Sunday, 9 February 2014

नेपाली कांग्रेसक 5 कमजोरी

–दिनेश यादव
नेपाल मे“ सब स“ बेसी सत्ताधिश रहल दल, नेपाली कांग्रेस अछि । मुद्दा देश के“ निकास देबा मे सदखरि ओ चुकैत आबि रहल अछि । प्रधानमन्त्री स“ ल के“ मन्त्रि धरि सब स“ बेसी  कांग्रेसीजन बनल इतिहास साक्षी छैक । एतबी नए सब स“ पैघ मतदाता मधेसी रहितौ मधेसीजन पार्टी मे सबदिन वहिष्करण मे“ मात्र रहल । कांग्रेस पाटी कहियौं मधेस मैत्री नए रहल । जए पार्टी मे सब स बेसी मसेसी रहितौं मधेस के कल्याण नए हुए त ओकरा निक संकेत नए कहि सकैत छि ।    
  • ०१५ साल मे“ नेपाली कांग्रेस १०९ स्थान में चुनाव जितलक । अति कमजोर प्रतिपक्ष के“ साथ सत्तामे गेल । ई पार्टी ओही समय तत्कालीन सत्ता के“ मूल विषय बनौने छल । दबि के“ रहल सामन्ती राजतन्त्र के“ कमजोर बनेबाक लेल संसद् मे उपस्थित नेपाल कम्युनिस्ट पार्टी लगायत अन्य दलस“ग सहकार्य कएबाक आवश्यकता नए ठानलक । तत्कालीन अन्तर्राष्ट्रिय परिस्थिति मे“ दुई पडोसी देश के“ साथ बिपी कोइरालाक नेतृत्व मे“ बनल नेपाली काग्रेसक सरकार सन्तुलित व्यवहार कएबाक विषय मे“ चुकि गेल ।
  • २०१७ साल मे“ राजा महेन्द्र के द्वारा कएलगेल ‘कू’ के“ रोकबा मे“ कांग्रेस असमर्थ भेल छल । कारण छल जे चार सिट मे विजयी रहल तत्कालिन संसद मे“ उपस्थित नेपाल कम्युनिष्ट पार्टी के संग ओ सहकार्य कएके ओकरा रोकि सकैत छल , मुदा चुकि गेल । ओही“ समय के“ जनताक भावना के“ जौ विश्लेÈण्ँ कएल जाए त राण्ाँ वा राजाक निरंकुशता किनको मान्य नए छल । संसदीय राजनीति के“ मजबुत बनेबाक आ सामन्ती निरंकुशता के परास्त करबाक लेल एतक सभ प्रजातन्त्रप्रेमी राजनीतिक पार्टी स“ सहकार्य कएबाक लेल नेपाली कांग्रेस के“ प्रस्ट बहुमतसहित नेतृत्व प्रदान कएने छल । मुदा, ओही“ जनादेश के“ नेपाली कांग्रेस अपव्याख्या केलक, परिण्ाँमस्वµप ३० वर्Èक पञ्चायती तानाशाही व्यवस्थाक सिकार नेपालीजन के“ बनए पडल ।
  • ०४६ साल मे“ जनआन्दोलनक सफलताक पश्चात नेपाली जनता पुन ः कांग्रेस के“ बहुमत आ एमाले के“ सशक्त प्रतिपÔक भूमिका प्रदान कएने छल । जनआन्दोलन के“ दबाब मे“  सम्झौतामार्फत एक कदम पाछा घुसकल सामन्ती निरंकुश राजतन्त्र के“ जनआन्दोलनकारी राजनीतिक शक्ति सहकार्य करैत समाप्तिक दिशादिश लजेबाक अवस्था रहैए । मुद्दा नेपाली कांग्रेस फेर सत्ता के“ अकंटक मानलक । प्रतिपÔ के“ कोनो धरानी पेलनाए अप्पन रण्ँनीति अवलम्बन केलक , ई बात जनादेशक प्रस्ट अपमान र अपव्यख्या छल । परिणाम स्वरुप बहुमत प्राप्त कांग्रेस अपन कार्यकाल पुरा नए क“ सकल, मध्यावधि निर्वाचन मे मुलुक के“ दौडा देलक । एतबी नए, ओ, तत्कालिन कट्टर राजाबादी सूर्यबहादुर थापा के“ का“धक टेका बनाके सत्ता भोग के उन्माद मे“ फ“सी गेल ।
  • २०६२÷०६३ सालक तुमुलकारी आन्दोलन सामन्ती निरंकुश राजतन्त्र के“ मात्र अन्त्य नए कएकल, जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनक तिमिर स“ उठल संविधानसभा, संघीयता आ समावेशीकरण्ँक मुद्दा आत्मसात करैति देश के“ आगा बढएबाक विषय मे“ सेहो कांग्रेस चुकि गेल । ते“ संघियताक लेल मधेस आ मधेसिया के“ दु बेर आन्दोलन कएबाक विवशता आबि गेल । कांग्रेसक नेता गिरिजाप्रसाद कोइरालाक नेतृत्व मे“ रहल  सरकार मधेसी जनताक संघियताक मुद्दा के“ खुद्रा मे“ सम्बोधन कएलक, एहो ओकर बहुत पैघ चुक छल । २४० वर्È स“ जारी सामन्ती राजतन्त्रक विधिवत् अन्त्यक लेल ऐतिहासिक कार्यभार पूरा त कांग्रेस कएलक मुद्दा संविधानसभा स“ संविधान जारी करबाक दोसर प्रमुख कार्यभार कांग्रेसक अवरोधक कारणे सम्पन्न नए भ“ सकल ।
  • ०७० साल मे“ अनेक आशंका, भय आ असहमति के बाबजूद दोसर संविधानसभाक निर्वाचन सम्पन्न भ“ नेपाली कांग्रेस के जनता सब स“ बडका दल बनौलक । आ ओ अखन सत्ताक मू“ह मे“ पहु“ल अछि । सत्ता के छिनाझपटी मे ओ अखन एनाक“ ओझरागेल अछि जे ओकडा कोनो आन विषय अनसुहात लागि रहल छैक । ओ“ मात्र अपने नेतृत्वक सरकार के पक्षपाती बनि बैसल अछि । ते“ कांग्रेस संविधानसभा गठन आ वर्तमान खिलराज रेग्मी नेतृत्व के“ गैर–दलिय सरकारक वर्हिगमन मुद्दा के“ बन्धकी रखैत फेर अपने नेतृत्व के“ सरकार बनएबाक दाऊेपेच आ मकडजाल मे“ ओझाएल अछि । एही“ स“ गैर–कांग्रेस पार्टी स“ मात्र टकराब कायम नए भेल अछि कांग्रेस भित्तर सत्ताक नेतृत्व के लेल अन्तर पार्टी नोकझोंक ओतबे बढल अछि । सरकारक नेतृत्व के कर्ता ? विषय मे कांग्रेस के“ ‘थ्रि इडिएट्स’ नेतासभ मे“ जुधमबद्ध आ मलयुद्ध भ“ रहल अए । कथोकंथचित नेपाली कांग्रेस के कोनो नेता के“ नेतृत्व मे“ एमाले के“ साथ मिलजुलि के“ सरकार बनएबाक स्थिति जौ आएत, ओ सरकार त सञ्चालन करत मुदा संविधान निर्माण्ँ दिल्ली दूर होएबाक अवस्था देखबा मे“ आबि रहल अछि । आ सहमति नए भेलाक कारणे जए धरानी पिछला संविधान सभाक विघटन भेल , फेर ई बात नए दोहराएत तकर गैरान्टी नए छैक । किएक त अखन के परिस्थिति आ पहिल के स्थिति मे कोनो तात्विक भिन्नता नए छैक । बिना सहमति के“ संविधान निर्माण्ँ सम्भवे नए छैक, सबटा दल के समेट के“ नेतृत्व देबाक अवस्था मे सेहो कांग्रेस तत्काल नए अछि । एही“ विषय मे कांग्रेस नेतृत्व चुकि रहल अछि । यदि एहा स्थिति रहल त शोषित, पीडित, उपेक्षित वर्ग, जाति, लिंग आ धर्म आब चुप्पी सा“धि के नए बैसता, ओ आन्दोलन के आगा बढौता , ई बात कांग्रेस नेतृत्व के“ बुझ पडत । किएक त, नेपाली कांग्रेस कें जनता स“ प्राप्त जनादेश राष्ट्रपति बचेबाक लेल आ प्रधानमन्त्री पद सेहो अपने  पोल्टा मे“ रखबाक लेल नए अछि, सहमति मे“ अपन बाचा पुरा करैत निर्धारित समय मे“ संविधान जारी कएबाक लेल अछि । मुद्दा कांग्रेस नेतृत्व एही“ के सशक्त रुप स“ आगा नए बढा सकि रहल अछि । (काठमाण्डू स“ प्रकाशित भ“ रहल अपन मिथिला मासिक पत्रिका के“ लेल ई आलेख २०७० , पुस–माघ माह अंक के“ लेल लिखने रही )

