बैठकमा सांसदहरूलाई बोल्न विशेष समय नछुट्याएपछि केही सांसद उठेर विरोध जनाएका थिए । सिंहले उठेकै क्रममा लगाइराखेको कपडा खोलेर विरोध जनाएका थिए ।
Monday, 8 May 2023
सांसद अमरेशकुमार संसद्मै अर्धनग्न !
प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले संसद्मा कपडा खोलेर विरोध जनाएका छन् । उनको यो विरोध शैलीपछि सभामुख देवराज घिमिरेले सभ्यताका साथ आफ्ना कुराहरू राख्न चेतावनी दिए थिए। विशेष समय नछुट्याई सभामुख घिमिरेले नियमित कारबाहीमा जान्छौं भनेपछि स्वतन्त्र सांसद अमरेशकुमारले कपडा खोलेर विरोध जनाएका थिए ।
#हाँसो_र_मुस्कान ( #नेपाली_कविता)
जीवनमा तनावै तनाव भएपनि,
हाँस्न बिल्कुलै नछाड्नुस् ।
जिउनु यहाँ हरेक हालतमा छ,
अत: ओठ फुँकाएर मुस्कुराउनुस् ।
हानि केही छैन मुस्कानसहित जिउन,
त्यसैले धक्क फुँकाएर मुस्कुराउनुस् ।
हाँसौं र हँसाऔं सबै प्रियजनलाई,
सिंगो जीवनकै यो दिनचर्या बनाउनुस्।
विश्व हाँसो दिवसमा झै,
सधैं-सधैं मुस्कुराउने वातावरण बनाउनुस् ।
मुस्कुराउनुस्, अझ मुस्कुराउनुस्,
एक्लो हुँदा पनि मुसु-मुसु हाँस्नुस् ।
हाँसोले शत्रुहरू जलि मर्नेछन्,
चिढाउन तिनलाई भएपनि मुस्कुराउनुस् ।
#दिनेश_यादव ,(कलंकी, काठमाडौं-१४)
1.https://bit.ly/3pgMBcc
2.https://bit.ly/44DPzrh
3.https://bit.ly/42euAK2
#हँसी (हिन्दी हाइकू)
हँसी खिलती
सारा कष्ट मिटती
जीवन मस्ती !
*************
बेताब हम
हँसी ढुढ्ते हम
दौड्ते हम !
**************
किलगारीयाँ
रोमाञ्चक बेहद
हँसती अम्मा !
**************
गुलाबी ओठ
कात्तिल-ए-मुस्कान
जीना हराम !
****************
#दिनेश_यादव ,(कलंकी, काठमाडौं-१४)
https://bit.ly/3LHEME7
Saturday, 6 May 2023
भाषाको सरलीकरण (Simplification of Language)
साधारण अर्थमा मानवबीच विचार, अनुभव र सन्देश सम्पे्रषण गर्ने मौखिक वा लिखित माध्यमलाई भाषा भन्न सकिन्छ । मानवशास्त्रीका अनुसार करिब १० हजार वर्षअघिसम्म भाषा प्रचलित थिएन तर मानिसबीच विचार, अनुभव र सन्देशको विनिमय भएकै थियो । भाषाको विकास हुँदै जाँदा साहित्यको जन्म हुन पुग्यो । भावलाई सुन्दरतम भाषाको माध्यमबाट अभिव्यक्त गर्नु साहित्य सिर्जना गर्नु भएकाले भाषा भन्नु साहित्य पनि हो । माझिएको भाषा साहित्यको माध्यम भएकाले भाषाको मझाइ आवश्यक हुन्छ ।
साहित्यमा कस्तो भाषा प्रयुक्त हुनुपर्छ ? यस्तो प्रश्न लामो समयदेखि उठ्दै आएको छ । एकाथरी छन् साहित्यको भाषा पनि दैनिक जीवनकै सरह हुनुपर्छ अर्थात् सरल हुनुपर्छ भन्नेहरू । अर्काथरी साहित्यको भाषा विशिष्ट प्रकारको हुनुपर्छ र हुन्छ भन्नेहरू छन् । यसै सन्दर्भमा क्लिष्ट भाषा भनेर कतिपय रचनाको मूल्याङ्कन गरिएको छ । भाषाको क्लिष्टता निरपेक्ष हुँदैन सापेक्ष हुन्छ । कसलाई कसरी लेख्न सहज हुन्छ, कसको लेखनस्तर कस्तो छ, कसको मूल भाषाबाहेक अन्य भाषामा कति दखल छ र लेख्दा आफूलाई भाषागत रूपमा कति लचक राख्छ भन्ने अर्थमा भाषा कति क्लिष्ट छ भनेर परिभाषित गर्नुपर्छ । महाकवि देवकोटाको भाषा कवि शिरोमणि पौड्याललाई क्लिष्ट लाग्दैनथ्यो होला । तसर्थ साहित्यको भाषालाई क्लिष्ट र जनस्तरीय भनेर वर्ग विभाजन गर्नु वैज्ञानिक हुँदैन तर भाषा विस्तार र वक्ता वृद्धिका लागि यसलाई सरल बनाउनुपर्छ । पाठक हेरेर साहित्य लेखिँदैन तर वक्ता हेरेर भाषालाई सरल गराउनुपर्छ । त्यसमा पनि उद्देश्य र औचित्यका आधारमा भाषालाई सामान्य, प्रारम्भिक र प्राज्ञिक स्तरबाट शिक्षण गरियो भने यसैअनुसार यसका उपभोक्ता वृद्धि हुन्छन् । भाषा उपभोक्तका दृष्टिले सङ्ख्यात्मक र गुणात्मक तहमा फैलन्छ ।
