Tuesday, 22 January 2019

पहिचान, भाषा र मधेस


अमेरिका पुगेपछि मैले मातृभाषाको महत्त्व पहिलोपल्ट अनुभव गरेँ नेपालमा जनजाति, आदिवासी मधेसीहरूले मातृभाषाबारे सधैँ गर्ने बहसको घनत्व महसुस गरेँ जब मैले त्यहाँ जानेको भाषामा आफ्ना कुरा चित्त बुझ्ने गरी बताउन सकिनँ आफूलाईलाटोजस्तो पाएँ, तब मैले देशमा उठिरहेका भाषा आन्दोलनको अर्थ बुझेँ त्यसमा पनि मधेसीहरूको भाषिक माग बढी मार्मिक लाग्यो , ती मागको पक्षमा आफ्नो मतलाई सुरक्षित गरेँ
खासमा पहाडमा बोलिने मूल भाषा नेपाली हो, जो अधिकांश पहाडियाले बोल्न सक्छन् तर मधेसमा धेरैले यो भाषा बोल्न सक्दैनन् मधेसमा मैथिली, भोजपुरी, अवधी, थारुलगायत अन्य आदिवासीका आफ्नै भाषा छन् तर मूल भाषाका रूपमा मधेस मैथिली पहाड नेपाली भाषामा विभाजित तथापि, मधेसको सम्पर्क भाषा हिन्दी भने पहाडको नेपाली यही सम्पर्क भाषाका कारण पहाडले मधेसीलाई शंकाको नजरले हेर्छ, जुन कुराले उनीहरू पहाडसँग सधैँ चित्त दुखाउँछन्
कुनै पनि मधेसी हिन्दी भाषाको सम्पर्कका कारणले पहाडीले शंका गरेजस्तो भारततिर आकर्षित हुँदैनन् बरु भारतबाट जति दु: मधेसीले पाएका छन्, त्यति दु: कुनै पनि पहाडियाले पाएका छैनन् मधेसीहरू भारतसँग सीमा जोडिएको भूमिमा छन् भारतबाट पस्ने कुनै पनि चोर, डाँका वा भगौडा अपराधी पहिला उनीहरूकै आँगनमा आइपुग्छ उनीहरूलाई नै लुट्छ, मार्छ, उनीहरूकै छोरीचेलीमाथि बलात्कार गर्छ जतिजति सीमापारिबाट सीमा मिचिँदै आउँछ, पहिला उनीहरूकै जमिन हराउँछ
एउटा कुरामा समानता , पहाडिया मधेसीबीच जसरी पहाडियासँग नेपाली भाषाका कारण नेपालीभाषी विदेशी सहजै घुलमिल भएका देखिन्छन्, त्यसैगरी मधेसी नेपाली हिन्दी, मैथिली, भोजपुरी आदि भाषाका कारण भारतका मानिससँग जुन ठाउँमा पुगे पनि सजिलै घुलमिल भएको देखिन्छ आफूहरूसँग नेपालीभाषी विदेशी घुलमिल भएको थाहा नपाउने पहाडिया मधेसी पारिकारसँग मिसिएको मात्र देख्छन्
त्यसमा पहाडियाले नबुझेको एउटा ठूलो समस्या के भने जसरी भारतको दार्जिलिङ, सिक्किम, आसाम, मणिपुर, भुटान बर्माबाट आएका नेपालीभाषी विदेशी उनीहरूको लवजका कारण सहजै चिनिन्छन्, त्यसैगरी नेपाली मधेसी भारतको जुनसुकै ठाउँमा पुगे पनि सहजै चिनिन्छन् उताकाहरूले नेपाली भनेर हेपिरहेका हुन्छन्
एउटा पहाडिया बसाइँ गएको, निर्वासित भएको, देश छाडेको ठूलो खबर हुन्छ फर्केर आयो भने पनि त्यसको सुरक्षा हुन्छ मधेसीहरू पनि उत्तिकै बसाइँ गइरहेका हुन्छन् तर उनले देश छाडेको कथा खोइ ? पहाडियाको दु:खलाई संसारले सुन्ने गरी गीत बन्छ, कथा लेखिन्छ, उपन्यास बनिन्छ, सिनेमा खेलिन्छ तर मधेसीका लागि ती कुनै सुविधा छैनन् पहाडका कथामा राई, लिम्बू, गुरुङ, मगर, नेवार, दमाई, कामी, सार्की आदि सबैका दु: मिसिएर आउँछन् तर मधेसको दु: कति आउँछ ? मधेसी पात्र कति आउँछन् ?
