‘मेरो कारणले अरुलाई दुःख नदिनु , म कसैलाई दुःख दिन, रुवाउन जन्मेको मान्छे होइन । मार्ने भए मलाई मार
जति दुःख दिए पनि मलाई दिनु, म गिरफ्तारी दिन्छु । मलाई लगेर मा¥यौ भने
पनि नेपालको प्रजातन्त्रको लागि एउटा युवाले बलिदानी दिएको सन्देश जान्छ ।’
 |
| –दिनेश यादव |
अन्याय र अत्याचार न सहने स्वभावका थिए, दुर्गानन्द झा । वाल्यकालदेखि नै यसको विरोधमा जो सुकैसंग पनि लडिहाल्ने बानी थियो, उनको । स्कुले जीवनमै छ“दा २०१५ मा प्रथम आम निर्वाचनमा प्रजातन्त्रको पक्षमा होमिएका थिए, उनी । भारतीय स्वतन्त्रता संग्रामका वीर सेनानी भगतसिंह र चन्द्रशेखर आजादको जीवनीबाट उनी खुबै प्रभावित थिए । त्यसैले त प्रजातन्त्रको हत्यारालाई नछाड्ने दृढ संकल्पका साथ उनी अघि बढेका थिए । उनी आफूलाई कहिले पनि कायर ठानेनन् । २०१७ पुस १ मा तत्कालिन राजा महेन्द्रले संसद र संसदीय सरकार विघटन गरी आफ्ना नेताहरूलाई जेल चलान गरी यातना दिएको घटनाबाट मर्माहत र क्षुब्ध थिए, उनी । त्यसैले त, उनी धेरै दिन लुकेर कायरको जीवन जिउन चाहेनन् । आफ्ना प्रवासन जीवन त्याग्दै स्वदेश फर्केर गिरफ्तारी दिए, उनले । आफ्ना आमाबुबाका एक मात्र सन्तान र नवविवाहित भएर पनि आफ्नो लक्ष्यमा उनी संधै अडिग थिए, रहे । राजेश्वर नेपालीका अनुसार सर्वप्रथम ज्ञानीशंकर गिरी जो निर्वासित नेपाली कांग्रेस महोत्तरीका जिल्ला सचिव थिए, उनको सम्पर्कमा पुगे । त्यसपछि जयनगरमा निर्वासित जीवन विताइरहेका क्रान्तिकारी युवा नेता तत्कालिन विघटित संसद सदस्य सरोज कोइरालासंग पनि सम्पर्क गर्न भ्याए, उनले । कोइरालासंगको सम्पर्कपछि दुर्गानन्द झाको जीवनमा नया“ मोड ल्याइदियो । राजेश्वर नेपालीले केही वर्षअघि गोखरापत्र संस्थाको युवामञ्चमा दुर्गानन्दलाई यसरी सम्झेका रहेछन् ः २०१८ माघ ८ गते बम प्राप्त गरी रातारात जनकपुरधाम पुगे, उनी । भोलिपल्ट ९ गते जानकी चौकमा बम लिएर बसेका उनले सांझ पा“च बजे तानाशाह राजा महेन्द्रको गाडी रोकिनासाथ आफ्नो प्रतिज्ञा पुरा गरे । राजा चढेको ल्याण्डरोभर गाडीमाथि फ्याकिएको बम प्वाल गर्दै तल जानकी मन्दिरको पूर्वी ढोकाको दक्षिणपट्टीको पर्खालमा फुटेको थियो । जानकी माताको कृपाले जनमत प्रदर्शन गर्दै बम प्रहार गर्दा पनि क्रान्तिकारी दुर्गानन्दलाई प्रहरीले पक्राउ गर्न सकेन । उता, जानकी माताको शरणमा पुगेका राजा पनि जोगिएका थिए । हजारौ सुरक्षाकर्मी तैनाथ रह“दारह“दै पनि उनी आफूलाई बचाउन सफल भए । त्यो रात जनकपुरधामको एउटा कुटी मन्दिरमा डेरा गरी बसेका आफन्तहरू हेमचन्द्र चौधरी र भोगेन्द्र चौधरी बसेको कोठामा बिताए । भोली पल्ट त्यहा“बाट भारतको उमगा“व लागेका थिए । यता, नेपालमा बम काण्डको अनुसन्धानका नाममा ५६ जनालाई पक्राउ गरी कुटपीट गरी बम प्रहार