मातृभाषा मैथिलीमा प्रकाशित कक्षा १० को पाठ्यपुस्तकमा जातिगत प्रतिनिधित्वको अवस्था : पुरानो र नयाँ मैथिली पाठ्यपुस्तकको तुलना गर्दा पहिले भन्दा पनि बढी ब्राह्मणवाद हाबी भएको देखिन्छ । पुरानो पाठ्यपुस्तकमा पाठ संख्या १६ मध्ये ब्राह्मण लेखकको संख्या ६ जना (३७%), कर्ण/कायस्थ समुदायका तीन (१९%) र नाम (बाइलाइन) उल्लेख नभएको संख्या सात (४४%) थिए । बाइलाइन नहुनुले पाठ्यपुस्तकमा समावेश सम्पूर्ण पाठ्यसामग्रीको अपनत्वको दायित्व लेखक जाति (ब्रह्माण) कै हुनु हो । यसैगरी, कक्षा १० कै मैथिली नयाँ पाठ्यपुस्तक (२०८०) मा पनि पाठ संख्या १६ नै रहेकोमा ब्राह्मण लेखकको संख्या नौ जना (५६%), ब्रह्माणेत्तर (केवट/धानुक) दुई जना (१३%) र बाइलाइन नभएको पाँच (३१%) रहेको छ ।
यसअघिको पाठ्यपुस्तकमा समावेश गरिएको कर्ण/कायस्थ समुदायलाई यसपालीको नयाँ पाठ्यपुस्तकमा समावेश गरिएको छैन । नेपालको तथ्याङ्कमा मैथिली मातृभाषा भएको लेखाउने करीब १२% अन्तर्गत पर्ने (जनसंख्यामा ९७ % रहेको ) जाति/धर्म/समूदायलाई किनाराकृत, बहिष्कृत र विभेद गरीएको छ । यो असमावेशी पाठ्यपुस्तक लोकमैथिली भाषीले आ-आफ्ना सन्ततिलाई किन पठाउने भन्ने प्रश्न ठडिएको छ । अध्ययनका क्रममा पाठ्यपुस्तकका विषयवस्तुहरूको शैली र प्रस्तुतिहरूमा अक्षम्य त्रुटिहरू फेला परेका छन् ।
ती त्रुटिहरू पनि आमजन समक्ष ल्याउने बाचा गर्दछु। अन्त्यमा, मातृभाषा मैथिलीमा शिक्षण सिकाइ हुनु पर्नेबारे चर्का -चर्का कुरा त हामीले गरिरहेका छौं तर, लोकतान्त्रिक संघीय गणतन्त्रात्मक शासन प्रणालीलाई आत्मसात गर्न नसकेको मातृभाषाका पाठ्यक्रम, पाठ्यपुस्तक र पाठ्यसामग्रीहरू बिना परिक्षण, जाँच र मूल्यांकनकै भावी पीढिमाथि किन थोपरिरहेका छौं ? मनन र चिन्तन गर्नै पर्छ । यहाँ प्रस्तुत् तथ्याङ्कको स्रोत पाठ्यक्रम विकास केन्द्रको अनलाइनमा राखिएको मैथिली भाषाको कक्षा १० को पाठ्यपुस्तक हो ।
