Thursday, 29 December 2022

मानकके छडी (लोकमैथिली कविता)

आन्हर भँ जे काज करैय,
एक भगहा बैन फतमा जारी करैय,
जनसकोकार सबालमे मृत्तप्राय: बनल रहैय
ओहेसभ ऐतह अभियन्ता कहबैय ।
जन-जनके फोडबाक जे काज करैय,
मौसमी उलेमा जारी करैय ,
सहोदराके भाषाके बोली कहैय,
ओहेसभ ऐतह अपनाके अगुवा कहबैय ।
लोकशैली जे पसंद नै करैय,
रग-रगमे जक्कर जातिबाद भरलय,
फरक मत रैखते जेकरा भक्कचोहनी लगैय,
ओहेसभ अभियानी कहबैय ।
करिया सोच जे सदखनि रखैय,
मानक शैलीके मात्र अपन बुझैय,
आनक शैलीमे खुर्लुच्ची बनैय,
ओहेसभ अमुक संस्थाके नामपर विज्ञप्ती जारी करैय ।
संकुचित घेरामे जे ओझरायल रहैय,
संसार ओहीके सदखैन मनैय,
अपन परिधी बाहरक लोकके शत्रु बुझैय
ओहेसभ अमुक भाषाके कथिक मुखिया बनैय ।
बौद्धिक अपराधमे जे खुब रमैय,
भाषिक दियादक सफलतामे जैल मरैय,
प्रतिस्पर्धी स्रष्टाके विरोधमे गरदमगोल करैय,
ओहेसभ अपनाके भाषिक मैञ्जन बुझैय ।
मानक छडी सँ जे आनके डङ्गवैय,
छिकाछिकी,जोलहा,ठेठीके अपन नय मनैय
विपैतमे मात्र सभहक शैलीके अपन बुझैय,
ओहेसभ भावभंगिवा आ चोली बदैल प्रचाररतिमे डुबैय ।
#दिनेश_यादव
काठमाडौं (नेपाल)

Friday, 16 December 2022

काकाको चप्पल (नेपाली लघुकथा) ( Uncle's Slippers (Nepali Short Story)

दिनेश यादव
गाउँमा घरको बार्दली तल एक जोडी खिइएको र प्वालै प्वाल भएको चप्पल धेरैं दिनदेखि एक निश्चित समयमा संधै देखिन्थ्यो । समय जब बिहानको ठ्याक्कै साढे सात बज्थ्यो, यी जोडी चप्पलको आबाज सुनिन्थ्यो । बाहिर बार्दली तल टकरक्क राखेको देखिन्थ्यो । त्यसै क्रममा खोकी गर्दै एउटा ज्येष्ठ नागरिकको स्वर पनि सुनिथ्यो - ' महिस दुहा गेलह, दूध लऽ आ न (भैंसी दुहि सक्यो, दूध ल्याइ हाल्नुस् ।)
त्यो चप्पलको सम्बन्धमा र दूधको सूचना दिन आउने ती ज्येष्ठ नागरिकबारे मेरो मनमा जिज्ञासा जाग्यो । एक दिन तिनका छिमेकीलाई सोधें ,' भैयारी हौ ! हुराँठ चाचाके भैंस के दुहैछ? '(दाजू ! हुँराठ काकाको भैंसी कसले दुही दिन्छ?) जबाफ आयो, ' बुढ्वा अपने दुहैछ'( बुढोले आफै दुहन्छ )'
फेरी अर्को जिज्ञासा मनमा उठ्यो, तर कसैलाई सोध्ने हिम्मत गर्न सकिन । त्यो जिज्ञासा थियो-' काका संधै भैंसी दूहेको सूचना त दिन आउँछन्, दूध लिएर किन आउॅदैनन्,आए पनि हुन्थ्यो नि ...! आखिर ऊ यही त आउने हुन्, हामी जानु पर्थ्येन !' काकाले यसो किन गर्दा रहेछन् भनेर खोतल्न थालें। यो कुरो धेरैलाई सोधें पनि । सबैले आ-आफ्नै तर्क दिए । त्यसमध्ये एउटा तर्क थियो, ' काकाको घरमा चिया पाँक्दैन रे । त्यही भएर उनी आएको हुनुपर्छ ।' मैले यसैलाई उपयुक्त कारण ठानिन । 'काका यहाँ दूध लिएर आए पनि त चिया खान सक्छन् नी !' मैले ठम्याएँ ।
एक दिन घरमा दूध ल्याईवरी चिया पाकेपछि 'पियो फेको' (मधेशतिर प्रदूषण फैलाउने प्लास्टिकको गिलास :: मैले त्यसपछि सीमावर्ती बजारबाट प्लास्टिकको साटो पेपर ग्लास घरमा प्रयोगमा ल्याएँ) मा चिया लिएर काका समक्ष आफै पुगें । चिया चुस्की लिँदै सोधें- 'काका घरमा सबैजना सकुशल छन हैन ?' काकाले भन्यो, ' सबै सकुशल छन्, दुई छोराहरू खाडी मुलुकमा छन्, बर्षभरीमा लाखौलाख पठाउँछन्....' (नन स्टप तिनले भन्दै थिए )। मैले बीचैमा रोक्दै सोधें - 'काकाको दू:खका दिन गएछ, अब हैन ।'
चाचा एकाएक भावुक बनेछन् । नाकको सिंगान पुछ्दै एक आध पटक खोकी गर्दै फेरी तिनले बेलीबिस्तार लगाउन थाले- 'केटाहरूले पैसा मलाई दिन्नन् । श्रीमतिलाई दिन्छन्, आ-आफ्नो ससुरालीमा ब्याजमा लगाउँछन् । यी हेर्नुस् न प्वालै प्वाल भएको चप्पल लगाउछु (चप्पल हातमा लिएर) । घरमा चिया पाक्दैन, दूध बेचेको पैसा पनि बुहारीहरू बाँडीचुडी लिन्छन् । तीन बिगहा खेतको उब्जनीहरू पनि केटाहरूले आफै राख्छन् । मलाई जीवितमा ५ कठ्ठा खेत दिएका छन् । कृषीकर्ममा खर्च बढी छ उत्पादनले साल भरी पुग्दैन ....।' म मौन थिए, टाउको हल्लाउँदै काकाको कुरा सुनिरहे । आखॉ रसाएको चालै पाइँन । मैले घाँटीमा लपेटेको कलकत्तिया गम्छाले आफ्नो अनुहारलाई पुछें..... । मैले त्यो खिईसकेको चप्पल र बिहानै काकाले दूध नल्याई सूचना मात्र दिन आउनुको कारण जो थाहा पाई सकेको थिएँ ।
मन अमिलो बनेपनि काकाको घरमा गएर कसलाई सम्झाई बुझाई गर्नु ? छोराहरू नै बाआमाको हुन सकेन भने अर्को व्यक्तिले जति सम्झाए पनि हुन्न । तर पनि प्रयासमा लागें । तर, तिनका 'लडाकू बुहारीहरू' का कारण कसैले पनि काकाको घर जान मलाई सल्लाह दिएनन् । काठमाडौं फिर्ने बेला काकालाई एक जोडा लोतीवाला चप्पल दिएँ, त्यसबाट काकाको अनुहार उज्यालो देखें । तिनीबाट थुप्रै आशिष पाएँ ।

