
अहिंसावादी महात्मा गान्धी र गौतम बुद्धलाई आदर्श मान्ने सीके राउत विगतमा उनलाई
पक्राउ गर्न पुग्ने प्रहरीलाई गुलाबको फूल दिएर स्वागतसम्म गर्थे । पछिल्लो समय
हिंसात्मक बनेका छन् । आफ्ना उच्छृंखल कार्यकर्ता मार्फत् संविधान तथा कानुन विरोधी
हर्कत गर्न थालेका छन् । एकताका मधेसलाई छुट्टै मुलुक बनाउने नारासहित लागेका उनी
पछिल्लो समय मधेसी केन्द्रित दलमाथि बढी नै आक्रामक देखिएका छन् । यति मात्रै कहाँ
हो र ? सार्वभौम र स्वतन्त्र राष्ट्र घोषणा गर्दै अन्तरिम मधेस सरकार बनाउने उद्घोष
समेत गरिसकेका उनी पछिल्लो समय काण्डै काण्डको मतियार बनेपछि सत्ताच्युत हुन बाध्य
‘उखान टुक्के’ नेताका बुख्याचा भई मधेसमा हिंसा भड्काउन उदत्त देखिएका छन् । उदण्ड,
राजनीतिक नाराबिहिन र कसैको उक्साहटमा भड्काउलो शैली अप्नाउनेहरु जनता वा किसान
कसैको नेता हुनै सक्तैनन् । उग्र झुण्ड र अपराधिक मानसिकता भएकाहरुको नेतृत्वकर्ता
चाहिं पक्कै बन्न सक्लान् । सीके राउत र उनको नेतृत्वमा रहेको जनमत पार्टीले मधेसमा
जारी राखेको हिंसात्मक गतिविधि विरुद्ध पछिल्लो समय प्रदेश र संघिय सरकार लचिलो
देखिएको छ । मधेस केन्द्रित दलको विरोधमा मात्रै केन्द्रित राउत ती दलहरुका
कार्यकर्ताहरुको संयमितता र सरकारको लचिलोपनालाई कमजोरी ठान्दै गैरकानूनी
क्रियाकलापहरुमा संलग्न छ । यसलाई तत्कालै रोक्न नसके मधेसमा जुनसुकै बेला पनि
हिंसा भड्किन सक्ने देखिन्छ । धार्मिक कट्टरवादी, जातिय संकीर्णतावादी, दातृनिकायको
सिदा खाने कलुषित मानसिकता बोकेकाहरु र हिंसा भड्काउन खोज्नेहरु आगोमा घिउ थप्न
क्रियाशिल छन् । तिललाई पहाड बनाउनमा उनीहरु समाजिक संजालमा समेत सक्रिय छन् ।
यस्ता गतिविधिलाई तत्कालै रोक्न जरुरी छ । अत : गृहमन्त्रालय र गृहप्रशासनले यो
कुरालाई आफ्नो संज्ञानमा लिई तत्कालै एक्सनमा जानुपर्ने आवश्यकता छ । सीके राउत र
उनको नेतृत्वमा रहेको जनमत पार्टीका केही अक्षम्य उदण्डता र आत्मसमर्पणवादिता
पुष्टि हुने केही तथ्यहरु–
सीके राउतको वर्तमान
२०७८ कार्तिक :
भ्रष्टाचार र ढिलासुस्तीविरुद्धको अभियानलाई ‘जनकारवाही’ को संज्ञा दिँदै आफै
कानुन, अदालत र न्यायाधिशको भुमिकामा देखिए ।
जनकपुरस्थित खानेपानी तथा ढल निकास कार्यालयका निमित्त राजेश कुशवाहालाई जनमत
पार्टीका नेता तथा कार्यकर्ताले कुटपिट मात्रै गरेनन् अनुहारमा हिलो छ्याप्दै
अर्धनग्न बनाई जनकपुर परिक्रममा गराए । खानेपानी तथा ढल निकास कार्यालयमा तोडफोड
गराए ।
जनमत पार्टीको अध्यक्षको हैसियतमा रहेरै कार्तिक ५ गते सामाजिक संजाल मार्फत
जनताप्रति उत्तरदायी नहुने सार्वजनिक पदमा रहेका मेयर, सांसद र मन्त्रीहरुलाई
‘जनकारबाही’ गर्ने धम्की दिए ।
