Monday, 14 January 2013

मधेसी मोर्चाको नौ बुँदे प्रस्ताव, Madheshi politics


सत्ता लम्बाउने मधेसी मोर्चाको नौ बुँदे प्रस्ताव
दिनेश यादव 
संविधानसभाअघि र त्यसपछिका केही महिनासम्म एमाओवादी र मधेसकेन्द्रित दलहरूका बीच करीब–करीब नून बाराबारको स्थिति रहयो । खासगरि गौर घटनापछि त केही मधेसी दलसंगको माओवादीको दुरी हवातै बढेर गएको थियो । पछिल्लो समय भने ति दलहरूसंगको माओवादीको सम्बन्ध बाक्लिदै र घनिँभूत हुँदै गएका छन् । जनयुद्ध थाल्दाताका जातिय स्वायत्तताको कुरा गर्ने माओवादी एकाएक केही मधेसी दलहरूको सत्ताधारी मोर्चासंग ‘एक रथका दुई पाङग्रा’ बन्न पुगेको छ । आश्चर्यको कुरो त के छ भने , संविधानसभाको आफ्नो घोषणापत्रमा मधेस क्षेत्रमा कोचिला, विराट, मिथिला, भोजपुरा, अवध , थरुहटलगायतका प्रदेश हुने उल्लेख गरेको उसले सत्ताधारी मधेसवादी दलको मधेस दुई प्रदेशप्रति स्वीकार्यताको स्थितिमा पुगेको छ । अझ संघियताकै पक्षमा आफूहरु रहेको रटान समेत माओवादी नेताहरुले गर्दै हिडेका छन् । माओवादीको २०५२ सालदेखि र शान्ति सम्झौताअघिसम्मको उसको कुनै आधिकारिक दस्तावेजहरूमा संंघियता शब्द कही कतै उल्लेख गरिएको पाइदैन । राज्यपुनः संरचना आयोग बनेयता मधेसवादीप्रति माओवादी धेरै लचिलो देखिएको हो । त्यसअघि मधेसकेन्द्रित दलप्रति उसको प्रस्तुति कडा रहँदै आएको थियो । खासगरि विस २०६४ भदौ १३ मा तत्कालिन कांग्रेस नेतृत्वको सरकारले उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालसंग गरेको २२ बुँदे सहमति होस् या त्यही वर्षको फागुन १६ मा कांग्रेस नेतृत्वकै सरकार र संयुक्त लोकतान्त्रिक मोर्चाबीच भएको आठ बुँदे सम्झौताको विरोधमा एमाओवादी अग्रपंक्तिमै थियो । संविधानसभाको निर्वाचनपछि मधेसवादी चौथो शक्ति बनेर आएपछि राष्ट्रपति निर्वाचनमा उसले मधेस कार्ड फालेका थिए , तर  मधेसवादीले अस्वीकार गरेपछि एमाओवादी नेतृत्व रणभूल्लमा परेका थिए । अझ सेनापति रुक्मांगद कटवाल प्रकरणमा मधेसवादीको समर्थन नपाएपछि एमाओवादीले आफ्नो आश्चर्यजनक रुपमा आफ्नो रणनीतिमा परिवर्तन ग¥यो । तत्कालिन बृहत राष्ट्रिय मधेसी मोर्चालाई अघि बढाएर एमाओवादीले मधेसमा आफ्नो राजनीतिक साख कायम गर्न खोज्यो । तर आफ्नो अभिष्ट उपेन्द्र यादवबाट पुरा नहुने देखेपछि  एमाओवादी नेतृत्व विजयकुमार गच्छदार, महन्थ ठाकुर, राजेन्द्र महतोको नेतृत्वमा रहेको दलहरु सम्मिलित मधेसी मोर्चासंग लस्सिए , लोकतान्त्रिक मधेसी मोर्चातिरै ढल्किए । एमाओवादी