Friday, 7 February 2014

तीन धारमा मधेसी नेता

Bijaya Gachhadar
  • Dinesh Yadav, Writer

  धेसी दल र त्यसका नेताहरु चौथो ठूलो राजनीतिक शक्ति बन्ने होडमा विभाजित झै देखिएका छन् । स“धै शक्ति केन्द्रहरुको गोटी बनेको आरोप पटक–पटक खेपेका उनीहरु पार्टी एकिकरणका नाममा पछिल्लो समय तीन खेमामा बा“डिएका छन् । सबैमा एउटा साझा रोग देखिएको छ, त्यो हो एकले अर्काको नेतृत्व अस्वीकार गर्नु । एउटा खेमाको नेतृत्व विजयकुमार गच्छदार, अर्कोको महन्थ ठाकुर र तेस्रोको चाही“ महेन्द्रराय यादवले गरिरहेका छन् । तीन खेमा जोडतोडका साथ आफ्नो हैसियतलाई एकिकृत भई शक्तिशाली बनाउने दाउमा रहेका छन् । ठाकुर नेतृत्वमा केही दलहरुबीच हुने भनिएको एकिकरण बाह् शक्ति केन्द्रको दबाबमा भइरहेको स्रोतले बतायो । ‘ मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोमाथि तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई स्वीकार्नै पर्ने दबाब परेको छ ’स्रोतले भन्यो, ‘शक्ति केन्द्रले फोरम नेपालका अध्यक्ष यादवलाई ‘ड्यामेज’ गर्ने उदेश्यले यी तीन पार्टीबीच एकीकरणको सूत्र अघि बढाएको हो । ’ यसको संकेत यादव र महतोले पाएपछि बहुअध्यक्षीय प्रणालीमा जाने प्रस्ताव गरेको बुझिएको छ । तर, यो कुनै पनि हालतमा हुन नदिने जोड शक्ति केन्द्रबाट भइरहेको छ । एकीकरणका लागि बनेको तीन दलिय कार्यदलका एक सदस्यले भने, ‘फोरम नेपालका अध्यक्ष यादवलाई कुनैपनि हालतमा एकिकरणबाट बन्ने पार्टीको अध्यक्षमा स्वीकार गर्न नसकिने मनस्थितिमा कार्यदलका बहुमत नेताहरू छन् । यसमा उक्त पार्टीकै केही असन्तुष्ट नेताहरु पनि लागि परेका छन् । ’
Mahanth Thakur