भाषा राजनीति पनि हो । भाषाका लागि आन्दोलन भएका छन् । युद्ध छेडिएको छ । भाषा संस्कृति पनि हो । संस्कृति भएकाले भाषामा परिवर्तन हुन्छ किनभने मानिसको आवश्यकतामा संस्कृतिको निर्माण हुन्छ, परिमार्जन हुन्छ र संशोधन हुन्छ भन्नेमा मानवशास्त्रीहरू सहमत छन् । यसैले लेख्य भाषाको शैली तथा प्रयोगमा विविधता आउँछ । यो व्यक्तिको क्षमतामा निर्भर रहन्छ । भाषा पहिचान पनि हो । यसबाट समाज र संस्कृतिका विम्ब खिच्न सकिन्छ । झन्डै १२३ भाषा रहेको नेपालमा धेरै भाषा जान्ने व्यक्तिले अन्य भाषाका संस्कृतिक विम्बमा साहित्य सिर्जना गर्न सक्छ र पाठकमा सामीप्यता राख्न सक्छ । यसरी साहित्य समृद्ध हुन्छ ।
नेपालमा भाषा नीति छैन । संस्कृति नीतिमा यसलाई केही हदसम्म समेटिएको छ । साहित्य स्वयं संस्कृति भए पनि संस्कृति नीतिले भाषा, साहित्य, कलालाई समयानुकूल समेटेको छैन । भाषा तथा साहित्य/वाङ्मयको श्रीवृद्धिमा समयानुकूल नीति, स्रोत, योजना परिचालन गर्नु आवश्यक छ ।https://bit.ly/419py0m
साभार : मधुपर्कको सम्पादकीय (चैत २०७९ : वर्ष ५५ : अंक ११ : पूर्णाङक ६४२)
मधेश सरकारले कामकाजमा मैथिली, भोजपुरी र हिन्दी भाषालाई मान्यता दिने
जनकपुरधाम- मधेश प्रदेशका अर्थमन्त्री सञ्जयकुमार यादवले मधेश सरकारले कामकाजमा मैथिली, भोजपुरी र हिन्दी भाषालाई मान्यता दिने तयारी गरिरहेको बताउनुभएको छ।
मधेश प्रज्ञा–प्रतिष्ठान मधेश प्रदेशले आइतबार आयोजना गरेको प्रदेशस्तरीय अन्तरसंवाद कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। “अहिले प्रदेश सरकारको कामकाजको भाषा नेपाली रहेको छ,” उहाँले भन्नुभयो, “अब मैथिली, भोजपुरी, हिन्दीसहित मधेशमा बोलिने भाषालाई कामकाज भाषाको मान्यता दिने निर्णय गरिन्छ। मधेशमा बोलिने भाषाको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा प्रतिष्ठान अगाडि बढ्नुपर्छ।”
विगतमा मधेशको भाषा, साहित्य, कला, संस्कृति, गीत/सङ्गीत र नाट्यकलालाई मास्ने प्रयास भएको दाबी गर्दै मन्त्री यादवले मधेशको प्राचीनतम इतिहास लेखेर जीवन्तता दिने कार्यमा लाग्न प्रतिष्ठानलाई आग्रह गर्नुभयो। भाषा, साहित्य, कला, संस्कृति, गीत/सङ्गीत र नाट्यकला गरी छ विधाका विद्वान्लाई सहभागी गराएर सम्पूर्ण मधेशको भूगोल, इतिहास र पहिचान झल्किने गरी इतिहास लेखेर पुनर्जीवित गर्न उहाँले सुझाउनुभयो।
सो कार्यक्रममा भाषाविज्ञ प्राडा रामावतार यादवले अहिले सबै भाषा सङ्कटको अवस्थामा रहेको बताउनुभयो। “मूलधारका भाषासहित लोपोन्मुख भाषाहरू सङ्कट अवस्थामा रहेको छ,” उहाँले भन्नुभयो, “जुनसुकै भाषा भए पनि यदि बोलचालमा छैन भने त्यो भाषा मर्छ, चाहे त्यो नेपाली, मैथिली, भोजपुरी, हिन्दी किन नहोस्। मधेश प्रदेश सरकारले आधिकारिक कामकाजको भाषा घोषणा गर्न अति आवश्यक भएको छ।”
प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडीले भाषा, साहित्य, कला, संस्कृति, गीत/सङ्गीत र नाट्यकला गरी छ विधाको संरक्षण, संवद्र्धन र प्रवद्र्धनका लागि प्रतिष्ठानले कार्य अगाडि बढाएको जानकारी दिनुभयो। मधेशमा आयोजना भइरहने कार्यक्रममा फूलको माला, ब्याच र गम्छाको सट्टा मधेशको ‘पगरी’ बाट स्वागत सम्मान गरिने संस्कार स्थापित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रममा मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साबाट प्रत्येक विधाका एक/एक जना विज्ञको सहभागिता रहेको थियो। सहभागीहरूबाट प्राप्त सुझावअनुसार आगामी रणनीतिक योजना बनाएर अगाडि बढ्ने प्रतिष्ठानका अध्यक्ष कापडीले जानकारी दिनुभयो।
(साभार : गोरखापत्र )
https://gorkhapatraonline.com/news/62876
https://www.gamghar.com/654.html https://mpp.madhesh.gov.np/
https://emadheshnews.com/sib-87/
https://www.youtube.com/watch?v=mMM9hNITFRw&t=7s
https://www.facebook.com/hashtag/madhesh_academy
Subscribe to:
Comments (Atom)