र मधेसी मोर्चा सत्ताका भोका भएकाले २०६८ भदौ ११ मा बाबुराम भट्टराईलाई दुई समूह धुब्रिकरण गर्दै प्रधानमन्त्रीको कुर्सीमा विराजमान गराए । त्यसअघि दुवै पक्षबीच चार बुँदे सहमति समेत भयो । उक्त सहमतिको एमाओवादी कै तत्कालिन नेता मोहन बैधले कडा विरोधमात्रै गरेन खुलेर आपत्ति जनाए । महिनौ भइसक्यो ती सहमति भएको । तर ती सहमतिका एउटा पनि बुँदा आजसम्म पुरा नभएको अवस्था रहेको मधेसीजन बताउँछन् । पछिल्लो समय फेरी सहमतिय सरकार बनाउनका लागि राष्ट्रपति रामबरण यादवले शृंखलाबद्ध ‘डेटलाइन’ तोक्न शुरु गरेपछि मधेसी मोर्चा एकाएक जुमुर्राउँदै नौ बुँदे अर्को ‘अमूर्त’ प्रस्ताब पुस ७ मा अघि सारेको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सहमतिको सरकार निर्माणका लागि तीन प्रस्ताव अघि सारेको छ । ती हुन् ः बाबुरामकै सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिनु पर्ने, यसमा सहमति नभए सत्तारुढ गठबन्धनबाटै प्रधानमन्त्री बन्नु पर्ने र यी दुवै हुन नसके मधेसी मोर्चाका माग पुरा गर्ने दलको नेतृत्वमा सरकार बनाउन सहयोग गर्ने निर्णय गर्न पुग्यो । त्यस्तै पहिचान र सामथ्र्यका आधारमा संघीयता कायम गरी संघीयता विरोधीलाई पराजित गर्ने विघठित संविधानसभाले गरेका कामको स्वामित्व ग्रहण गर्ने, राज्यको पुनः संरचना तथा राज्य शक्ति बाँडफाड समितिले तयार पारेको १४, राज्यपुनः संरचना आयोगको १० प्रदेश तथा अल्पमतको रुपमा आएको छ प्रदेशको प्रस्तावलाई पनि ग्रहण गर्नु पर्ने मधेसी मोर्चाले पछिल्लो नौ बुँदे प्रस्ताव मार्फत् नयाँ सरकार गठनका लागि पूर्वसर्त मोर्चाले अघि सारेको छ । यसैगरि संविधानसभाको निर्वाचन ५ वर्षको हुनु पर्ने, त्यसले संविधान बनाएपछि मात्रै संसदमा रुपान्तरण हुनु पर्ने, वैशाखभित्रै निर्वाचन गर्न मतदाता नामावली अद्यावधिक गर्नु पर्ने, दलहरुबीच प्याकेजमा सहमति भएपछि सहमतिको सरकार गठनका लागि पहल गर्नु पर्ने, प्रत्यक्ष निर्वाचनमा २४० क्षेत्र तथा समानुपातिकमा सहमतिका आधारमा तय गर्ने प्रस्ताव पनि उसको छ । मोर्चाको पछिल्लो सर्त र प्रस्तावबारे नेपाल सद्भावना पार्टीकी अध्यक्ष तथा पूर्व श्रममन्त्री सरिता गिरी भन्छिन्, ‘ प्रस्ताव सत्ता लम्बाउनका लागि मात्रै आएको हो ।’ उनले मधेसी मोर्चा मधेसको मुद्दाप्रति गम्भिर नभएरै यो प्रस्ताव आएको उनी बताउँछिन । । ‘माओवादी नेतृत्वको सरकारमा जाँदा चार बुँदे सम्झौता गरेपनि केही उपलब्धि हासिल हुन सकेन भने नौ बुँदे प्रस्तावले केही हुँदैन ’ उनले भनिन्, ‘मैले यसलाई गम्भिरतापूर्वक लिएकी छैन ।’ नेकपा–माओवादीका केन्द्रिय सदस्य एवं पूर्वसभासद शिवराम यादवले यो सरकार संघियताको पक्षधर नभएकाले मोर्चाबाट प्रतावित नौ बुँदाको कुनै तुक नरहेको बताउँछन् । ‘संविधानसभा विघटन गरेर सत्तासिन भई व्यतिmगत स्वार्थपूर्तिमा लागेकाले विभिन्न बुँदामा सहमति र अनेक प्रस्ताव ल्याउने गरेका हुन् ’ उनी भन्छन्, ‘अब फेरी मधेस आन्दोलनको आवश्यकता छ , किनभने मधेसको संघर्षलाई गौण गर्दै यो सरकार भ्रष्टिकरणको दिशामा उन्मुख हुनका लागि विभिन्न सहमतिको नाटक गर्दै मञ्चन गर्दै हिडेको छ ।’ मुलुकमा राजनीतिक अस्थिरता कायम गर्न उद्दत रहेको यो सरकारबाट खासै अपेक्षा जनताले नगरेको फोरम नेपालका पूर्व सभासद अभिषेक प्रताप शाहले बताए । युवा फोरम नेपाल तथा विद्यार्थी विभाग प्रमुख एवं केन्द्रिय सदस्य तथा फोरम प्रचारप्रसार विभाग प्रमुख समेत रहेका शाह भन्छन्, ‘सत्ता निरन्तरताका लागि मोर्चाले नयाँ कार्ड फ्याकेका हुन् ।’समस्यालाई थप जटिल बनाउन र मधेसी जनताको पक्षमा केही गरिरहेको देखाउनका लागि मात्रै नौ बुँदे प्रस्ताव मधेसी मोर्चाबाट आएको उनको ठहर छ । मधेसी मोर्चाको नौ बुँदे प्रस्तावप्रति दलित जनजाति पार्टीका अध्यक्ष एवं साना पाँच दलिय गठबन्धनका सचिव विश्वेन्द्र पासवानको धारणा भने फरक छ । उनी भन्छन्, ‘मोर्चाबाट सार्वजनिक भएका पछिल्ला प्रस्तावहरु मधेसी जनता, राष्ट्रियता, संघियता र धर्मनिरपेक्षतालगायतको पक्षमा आएको सकारात्मक प्रस्ताव हो ।’ उनी  मधेसी मोर्चाले अघि सारेको नौ बुँदे प्रस्ताव र साना दलको पाँच बुँदे प्रस्तावले मुलुकलाई निकास दिने समेत बताएर एमाओवादी र मोर्चाको गठबन्धनको पक्षमा उभिएका छन् । पासवानको यो भनाई अगामी सरकारमा साना दलबाट आफू सहभागि हुनका लागि समर्थनमा आएको मधेस राजनीतिलाई नजिकबाट हेर्नेहरुको दाबी छ । मधेस मुद्दाका जानकार र विश्लेषक तुलानारायण साहले मधेसी मोर्चाले अहिलेसम्म प्रतिक्रिया मात्र दिएको र उसको यो सरकारमा कुनै स्ट्याण्ड नभएको बताउँछन् । ‘चुनावका पक्षमा वातावरण बनाउनु पर्नेमा सरकार निर्माणमै उसको बुँदाहरु केन्द्रित छ ’ उनी भन्छन्, ‘मोर्चाका नेताहरुको यो फेस सेभिङ रणनीति मात्रै हो ।’ उनका अनुसार नौ बुँदामा सहमति भए शक्ति केन्द्रहरुले अबरोध खडा गर्न सक्छन भने असहमति भए मन्त्री पदको पोर्टफेलियोका लागि बार्गेनिङ हुनेछ । ‘यो एउटा बार्गेनिङ टुल्स मात्रै हो ’ साह थप्छन, ‘यदि प्रचण्डले भनेको जस्तै नेपाली कांग्रेस र एमाओवादीबीच सहमति भए मोर्चाको बूँदाहरुको कुनै तुक रहने छैन , मोर्चाको यो गम्भिर प्रयास होइन, मुलुकलाई राजनीतिक निकास दिने उसको चाहनानै छैन । ’ उनले पुरानै संविधानसभाको जस लिने हो भने नयाँ संविधानसभाको चुनाव किन गराउने भन्ने प्रश्न गर्दै भन्छन, ‘ नौ बुँदे शर्त तर्क संगत छैन । ’ साहले मोर्चाले अडान राखेको भए मुलुकको वर्तमान गरिरोध सकारात्मक दिशातिर मुभ हुन सक्यो तर त्यो हुन नसकेको बताउँछन् । ‘विगत चार वर्षमा मोर्चा मधेसको कुनैपनि मुद्दामा गम्भिर देखिएन,छैन’ साहले भने, ‘अझ उसको चार बुँदे सहमतिको एउटा पनि बुँदा सरकारमा रहेर पनि मोर्चाबाट आजसम्म कार्यान्वयन हुन सकेको अवस्था छैन ।’ (विहीबार १२ पुस २०६९, कान्तिपुर कतार संस्करण, पृष्ठ ४ मा प्रकाशित)

Thursday, 10 January 2013

मधेसी पत्रकारका नाममा एक शिखंडीको जन्म , Madheshi journalist, press



केही दिनयता सिंगो पत्रकारिता र पत्रकारहरूकै साख, मान र मर्यादामा आँच पु¥याउने हरकत केही संचारकर्मीले ‘सोसल नेटवर्किङ’ मार्फत् शुरु गरेका छन् । व्यक्तिगत आक्षेप, आलोचना, विरोध, मानमर्दन र प्रतिशोधमा ती संचारकर्मी यसरी उत्रेका छन कि मानौ उसको एउटै मात्र ध्येय भनेको कमलजीविको चरित्र हत्या गर्नु हो । स्वच्छता, व्यवसायिकता र नैतिकतालाई आफ्नो मियो बनाएर पत्रकारिता गर्नेहरुमाथि समेत शुरु गरिएको शृंखलाबद्ध तल्लोस्तरका आरोपहरूलाई सुक्ष्मरुपमा केलाउँदा ती संचारकर्मीको मिशन बुझ्न अब कसैलाई साह्रो–गाह्रो नपर्ला । आफूलाई संधै मधेस मुद्दाको उठानमा अग्रपंक्तिमा रहेको दाबी गर्ने ती संचारकर्मीको नियत, सोच र मानसिकता अब चाहीँ कम से कम स्पष्ट भइसकेको छ । कुरा मधेसको गर्ने , मुद्दा मधेसीको उठाएको भन्ने तर पद नपाएपछि विद्रोहमा उत्रने त्यस्ता व्यक्तिलाई जनताले वहिष्कार गर्नेछन्, गर्नुपर्छ । पत्रकार महासंघको कारवाही समेत झेली सकेका ती पत्रकार राज्यद्रोह गरेको अभियोगमा हावालतको कालकोठरीमा समेत कयौ दिन बिताइसकेका छन् । संचार माध्यममा संमावेशिकताको कुरा गर्ने ती पत्रकारकै नेतृत्वमा दर्तै नभएका नामधारी संस्थाहरूको हवाला दिँदै आफ्नै संचारगृहमा कयौ दिन अनसन पनि बसे । त्यसको एउटै उद्देश्य र मकसद आफ्नो प्रचार गर्नुबाहेक केही नरहेको स्पष्ट हुँदै गएको छ । मधेस क्षेत्रका नेताहरु मन्त्री बन्दा विभिन्न स्वार्थका साथ उनीहरुसंग लम्पसार गर्न भ्याउने ती पत्रकारको स्वार्थसिद्ध नभएपछि विरोध गर्नु दरिद्र मानसिकता नभई अरु