एकीकरणमा जसरी पनि जाने हाम्रो बाध्यता र मधेसी जनताको चाहना भएकाले हामी केही समयका लागि भएपनि एकताबद्ध भएर अघि बढ्ने मनस्थितिमा छौ ।
 सद्भावना पार्टी अध्यक्ष महतोले मधेस केन्द्रित तीन दलबीच एकीकरण हुने निश्चित भएपनि यसमा आफूहरुको केही  ‘रिजर्भेसन’ पनि रहेको बताए । ‘अन्तर पार्टी कार्यदललाई यसको जिम्मा लगाइएको छ , निर्णय अझै हुन सकेको छैन ’ पूर्व मन्त्री समेत रहेका महतोले भने, ‘तर अमूक एक व्यक्ति अध्यक्ष रहनेगरि एकीकरण फलदायी नहुने ठम्याई हाम्रो छ । त्यसैले हामी दीर्घकालिन पार्टी एकीकरणको पक्षपाती हौ । शक्ति संचयका लागि मात्र हाम्रो एकीकरण केन्द्रित छैन । मधेस र मधेसीको मुद्दाहरु सम्बोधन कसरी  गर्न सकिन्छ भन्नेमा नै हामी केन्द्रित छौ । ’ यसैबीच, फोरम नेपालका अध्यक्ष यादवले समानुपातिक तर्फको सूचीमा राखेर सभासद नबनाइएकाहरु उनलाई अल्पमतमा पार्ने रणनीति बनाइरहेको स्रोतले बतायो । यता, तमलोपाका वरिष्ठ उपाध्यक्ष तथा पूर्व मन्त्री ह्रयदेश त्रिपाठी पनि फोरम नेपाल, तमलोपा, सद्भावना पार्टीबीचको एकीकरण सार्थक र दिगो हुनै नसक्ने टिप्पणी संचार माध्यम मार्फत् सार्वजनिक गरेर एकिकरण अभियानलाई फिक्का बनाइदिएका छन् । पहिले उनकै नेतृत्वमा तमलोपाले दोस्रो संविधान सभाको निर्वाचनअघि मधेस केन्द्रित दलहरूबीच एकीकरणको प्रयास थालेको थियो । तर, फोरम नेपाल र सद्भावना पार्टीले यसमा ‘अब्जेक्सन’ गरेपछि त्यो त्यतिकै तुहिएको थियो । अहिले फेरी थालिएको एकीकरण प्रयासबाट उनी भने सन्तुष्ट नरहेको
Upendra Yadav
तमलोपाका एक केन्द्रिय नेताले कान्तिपुरसंग बताए । ‘हाम्रा पार्टीका निष्कलंक अध्यक्षलाई सबैले स्वीकार गर्नै पर्ने वातावरण बन्दै गएको भएपनि केही केन्द्रिय पदाधिकारीले यसप्रति असन्तुष्टि व्यक्त गरेको सा“चो हो ’ ती नेताले भने, ‘तर एकीकरणमा जसरी पनि जाने हाम्रो बाध्यता र मधेसी जनताको चाहना भएकाले हामी केही समयका लागि भएपनि एकताबद्ध भएर अघि बढ्ने मनस्थितिमा छौ । ’
तमलोपा, फोरम नेपाल र सद्भावना पार्टीबीच भइरहेको एकिकरणमा विजयकुमार गच्छदार, महेन्द्र राय यादव, अनिलकुमार झालगायतलाई समावेश गर्न नसकिने अडान तीन पार्टीका नेताहरुको छ । उनीहरुले गच्छदार, यादव, झालगायतले पार्टी फोडेर नया“ दल बनाएको भन्दै संगै बस्न नसकिने बताइरहेका हुन् । फोरम नेपालका अध्यक्ष सहित केही नेताले लोकतान्त्रिक फोरमका गच्छदार, गणतान्त्रिक फोरमका राजकिशोर यादवलगायतलाई पार्टी एकीकरणमा स्वीकार्नै नसकिने भनाई पटक–पटक राख्दै आएका छन् । तमलोपामा पनि त्यस्तै अवस्था छ । उक्त पार्टीले महेन्द्रराय आफूहरुबाटै अलग्गिएकाले उनलाई आफूहरुमा समेट्न नसकिने बताइरहेको छ । यसैगरि अनिलकुमार झालाई सद्भावनाका नेताहरुले स्वीकार गर्ने अवस्था छैन । त्यसैले अहिले तीन धारमा मधेस केन्द्रित दल विभाजित भएको हो । यीनीहरुबीच दुरी पनि त्यतिकै बढ्दो छ । प्रमुख तीन दलले अहिले चौथो
Mahendra Yadav
शक्तिका रुपमा  मधेस केन्द्रित दलमध्ये गच्छदार नेतृत्वलाई मान्यता दिएको छ । यो मान्यताबाट चिढिएका महेन्द्र राय अन्य साना दलहरुलाई समेटेर छुट्टै मोर्चा वा पार्टी एकीकरणमा जुटेका छन् । उनको यो अभियानलाई राजकिशोर यादव, अनिलकुमार झालगायतका साना दलहरूले साथ दिइरहेको छ ।
महेन्द्रको नेतृत्वमा रहेको तराई मधेस सद्भावना पार्टीका एक नेता भन्छन्, ‘हामी गच्छदारकै पक्षमा रहेपनि , उनी राजनीतिका चतुर खेलाडि भएकाले आफूहरु ओझेलमा पर्ने भएर छुट्टै विकल्पका लागि पनि प्रयास थालेका हौ, गच्छदारबाट विल्कुलै अलग भने भएका छैनौ । ’ स्रोतले भने तमसपाले गच्छदारसंग रकमका लागि वार्गेनिङ गरिरहेको बतायो ।