२०७८ पुस/माघ:
मधेसी कर्मचारीलाई हुलहुज्जत गरी उदण्डता प्रर्दशन ।
किसानले विउविजन नपाएको भन्दै औरहीमा आफ्ना कार्यकर्ता मार्फत् गाउँपालिकाको विउविजन लुटपाट
किसान आन्दोलनका नाममा पूर्व–पश्चिम राजमार्ग बन्दको घोषणा गर्दै
सर्वसाधारणको ट्रकमाथि आगजनी र लाखौको व्यक्तिगत सम्पतिमा क्षति ।
सिरहाको आमसभामा किसान आन्दोलनका नाममा हिंसा भड्काउन, मधेसी नेताविरुद्ध ‘जनकारबाही’ र
बध(हत्या) गर्नुपर्ने आशयको उर्दी ।
किसान आन्दोलनका नाममा मुठभेडको अवस्था सिर्जना गर्न संघिय सरकारका मन्त्रीहरुविरुद्ध बाँसको भाटा, लठ्ठी र घरेलू
हातहथियारसहित प्रर्दशन ।
आन्दोलनकै नाममा कार्यकर्ताहरुले सर्वधारणलाई गाली बेइज्जति गर्ने र आफूले भनेको नमान्नेलाई भौतिक कारवाहीको धम्की ।
सीके राउतको विगत
२०६३ भदौं :
मधेस आन्दोलनको राप र तापकै बीच उनले ‘मधेस अधिकार एवं स्वतन्त्रता गठबन्धन ’(एलायन्त्र फर राइट्स एन्ड इन्डिपेन्डेन्ट अफ मधेस’ स्थापना गरे । ‘नेपाली
उपनिवेश र रंगभेदको अन्त्य, मधेसीको समोचित अधिकार र मधेसको स्वतन्त्रताको प्राप्ति र गणतान्त्रिक मधेसको स्थापना’ मूल नारा बनाए ।
त्यसपछि विवश्वान कुमार, आजाद, ईंजोड लगायतका छद्नाममा कलम चलाउन थाले । स्लाइड कार्यक्रम तयार पारी नेपालसंग सम्बन्धित वेबसाइटहरु मार्फत् लक्षित समूहका लाखौं इमेल संकलन गरी नियमित रुपमा आफ्ना लेखहरु प्रेषित गर्न थाले ।
२०६९ जेठ :
जेठ ८ मा ‘स्वतन्त्र मधेस गठबन्धन’ घोषणा गर्दै शान्तिपुर्ण पृथकतावादी आन्दोलन थाले । त्यसपछि पटक–पटक पक्राउ पर्दै रिहा भई रहे
२०७५ फागुन :
तत्कालिन प्रधानमन्त्री केपी शर्मा समक्ष फागुन २४ मा ‘आत्मसमर्पण’ गर्दै स्वतन्त्र मधेस राज्यको माग छाड्ने घोषणा गरे
। त्यसैक्रममा सरकार र उनको नेतृत्वमा रहेको ‘स्वतन्त्र तराई मधेस गठबन्धन’बीच ११ बूँदे सहमति ।
त्यसपछि मुलधारको राजनीति गर्ने नामा जनमत पार्टी दर्ता गराई आफ्नो आधारभूमि तयार पार्न मधेस केन्द्रित दलविरुद्ध आक्रमक देखिन थाले ।
२०७५ असोज:
नेपालको पछिल्लो संविधान जारी भएको दिन असोज ३ लाई उनको ‘स्वतन्त्र मधेस
गठबन्धन’ ले ‘कालो दिन’ भन्दै जनकपुरमा आमसभा गरे ।
त्यसपछि उनको अभियानमाथि तत्कालिन सरकारले कडाई गर्दै उनीसहित गठबन्धनका धेरै कार्यकर्ता पक्राउ परे । उनी
आफै पनि जेलमा सड्ने संभावना देखेपछि लचिलो बने । यसरी लचिलो बन्नुको पछाडि युरोपेली देशका राजदूतले उनलाई ‘संवैधानिक प्रक्रियाबाट लड्न’ दिएको सुझाब र भारतीय पक्षले ‘मधेसी दलसंग मिलेर संघीयताका लागि लड्न र स्वतन्त्र मधेसको नारा’ छाड्न दिएको सुझाब नै थियो । यसो त शुरुमा उनी यी सुझाबहरु लत्याएपछि एक्लो बनेकाले बाध्य भई एक कदम पछाडि हटेका थिए ।