पहाडका उकालीओरालीलाई मात्र दु:खको विम्ब मानिन्छ तर मधेसको समथर बालुवामुनि दबिएको पीडा कसले देख्ने ? रेडियोमा बजिरहने कुनै पनि राष्ट्रिय गीतमा मधेस बोल्दैन सबै गीत पहाड हिमालको बयानमा केन्द्रित हुन्छन् मधेसको दु:खलाई नेपाली भाषाको साहित्यले राम्ररी सम्बोधन गर्न सकेको छैन विश्वेश्वरप्रसाद कोइराला, भवानी भिक्षु, धु्रवचन्द्र गौतम, सनत रेग्मी, नयनराज पाण्डेहरूको कलमले छोए पनि त्यसले समग्र मधेसी समाजको प्रतिनिधित्व गरेको छैन  
मधेसीहरूको मूलभाषा हिन्दी नभएर मैथिली, भोजपुरी, अवधीलगायत हुन् तर उनीहरूले ती भाषालाई बोलीचालीमै सीमित राखे ती भाषालाई नेपाली साहित्यको मूलभाषा बनाउन सकेनन् नेपालको दोस्रो ठूलो भाषाको रूपमा रहेको मैथिलीले कस्ता कृति दिन सक्यो ? मधेसीले कुनै साहित्य पढ्नुपर्दा कि नेपाली भाषामा पहाडको कथा पढे कि हिन्दीमा भारतका कथा पढे उनको जनकपुरको कथा खोइ ? उनको वीरगन्जको कथा कहाँ पढ्न पाए ?
सभ्यतालाई चिनाउँछ, भाषा संस्कृतिले मधेसीसँग हजारौँ वर्ष पुरानो संस्कृति तर आफ्नै भाषाको साहित्य छैन एउटा पहाडिया लेखकले जति प्रयत्न गरे पनि मधेसीको पीडा कति लेख्न सक्छ ? चुल्ठोमा फुर्के धागो हल्लाउँदै हिँड्ने आमाको काखमा हुर्किएको लेखकले आमाको घुम्टोमा लुकेर दूध चुसी हुर्किने संस्कृतिको पीडा कसरी लेख्न सक्छ ? आफ्नो समस्या आफ्नै समुदायबाट आउनुपर्छ नेपाली भाषामै लेखे पनि त्यो कृतिको लेखक मधेसी हुनुपर्छ अनि पो मधेसको नक्सा उघ्रिन्छ
साहित्यका लागि खुला समाज चाहिन्छ मधेसमा त्यस्तो समाज बन्नै सकेको देखिँदैन केटा केटीबीच प्रेम हुन सक्छ तर त्यो विवाहमा परिणत हुनै गाह्रो दहेज प्रथाले गर्दा कुनै केटो मन परेकी केटीसँग प्रेम गर्न सक्दैन वा गर्नै डराउँछ किनकि उसलाई सानैदेखिविवाहमा यति दहेज आउनुपर्छभनेर पढाइएको हुन्छ उसले पनि आफ्नो विवाहसँग प्राप्त हुने सम्पत्ति सोचिरहन्छ प्रेमविवाह गर्दा दहेजको सम्भावना हुँदैन त्यसैले बरु बलात्कारका घटना हुन्छन् तर प्रेमविवाह कम हुन्छ साहित्य लेखिने होप्रेममा, वियोगमा, रोमान्समा
पहाडी संस्कृति पनि यदि उदार भने त्यो क्षत्रीबाहुनका कारणले भएको होइन त्यसलाई उदार पारेका हुन्, त्यहाँका जनजातिले जुन समाजमा महिला बढी स्वतन्त्र हुन्छन्, त्यो समाज धेरै अनुशासित सिर्जनशील पनि हुन्छ जनजाति महिला नाच्न, गाउन, घुम्न, प्रेम गर्न सब कुरामा स्वतन्त्र छन् बाहुनक्षत्रीका छोरी जनजातिसँग जनजातिका छोरी बाहुनक्षत्रीसँग विवाह गरिरहेछन् त्यसको तुलनामा पहाड मधेसबीच बिहाबारी हुन सकेको छैन