 यो कुरोलाई तमसपाका नेताहरु अस्वीकार गर्छन । उनीहरु भन्छन्, ‘गच्छदारले समानुपातिक तर्फको सूचीमा धनाढ्यहरुलाई पैसाको बलमा सभासद् बनाए, आफूहरुसंग त्यो विकल्प थिएन, हामीले उनलाई नेता मान्दा ओझेलमा पर्ने सम्भावना छ । 
एकीकरणसंगै अगामी सरकारमा समावेश हुने÷नहुने बहस पनि मधेस केन्द्रित दल र त्यसका नेताहरुमा शुरु भएको छ । सरकारमा जानुपर्ने मनस्थितिमा लोकतान्त्रिक फोरम अग्रस्थानमा देखिएको छ ।
 त्यसैले गच्छदारलाई स्वीकार गर्दा त्यसका लागि ‘गिभ एन्ड टेक’ त हुनै प¥यो नि । यसका लागि हामीले रकम भने चाहेका होइन, आफ्नो पोजिशनलाई बलियो र मजबूत बनाउन मात्र खोजेका हौ । ’ मधेसी बुद्धिजीविहरुका अनुसार मधेसी दलहरु दोस्रो संविधानसभामा लज्जास्पद हार बेहोरेकाले जनता समक्ष जान डराई रहेकाले एकीकरणको नाटक मञ्चन गरिरहेका मात्र हुन् । यसैबीच एकीकरणसंगै अगामी सरकारमा समावेश हुने÷नहुने बहस पनि मधेस केन्द्रित दल र त्यसका नेताहरुमा शुरु भएको छ । सरकारमा जानुपर्ने मनस्थितिमा लोकतान्त्रिक फोरम अग्रस्थानमा देखिएको छ । उक्त पार्टीका महासचिव
Rajendra Mahto
जितेन्द्र देवले सप्तरीमा आयोजित एक कार्यक्रममा आफूहरु सरकारमा जाने खुलासा गरेर सत्तासिन हुने संकेत गरेका हुन् । यता, सद्भावना पार्टी र तमलोपामा पनि सत्तामा जानुपर्ने दबाब कार्यकर्ताबाट भइरहेको छ । तर, यी दुई पार्टीका अध्यक्षहरु भने तत्काल सत्तामा जान नहुने अडान राखिरहेका छन् । फोरम नेपाल भने यो विषयमा अझै खुल्न चाहेको छैन । नेताहरुका यी र यस्तै गतिविधिहरूले मधेस जनविद्रोहबाट प्राप्त उपलब्धिहरु तुहेर जाने संभावना बढ्दै गएको मधेस मामिलाका जानकारहरू बताउ“छन् । पहिलो संविधानसभाबाट संविधान नबन्नुको प्रमुख कारण राज्य संरचना, शक्तिको बाडफा“ड, संघियता, राष्ट्रपति र प्रधानमन्त्रीको निर्वाचन नै प्रमुख विषय थियो । यो विषय अझैपनि ज्यू“का त्यू“ रहेकाले प्रमुख तीन दलका नेताहरुले भने जस्तो एक वर्षभित्रै दोस्रो संविधानसभाबाट संविधान बन्ने छा“ट निक्कै पर सम्म देखिदैन । पछिल्लो समय प्रमुख दलहरुमा सत्ताका लागि देखिएको दाउपेज र पार्टीका नेताहरुमा भईरहेको ‘अप्राकृतिक’ धु्रवीकरणले पनि संविधान समयमै जारी हुनेमा शंका सिर्जित भएको हो ।

