेका थिए । तर, यो तर्क नया“ भने थिएन । राष्ट्रप्रमुखको हैसियतले विदेशमै उपचारका लागि हानिनेमा राष्ट्रपति यादव एक्लो पनि होइनन, थिएनन् । दुर्भाग्यनै भन्नु पर्ला नेताहरूको उपचारका लागि स्वास्थ्य संस्था र चिकित्सक नेपालमा अझै पनि बन्न सकेको छैन, नत्र उनीहरूले पनि आफ्नो उपचार यही“ गराउ“थे होलान । त्यसैले त केही अपवादलाई छाडि दिने हो भने अधिकांश बाहिरै हु“इकिने गरेका हुन ।
नेपाल अहिले बुढा र रोगी नेताको हातमा छ । यहा“ क्रियाशिल अधिकांश राजनीतिक दलका नेताहरु रोगी छन्, उपचार गराउन विदेश जाने हैसियत राख्छन्, त्यो पनि राज्यको सुविधामा । जुन देशको नेतृत्व गर्ने नै रोगी छन,  त्यो मुलुक उभो कसरी लाग्न सक्ला ? राष्ट्रपतिदेखि प्रधानमन्त्री, मन्त्री, दलका नेता, नेतृ, सभासदलगायतलाई कुनै न कुनै रोगले च्यापेको अवस्था छ । अधिकांशलाई निको नहुने रोग लागेको छ । कोहीलाई क्यान्सर, कोहीको मृगौला विग्रेको, केहीलाई मधुमेह त कसैलाई ब्लड प्रेसरले गा“जेको छ । फेरी ती सबैको उपचार यहा“ होइन विदेशमै हुने गरेको छ । कम पहू“च वाला नेता इण्डियासम्म पुगेर उपचार गराएका छन् । अमेरिका, सिंगापुर, व्याङकक, जापान समेत उपचारका लागि हाम्रा नेताहरु पुगेकै छन् । विरामी हु“दा उपचार जरुरी छ , तर राज्यले सेवा दियो भन्दैमा विदेशमै उपचार गराउने जुन परिपाटी छ, त्यो अत्यन्तै गलत हो ।
अर्को कुरो, मुलुककै संचालनको जिम्मेवारी बोकेका नेताहरु शारीरिक र मानसिक दृष्टिले स्वस्थ्य नभएपछि देश स्वस्थ्य कसरी हुन सक्छ ? उनीहरु अशक्त र विरामी भईरह“दा जनताको अपेक्षा उनीहरुबाट पुरा हुनै सक्तैन । मुलुकले गति पनि लिन सक्तैन । राजनीतिका चुस्तता, ठीक र फिटको अवस्था जरुरी हुन्छ । स्वस्थ्य नभएबाट स्वस्थ्य विचार र नीति कार्यान्वयन हुनै सक्तैन । त्यसैले त मुलुक अनिर्णयको बन्दी बनेको अवस्थामा छ । संक्रमणकाल लम्बिएको लम्बियै छ । दुई वर्षमा बन्नु पर्ने संविधान झण्डै छ वर्षमा पनि बन्ने छा“ट टाढा टाढासम्म देखिन्न । नेताहरु विरामी छन्, उपचारमा व्यस्त हुन्छन् । मानसिकत रुपमा थकित, रोगी र शारिरीक रुपले चंगा नभएकाहरुबाट ठोस निर्णय कहिले पनि हु“दैन । फलस्वरुप मुलुक पंगु नेतृत्वहरुको गोलचक्करमा फ“सेको छ ।
हाल नेपाली कांग्रेसका सभापति सुशील कोइराला मुलुकका प्रधानमन्त्री हुन् । तर उनी रोगी छन् । कोइरालालाई जिब्रोको क्यान्सर छ । अमेरिको न्युयोर्कस्थित क्यान्सर सेन्टरमा पुगेर त्यसको शल्यक्रिया गराइसकेका उनलाई पछिल्लो समय फोक्सोको क्यान्सरको समेत आशंका गरिएको छ । कोइरालाबाट देशले सक्षम नेतृत्वको सुखानुभूति कसरी गर्न सक्छ त ? त्यस्तै कांग्रेसमा दोस्रो पुस्ताका नेता भनिएका शेरबहादुर देउवा र रामचन्द्र पौडेल समेत रोगी छन् । पूर्व प्रधानमन्त्री देउवा पेट र उच्च रक्तचापको समस्याबाट पीडित छन् । उनी नियमित रुपमा सिंगापुरमा गई पेटको परिक्षण गराउने गरेका छन् । कांग्रेसका उपसभापति पौडेललाई लामो समयदेखि सुगर, प्रोस्टेट, ढाड र युरिक एसिडको समस्या छ । केही महिनाअघि उनको प्रोस्टेट र पायल्सको शल्यक्रिया गएको थियो । कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाको अवस्था पनि उस्तै हो । उनलाई मुटु सम्बन्धि रोग छ । हालैपनि उनको गंगालाल हृदय केन्द्रमा उपचार गराएका छन् । कांग्रेसकै गोविन्दराज जोशी, र चक्र बास्तोला समेत रोगले गा“जेका छन् । जोशी र बास्तोलालाई हवाई एम्बुलेन्सबाट भारत लगेर उपचार गरिएको हो ।
कांग्रेसलाई सत्तासिन बनाउन सघाउने एमाले नेता केपी शर्मा ओली पनि ‘गम्भिर’ विरामी छन । एमालेका संसदीय दलका नेता समेत रहेका उनको दुवै मृर्गौलाले काम नगरेपछि प्रत्यारोपण गरिएको छ । उनलाई मधुमेह पनि छ । पछिल्लो समय उनीमा छालाको संक्रमण ‘स्यालुलाइटिस’ समेत देखा परेको छ । भारतको अपोलो अस्पतालमा ओलीको मिर्गौला प्रत्यारोपण्ँ भएको थियो । त्यहा“ नियमित रुपमा उनी स्वास्थ्य परीÔण्ँ गराउ“दै आएका छन् । उनीमा युरिक एसिड, मधुमेह, रक्तचापलगायका रोगले समेत गा“जेको बताइन्छ । यता, एमाले अध्यक्ष झलनाथ खनाललाई रतन्धो छ । उनी राती अ“ध्यारोमा सहयोगीबिना हि“डडुलै गर्न सक्तैनन । उनलाई उच्च रक्तचाप र मुटुको पनि समस्या छ । उनीमा मिर्गौला र प्रोस्टेट समस्या पनि देखिएको छ । यसैगरि एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाललाई मुटु र फोक्सोमा समस्या छ । केही महिनाअघि निमोनिया र पिसाबमा संक्रमण भएपछि उनी अस्पतालमा भर्ना भई उपचार गराएका थिए । एमाले नेतृ सहाना प्रधान हृदयाघात पछि अस्पतालमा उपचारमा छिन् । 
सत्तारुढ दलका प्रभावशाली नेताहरु मात्रै विरामी र रोगी छैनन् । प्रतिपक्षका प्रमुख नेताहरु पनि रोगी छन् , नियमित औषधी सेवन गर्छन र चिकित्सकसंग परामर्श लिने गर्छन । ती मध्ये एक हुन, एमाओवादी सुप्रिमो पुष्पकमल दाहाल । उनी पनि स्वस्थ्य छैनन् । उनलाई उच्च रक्तचाप र मधुमेह छ । यी रोगको उनले नियमित औषधी खाइरहेका छन् । एमाओवादीकै वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई लामो समयदेखि रक्तचापको समस्या छ । उनी पनि नियमिति औषधी सेवन गर्दै आएका छन् । नेकपा–माओवादीका मोहन वैद्यलाई पनि रक्तचाप र दमको रोग छ ।
यी त भए गैर–मधेसवादी दलका केही रोगी नेताहरुबारेमा जानकारी । मधेसी नेताहरुको अवस्था पनि उस्तै छ । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर मुटुका रोगी हुन । दुई वर्Èअघि भारतको दिल्लीमा उनको मुटुमा पेसमेकर राखिएको छ । उनलाई उच्च रक्तचाप र मधुमेह पनि छ । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव मधुमेह रोगले पीडित छन् । उनीपनि नियमित औषधी सेवन गर्छन । तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवलाई पनि मधुमेह छ । उता तराई मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारी पनि स्वस्थ छैनन । उनलाई मधुमेह र उच्च रक्तचाप रहेको बताइन्छ । सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले मधुमेह र उच्च रक्तचापको औषधी नियमित सेवन गर्छन् ।
विरामी भएका केही नेताहरुको उपचार खर्च राज्यले गरिदिने गरेको छ । यी उपचारमा लाखौ खर्च भएका छन् । पछिल्लो समय एमाले नेता ओलीको उपचारमा लागेको करीब एक करोड १६ लाख ३५ हजार रुपैया राज्यले बेहोरेको छ । त्यस्तै कांग्रेस नेता गोविन्दराज जोशीको उपचारका लागि पनि सरकारले २७ लाख ८० हजार रुपैया निकासा गरिसकेको छ । यी दुई त प्रतिनिधि उदाहरण मात्र हुन । नेताहरु विरामी हुने बित्तिकै राज्यको सुविधा लिन खोजेको प्रशस्तै उदाहरण छन् । अझ विरामी नै नभएका पुरुष नेताहरुले राज्यको ढुकुटीबाट सुत्केरी खर्च समेत लिएको उदाहरण पनि छ । नेता विरामी हु“दैनन भन्ने होइन , तर विरामीकै नाममा सरकारी रकम कुम्लयाउने कार्य चाही गलत हो ।
(युवा डट कम मासिक पत्रिकाको २०७१ को असार, वर्ष – ६, अंक– ४ मा प्रकाशित)

