Wednesday, 23 October 2024

"Vice President Yadav Emphasizes  Climate Change and Insurance Awareness at International  Conference"

The International Conference on Inclusive Insurance 2024 commenced tuesday with a keynote address by the Rt. Honourable Vice President Ramsahay Prasad Yadav. In his speech, Vice President Yadav extended his heartfelt best wishes to all attendees and expressed his gratitude to the organizers for hosting this significant esevent. Vice President Yadav emphasized the importance of inclusive insurance for Nepal, highlighting its potential to strengthen international cooperation and collaboration in addressing the challenges and opportunities it presents.
He noted that conferences like this offer a unique platform to exchange ideas, share best practices, and develop strategies that promote the holistic development of the insurance sector, enabling it to meet today’s realities and prepare for future demands.
The Vice President underscored the main objective of inclusive insurance, which is to provide insurance protection to all members of society. He highlighted that this is a crucial step in strengthening the economic and social structure of the country, offering economic security to various members of society, especially the poor and deprived.
He stressed the importance of insurance in protecting people from financial adversities and ensuring their financial stability in unexpected situations. Health and life insurance were particularly emphasized to ensure medical facilities and family life security for every individual in society. Vice President Yadav called for spreading awareness about insurance and educating people on its importance. He urged the government and insurance companies to work together to ensure that every person, whether in rural or urban areas, has access to insurance.
He highlighted Nepal's vulnerability to climate change, with around 80 percent of the population exposed to climate-related risks. He pointed out the low level of insurance awareness and the significant insurance protection gap, which leaves many citizens vulnerable to growing threats.
The Vice President emphasized the pivotal role of insurance in managing the financial impacts of natural disasters like earthquakes, floods, and landslides. He noted that catastrophic and emerging risks, especially climate-related ones, pose significant challenges to the insurance industry.
He recognized the transformative potential of inclusive insurance in managing emerging risks globally and expressed gratitude for the presence of distinguished speakers and experts who would share international practices and provide invaluable learning opportunities.
Vice President Yadav encouraged all participants to actively engage in discussions, share insights, and propose innovative solutions throughout the conference. He expressed confidence that the outcomes of the conference would have a lasting impact on the future of inclusive insurance.
In conclusion, he emphasized the importance of collaboration, cooperation, and the exchange of ideas and expertise to elevate the standard of insurance and improve the quality of the field. He wished all participants the very best for the success of the conference. Kathmandu, Nepal, October 22, 2024 

Wednesday, 9 October 2024

उपराष्ट्रपति यादवले सर्वसाधारणलाई टिका लगाइ दिने

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूबाट विजया दशमीको अवसरमा २०८१ असोज २६ गते शनिबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा इच्छुक महानुभावहरूलाई टीका-प्रसाद प्रदान गर्नु हुने भएको छ ।
उपराष्ट्रपतिका स्वकीय प्रेस संयोजक दिनेश यादवद्वारा हस्ताक्षरित प्रेस नोटमार्फत् उक्त जानकारी दिइएको हो । उपराष्ट्रपति यादवले इच्छुक सम्माननीय र माननीयदेखि संवैधानिक अंगका पदाधिकारी र सर्वसाधारण सम्मलाई बडादशैंको दिन असोज २६ गते शनिबार अपरान्ह २ बजेर ३० मिनेट देखि ४बजे सम्म लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा टिका-प्रसाद प्रदान गर्नु हुने तालिका निजी सचिवालयले जारी गरेको छ ।

Thursday, 3 October 2024

उपराष्ट्रपति यादवद्वारा उद्धार कोषमा सहयोग

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले २०८१ असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी, पहिरो तथा
डुवानबाट प्रभावित, पिडित परिवारहरुको राहतका लागि एक महिनाको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ ।
यसैगरी, उपराष्ट्रपतिको कार्यालय अन्तर्गत उहाँको स्वकीय सचिवालयमा कार्यरत विज्ञहरु (सल्लाहकारहरु) र प्रमुख स्वकीय सचिवबाट पाँच–पाँच दिन तथा सहसचिवदेखि अधिकृत वा सो सरहको कर्मचारीबाट तीन–तीन दिनको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको छ ।
उपराष्ट्रपतिज्यूले प्राकृतिक विपद्का कारण मुलुकमा ठूलो मात्रामा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । उहाँले विपद्का कारण अकालमै ज्यान गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली एवं चिर शान्तिको कामना गर्दै आफ्ना प्रियजन गुमाउनु भएका परिवारजनप्रति गहिरो समवेदना एवं सहानुभूति तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ।
उपराष्ट्रपतिज्यूले घाइते भएकाहरुको निःशुल्क उपचार र विपद् प्रभावित क्षेत्रमा हैजा, डेंगीजस्ता रोगहरु फैलिन नदिन आवश्यक उपायहरु अवलम्वन गर्न, विस्थापित परिवारका लागि पुनर्वासको व्यवस्था गर्न तथा राहत सामाग्रीलगायत खाद्यान्नको व्यवस्थापन एवं अवरुद्ध लोकमार्गहरु यथाशीघ्र खुलाई आगमन सहज बनाउन सम्बन्धीत सबैलाई आग्रह गर्नुभएको छ ।