           गच्छदारले समानुपातिक तर्फको सूचीमा धनाढ्यहरुलाई पैसाको बलमा सभासद् बनाए, आफूहरुसंग त्यो विकल्प थिएन, हामीले उनलाई नेता मान्दा ओझेलमा पर्ने सम्भावना छ । त्यसैले गच्छदारलाई स्वीकार गर्दा त्यसका लागि ‘गिभ एन्ड टेक’ त हुनै प¥यो नि । यसका लागि हामीले रकम भने चाहेका होइन, आफ्नो पोजिशनलाई बलियो र मजबूत बनाउन मात्र खोजेका हौ ।  
 संसदीय दलका नेताहरुको छनौटमा प्रमुख पार्टीहरुभित्र देखिएको गुट÷उपगुटले अगामी दिनहरु नेपाली राजनीतिका लागि सहज नरहेको पुष्टि हुन्छ ।  कांग्रेसमा झिनो मतान्तरले सभापति सुशील कोइराला संसदीय दलका नेता बनेका छन् । उनका लागि पार्टीभित्रै सशक्त प्रतिपक्षको भूमिकामा रहेका वरिष्ठ नेता शेरबहादुर देउवाले चुनौति दिइरहेका छन् । एमालेमा पनि केपी शर्मा ओली र वामदेव गौतमको एकताले राजनीतिक शक्ति सन्तुलन विग्रने संभावना प्रवल हु“दै गएको छ । एमाओवादीमा पनि त्यस्तै स्थिति छ । अझ यो पार्टीमा बैद्य पक्षसंग एकीकरणको विषयले चर्चा पाएको छ । यी र यस्तै गतिविधिले दोस्रो संविधान सभाबाट संविधान निर्माण प्रक्रियामा भन्दा पनि सत्ता कै वरिपरि राजनीति केन्द्रित हुने प्रष्ट भएको छ । फेरी राप्रपा नेपालको अड्को थाप्ने संकेत देखिनुले समस्या थप जटिल हुने पक्का छ । यस्तो अवस्थामा मधेस केन्द्रित दलको भूमिका अझ महत्वपूर्ण बनेको छ । मधेस केन्द्रित दलहरुले संविधान निर्माणमा सकारात्मक भूमिका निर्वाह गर्न ‘गुण र दोष’ का आधारमा सत्ताबाट टाढा रही सरकारको नेतृत्व गर्ने पार्टीलाई समर्थन र सहयोग
Rajkishor Yadav
गर्नुपर्छ । मात्र पार्टी एकिकरणमा अल्झि“दा देशको विकास र निर्माण थप्प हुन सक्छ । यसले जनतामा निराशा र कुन्ठा बढ्नुका साथ अगामी दिन उनीहरुको साख झनै खस्किन सक्छ । समयमै चेत नखुले मधेसी दलका नेताहरु इतिहासका पात्र त बन्न सक्लान, सर्वमान्य नेता भन्ने बन्न सक्तैनन् । अन्त्यमा नेपालको राजनीतिमा दलहरुबीच सहमति र सहकार्य अनिवार्य, अपरिहार्य तथा अन्तिम विकल्प भइसकेकाले सबैलाई समेटेर अघि बढ्नुमै सबैको भलो छ । (मेरो यो आलेख कान्तिपुर कतार संस्करमा २०७० फेब्रुअरी ६ , पृष्ठ ४ मा प्रकाशित)    
  

Tuesday, 4 February 2014

क्रान्तिकारी योद्धा दुर्गानन्द


 

‘मेरो कारणले अरुलाई दुःख नदिनु , म कसैलाई दुःख दिन, रुवाउन जन्मेको मान्छे होइन । मार्ने भए मलाई मार जति दुःख दिए पनि मलाई दिनु, म गिरफ्तारी दिन्छु । मलाई लगेर मा¥यौ भने पनि नेपालको प्रजातन्त्रको लागि एउटा युवाले बलिदानी दिएको सन्देश जान्छ ।’