Sunday, 6 July 2014

मधेसमा राज्य पुर्नसंरचनाको बहस



विषय प्रवेश :-  नेपाल यादव सेवा समिति केन्द्रिय कार्यालय काठमाडौंले २०७१ जेठ २४ गते शनिबार राजधानीको लगनटोलस्थित राधाकृष्ण अतिथि सदनमा राज्यको पुर्नसंरचना, शासकीय स्वरुप, शक्तिको बा“डफा“डलगायतका विषयमा बहस र छलफल कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रमका अतिथि तथा वक्तहरुले मधेससंग सम्बन्धित महत्पूर्ण विचार प्रस्तुत गरेका थिए । वक्ताहरुले तराई–मधेसमा राज्यको स्वरुप, प्रदेश विषयमा बढी केन्द्रित भई आ–आफ्ना तर्कपूर्ण भनाईहरू राखेका थिए ।
बहसका विषय :- मधेसमा राज्यको पुर्नसंरचना, शासकीय स्वरुप र शक्तिको बा“डफा“ड
अतिथिहरू :-

१.सिके लाल –राजनीतिक विश्लेषक एवं मधेस मामिलाका जानकार
२.हेमराज तातर – पूर्व सभासद्, पूर्व मन्त्री
३.तुलानायारण साह– नेपाल मधेस फाउण्डेसन (सामाजिक संस्था)
४.दिनेश यादव– पत्रकार
५.ब्रहमदेव राय – प्रशासक
कार्यक्रमका सहजकर्ता राजनीतिक विश्लेषक सिके लाल थिए । उनले तुलानायारण साहलाई आफ्नो भनाई राख्न आग्रह गर्दै कार्यक्रम शुभाराम्भ भएको थियो :-