Saturday, 26 November 2022

निर्वाचनको नतिजाले हाम्रो सङ्घर्ष यात्रालाई कुनै असर पार्ने छैन :उपेन्द्र यादव

मुलुकमा पञ्चायती व्यवस्था/निरङ्कुश राजतन्त्र भएको बेला जनतालाई लोकतन्त्र, नागरिक अधिकार, प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रता लगायतका मौलिक हकहरूबाट वञ्चित गरिएको थियो । उक्त निरङ्कुश शासनको विरुद्धमा वामपन्थी राजनीतिक धारबाट प्रेरित भई विद्यार्थी राजनीति मार्फत सङ्घर्ष सुरु गरेको थिए ।
वि.सं. २०३२ सालको विद्यार्थी आन्दोलनमा सक्रियतापूर्वक भाग लिएकोले तत्कालीन शासकहरूको आदेशमा पहिलो पटक जेल परे । त्यसपछि निरन्तर रूपमा लोकतन्त्र, बहुदलीय व्यवस्था, जनताको अधिकार, समानता तथा सिमान्तिकृत वर्गको उत्थानको लागि सकृय राजनीतिमा लागी सङ्घर्ष जारी नै राखे ।
वि.सं. २०३६ सालको विद्यार्थी आन्दोलनमा पनि सकृय भूमिका निर्वाह गर्ने अवसर पाएँ । यसरी वामपन्थी राजनीति मार्फत अगाडि बढ्दै जाँदा विभिन्न अवरोधहरूको पनि सामना गर्नुपर्यो । वि.सं. २०४२ सालमा पञ्चायती व्यवस्थाको विरुद्धमा लोकतन्त्र बहालीको लागि लड्ने क्रममा काठमाडौँको केन्द्रीय कारागारमा र वि.सं. २०४६ सालमा आन्दोलनको क्रममा विराटनगरबाट पक्राउ परि धनकुटा जेलमा बन्दि जीवन बिताउनु पर्यो ।
देशमा बहुदलीय व्यवस्था आइसक्दा पनि मधेसी, आदिवासी जनजाति, दलित, थारु, मुस्लिम लगायतका सीमान्तकृत समुदायहरू या बहिष्करणमा पारिएका समुदायहरूको पहिचान, अधिकार, प्रतिनिधित्व, समावेशिता लगायतका सवालहरू सम्बोधन हुन सकेको थिएन । उनीहरूलाई दोस्रो दर्जाको नागरिक सरह व्यवहार गरिँदै थियो । मधेसी समुदायलाई बिदेसी, मदिसे, धोती, बिहारी जस्ता अपमानजनक शब्दहरू प्रयोग गरी सम्बोधन गर्ने कार्यहरू हुँदै थियो । उनीहरू अपमानित र अपहेलित जीवन बिताउन बाध्य थिए ।
राज्यको दोहोरो चरित्रको विरुद्धमा एउटा लडाई अपरिहार्य रहेको महसुस गर्दै तत्कालीन मधेसी जनाधिकार फोरमको नेतृत्वमा ऐतिहासिक मधेस जनविद्रोहको संखनाध गर्यौ । र, मधेसी जनाधिकार फोरमको अध्यक्षको हैसियतले मैले नेतृत्व गरेको मधेस जनविद्रोह सफलतापूर्वक अगाडि बढ्यो । संविधान सभा भित्र र बाहिर रहेर देशको सम्पूर्ण वर्ग र समुदायले स्वामित्व ग्रहण गर्ने संविधान जारी गर्न हामी अन्तिम समयसम्म पनि सङ्घर्ष जारी राख्यौँ । त्यही सङ्घर्षको उपलब्धि स्वरूप आज यतिसम्मको संविधान बन्न सक्यो । नत्र यो पनि सम्भव थिएन । आज सङ्घीयता, गणतन्त्र, समावेशिता, मौलिक हक र सामाजिक न्याय जस्ता उपलब्धिहरू ऐतिहासिक मधेस जनविद्रोहकै देन हो ।
तथापि यो संविधान त्रुटिपूर्ण छ, संविधानमा असमानताहरू रहेका छन् । अझै पनि सङ्घीयता वास्तविक रूपमा सङ्घीयता जस्तो हुन सकेको छैन । प्रदेशलाई अधिकार सम्पन्न र बलियो बनाउन सकिएको छैन । हरेक समुदायले जनसङ्ख्याको आधारमा प्रतिनिधित्व गर्न पाउने अधिकार सुनिश्चित भइसकेको छैन । यस संविधानले विभिन्न राष्ट्रियताहरू जातीय समुदायहरूको पहिचानलाई सम्बोधन गर्न सकेको छैन । बहुभाषिक नीतिलाई राम्ररी अवलम्बन गरी अभ्यासमा ल्याउन सकेको छैन । यस संविधानले अझै पनि गलत शासकीय स्वरूपलाई अङ्गालेको छ । विकृतिमूलक निर्वाचन प्रणाली अपनाएको छ । स्वतन्त्र न्यायालय भए तापनि न्यायालयसम्म सबै नागरिकको पहुँच हुने गरी संरचना बनाउन सकिएको छैन । जसले गर्दा न्याय पाउने आधारभूत अधिकारबाट आज पनि लाखौँ जनता वञ्चित हुनुपरेको छ । त्यसैले संविधान संशोधन र परिवर्तनको लागि हामी अझै पनि सङ्घर्षरत छौँ ।
बहिष्करणमा पारिएका जनसमुदायहरूको शिक्षा, स्वास्थ्य, रोजगारी, आवास, न्याय इत्यादि आधारभूत आवस्यक्ता प्रति हामी सुरुदेखि नै प्रतिबद्ध थियौँ, छौँ र रहने छौँ । अबको प्रयास भनेको प्राप्त उपलब्धिहरूको संरक्षण र बाँकीको लागि सङ्घर्ष गर्दै आर्थिक उन्नति मार्फत समतामूलक विकासकै लागि हो ।
मधेस विश्वविद्यालय, मधेस प्रदेश कृषि विश्वविद्यालय, रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नर्सिङ कलेज र ईन्जीनियरिङ कलेज, सडक सञ्जाल, शिक्षामा छात्राहरूको पहुँच लगायतका प्रयासहरू यसै उद्देश्य पूर्तिको पूर्वाधारहरू हुन् । अन्य कतिपय योजनाहरू पनि पुरा भइसकेको वा हुने क्रममा रहेको सर्वविदितै छ ।
चुनाव एउटा राजनीतिक प्रक्रिया हो । जस मार्फत जनताले आफ्नो प्रतिनिधि छान्ने हो । चुनावमा भएका आन्तरिक र बाह्य षडयन्त्रको सुईको मैले पनि पाएको छु । यसको पनि मूल्याङ्कन हुने नै छ । र, कुनै पनि खालको हस्तक्षेप हामीलाई स्वीकार्य छैन । यस चुनावको परिणाम रहस्यमयी रहे तापनि हामी जनताको निर्णयको सम्मान गर्दछौँ । नव निर्वाचित जन प्रतिनिधिहरूलाई हाम्रो साथ सहयोग रहने नै छ । सम्पूर्णमा सुखद कार्यकालको शुभकामना व्यत्त गर्दछु ।
निर्वाचनमा सहभागी मतदाताहरू, सहकार्य तथा प्रतिस्पर्धामा रहेका विभिन्न दल र त्यसका नेताहरू, निर्वाचन आयोगका कर्मचारीहरू, सुरक्षा कर्मीहरू, पत्रकार तथा पर्यवेक्षकहरू लगायत सम्पूर्ण सहयोगी संस्थाहरू, निर्वाचन अवधिभर अहोरात्र खट्नुहुने युवाहरू, प्रचारप्रसारलाई रचनात्मक बनाउन सहयोग गर्नुहुने गायक तथा सङ्गीतकर्मीहरू लगायत सबैमा विशेष धन्यवाद ज्ञापन गर्दछु ।
अन्त्यमा, यस निर्वाचनको नतिजाले हाम्रो सङ्घर्ष यात्रालाई कुनै असर पार्ने छैन । एक इन्च पनि तलमाथि नभईकन जनताको म्यान्डेट अनुसार हामी हाम्रो मिसनमा लागिरहने छौँ । बरु विगतको समीक्षा गर्दै हाम्रो प्रयास झन् ससत्त हुने विश्वास दिलाउन चाहन्छु । धन्यवाद ।(सभार:उपेन्द्र यादवको फेसबुक वाल)

Thursday, 24 November 2022

उपेन्द्रलाई हराउनेहरु जति खुशी छन् चन्द्रकान्तलाई जिताउँदा पनि त्यति खुशी देखिदैनन् !

जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादव पराजित भएबाट राज्यसत्तामा वर्षौदेखि हालीमुहाली भएका ७ ‘द’ (दल, दलपत्ति, दलकारिता गर्नेहरु, दामका लागि संधै ललायित हुनेहरु, दलाल र दक्षिण–पश्चिमका एजेन्टहरु) जति खुशी देखिएका छन् जनमत पार्टी (जपा) अध्यक्ष चन्द्रकान्त राउत जित्दा पनि तिनीहरुमा त्यति खुशी देखिएको छैन । खासगरी, देशी/विदेशी शक्ति जो मधेश, मधेशी, दलित, जनजाति, आदिवासी लगायतलाई अधिकारबाट बञ्चित गरी राख्न संधै ‘कम्फोर्ट पपेट’ को खोजीमा क्रियाशील थिए, तिनीहरु जसपा अध्यक्षको पराजयबाट खुशी छन् ।
नेपाली राजनीतिको एउटा तीतो यथार्थ नै हो– जसपा अध्यक्ष उपेन्द्र यादव मधेशी लिगेसी बोकेका नेता हुन्, उनको पराजयले राज्य सत्तामा संधै पछाडि परेका र विभेद्मा पारिएकाहरुको अधिकारको लडाई रोकिन्न, त्यसलाई रोक्न र छेक्न कसैले सक्दा पनि सक्तैनन् । इतिहास साक्षी छ– जसको नेतृत्व, शक्ति, तागत र सामथ्र्यमा नेपालमा संघियता, समावेशिता र समानताको जीत भएको थियो र छ, त्यो जीत कुनैपनि ‘टेक्निकल डिफिट’ ले खासै तात्विक असर पर्नेवाला देखिन्न, छैन । हो, मधेशीको अधिकार प्राप्तिको लडाईमा झिनो प्रभावसहित यो केही पर धकेलिएको मात्र हो । त्यसैले निराश हुने जरुरत छैन, हतोत्साहित हुने अवस्था पनि छैन । राजनीतिमा विभिन्न प्रयोगहरु हुने गर्छ, त्यो तत्काल परिणाममुखि नहुन पनि सक्छ । तर, उक्त प्रयोगको ‘हाइपोथेसिस’ आफू पराजय र आलोचित भएर पनि जसपा अध्यक्षबाट पुरा भै रहेको देखिन्छ , त्यो हो ‘थ्रेसहोल्ड’ । राजनीतिमा यसले ठूलो महत्व राख्छ ।
अंकगणितमा संधै जोड–घटाउ र गुणा–भाग मात्रै हुदैन ‘युनिटरी मेथोड’ पनि काम लाग्छ । त्यसमा भने जसपा अध्यक्ष उपेन्द्र यादव अब्बल प्रमाणित भएका छन् । मानिसका कमिकमजोरी हुनसक्छ, त्यसको अर्थ मुद्दा, मिसन र संघर्ष नै खराब भन्ने हुँदै होइन । मधेशमा जनमतको उदय किन र केका लागि भएको हो–यहाँ भनिराख्नु पर्ने विषय अब रहेन । भावी दिनहरुमा जनताले मुल्यांकन गर्ने नै छन् । किनभने जनतासंग जनमतका घोषणा पत्र घर–घरमा सुरक्षित छ, त्यसको केस्रा–केस्रा केलाउन जनताहरु तम्तयार छन् । जनमतका नेता तथा कार्यकर्ताहरुले के हेक्का राख्न सक्नुपर्छ भने पार्टीका एजेण्डा र घोषणापत्रको अक्षरसः पालना गर्ने ल्याकत र हैसियत कायम राख्न नसकेको अवस्थामा न्यायाधिशको भूमिकामा रहेका जनताजनार्दनले केही दिनभित्रै हिसाब–किताब गर्न थाल्ने छन् । त्यसपछिको अवस्था भनेको ‘रोड स्टार लिडर’ कै भुमिकामा देखिनु हो । यसले कसैको भलो हुन्न भन्ने बुझ्न जरुरी छ । वर्षौदेखि मधेशका किसानले समयमा मल, विउविजन नपाएको यथार्थ र सत्य हो । यसलाई कार्यान्वयन गर्न सक्ने सामथ्र्य देखाउन जनमतले नसकेको अवस्थामा उसले ‘एक्लो प्रतिनिधिले केही गर्न सक्तैन’ भन्ने छुट उसलाई किमार्थ हुन्न ।
अर्को कुरो, उसको घोषणापत्रमा मधेशीसंग असम्बन्धित धारा ‘आईएलओ १६९’ लाई मधेशीको पक्षमा कार्यान्वयन गराउने दाबी गर्दै जन–जनमा भ्रम सिर्जना गर्ने गम्भिर प्रकृतिका छन् , त्यो भ्रमलाई समेत सच्चाउनु पर्ने छ । यो धारा एउटा उदाहरण मात्र हो, अन्य थुप्रै असम्भव विषयहरु समेत घोषणा पत्रमा छन् । त्यसलाई सच्याउँदै कार्यान्वयनमा ल्याउन सक्नुपर्छ । जहाँसम्म सप्तरीको सन्दर्भ छ जसपाले थालेका विकासका कार्य (जसलाई जनमतले कागजी घोडाको संज्ञा दिएको छ) त्यसलाई कार्यान्वयन गर्न र जहाँसम्म यो क्षेत्रमा कामहरु भएका छन् त्यसलाई त्यहीबाट शुरु गर्नुपर्ने कार्यादेश पनि जनमतलाई छ । यी र यावत कार्यादेशलाई पछ्याउन नसकेको अवस्थामा गजेन्द्रबावुले शुरु गरेको मधेसको विकास (औद्योगिक क्षेत्रलगायत) मा विराम लगाउने नेकाका रामकुमार चौधरी जस्ता नेता र जनमत पार्टीका चन्द्रकान्तमा कुनै तात्विक अन्तर हुने छैन । यात्रा कठीन र जटिल त छ तर उच्च मनोवल भए त्यो सम्भव पनि छ । अन्त्यमा नवनिर्वाचित सांसद चन्द्रकान्तलाई बधाई तथा शुभकामना । साथै, जसपा अध्यक्ष उपेन्द्रलाई पराजय भएर पनि आफ्नो प्रयोगमा सफल हुनु भएकोमा बधाई तथा शुभकामनासंगै विगतका कमिकमजोरी सच्चाउँदै अघि बढन विनम्र आग्रह छ ।

Wednesday, 19 October 2022

#गाछ ( #लोकमैथिली हाइकु)

१.
छै गाछ तर
देने पेटकुनिया
सुधनी आश
२.
गाछ पे नैछ
मुदा ढाडि गनैछ
फुन्गी चढैछ
३.
गाछ–गाछ में
किलोल करै छय
भेटै ने फल
४.
बिना फलके
गाछ तर बैठके
ढेला फेकैछ
५.
बौआके गाछ
खुखायल टटाय
मारै झटहा

Sunday, 16 October 2022

नेपाल यादव सेवा समितिमा भुवनेश्वर

नेपाल यादव सेवा समिति काठमाडौं र राधा कृष्ण अतिथि सदनको साधारण सभाले मोरंगका भुवनेश्वर यादवको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नयॉ कार्यसमितिको उपाध्यक्षमा महेश्वर यादव, महासचिवमा कपिलप्रसाद रोहिता यादव, सचिवमा सुभाषचन्द्र बिराजी यादव,र कोषाध्यक्षमा चन्द्रभुषण यादव चयन चयन भएका छन् । त्यस्तै, सदस्यहरूमा राजेश्वरप्रसाद यादव,महेन्द्रकुमार यादव,विशेश्वर यादव,जोगेन्द्र यादव 'नुनुबावु', सुरेश यादव र रेणु यादव सर्वसम्मतले चयन भएका छन् ।
अध्यक्ष पदबाहेक सबै पदमा साधारणसभाले पदाधिकारीहरूको चयन निर्विरोध गरेको थियो । अध्यक्ष पदमा ई बलराम यादवले उम्मेदवारी दिएपछि प्रजातान्त्रिक पद्धति निर्वाचन प्रक्रियाबाट अध्यक्षमा भुवनेश्वर यादव भारी मतले विजय भएका हुन । काठमाडौंमा रहेका यादव समुदायका सात सय साधारण र आजिवन सदस्यले मतदान गरेका थिए ।
कार्यक्रममा विभिन्न व्यक्तिको सौजन्यमा विभिन्न विद्यामा विशिष्ट व्यक्तित्वहरूलाई पुरस्कृत तथा सम्मान गरिएको थियो । पुरस्कृत र सम्मानित हुनेहरूमा युवा पत्रकार शिव अधिकारी 'यदुवंशी', नेपालका राष्ट्रिय क्रिकेट खेलाडी विवेक यादव लगायतलाई प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि राज्य मन्त्री वोधमाया यादवले पुरस्कार राशी र सम्मान पत्र प्रदान गरेकी थिइन । कार्यक्रम ललितपुर सानेपास्थित समिति र सदनको निर्माणाधिन भवनमा सम्पन्न भएको थियो । शिक्षा विज्ञान तथा प्रविधि राज्य मन्त्री बोधमाया यादवो प्रमुख साधारणसभा सम्पन्न भएको हो । पमवर्वाचित रवरवयधारण सभा २०७९ सम्पन्न भयो । सम्पुर्ण उपस्थित यदुवंशि समाजवाट नयाँ निर्वाचित पधाधिकारीहरुको नामावली यस प्रकारका छन् ।

Friday, 14 October 2022

पत्रकार (Journalist)

(मैथिली हाइकु)

संस्कृतिको अनुपम नमुना 'झाँप'