के हुन सक्ला ? व्याकवार्ड क्लासका उपेन्द्र यादव, राजेन्द्र महतो, रेणु यादव, राजकिशोर यादवलगायतका नेताहरुको कुनैबेला चरणस्पर्स र ढोगदण्डबत गर्न समेत नचुकेका ती संचारकर्मी पछिल्लो समय तीनै नेताविरुद्ध खनिनुले पनि त्यसको पुष्टि गर्छ । जातियता आफू गर्ने तर अरुलाई जातियता गरेको प्रचार गर्नु ‘जो चोर उसैको ठूलो स्वर’ भएन र ? फेरी ‘जुन थालमा खायो त्यही थालमा थुक्नु’ जस्तो निच काम गर्नेहरु आफूलाई कसरी उच्च जाति (कथित ब्राह्मण) भनाउँदा हुन् ? महन्थ ठाकुर, अनिलकुमार झा, उपेन्द्र झा, परमानन्द झालगायतका नेताहरुको चरणपादुका धुन संधै अग्रसर रहेन ती झा थरका पत्रकार आफूलाई अहिराज भन्न रुचाउँछन् । आफै ब्राह्मणवाद र जातिबाद गर्ने तिनले कसरी अरुलाई जातियता गरेको आरोप लगाएका होलान् ? छिः त्यस्ता मानसिकता बोकेका व्यक्ति कसरी पत्रकार बनेका होलान् ? फेरी आफूलाई पिएचडीका लागि शोधकर्ता ठान्ने श्रेणीमा राखेका ती भलामानुसको अनुशन्धान कस्तो होला ? बौद्धिकता, अध्ययनशिलता नै नभएको मानिसले कसरी डक्टरको उपाधिबाट सम्मानित बन्लान ? उनको रिसर्च गाइडको पनि अब अबमूल्यन हुने पक्का छ ।
अर्को कुरा, आफै प्रकाशक, सम्पादक र एउटा मिडिया हाउसको ‘मालिक’ बनेर सिंगो मधेसी समुदायको बेइज्जत गर्ने अधिकार कसैलाई छैन, हुँदैन । मधेसीकै नाममा अखबार चलाउने तर त्यही समुदायका सदस्यहरुमाथि विष वमन गर्ने कुरा बेमेल मात्रै होइन मानवीय मुल्य र मान्यताको खिल्ली उडाउने बाहेक अरु केही हुनै सक्तैन । आफ्नै समुदायका कमलबीर र कमलजीविको अप्मान गर्न पाउँदा आनन्दित महशुश गर्ने ती पत्रकारको हैसियत अब समाप्त भइसक्यो भन्दा हुन्छ । जब मानिस पतनतर्फ उन्मुख हुन्छ पहिले बर्बाउँछ, त्यसपछि ‘स्केप’ हुन्छन् । ती पत्रकारको हविगत अब यस्तै हुने निश्चित छ ।
आधुनिक पत्रकारिताको सफा चरित्रमाथि दाग लगाउने काममा तल्लिन त्यस्ता पत्रकारबाट जनताले के अपेक्षा गर्ने ? मधेसीले कसरी विश्वास गर्ने ? स्वार्थसिद्धिसम्म प्रसंशा र मौन दण्डवत गर्ने तर मनोआकांक्षा पुरा नभएपछि व्यक्तिगत चरित्रहत्यामा लाग्नु कहाँको पत्रकारिता हो , कस्तो पत्रकारिता हो ? के पत्रकारिता धंसान, अवसानतर्फ उन्मुख भएको हो ? पाठकहरुलाई चाहे जति चपाउँने मनस्थितिले गर्दा त होइन , ती पत्रकारले यस्तो गर्न थालेको ? ती पत्रकारका कारण स्वस्थ र मिशन पत्रकारितामाथि बेइमानी हुन थालेको छ । सत्ता–प्रतिपक्ष, राजनेता, जातियता, उद्यमी गठजोड ती पत्रकारमाथि हावी हुँदै जानुले