  • तुलानारायण साह –
शिर्षक :– नेपालमा संघियता र त्यसको आवश्यकता
राज्य संचालनमा राज्यभित्र रहेका हरेक जातजाति, समुदायको उपस्थित र प्रतिनिधित्व हुनु पर्ने भएकाले नेपालमा संघियता चाहिएको हो । पछि परेका वा पारिएका समुदायको हरेक अंग÷निकायमा समानुपातिक प्रतिनिधित्व गराउन, संघियता मार्फत केन्द्रमा आफ्नो पहु“च बनाउनकै लागि संघियता हो । नेपालको विगतको इतिहास हेर्ने हो भने १०४ वर्ष राणाहरुले एकल जातिय रुपमा राज्यको संचालन गरे । २०४७ पछि खस बाहुनहरुले एकल जातिय रुपमा राज्य संचालनमा बर्चस्प कायम गरे । अर्थात् नेपाल अहिलेसम्म एकल जातिय रुपमै राज्य संरचनामा छ । त्यसमा पनि ५२ प्रतिशत जनसंख्या रहेका मधेसी समुदायको राज्य संचालन र राज्यको विभिन्न अंगमा उपस्थिति शून्य बराबर छ । जहा“सम्म संघियता मुद्दाको उठानको कुरो छ, २००९÷०१० सालतिर तराई कांग्रेसले मूर्त र अमूत रुपमा संघियताको मुद्दा उठाएको हो । तराई एउटा मात्रै हुनुपर्छ भन्दै तराई कांग्रेसले २०१५ मा चुनाव लड्यो । तर पराजित भयो । कांग्रेसले जित्यो । तर तराई एउटै मात्र प्रदेश हुनुपर्ने माग तराईबासीबाट आइसकेकाले सम्भवत ः त्यसको सम्बोधन गर्न पंचायतकालमा तत्कालिन सरकारले संघियता नदिएपनि त्यसैको प्रारुपमा ५ विकास क्षेत्रको अवधारणा ल्याएको हो ।  २०४७ पछि मंगोलियन अर्गनाइजेसन र सद्भावना परिषदले फेरी नेपालमा संघियताको अवाज उठाएको हो । कांग्रेस र एमालेको एजेण्डा कहिले पनि संघियता बनेन । सम्भवतः पहाडे नेतृत्वमा रहेको माओवादी पहिलो पटक मधेस मुद्दाको उठान गर्दै संघियतालाई अप्रत्यक्ष रुपमा समर्थन ग¥यो । त्यसपछि माओवादी पार्टीले १० वर्षे जनयुद्धपछि नेपालको संघियताबारेमा स्वायत्त राज्यको खाका बनाएर अघि बढेको इतिहास छ । जनयुद्धको समाप्तिपछि बल्ल संघियताको विषय भूगोल बनेको हो । चित्रबहादुर केसी, गिरीराजमणि पोखरेल सबै संघियताको विषयमा एकमत भए । ०६३÷०६४ मा मधेसी जनअधिकार फोरम नेपालको नेतृत्वमा भएको आन्दोलन पछि मधेस जनविद्रोहमा परिणत भयो । उक्त आन्दोलनबाट आएको शक्तिले मधेस एक प्रदेशको अडानसहित प्रस्तुत भए । तर प्रमुख दलहरु केन्द्रिय सत्तामा कब्जा र संघियतामा आफ्नो प्रतिनिधित्व खाजेकाले एक मधेस प्रदेशको माग तुहाउने षडयन्त्र शुरु भयो । त्यसैले एक मधेस प्रदेशको विरुद्धमा ती प्रमख दलहरु खासगरि कांग्रेस, एमाले लगायत मधेसमा पा“च प्रदेशको पक्षमा उभियो । अहिले पनि प्रदेशका बारेमा बहस जारी छ । मधेसीले भने राज्य पहिलो संविधानसभामा विभिन्न राजनीतिक दलहरु, अघिल्लो संविधानसभाको राज्यको पुनर्संरचना र राज्यशक्तिको बा“डफा“ड समिति र राज्य पुनर्संरचना आयोगले बुझाएको प्रतिवेदनको आधारमा प्रदेशको संख्या निर्धारण गर्नु पक्षमा उभिनु पर्छ । मधेसमा दुई प्रदेशसम्म उपर्युक्त हुन्छ । मधेसीको पहू“च अझै पनि राज्य प्रशासन, सुरक्षा, अन्तर्राष्ट्रिय क्षेत्रमा छैन । राजनीतिकमा मात्र मधेसीको उपस्थिति भएकाले उसले हरेक क्षेत्रमा आफ्नो पहू“चको दायरा बढाउ“दै लग्नु पर्छ । केन्द्रमा नेपाली कांग्रेसको शासन छ । त्यसलाई एमालेले सहयोग गरेको अवस्था छ । उनीहरु मधेसमा साना–साना प्रदेशको पक्षमा देखिएका छन् । मधेसमा साना–साना प्रदेशले त्यस क्षेत्रको कल्याण असम्भव छ ।
  • हेमराज तातर –
शिर्षक :- मधेसको मुद्दा र एकता
मधेसका पार्टीहरु विभाजित अवस्थामा छन् । त्यसैले त्यहा“ थारु प्रदेश, कोच प्रदेशलगायतका थरि–थरिका कुरा उचालिएका छन । मधेसीजनले मधेस क्षेत्रका आदिवासीलगायतका सबैलाई समेट्ने प्रयास गर्नुपर्छ । उनीहरुको मुद्दाहरुलाई मधेस मुद्दामा समायोजन गर्दै अघि बढ्नु पर्छ । पछिल्लो समय मधेसको मुद्दामा थारुहरु नजिक भएका छन् । यो सकारात्मक पक्ष हो । यसलाई अवसरका रुपमा लिदै मधेसीहरु अघि बढ्न जरुरी छ । यसका लागि मधेसमा एकता नितान्त आवश्यकता हो । मधेसीहरु जातिय प्रदेशको पक्षमा कहिले थिएन, छैन । जहा“सम्म मधेस प्रदेशको सीमांकनको कुरो छ, त्यसको आधार परम्परागत नाततौल प्रणालीलाई बनाउनु पर्छ । विघा कठ्ठा र धुर तथा सेरको प्रचलन जुन भूभागसम्म छ, त्यहा“सम्म मधेस प्रदेश बन्नुपर्छ ।

