Monday, 20 August 2012
मालपोत कर्मचारीको दादागिरी
मालपोत कर्मचारीको दादागिरी
तराई-मधेसमा सरकारी कर्मचारीहरुले दादागिरी गर्ने रोग पुरानै हो । त्यसमा पनि भ्रष्टाचार गर्ने कर्मचारीहरुको त कुरै नगरे हुन्छ । उनीहरुले आफ्नो कृकृत्यहरुलाई धाकछोप गर्न अनेक शैलीहरु विगतमा नअप्नाएका होइन । पछिल्लो समय पनि कर्मचारीहरुले त्यस्तै गरेका छन् । खासगरि भ्रष्टाचारको थलोको रुपमा विकसित मालपोत कार्यलायमा कर्मचारीहरुको दादागिरी नौलो कुरा होइन । बारामा त्यस्तै भएको छ । किर्ते गरेको आरोपमा प्रहरीले मालपोतका दुई कर्मचारीलाई पक्राउ गरेर मुद्दा चलाउने तयारी गरेपछि त्यसको विरोधमा साउन ३१ गते मालपोत दिनभर ठप्प पारियो । किर्ते गरी जग्गा पास गराएकालाई सघाएको आरोपमा प्रहरीले साउन ३१ गते कार्यालयका कर्मचारी रामनारायण कुर्मी र सुरेन्द्र पराजुलीलाई पक्राउ गरी मुद्दा चलाउने तया गरेको थियो । पक्राउ कर्मचारीसहित छ जनामाथि प्रहरीले किर्ते सरकारी छाप दस्तखत मुद्दा चलाउने चलाउनेपछि त्यसलाई रोक्न कर्मचारीहरु विरोधमा उत्रेका हुन् ।
महेशपुर ६ की मोतिस अतिथिन -मृत्यु भइसकेकी) का नाममा रहेको सोही गाविसको वडा ३ र ४ को झन्डै १ करोड पर्ने ३२ कट्ठा जग्गा नक्कली जग्गाधनी र कागजात तयार गरी किर्ते गर्नेलाई ती दुई कर्मचारीले नियतवश सघाएकाले उनीहरूलाई पक्राउ गरिएको प्रहरीको दाबी छ । अभियोग ठहर भएपछि बिगो बराबरको जरिवाना र २ वर्षसम्म्ा कैद सजायको कानुनी व्यवस्था छ ।
उता सर्वसाधारण पनि त्यसको प्रतिकारमा उत्रेका छन् । ग्ाौचरणको ऐलानी पर्ती जग्गालाई नम्बरी बनाएको भन्दै त्यसलाई खारेजको माग राखेर गाउँलेले नापी र मालपोत अधिकारीविरुद्ध कलैयामा प्रदर्शन गरे ।
भारतीय सीमासित जोडिएका बेनौली, बगही र हर्दियाको सीमामा पर्ने २२ बिघा खोलाछेउको जग्गा गाउँकै १५ जनाले मालपोतबाट आफ्नो नाममा छुट भनेर दर्ता गराएपछि हर्दियाका स्थानीय बासिन्दा विरोध प्रदर्शनमा उत्रेका हुन् । सयौंको संख्यामा आएका गाउँलेको समूहले प्लेकार्ड बोक्दै कलैया नगरसहित जिल्ला प्रशासन, मालपोत र नापी कार्यालयमा पुगेर प्रदर्शन गरे ।
मालपोत र नापी कार्यालयका कर्मचारीको मिलेमतोमा उक्त जग्गा अजबलाल महतो, हरदेव सहनी, दामोदर महतो, सुकदेव सहनी, रामानन्द सहनी, महेन्द्र सहनीलगायत १५ जनाले आफ्ना नाममा नम्बरी दर्ता गराएकोमा विरोध भएको हो ।