पहाडमा रहेको छुवाछूतबारे धेरै चर्चा हुन्छन् तर तुलनात्मक रूपमा पहाडमा भन्दा बढी छुवाछूतको व्यवहार मधेसमा मधेसमा डुम, चमार, खत्वे, मुसहर, कलुवार, तेली, तत्मा आदिको गाउँ नै अलग हुन्छ उनीहरूको हिँड्ने बाटो, पानीको इनार सबै अलग्गै हुन्छ मधेसमा कथित तल्लो जातिका मानिसमाथि गरिने व्यवहार दासको जस्तै युगौँदेखिको यो प्रथा आजसम्म पनि चटपटाएको छैन जतिसुकै ठूल्ठूला भाषण गरे पनि, गरिब हेपिएकाहरूको पक्षमा नारा लगाए पनि हेपिनेमाथि कुनै सुधार छैन सामाजिक रूपमा वहिष्कृत ती जातिको गरिखाने जग्गाजमिन हुन्छ,   उचित ज्याला सधैँ झुप्रोमा बस्ने यिनीहरू हरेक हिउँदमा शीतलहरको सिकार हुन्छन् कक्रिँदै मर्छन्
मलाई लाग्छ, हाम्रा मधेसका नेताहरू काठमाडौँमा जति उफ्रिन्छन्, त्यसको केही भाग मात्र मधेसको चेतना विस्तारमा काम गर्ने हो भने दस वर्षमा मधेस कहाँ पुगिसक्दो हो तर उनीहरू मधेसमा पहाडविरोधी उग्र नारा लगाउँदै जातीय राजनीतिका रूपमा मात्र मानिसलाई उचालेर समय बर्बाद गरिरहेछन्
मधेसमा समस्याका रूपमा रहेका धामी, बोक्सीजस्ता कुसंस्कारबाट पहाड पनि उम्कन सक्दैन पहाडमा पनि धामीले बोक्सी डाम्ने नाममा बिरामीकै गालामा पन्यूँ तताएर डामिरहेका हुन्छन् घरपरिवारभित्रै पनि छोराबुहारीले आमालाई बोक्सी भनेर घरबाट निकालिरहेका हुन्छन् एक किसिमको मनोवैज्ञानिक डर बोकेका मानिस बाहिरबाहिर आधुनिक नास्तिक देखिन खोजे पनि भित्रभित्र धामीझाँक्री ज्योतिषीको शरणमा पुगिरहेकै हुन्छन्
कुसंस्कारका कुरा गर्ने हो भने पश्चिम तथा सुदूरपश्चिम पहाड झन् धेरै आक्रान्त यिनै गरिबी कुसंस्कारको प्रचार गरेर माओवादीलेजनयुद्धगरे तर तिनै क्षेत्रमा अहिले पनि ती विकृति जिउँदै छन् आज पनि त्यहाँ पिछडिएका क्षत्रीबाहुन मात्र होइन, क्रान्तिकारी पार्टीका नेताका श्रीमतीसमेत छाउपडी गोठमा सुत्न बाध्य छन् काँधमा बन्दुक टाउकामा छाउपडी बोकेर दस वर्षजनयुद्धलडे पनि समाजमा भने खासै परिवर्तन आएको छैन ठूल्ठूला राजनीतिक नाराले मधेस, पहाड खुब घन्कियो तर त्यसबाट कुनै संगीत निस्किएन
भाषा बोलीचालीको माध्यम मात्र होइन, सम्पूर्ण सभ्यताको जग नै हो मैथिली भाषाको इतिहास त्यस भाषाको साहित्यको उचाइ कति माथिसम्म ? पछिल्लो कालमा मधेसले किन त्यस भाषामा काम गर्न सकेन भन्ने प्रश्नको उत्तर दिन केही बेर पनि घोरिनुपर्दैन पञ्चायतको एक भाषा, एक भेषको प्रशासनिक नारा व्यवहार त्यसको प्रमुख कारण थियो तर पञ्चायती व्यवस्था विघटन भएको पनि २८ वर्ष भयो ३० वर्षको पञ्चायतलाई २८ वर्षसम्म गाली गरिरहेर मधेसले उन्मुक्ति पाउँदैन प्रजातन्त्र आइसकेपछि मधेसले आफ्नो भाषाका लागि केके काम गर्यो ? सरकारको मुखै नताकी केकति काम गरियो ? त्यसको जवाफ मधेसी नेता विद्वानहरुले मधेसकै नयाँ पुस्तालाई दिनैपर्छ पहाडले गरेका गल्तीको जवाफ उसले देला तर मधेसले पहाडतिर चोर औँलो तेस्र्याएर मात्र धर पाउला ?