'झाँप' आराधना कलाकृतिको एक अनुपम नमुना हो । देवी-देवतालाई सामान्यत: पुष्प, मिष्ठान र नैवैद्यले आराधना गरिन्छ । लोकमैथिली संस्कृतिमा बाँसका सिन्काको संरचना 'कोढिल'(पानीमा पाइने एक प्रकारको बनस्पति)को सहाराले खडा गरी, त्यसलाई सेतो कागजले बेरेर शिखर शैलीमा मन्दिरको आकार दिइन्छ । अनि त्यसमा स-सना 'पिहुआ' सिन्कमा कपास वा कपरा बेरि बनाईएको कूचिबाट रंगीन कलाकृति बनाएर देवतामा अर्पण गर्नु आराधना वा उपासनाको एक अद्वितीय विधि हो । यसलाई 'झाँप” भनिन्छ । सधारणतया लोकमैथिली भाषामा झाप्नु भनेको छोप्नु हो, अर्थात् संरक्षण गर्नु हो । देख्दा कुनै बस्तुलाई छोप्न प्रयोग गरिने जस्तो देखिने हुँदा यसलाई 'झाँप” भनिएको हुनुपर्छ ।
लोकमैथिली समाज विभिन्न जातजातिले बनेको समाज हो । यहाँ प्रत्येक जातजातिको आ-आफ्नो महत्व र आफ्नो बिशेष कला कौशल रहेको छ। तसर्थ सबै एक आपसमा प्रेम सद्भावको सुत्रमा बाधिका छन र एक अर्काको पुरक भै बसेकाछन । यहाँ कला बिना जीवनको कल्पना गर्न सकिँदैन । जीवन संग कला गासिए रहेको छ । जसले गर्दा भूगोलमा नभये पनि मिथिला देश, आफ्नो कला, संस्कृति र सभ्यतामा बाँचेको छ । यस क्षेत्रको कलालाई विश्व मानचित्रामा मिथिला कलाले चिनिन्छ । कलाकार एससी सुमन पंक्तिकारका मिथिला कला प्रदर्शनीहरुमा झाप कलाकृतिको रुपमा तीन दशक देखि प्रदर्शित हुँदै आएको छ ।
'झाप' मिथिलान्चल मा बसोबास गर्ने माली समुदायले बनाउने गर्छन । जसलाई मालाकार भन्ने गरिन्छ । माली यानी मालाकार जातिको काम फूलको व्यवस्थापन गर्नु हो । फूलको खेती देखि पुजा-आजामा चाहिने फूल तथा अन्य प्रयोजन जस्तो विवाह, बर्तबन्धमा फूलको आपुर्ती गर्ने गर्द्छ्न । वैबाहिक प्रयोजनमा प्रयोगहुने फूलको कलात्मक माला, बेहुलाले सिरमा लगाउने मौर, फूलको खेती तथा आपुर्ती गर्ने गर्दछ्न । यो परम्परागत कला पुस्ता दर पुस्ता हस्तान्तरण हुँदै आएकोछ। झापमा चित्रकरले चारै कुना र बाँकी भागमा बडो निष्ठाका साथ देवी देवता, जनाबर, चरा चुरूंगी, प्रकृतिजन्य आकृतिहरु तथा मिथिला कलाका प्रतिक चिन्ह बाट हातले रंगाएका हुन्छन् । जस मध्ये पन्च देवता, समृधिको प्रतीक हात्ती, गतिशिलताको प्रतीक घोडा, शुभ तथा सौर्न्दर्य को प्रतीक मयुर, गुरुको प्रतीक सुगा लगायत फूल पात को चित्रण गरिएको हुन्छ । जसमा सेतो पृष्ठभुमिमा रातो, पहेलो, हरियो, निलो रङ्गको प्रयोग गरिन्छ । कालो रङ्ग वर्जित हुन्छ । झाँप मन्दिरमा रहेका देवी देवतामा, कुल देबता यानी गोसाइ घर तथा ग्राम देवताका थान, गहबरमा चढाईन्छ । मिथिलान्चलको गाउँ-गाउँ रहेको ब्रम्हस्थान, गहबरका रुखहरुमा रगींचगीं झुन्डिएको झाँप खास गरी दशैंको पुजा घरमा, कृष्णाष्टमीमा, सिरूवामा, घडी पर्वमा र यस्तै पर्वहरूमा भाकलको रूपमा वा यत्तिकै पनि चढाईन्छ । गोसाइ घर भित्र यस्ता चाड पर्वहरुमा झाँप अनिवार्य रुपले फेरिन्छ । मध्य–तराई मिथिलादेखि सुरु भै पूर्वी तराईको भूभागमा विकसित भै, विशेषतः कोशी नदीको वारिपारि मैथिली भाषी तथा थारु समुदायका घरका भित्तामा लेखिएका चित्रहरुमा लोककलाको विस्तृत स्वरुप देख्न पाइन्छ, जो यो क्षेत्रको मात्र नभइ हामी सम्पूर्णको कला विशिष्टता हो । परम्परागत रूपमा महिलाकै हातबाट घरको भित्तामा आफ्नो मनमा उठेका स्वाभाविक कल्पना तथा उद्वेगलाई घरकै खर बाँस, गोबर, माटो जस्ता घरेलुु सामग्रीबाट लिपपोत गरी तयार पारिएको भित्तामा प्राकृतिक रङबाटै विभिन्न स्वरूपमा चित्रांकन हुने गर्दछ ।
यो परम्परा शताब्दीऔं देखि चलि आएको छ। उहिले उहिले झाप बनाउने महिला पुरूषहरू बडो सिपालु हुन्थे । मिथिला कलाको लिखित इतिहास हेर्दा, परम्परागत शैलीमा घरका भित्तामा मात्रै सीमित रहेको मैथिली चित्रकला सन् १९३४ बाट सार्वजनिक चासोको विषय बन्यो । सन् १९३४ को भूकम्पमा परी भत्किएका मिथिला क्षेत्रका घरमा भेटिएका चित्रहरूबारे खोजी गर्न थालेपछि यसको चर्चा हुन थालेको हाे । त्यसअघि मिथिला चित्रकला मैथिली समुदायमा मात्रै सीमित थियो । खोजकर्ताले फेला पारेका चित्रकलामा अनुसन्धान भयो । अनुसन्धानले ती चित्रकला शताब्दीऔं पुराना भएको पत्ता लगायो । सन् १९३४ मा भेटिएका ती चित्रकला अहिले ब्रिटिस लाइब्रेरीमा संगृहीत छन् ।
सन् १९६० को दशकमा मिथिला क्षेत्रले भोगेको खडेरीपछि भारत सरकारको ध्यान पनि मिथिला चित्रकलातर्फ केन्द्रित भयो। । त्यसपछि भारतमा पनि मिथिला चित्रकलालाई व्यवस्थित बनाउने अभ्यास सुरु भयो। भित्ता बाट कागतमा रूपान्तरित भै यसलाई व्यावसायिक करन गरियो। कागतमा रूपान्तरण पश्चात् मिथिला चित्र लिखिया विश्वभरी कला प्रेमि तथा संग्रह कर्ता को प्रमुख रोजाइमा परे। तर पनि मेरो अनुसन्धानले झापमा गरिने चित्राकनले भित्ता बाट मिथिला कला कागतमा यानी पट चित्रमा भयेको इतिहास शताब्दीऔं देखि चलि आएको देखाउ छ। तसर्थ यस कलाको कागत मा रुपान्तरण शताब्दीयौ पहिले भौसकेको थियो । जसको प्रत्यक्ष उदाहरण झाप हो । व्यावसायिक करण मात्र सन १९३४ देखि १९६० को दसकमा भएको हो भनी भन्न