Tuesday, 1 October 2024

ज्येष्ठ नागरिकलाई कदर गर्न सक्नुपर्दछ: उपराष्ट्रपति यादव (Senior citizens should be respected: Vice President Yadav)

सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवले ज्येष्ठ नागरिकले आफ्नो जीवनमा गरेका सेवा, प्राप्त उपलब्धी र समर्पणको कदर गर्दै उहाँहरुको स्वास्थ्य, आर्थिक सुरक्षा, सामाजिक उपेक्षा र दुव्र्यवहार जस्ता समस्याहरुलाई सम्बोधन गर्न सक्नुुपर्ने बताउनु भएको छ ।
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस (अक्टोबर १) का अवसरमा उहाँले आज दिनुभएको सन्देशमा उक्त कुरा बताउनु भएको हो । ‘विश्वभरका ज्येष्ठ नागरिकहरुको योगदानलाई सम्मान र मान्यता प्रदान गर्न समर्पित अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकहरुमा सुख, सुस्वास्थ्य, दीर्घायु एवं सम्मानित जीवनका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ’ उपराष्ट्रपति यादवको निजी सचिवालयबाट जारी सन्देशमा उल्लेख छ, ‘ज्येष्ठ नागरिकले आफ्नो जीवनमा गरेका सेवा, प्राप्त उपलब्धी र समर्पणको कदर गर्न यो दिवसलाई हामीले एउटा अवसरका रुपमा लिन सक्नुपर्दछ । यो उहाँहरुको स्वास्थ्य, आर्थिक सुरक्षा, सामाजिक उपेक्षा र दुव्र्यवहार जस्ता समस्याहरुलाई सम्बोधन गर्नका लागि प्रण लिने र प्रतिबद्धता व्यक्त गर्ने दिवस पनि हो ।’
उहाँले वृद्धावस्था जीवनको एउटा स्वाभाविक र सामान्य प्रक्रिया भएको उल्लेख गर्दै यसै रुपमा ज्येष्ठ नागरिकले आफ्ना अनुभवहरुबाट युवा र समाजलाई लाभान्वित गराउने प्रयास पनि गर्न सक्नुपर्ने बताउनु भएको छ । ‘यसले समाजमा ज्येष्ठ नागरिकको उपादेयता प्रमाणित हुनुका साथै उहाँहरुमा आत्मविश्वासमा पनि बृद्धि हुन सक्दछ । ज्येष्ठ नागरिकहरु समाजका उपयोगी व्यक्तित्वहरु हुन ’ संदेशमा छ, ‘ हामीले उहाँहरुलाई कुनै न कुनै रुप (ज्ञान, सीप, अनुभव आदि) मार्फत् समाज कल्याणमा योगदानका लागि प्रोत्साहन गर्न सक्नुपर्दछ ।’
उहाँले हाम्रो पूर्वीय दर्शन अनुसार प्राचीनकालमा समाजमा ज्येष्ठ नागरिकको अत्यन्तै उच्च सम्मान रहेको स्मरण समेत गर्नुभयो । ‘संयुक्त–परिवारमा सबै ‘हर्ता–कर्ता’ सर्वाधिक आयु भएकै व्यक्ति हुन्थे । जीवनको लामो अनुभवका कारण उहाँहरुको उपदेश र निर्देशहरु परिवारले ‘ब्रह्मवाक्य’ मानी संयुक्त परिवार संचालित हुन्थ्यो ’ सन्देशमा अगाडि उल्लेख छ,‘ परम्परागत रुपमा ज्येष्ठ नागरिकहरुलाई ‘प्रतिष्ठा सूचक’ मानिन्थ्यो । खासगरी, संयुक्त परिवारको विघटन पश्चात र समाजमा आधुनिकताको प्रवेशसंगै ज्येष्ठ नागरिकलाई आफ्नै परिवारबाट हेला हुनु अत्यन्तै चिन्ताको विषय हो ।’ उपराष्ट्रपति यादवले औद्योगीकरण, सहरीकरण, एकल परिवार, व्यक्तिवाद, पाश्चात्य संस्कृति, धनको बढ्दो महत्व, भौतिकवादी मूल्य लगायतका कारण ज्येष्ठ नागरिक आफैमा समाज, समुदाय र देशमा जटिल समस्या बन्दै जानु अर्को एउटा तितो यथार्थ भएको संदेशमा उल्लेख गर्नुभएको छ ।