मैथिली भाषालाई भन्दा हिन्दीलाई स्थापित गर्ने यात्रामा निस्केका केही हिन्दीवादीको प्रभावमा परेको मधेसले हिन्दीलाई स्थापित गर्न सक्यो, मैथिलीलाई नै सम्पन्न गराउन हिँड्यो आज संविधानले सबै भाषाको संरक्षण गरिसक्दा पनि मधेसमा अझ आफ्नो भाषा के हो भन्नेमै अन्योल मैथिलीको त्यत्रो सम्पदामा हिन्दीले रजाइँ गर्न सक्ला ? मलाई लाग्दैनमधेसमा राजनीतिक स्वार्थले हिन्दीलाई उभ्याइयो भने पनि जनताको स्तरमा त्यसले आफूलाई स्थापित गर्न सक्ला
मधेसमा मैथिली, भोजपुरी, अवधी, थारु भाषा हाम्रा सम्पत्ति हुन् एउटा भाषा बन्न कति समय लाग्छ , के भाषा कुनै कारखाना वा विश्वविद्यालयले बनाउने कुरा हो ? त्यो मानिसको बोली फुट्दै निस्कने आवाज हो भाषा कुनै पनि आफ्नोअर्काको हुँदैन सिक्न सके सबै भाषा आफ्नै हुन् तर आमाको काखमा दूध चुस्दै सिकेको भाषाचाहिँ आफ्नोबाहेक कसैको पनि होइन
आज मधेस जुन भाषाका लागि छटपटाइरहेको , त्यो कुन भाषा हो ? के मधेस भाषाका बारेमा आफैँ स्पष्ट ? मधेसमा नेपाल चिन्न नेपालीबाहेक मैथिली, भोजपुरी, अवधी, थारुबाहेक अरू विकल्प हुन सक्लान्जस्तो लाग्दैन किनभने, भाषाले संस्कृति, परम्परा, इतिहास, धर्म, राट्रियता धेरै कुराको प्रतिनिधित्व गरेको हुन्छ  मधेसलाई हिन्दीले मिथिला संस्कृति बुझाउन वा सम्झाउन सक्ला ?
नेपालको दोस्रो ठूलो भाषाको रूपमा स्थापित मैथिलीले आज मधेसमै यसरी गिडगिडाउनुपर्ने बनाएको पहाडले मात्र होइन, मधेसकै बौद्धिकहरूको पनि यसमा कतै कतै समस्या हुनुपर्छ पहाड चढ्न अल्छी गरेको मधेसले नेपालीमा उति जाँगर चलाएन तर मैथिलीमै पनि नयाँ गीत किन गाएन ? कविता, कथा, महाकाव्य राम्राराम्रा उपन्यास किन लेखेन ?