सकिन्छ । भारतीय शोधकर्ता र कला अभियन्ता सुनिल कुमार भन्नु हुन्छ, "झाप मिथिला संस्कृतिमा मात्र होईन, यो भारतीय राज्य बिहार वैशाली, पूर्णिया एवं अंग प्रदेश देखि लिएर बंगाल र ओडीशा लगायत प्रदेशको ग्रामीण संस्कृतिमा प्रचलित छ, विषेश गरेर खेती हुने भूभागमा । झांप मंजूषा कलाको महत्पवूर्ण भाग हो जसमा उसको परम्परा देखिन्छ । यसमा नेपाल, भारत गरि बृहत अनुसंधान हुनुपर्छ । "जसले विभिन्न जातजातिको छुट्टाछुट्टै क्षेत्र विशेषमा बसोबास हुनु र उसको खानपान, रीतिरिवाजमा पनि अन्तर हुनु स्वाभाविक हो । यसरी उनको मूल तत्व एउटै भए पनि हस्तशिल्प र कलाकर्ममा विभिन्नता हुने गर्दछ । जसलाई किसान संस्कृति भन्न सक्छौं । किसान संस्कृतिको महत्वपूर्ण पक्ष हो माटो । खेतीपाती, खेतीको लागि खनजोत र सिँचाइ, भित्तिचित्र र मृत्तिका उत्कीर्णन कला, हस्तकला, गायन तथा नृत्य एक अर्कोसँग जोडिएर रहेको छ । हामीसँग जीवन्त कलाको रुपमा रहिआएको छ । हाम्रो मौलिक कलाको रुपमा आज पनि हाम्रो लोक परम्पराको रुपमा परापूर्वकालदेखि रहिआएको छ ।
यस्ता चित्र सामान्यतः परम्परागत सांस्कृतिक विधि–विधान विवाह, ब्रतबन्ध जस्ता सामाजिक संस्कारको बेला तथा चाडपर्व पूजा–आजा, व्रत–तिहार आदिमा लेखिन्छ तथा सम्पादन गरिन्छ । मिथिलामा चाडपर्व पूजाआजा, व्रत–तिहार आदिमा घरआँगनदेखि ‘गोसाउनी घर’ यानी पुजाकोठा सम्म गोबर माटोले लिपी पवित्र तथा दुरुस्त बनाइन्छ ।
पुजा पूर्व गरिने तयारी घरका ज्येष्ठ पुरुष तथा महिला सदस्यद्वारा बिहान लिपिएको आँगनमा भिजाइएको आरुवा चामललाई सिलैटोमा पिसेर तयार परेको घोलले आँगनदेखि गोसाइघरमा भगवतीको पिठसम्म लामो आकारमा सिन्दुर, पिठारले अरिपन लेखी, आफ्नो जातीय, कुल परम्परा अनुसार देवी–देवतालाई आह्वान गरी पुजाआजा गरिन्छ । भूमिमा लेखिने आकृतिलाई अरिपन भनिन्छ भने, भित्तामा लेखिने चित्र भित्तीचित्र हुन ।
। यिनमा प्राचीन लोकमैथिली संस्कृतिको सम्बन्ध अटुट रूपमा रहेको छ । मिथिलामा आज पनि विभिन्न पुराण, रामायण तथा महाभारतमा वर्णित प्राचीन स्थान तथा आश्रमको ज्ञान प्रस्तुत चित्रले दिन्छ । मिथिला संस्कृतिलाई देवी जानकीको नामबाट मैथिली पनि भनिन्छ । जानकीको जीवन आदर्श मिथिला संस्कृतिले संवहन गर्दै आएको आदर्श हो । यस क्षेत्रका कलाको आदर्शमा पनि त्यही परम्परा अन्तर्निहित छ । भित्तिचित्रमा भित्तामा ज्यामितिय आकार, कलापूर्ण अभिप्राय, पारंपरिक आकल्पन, सहज बनावट र अनुकरणमूलक सरल आकृतिमा निहित स्वच्छंद आकल्पन, उन्मुक्त आवेग, रेखिक ऊर्जा र चाक्षुष सौंदर्य सृष्टि प्रस्तुत हुन्छ । मोरङ नेपालको पूर्वी तराईको पौराणिक ऐतिहासिक जिल्ला हो । यहाँको कृषि संस्कृतिको आफ्नै भाषा र समृद्ध साहित्यिक लोक परम्परा छ । चित्रकला र हस्तकलाको जीवन्त परम्परा छ जुन एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको छ । यहाँका गाउँमा माटोको घरहरूमा महिला कलाका विभिन्न रुप उदाहरण स्वरुप देख्न सकिन्छ । चित्रकला परम्परा जाति अनुसार फरक हुन्छ ।
दुर्गा पूजाको अवसरमा दशैंको छठौं दिन निशा बलिको लागि जोडी बेलको फलको चयन गर्नु पर्ने हुन्छ, जसलाई तोड़नु भन्दा पूर्व पूजा गरि रातो कपडामा बाधी आमंत्रित गरिन्छ, जसलाई 'बेल-नोती' भनिन्छ । यसै क्रममा बेलको गाछीलाई पूजा गरिन्छ । पूजा गर्दा झाँपद्वारा अलंकृत गरिन्छ । दशैं यानी फूलपातिको दिन आमन्त्रण गरेको बेलालाई दशैं कोठामा भित्र्याईन्छ । अष्टमीको दिन देवीको आव्हान गरी घरको भित्तामा देवी दुर्गाको चित्राकन गरिन्छ । मोरङ, विराटनगर १२, निवासी रिता सहनी भन्नुहुन्छ, ‘हामी सहनी मल्लाह जातिमा हाथको पञ्जाले दिइने थप्पा देवीको सिँगार हो । दशैं, सिरुवा, रामनवमी जस्ता चाडमा गोसाइघरको भित्ता, मोखा यानी मूलद्वारमा दाहिना हातले पिठारको थप्पा दिई सिन्दुर लगाइ अचरी र झाँप चढाउँछौं । फूल, पान, सुपारी, मिठाई देवीलाई चढाई पूजाआजा गरिन्छ । वर्षभरि जतिचोटि ग्रहण लाग्दा अनिवार्य रुपले झाँप र अचरी फेर्नुपर्छ । किनकी ग्रहण लाग्दा जुठो यनी अशुद्ध हुन जान्छ ।’
आजको आधुनिकतामा कतिपय ठाउँमा हातले चित्राकंन गर्ने परम्परामा ह्रास आउन थालेको छ । अब हाथले चित्राकंनको ठाउँमा यस माथि रंगीचंगी कागजको प्रयोग हुन थालेको छ ।उहिले उहिले झाप बनाउने महिला पुरूषहरू बडो सिपालु हुन्थे हाल यसमा नयाँ पुस्ताको त्यतिसारो चासो र रूचि देखिन्न । जे होस्-यो उपासना विधीको एक कलात्मक नमुना त हो नै । यस आराधना विधीबाट मिथिला संस्कृतिमा मौलिक रंगकर्मको विकास हुदै आएको हो । मिथिला चित्र वा मधुवनी आर्टको यो झाँप जननी पनि हुन । मेरो कला यात्राको क्रममा शुरू देखिनै 'झाँप' प्रतिष्ठापन कलाकृतिको रुपमा प्रस्तुत हुँदै आज अन्तर्राष्ट्रिय प्रर्द्शनी सम्म आइपुगेको छ । आधुनिकताको मारमा परेको कला र कला परम्पराहरुलाई सजग भै संरक्षण गर्नु परेको छ, किनकी यो हाम्रो धरोहर हुन । (आलेख र चित्र वरिष्ठ कलाकार एससी सुमनको वालबाट साभार) artistsuman.scd@gmail.com

