![]() |
| Dinesh Yadav, Writer |
सद्भावना पार्टीका केन्द्रिय प्रवक्ता सन्तोष मेहताले भने, ‘ मधेसको प्रमुख तीन दलनै प्रमुख शक्ति भएपनि यसलाई नेतृत्व गर्दै अघि बढ्नु चाही“ चुनौतिपूर्ण कार्य हो ।’ उनले मधेसमा तीन धारमा रहेको शक्तिको कुरो चर्चामा आएजस्तो नरहेको बताए । ‘हाम्रो पार्टीसहितको एकीकरण अभियानमा जुटेको एउटा र विजयकुमार गच्छदारको नेतृत्वमा हुने भनिएको शक्ति एउटै धारका हुन् । तर पनि यी दुईलाई छुट्टाछुट्टै शक्ति मान्ने हो भने यसले मधेसमा एउटा सामाजिक विभाजनको रेखा कोर्न सक्छ ’ उनले भने, ‘ कोर मधेसीहरु (यादव, ब्राह्मण, महतो, तेलीसुडीलगायत) तीन दलीय एकीकरणमा अटाउनु र थारु तथा मधेसमा रहेका पहाडीहरु सम्मिलित अर्को शक्ति निर्माणको प्रयास मधेसीको सामाजिक एकताका लागि ठूलो खाडल बन्न सक्छ । ’ उनले आफूहरुनै मधेसको ठूलो शक्ति भएको दाबी गर्दै अर्को कुनै शक्तिको भविष्य मधेसमा नरहेको बताए । ‘जहा“सम्म जेपी गुप्ता, जयकृष्ण गोइत र सिके राउतहरु सम्मिलित शक्तिको कुरो छ , त्यो शक्तिको सम्भावना तत्काल मधेसमा छैन ’ प्रवक्ता मेहताले भने, ‘तेस्रो शक्ति निर्माणको कुरोमा यो कारणले दम छैन कि गुप्ता, गोइत र राउतको धार छुट्टै हो, उनीहरु वैचारिक अभियान चलाउन सक्छन् तर आन्दोलन गर्ने हैसियतमा उनीहरु विल्कुलै छैनन् । ’ मेहताको भनाईलाई नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का विकास तिवारीले ठाडै अस्वीकार गरे । उनले मधेसमा इमान्दार र सक्षम नेतृत्वको खोजी भइरहेकाले नया“ शक्तिहरुको निर्माणको सम्भावना प्रवल रहेको बताए । ‘राजनीतिमा निर्माण र रुपान्तरण निरन्तर भइरहने प्रक्रिया हो । राजनीतिमा कुनै कुरो असम्भव हुन्न । राजनीति भनेकै संभावनाहरूको खेल हो ’ उनले भने, ‘ त्यसैले सत्ता बिनाको राजनीति गर्न नसक्ने र स“धै पावर सेयरिङलाई आफ्नो मियो बनाउनेहरु जति सुकै पटक एकीकरण या मोर्चा बनाएपनि त्यो मधेसको शक्ति कहिले पनि बन्न सक्तैनन् । ’ तिवारीले तीन दलीय एकीकरणले केही नेताहरूलाई अंकगणीतिय दृष्टिकोणले केही समयका लागि बलियो बनाउने भएपनि कालान्तरमा मधेसमा नया“ नेतृत्व र शक्तिले नै मधेसीको अधिकारहरुलाई सुनिश्चित गर्न सक्ने बताए । ‘ नया“ नेतृत्वको खोजीमा मधेसीजन जुटिसकेकाले झिना मसिना कुराहरु समयसंगै गौण हु“दै जानेछ ’ उनले थपे, ‘सत्ता बिनाकै राजनीति गर्नेहरुलाई मधेसीले अगामी दिनहरुमा विश्वास गर्नेछन, त्यसको तयारीमा मधेसीहरु जुटिसकेका छन् । ’ उनले मधेसी नेताहरुको एजेण्डा जे भएनी ‘मुक्तिकै सबाल’ प्रवल रहेकाले नया“ शक्तिहरुको निर्माण निश्चित भएको दाबी गरे ।
तीन शक्ति निर्माणबारे मधेस मामिलाका जानकार एवं पत्रकार रामकुमार कामतको बिचार भने मिश्रित खालको छ । उनले मधेसमा शक्ति निर्माणका क्रममा राजनीतिक दलहरुको ‘सर्टिङ’ भइरहेको बताए । ‘तीन मधेसी पार्टीहरुमा हाल जारी एकीकरणले एउटा शक्तिको निर्माण गरेपनि यो दिगो हुने सम्भावना झिनो मात्रै छ ’ कामतले भने, ‘जहा“सम्म विजयकुमार गच्छदारको नेतृत्वमा शक्ति बन्ने कुरो छ, त्यो असम्भव छ । किनभने गच्छदारप्रति मधेसीहरु धेरै पहिलेदेखि सशंकित थिए र छन । त्यसैले उनलाई अलग राखेरै थालिएको शक्ति निर्माणले सकारात्मक संदेश दिएपनि यसका चुनौतिहरु भने त्यतिकै छन् । ’ कामतले तेस्रो शक्ति निर्माणबारे यसो भने, ‘जेपी गुप्ताको गोइतसंगको एशोसिएशन वा राउतसंगको बैचारिक आन्दोलनलाई एकाकार गर्दै अघि बढ्नुमा स्वार्थ लुकेको छ । गुप्ता राजनीतिका माहिर खेलाडी भएकाले आफ्नो अतितलाई चोख्याउन यस प्रकारको प्रयास गरेपनि तत्कालै शक्तिशाली बन्ने स्थिति भने छैन । एउटा ‘रिभोल्युस्नीस्ट’ र अर्को ‘रेडिकल’ बिचार बोकेकासंग गुप्ताको एशोसियनले नेपालको राजनीतिमा बहस त ल्याउन सक्ला तर शक्ति नै बन्ने अवस्था चाही“ छैन, होइन ।’