  • दिनेश यादव–
शिर्षक :- मधेसमा संघियता र दलगत वर्तमान अवस्था
 तराई–मधेसमा पछिल्लो समय संघियताको स्वरुप, संघ÷प्रदेश÷प्रान्तको संख्या, केन्द्र र प्रान्तबीच अधिकार बा“डफा“ड, मधेसमा प्रदेशको संख्या, संघियताको आधार ः समान पहिचान वा जातिय वा भाषिक वा अन्य, शासकीय स्वरूप, आत्मनिर्णयसहितको संघियता लगायतका विषयहरूमा घनिभूत छलफल र बहसहरू भइरहेका छन् । खासगरि गैर–राजनीतिक संघ÷संस्थाहरू यसमा सक्रिय भएका छन् । यी विषयहरुमा ध्रुविकरण पनि बढ्दै गएको छ । दोस्रो संविधानसभाको प्रमुख शक्तिहरू नेपाली कांग्रेस र एमाले पार्टी सात प्रान्तसहितको संघियताको पक्षमा छन् । यी दुई पार्टीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा नेपाल (जेठ १८ को बैठकमा पहिलो पटक आफूलाई संघियताप्रति लचिलो बनायो) र केही अन्य साना दलको समर्थन छ । एमाओवादी १४ प्रान्तको पक्षमा छ । पार्टी यो संख्याबाट तल झर्ने नामै नलिइरहेको अवस्था छ । मधेशवादी दललाई अन्य प्रदेश भन्दा पनि मधेस प्रदेशकै चिन्ता छ । केही मधेसवादी दल मधेसमा एक प्रदेशबाट लचिलो बन्दै दुईमा आएर अडेको अवस्था छ । फोरम नेपाल र संघिय सद्भावना पार्टीबाहेक अन्य सबै मधेसी दलले घोषणापत्रमै दुई प्रदेश लेखिसकेका छन् ।
संघियताको स“धै विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सात प्रदेशसहितको संघियताका लागि लचिलो बनेका छन् । उनी लचिलोपना बन्नुको अर्थ यो संविधानसभाबाट मधेस र मधेसीको जनचाहना अनुरूपको संघ÷प्रान्त÷प्रदेश नबन्ने संकेतका रुपमा लिन सकिन्छ । अघिल्लो संविधानसभा संघियताकै मोडेलमा सहमति जुट्न नसकेपछि भंग भएको एउटा तीतो यथार्थ हो । यसका साक्षी तत्कालिन सत्तारुढ मधेस केन्द्रित दल पनि हुन । अझ केही मधेसवादी दल त मधेसमा पा“च प्रदेशकै पक्षमा हरियो झण्डा देखाइसकेका थिए । खासगरि महन्थ ठाकुर नेतृत्वको तराई–मधेस लोकतान्त्रिक पार्टीले यसबारे आफ्नो धारणानै सार्वजनिक गरेको थियो । केही दलले दुई त केही एक प्रदेशमै रहनुले विपक्षीहरुलाई सजिलो भएको थियो ।   
विपक्षमा रहेकाहरूको भनाई :-
  •    संघियता होइन केन्द्रित सत्ता विकेन्द्रित गर्दै अघि बढ्नु पर्छ ।
  • स्थानीय निकायहरूलाई बलियो बनाउनु पर्छ ।
  • अहिलेका जिल्लाका सीमाहरु निरपेक्ष हुन, अपरिवर्तनशिल छन, परिवर्तन गरिनु हुन्न ।
  • हिमाल–पहाड–तराई÷मधेस बनाएर राज्यको संरचना हुनुपर्छ ।
  • क्षमता, जातियता र समान पहिचानका आधारमा राज्यको पुर्नसंरचना हुनुहु“दैन ।
  • बहुपहिचान, बहुसांस्कृति र बहुभाषिक आधारमा संघियता हुनुपर्छ ।
  • आर्थिक संभ्याव्यताका आधारमा संघ बन्नुपर्छ ।   
  पक्षपातीहरूको भनाई :-
  • समान पहिचानका आधारमा संघ बन्नु पर्छ ।
  • अघिल्लो संविधानसभामा राज्य पुनर्संरचना आयोगले प्रस्ताव गरेको संघियताको खा“कालाई आधार मान्नुपर्छ ।
  • मुलुकको वार्षिक बजेट विदेशीको सहयोगमा तयार हुने भएकाले आर्थिक संभाव्यता (फाइनान्सियल भाएब्लिटी) का आधारमा नेपालमा संघ बन्न सक्तैन ।
  • पहिचानकै आधारमा पहिले संघियता बन्नुपर्छ त्यसपछि क्षमताको विषयलाई समेट्न सकिन्छ ।
  • भाषामा लचिलो बन्न सकिन्छ । (तर भाषागतमा प्रदेश बने मधेस पांच टुक्रामा विभाजित हुन्छ)
  • दुईटा प्रदेश मधेसमा सम्भव हुन सक्छ । 
       प्रमुख दुई दल कांग्रेस र एमालेसंगै पछिल्लो समय सात प्रदेशमा लचिलो बनेको जनमोर्चासहितले सहमतिबाटै प्रदेशको संख्या निर्धारण नभए भोटिङ गरेरै छिनोफानो लगाउनु पर्ने रणनीतिमा छन् । अझ जनमत संग्रहबाटै भएपनि प्रदेशको संख्या र संघको स्वरुप÷ढा“चा निर्माण गरिनुपर्नेमा यी शक्तिहरू मतैक्य छन् । सात प्रदेशको पक्षपातीहरूको तर्क छ कि मुलुकले १२ वा १४ प्रदेश थेग्नै सक्तैन, नेपाल धु“जा–धु“जामा बा“डिनेछ, एकिकृत नेपाल नरहने भन्दै आफूलाई राष्ट्रवादी र एकल राज्यको पक्षमा रहेको गलत प्रचार गर्दैछन् । त्यसैले त उनीहरू मधेसलाई बलियो हुनेगरि संघियता र त्यसको ढा“चा निर्धारणको विपक्षमा छन् । उत्तर–दक्षिण हुनेगरि प्रान्तलाई उनीहरूले आफ्नो ‘बटमलाइन’ मानेका छन् । यो बटमलाइन भन्दा तल झर्ने मनस्थितिमा उनीहरू छैनन् । फेरी यी दलभित्रै पनि अहिलेको पांच विकास क्षेत्रलाई नै संघ बनाउनु पर्ने, वर्तमान जिल्ला र गाविसको नक्शांकनमा परिवर्तन गर्न नहुने, एकल जातिय वर्चस्प कायम नहुनेगरि प्रदेश बनाउनु पर्नेलगायतका बखेडा झिक्नेहरूको संख्या पनि त्यतिकै छ । यसको अर्थ, यी शक्तिहरू संघियता त दिन चाहिरहेको छ , तर त्यसमा आफ्नो बर्चस्प कायमै राख्न पनि खोजेका देखिन्छन् । मधेसी नेताहरू भने दबिएको भाषा र कमजोर शैलीमा यो विषयमा आफूलाई प्रस्तुत गरे, गरिरहेकै छन्, ‘क्लियर कट’ अडान एक्का÷दुक्का मधेसी दल र नेताबाहेक कसैबाट आउनै सकेको छैन । संविधानसभामा मधेसी केन्द्रित दलहरू कमजोर अवस्थामा रहेकाले कांग्रेस र एमालेलगायतका दलहरू बहुमत र अल्पमतकै आधारमा वा जनमत संग्रहकै बलमा राज्यको स्वरुप र संख्या निर्धारण गर्नमा जुटेका छन्, सक्रिय देखिएका छन् । यस्तो अवस्थामा मधेसी बुद्धिजीविहरुको अडान र भूमिका के रहने हो ? त्यसबारेमा पनि सोच्नु पर्ने भएको छ । यता संघियताबारे नेपालका भू–राजनीतिक शक्ति केन्द्रहरुको धारणा पनि मधेसमैत्री छैन, देखिदैन । एउटा शक्ति संघियताको विपक्षमा छ भने अर्को शक्ति संघियतालाई भाषाका आधारमा दिनुपर्ने पक्षमा छ । अन्य शक्तिहरू भने कांग्रेस र एमालेकै भाषा बोलिरहेका छन् । खासगरि चीन, भारत र पश्चिमा मुलुकहरुको विगतमा सार्वजनिक भएका भनाईहरुले यसको पुष्टि सजिलै गर्छ, उनीहरु मधेसमैत्री विल्कुलै छैनन् । ‘संघियता बिना मधेस, भाषागत संघियताले कमजोर मधेस र उत्तर–दक्षिण भूगोलका आधारमा बन्ने मधेसको कल्पना गर्न सकिन्न ’ मधेसीजनको आत्माको बोली यही नै हो । त्यसैले मधेसका बुद्धिजीवि, संघ÷संस्थाहरुले मधेस प्रदेशको सही खा“कासहित क्रियाशिलता अपरिहार्य भइसक्यो ।
  • ब्रह्मदेव राय–
शिर्षक ः मधेसीको आर्थिक अवस्था 
मधेसमा दुईटा प्रदेश उपर्युक्त हुन्छ । मधेसीहरु निर्वाचित प्रधानमन्त्रीको पक्षमा हुनुपर्छ । अहिले १२–१३ प्रतिशत बजेट मात्रै तराईमा गइरहेको छ । तनहू“मा गरिब भेटिदैन , तर मधेसका सबै जिल्लामा गरिबीको दर बढ्दै गएको छ । प्राकृतिक स्रोतमा पनि मधेसीको पकड अहिले छैन । उपत्यकामा पानी ल्याउने निहू“मा त्यसको बजेट ३७ करोडबाट एक अरब सम्म पुगिसक्यो तर मेलम्ची अझै आएको छैन । राष्ट्रपतिको चुरो योजना असफल भइसकेको छ । मधेस क्षेत्रका १६ सय सामुदायिक वन पहाडे समुदायकै नेतृत्वमा छ । मधेसीले आफ्नो भूमिमा अथक परिश्रम गरेर वन रोपे, अहिले उपभोग गर्ने वेला उनीहरुको पकड त्यसमा छैन । अर्को कुरो मधेसी–मधेसीबीच पनि झगडा छ । मुस्लिम, दलित, जनजातिलाई मधेसी समुदायबाट हटाइ दिने हो भने १४ प्रतिशत मात्रै कोर मधेसी बा“की रहन्छन् । मधेसीहरु मधेसीबाट पीडित रहेको अवस्था पनि छ, त्यसलाई न्यून गर्ने तर्फ अग्रसर हुनुपर्छ ।
  • मथुराप्रसाद यादव –
शिर्षक ः मधेसमा शुद्धिकरणको अपरिहार्यता 
मधेसीहरु आफ्नै अग्रसरताको कमीले पछाडि परेका छन् । मधेसी नेतृत्वमा विचलन आएकाले मधेस आन्दोलनका उपलब्धिहरु अझै पनि संस्थागत हुन नसकिरहेको अवस्था छ । सुट÷टाई लगाउनेको कुरा छाडौ , विशुद्ध मधेसीको अवस्था बेहाल छ । शिक्षा÷कृर्षिको अवस्था जर्जर छ । मधेसी जनताका हितमा अहिलेसम्म केही आएको छैन । अब मधेसीले सत्याग्रह शुरु गर्ने हो कि भन्ने बेला पनि आइसक्यो । मधेसमा ९० प्रतिशत मधेसी कर्मचारी छन् तर बिना घुसको काम भइरहेको छैन । त्यसैले मधेस क्षेत्रमा शुद्धिकरणसहित नया“ जोश र जा“गरका साथ अघि बढ्नु पर्छ ।