Friday, 7 October 2022

अनेकतामा एकता (#नेपाली_कविता)

मानिसका सोच अनेक
चिन्ता र प्रतिक्रिया अनेक,
यी सबैका कारण अनेक,
कारणहरूको प्रकार अनेक,
प्रकारहरूको स्वरूप अनेक,
स्वरूपहरूको परिभाषा अनेक,
परिभाषाहरूको शब्दजाल अनेक,
शब्दजालहरूको रिंगाउने अर्थ अनेक,
प्रत्येक दिन अर्थहरूको अर्थ लाग्छ अनेक,
खण्ड-खण्ड खण्डित विश्वास अनेक,
मानौं समग्र नैतिकताको बन्यो परिहास अनेक,
नेता-कार्यकर्ता मात्र हैन बुद्धिजीविको मानसिकता अनेक,
त्यो मानसिकतामा आक्रोश अनेक,
आक्रोशको प्रकृति अनेक,
प्रकृतिको प्रस्तुति अनेक,
प्रस्तुतिको दलगत भाव अनेक,
त्यो भावमा आस्था अनेक,
आस्थामा दासता अनेक,
दासतामा विवशता अनेक,
विवशतामा बंशाणु गुण अनेक,
बंशाणुमा दरिद्रता अनेक,
दरिद्रतामा भयको प्रकार अनेक,
भयमा भयभित हुने मानसिकता अनेक,
भयभित भई मतमा विभाजन अनेक,
मत विभाजन गर्ने मालिक अनेक,
मालिकको जडि सुंघ्ने बाहाना अनेक,
जडिमा मोहनी मन्त्र अनेक,
मोहनीमा स्वार्थ अनेक ,
स्वार्थमा जनताले भोट दिने पार्टी अनेक,
अनि किन गर्ने अपेक्षा अनेक,
के गर्छौ बोकेर यतिका अनेकता?,
व्यर्थ छ आफूबीच राखेर क्लेश अनेक,
के गर्छौ बोकेर छिनालिएका मूल्य-अवशेष अनेक,
त्यसैले आफूहरूबीच नखोज विभाजन अनेक,
विभाजनमा छ कमजोरी अनेक,
कमजोरीको फाइदा लिने भेटिन्छन् अनेक,
फाइदा आफू-आफू मिलेर गए पाइन्छ अनेक,
एकताले शक्ति संचय हुन्छ अनेक,
शक्ति संचयमा ऊर्जा अनेक,
ऊर्जामा सामथर्य अनेक,
सामथर्यले भेटाइन्छ लक्ष्य अनेक,
त्यसैले सबै बन एक,
अनेकतामा खोज एकता !!!
~~~●~~~●~~~●
#दिनेश_यादव (2079/06/21, जन्मदिन) ।।
https://tesroaakha.com/content/13240

Saturday, 1 October 2022

लोक देवता: दिहबार बाबा (The Folk Deity: Dihbar Baba)

#लोकमैथिली भाषीके गजब आ सजीव पेन्टिङ ! जय दिहबार बाबा , जय ग्राम देवता ! हमर गामक दिहबार थान एहने छै, आनो गाममे अहिना भेटयैक छै । एकरा ग्रामदेवता सेहो कहल जाइछ । बाबाके सामुहिक रूप सॅ समस्त ग्रामिणसभ मिलके अखरहुआ पुजामे मुंगवा लडू चढबैत छै। प्रसादके रूपमे जाइत/परजाइत सभके बाँटल जाइछ । बाबाक' थान गाछीतर भण्डारा आ बाबाजीक' धियान त नियमित होइते रहैछ ।
बाबा थानतर भण्डारामे चुरा,दहि, चिनी आ अमोट आडमणी लेनिहार साधुसन्तके खुवाओल जाइछ । कहियो बकेनमा भैसीक दूधमे पकाओल गेल खीर सेहो धियानक प्रसाद होइछ । ई विशुद्ध प्रकृति पुजा अछि । माटिके #धुपदानीमे सरर, धुमनके धुप बाबाके देखाओल जाइछ । अखन #अगरबत्ती बेसी प्रयोग होइछ । गामक दर्जी (मुस्लिम समूदाय) द्वारा बनाओल गेल चनमा दिहबार बाबाके अनिवार्य चढाओल जाइछ । #दशहरामे सउझुका दीप दश दिन तक नेसल जाइछ । झिझिया नृत्यगानमे चर्चा भेल बरहबाबा एहा दिहबार छियैक । .....साक्षात् दिहबार बाबाके अपन सजीव पेन्टिङ मार्फत् जन-जनके समक्ष लएबाक लेल भाई #हरिओम_मेहताके बहुत-बहुत धन्यवाद तथा शुभकामना !
‘दिहबार बाबाके ब्राह्मणीकरण’
सम्पूर्ण विश्वके समस्त मैथिलके एक मंच पर आनय लेल अपनाके एक प्रतिबद्ध संगठन दाबी करैवाला ‘मैथिल मंच’ दिहबार बाबाके ब्राह्मण बनेबाक आतुर देखा रहल अछि । कहैले त ई संगठन अपनाके मिथिलाके एतिहासिक, सामाजिक, सांस्कृतिक, साहित्यिक आ राजनीतिक धरोहरके सहेजकय विश्वपटल पर ‘मिथिला’ के पहचान पुनः स्थापित करयलेल सक्रिय रहल बात करैत अछि । मुद्दा अई संस्थाके हिडेन भेस्ट इन्ट्रेस्ट मिथिलामे ‘ब्राह्मणवाद’ के प्रचार बुझाइछ । अइ संगठनद्वारा संचालित अनलाइन ‘मैथिल मंच इन’ मे प्रस्तुत कयल गेल सामग्रीके किछु अंश एतेह परैस रहल छी । यी सामग्री पढलाके बाद अहा हमर ग्रामदेवता ‘दिहबार बाबा’ नय ‘ब्राह्मण देवता’ बैन जेबाक प्रतित होमे लागइछ । सामग्रीमे ‘दिहबार बाबा’ सभहक देवता आ आस्थाके केन्द्र कहल गेल छैक, मुद्दा ब्राह्मण जातिके यशोगान आ महिमा मण्डन करैवाला गीतसभ राखि ब्राह्मण देवताके रुपमे दिहबार बाबाके बनाओल गेल छै । ‘ब्रह्म’ शब्द जोडि के ब्रह्म बाबा कियैक कहल गेल छैक तक्कर पुस्ति आलेखमे नय कयल गेल छैक, मुद्दा ‘ब्रह्म’ माने ‘ब्राह्मण’ पुस्ति करबाक फेरमे ‘मैथिल मंच’ अंधाधुंद लागल बुझाइछ । मैथिल मंचमे लिखल किछु अंश पढल जाए–
'...........सभ गामक पाछू एकटा लोक देवता छथि जनिका प्रति गामक सभ लोक आ सभ जाति पूर्णतह आस्थावान रहैत छथि आ ओ छथि गामक डिहवार वा ब्रह्म बाबा | गामक कोनो पीपरक गाछ तर हिनक बास छन्हि जे ओहि समस्त गामक सभ तरहेँ रक्षाक भार अपना पर रखनेँ रहैत छथि | एहि ब्रह्म पूजाक प्रारम्भ कहिया सँ आ कोना भेल तकर कोनो प्रमाण प्राप्त नहि अछि | हिनक सम्बन्ध मे जे लोक कथा अछि से एना अछि | पूर्व काल मे यदि कोनो ब्राह्मणक सद्यः उपनीत बालक अकाल काल कवलित भय जाथि किम्बा गामक सज्जन महापुरुषसमाजसेवक त्यागी करुनाशील ब्यक्ति जे अपन जीवन काल मे आचरण ,स्वभाव सँ लोकोपकारी रहल होथि |ककरो कहियो अनिष्ट नहि कएने वा सोचने होथि |ओ गामक लोक वेद जीव जंतु ,गाछ वृक्ष ,माँटि पैन सबहक रक्षक होथि | एहने शुद्ध ,निश्छल परोपकारी बटुक कालान्तर मे ब्रह्म वा गामक डिहवार बनि जैत छथि | मिथिलाक प्रायः प्रत्येक गाम मे विभिन्न विभिन्न नामक डीहवार ब्रह्म भेटताह |एहि सँ सिद्ध होइछ जे ब्रह्म एकटा पद थिक जे गामक रक्षक हुतात्मा केँ प्रदान कएल जाइछ | ई गामक विशिष्ट आत्माक प्रतीक थिकाह | देवात्माक नाश नहि होइछ आ ने ओ भूत ,प्रेत ,पिशाच योनि मे जाइछ |कोनो दुष्टात्मा कथमपि ब्रह्म पद नहि पाबि सकैत अछि | ई हुतात्मा गामक कोनो पवित्र ब्यक्तिक देह मे प्रवेश कए ओकर आत्मा केँ माध्यम बनाय गामक भूत ,वर्त्तमान ओ भविष्यक कथा तथा आगत आपत्ति बिपत्ति ,रोग शोक ,सुख आनंद सँ जनगण के परिचि कराय आगामी संकट ,रोग सोग सँ बचबाक उपाय कहि जन साधारण केँ सचेत कए दैत छथि | ई ब्रह्म गामक कोनो शांत एकांत स्थान मे पीपरक गाछ तर रहैत छथि जे गामक ब्रह्मस्थान कहबैत अछि | पीपरक जड़ि मे माँटिक चबुतरा आ चबूतरा पर बाँस मे फहरैत लाल रंगक ध्वजा ,गाछ मे अनेकानेक भत्ता लपेटल जनउ आ पीरी पर चढाओल फूल ,पान अक्षत ,दूध .पीठी आ घीक प्रवाहित धार ,कात मे सजाओल माँटिक घोड़ा | प्रत्येक गाम मे सालक कोनो दिन विशेष सामूहिक पूजा होइत अछि |ब्रह्मस्थान मे ढोल पिपही ताशा ,सिंगा बजैत अछि आ घरे घर सँ फूल पान प्रसाद चढ़ाय लोक पूजा करैत अछि आ ब्राह्मण कुमारि भोजन करबैत अछि | एहि प्रसंग मे लोक कंठ मे किछु परम्परागत गीत अछि जे गाम आ क्षेत्र भेदेँ अलग अलग अछि | आब हम अपन क्षेत्रिय ब्रह्मगीतक किछु बानगी पेश करए जा रहल छी ——
[१] ब्राह्मण बाबुक अंगना मे पीपरक गछिया ,ताहि तर ब्रह्म निवास हे !
घोडबा चढ़ल आबथि ब्राह्मण दुलरुआ ,शक्ति जोति कएने परगास हे !