Madheshi
–दिनेश यादव

न्याय र अत्याचार न सहने स्वभावका थिए, दुर्गानन्द झा । वाल्यकालदेखि नै यसको विरोधमा जो सुकैसंग पनि लडिहाल्ने बानी थियो, उनको । स्कुले जीवनमै छ“दा २०१५ मा प्रथम आम निर्वाचनमा प्रजातन्त्रको पक्षमा होमिएका थिए, उनी । भारतीय स्वतन्त्रता संग्रामका वीर सेनानी भगतसिंह र चन्द्रशेखर आजादको जीवनीबाट उनी खुबै प्रभावित थिए । त्यसैले त प्रजातन्त्रको हत्यारालाई नछाड्ने दृढ संकल्पका साथ उनी अघि बढेका थिए । उनी आफूलाई कहिले पनि कायर ठानेनन् । २०१७ पुस १ मा तत्कालिन राजा महेन्द्रले संसद र संसदीय सरकार विघटन गरी आफ्ना नेताहरूलाई जेल चलान गरी यातना दिएको घटनाबाट मर्माहत र क्षुब्ध थिए, उनी । त्यसैले त, उनी धेरै दिन लुकेर कायरको जीवन जिउन चाहेनन् । आफ्ना प्रवासन जीवन त्याग्दै स्वदेश फर्केर गिरफ्तारी दिए, उनले । आफ्ना आमाबुबाका एक मात्र सन्तान र नवविवाहित भएर पनि आफ्नो लक्ष्यमा उनी संधै अडिग थिए, रहे । राजेश्वर नेपालीका अनुसार सर्वप्रथम ज्ञानीशंकर गिरी जो निर्वासित नेपाली कांग्रेस महोत्तरीका जिल्ला सचिव थिए, उनको सम्पर्कमा पुगे । त्यसपछि जयनगरमा निर्वासित जीवन विताइरहेका क्रान्तिकारी युवा नेता तत्कालिन विघटित संसद सदस्य सरोज कोइरालासंग पनि सम्पर्क गर्न भ्याए, उनले । कोइरालासंगको सम्पर्कपछि दुर्गानन्द झाको जीवनमा नया“ मोड ल्याइदियो । राजेश्वर नेपालीले केही वर्षअघि गोखरापत्र संस्थाको युवामञ्चमा दुर्गानन्दलाई यसरी सम्झेका रहेछन् ः २०१८ माघ ८ गते बम प्राप्त गरी रातारात जनकपुरधाम पुगे, उनी । भोलिपल्ट ९ गते जानकी चौकमा बम लिएर बसेका उनले सांझ पा“च बजे तानाशाह राजा महेन्द्रको गाडी रोकिनासाथ आफ्नो प्रतिज्ञा पुरा गरे । राजा चढेको ल्याण्डरोभर गाडीमाथि फ्याकिएको बम प्वाल गर्दै तल जानकी मन्दिरको पूर्वी ढोकाको दक्षिणपट्टीको पर्खालमा फुटेको थियो । जानकी माताको कृपाले जनमत प्रदर्शन गर्दै बम प्रहार गर्दा पनि क्रान्तिकारी दुर्गानन्दलाई प्रहरीले पक्राउ गर्न सकेन । उता, जानकी माताको शरणमा पुगेका राजा पनि जोगिएका थिए । हजारौ सुरक्षाकर्मी तैनाथ रह“दारह“दै पनि उनी आफूलाई बचाउन सफल भए । त्यो रात जनकपुरधामको एउटा कुटी मन्दिरमा डेरा गरी बसेका आफन्तहरू हेमचन्द्र चौधरी र भोगेन्द्र चौधरी बसेको कोठामा बिताए । भोली पल्ट त्यहा“बाट भारतको उमगा“व लागेका थिए । यता, नेपालमा बम काण्डको अनुसन्धानका नाममा ५६ जनालाई पक्राउ गरी कुटपीट गरी बम प्रहार गरेको सकार गराउन तत्कालिन प्रशासनले दुष्प्रयास भइरहेको थियो । निर्दोषले यातना पाइरहेको सुनेर एक दिन अनायास जयनगरबाट उनी जनकपुर रेल्वेद्वारा स्वदेश फर्केर गिरफ्तारी दिए । राजामाथि बम प्रहार गर्ने दुर्गानन्दलाई खजुरी र महिनाथपुर स्टेशनसम्म पुग्दा कसैले केही गरेन । यसैबीच एसपी मानबहादुर राई दर्जनौ प्रहरीसंग परवाहा रेल स्टेसनमा पुग्यो । त्यहा“ गाडीबाट ओर्लनासाथ दुर्गानन्दलाई प्रहरीले घेरामा लिई त्यो राति जलेश्वर जेलमा राख्यो । भोलिपल्ट परकौली सैनिक ब्यारेकमा ल्याई हेलिकप्टरबाट काठमार्डौ सुनधारास्थित भद्रगोलमा पु¥याइयो । सरकारले यसैबीच एक विशेष अदालत गठन ग¥यो । सफाईको मौकासमेत नदिएर २०१९ भदौ १९ मा मृत्युदण्डको निर्णय सुनायो । त्यसबेलासम्म नेपालमा ब्राह्मणलाई मृत्यु दण्ड दिइदैन्थ्यो । त्यसैले मुलुकी एन २०२० भदौ १ मा संशोधन गरियो । विशेष अदालतको फैसला सर्वोच्च अदालतबाट अनुमोदन गराइयो । राजाको आदेशमा सर्वोच्च अदालतको अनुमोदन अनुसार मारिकाटी