  • देवनारायण यादव –
शिर्षक ःमधेसी सवालको डकुमेन्टेसन जरुरी 
संघियता किन चाहिन्छ भन्नेबारे ऐतिहासिक कुरो यो बहसमा आइसकेको छ । त्यसको मनन हामीले गर्नुपर्छ । अर्को कुरा मधेसको विपक्षमा रहेका दलहरुले के कस्ता षडयन्त्रहरु गरिरहेका छन्, त्यो कुरो पनि वडो मार्मिक ढंगले आएको छ । अब मधेसीले के गर्ने भन्नेबारे एउटा साझा मुद्दा बनाएर अघि बढ्नुको विकल्प छैन । मधेसमा एकता जरुरी छ, जातियता होइन । मधेसका मुद्दालाई लिपिबद्ध गर्दै सम्बन्धित सबै पक्ष निरन्तर प्रयासमा जुट्नु पर्छ । बहसमा आएका सबै विषयवस्तुहरुलाई समेट्दै डकुमेन्टेसन जरुरी छ । मधेसमा रिसोर्स छ । त्यसको सक्दो उपयोग कसरी गर्न सकिन्छ , त्यसबारे पनि सोच्न जरुरी छ । पहिले मधेसी शब्द भन्दा हिनताबोध हुन्थ्यो, अहिले सम्मानित भएर मधेसी भन्न हामी रुचाउछौ । तर पनि हामी एक हुन सकिरहेका छैनौ । यो नै मधेसीको ठूलो विडम्बना हो । मधेसीले झिनामसिना र खुद्रा कुराहरु गर्न छाडेर समग्र मधेस र मधेसीको हितमा अघि अब चाही“ बढ्नै पर्छ । अन्त्यमा सहजकर्ता र बहसका संचालक एवं अथिति समेत रहेका राजनीतिक विश्लेषक सिके लालले आफ्नो धारणा राखेका थिए ।