बिछि बिछि मारू ब्राह्मण दुष्ट कसैया ,दुःख शोक करू ने बिनाश हे !
गाम केर सकल मनोरथ पुरियौ ,ब्रह्म बाबा अहीँ केर आश हे !
[२] प्रजा पूत पर घोर विपतिया ,ब्राह्मण बाबू सूनू ने पुकार यौ !
अहँ बिनु ब्राह्मण के दुःख हरतै, ब्रह्म बिनु सुन संसार यौ !
पापी पापक बाढ़ि भेल अछि ,घेरने शोक विकार यौ !
भुजा उठाय संहारू खल दल ,शक्ति अनेक प्रकार यौ !
[३] ब्राह्मण बाबुक छतिया मे देवता केर बल छन्हि, दुष्ट करथि संहार हे !
प्रजा पूत केर रक्षा खातिर ,हिरदय नीक विचार हे !
माथा गोखुर टीक जनेउआ चन्दन सुन्दर शोभ हे !
पहिरन पीताम्बर चकमक कर, पूजा पाठक लोभ हे !
अमृत लोटा हाथ मे सोटा ,भक्त ने करथि उदास हे !
जीव जंतुकेर पालक ब्राह्मण ,सभ जन हिनकर दास हे |
[४] चढ़ि के खरमुआ ब्राह्मण बाबू अएला भक्तक द्वारि हो रामा !
मुँह मे मन्त्र हाथ मे आशीष ,सुनि के भगत पुकार हो रामा !
अक्षत फूल ,चानन ,जनोऊ लय ,जे कर हिनक गोहारि हो रामा !
सदय रहथि सदिकाल भक्त पर ,सभटा
विपत्ति पछारि हो रामा |
[५] कमलक आसन देल बाबू ब्राह्मण ,गंगाजल स्नान यौ !
अक्षत मधु और दूध घी भोजन ,फल फूल और बीड़ा पान यौ !
आरव चौरक पीठी देलहुँ,चरखा सुतक जनोउ यौ !
आफद विपद हरण करू ब्राह्मण ,दीन हीन सुधि लेहु यौ !
दिहबार बाबासँ सम्बन्धित किछु लिंक
i.https://www.maithilmanch.in/about-us/
ii. https://www.youtube.com/watch?v=Ao23JGR27VA
iii.https://madheshlive.com/2020/11/4357
iv. https://www.bbc.com/hindi/india/2016/06/160627_bihar_folk_deities_tk

लोकमैथिलीमे चार हाइकू (Four Haikyuu on Lok-Maithili)

Thursday, 29 September 2022

डा.गोपालले ल्याए ‘भोजपुरी व्याकरण’ (Dr. Gopal's Bhojpuri Grammar)

'यसमा नयाँ ध्वनी, वर्ण, त्रिप्थोङ्गको समेत जानकारी छ, जुन अन्य भाषामा पाइन्न । नेपालमा अहिलेसम्म प्रकाशित व्याकरणहरु कित अंग्रेजी शैली या संस्कृति शैलीमा मात्र लेखिएका छन । तर, यो भोजपुरी व्याकरण अन्तर्राष्ट्रिय प्रकाशन 'लिंकन युरोपा'को मोडेलमा छ, जुन नेपालकै लागि पहिलो हो । अझैपनि भाषालाई मात्र संचारका माध्यमका रुपमा व्याख्या गरिन्छ । तर गोपाल ठाकुरले व्याकरणलाई समेत संचारको माध्यमको रुपमा व्याख्या गरेका छन् ।’
काठमाडौंमा आयोजित विशेष कार्यक्रममा भाषाशास्त्री डा.गोपाल ठाकुरको ‘भोजपुरी व्याकरण’ लोकार्पण गरिएको छ । नेपालमा'कार्यात्मक-प्रकारात्मक'शैलीमा लेखिएको यो पहिलो व्यायकरण हो । व्याकरणको प्राडा. माधव पोखरेल, प्राडा. दानबहादुर रेग्मी, पूर्व मन्त्री मातृकाप्रसाद यादव , भाषा आयोगका सदस्य मातृका पोखरेल, भोजपुरी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष आनन्द गुप्ता ‘अस्तित्व’ लगायतले संयुक्त रुपमा लोकार्षण गरे । लोकार्पण कार्यक्रममा प्राडा. पोखरेलले भाषा शास्त्रीय कोणबाट व्याकरणको समिक्षा गर्दै यो अन्तरर्राष्ट्रिय प्रकाशन ‘लिंकन युरोपा’ को मोडेलमा लेखिएको नेपालकै पहिलो पुस्तक भएको बताए । दक्षिण भारतीय भाषामध्ये उत्कृष्ट रहेको यो व्याकरण भाषा वैज्ञानिक दृष्टिकोणमा मौलिक खालको भएको उनको भनाई थियो ।
‘यसमा नयाँ ध्वनी, वर्ण, त्रिप्थोङ्गको समेत जानकारी छ, जुन अन्य भाषामा पाइन्न । नेपालमा अहिलेसम्म प्रकाशित व्याकरणहरु कित अंग्रेजी शैली या संस्कृति शैलीमा मात्र लेखिएका छन’ उनले भने, ‘ तर, यो भोजपुरी व्याकरण अन्तर्राष्ट्रिय मोडेलमा छ, जुन नेपालकै लागि पहिलो हो । अझैपनि भाषालाई मात्र संचारका माध्यमका रुपमा व्याख्या गरिन्छ । तर गोपाल ठाकुरले व्याकरणलाई समेत संचारको माध्यमको रुपमा व्याख्या गरेका छन् ।’ मधेश प्रज्ञा प्रतिष्ठानका सदस्य समेत रहेका गोपाल ठाकुरको ‘भोजपुरी व्याकरण’ लिंकन युरोपा जर्मनीबाट समेत प्रकाशित भइसकेका छन् ।
कार्यक्रमका अर्का वक्ता प्राडा. रेग्मीले भने, ‘यो भोजपुरी व्याकरण लिंकन युरोपाले प्रकाशित गरेकाको अनुवाद होइन, फरक प्रस्तुतिमा नेपालकै लागि मौलिक हो । त्यसैले यो भोजपुरी मातृभाषाका लागि मात्र नभई सिंगो नेपाली भाषा र अन्य मातृभाषाका लागि एउटा मानकका रुपमा आएको छ । ’ उनले यो व्याकरणले सिंगो मातृभाषा, मातृभाषा शिक्षा, अनुसन्धानका लागि महत्वपूर्ण सहयोग प्रदान गर्न सक्ने बताए । अब यसैलाई आधार बनाई अन्य भाषा वा मातृभाषामा व्याकरण लेख्न सहयोग गर्नुपर्ने समेत उनले सुझाए । ‘यो व्याकरणले अन्तर्राष्ट्रिय मोडेल लिंकन युरोपा प्रकाशनलाई अनुसरण गरेकोले यसैका आधारमा अन्य मातृभाषासहित हिन्दी, नेपालीमा समेत लेखिनुपर्छ ’ रेग्मीले भने ।
कार्यक्रममा प्राज्ञ दिनेश गुप्ताले साहित्यकार, लेखक, भाषा वैज्ञानिक गोपाल ठाकुरको नेपाली, हिन्दी, भोजपुरी, अंग्रेजीमा समानान्तर योगदानको चर्चा गर्दै मौलिक कृतिका लागि बधाई दिएका थिए । कार्यक्रममा प्राज्ञ विणा सिन्हा, त्रिविवि केन्द्रिय हिन्दी विभागका प्रमुख प्राडा संगिता वर्मा, लोकमैथिली भाषी अनुसन्धानकर्मी एवं वरिष्ठ पत्रकार दिनेश यादव, प्राडा. देवनारायण यादव, भोजपुरी संचारकर्मी राकेश मेहता, गायक अंजली पटेल मैथिली भाषाका साहित्यकार विनित ठाकुर, अवधि भाषाकी साहित्यकार हंसावती कुर्मी लगायतका उपस्थिति थियो । यो किताबको प्रकाशनमा अमेरिकामा बसोबास गर्ने सुभासकुमार बैठाको सहयोग रहेको जानकारी कार्यक्रममा दिइएको थियो ।
यो समाचारसंग सम्बन्धित अन्य लिंकहरु
https://ekantipur.com/literature/2022/09/30/16645537477505686.html
https://everestdainik.com/2022/09/412477/
https://himalayadiary.com/book-released-by-gopal-thakur/

Sunday, 18 September 2022

विश्वकर्मा पर्व (Vishwakarma Parva)

जितिया पर्व (jitiya Parva)

युवाहरुको मानसिकता

#हिजो असोज १ गते बसन्तपुर गएको थिएँ । #एमालेको कार्यक्रम हेर्न । त्यो कार्यक्रम आफैमा अनौंठो जस्तो लाग्यो । किनभने, त्यहॉ पहिला जस्तो हरेक कार्यक्रममा प्रयोग गरिने पार्टीको #झण्डा देखिएन । देखियो त अधिकांशको हातमा नेपालको झण्डा र छातीमा भिडाइ दिएको #नेपालको_चुच्चो_नक्शा । भीड बाक्लै थियो । त्यही भीडको एक छेउमा युवाहरूको ठूलो जमातको शिर निहुँरिएको देखें । अलिक पर दुई/चार युवाको शिर भने ठाडो देखें । नेताका चर्को भाषण चल्दै थियो । म भने फरक दुई युवा समूहलाई हेर्न भीड छिछोल्दै नजिकै पुगें । किनभने ती युवा समूहको #शिर निहुँराउनु र ठाडो पार्नुको कारण जान्ने जिज्ञासा जो मेरो मनमा थियो !