दिने राजदरबारको २०२० पुस ७ को पत्र जारी भयो । त्यही वर्षको माघ १५ मा महान क्रान्तिकारी दुर्गानन्दलाई सुन्धारा जेलमा मध्यरातिमा मृत्युदण्ड दिन ढोका खोल्दा त्यो निर्भीक क्रान्तिकारी मृत्युका लागि तयार बसेको देखेर तत्कालिन हत्याराहरु छम्क परेका थिए । प्राणदण्डको लागि लाने बेला अन्तिम इच्छा त्यो महान लोकतान्त्रिक क्रान्तिकारीले यसरी व्यक्त गरेका थिए , ‘ म दीर्घ यात्रामा गए पनि लोकतन्त्रलाई कसैले रोक्न सक्तैन । ’ युवा मञ्च २०६० माघ अंकमा राजेश्वर नेपाली अगाडी लेख्छन् ः मृत्युदण्ड दिने रातिमा दुर्गानन्दलाई गोली हानी हत्या गर्नुअघि राजा महेन्द्र दरबार छाडेर उपत्यकाबाहिर पहाड भ्रमणमा थिए भने मन्त्रिपरिषदका अध्यक्ष डा. तुलसी गिरी पुस ९ गते राजीनामा गरी अलग्गिएका थिए । सवा दुई महिनापछि डा. गिरी फेरी अध्यक्ष भएका थिए ।
सानो छ“दै दुर्गानन्दका पिता देवनारायण झाको निधन भयो । आमा सुकुमारीदेवीको रेखदेखमा गाउ“बाट ५ किलोमिर दुरीमा रहेको पारीको उमगावस्थित दिनदयाल हाई स्कुलमा झाको दिक्षादिक्षा भएको थियो । घरको एक्लो सन्तान भएकोले मेट्रिकमा पढ्दापढ्दै २०१७ सालमा विवाह पञ्चमीको दिन काशीदेवीसित उनको विवाह भयो । एक वर्षको वैवाहिक जीवनमा गर्भवती श्रीमतिलाई छाडेर लोकतन्त्रको संघर्षमा उनी होमिए । घरमा एक्ली श्रीमति र वृद्धा आमा हु“दा आवश्यक हेरचार नभएर उनको मृत्त शिशु जन्मेको थियो । २०६० भदौमा वृद्धा आमाको पनि निधन भएपछि एक्ली बनेकी श्रीमति काशीदेवीलाई बा“च्न सहज थिएन । एनई डट विक्सनरी डट ओआरजीमा दुर्गानन्दका बारेमा यसरी लेखिएको छ ः दुर्गानन्द सानैदेखि राम्रो फूटबल खेलाडी थिए र राम्रो गीत पनि गाउ“थे । नेपालको जटही गाउ“मा प्राथमिक शिक्षा पाएपछि अगाडिको पढाई त्यहा“ नहुने भएकोले उनी मावि तहको अध्ययनका लागि भारत मधुवनीको उमगा“व पुगेका थिए । जनकपुरमा तत्कालिन राजा महेन्द्रमाथि बम प्रहार गरेपछि दुर्गानन्दका परिवार, आफन्त, इस्टमित्र, छरछिमेक, कांग्रेस नेतालगायत ५६ जनालाई पक्राउ गरि यातना दिएको सुनेर उनी मर्माहत भएका थिए । आफ्नो कारणले आफन्त, इष्टमित्रले पाएको यातनाप्रति अति दुःखी हु“दै तत्कालिन सरकारले पत्र प्रेषित गरेका थिए । उक्त पत्रमा दुर्गानन्दले लेखेका थिए ः मेरो कारणले अरुलाई दुःख नदिनु , म कसैलाई दुःख दिन, रुवाउन जन्मेको मान्छे होइन । मार्ने भए मलाई मार जति दुःख दिए पनि मलाई दिनु, म गिरफ्तारी दिन्छु । मलाई लगेर मा¥यौ भने पनि नेपालको प्रजातन्त्रको लागि एउटा युवाले बलिदानी दिएको सन्देश जान्छ ।’ यी पत्र लेखेको केही दिनभित्रै उनले गिरफ्तारी दिए । विस २०२० माघ १४ गते उनले आमा र श्रीमतिलाई केही बेर भेट्ने अवसर पाएका थिए । त्यसबेला उनले भनेका थिए, ‘ नरुनुहोस्, आमा, कुनै दिन तपाईंलाई दुर्गानन्द झाको आमा भनेर सबैले गर्व गरेर हेर्नेछन् । श्रीमतिलाई पनि त्यसैगरि सान्त्वना दिएका थिए । उनले पत्नि काशीदेवीलाई भनेका थिए, ‘यो हाम्रो अन्तिम भेट हो, मेरा कारणले तिमीहरुको नाम देशभर चल्छ ।’भोलीपल्ट माघ १५ गते राति दुर्गानन्दलाई त्रिपुरेश्वर जेलको रुखमा दुईपल्ट झुण्ड्याउ“दै उतार्दै गरिएको थियो । त्यसबखत पनि दुर्गानन्दलाई माफी मागी बिन्तीपत्र लेख भनिएको थियो , तर उनी मृत्युदण्डलाई नै शिरोधार्य गरे । उनलाई फ“ासी दिएपछि श्रीमति काशीदेवी र उनको आमालाई जानकारी दिएको थियो । दुर्गानन्दकी आमाले लाश मागे पनि दिइएन । पछि कुशको लाश बनाएर दुर्गानन्दको भारतको गयामा अन्तिम संस्कार गरियो ।
           