आफन्तबाट बालिका बलत्कृत
आफन्तबाट बालिका बलत्कृत
नेपालमा यौन पिपासुहरूको संख्या बढ्दो छ । यौन दुष्कर्मीहरू आफ्नै अवोध छोरीसंग समेत जबरजस्ती गरेको पाइएको छ । बर्दियामा एक बुबाले आफ्नै नौ वषर्ीया छोरीलाई बलात्कार गरे । ३१ वषर्ीय बाबु डम्बरबहादुर विकले उक्त कुकृत्य गरेकोमा अहिले उनी प्रहरीको खोरमा छन् । बानियाभार-७ स्थित खुरखुरे फाँटाका विकले घरमा श्रीमति नभएको मौका छोपी छोरीलाई जबरजस्ती करणी गरेकै अवस्थामा स्थानीय बासिन्दाले पक्राउ गरी प्रहरीलाई बुझाए । स्थानीय प्रहरीका अनुसार विकले दिउँसो घरमा जबरजस्ती गदैगर्दा छोरीले हारगुहार गरेको सुनेपछि छिमेकीहरु घटनास्थल पुगेका थिए । करिब दुई वर्षदेखि विककी पत्नी रोजगाका लागि कुवेत गएकीले आफ्नो यौन तृष्णा मेटाउन डम्बरबहादुरले छोरीलाई समेत बााकी राखेनन् ।
विकले तीन/चार पटक जबरजस्ती करणी गरेको बयान पीडित बालिकाले प्रहरीलाई दिएकी छन् । बुवाको डरले कसैसँग जबरजस्ती करणीबारे कुरा गर्न नसकेको तिनले बताइन । विकलाई बालिका जबरजस्ती करणी र हाडनातासम्बन्धी महलअन्तर्गत कारबाही चलाएको छ । बर्दिया प्रहरीका अनुसार गत साउनदेखि असार मसान्तसम्म करिब २४ वटा बलात्कारका मुद्दा दायर भएको छ । उक्त अवधिमा सबैभन्दा बढी बर्दियाको मोतीपुर गाविसमा चारवटा जबरजस्ती करणीका मुद्दा दायर भएका थिए ।
त्यस्तै, सिन्धुलीको ककुरठाकुर-८ मा साउनको दोस्रो साता ६५ वषर्ीय एक वृद्धले नौ वषर्ीया बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएका छन् । पीडित बालिका र उनका बुबा उपचारका लागि आर्थिक सहयोग माग्न सिन्धुली सदरमुकाम आउँदा यो घटना सार्वजनिक भएको हो । दिउँसो घरमा कोही नभएको बेलामा तामाङ थरका ती वृद्धले साउन ११ गते बालिकालाई बलात्कार गरेको पीडित पक्षले बताए । पीडक तामाङ भने हाल भारत भागेको पीडितले बतायो । यसैगरि, मकवानपुरमा चकलेटको लोभ देखाएर एक वृद्धले बालिका बलात्कार गरेको समाचार प्रकासका आएको छ । मकवानपुरको राईगाउँ २ का ७१ वषर्ीय ढोलबहादुर राईले १३ वषर्ीया बालिकालाई २८ गते बलात्कार गरेको प्रहरीले जनायो । भंैसी चराउन गएको बेला वृद्धले चकलेट दिएर फकाई बलात्कार गरेको पीडितले प्रहरी समक्ष बताइन । बलात्कार गरेको पीडितले काकालाई बताएपछि घटना सार्वजनिक भएको थियो । पीडितका आफन्तको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय फापरवारीले वृद्धलाई साउन २९ गते पक्राउ गरी कानुनी कारबाहीका निम्ति जिल्ल्ाा प्रहरीमा पठाइएको छ ।

Friday, 3 August 2012
मधेसी दल 1
मधेसी दल
१. मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)
२. मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)
३. मधेसी जनअधिकार फोरम नेपाल
४. तराई मधेस लोकतान्त्रिक पार्टी
५. तराई मधेस लोकतान्त्रिक पार्टी नेपाल
६. राष्ट्रिय मधेस समाजवादी पार्टी
७. सद्भावना पार्टी
८. संघीय सद्भावना
९. राष्ट्रिय सद्भावना
१०. नेपाल सद्भावना पार्टी (आनन्ददेवी) सरिता गिरी समूह
११. नेपाल सद्भावना पार्टी (आनन्ददेवी) श्यासुन्दर गुप्ता समूह
१२. नेपाल सद्भावना पार्टी (आनन्ददेवी) खुशीलाल मण्डल समूह
१३. सद्भावना पार्टी (गजेन्द्रवादी)
१४. मधेस क्रान्ति फोरम

Subscribe to:
Comments (Atom)