म नजिकै पुग्दा एउटा अचम्मको #दृश्य देखें । शिर निहुँराएका #समूहका अधिकांश युवा मोबाइल फोनमा व्यस्त थिए । अध्यक्षको चर्को भाषण चलिरहेकै बेला पार्टीका '#कर्मठ' र '#सक्रिय' भनिएका युवाहरूको यो मानसिकताले पार्टीको भविष्य र गन्तव्यको संकेत दिइरहेको थियो । उता, शिर उठाएका अर्को समूहका दुई/चार युवाको नजिक पुग्दा , उनीहरूले #शिर उठाउनुको कारण पनि #विचित्रको पाएँ । एक युवालाई सोधें- 'भाईं ! उ...उता हेर्नुहोस् त, सबैले शिर झुकाएका छन्, तपाईले उठाउॅनुको कारण... ?' ती युवा खिस्स हॉसे , अनि भने, 'उहॉहरूसंग नेट छ....त्यसैले !, हाम्रो मोबाइलमा #नेट छैन.... ।' यो भनाईले मलाई आश्चर्य लागेन । किनभने मैले पहिलेका युवाहरूलाई हेरिसकेको थिएँ । अचम्म त के लाग्यो भने-ती #युवा पनि नेता र त्यो भीडको उद्देश्य भन्दा फरक, मोबाइलमै रूमलिएको तिनको #मानसिकता जो पाएँ ! त्यसैले त तिनीहरूलाई पार्टीले आयोजन गरेको कार्यक्रममा नेपालको #झण्डा र नेपालको चुच्चो नक्शा अनि अध्यक्षका चर्को #भाषणले खासै मायने/महत्व राखेको रहेन छ। हॉस उठ्दो कुरा - सहरमा युवाहरूसंग #मोबाईलमा डाटा/नेट भए/नभए शिर उठाउने/नउठाउने गर्दा रहेछन्। उता गाउॅमा भएका युवाहरूलाई मासु, #रक्सी र बाइकमा पेट्रोल भए/ हालि दिए भीडमा सहभागी हुन आतुर हुन्छन् । भीड र भीडमा सहभागी भएकाहरूको यो मानसिकता र दिशाहीन यात्राले राजनीति र राजनीति गर्नेहरूको भविष्य 'ब्ल्याक होल' बन्नतिर उन्मुख देख्दैछु । (#यथार्थ) #दिनेशानन्द (079/06/02)

Sunday, 14 August 2022

झिझिया यादव समुदायको लोक नृत्य (JHIJHIYA DANCE IS A FOLK DANCE OF YADAV COMMUNITY)

This dance is claimed by the #Yadav, #Tharu, and #Solkan Samaj (Brahmanetter). However, this dance belongs to the Yadav community. Later, the participation in it increased and it became collective.
According to some people, the Jhijhiya dance is performed by all #Maithili speakers, regardless of caste. There are also those who say that it is a folk dance of maithili speaker/society. However, there have been claims by different castes/communities about this dance. This dance is claimed by the #Yadav, #Tharu, and #Solkan Samaj (Brahmanetter). However, this dance belongs to the Yadav community. Later, the participation in it increased and it became collective.
The reasons for Jhijhia dance's belonging to the Yadav community are that the language, style, and style of dance sung in the dance should be similar to those of the Yadav community.Areas, districts, or villages in which Jhijhia dancing is popular must be dominated by Yadavs. The Yadav people are more traditionalist, conservative, and nature-lovers. Earlier, uneducated people were more in this community, and they believed more in Tantramantra and Dhamijhankri, and they believed more in witches and ghosts, etc. Since this dance is related to this, it can be assumed that it belongs to the Yadav community.The traditional occupations of the Yadav community are animal husbandry and agriculture. Being a purely rural caste, Dihbar must have been established by the Yadav community.
Wrestling is a traditional sport in the Yadav caste. It is customary to play wrestling after going to Dihbar Thaan . The beginning of the Jhijhiya dance also confirms that it belongs to the Yadav community.The term "Yadav" is traditionally used as a farmer-shepherd group and caste. The #Yadav community follows the Vaishnava traditions and accepts the Vaishnava religious values. During the Dashain, they have to live in a purely vegetarian way (like in other castes, fish, meat, and alcohol are consumed in the puja). The fact that Jhijhiya is also performed in a pure form confirms that this dance belongs to the Yadav community.Unlike other castes, there is no ritual of sacrifice to the idols or other rituals. Tharu falls under Matawali and tribe so Jhijhia cannot belong to that community. https://anchor.fm/dinesh-yadav64/episodes/JHIJHIYA-DANCE-IS-A-FOLK-DANCE-OF-YADAV-COMMUNITY-Jhijhia_Dance-e1mf4cu/a-a8ck7g5

Friday, 17 June 2022

पश्चिम कोशी नहर-सडक निर्माणका लागि पहल

#नेपाली भूमिमा #भारतीय_सरकारको अधिनमा रहेको #पश्चिम_कोशी_नहरको बाटो निर्माणका लागि हाम्रो पहल :: सप्तरीको #विष्णुपुर गाउँपालिका (कनकट्टा, बेलहा,मझहौ लगातयका गाउॅ), #छिन्नमस्ता गाउँपालिका (रमपुरा, कुपही,मोहनपुर लगायतका गाउँ) #राजगढ गाउॅपालिका (फकिरा,ईनरवा,कुरनमा, बरदाही, बनैनियॉ, कमलपुर, झुटकी, झहुरा, नर्घो,कजराटोल लगायतका गाउँ) तथा #डाक्नेश्वरी नगरपालिका (बथनाहा, कुशहा,औरही, ब्रह्मपुर, गम्हरिया परवाहा लगायतका गाउँ) का लाखौं स्थानीय बासिन्दा पश्चिम कोशी नहरको धुलाम्य र हिलाम्य सडकबाट मुक्ति चाहेका छन् । उनीहरूका लागि सदरमुकाम राजबिराज आऊजाऊ गर्ने एउटै मात्र निर्विकल्प बाटो पश्चिम कोशी नहरको दक्षिणी बॉध ( नहर-सडक) नै हो । वर्षौदेखि जीर्ण नहर-सडक नबन्दा लाखौ सर्वसाधारण वर्षायाममा नाकाबन्दी र सुख्खायाममा धुलोबाट सास्ती खेप्न वाध्य छन् । पश्चिम कोशी नहरको जीर्ण सडक तत्काल बनाउन पहल गरिदिन भन्दै मधेश प्रदेशको सप्तरी निर्वाचन क्षेत्र नं. ३ (ख) का प्रदेशसभा सदस्य विदेश्वरप्रसाद यादव 'बिक्कीबावु' र म (दिनेश यादव) आज काठमाडौंस्थित भारतीय दूताबासका पदाधिकारीसंग भेटेर नहर-सडक निर्माणका लागि पहल गरि दिन आग्रह गरेका छौं । उहॉहरूबाट तत्काल सकारात्मक पहलका लागि आश्वासन प्राप्त भएको छ । यसअघि प्रदेशसभा सदस्य बिक्कीबावुले कोशी परियोजनाका प्रमुख ईन्जिनियरसहितका पदाधिकारीसंग भेट्दा तत्कालै नहर-सडक बनाउने बाचा गरेको पनि एक वर्ष नाघिसक्यो । कत्तैबाट सुनबाई नभएपछि उहॉ व्यक्तिगत पहलका क्रममा भारत विहारको राजधानी पटना गई त्यहॉका विभिन्न पार्टी र सत्तारूढ दलका उच्च पदाधिकारीसंग भेटघाट गर्दा नहर-सडक बनाउने पहल गर्ने आश्वासन प्राप्त गरेको बताउनु भएको छ ।त्यसैको एउटा कडीका रूपमा आज भारतीय दूताबासका उच्च पदाधिकारीसंग हाम्रो भेटघाट भएको हो । आशा गरौं, अब नहर-सडक बन्ला कि ? वर्षौदेखि सास्ती खेपेका त्यस भेगका वासिन्दाहरूले कोशी सम्झौता रद्द गर्नु पर्ने माग समेत गर्न थालेका छन् । उनीहरूले तत्कालै आफूहरूको माग सम्वोधन नभए नहरको बॉध भत्काईदिने र भारतीय सवारी साधनलाई त्यस क्षेत्रमा निषेध गर्ने चेतावनी समेत दिएका छन् । यो नहर-सडकको प्रयोग नेपालीहरूले मात्रै हैन, भारत बिहारका सहर्षा, मधुबनीलगायत जिल्लाका दर्जनौं गाउॅ/सहरका मानिसले पनि गर्छन् ।