  • सिके लाल
शिर्षक ः–मधेसमा प्रदेशको सीमांकन र नामाकंनको आधारहरु 
नेपाली कांग्रेसका सभापति र एमाले अध्यक्ष नेपालमा पंचायतकालमा कायम गरिएको ५ विकास क्षेत्रलाई नै प्रदेश बनाउनु पर्नेमा दौडधूप जारी राखेका छन् । यसका लागि उनीहरुले विभिन्न देशका राजदूत तथा कुटनीतिकर्मीसंग बैठक गर्दै हिडेका छन् । नेपाललाई पा“च विकास क्षेत्रलाई संघ बनाइ दिनु प¥यो भन्दै ती दलहरु कुटनीतिज्ञहरुसंग हारगुहार गरिरहेका छन् । तर नेपालमा त्यसरी संघियता हु“दैन । ‘सेयर रुल’ र ‘सेल्फ रुल’ संघियताको सैद्धान्तिक विषय हो । त्यस्तै संघियताको व्यवहारिक कुरो भनेको पहिचाननै हो । त्यसमा (क) धार्मिक पहिचान, (ख)भाषिक पहिचान (बंग्लादेश, अरब र इजिप्टमा जस्तो), (ग) जनिय पहिचान ‘इथिनिसिटी’ (माटो र पानीसंग जोडिएको विषय), (घ) वर्गिय पहिचान (कम्युनिष्टहरुले भन्ने गरेको विषय) गरि चार पहिचानकै आधारमा राज्यको पुर्नसंरचना हुनु पर्छ । जहा“सम्म राज्यको पुर्नसंरचनाको शैलीको कुरो छ, त्यो राज्यको निर्माणमा जुन शैली अप्नाएपनि विशिष्ट किसिमको राज्यको व्यवस्था पनि हुनु पर्छ । जस्तै चेपाङ समुदाय कोच संसारकै सम्पदामा परिसकेको जाति हो, उनीहरुका लागि विशिष्ट राज्यको आवश्यक पर्छ । राज्यले संधै एक पहिचानसहितको व्यवस्था वर्षौदेखि कायम राखेकाले मधेसीहरुको सोच पनि एकल पहिचानमै केन्द्रित भएको हो । संघियता अहिले एउटा ज्वलन्त सवाल बनेर आएको छ, हाम्रो सामु । विभिन्न किसिमको प्रदेश बनेपनि एउटै हुनुपर्छ । झगडा लगाउने कुरो मात्रै गरिदैछ, यहा“ । गैर–दलित भौगोलिक स्थितिमा दुई तह या तीन तह या चार तहमा गएर पनि संघियताको प्रारुप कोर्न सकिन्छ । भारतमा सात किसिमका राज्य छन् भने अमेरिका तीन किसिमको । त्यसैले यो कुनै विवादको विषय नै होइन । विवादमा जनतालाई अल्झयाउने कुरो मात्रै यहा“ भइरहेको हो । संघियतामा मधेसको कुरो महत्वपूर्ण छ । मधेस प्रदेश पानी ढलोटबाट छुट्टयाउनु पर्छ । पानी ढलोटको दक्षिणलाई मधेसको सीमा मानेर अघि बढ्नु पर्छ । यसले मधेस प्रदेशको सीमाकंनमा चितवनको कुरो रहदैन, दाङ, नवलपरासीमा पनि समस्या हु“दैन । भाषिक वा जनिय आधारमा राज्यको सीमांकन गर्दा पनि समस्या छैन । त्यहा“ उपप्रदेशको अवधारणालाई अघि बढाउन सकिन्छ , त्यसमा मिथिला या भोजपुरा जस्ता उपप्रदेशहरु बन्न सक्छन् । त्यसैगरि स्थानीय सरकारमा पनि विभाजन जरुरी छ । त्यसमा चार तहको सरकार हुन सक्छन ः (क) गाउ“स्तर , (ख) प्रान्तस्तर, (ग) प्रान्तस्तर,(घ) जिल्ला स्तर (ङ) महानगरपालिका स्तर ।
जहा“सम्म नन–टेरिटोरियलको कुरो छ ,त्यसमा सुनसरीको थारु र कञ्चनपुरको थारुलाई पनि समेट्न सकिन थुप्रै आधारहरु छन् । थारुहरुको पहिचान र सम्मानका लागि संघमा स्वतन्त्र निकायहरुको पनि गठन गर्न सकिन्छ । मुस्लिम समुदायको सवालमा पनि धार्मिक पहिचानका लागि लिमिटेड राइट्स( सीमित अधिकार) सहितको एउटा ट्रष्टको अवधारणलाई अघि बढाउन सकिन्छ । यी विषयहरु मधेस प्रदेशको छिनोफानो भइसकेपछि पनि गर्न सकिने विषय हुन । त्यसैले, तत्काल सिद्धान्ततः चुरेको पानी ढलोटको आधारमा मधेसमा दुई प्रदेशमा सहमति बन्नु पर्छ । विशिष्ट अधिकारको कुरोलाई समेट्न सक्नुपर्छ । यो विशेष क्षेत्रमा पर्छ । पहाडी बहुल्य क्षेत्रमा रहेकालाई पनि सम्बोधन गर्नु पर्छ । स्थानीय सरकार  र विविधताका आधारमा मिथिला र अवध गरि दुईटा मात्र पर्छ । मधेस प्रदेशको विभाजन पूर्वी तराई–मधेस र पश्चिम तराई मधेस जरुरी छ । जहा“सम्म शक्तिको बा“डफा“डको कुरो छ , त्यसमा विदेश, वातावरण, वाह्य सुरक्षा, मुद्रा, संचार क्षेत्र केन्द्रलाई दिएर बा“की सबै प्रदेशलाई दिनुपर्छ । तर, संघियताका नाममा अर्को प्रान्तहरुलाई सानो काठमाडौं बनाउन खोज्नु ठीक होइन । हामी यी महत्वपूर्ण विषयमा ध्यानै दिएका छैनौ । खाली थारु बहुल, मुस्लिम बहुल, पहाडे बहुलको कुरो मात्रै गरिरहेका छौ । हामी राज्यको सीमांकन र नामांकनमा मात्रै केन्द्रित भइरहेका छौं ।  त्यसैले समस्याबाट उन्मुक्ति पाइरहेका छैनौ । त्यस्तै शासकीय स्वरुपमा कार्यकारी राष्ट्रपति भए राम्रो हु“दैन । यसले कोलिसनलाई डेभलप गर्दैन । कार्यकारी प्रमुखमा गए मधेसीलाई समस्या पर्छ । मधेसीले संसदीय शासनको विरोध गर्नु हुदैन । निर्वाचित नेतृत्वसहितको प्रदेश बनाउनु पर्छ । मिथिला स्थानीय सरकारको इलेक्टेड गर्भनर राख्न सकिन्छ । प्राकृतिक साधन÷स्रोतमा पनि ‘र–रिसोर्सेज ’ मा स्थानीयको, प्रोसेसिङमा प्रदेशको र प्रोसेसेडमा केन्द्रको अधिकार हुन्छ । यो विधि जहा“तही छ । 