राजधानीमा महल बनाएर बसेका मधेसी नेताहरूले  काठमाडौँमै स्थापित भएका मधेसी बुद्धिजीवीहरूको सहयोग लिएर एउटा विद्यापतिको सालिकसम्म पनि राख्ने जाँगर किन चलाएनन् ? राजनीतिक आन्दोलनले सत्ता प्राप्ति होला तर संस्कृतिको विस्तार हुँदैन मधेसभरि पहाडिया संस्कृति छ्यापछ्याप्ती हुँदा पहाडमा मधेसले केके पुर्यायो ? यी प्रश्न तीता होलान् तर फेरि पनि प्रश्न हुन् नै
जबसम्म मानिसले आफ्नो मनको कुरा आफ्नै भाषामा खुलेर भन्न पाउँदैन, तबसम्म त्यो व्यक्ति वा समाजको अभिव्यक्ति कुण्ठाग्रस्त हुन्छ मनमा लागेको कुरै भन्न नसकेपछि व्यवहारमा कैयौँ प्रकारका समस्या देखा परिरहन्छन्
अहिले हाम्रो देशमा दिनदिनै देखिएका अनेक समस्याका पछाडि लुकेर रहेका कारण भाषाका पनि हुन् तर पछिल्लो कालमा मधेस विद्रोहले मधेसमा ठूलो परिवर्तन पनि आएको पहाडिया युवाझैँ मधेसी युवा पनि पत्रकारिता, सामाजिक संघसंस्था सांस्कृतिक चेतना अभियानमा लाग्न थालेका छन् मधेसमा स्थापित एफएम रेडियो, पत्रपत्रिकाले मैथिली भाषामाथि केही काम हुन लागेको देखिन्छ तर त्यतिले मात्र भाषा संरक्षित हुँदैन भाषालाई जीवन्त बनाउने साहित्यले हो अब हेर्नु , मधेसले कुन भाषामा कस्तो साहित्य लेख्छ ?
मधेस विद्रोह पहाडबाट विभिन्न चरणमा भएका मनोवैज्ञानिक दबाबविरुद्धको आवाज थियो त्यसले पहाडलाई सम्बोधन गर्ने कति संरचना भत्काइदियो, कतिपय मानिसलाई विस्थापित गरिदियो तर आज त्यो विद्रोह शान्त भएपछि मधेसले सोच्न थालेको हिजोको विद्रोहबाट उसले के पायो/गुमायो ? माओवादी विद्रोहले पहाडलाई जति हानि गर्यो, मधेस विद्रोहले चार वर्षमै मधेसलाई थला पार्यो विद्रोहका नाममा भएका हत्या, अपहरण, चन्दा आतंक, लुटपाट, बलात्कार सबै मधेसीमाथि नै भयो मधेसमुक्तिका लागि लड्नेहरूले मधेसलाई नै लुटे खोक्रो बनाए
मधेसमा भएका आन्दोलनबाट मधेसी जनता नै सन्तुष्ट छैनन् जनताको संवेदनशीलतालाई केही नेताले नगद बनाउन खोजे तर त्यसको प्रभाव दीर्घकालीन हुन सकेन जब आन्दोलनमा विभिन्न पार्टीका पूर्वभ्रष्ट बदनामहरू उग्र नाराका साथ छिरे, तब यो निरुद्देश्य हुन पुग्यो मधेसमा उठेको विद्रोहमा आफ्नो राजनीतिक भविष्य सुरक्षित देखेर जीवनभरि अरू नै पार्टीमा समय बिताएकाहरूले पनि नयाँ मधेसवादी पार्टी खोलेर मधेसी जनतालाई अन्योल भ्रममा पार्न थाले
मधेस आन्दोलनलाई बीसौँ टुक्रामा विभाजन गरिएपछि आज घाइते बाघजस्तो भएको , मधेस केही नेताहरू राजधानीमा बसेर सत्ताको दलाली गरिरहेछन् मधेसवादी दलहरूसँग मधेसबारे कुनै स्पष्ट धारणा छैन मधेसका धनी, ठालू, सामन्ती परिवेशबाट उठेका आफूलाईठूलो जातका ठान्नेहरूको हातमा मधेसको राजनीति, जसले मधेसभित्रको सामाजिक खाडल पुर्नुभन्दा त्यो खाडलमाथि स्याउला बिछयाउने प्रयत्न मात्र गर्छ तैपनि, यो आन्दोलनले जनतालाई निकै सचेत गराएको माओवादी विद्रोहले पहाडका गाउँगाउँमा जसरी चेतना फैलायो, त्यसैगरी मधेसमा पनि केही भएकै
भाषा हरेक जातिको प्राण हो सरकारले सबै जातिको भाषामा प्राण भरिदिनुपर्छ एउटा कुरा दोहोर्याएरै भन्छुमधेसभरि लेखनाथ, देवकोटा, भानुभक्तका सालिकहरू छरपस्ट हुन सक्दा किन विद्यापतिको एउटा सालिक कहीँ नभए पनि राजधानीको प्रज्ञाप्रतिष्ठान प्रांगणमा मात्र स्थापना गर्न सकिँदैन ? किन ?
Sources : माघ , २०७५ (Nepal, Kantipur, )