पनि यो स्थिति आएको हो । चाटुकारिता, कमीशनखोरी र दलालीलाई आफ्नो लक्ष्य बनाएका ती कथित पत्रकारबाट मधेस र मधेसीले कसरी आफ्नो लाज बचाउँने भन्ने यक्ष प्रश्न अब खडा भइसक्यो, मधेसीजन समक्ष । ती पत्रकारले आफ्नो मर्यादा विर्सेका छन । इमानदारी र कर्तव्यनिष्ठाको सबै मूल्य र मान्यताको अन्त्येष्टि गरेर आफ्नै कल्याण र भविष्य देख्नेहरुसंग केही अपेक्षा गर्न सकिदैन । जब कसैले आफ्नो मिशन धन, पद र यशोआरामलाई बनाउँदछ, त्यसपछि उप्रतिको आस्था र विश्वासपनि जनताको गुम्छ । अनि स्वस्थ पत्रकारिता सुलीमा चढ्छ ,  जीवित रहन सक्तैन । यी र यस्तै व्यक्तिका कारण मधेसी पत्रकारितामा दुर्गति शुरु भएको भान सर्वत्र महशुश हुन थालेको छ । मधेसी पत्रकारको साखमाथि एउटा प्रश्नचिन्ह खडा भइसकेको छ ।  क्षणिक लोभ र लालचमा फसेका त्यस्ता व्यक्ति अपराधि हुन सक्छन, पत्रकार कदापि हुन सक्तैनन । आफ्नो सिंगो समाजलाई धरौटीमा राखेर अपराध गर्ने त्यस्ता व्यक्तिहरुको नरकमा समेत बास हुँदैन, छैन । सिंगो मधेसी पत्रकारहरुलाई आज लाज्याबोधको श्रेणीमा पु¥याउन उद्दत ती कथित पत्रकारलाई अब चाहीँ बहिष्कार गर्नै पर्छ । किनभने ती पत्रकारको दिमागको बत्ती निभिएको अवस्था छ ।
अन्त्यमा पत्रकारितामा लागेकाहरु व्यवसायिक भए स्थिति ठीक हुन्छ तर धन्दाबाजीमा उत्रिए पत्रकारिता कलंकित बन्न पुग्छ , अहिले ती पत्रकार सिंगो मधेसीलाई कलंकित बनाउन जुटेका छन् । पत्रकारिता गरेकै कारण आदरको पात्र बनेका ती व्यक्तिकै कारण मधेसी पत्रकारप्रतिको मधेसीजनको भावना अब घृणामा रुपान्तरण भईरहेको छ । उनी अहिले शिखंडीको भुमिका छन् । शिखंडीका नाम दिँदा शिखडीकै अपमान हुने स्थिति उनको कारण पैदा भएको छ । किनभने शिखण्डीमा संधै प्रतिशोधको प्रवल भावना थियो । त्यस्ता पत्रकारले चाणक्यबाट केही सिख लिने हो कि ? चाणक्य विशाल मौर्य साम्राज्यका निर्माता एवं महामात्य भएर पनि जीवनभर उनी राजधानीको राजकीय वैभवबाट टाढा एउटा आश्रममै बिताए । आफ्नो महान कृतित्व एवं उच्चमत पदका आधारमा कुनै व्यक्तिगत लाभको दाबी उनले कहिले पनि गरेनन् । आफ्नो पेशा अध्यापनलाई त उनले अन्त सम्म पनि छाडेनन् । धन्य ती महानविभूति जो पदका लागि कहिले मतिहत्ते गरेनन् र संधै अमर बनेका छन् । तर झा थरका ती पत्रकार आज पदलाई नै सबैथोक मानेर कथित पत्रकार भएर संचारकर्मीको आवरणमा मधेसी जनतालाई अपराधबोधको कालकोठरीमा पु¥याउन थालेका छन् । त्यस्ता मानसिकता भएकाहरुलाई नाङ्गो झार पार्नेबेला अब आइसक्यो ।