 dinesh yadav

बहसका निस्कर्षहरू ः

  • प्रान्तको संख्या  मधेसमा दुई प्रदेश उपर्युक्त हुन्छ । मधेस प्रदेशमा उपप्रदेश, विशिष्ट क्षेत्र, सीमित अधिकारसहितको निकाय बनाउन सकिन्छ ।
  • प्रान्तको सीमांकन    –मधेसमा दुई प्रदेशको सीमांकन पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पूर्व–पश्चिम भूगोलकै आधारमा हुनुपर्छ  । मधेस प्रदेशको सीमा पानी ढलोटका आधारमा छुट्टयाउनु पर्छ । पानी ढलोटको दक्षिणलाई मधेसको सीमा मानेर अघि बढ्नु पर्छ । मधेस प्रदेशको सीमांकनको आधार परम्परागत नाततौल प्रणालीलाई बनाउनु पर्छ । विघा कठ्ठा र धुर तथा सेरको प्रचलन जुन भूभागसम्म छ, त्यहा“सम्म मधेस प्रदेश बन्नुपर्छ ।   मधेस प्रदेशको विभाजन पूर्वी तराई–मधेस र पश्चिम तराई मधेस जरुरी छ ।
  • संघियताको आधार    –संघियताको सैद्धान्तिक विषय ‘सेयर रूल’ र ‘सेल्फ रूल’ मध्ये मधेसीले ‘सेल्फ रूल’ अप्नाउनुपर्छ । संघियताको व्यवहारिक कुरो भनेको पहिचाननै भएकाले त्यसमा (क) धार्मिक पहिचान, (ख)भाषिक पहिचान (बंग्लादेश, अरब र इजिप्टमा जस्तो), (ग) जनिय पहिचान ‘इथिनिसिटी’ (माटो र पानीसंग जोडिएको विषय), (घ) वर्गिय पहिचान (कम्युनिष्टहरुले भन्ने गरेको विषय) गरि चार पहिचानकै आधारमा राज्यको पुर्नसंरचना हुनु पर्छ । जहा“सम्म राज्यको पुर्नसंरचनाको शैलीको कुरो छ, त्यो राज्यको निर्माणमा जुन शैली अप्नाएपनि विशिष्ट किसिमको राज्यको व्यवस्था पनि हुनु पर्छ । जस्तै चेपाङ समुदाय कोच संसारकै सम्पदामा परिसकेको जाति हो, उनीहरुका लागि विशिष्ट राज्यको आवश्यक पर्छ । राज्यले संधै एक पहिचानसहितको व्यवस्था वर्षौदेखि कायम राखेकाले मधेसीहरुको सोच पनि एकल पहिचानमै केन्द्रित भएको हो । यसमा परिमार्जन जरुरी छ ।  पानी ढलोटको दक्षिणलाई मधेसको सीमा मानेर अघि बढ्नु पर्छ । यसले मधेस प्रदेशको सीमाकंनमा चितवनको कुरो रहदैन, दाङ, नवलपरासीमा पनि समस्या हु“दैन । भाषिक वा जनिय आधारमा राज्यको सीमांकन गर्दा पनि समस्या छैन । त्यहा“ उपप्रदेशको अवधारणालाई अघि बढाउन सकिन्छ , त्यसमा मिथिला या भोजपुरा जस्ता उपप्रदेशहरु बन्न सक्छन् । त्यसैगरि स्थानीय सरकारमा पनि विभाजन जरुरी छ । त्यसमा चार तहको सरकार हुन सक्छन ः (क) गाउ“स्तर , (ख) प्रान्तस्तर, (ग) प्रान्तस्तर,(घ) जिल्ला स्तर (ङ) महानगरपालिका स्तर । जहा“सम्म नन–टेरिटोरियलको कुरो छ ,त्यसमा सुनसरीको थारु र कञ्चनपुरको थारुलाई पनि समेट्न सकिन थुप्रै आधारहरु छन् । थारुहरुको पहिचान र सम्मानका लागि संघमा स्वतन्त्र निकायहरुको पनि गठन गर्न सकिन्छ । मुस्लिम समुदायको सवालमा पनि धार्मिक पहिचानका लागि लिमिटेड राइट्स( सीमित अधिकार) सहितको एउटा ट्रष्टको अवधारणलाई अघि बढाउन सकिन्छ । यी विषयहरु मधेस प्रदेशको छिनोफानो भइसकेपछि पनि गर्न सकिने विषय हुन । 
  • शक्तिको बाडफाड     –विदेश, वातावरण, वाह्य सुरक्षा, मुद्रा, संचार क्षेत्र केन्द्रलाई दिएर बा“की सबै प्रदेशलाई दिनुपर्छ । तर, संघियताका नाममा अर्को प्रान्तहरुलाई सानो काठमाडौं बनाउन खोज्नु ठीक होइन ।
  • शासकीय स्वरुप     –शासकीय स्वरूपमा कार्यकारी राष्ट्रपति भए राम्रो हु“दैन । यसले कोलिसनलाई डेभलप गर्दैन । कार्यकारी प्रमुखमा गए मधेसीलाई समस्या पर्छ । मधेसीले संसदीय शासनको विरोध गर्नु हुदैन । निर्वाचित नेतृत्वसहितको प्रदेश बनाउनु पर्छ । मिथिला स्थानीय सरकारको इलेक्टेड गर्भनर राख्न सकिन्छ । प्राकृतिक साधन÷स्रोतमा पनि ‘र–रिसोर्सेज ’ मा स्थानीयको, प्रोसेसिङमा प्रदेशको र प्रोसेसेडमा केन्द्रको अधिकार हुन्छ । यो विधि जहा“तही छ ।  स्रोत ः  दिनेश यादव र देवनारायण यादवले तयार पारेको रिपोर्ट ।

Saturday, 5 July 2014

मधेश मुद्दामा बहस बाक्लिदै

  • Dinesh Yadav
             कान्तिपुर दैनिकको कतार संस्करणको १९ असाढ २०७१ (३ जुलाई २०१४) मा पृष्ठ ५ मा प्रकाशित