गरेको सकार गराउन तत्कालिन प्रशासनले दुष्प्रयास भइरहेको थियो । निर्दोषले यातना पाइरहेको सुनेर एक दिन अनायास जयनगरबाट उनी जनकपुर रेल्वेद्वारा स्वदेश फर्केर गिरफ्तारी दिए । राजामाथि बम प्रहार गर्ने दुर्गानन्दलाई खजुरी र महिनाथपुर स्टेशनसम्म पुग्दा कसैले केही गरेन । यसैबीच एसपी मानबहादुर राई दर्जनौ प्रहरीसंग परवाहा रेल स्टेसनमा पुग्यो । त्यहा“ गाडीबाट ओर्लनासाथ दुर्गानन्दलाई प्रहरीले घेरामा लिई त्यो राति जलेश्वर जेलमा राख्यो । भोलिपल्ट परकौली सैनिक ब्यारेकमा ल्याई हेलिकप्टरबाट काठमार्डौ सुनधारास्थित भद्रगोलमा पु¥याइयो । सरकारले यसैबीच एक विशेष अदालत गठन ग¥यो । सफाईको मौकासमेत नदिएर २०१९ भदौ १९ मा मृत्युदण्डको निर्णय सुनायो । त्यसबेलासम्म नेपालमा ब्राह्मणलाई मृत्यु दण्ड दिइदैन्थ्यो । त्यसैले मुलुकी एन २०२० भदौ १ मा संशोधन गरियो । विशेष अदालतको फैसला सर्वोच्च अदालतबाट अनुमोदन गराइयो । राजाको आदेशमा सर्वोच्च अदालतको अनुमोदन अनुसार मारिकाटी दिने राजदरबारको २०२० पुस ७ को पत्र जारी भयो । त्यही वर्षको माघ १५ मा महान क्रान्तिकारी दुर्गानन्दलाई सुन्धारा जेलमा मध्यरातिमा मृत्युदण्ड दिन ढोका खोल्दा त्यो निर्भीक क्रान्तिकारी मृत्युका लागि तयार बसेको देखेर तत्कालिन हत्याराहरु छम्क परेका थिए । प्राणदण्डको लागि लाने बेला अन्तिम इच्छा त्यो महान लोकतान्त्रिक क्रान्तिकारीले यसरी व्यक्त गरेका थिए , ‘ म दीर्घ यात्रामा गए पनि लोकतन्त्रलाई कसैले रोक्न सक्तैन । ’ युवा मञ्च २०६० माघ अंकमा राजेश्वर नेपाली अगाडी लेख्छन् ः मृत्युदण्ड दिने रातिमा दुर्गानन्दलाई गोली हानी हत्या गर्नुअघि राजा महेन्द्र दरबार छाडेर उपत्यकाबाहिर पहाड भ्रमणमा थिए भने मन्त्रिपरिषदका अध्यक्ष डा. तुलसी गिरी पुस ९ गते राजीनामा गरी अलग्गिएका थिए । सवा दुई महिनापछि डा. गिरी फेरी अध्यक्ष भएका थिए ।
सानो छ“दै दुर्गानन्दका पिता देवनारायण झाको निधन भयो । आमा सुकुमारीदेवीको रेखदेखमा गाउ“बाट ५ किलोमिर दुरीमा रहेको पारीको उमगावस्थित दिनदयाल हाई स्कुलमा झाको दिक्षादिक्षा भएको थियो । घरको एक्लो सन्तान भएकोले मेट्रिकमा पढ्दापढ्दै २०१७ सालमा विवाह पञ्चमीको दिन काशीदेवीसित उनको विवाह भयो । एक वर्षको वैवाहिक जीवनमा गर्भवती श्रीमतिलाई छाडेर लोकतन्त्रको संघर्षमा उनी होमिए । घरमा एक्ली श्रीमति र वृद्धा आमा हु“दा आवश्यक हेरचार नभएर उनको मृत्त शिशु जन्मेको थियो । २०६० भदौमा वृद्धा आमाको पनि निधन भएपछि एक्ली बनेकी श्रीमति काशीदेवीलाई बा“च्न सहज थिएन । एनई डट विक्सनरी डट ओआरजीमा दुर्गानन्दका बारेमा यसरी लेखिएको छ ः दुर्गानन्द सानैदेखि राम्रो फूटबल खेलाडी थिए र राम्रो गीत पनि गाउ“थे । नेपालको जटही गाउ“मा प्राथमिक शिक्षा पाएपछि