‘एकातिर ज्येष्ठ नागरिक प्रति परिवारमा आदर, सम्मान, प्रेम र लगाव समाप्त हुँदै गएका छन् भने अर्कोतिर उहाँहरुमा स्वयं भावनात्मक असुरक्षाको भावना तीव्र रुपमा बढ्दो छ । यी दुखद अवस्थाको अन्त्य हुन नितान्त जरुरी छ । हामीले ‘वृद्धावस्था’ लाई ‘बोझ’ होइन, प्रेरणा, अनुभव, ज्ञानको चौतारीका रुपमा लिन सक्नुपर्दछ ’ सन्देशमा उल्लेख छ, ‘‘वृद्धावस्था’ एउटा सर्वकालिक र सर्वव्यापी अवस्था पनि हो । यो अवस्थालाई बाल्यकाल झै अन्यन्तै संवेदनशील मानिन्छ । उत्तरदायित्व समाप्तिपछि व्यक्तिले यो अवस्थामा आध्यात्मिक चिन्तनतर्फ झुकाव बढाउँदछ । शारीरिक क्षमताहरु कम हुन थाल्दछन् । स्मरण शक्ति कमजोर, निर्णय क्षमतामा कमी लगायतका लक्षण पनि देखिन थाल्दछन् । यो अवस्थामा समायोजनको पनि अभाव पाइन्छ, किनभने नयाँ पीढीसंग उहाँहरुको मूल्यलाई लिएर कहिलेकाहीं टकराव पनि हुने गर्दछ । यस्तो अवस्थामा उहाँहरुले आफूलाई असहाय र उपेक्षित पनि अनुभव गर्नु हुन्छ । थरी–थरीका शारीरिक र मानसिक परिवर्तन हुन्छ, रोगहरु पनि यो अवस्थामा धेरै लाग्ने गर्दछ । उच्च तनाव, उच्च रक्तचाप, ज्ञानेन्द्रियहरुको क्षमता र काम गर्ने शक्ति कम भएको लक्षण देखिने गर्दछ ।’ उहाँले समुचित हेरचाह तथा सहानुभूति ज्येष्ठ नागरिकले प्राप्त गर्न नसकेको अवस्थामा अकाल मृत्युवरणको जोखिम पनि बड्न सक्ने संदेशमा उल्लेख गर्नुभएको छ ।
‘समाज, परिवारका सम्पूर्ण सदस्यसहित नयाँ पीढीले ज्येष्ठ नागरिकलाई घर, समाज र परिवारको धरोहर मान्दै उहाँहरुसंग सामंजस्यता काम गर्न सक्नुपर्दछ । हामीले ज्येष्ठ नागरिक प्रतिको आफ्नो सामाजिक दृष्टिकोण परिवर्तन गर्न आवश्यक छ ’ उपराष्ट्रपति यादवले आफ्नो सन्देशमा भन्नुभएको छ, ‘ज्येष्ठ नागरिकहरुलाई समाजमा अनुभवहरुको भण्डारका रुपमा हेरिनु पर्दछ । यो एउटा दुर्भाग्य नै हो कि समाज, अर्थव्यवस्था र मुलुकका लागि आफ्नो सबै कुरा अर्पित गरिसकेपछि उमेरको अन्तिम समयमा जब उहाँहरुलाई केही प्राप्त गर्ने अवस्था आउँछ , तब उहाँहरु अभाव र विवशतामा पुग्नु हुन्छ । अझ, ज्येष्ठ नागरिकहरुले सामाजिक, व्यक्तिगत, पारिवारिक, मनोवैज्ञानिक, आर्थिक लगायतका समस्याहरुको न्यूनिकरणमा सम्बन्धित सबै क्षेत्र, वर्ग र तप्का सक्रियताका साथ लाग्न पनि उत्तिकै आवश्यक छ । ’
उपराष्ट्रपति यादवले परिवार, समाज र देशमा ज्येष्ठ नागरिकले पुर्याएको योगदानहरुको सम्मान गर्दै उहाँहरुको अनुभव र ज्ञान हामी सबैलाई हरेक क्षेत्रमा उपयोग गर्न यो दिवसले उत्प्रेरित गर्न सकोस् भन्दै ज्येष्ठ नागरिकको जीवनलाई सम्मानित, व्यवस्थित, मर्यादित र सुखद बनाउनमा सहयोग पुर्याउन सबैमा हार्दिक आह्वान समेत सन्देश मार्फत् गर्नुभएको छ ।