Tuesday, 24 January 2017

दौरा–सुरुवाल र टाका–टोपी

संजोग नै भन्नु पर्छ, एकै दिन दौरा सुरुवाल र टाका टोपीबारे नेपालको मधेस क्षेत्रबाट प्रतिनिधित्व गर्ने दुई जना ‘भेटेरान्स’बाट फरक तर एउटै आशयको अभिव्यक्ति आएको छ । मेरो विचारमा १९ जनवरी २०१७(६ माघ २०७३, विहीबार) आएको ती दुई अभिव्यक्तिले दौरा–सुरुवाल र टाका टोपी लगाउनु पर्ने अभियानमा या यसलाई राष्ट्रियतासंग जोड्नेहरुका लागि ‘आक्रोसित’ बनाउने खालका छन् । एउटा विचार अमेरिकामा बसेर नेपालका ‘करेन्ट एफेयर्स’मा कलम चलाउँदै आएका प्रमोद मिश्रको छ । उनले द काठमाडौं पोस्टको ‘क्रसरोड’ स्तम्भ र ‘टाइम्स अफ कन्फ्युजन एन्ड फ्युजन’ शिर्षकमा एक ठाउँमा लेखेका छन्, ‘....टाका टोपी बंगलादेश, टर्की या अन्य ठाउँबाट आएको हो.....।’ यसबारे थप विवरण यसै सामग्रीमा राखिएको उनको आलेख पढ्न अनुरोध गर्छु । त्यस्तै, दौरा सुरुवालबारेको अभिव्यक्ति दिने अर्को व्यक्तित्व हुन धिरेन्द्र झा ‘प्रेमर्सी’ । सक्रिय पत्रकार विरेन्द्र केएमले ३० अक्टोबर २०१६ मा आफ्नो फेसबुक वालमा लेखेको जबाफ ‘प्रेमर्सी’ ले झण्डै तीन महिनापछि लेखेका रहेछन् । प्रेमर्सीले आफ्नो जबाफमा लेखेका छन्, ‘.....सबैभन्दा बढी भ्रष्टाचारी दौरा सुरुवाल लगाएरै भएका छन्, मैले वर्षौदेखि यो लगाइरहेको छु, अझै केही वर्ष लगाउने छु । एउटा संस्थाले विसंगतिमाथि व्यंग प्रहार यसै पोशाकमा गर्दै आएको छ. .......।(थप विवरण यसैमा संलग्न उनको जबाफमा हेर्नुहोला) । थप प्रष्ट होस भनेर सबै सामग्री यसमा राखेको छु ।
Published on 19 Jan 2017 on thekathmandupost

     

INTERVIEW CK LAL


Tuesday, 10 January 2017

अर्बपतिका सन्तानहरुका भड्किलो जीवनशैली

कान्तिपुर दैनिकको पृष्ठ ११ मा २०७३ पुस २३ मा विश्वका अर्बपतिका सन्तानहरुका भड्किलो जीवनशैलीबारे एजेन्सीको सहयोगमा प्रकासित जानकारीमुलक आलेख ।  

नेपाल–चीन सम्बन्ध


भारतीय प्रधानमन्त्रीको विशेष प्याकेज

नोटबन्दीको बचाउ गर्न गरीब, किसान, महिलालगायतका लागि भारतीय प्रधानमन्त्रीले ल्याएको विशेष प्याकेजबारे जनवरी २ मा एजेन्सीहरुको सहयोगमा कान्तिपुरमा प्रकासित समाचार ।

Saturday, 7 January 2017

बझाङमा बालविवाहले किशोरीहरुको विचल्ली

कान्तिपुर दैनिकको पृष्ठ १८ मा मिति २०७३ पुस २२ गते शुक्रबार ‘बालविवाहले पा¥यो विचल्ली’ शिर्षकमा समाचार प्रकाशित छ । समाचार अनुसार बझाङ सदरमुकाम चैनपुरमा मात्रै कलिलो उमेरमै विवाह गरी अलपत्र परेका महिलाहरुको संख्या ४०/५० जना छन् । जिल्लाभर यसरी अलपत्र भएकाहरुको संख्या भने एक हजार भन्दा बढी छन् । 


महन्थ ठाकुरबारे सुरेन्द्र झाको आलेख

महन्थ ठाकुरबारे सुरेन्द्र झाको आलेख । कान्तिपुर दैनिकको पृष्ठ ७ मा मिति २०७३ पुस २२ गते शुक्रबार यो आलेख प्रकाशित छ । 

Tuesday, 3 January 2017

मधेसी मुद्दाको राष्ट्रियतासंग सम्बन्ध

‘मधेसी मुद्दाको राष्ट्रियतासंग सम्बन्ध’ शिर्षकमा कान्तिपुर दैनिक (२०७३ पुस १८,पृष्ठ ७)मा विष्णु सापकोटाको प्रशासित लेखमा महन्थ ठाकुर र उपेन्द्र यादवबारेको टिप्पणीहरु यहा“ सभार गरिएको छ ।  


कैप्शन जोड़ें