अगाडिको पढाई त्यहा“ नहुने भएकोले उनी मावि तहको अध्ययनका लागि भारत मधुवनीको उमगा“व पुगेका थिए । जनकपुरमा तत्कालिन राजा महेन्द्रमाथि बम प्रहार गरेपछि दुर्गानन्दका परिवार, आफन्त, इस्टमित्र, छरछिमेक, कांग्रेस नेतालगायत ५६ जनालाई पक्राउ गरि यातना दिएको सुनेर उनी मर्माहत भएका थिए । आफ्नो कारणले आफन्त, इष्टमित्रले पाएको यातनाप्रति अति दुःखी हु“दै तत्कालिन सरकारले पत्र प्रेषित गरेका थिए । उक्त पत्रमा दुर्गानन्दले लेखेका थिए ः मेरो कारणले अरुलाई दुःख नदिनु , म कसैलाई दुःख दिन, रुवाउन जन्मेको मान्छे होइन । मार्ने भए मलाई मार जति दुःख दिए पनि मलाई दिनु, म गिरफ्तारी दिन्छु । मलाई लगेर मा¥यौ भने पनि नेपालको प्रजातन्त्रको लागि एउटा युवाले बलिदानी दिएको सन्देश जान्छ ।’ यी पत्र लेखेको केही दिनभित्रै उनले गिरफ्तारी दिए । विस २०२० माघ १४ गते उनले आमा र श्रीमतिलाई केही बेर भेट्ने अवसर पाएका थिए । त्यसबेला उनले भनेका थिए, ‘ नरुनुहोस्, आमा, कुनै दिन तपाईंलाई दुर्गानन्द झाको आमा भनेर सबैले गर्व गरेर हेर्नेछन् । श्रीमतिलाई पनि त्यसैगरि सान्त्वना दिएका थिए । उनले पत्नि काशीदेवीलाई भनेका थिए, ‘यो हाम्रो अन्तिम भेट हो, मेरा कारणले तिमीहरुको नाम देशभर चल्छ ।’भोलीपल्ट माघ १५ गते राति दुर्गानन्दलाई त्रिपुरेश्वर जेलको रुखमा दुईपल्ट झुण्ड्याउ“दै उतार्दै गरिएको थियो । त्यसबखत पनि दुर्गानन्दलाई माफी मागी बिन्तीपत्र लेख भनिएको थियो , तर उनी मृत्युदण्डलाई नै शिरोधार्य गरे । उनलाई फ“ासी दिएपछि श्रीमति काशीदेवी र उनको आमालाई जानकारी दिएको थियो । दुर्गानन्दकी आमाले लाश मागे पनि दिइएन । पछि कुशको लाश बनाएर दुर्गानन्दको भारतको गयामा अन्तिम संस्कार गरियो ।
सहिद दुर्गानन्दसंग जोडिएको घटनाक्रम
- विस १९९९ वैशाख १४ ः जनकपुरधामबाट १४ किलोमिटर दक्षिण नेपाल–भारत सीमानासंग जोडिएको जटही गाउ“मा शुक्ल एकादशीका दिन सहिद दुर्गानन्दको जन्म । देवनारायण र सुकमारी देवीको एकमात्र सन्तान थिए , उनी । वाल्यकालमै रह“दा उनको पिताको निधन । २०६० भदौ ३१ मा उनकी आमाको निधन । उनी पण्डित भोलानाथ झाका तीनभाई छोरामध्येका एकमात्र उत्तराधिकारी थिए । उनको पत्निको नाम काशीदेवी झा हो । काशीदेवीलाई नेपाली कांग्रेसले मूल्यांकन कहिले गरेन । धन्य मधेस केन्द्रित दल तराई मधेस लोकतान्त्रिक पार्टी, जसले अघिल्लो संविधानसभामा समानुपातिकतर्फबाट सभासद बनाएर सहिद दुर्गानन्दको सिंगो परिवारलाई सम्मान ग¥यो । सहिद दुभारत मधुवनीको उमगावस्थित विद्यालयमा मावि तहका विद्यार्थी छ“दा नेपालमा लोकतन्त्रको हत्या भएको घटनाले उनी मर्माहत भएर यसको हत्याराको हत्या गर्ने मन बनाएका थिए । भारतको जयनगरमा निर्वासित जीवन विताइरहेका नेपाली कांग्रेसका नेता सरोज कोइरालाको सम्पर्कमा पुगी राजामाथि बम प्रहार गर्ने योजना उनले बनाएका थिए ।