  •  दिनेश यादव --------------
गैर–दलिय गतिविधिले केही दिनयता तराई–मधेसमा तीव्रता पाएको छ । त्यस क्षेत्रका बुद्धिजीवि, पेशाकर्मी, युवा र विद्यार्थीहरू राजनीतिक दलहरूलाई पछाडि पार्दै सक्रिय भएका हुन । राजधानीदेखि मधेसका सहरहरूमा समेत उनीहरुबाट समूह–समूहमा विचार गोष्ठि, अन्तक्र्रिया, छलफल र बहस भइरहेका छन् ।  केहीले नागरिक समाजका नाममा त केहीले अभियान नाम दिएरै आफ्नो क्रियाशिलता बढाएको देखिन्छ । ‘मधेस जनविद्रोह’ ताका जस्तै कोठे बैठकहरू पनि बाक्लिएका छन् । ती बैठकहरूमा मधेसी दल र त्यसका नेताहरूविरुद्ध कडा आक्रोश व्यक्त गरिने गरिएका छन् । राजनीतिक दलका नेताहरूको विकल्प अब खोज्नु पर्ने भनाई समेत सार्वजनिक भइरहेका छन् । अझ जयप्रकाश गुप्ताले नेतृत्व गरेको तराई–मधेस राष्ट्रिय अभियानले जिल्ला–जिल्लामा कार्यकर्ता प्रशिक्षण गर्दै अगामी मंसिरपछि फेरी पनि आन्दोलन गर्ने भन्दै प्रचार थालेको छ । राजधानीमा भने राज्यको पुनर्सरचनामा मधेसीको मागलाई सम्बोधन कसरी गराउने, अगामी बजेटमा मधेस क्षेत्रको समग्र विकास र निर्माण शिर्षकमा बढी भन्दा बढी बजेट कसरी पार्न सकिन्छ भन्नेबारे छलफलहरु भएका छन् । केही कार्यक्रममा प्रदेश, शासकीय स्वरुपलगायतका विषयमा समेत गम्भिर बहसहरू भएका छन् । यी र यस्तै कार्यक्रमले सार्वजनिक विदाका दिन त  मधेसका बुद्धिजीवि, पेशाकर्मीलगायतलाई भ्याई नभ्याई भइरहेको छ । एकै दिन दर्जन बढी कार्यक्रम आयोजना गरिने गरिएको छ । ती कार्यक्रममा आफूलाई मधेसीको कित्तामा राख्न नरुचाउनेहरूको पनि उल्लेख्य सहभागिता देखिएको छ । खासगरि थारु, मुस्लिम, दलित र अल्पसंख्यक समूदायका मानिस समेत एकताबद्ध भई अघि बढ्नु पर्ने विचार व्यक्त गरिरहेका छन् । धेरैले मधेसी क्षेत्रमा बसोबास गर्ने सबैलाई समेट्ने गरि दबाब समूह बनाएर अघि बढ्नुपर्ने सुझाब दिन पनि भ्याएका छन् । उता, मधेसको मुद्दामा क्रियाशिल एनजीओ र आइएनजीओहरू पनि आ–आफ्नै अनुकूलको कार्यक्रम र योजना बनाएर सक्रियता बढाएका छन् । यी गतिविधिहरुलाई नजिकबाट नियाल्दै आएका मधेसका बुद्धिजीविमध्येका एक डा. रामकेवल साहले यसलाई सकारात्मक पक्ष भनि टिप्पणी गर्छन । ‘मधेसीहरू फेरी पनि आफ्नो अधिकार र मुद्दाको सम्बोधन गराउन सजग हुनु सकारात्मक कुरो हो ’उनले भने, ‘ तर, अझैपनि मधेसमा नेतृत्वकर्ताको खडेरी कायमै छ, त्यसको खोजी भइरहेको छ । ’ केहीले भने यी गतिविधिलाई नियमित प्रतिक्रिया भनि टिप्पणी गरेका छन् । तर यो कुरोलाई केही युवाहरुले भारतमा भएको राजनीतिक परिवर्तनको प्रभाव भनेका छन् । उनीहरु भन्छन्, ‘अन्ना हजारेदेखि अरविन्द केजरीवाल तथा नरेन्द्र मोदीको सफलताबाट प्रभावित भएर बुद्धिजीविहरु अग्रसर भएका मात्र हुन । ’ यसैबीच, तराई–मधेसका सबै क्षेत्र र पक्षलाई समेटने गरि ‘राईट्स फर मधेस (आरएफएम)’ ले मधेसी नागरिक संजाल बनाएर अघि बढने निर्णय गरेको छ । त्यस्तै, उपत्यकामा रहेका विभिन्न पेशाकर्मीको सहभागीमा सम्पन्न अर्को भेलाले मधेस र मधेसीको साझा मुद्दामा एकजूट भई सबैलाई समेट्दै सशक्त दबाब समूहका रुपमा अघि बढ्ने निस्कर्ष निकालेको छ । भेलामा सहभागीहरूले मधेसका बुद्धिजीविहरू गैरराजनीतिक रुपमा सक्रिय रह“दै मधेसका राजनीतिक दल÷समूहसंग सहकार्य जरुरी रहेको औल्याएका छन् । पत्रकार सीताराम अग्रहरीले छिमेकी मुलुकसंग समदुरी  कायम गर्न, मधेस र मधेसीको समस्याहरुको ‘सर्ट लिस्टिङ’ गर्दै मधेसी बृद्धिजीविहरू अघि बढ्नु पर्ने सुझाव दिन्छन् । युवा नेता विक्की यादवले मधेसी नेताहरू मधेसको सवालमा असफल भइसकेकाले आफूहरुलाई ‘गाइडलाइन’ दिने अभिभाकत्वको आवश्यकता भएको बताए । ‘सामाजिक आन्दोलनबाटै मधेसको सबैखाले समस्या समाधान र संविधानमा मधेसीका अधिकार सुनिश्चित हुन सक्छ’ उनले भने, ‘सबैलाई जोड्ने प्रयास गर्न छाड्नु हु“दैन, तर कोही हामीसंग जोडिन चाहदैनन भने त्यसलाई किनारा लगाएरै भएपनि अघि बढ्नु पर्छ । अब ‘रोड प्रेसर’ को टड्कारो भइसक्यो । मुद्दाहरुको काटछाट गरी अग्रसर हुनुपर्छ । ’ उनको भनाईलाई अर्का युवा नेता बलराम यादवले समर्थन जनाउ“दै मधेसमा तत्कालै जीवन्त र एउटा बलियो नागरिक समाजको आवश्यक भइसकेकाले बताए । उनले उत्तरदायित्वबोध गर्दै बृद्धिजीविहरु अघि बढ्नु पर्ने सुझाब दिए । इन्जिनियर सत्यनारायण साहले मधेसीहरु ‘रिएक्सनरी टाइप’ का बढी भएकाले त्यसलाई चिर्दै मधेस र मधेसीको अधिकार सुनिश्चित गर्न सबै अग्रसर हुनु पर्ने बताउ“छन् । मधेसी नागरिककर्मी गणेश मण्डलको विचार अलिक फरक छ । उनले मधेसीहरु संघ÷संस्था खोल्न हतार गर्ने गरेको तीतो यथार्थ पोख्दै भने, ‘नागरिक समाज भनेको राजनीतिक फोर्सलाई रिप्लेसमेन्ट गर्नका लागि होइन, मेडिएटरको काम गर्न मात्र हो ।’ उनले मधेसमा फिरंगी नेताहरु बढी भएकाले समस्या बल्झिने गरेको बताउ“छन् । अधिवक्ता सुरेन्द्र महतोले सिंगो मधेसीप्रति कटाक्ष गर्दै मधेसीहरु लड्डुपेडा खान बढी उत्साहित हुने गरेकाले मधेसमा चाटुकारिता बढेको बताए । उनले भने, ‘मधेसीहरु कमजोर भएकाले अरुको आलोचना बढी गर्छन , त्यसबाट माथि उठेर सकारात्मक सोचका साथ अघि बढ्नु पर्छ ।’ युवाहरू दलगत रुपमा विभाजित भएकाले सबै एकैठाउ“ आउन नसकेको अवस्था पनि छ । केही युवाहरु ‘स्वाभिमान अभियान’ थालेका छन् । तर यो अभियानप्रति विश्वस्त नहुनेहरु पनि प्रशस्तै छन् ।  यता,  एक अर्को कार्यक्रममा राजनीतिक विश्लेषक सिके लालले संघियता, शासकीय स्वरुपबारे आफ्नो धारणा यसरी राखेका थिए , ‘बैदेशिक, वातावरण, वाह्य सुरक्षा, मुद्रा र संचारलाई केन्द्रमा राखेर बा“की अन्य अधिकार संघ÷प्रदेशलाई दि“दा समस्या हु“दैन ।’  उनले चुरेको पानी ढलोटको आधारमा मधेसलाई दुई प्रदेश बनाउनु पर्ने बताए । पूर्व सभासद हेमराज तातैडले मधेसीहरू जातिय राज्यको पक्षमा कहिले पनि नरहेको बताए । उनले भने, ‘ तराई–मधेसको सीमा त्यहा“को नापतौलको एकाई (विगहा, सेर र लग्गा) जुन ठाउ“सम्म चलनचल्तीमा छ, त्यहा“सम्म मधेस हुनुपर्छ ।’ (कान्तिपुर दैनिकको कतार संस्करणको १९ असाढ २०७१ (३ जुलाई २०१४) मा पृष्ठ ५ मा प्रकाशित)