 सहिद दुर्गानन्दसंग जोडिएको घटनाक्रम
  • विस १९९९ वैशाख १४ ः जनकपुरधामबाट १४ किलोमिटर दक्षिण नेपाल–भारत सीमानासंग जोडिएको जटही गाउ“मा शुक्ल एकादशीका दिन सहिद दुर्गानन्दको जन्म । देवनारायण र सुकमारी देवीको एकमात्र सन्तान थिए , उनी । वाल्यकालमै रह“दा उनको पिताको निधन । २०६० भदौ ३१ मा उनकी आमाको निधन । उनी पण्डित भोलानाथ झाका तीनभाई छोरामध्येका एकमात्र उत्तराधिकारी थिए । उनको पत्निको नाम काशीदेवी झा हो । काशीदेवीलाई नेपाली कांग्रेसले मूल्यांकन कहिले गरेन । धन्य मधेस केन्द्रित दल तराई मधेस लोकतान्त्रिक पार्टी, जसले अघिल्लो संविधानसभामा समानुपातिकतर्फबाट सभासद बनाएर सहिद दुर्गानन्दको सिंगो परिवारलाई सम्मान ग¥यो । सहिद दुभारत मधुवनीको उमगावस्थित विद्यालयमा मावि तहका विद्यार्थी छ“दा नेपालमा लोकतन्त्रको हत्या भएको घटनाले उनी मर्माहत भएर यसको हत्याराको हत्या गर्ने मन बनाएका थिए । भारतको जयनगरमा निर्वासित जीवन विताइरहेका नेपाली कांग्रेसका नेता सरोज कोइरालाको सम्पर्कमा पुगी राजामाथि बम प्रहार गर्ने योजना उनले बनाएका थिए ।
  • विस २०१७ पुस १ ः संसद र संसदीय व्यवस्थाको विघटन । त्यसपछि तत्कालिन राजा महेन्द्रको तानाशाहीको विरोध । त्यसैक्रममा सहिद दुर्गानन्द सक्रिय । 
  • विस २०१८ माघ ९ ः महेन्द्र पूर्वी तराई भ्रमणका क्रममा जनकपुर पुगे । उनले माघ ८ गते बम जानकी चौकमा महेन्द्र लक्षित बम प्रहार  । उक्त बम प्रहार दुर्गानन्द झाले गरेका थिए । आफ्ना साथी अरविन्द ठाकुर माघ ९ गते विशेष विमानबाट राजा महेन्द्र जनकपुरधाम पुग्नुअघि नै विमानस्थलबाट बमसहित पक्राउ परेपछि पनि उनको आ“ट कम भएन । ठूलो संख्यामा सेना र सुरक्षाकर्मी लाई छिछौल्दै जानकी चौकममा महेन्द्र चढेको गाडी रोकिनासाथ दुर्गानन्दले गे्रनेड हाने । गाडी जानकी मन्दिरको पर्खालमा ठोक्कियो । महेन्द्र बाचे भने दुर्गानन्द भाग्न सफल भए । उनी बम आक्रमणका दिन जनकपुरमा रहेका आफ्ना गाउले विद्यार्थीसंग रात विताएर बिहानै उनी उमगावहु“दै मधुवनी पुगे । त्यहा“ पुग्दा पनि उनलाई सन्तोष भने लागेन । कारण थियो बमकाण्डका नाममा निर्दोषहरुलाई प्रहरी र प्रशासनले दुःख दिन थाल्नु । त्यसपछि दुर्गानन्द तीन महिनापछि आफै जनकपुर रेल्वेबाट फर्केर स्वयं गिरफतारी दिए । त्यसको भोली पल्टै उनलाई परकौली सैनिक ब्यारेकमा पु¥याई हेलिकप्टरबाट काठमाडौं लगियो ।
  • विस २०१९ भदौ १९ ः नेपालको तत्कालिन विशेष अदालतले कुनै सुनुवाई नै नगरी दुर्गानन्दा झालगायत अरविन्द ठाकुर, दलसिं थापालाई मृत्युदण्ड दिने निर्णय । निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरिए पनि विशेष अदालतकै निर्णय सदर गरियो ।
  • विस २०२० पुस १० ः राजदरबारको पत्र प्रेषित । उक्त पत्र अनुसार दुर्गानन्दलाई प्रचालित कानुन अनुसार भन्दै अन्य दुईको मृत्युदण्डलाई जन्मकैदमा परिणत ।
  • विस २०२० माघ १५ ः काठमाडौंस्थित केन्द्रिय कारागारमा मध्यरातमा दुर्गानन्द झालाई गोली हानी मृत्युदण्ड । विस १९९७ माघ १० गते शुक्रराज, धर्मभक्त, गंगालाल र दशरथ चन्दलाई राणाहरुले मृत्युदण्ड दिएको २३ वर्षपछि दुर्गानन्दलाई  मृत्युदण्ड दिनुअघि प्रचलित मुलुकी ऐनमा संशोधन गरी एक शताब्दी भन्दा बढी अवधिसम्म दोषी बाहुनलाई मृत्युदण्ड नदिने मुलुक ऐनको व्यवस्थामा २०२० भदौमा १ मा संशोधन । उनी नेपालका प्रथम गणतान्त्रिक सहिद बने ।
  • २०६४ साल ः सहिद दुर्गानन्द झाका पत्नि काशीदेवीलाई तमलोपाले समानुपातिक तर्फबाट सभासद बनायो ।
  • २०६६ असार ः सरकारले प्रस्तुत गरेको बजेटमा प्रथम गणतान्त्रिक सहिद दुर्गानन्द झाको नाममा उनको जन्मस्थल जटहीमा १० शैल्याको अस्पताल बनाउने घोषणा । उक्त अस्पतालका लागि अझै काम सुचारु ह्ुन सकेको छैन । (यो आलेख सहारा टाइम्स, माघ १६–२९, २०७० अंकमा प्रकाशित)