- विस २०१७ पुस १ ः संसद र संसदीय व्यवस्थाको विघटन । त्यसपछि तत्कालिन राजा महेन्द्रको तानाशाहीको विरोध । त्यसैक्रममा सहिद दुर्गानन्द सक्रिय ।
- विस २०१८ माघ ९ ः महेन्द्र पूर्वी तराई भ्रमणका क्रममा जनकपुर पुगे । उनले माघ ८ गते बम जानकी चौकमा महेन्द्र लक्षित बम प्रहार । उक्त बम प्रहार दुर्गानन्द झाले गरेका थिए । आफ्ना साथी अरविन्द ठाकुर माघ ९ गते विशेष विमानबाट राजा महेन्द्र जनकपुरधाम पुग्नुअघि नै विमानस्थलबाट बमसहित पक्राउ परेपछि पनि उनको आ“ट कम भएन । ठूलो संख्यामा सेना र सुरक्षाकर्मी लाई छिछौल्दै जानकी चौकममा महेन्द्र चढेको गाडी रोकिनासाथ दुर्गानन्दले गे्रनेड हाने । गाडी जानकी मन्दिरको पर्खालमा ठोक्कियो । महेन्द्र बाचे भने दुर्गानन्द भाग्न सफल भए । उनी बम आक्रमणका दिन जनकपुरमा रहेका आफ्ना गाउले विद्यार्थीसंग रात विताएर बिहानै उनी उमगावहु“दै मधुवनी पुगे । त्यहा“ पुग्दा पनि उनलाई सन्तोष भने लागेन । कारण थियो बमकाण्डका नाममा निर्दोषहरुलाई प्रहरी र प्रशासनले दुःख दिन थाल्नु । त्यसपछि दुर्गानन्द तीन महिनापछि आफै जनकपुर रेल्वेबाट फर्केर स्वयं गिरफतारी दिए । त्यसको भोली पल्टै उनलाई परकौली सैनिक ब्यारेकमा पु¥याई हेलिकप्टरबाट काठमाडौं लगियो ।
- विस २०१९ भदौ १९ ः नेपालको तत्कालिन विशेष अदालतले कुनै सुनुवाई नै नगरी दुर्गानन्दा झालगायत अरविन्द ठाकुर, दलसिं थापालाई मृत्युदण्ड दिने निर्णय । निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरिए पनि विशेष अदालतकै निर्णय सदर गरियो ।
- विस २०२० पुस १० ः राजदरबारको पत्र प्रेषित । उक्त पत्र अनुसार दुर्गानन्दलाई प्रचालित कानुन अनुसार भन्दै अन्य दुईको मृत्युदण्डलाई जन्मकैदमा परिणत ।
- विस २०२० माघ १५ ः काठमाडौंस्थित केन्द्रिय कारागारमा मध्यरातमा दुर्गानन्द झालाई गोली हानी मृत्युदण्ड । विस १९९७ माघ १० गते शुक्रराज, धर्मभक्त, गंगालाल र दशरथ चन्दलाई राणाहरुले मृत्युदण्ड दिएको २३ वर्षपछि दुर्गानन्दलाई मृत्युदण्ड दिनुअघि प्रचलित मुलुकी ऐनमा संशोधन गरी एक शताब्दी भन्दा बढी अवधिसम्म दोषी बाहुनलाई मृत्युदण्ड नदिने मुलुक ऐनको व्यवस्थामा २०२० भदौमा १ मा संशोधन । उनी नेपालका प्रथम गणतान्त्रिक सहिद बने ।
- २०६४ साल ः सहिद दुर्गानन्द झाका पत्नि काशीदेवीलाई तमलोपाले समानुपातिक तर्फबाट सभासद बनायो ।
- २०६६ असार ः सरकारले प्रस्तुत गरेको बजेटमा प्रथम गणतान्त्रिक सहिद दुर्गानन्द झाको नाममा उनको जन्मस्थल जटहीमा १० शैल्याको अस्पताल बनाउने घोषणा । उक्त अस्पतालका लागि अझै काम सुचारु ह्ुन सकेको छैन । (यो आलेख सहारा टाइम्स, माघ १६–२९, २०७० अंकमा प्रकाशित)